Thursday, July 29, 2021


प्रतियोगी कविता
- लक्ष्मी रिजाल
कोरीबाटी गरेर ठूलो आश बोकेर
पुगेँ म त बलैले चिसो त्रास बोकेर ।
कालो हो कि सुनौलो भुल्दिनँ म त्यो क्षण
फर्केँ बल्ल उसको काँचो घाँस बोकेर ।

बोलाउँदा बलैले तातेर आयो बल्ल
एमसिसी विरोधी उज्यालो बाल्यो बल्ल ।
भोलिको भविष्य नै आजै उठी आयो र
विष फल्ने बिरुवा मिचेर ढाल्यो बल्ल ।

चारैतिर सुन्दर मलाई मात  लाग्यो
उसैको संगतले  खरबौँ हात  लाग्यो ।
चौरीमा उभिएर चोला लिलाम गर्दा
लठ् ठिएको भनेर मलाई बात लाग्यो ।

( पुनश्च: यहाँ मैले 4+3___4+3=14 अक्षर हुने बालोरी लोकछन्दमा प्रेमप्रणय; प्रकृतिप्रेम र स्वदेशप्रेमसम्बन्धित मुक्तकहरू सिर्जना गर्ने प्रयास गरेकी छु । धन्यवाद !)


प्रतियोगी कविता
- लक्ष्मी रिजाल
कोरीबाटी गरेर ठूलो आश बोकेर
पुगेँ म त बलैले चिसो त्रास बोकेर ।
कालो हो कि सुनौलो भुल्दिनँ म त्यो क्षण
फर्केँ बल्ल उसको काँचो घाँस बोकेर ।

बोलाउँदा बलैले तातेर आयो बल्ल
एमसिसी विरोधी उज्यालो बाल्यो बल्ल ।
भोलिको भविष्य नै आजै उठी आयो र
विष फल्ने बिरुवा मिचेर ढाल्यो बल्ल ।

चारैतिर सुन्दर मलाई मात  लाग्यो
उसैको संगतले  खरबौँ हात  लाग्यो ।
चौरीमा उभिएर चोला लिलाम गर्दा
लठ् ठिएको भनेर मलाई बात लाग्यो ।

( पुनश्च: यहाँ मैले 4+3___4+3=14 अक्षर हुने बालोरी लोकछन्दमा प्रेमप्रणय; प्रकृतिप्रेम र स्वदेशप्रेमसम्बन्धित मुक्तकहरू सिर्जना गर्ने प्रयास गरेकी छु । धन्यवाद !)

Tuesday, July 27, 2021

प्रतियोगी गजल - गरिमा आचार्य 2078/04/13
मान्दामान्दै उसका कुरा आज जुठो भएँ म ता
समयले पछारेर दह्रो कुटो भएँ म ता ।
जतिसुकै विश्वासले सेके पनि उसलाई
मेरो सत्य बिझाएछ साह्रै झुटो भएँ म ता ।
लालाबाला पनि काम लागे खै त  मेरा लागि
हाँगाबिँगा फैले पनि ठुट्टै ठुटो  भएँ म ता  ।
जता गए पनि साह्रै हण्डर मात्रै पाएँ मैलेसुक्तासुक्ता अदुवाको सानो सुठो  भएँ म ता ।
जसले जे ठाने पनि राखिछाड्छु गरिमा त
लिँदालिँदै उपहार  आफैँ मुठो भएँ म ता ।

 

प्रतियोगी गजल
- गरिमा आचार्य 2078/04/13


मान्दामान्दै उसका कुरा आज जुठो भएँ म ता
समयले पछारेर दह्रो कुटो भएँ म ता ।

जतिसुकै विश्वासले सेके पनि उसलाई
मेरो सत्य बिझाएछ साह्रै झुटो भएँ म ता ।

लालाबाला पनि काम लागे खै त  मेरा लागि
हाँगाबिँगा फैले पनि ठुट्टै ठुटो  भएँ म ता  ।

जता गए पनि साह्रै हण्डर मात्रै पाएँ मैले
सुक्तासुक्ता अदुवाको सानो सुठो  भएँ म ता ।

जसले जे ठाने पनि राखिछाड्छु गरिमा त
लिँदालिँदै उपहार  आफैँ मुठो भएँ म ता ।

Saturday, July 24, 2021

गजल- नन्दलाल आचार्य ०७८/०४/१०

प्रतियोगी गजल - नन्दलाल आचार्य
मुटुभित्र देश राखे परिचय भेटिन्छ हाम्रो होसबेगरकाे जोसले जीवन छोटिन्छ हाम्रो । आफ्नाको पक्षमा मात्रै सधैँ राम्रो गरेर हुन्न तीन कोटी मन बुझे विकास दौडिन्छ हाम्रो । थरीथरी मुहारमा अनेकौँ सपना गुम्सेका छन् तिनैलाई एकतामा कसे नेपाल हौसिन्छ हाम्रो । मक्किएको मन मिल्किएमा विकास उदाउँछ नयाँपन भेटिन्छ नै जब विवेक घोटिन्छ हाम्रो । खोजेजस्तो सोचेजस्तो व्यवहार नदेख्दा भने अक्षान्त दु:खी हुन्छ जब मन चोइटिन्छ हाम्रो । - उदयपुर

गजल -लक्ष्मी रिजाल अाँखा लाल पारेर उभिँदा राेका रहेछाै भन्ठानेँ । मेराे शरीरभरि जुठाे पार्दा चाेखा रहेछाै भन्ठानेँ । मलाई विश्वास गरेर सबै कुरा जिम्मा दिँदा भने बारीकाे फसल घरमा थुपार्ने डाेका रहेछाै भन्ठानेँ । सानाठूला सबै तिम्रा मनभित्र अँटाएकाे बेला चाहिँ जीवन सान्दार बनाउने पहिलो ढाेका रहेछाै भन्ठानेँ । साँझतिर एक्लैदाेक्लै सामु उभिँन्थ्याै कहिलेकाहीँ त्यस्तो हालतमा भेट्दा भने भाेका रहेछाै भन्ठानेँ । एकै मुस्कानमा मेराे पछि लागेकाे देखेर अहिले भने विपरीत लिङ्गीतिर ढल्किहाल्ने बाेका रहेछाै भन्ठानेँ ।

प्रतियोगितामा प्रेषित गजल -लक्ष्मी रिजाल
आँखा लाल पारेर उभिँदा राेका रहेछाै भन्ठानेँ । मेराे शरीरभरि जुठाे पार्दा चाेखा रहेछाै भन्ठानेँ । मलाई विश्वास गरेर सबै कुरा जिम्मा दिँदा भने बारीकाे फसल घरमा थुपार्ने डाेका रहेछाै भन्ठानेँ । सानाठूला सबै तिम्रा मनभित्र अँटाएकाे बेला चाहिँ जीवन सान्दार बनाउने पहिलो ढाेका रहेछाै भन्ठानेँ । साँझतिर एक्लैदाेक्लै सामु उभिँन्थ्याै कहिलेकाहीँ त्यस्तो हालतमा भेट्दा भने भाेका रहेछाै भन्ठानेँ । एकै मुस्कानमा मेराे पछि लागेकाे देखेर अहिले भने विपरीत लिङ्गीतिर ढल्किहाल्ने बाेका रहेछाै भन्ठानेँ । २०७८/०४/०९

Wednesday, July 21, 2021

साहित्य पोष्टमा प्रकाशनार्थ पाँच मुक्तक-- - नन्दलाल आचार्य

साहित्य पोष्टमा प्रकाशनार्थ पाँच मुक्तक--
 - नन्दलाल आचार्य

कम ज्ञान हुनेहरू त्यति नै हठी ज्यादा कहलिन्छन्
प्रेम गरेको भन्दै फूल चुँडेर ठूलो ब्याधा  कहलिन्छन् ।
संसारमा आफू हुनुको खास कारण नबुझेर अचेलको मान्छे
सत्य आफैँमा नखोजी बाहिर खोज्ने  भ्रमको प्यादा कहलिन्छन् ।
 +++नोट-- प्यादा= दूत

डराए स्याल भइन्छ; सोच्न थाले सिंह बनिन्छ
उत्साह राखे प्रेमीसँग मज्जाले झुल्ने पिङ बनिन्छ ।
मर्द हुन मन छ भने पहिले नामर्द मेट्नुपर्छ हजुर
हिम्मत राखे जहिल्यै काममा आउने हिङ बनिन्छ ।
+++

म स्वयम् र मेरो प्रेमलाई सुनाउन म लेख्छु
कलमले अरूलाई प्रेरित बनाउन म लेख्छु ।
विश्वास गर्न छाडेको धेरै भो भीडको  तालीमा
आफ्नै तीतोमीठो उपहार कहलाउन म लेख्छु ।
+++

आफू मिल्न नसक्ने अरूले नै मिलाउनुपर्ने अरे
खाने बेला भने मिलीजुली सबैलै नै रहनुपर्ने अरे ।
खै कसलाई के भन्नू, हाम्रो झेली नीति नै उस्तो
झरी लाग्दा धनाधम विकासे काम सक्नुपर्ने अरे ।
+++

जात नसोधी एकै पटक हात समाइन् उनले
बात नगरी अपरिचित मसँग रात कटाइन् उनले ।
आनन्दको त्यस जोसमा  होस हराएकै हुँ मैले
पछि पो लकडाउनले भात नपाएको बताइन् उनले ।
+++
nandalalacharya@gmail.com






अठतीसौँ चरणका तीन प्रतियोगी मुक्तकहरू-- मुक्तकहरू- -नन्दलाल आचार्य अक्षान्त हाम्रा नेताको बारीको पिँडालुलाई मिठो खजुर मान्थेँ पहिले । आँगनमा दिशा गर्ने उताका कुखुरालाई सुन्दर मजुर ठान्थेँ पहिले । मान्छे त मान्छे नै भइहाल्रे; नेताको भोटे कुकुर भेट्दा समेत चाकरी पूरा गर्ने इरादाले म 'आराम हजुर' भन्थेँ पहिले । +++ समयको काम हो बग्ने बगिरहन्छ निरन्तर मान्छे खोजयात्रामा छ  खोजिरहन्छ निरन्तर । विपक्षीले सके जति खुट्टा बेस्सरी तान्दा पनि शिखरउन्मुख मेरो गन्तव्य लम्किरहन्छ निरन्तर । +++ बोलाई एकान्तमा मेरा सुकुमार हात समाइन् उनले मैले केही भन्नै परेन कतै सबै बात उठाइन् उनले । कानुनको जस्तै प्रेमको आँखो फुटेको हुँदो रहेछ जति छुट्न खोजे पनि नदिएर पूरै रात बिताइन् उनले। +++ उदयपुर ।

अठतीसौँ चरणका तीन प्रतियोगी मुक्तकहरू-- मुक्तकहरू- -नन्दलाल आचार्य अक्षान्त
हाम्रा नेताको बारीको पिँडालुलाई मिठो खजुर मान्थेँ पहिले । आँगनमा दिशा गर्ने उताका कुखुरालाई सुन्दर मजुर ठान्थेँ पहिले । मान्छे त मान्छे नै भइहाल्रे; नेताको भोटे कुकुर भेट्दा समेत चाकरी पूरा गर्ने इरादाले म 'आराम हजुर' भन्थेँ पहिले । +++ समयको काम हो बग्ने बगिरहन्छ निरन्तर मान्छे खोजयात्रामा छ  खोजिरहन्छ निरन्तर । विपक्षीले सके जति खुट्टा बेस्सरी तान्दा पनि शिखरउन्मुख मेरो गन्तव्य लम्किरहन्छ निरन्तर । +++ बोलाई एकान्तमा मेरा सुकुमार हात समाइन् उनले मैले केही भन्नै परेन कतै सबै बात उठाइन् उनले । कानुनको जस्तै प्रेमको आँखो फुटेको हुँदो रहेछ जति छुट्न खोजे पनि नदिएर पूरै रात बिताइन् उनले। +++ उदयपुर । २०७८/०४/०६

garima muktak 2078/04/06


मुक्तक नं. एक

जीवनको सुभाष लिन ज्ञानको खोज बढाउँदै छु म त 
सङ्घर्ष सोपानले दिएको फलको भोज बढाउँदै छु म त  ।
संसार भन्दै गरोस् अनुत्पादक काममा लागी त्यो भनेर
साहित्यको यात्री बनेर आफ्नो ओज बढाउँदै छु म त  ।

मुक्तक नं. २

बाँचुन्जेल केही गरिनँ मात्र तिम्रो नामको छोरामा अल्झिएँ ।
मरेपछि तिमीलाई पार तार्न भन्दै कोरामा अल्झिएँ ।
अर्काको नुन र गुन खाएर जेलको चक्की पिस्नु पर्दा
पछुतो भो अहिले आएर मलाई नालायक मोरामा अल्झिएँ ।

मुक्तक नं. ३ 

पद र पैसा मिलोस् भनीकन पहिले भने भक्तिमा रमाएँ 
सत्ता समेत चिठ्ठामा परेपछि अहिले आएर शक्तिमा रमाएँ ।
राम्रो गर्न खोज्छु तर हाम्राको मन बुझाउने अथक प्रयासमा
हुँदाहुँदै जनअपेक्षा अपुरो भ'को आरोप लागेर ठक्तीमा रमाएँ । 
+++
झर्रो शब्दार्थ-
ठक्ती= ठग्ने काम ।

ggarriimmaa@gmail.com

Monday, July 19, 2021

३८ओँ चरणबद्ध प्रतियाेगिताका लागि तीन मुक्तकहरू--- नन्दलाल आचार्य मुक्तक नं १ एकान्तमा बाेलाई मेरा सुकुमार यी हात समाउनुभो मैले केही बोल्नै परेन उहाँले नै सबै बात समाउनुभो । कानुनकाे जस्तै प्रेमको आँखो फुटेको हुँदो रहेछ जति छुट्न खोजे पनि सकिनँ हामी दुबैको पूरै रात समाउनुभो । मुक्तक नं. २ बाँचुन्जेल केही गरिनँ मात्र तिम्रो नामको छोरामा अल्झिएँ आमा । मरेपछि तिमीलाई पार तार्न भन्दै कोरामा बल्झिएँ आमा । मति बिग्रेर अर्काकाे नुन र गुन खाइयाे र जेल परियाे पछुतो भो अहिले आएर मलाई नालायक मोरामा गनिएँ आमा । मुक्तक नं. ३ पद र पैसा मिलोस् भनी पहिले म भक्तिमा रमाएँ र पाे चिठ्ठामा सत्ता परेपछि अहिले आएर शक्तिमा रमाएँ र पाे राम्रो गर्न खोज्थेँ तर हाम्राको मन बुझाउने हुँदा गिर्न पुगेँ जनअपेक्षा अपुरो भ'को आरोप लागेर रक्तीमा रमाएँ र पाे । +++ उदयपुर स्पष्टीकरण ---- Meaning of" "रक्ती: "ना० - [सं० रक्त+ई] १. रगत; रुधिर। २. खसी आदि काट्दा आउने रगत। वि० ३. रगतको झैँ (रङ)। Source - Nepali Shabdakosh तर, माथिकाे मुक्तकमा बेग्लै अर्थमा प्रयाेग गरेकाे छु । रक्ती शब्दकाे गाउँघरितिर झ्याउरे अर्थ= आवश्यकताभन्दा बढता परेकाे पानीलाई अभिशाप ठानेर भनिने तुच्छ शब्द । विनाश मच्चाउने गरी परेकाे पानीलाई घृणावस् भनिने शब्द । उदाहरण - रातदिन नभनी रक्ती दर्केर मेराे त घरखेत नै बगाउन लागिसक्याे ।

३८ओँ चरणबद्ध प्रतियाेगिताका लागि             तीन मुक्तकहरू--- नन्दलाल आचार्य

मुक्तक नं १

एकान्तमा बाेलाई मेरा सुकुमार यी हात समाउनुभो
मैले केही बोल्नै परेन उहाँले नै सबै बात समाउनुभो ।
कानुनकाे जस्तै प्रेमको आँखो फुटेको हुँदो रहेछ
जति छुट्न खोजे पनि सकिनँ हामी दुबैको पूरै रात समाउनुभो ।

मुक्तक नं. २
बाँचुन्जेल केही गरिनँ मात्र तिम्रो नामको छोरामा अल्झिएँ आमा ।
मरेपछि तिमीलाई पार तार्न भन्दै कोरामा बल्झिएँ आमा ।
मति बिग्रेर अर्काकाे नुन र गुन खाइयाे र जेल परियाे
पछुतो भो अहिले आएर मलाई नालायक मोरामा गनिएँ आमा ।

मुक्तक नं. ३
पद र पैसा मिलोस् भनी पहिले म भक्तिमा रमाएँ र पाे
चिठ्ठामा सत्ता परेपछि अहिले आएर शक्तिमा रमाएँ र पाे
राम्रो गर्न खोज्थेँ तर हाम्राको मन बुझाउने हुँदा गिर्न पुगेँ
जनअपेक्षा अपुरो भ'को आरोप लागेर रक्तीमा रमाएँ र पाे ।

+++
उदयपुर

स्पष्टीकरण ----
Meaning of" "रक्ती: "ना० - [सं० रक्त+ई] १. रगत; रुधिर। २. खसी आदि काट्दा आउने रगत। वि० ३. रगतको झैँ (रङ)। Source - Nepali Shabdakosh

तर, माथिकाे मुक्तकमा बेग्लै अर्थमा प्रयाेग गरेकाे छु ।
रक्ती शब्दकाे गाउँघरितिर झ्याउरे अर्थ= आवश्यकताभन्दा बढता परेकाे पानीलाई अभिशाप ठानेर भनिने तुच्छ शब्द । विनाश मच्चाउने गरी परेकाे पानीलाई घृणावस् भनिने शब्द । उदाहरण - रातदिन नभनी रक्ती दर्केर मेराे त घरखेत नै बगाउन लागिसक्याे ।

LikeReplyDelete

तीन मुक्तक -नन्दलाल आचार्य




मुक्तक नं. १
बोलाई एकान्तमा मेरा सुकुमार यी हात समाउनुभो
मैले केही बोल्नै परेन उहाँले नै सबै बात समाउनुभो ।
कानुनजस्तै प्रेमको आँखो फुटेको हुँदो रहेछ क्यारे
जति छुट्न खोजे पनि हामी दुबैको पूरै रात समाउनुभो ।


मुक्तक नं. २
बाँचुन्जेल केही गरिनँ मात्र तिम्रो नामको छोरामा अल्झिएँ ।
मरेपछि तिमीलाई पार तार्न भन्दै कोरामा अल्झिएँ ।
अर्काको नुन र गुन खाएर जेलको चक्की पिस्नु पर्दा
पछुतो भो अहिले आएर मलाई नालायक मोरामा अल्झिएँ ।


अअमुक्तक नं. ३
पद र पैसा मिलोस् भनीकन पहिले भने  भक्तिमा रमाएँ
सत्ता समेत चिठ्ठामा परेपछि अहिले आएर शक्तिमा रमाएँ ।
राम्रो गर्न खोज्छु तर हाम्राको मन बुझाउने अथक प्रयासमा
हुँदाहुँदै जनअपेक्षा अपुरो भ'को आरोप लागेर रक्तीमा रमाएँ ।
+++ 2078/04/04

Sunday, July 18, 2021

अठारौँ चरणमा प्रतिस्पर्धी लघुकथा---- लघुकथा- राजनीति - लक्ष्मी रिजाल

 अठारौँ चरणमा प्रतिस्पर्धी लघुकथा----


लघुकथा- राजनीति

- लक्ष्मी रिजाल



- हजुरबा ! हजुरलाई एउटा प्रश्न गरूँ ?


- किन अनुमति मागेकी प्यारी नातिनी !


- म प्रतिपक्ष हो । हजुर अहिले सत्तापक्ष हो त्यसैले ।


- ए । कसले भनेको ?


- कलमले सत्तालाई खबरदारी गर्नेगर्छ । कलम जहिले पनि प्रतिपक्षको कित्तामा उभिन्छ । म सत्तापट्टी हैन कलमपट्टीकी मान्छे हुँ त्यसैले ।


-ए । ( उहाँ बडबडाउँदै हुनुहुन्थ्यो । मैले बुझिनँ । सायद भन्दै हुनुहुन्थ्यो- नुन खाने मेरो गुन गाउने अर्काको ?)


- अनुमति लिएपछि त अरूलाई जस्तो मलाई नहकार्नुस् है हजुरबा ?


- ए बाबा ! त्यो दिन रिसाको प्रश्नले हैन । सत्ता नपाएको झोकले हो ।


-उसो भा, हजुरको केस सेतो र बोली अबुझ किन भाको ?


- यो सब राजनीति शक्ति र सत्ताले नै हो । देश र जनताको सोचले केश सेतो भो । राजनैतिक यातनाले बोल्ने अङ्ग बिग्रियो ।


- शक्ति र सत्तामा बल्ल पुग्नुभो । अब के गर्नुहुन्छ ?


- राजनीतिलाई सोझो बाटोमा हिँडाउँछु र देशलाई उँघो जानबाट जोगाई उँभो लग्छु । र; राजनीति गर्छु ।


- अनि थरीथरीका काण्ड मच्चाएर जनताको नजरमा घिनाएका र कानुनले दण्डनीय ठानेका मान्छेलाई किन आफ्नो मेरुदण्ड ठान्नुहुन्छ ?


(फेरि एक पटक उहाँ रिसाएको स्पष्ट झलक देखियो । शुरुमा त शक्ति र सत्ताको संरक्षणमा नबोली नबोली जित्ने प्रयासमा लाग्नुभयो । केहीबेर पछि म नजिक आएर खुसुक्क भन्नुभयो । र; मेरै मुख खुलेको खुल्यै पार्नुभयो ।)


- सप्पै कुरा खेल हो । तिमी बुझ्दिनौ नानी । जे बोल्यो त्यही गर्ने बालखेल हैन राजनीति । एक थरी बोलेर अर्को थरी गर्ने प्रौढखेल हो यो ।


+++


-रूपनगर; सप्तरी ।

2078/04/04/02

अठतीसौँ हप्ताका लागि प्रतियोगी मुक्तकहरु- - लक्ष्मी रिजाल

 


Laxmi Rijal
अठतीसौँ हप्ताका लागि प्रतियोगी मुक्तकहरु-
- लक्ष्मी रिजाल


मुक्तक नं. १
मकहाँ आऊ प्रतिष्ठासँगै प्रगति पाउँछौ
सन्तान सबै उठेका हुने उन्नति पाउँछौ ।
सघाउनै पर्छ तिमीले मलाई जनता नठान
सत्तामा हुन सकियो भने सत्गति पाउँछौ ।

मुक्तक नं. २
मलाई केही चाहिन्न तिम्रो साथ भए पुग्छ
आमाबाबाको मनबाट जातभात गए पुग्छ ।
होसमा आई जोस गरे मनको फल मिल्छ रे
तिमीले पनि मसँगै समाजको पिर सहे पुग्छ ।

मुक्तक नं. ३
जित्नु छ भने सत्यको विरुद्ध दायाँबायाँ नगर है
असफलताको झोकमा अन्यायी छायाँ नबन है
पहिलेको त्याग अहिलेको समाऊ जित हात पार्न
पुरानो बाटो फापेन भन्दै बिल्कुलै नयाँ नछान है ।

2078/04/03

कञ्चनरूप १२, प्रगतिटोल, रूपनगर, सप्तरी ।

कवि मातृका पोखरेलको ‘यात्राको एउटा दृष्य’: एक विश्लेषण - नन्दलाल आचार्य

 

कवि मातृका पोखरेलको ‘यात्राको एउटा दृष्य’: एक विश्लेषण - नन्दलाल आचार्य

अ. कवि परिचय: 
 समाजका गौरवशाली व्यक्ति हुन् । साहित्यकारको कर्मले नै समाज ऋणी हुनुपर्छ । त्यस्तै कविता, कथा र निबन्ध विधामा राम्रो पकड गरेर समाजलाई ऋणी बनाउने बाटोमा निरन्तर लागिपरेका साहित्यकारको नाम हो– मातृका पोखरेल । वि. सं. २०२३ साल असार ९ गते (१९६६ जून २३ सन्) उदयपुर जिल्लाको दुर्गम ठाउँ ठानागाउँ गाविस वडा न–९ मा जन्मेका र हाल काठमाण्डौलाई कर्म थलो बनाउँर्दै आएका साहित्यकार पोखरेल कक्षा आठमा पढ्दै गर्दाको कलिलै उमेरमा नै ‘भानुभक्तको सम्झनामा’ शीर्षकको छन्दोबद्ध कविता लेखेर साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । ‘समीक्षा’ साप्ताहिकमा २०४४ सालमा ‘सूर्य उदाऊ अब’ शीर्षकको कविता पहिलो पटक प्रकाशित रचना हो । एम.ए (नेपाली) सम्मको औपचारिक शैक्षिक ज्ञान हासिल गरेका पोखरेलको स्वाध्यायनको दायरा निकै फराकिलो रहेको उनका बौद्धिक रचनाहरूले पुष्टि गर्दछन् ।

(१) सेतो दरबारको छेउबाट (कविता संग्रह, २०५७), (२) यात्राको एउटा दृष्य (कविता संग्रह, २०६०), (३) सन्त्रस्त आँखाहरू (कथा संग्रह, २०६१) र (४) अनुहार (कविता संग्रह, २०६४) जस्ता चार ओटा कविता र कथा विधाका संग्रह निकालेका स्रष्टा पोखरेल बलियो कलम भएका जनपक्षीय साहित्यकार हुन् । जनसरोकारका विषयवस्तु उठान गरी हृदय कल्पाउने क्षमता राख्ने स्रष्टा पोखरेलको कलम विशेष गरी नेपाली समाज र राजनीतिप्रति केन्द्रित छ । यसका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रि«य परिवेश, इतिहास, कला, साहित्यतर्फ समेत मुखरित भएको पाइन्छ । वेदना, ज्योति, प्रलेस, विजय शब्दविम्ब जस्ता साहित्यिक पत्रपत्रिका निरन्तररूपमा सम्पादन कार्य गर्दै आएका स्रष्टा पोखरेल प्रगतिशील लेखक संघ, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च, नेपाल साहित्यिक पत्रकार संघजस्ता विविध संस्थाहरूमा समेत संलग्न भएर र सांस्कृतिक आन्दोलनमा अग्रणी भएर एवं नेपाल विद्युत प्राधीकरणमा कार्यरत् रहेर जीवनरथ अघि बढाइरहेका छन् । उनी समाज परिवर्तनका लागि अधिकतम भूमिका निर्वाह गर्न रुचाउँछन् । उनले मूल्य सहितको जीवन बाँच्ने जीवनदृष्टि बोकेका छन् भने मानवीय सभ्यताको क्रममा विकास भएको विशिष्ट र सुन्दर अभिव्यक्तिलाई साहित्य ठान्दछन् । उन्नत विचार र कलालाई संयोजन गर्ने गरी रचना रच्ने मान्यताले ओतप्रोत भएका पोखरेल थिचिएका र शोषित वर्गलाई प्रेम गर्ने र समाजमा अग्रगति चाहने विचार सम्प्रेषण गरी साहित्यकारहरूले समाजलाई गुण लगाउनुपर्ने विचार सार्वजनिक गर्छन् । उनी शोषित र उत्पीडितहरूको पक्षमा, श्रमजीविहरूको पक्षमा, उदीयमान वर्गको पक्षमा, अग्रगामी सोच र विचारको पक्षमा लेखिने साहित्यलाई नै प्रगतिशील साहित्य ठान्दछन् । समाजमा व्याप्त रूढिवादी, विकृति–विसंगति, थिचोमिचो, शोषण–दमनको जरो पत्ता लगाई उखल्ने जमर्को स्वरूप उनको कलम चलेको हो भन्ने स्पष्ट देखिन्छ ।

आ. ‘यात्राको एउटा दृष्य’ कविता सङ्ग्रहको विश्लेषण: 
कवि मातृका पोखरेलको दोस्रो कृति ‘यात्राको एउटा दृष्य’ कविता सङ्ग्रहमा २०५७ सालदेखि २०६० सम्म रचिएका मध्ये जम्मा २२ वटा कविताहरू समाविष्ट छन् । सबै कविताहरूमा गम्भीर मुद्दा उठाइएको छ । 

(१) फरक आँखाका यात्रीहरू ः— यस शीर्षकको कवितामा कवि पोखरेलका मित्र शोभाकान्त पोखरेलको प्रहरीद्वारा गरिएको निर्मम हत्याको घोर विरोध गरिएको छ । यसका साथै मस्र्याङ्दीको निर्मल पानी, वरपरका सेता झरनाहरू, छेउछाउका हरिया खेतहरूजस्ता सौन्दर्यताले अरू मित्रहरूलाई तान्यो तर कवि त्यस सौन्दर्यतामा केवल मित्र शोभाकान्तकै छायाँ देख्ने गरेको कुरा वताउँछन्–
साथीहरू अन्यथा नठान्दा हुन्छ
म यो मौसममा यो ठाउँमा
हरियालीका कविता लेख्न सक्तिनँ
सेता झर्नाका कविता लेख्न सक्तिनँ
हामी मस्र्याङ्दी किनाराका यात्रीहरू
हामी फरक आँखाका यात्रीहरू । (पृष्ठ ः ८)

(२) दुश्मनहरू सुरक्षित रहेको बेला ः— यस कविताले सामन्तहरू रजाइँ गरिरहेका तर गरिब बाबुआमाका छोराछोरीहरू चाहिँ माओवादी र पुलिस बनेर लडिरहेको तीतो सत्यलाई ओकल्ने काम गरेको छ । आफूआफू मिले मात्र सामन्तहरूलाई परारस्त गर्न सकिन्छ भन्ने मान्यता राख्दै कविता भन्छ –
बहिनीहरूले उसै गरी
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलाई लुकाउँनुपर्छ,
साइँला, तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेछन्
साइँला, सुरक्षित बाँचिरहेछन् । (पृष्ठ ः ११)

(३) अँध्यारोका विरुद्ध ः— उज्यालोको खोज अँध्यारोको पीडा बोक्नेहरूलाई हुन्छ । हामी उज्यालोका भोका छौँ । उज्यालो पाउन अँध्यारोको स्वाद चाख्नुपर्ने हुन्छ । विना उज्यालो जीवनका मूल्य र मान्यता छिचोल्न पाइन्न । उज्यालोले अँध्यारोलाई धपाउन खोज्छ तर अँध्यारोले उज्यालोलाई दवाउन खोज्छ । संसारमा उज्यालोको राज छैन । अँध्यारोको पनि एकक्षत्र राज भने छैन । तर अँध्यारोले राज खोसिरहेको छ । अतः मानवीय स्वाभिमान लिलाममा चढेको छ । जो अँध्यारोको कर्तुतबाट अनविज्ञ छैन, उसैले बत्तीको जोहो गर्न कम्मर कस्छ । जो अँध्यारोमा सर्वस्व पाएको भान गर्छ ऊ नै अरूको आर्तनाद स्वरलाई संगीतको मधुर धुन सम्झन्छ । यसप्रकार उज्यालो र अँध्यारोको यस युद्धमा उज्यालोको पक्षमा लागेर संसारलाई उज्यालोमय बनाउनुपर्ने मत कविताबाट सार्वजनिक भएको छ–
भीर, पहरा र कन्दरामा
कतैतिर एउटा मैनबत्ती पाएँ
र, मैले त्यो बालेँ
अँध्यारो मसँग झस्क्यो
ऊ मसँग तक्र्यो । (पृष्ठ ः १२)

(४) यस पटक दशैँमा ः— देशलाई पत्रु भाँडो बनाइयो । देशको दश गजा मेटियो । देशलाई ऋणमा डुवाइयो । देशलाई ढाकरे दाइहरूको टेकोले अडिने बनाइयो । देश यत्तिखेर टिठलाग्दो छ । देश दुःखलाग्दो बनेको छ । देश भित्रभित्रै पिरोलिएको छ । देशलाई श्वास फेर्न कठिनाइ भएको छ । दशैँको बेलामा आफ्नो गाउँघरतिर जाँदा कविलाई महसुस भएको यस तीतोसत्यलाई ओकल्ने काम गर्दै कविता भन्छ–
यसपटक घर जाँदा
मैले ढाक्रेहरूको अनुहारमा देश देखेँ
उनीहरूको जीवनमै देश भेटेँ,
सत्य हो, नढाँटी भनेको
उनीहरूको सानो ढाकरमै देश देखेँ । (पृष्ठ ः १४)

(५) उसले पनि हाम्रैजस्तो कुरा गर्छ ः— क्रान्तिकारीको आवरणमा ब्रह्मलुट गर्ने अवसरवादीहरूको कुकृत्यको भण्डाफोर नगरी मुलुक उँभो लाग्दैन । कागजी र मुखौले कानुनी योजना राम्रो भए पनि कार्यान्वयन पक्ष निर्वलियो बनाएर सात पुस्तालाई पुग्ने धन बटुल्न माहिर नेतानेतृहरूलाई चुलाचौका बार्नुपर्छ । मान्छे किनेर स्वार्थको घैला भर्नेहरूबाट बेलैमा सतर्क रहनुपर्छ । नत्र रातो किताब लिएकाहरूबाटै जनता र मुलुक खतरामा पर्नुपर्छ भन्ने भाव सञ्चार गर्दै कविता भन्छ–
बस्तीहरूलाई आतंकित बनाउँदै
रातो किताब बोकेरै
कहिले कालो ओडारभित्र पस्छ
र, त्यहाँ बुझिने, बुझिने कुरा गर्छ
कहिले मसँग आएर
नबुझिने, नबुझिने कुरा गर्छ । (पृष्ठ ः १७)

(६) दुख्ने मनहरूसँग ः— मन दुखाउनेहरूसँग नाता तोड्दामा नै उन्नति सम्भव हुन्छ । बेरोजगारीले, दाइजोले, सामन्तले अनि देश मिचाहाहरूले हामीलाई कंगालपति बनाइरहेका छन् । त्यस्ता फटाहाहरूले देश खोज्दै हिँडेका क्रान्तिका अभियन्ताहरूलाई ढाल्ने काम गरिरहेका छन् । देवी खड्का, च्याङ्वा लामाको परिवार, शिव खड्काकी आमाहरूको कहालीलाग्दो अवसान पार्नेहरूसँग विद्रोह गर्नुपर्ने आवश्यकता कविताले गराएको छ –
कहिले मन
देवी खड्काको बाबुसँगै दुख्छ
च्याङ्वा लामाको परिवार भएरै दुख्छ
शिव खड्काकी आमा बनेरै दुख्छ,
कहिलेकाँही यस्तो लाग्छ
नेपाल घाउ नै घाउको देश हो
म घाउ नै घाउ भएको देशको नागरिक हुँ । (पृष्ठ ः २१)

(७) म तिम्रा कविताको विरुद्धमा लेख्छु ः— जनपक्ष र जनप्रतिपक्षको लडाइँ लामो समयदेखि निरन्तर चलिरहेको छ । कसले जित्छ भन्दा पनि कसले जित्नुपर्छ भन्ने कुरा ठूलो हो । सामन्तहरूको मुखपत्र भएर अखबारहरू उभिएको पनि भेटिन्छ । जनताको दविएको आवाजलाई बुलन्द गर्ने गरी अखवारका पानाहरू कुँदिएको पनि भेटिन्छ । अरूको त के कुरा कलमले ज्यान बचाइरहेकाहरू पनि कलमको दुरुपयोग गरी मालामाल भएका छन् भने कोहीकोही त्यही कलमको सदुपयोग गरेर जनताका आँखाका नानी पनि भएका छन् । जनपक्षिय मतलाई हृदयदेखि नै स्वागत गरेर र जनघाती मतलाई विरोध गरेर लेखिएको यो कविताले भन्छ–
म यत्तिबेला
पल्टु थारूको छानो चुहिएको बेला
शासकहरू बस्तीभित्र पसेर
देवी खड्कालाई बलात्कार गरिरहेको बेला
दरबारको अट्टालिकामा घुम्ने
कुनै राजकुमारीका यौनका व्यथाहरू
म कसरी लेख्न सक्छु ? (पृष्ठ ः २४)

(८) सर्प पूजा ः— स्वार्थको भाँडो जतालाग्दा भरिन्छ, त्यतै लाग्ने अवसरवादीहरूको कर्तुतलाई उदांगो पार्ने काम यस कविताले गरेको छ । तिनै नेता हुन्, जो समयअनुसार छेपारे प्रवृत्ति अपनाउँछन् । तिनका मुखमा पञ्चायतलाई पनि जिन्दावाद, बहुदललाई पनि जिन्दावाद र अहिले गणतन्त्रलाई पनि जिन्दावाद थियो र छँदै छ । अवसरको खोजीमा रहेकाहरू विरुद्ध औँलो ठड्याउँदै कविता कुर्लन्छ–
प्रजातन्त्रको नारा 
सर्पहरूले लगाए पनि
लाचार हामी सुनिरह्यौँ
कहिलेसम्म सुन्छौँ ?
तर उही खतरामा
अझसम्म सुनिरह्यौँ । (पृष्ठ ः २६)

(९) अब आफ्नै बाटो रोज्नुपर्छ ः—कलाकार प्रवीण गुरुङ्गको हत्या एउटाले गरेको र आरोप अर्कैमा थुपारी सजाय दिइएको तीतोयथार्थलाई सम्बोधन गरेर यस कवितामार्फत वर्तमानको आवाज बुलन्द गरिएको छ । साँचो हत्यारा पानी माथिको ओभानो भई सार्वजनिक जीवन भोगिरहेको परिप्रेक्ष्य कोट्याउँदै प्रवीणका सन्तानले बाबुकै हत्याराको जन्म दिन मनाउने र त्यसकै मृत्युमा कपाल खौरी शोक मनाउने स्थिति रहेको वोध गराउँछ –
के बाँकी रह्यो अब
हारिरहेकी तिमी
हारिरहेका हामीहरू
जित्नेलाई पो हार्नको डर
हार्नेहरूले बारम्बार धावा बोले हुन्छ । (पृष्ठ ः २९)

(१०) जलजला ः— जलजला महत्व बोकेको पहाड हो । जलजलालाई देखेर वीरताको गौरवगाथा भाका हालेर गाउने मन हुन्छ । शक्ति र सौन्दर्य बोकेर जलजला हामीलाई छहारी दिइरहेको छ । हामी भने गाँस, वास र कपासको खोजीमा त्यस छहारीबाट बाहिरिन्छौँ र पुनः समय, श्रम र शक्ति विदेशी भूमिमा सुम्पी विकलाङ्ग बनी मृत्यु पर्खन मात्र छहारीमा आउँछौँ । यस विडम्बनालाई चिर्दै कवि विदेशी लात र वातभन्दा स्वदेशी रुखो सुखोमा सन्तोष मानी यहीँ दशनङ्ग्रा खियाउन र विवेकको लगानी गर्न आग्रह गर्दै यस धर्तीलाई हराभर पार्न आह्वान गर्दछन् –
जलजला, काख फराकिलो पार्नुपर्छ
यात्रा अझै लामो छ
जूनसँग अंगालो हालेर
नाच्ने दिन अझै, अझै टाढा छ । (पृष्ठ ः ३०)

(११) प्रिय मान्छेका गीतहरू ः— लेख्नेहरूले लेखे । कसैले देखेका कुरा लेखे, कसैले देखेका कुरा छाडेर नदेखेका कुरा लेखे । जसले नदेखी हावादारी तालले गद्दारका पक्षमा लेख्यो, त्यसको मूल्य नै रहेन । समाजमा अनिष्टता निम्त्याउने कार्य गरेर त्यस्ता मान्छेले मान्छे भ्रष्ट पार्ने गीत लेख्यो । त्यसले लेखेका गीतहरूले मान्छे खाए । मान्छे खाने गीतको विपक्षमा उभिएर कवि मातृका पोखरेल मान्छेको मन खाने गीत लेख्न र गाउन रुचाउँछन् –
अब मैले लेख्नैपर्छ
असल मान्छेका गीतहरू
मैले गाउनैपर्छ
प्रिय मान्छेका गीतहरू । (पृष्ठ ः ३५)

(१२) नागरिक ः— जलेको देशको तापमा रमाउने मान्छे नागरिक हुन सक्दैन । देश जलाउँनु अर्थात् देशलाई घाटा हुने काम गर्नु गद्दारी कर्म हो । उसको नागरिक धर्म यही हो कि उसले मुलुकको कल्याणमा जीवन समर्पण गर्नुपर्छ भन्दै कविता भन्छ–
ऊ हाम्रै सहरमा बस्छ
यतै वरपर बस्छ
तर देश जलाउँछ
र आगो ताप्छ
म कसरी भन्न सक्छु ?
ऊ मेरै देशको नागरिक हो । (पृष्ठ ः ३६)

(१३) भविष्यका लागि ः— गरिखाने वर्गको श्रम चुसेर र खोसेर खानेहरूले विदेशी दलालहरूसँग मिलेमतो गरी जनयुद्ध दवाउन गरेको प्रयत्नका बारेमा चर्चा गर्दै कविता भन्छ –
हाम्रो प्रिय जङ्गलमा 
विदेशी गिद्धहरू आयात गर्ने
प्रस्ताव गरिएको बेला,
हामी प्वाल परेको देशलाई
टाल्ने योजना बनाइरहेछौँ । (पृष्ठ ः ३९)

(१४) कलिला जूनहरूको श्रद्धाञ्जलीमा ः— समयको माँगअनुरूप गर्नुपर्ने कुरा गर्दा विद्रोही हुनुपर्ने, आफ्नो हक माग्दा आतंककारीको विल्ला बोक्नुपर्ने अवस्थाहरूबाट पार पाउन जनयुद्धमा लामबद्ध भएकाहरूको स्वागतका निम्ति कवि तयार भएका छन् । युद्धताका कहालीलाग्दा दिनहरू आएका र देशका लालयोद्धाहरू गुमेका कुराले कवि मन रोएको छ –
पोहोर साल
बगैँचालाई फराकिलो पारेँ
र धान रोप्ने खेतमा
राम्रा पातका फूलहरू रोपेँ
छोरीले मागेकी थिई
केही थुँगा फक्रेका फूलहरू
चुल्ठोमा लाउन,
मैले त्यस वर्ष पनि
एकथुँगा फक्रेको फूल
आफ्ना लागि राखिनँ,
कलिला जूनहरूको श्रद्धाञ्जलीमा
मेरो बगैँचा मरुभूमिझैँ रित्तियो । (पृष्ठ ः ४२)

(१५) उज्यालो हुनु अघि ः— दबाएर बसिखानेहरूको एकाधिकार हटाई रुढिग्रस्त कुरूप समाजको रूपान्तरण गरेर समृद्धशाली समाज निर्माण गर्ने चाहनाबाट प्रेरित भई क्रान्तिमा होमिएका लालयोद्धाहरूलाई मृत्युको मुखमा पुर्याउन सरकारले चालेका जनघाती कदमलाई धिकार्दै कविता विष ओकल्दछ–
गोमन सर्पजस्तै
विषालु मान्छेहरू
उज्यालो मार्न
शहरबाटै गाउँ पसेका छन्
यस पटक शहरले 
गाउँकै मान्छे किनेर
गाउँ मार्न पठायो । (पृष्ठ ः ४३ र ४४)

(१६) स्यम्भूका आँखासँग ः— सामन्तको एकछत्र राज भत्काउने ऊर्जाशील कवि एवं पत्रकार कृष्ण सेन ‘इच्छुक’लाई कलम चलाएकै आधारमा निर्र्मम हत्या गर्ने कायर सरकारप्रति आक्रोशित हुँदै र ‘इच्छुक’प्रति श्रद्धाभाव खन्याउँदै कवि स्वयम्भुका आँखाहरूसँग प्रश्न राख्छन् –
यो उचाइमा बसेर 
मेरो प्रिय कविको लास
तिमीले कतै चिन्यौ कि चिनेनौ ?
भन स्वयम्भुका आँखाहरू,
मेरो प्रिय कवि मारिँदाको साक्षी
पक्कै तिमी हुन सक्छौ
तिमीले उसलाई कतै देख्यौ कि देखेनौ ? (पृष्ठ ः ४७)

(१७) बाटाहरू–१ ः—हाम्रा बाटाहरू भिन्न भिन्न छन् तर गन्तव्य एउटै हुनुपर्छ । वास्तविकता त्यस्तो छैन । जसरी बाटाहरू फरक छन्, त्यसरी नै गन्तव्य फरक पार्नेहरू पनि मनग्यै छन् । जनमुखी बाटोमा हिँड्न वैयक्तिक स्वार्थबाट अलगिनुपर्छ । निजी स्वार्थबाट टाढिएकाहरू मात्र विकासका कुरा गर्छन्, समाजका दुखियाहरूलाई सुखको बाटो देखाई दिन्छन् तर स्वार्थले जेलिएकाहरू अनाथहरूको रगतले होली खेल्छन्, अर्काको पसिनाले नुहाउँछन् र आफ्नो अजीर्ण पेट मुसार्छन् । यसरी बाटाहरू अलग अलग भएको देखाउँदै कविता भन्छ –
हामी अनिंदो बसेर रातभर
दिनको कुरा गथ्र्यौं
ऊ बन्द ढोकाभित्र बसेर दिनभर
रातको कुरा गथ्र्यो
हामी भोलिका निम्ति
जूनको कुरा गथ्र्यौं
ऊ कुनामा बसेर
अँध्यारोको गीत गाउँथ्यो । (पृष्ठ ः ४८)

(१८) बाटाहरू–२ ः— लुटाहाहरूको लुट्ने प्रवृति भिन्न किसिमको हुन्छ । जब सिकार हात पर्छ, लुटिहाल्छन् । नपरेको खण्डमा साधु बनेर बाटो ढुक्छन् । त्यस्ता अनैतिक र अमर्यादित बाटोमा हिँड्नेहरूदेखि सावधान गराउँदै कविताले भनेको छ –
जब कुबाटोमा लेउ लाग्छ
उनीहरू एक साथ हाम्रो बाटोमा झम्टन्छन्
र, क्रुर युद्ध लड्छन्,
हामीले तयार हुनुपर्छ त्यो युद्धको लागि
हामीले जोगाउनुपर्छ
आफू हिँड्ने बाटोलाई
हाम्रो प्रिय बाटोलाई । (पृष्ठ ः ५१)

(१९) बाटाहरू–३ ः— उज्यालो माग्नेका छातीमा बुट हानेर अँध्यारो राज निम्त्याउने र ढलिमली गर्ने सोचलाई थप्पड हान्दै चुनौती दिने काम कविताले गरेको छ –
सेता लुगा लगाएर स्यालहरू
पशुपालन गर्ने योजनाको
प्रस्ताव पेश गरिरहेछन्
रुखको कापमा बसेर उल्लूहरू
पान चवाउँदै,
देश बनाउने सपना बाँडिरहेका छन् । (पृष्ठ ः ५२)

(२०) यात्राको एउटा दृष्य ः— माघ १९ को कदमबाट जनअधिकार हनन गरी निरंकुश सत्ता लादेपछिका समयमा दरबार नजिक भएर देश र जनतालाई लुट्ने र भुट्ने नेतानेतृको बुझिनसक्नुको लीला देखेर कवि आक्रोश पोख्दछन्–
मीठो सपना बलात्कार गरेर
भर्खरै मात्र
कमलपित्तका रोगीहरू
दरबार मार्गको बाटो
उत्तरतिर लागेका छन्
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौँ । (पृष्ठ ः ५६)

(२१) एउटा पूजारीको आत्मव्यथा ः— देश र जनताका लागि जीवन बलिदानी गर्ने श्रद्धेय सहिदहरूको शालिक माथि राजा त्रिभुवनको शालिक रहेको देख्दा र १०४ वर्षे जहानियाँ निरंकुश सत्ता लाद्ने जंगबहादुर, सहिदहरू (दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, १९९७)लाई फाँसी चढाउने नरशमसेरहरूको त्रास अझै ज्यूँदै रहेको परिप्रेक्ष्यलाई समेट्दै कवितामा सहिदहरूप्रति सही तवरले श्रद्धा राख्नुपर्ने विचार यस कविताले गरेको छ –
म प्रत्येक विहान
सहिदलाई पूजा गर्न सहिदगेट जान्छु
तर सहिदभन्दा माथि
ढसमस्स बसेको
मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक
सहिदभन्दा पहिले
आफ्नो घाँटीमा माला थाप्छ 
म सहिदगेटको एउटा पीडित पुजारी । (पृष्ठ ः ५७)

(२२) सपना ः तौली तौलीकन शब्दहरू बोल्नुपर्ने, आफ्ना मनका करुण भावहरू पनि गुम्स्याएर दासमनोवृतिले पगालेका शब्दहरू मात्र प्रयोग गर्नुपर्ने, सपनाहरू धुजाधुजा बनाउन वाध्य हुनुपर्ने जस्ता अवस्थाबाट पार पाउने चाहना राख्नु र भोकोले पेट भर्न र नाङ्गोले आङ्ग ढाक्न पाउँनुपर्छ भन्ने आवाज गुञ्जाउनु सचेत वर्गको धर्म हो । तर मुठ्ठीभरका मान्छे मानसिक दरिद्रले ग्रस्त भएर पुरातनवादी कुसंस्कारी सोचलाई नै निरन्तरता दिई राजनीतिलाई मागिखाने भाँडो बनाएकोमा कवितामा रुष्टता व्यक्त गरिएको छ । देश र जनताका सपनाहरू कुल्चिएर भ्रष्टचारी सर्वदा वर्चस्वमै रहेको देख्दा कवि आक्रोस पोख्दछन्–
अपराधीहरू
जेलको पर्खाल बाहिर
बेरोकटोक घुमिरहेछन्
र शहरका चोकहरूमा इ. काव्यगत प्रवृतिहरू:
समग्रमा कवि पोखरेलका काव्यगत प्रवृतिहरूलाई यस प्रकार केलाउन सकिन्छ ।
(१) समाजवादी, यथार्थवादी धाराका पृष्ठपोषक, (२) वर्गीय चेतनाले ओतप्रोत, (३) माक्र्सवादी दर्शन अंगिकार गर्ने कवि, (४) जनयुद्धप्रति अनुरागी भावना (५) मानतावादी दृष्टिकोण, (६) कलमले समाज रूपान्तरण गर्नु पर्ने भावना जाहेर, (७) समाजको सजीव चित्रण, (८) माक्र्सवादी दर्शनलाई आदर्शपुञ्ज ठान्नु, (९) क्रान्तियोद्धाहरू निस्वार्थी हुनुपर्ने विचार प्रकट, (१०) शहादत प्राप्त मुक्तिमार्गका हिमायतीहरूप्रति श्रद्धा र आस्था, (११) यथास्थितिवादी र पश्चगमनवादीहरूको विरोध, (१२) राज्यआतंकको भत्र्सना, (१३) अग्रगमनको दिशामा लम्केको राष्ट्रनिर्माणमा जोड, (१४) जीवनवादी एवं आशावादी विचार प्रेषण, (१५) निमुखाहरूको आवाज बुलन्द पार्ने कवि, (१६) राष्ट्रिय अखण्डता, एकता र मेलमिलापका पक्षधर, (१७) सकारात्मक परिवर्तनको पक्षमा वकालत, (१८) सरल, सहज, मीठासपूर्ण भाषाशैली र समाजमा पचेका बिम्व, अलंकार एवं प्रतीकहरूको प्रयोग ।

ई. उपसंहार 
कवि पोखरेलका कवितामा वर्गीय माया, वर्गीय घृणा, सहिदश्रद्धाजस्ता भावना प्रशस्त पाइन्छ । शान्तिलाई बचाएर राख्ने काम सबैको हो । शान्ति कलिलो र कफलो हुन्छ । त्यसलाई हुर्काउन, बचाउन गाह्रो हुन्छ तर नाश गर्न वा भङ्ग गर्न सजिलो हुन्छ । शान्तिको घाँटी निमोठ्ने काम प्रशासनीक संयन्त्रद्वारा नै भएको र नेपाली जनताले कहर काटेर जिउनु परेको दुर्दशालाई मार्मिकतरवले प्रस्तुत गर्ने काम कवितामा भएको छ । उनका कविताहरू शक्तिशाली बम, बन्दुक र बारुदजस्ता क्षणभरमै प्रभाव जमाउने र क्षणभरमै प्रभाव गुमाउनेजस्ता घातक नभई विस्तारै विस्तारै प्रभाव पार्ने खालका रसिला छन् । पाठकको मन तान्ने क्षमता प्रायः सबै कविताहरूमा छ । वास्तवमा सुशासनको रट लगाउनु अघि सबैले खाना खान पाउँदा, त्यही खानाको जोह गर्न काम गर्न पाउँदा नै समाजले अग्रगति लिन सक्छ । कवि मातृका पोखरेल र उनका कविताका वारेमा विद्वान् दाहाल यज्ञनिधि भूमिकामा लेख्छन्, ‘यो ‘यात्राको एउटा दृष्य’ कविता संग्रह ल्याउने कवि मातृका पोखरेललाई पनि घडीचरो (यसले उज्यालो हुने प्रहर बताउँछ ।)को भोग दिन पछि पर्ने छैनन्, जुठोपुरो खाएर डकार्न पल्किएका समालोचक नामका केही ढाडे, ढँट्वारेहरूले भन्ने चाहिँ मलाई अहिल्यै अन्सार छ । तर पनि हामी कति बाँच्छौँ होइन कसरी बाँच्छौँसँगको उत्तर भने मातृका पोखरेलले दिनुभएको सबुतले म गद्गद भएको छु ।’ अर्का विद्वान् डा. ताराकान्त पाण्डेय लेख्छन्, ‘शब्दलाई संवेदनामा मुछेर कवितालाई आकार दिने मातृका त्यही कविताको कोदालीले विचारको भूमिलाई कोट्याउदै अग्रगामी चेतनाको सयपत्री रोप्न सक्रिय छन् ।’ अतः अन्धविश्वासी, रुढिवादी एवं जढसूत्रवादीहरूको झाँको झारेर नयाँ नेपाल निर्माणका लागि नयाँ जोस थप्न कवि मातृका पोखरेल सक्षम छन् र उनको ‘यात्राको एउटा दृष्य’ कविता संग्रह पनि सफल देखिन्छ ।

तपेश्वरी–१, गल्फडिया, उदयपुर; हाल: राजविराज–९, सप्तरी


http://www.samakalinsahitya.com बाट साभार 
प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 7 कार्तिक, 2067
दुष्टकथा
हामीलाई सगर्व सुनाइरहेका छन्
भ्रष्टचारको आरोपमा जागिर खुस्केको भलाद्मी
गरिवी निवारणको कार्यक्रम
मेरै सामु फलाक्छ
धेरै समय भइसक्यो
म उनीहरूसँगै छु । (पृष्ठ: ५९)।

कथा समालोचना : "छापामारकी स्वास्नी" कथाका पन्ध्र दृष्टि - नन्दलाल आचार्य

 कथाकुनोको  शुभकामनासहित


कथा समालोचना : "छापामारकी स्वास्नी" कथाका पन्ध्र दृष्टि


- नन्दलाल आचार्य



 दिनभर सडकका ढुङ्गा टिपिहिँड्नु, चौतारो र प्रतिक्षालयमा कुचो लाउनु, नदी कुवा र पँधेरामा जमेको फोहोर प्रत्येक दिन सफा गर्नु, बाटा र खोलामा फ्याँकेका काँढा टिपेर जलाउनु, गाँउमा भोकाएको वस्तुलाई घाँस काटेर दिनु, सडकमा नाकभरि रालसिँगानको लेघ्रो बोकेर नानी देख्दा सिँगान पुछिदिनु, आफ्नो घरको कुनै ठेगान नहुनु, तर कोही खान नपाएर भोकै बसिरहेको छ कि भनेर चिन्ता गर्नु, बूढाबूढी एवं अशक्तहरूको काम सित्तैमा गरिदिनु, आफ्नो आङ् नाङ्ो राखेर अर्कालाई भएको जाडोको चिन्ता गर्नु, आफ्नो पेटको हेक्का नराखी अर्काको पेटको हेक्का राख्नु, सडकमा उभिएर सत्य र न्यायको स्वरहरू उराली हिँड्नु, एक छिन पनि नसुस्ताई सार्वजनिक स्थलमा थाँती रहेका सानातिना कामहरू गरिरहनु, जनताले चेतना भेट्ने खालका जनगीत श्लोक र कविता स्वतःस्फुर्त रुपमा भन्नु, बोरा नै ओड्नु, र बोरा नै लगाएर हिँड्नु, भोक रोग र शोकमा डुबेको समाज देख्ता आफूले लगाएको वस्त्रको मूल्य नदेखी त्याग गर्नु, सबै नेपालीले सजिलै खान नपाउने त्यो पनि आयातित नुन खानु, र विदेशीको कृतार्थ हुनुभन्दा अलिनै बस्नु उचित छ भनेर नुन त्यागिदिनु, विना श्रम अर्काले दिएको कुनै पनि चिज नखाँने र नलिँने सिद्धान्तमा जीवनपर्यन्त अडिग रहनु, जस्ता क्रियाकलाप गरी जीवन विताएका त्यस्ता महापुरुषलाई पनि उदयपुरले जन्मायो । ती महापुरुष हुन्- गम्भीरबहादुर थापा । राजनीतिमा सानो मान्छेलाई पनि पोशाक चाहिन्छ तर साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ भन्ने विश्वेश्वरप्रसाद कोइराला साहित्यमा आफूलाई अराजकतावादी ठान्थे । अहिले त नेपाली समाज आफैँ पागल छ अराजक छ । अनि आफ्नो पागलपन र अराजकताको ढाकछोप र आफ्नो टिठलाग्दो विक्षिप्तता लुकाउन गम्भीरबहादुर थापा जस्तालाई पागलको संज्ञा दिन्छ । उनकै बाटो अंगाल्न पुगेका अर्का गाउँघर ब्युँझाउने कवि हुन्-लेखबहादुर कार्की । त्यस्तै अन्य बालकृष्ण पोखरेल मातृका पोखरेल पुन्य कार्की टीकाराम पौडेल इन्द्र राउत दीपक चिन्तक जोतारे धाइवा स्वस्ती थापा महेश्वर चामिलङ् रत्नप्रसाद काफ्ले गिरिलाल परियार तेजनारायण शेर्पा भक्तबहादुर िसंह यादवकुमार कार्की केदारकुमार थापा शंकरबहादुर थापा भागवत राउत जीवराज ढुगााना हरि शरण हेमबहादुर बस्नेत कुबेरध्वज कार्की छविनकुमार मगर मदन तामाङ् नारायण कार्की बोधविक्रम घिमिरे शिवहरि राई नारायण काफ्ले बिमल कार्की कुमारिसंह कार्की नन्दप्रसाद पोखरेल राजकुमार खड्का कौशल चेमजोङ् वृषबहादुर तामाङ् कपिल ठकुरी बिरशबाबु शाही लीलाप्रसाद निरौला नन्दलाल आचार्यजस्ता दर्जनौँ कलमजीवीहरूमा बलियो कलमका साथ देखापरेका स्रष्टा हुन्-राममणि पोखरेल ।


राष्ट्रिय स्तरमा द्वन्द्व कथा लेखन क्षेत्रमा नाम कमाएका खगेन्द्र संग्रौला दिल सहानी डा बराल मातृका पोखरेल पुन्य कार्कीहरू अग्रपंक्तिमा छन् भने यिनै कथाकारहरूको लहरमा आफूलाई उभ्याउन खोज्ने राममणि पोखरेल पनि सिद्धहस्त कथाकार रुपमा चिनिएका छन् । समाजमा घटेका अन्याय अत्याचारका कहिरन र दुःख पीडा र बेचैनीका बेलिविस्तार उनका कथामा प्रशस्त भेटिन्छन् । कतै तराईको कतै पहाडको त कतै हिमालको आाचलिकता दर्शिने घटनाक्रम पनि प्रशस्त छन् । अग्रगामी विचारयुक्त कथा लेखन धेरै ठाउँमा एक न एक आदर्श पात्रको जन्म प्रकृतिको वस्तुगत चित्रण निम्न वर्गीय मानिसहरू प्रति विशेष सहानुभूति अन्याय थिचोमिचोको विरोध आाचलिकताको प्रभाव जस्ता प्रवृत्तिहरू कथाकार पोखरेलमा पाइन्छन् । युद्धमा पिल्सिएकाहरूको व्यथा सम्बोधन गर्ने काम पनि यिनीबाट भएको छ । मूलभूत रुपमा यिनी समाज रुपान्तरणको पक्षमा मत जाहेर गर्दछन् । मैथिली भाषाको संवादले कथा रोचक बनेका छन् तर कतैकतै लामा संवादका कारणले भने खोजेजस्तो परिपाक तयार नभएको स्पष्ट झलक मिल्दछ । कुनै कथाहरू त टिपोटजस्ता लाग्ने पनि छन् । परिष्कृत भाव हुँदाहुँदै पनि विषयवस्तु जताततै छरिएकोले स्पष्ट भाव प्रकटमा कमी भने नपाइने होइन । जे होस् उदयपुर जस्तो ठाउँमा एक साहित्यिक हस्ती उदाउनु र जनताले आफ्ना पिरमार्का सम्बोधन गर्ने कलमजीवि भेट्नु गर्वको कुरा हो ।

उनले "हरिमानको आत्महत्या", "सोममाया र शान्ति अभियान", "दण्डहीनता" र "सूचना टाँस" गरेर चारवटा कथासंग्रह प्रकाशन गराएका छन् । "सूचना टाँस" कथासंग्रहमा जम्मा १५ वटा कथा रहेका छन् । ती हुन्-"बुहारी", "सूचना टाँस", "छिमेकी", "मित्रता", "स्वनाम धन्य व्यक्तिका आँखा", "छापामारकी स्वास्नी", "पीडितको पक्षमा कानून" व्यवहार र विचार", "पश्चात्तापले निहुरिएको शिर", "भगौडाको ताँती", "विस्थापित देशभक्त", "खतिवडा कान्छा र मनि एक्सन", "अर्धचेत गाउँ", "इन्द्रमती" र "द्वन्द्व पीडितको बयान" ।

"सूचना टाँस" कथासंग्रहको "छापामारकी स्वास्नी" कथामा छापामार प्रकाश उनकी श्रीमती डल्ली र बालक छोरो अनि म पात्र जस्ता पात्रहरू मुख्य रुपमा छन् । प्रत्यक्ष भूमिकामा रहेकी डल्ली र म पात्र नै कथामा महत्वपूर्ण भूमिका खेल्ने पात्र हुन् । प्रकाशले जनयुद्धमा लागेर ज्यान गुमाए पछि डल्लीलाई व्यवहार धान्न मुस्किल पर्छ । पतिको जायजेथा आफ्नो नाममा सार्न लागेकी डल्ली सहयोगको अपेक्षा लिएर म पात्रकहाँ पुगेकी हुन् । मृत्यु कसरी भएको हो र भविष्यका लक्ष्यहरू केके हुन् भन्ने बारे लामै हुन्छन् । म पात्रले पनि नामसारीको काम फत्ते गर्दिने आश्वासन दिएर कथा समाप्त भएको छ । यहाँ विवेच्य कथाका लागि चन्द्रमोहन जैन नामले बाल्यकालमा चिनिएका ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेश जवलपुरमा जन्मेका र १९ जनबरी १९९० मा देह त्याग गर्न पुगेका ध्यान योग प्रणायम र सशक्त विचारबाट विश्वलाई नै विउँझाउनॆ एक महापुरुष दार्शनिक ओशोका दृष्टिकोणको सहयोग लिइएको छ । यहाँ उनैका जीवनोपयोगी तर्कहरूका आधारमा कथाकार पोखरेलको "सूचना टाँस" कथामा समाविष्ट "छापामारकी स्वास्नी" शीर्षकको कथामा केन्द्रित भई पन्ध्र किसिमका दृष्टिकोणको संक्षिप्त विवेचना गर्ने अभीष्ट लिइएको छ ।

१) "छापामारकी स्वास्नी" भित्रको हाँसो:- दार्शनिक ओशो हाँसोको बारेमा भन्छन्- "हाँसोले तिमीलाई निर्मल बनाउँछ । तिमीलाई जीवन्त ऊर्जावान् तथा सिर्जनशील बनाउँछ । हाँसो मानिसले प्रकृतिबाट पाएको सबभन्दा गहिरो औषधी हो । हरेक विहान जाग्नासाथ आँखा नखोलीकन पाँच मिनेट खित्का छाडेर हाँस । त्यसले पूरै दिन उत्सवमय बनाइदिनेछ ।" कथामा भने छापामारको छोरो खान नपाउँजेल छटपट गरिरहेको थियो । भात दिएपछि भने "भातको कचौरा दलानमा राखेर आमा र मेरो मुख हेर्दै भातमा हात गाडेर मुछ्न थाल्यो र कपाकप हसुर्न थाल्यो" भनेर थोरै हँसाउन खोज्छ । त्यस्तै "चारोले आन्द्रो भरिए पछि डल्लीले आफ्नो बयान मलाई सुनाउन थाली" भन्ने कुराले पनि खान पाएपछि गफ आउँने सन्दर्भलाई विचार्दा हँसाउँछ तर यी दुबै प्रसङ्ले बौद्धिक तवरले हँसाएका हैनन् । मान्छेको निरीहपनमा मन खोलेर हाँस्न सकिन्न ।

२) "छापामारकी स्वास्नी" भित्रको गरिबी:- दार्शनिक ओशो गरिबीको बारेमा भन्छन्-"गरिबी प्रकृतिको सिर्जन होइन । परमात्माले सम्राट मात्र जन्माउँछ । संसारमा गरिब कोही पनि छैन । सबैसँग अपार सम्पदा छ । तर मानिसको धारणा गरिब छ । मानिसको दृष्टि दुःखपूर्ण छ । दुःखपूर्ण दृष्टिबाट मुक्ति नै दुःखबाट मुक्ति हो ।" कथामा सामान्य सारी र सस्ता चप्पल लगाएकी डल्ली र भोको छोरोको चित्रण छ । निधन भइसकेका पतिको जेथा आफ्नो नाममा पार्ने डल्लीको कथन छ । यी सम्पूर्ण कुराहरू भौतिक अभाव र असन्तोषका कुराहरू हुन् । दृष्टि दुःखपूर्ण हुँदा मात्र मान्छे गरिव हुने भएकोले र श्रम गरी जीवन धान्ने सामर्थ्य डल्लीमा रहेको कारण उनी गरिव छैनन् । गरिव भन्नु नै दुःखपूर्ण सोच र दृष्टिभ्रम मात्र हो । भौतिक सम्पदाका मालिकका निम्ति पनि यो प्रकृति उस्तै छ डल्लीका लागि पनि उस्तै हो । डल्लीको पछिल्लो खुजुरा पसल गर्ने योजना र सुखको दृष्टि भने ओशोदृष्टिमा समायोजन गर्ने दृष्टिकोण हो ।


३) "छापामारकी स्वास्नी" भित्रको देवता:- दार्शनिक ओशो देवताको बारेमा भन्छन्- "देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खास गरी हाम्रै वरिपरि नै मल्टी डायमेनसनल एक्जिस्टेन्स छ । एउटै विन्दुमा बहुआयामिक अस्तित्व छ । एउटै विन्दुमा त्यो सबै हुन्छ । तिमी आफूलाई देवतामा परिणत गर्न सक्छौ ।" मान्छेले गणेश भगवान् भन्दै पुज्दै आएको हात्तीले गाउँमा आतङ्क फैलाएको र त्यसलाई धपाउन ढ्याङ्ग्रंो ठोक्ने आगाको राँको बाल्ने ठूलो स्वरले कोलाहल मच्चाउनुपर्ने काम गर्नुपरेको कुरा कथामा वर्णित छ । मान्छेको देवताले मान्छेलाई नै दुःख नदिनुपर्नेमा दिएर विरोधाभाषी अवस्था सिर्जना भएको छ । राजनेता तथा प्रहरी प्रशासनले आफ्नो कर्मद्धारा देवतुल्य हुनु पर्ने हो तर विपरीत दिशाातर्फ उन्मुख अवस्था मात्र कथामा आएको छ । यस समाजमा आफूलाई देवतामा परिणत गर्न लायकको पात्र नजन्मिएको कुरा कथामा आएको छ । समाजमा भएका कुरा दुरुस्त उतार्दा यस्तै अवस्था आउँछ भन्ने कुरा पनि यहाँ स्मरणीय छ ।

४) "छापामारकी स्वास्नी" भित्रको मानिस:- दार्शनिक ओशो मानिसका बारेमा भन्छन्- "कुनै पनि मानिसमा उसका पहिलेका जन्महरूको स्मृति जगाउने हो भने थाहा हुन्छ ऊ मानिस हुनुभन्दा पहिले गाई थियो आत्मिक विकासको हिसावले । शारीरिक हिसावले त ऊ बाँदर नै थियो । यसरी हेर्दा मानिसको शरीर बाँदरबाट र आत्मा गाईबाट विकसित भएको हो ।" हो मान्छेको मन सुधो छ तर काम बाँदरको भन्दा फरक छैन । मान्छे विहीन अवस्था त कथामा छैन । भएका सबै मान्छे असल नियतका पनि छैनन् र सबै खराबै नियतका हुन् भन्न पनि मिल्दैन । शान्तिसम्झौता पछि पहिलेका साथीहरू गाह्रो गरेर बोल्छन् । अझ संविधानसभाको निर्वाचन पछि त बोलचाल नै छैन भनेर डल्लीले दिएको वयान मान्छेको स्वार्थीपन बुझ्न घतलाग्दो र मननीय छ । यसले मान्छे दिनप्रतिदिन स्वार्थी बन्दै गएको मानवीय मूल्य र मान्यतामा कुठाराघात भएको देखाउँछ । मानिसको शरीर बाँदरबाट र आत्मा गाईबाट विकसित भएको हो भन्ने कुराको प्रमाण कथामा वर्णित पात्रहरूको मनोदसाले पुष्टि गर्दछ ।

५) "छापामारकी स्वास्नी" भित्रको जीवन:- दार्शनिक ओशो जीवनका बारेमा भन्छन्- "मेरो दृष्टिमा जीवन नै परमात्मा हो र जीवन नै मोक्ष हो । जो मानिस जिउने कला जान्दछ जीवनको गहिराइमा तैरिन र उचाइमा पुग्न सक्छ । त्यो मानिसले कहिल्यै सोध्ने छैन कि जीवनको लक्ष्य के हो उसलाई त जीवन नै प्रयाप्त हुनेछ ।" अर्कै केटोसँग घरजम गरेर जीवन चलाऊँ कि प्रकाशकै अर्धािङ्नी बनेर जीवन चलाऊँ भन्ने द्धिविधामा अल्झेकी डल्लीलाई म पात्रले भौतिक सुख प्राप्त नभए पनि छापामारकी स्वास्नी भएर जीवन धान्न पाउनु गौरवको विषय हो भनेर सम्झाएका छन् । जे भए पनि जनताको काम गर्दागर्दै मृत्युवरण गर्न पुगेकोले एक दिन न एक दिन तिम्रो योगदानलाई तिम्रो संस्थाले कदर गर्दछ भनी डल्लीलाई जीवनवोध गराउने काम गरेका छन् । त्यस पछिको डल्लीको जीवनको लक्ष्य के हो भन्ने बारे स्वयम्मा प्रष्ट छ । यसरी फराकिलो जीवन जिउनुपर्ने कुरा समेत कथाले देखाउन खोजेको छ ।

६) "छापामारकी स्वास्नी" भित्रको प्रेम:- दार्शनिक ओशो प्रेमका बारेमा भन्छन्- "प्रेम स्वभाव हो सम्बन्धको कुरा होइन । प्रेम हो स्टेट अफ माइन्ड । प्रेम हामी भित्रै छ । प्रेम हाम्रो स्वभाव हो जसलाई खोज्न कहीँ जानुपर्दैन ।" पति प्रकाश जनयुद्धमा जान लाग्दा राष्ट्रप्रेमभन्दा पतिप्रेम ठूलो भएको ठानी डल्लीले बम र कार्तोस बोक्न जान पर्दैन भनी रोक्ने कोशिस गरेकी थिइन् । प्रकाश चाहिँ पत्नीप्रेमभन्दा राष्ट्रप्रेम ठूलो ठानी जनयुद्धका छापामार हुन गए । डल्लीका करुण एवं प्रेमपूर्ण कुराहरूका कारणले नै म पात्रले जेथाको नामसारी गर्दिन सहयोग गर्ने वचन दिएका थिए । सासूससुराको प्रेम प्राप्त भएकै कारणले लोग्नेको जायजेथा आफ्नो नाममा नामसारी गर्ने अवसर पाएकी हुँ भन्ने निष्कर्ष डल्लीको छ । यसरी कथाले प्रेमका यी विविध रुपमार्फत् आफ्नो प्रभुत्व जमाएको छ ।

७) "छापामारकी स्वास्नी" भित्रको सेक्स:- दार्शनिक ओशो सेक्सको बारेमा भन्छन्- "सेक्स परमात्माको शक्ति हो । आनन्दको द्धार हो । मैथुनको समयमा मन विचार शून्य हुन्छ । सोही विचार शून्य अवस्था नै आनन्दको वर्षाको कारण हुँदो रहेछ र म भन्छु जुन रसको अनुभूति सेक्सको समयमा हुन्छ त्यो विनासेक्स पनि बसर्िन सक्छ । त्यो सूत्र हो ध्यान । त्यसैले म सेक्सको शत्रु हुँ । तर मेरो शत्रुताको अर्थ के होइन भने म सेक्सको निन्दा गर्छु । मेरो शत्रुताको मतलव के हो भने म सेक्सलाई रुपान्तरण गर्न चाहन्छु । सेक्सको निन्दा गर्ने होइन बरु काम ऊर्जालाई राममा परिणत गर्ने हो ।" यस "छापामारकी स्वास्नी" कथामा सेक्स वारे उत्तिको प्रसङ् आएको देखिन्न । पति वियोगले पीडित डल्लीलाई मन पराउने युवकहरूले र विवाहको प्रस्ताव राख्नेहरूले समेत डल्लीको भौतिक रुपरंगलाई मन पराएको हुनुपर्छ । सेक्सलाई रुपान्तरण गर्ने हिसावको म पात्रको सल्लाह डल्ली र उसका लालाबालाका निम्ति फलदायी हुनुपर्छ ।

८) "छापामारकी स्वास्नी" भित्रको धर्म:- दार्शनिक ओशो धर्मको बारेमा भन्छन्- "तिमीभित्र जुन चेतना छ त्यसको अविर्भाव नै धर्म हो । तिमीभित्र जुन बोध छ त्यसकै प्रज्ज्वलित हुनु धर्म हो । धर्म आन्तरिक क्रान्ति हो । धर्मबाट निरपेक्ष हुनुको अर्थ हो मानिस सत्यबाट निरपेक्ष हुनु । राजनीतिलाई धर्म निरपेक्ष बनाएकै कारण राजनीति झुटको खेती बन्न पुगेको छ ।" जनताले उत्पात मच्चाउने हात्तीबाट बच्न प्रहरीप्रशासन गुहार्दा उनीहरू कानमा तेल हालेर सुत्थे र यसरी आफ्नो धर्म विपरीतको काम गर्थे । असल कार्य गर्नु नै धर्म हो । जनहितमा ज्यान अर्पेका प्रकाशले ठूलो धर्म कमाए । पैतृक धनको सही सदुपयोग गरी लालाबाला सम्हालेर र प्रौढ सासूससुरालाई सक्तो सहयोग पुर्याउने हो भने त्यो पनि महान् धर्म हो । समाजका बेथिति विरुद्ध खरो उत्री जीवन धान्ने संकल्प हुने हो भने डल्ली बढी धार्मिक व्यक्ति ठहरिन सक्छिन् ।

९) "छापामारकी स्वास्नी" भित्रको मृत्यु:- दार्शनिक ओशो मृत्युको बारेमा भन्छन्- "मृत्यु छँदै छैन । मृत्यु एउटा झुट हो । मात्र भ्रान्ति हो । तिमी बच्चा थियौ तन्नेरी भयौ । त्यो बच्चा कहाँ गयो मर्यो तन्नेरी थियौ अब बूढो भयौ । त्यो तन्नेरी कहाँ मर्यो त जसरी मानिसको उमेरअनुसार रुप परिवर्तन हुँदै जान्छ मृत्यु पनि रुप परिवर्तन मात्र हो । शरीरबाट आत्मा अलग हुने प्रक्रिया मात्र हो । शरीर पहिलेदेखि नै मृत हो अब मृतको कसरी मृत्यु हुन्छ आत्मा अमृत हो । अब अमृत त कहिल्यै मर्ने कुरा आएन । भनेपछि यहाँ मृत्यु कतै छैन ।" आन्तरिक दुर्घटनामा परेर प्रकाशको भौतिक शरीर सदाको लागि समाप्त भएको र डल्लीको जीवनमा तुषारापात भएको कुरा कथामा वर्णित छ । ओशोदृष्टिमा प्रकाश मर्दैन मात्र उसले शरीर फेर्छ र रुप फेर्छ । हाम्रो शरीर पलपल मरिरहेको छ तर हामी मरिरहेका छैनौँ । प्रकाशको आत्मा शरीरबाट मात्र अलग भएको हो । तसर्थ प्रकाशका लागि शोक र सुर्ता गरेर डल्लीले ज्यान सुकाउनु र प्रगतिको बाटो आफै थुन्नु किमार्थ उचित छैन । नयाँ नयाँ सोच र सिर्जना उमारेर प्रकाशले छाडेर गएका अधुरा कामहरू पूरा गर्न चित्त लगाउनु नै मृत शरीरको शान्तिको कामना हो । यस खाले आशय कथामा आएको छ ।

१०) "छापामारकी स्वास्नी" भित्रको क्रान्ति:- दार्शनिक ओशो क्रान्तिको बारेमा भन्छन्- "अहिलेसम्म हाम्रो के सोचाइ रह्यो भने क्रान्ति दुईचार वर्षमै होस् । यो बेबकुफी हो । व्यवस्था र शासन बदलेर केही हुँदैन । मानिसको मन बदल्नुपर्छ । त्यसका लागि समय लाग्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुक सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्दैन भने उसले क्रान्तिको झन्झटमै पर्नु हुँदैन ।" व्यवस्था र शासन बदलिँदैमा क्रान्ति हुन्न । क्रान्ति हुनलाई मान्छेको मन रुपान्तरण हुनु आवश्यक छ । कालो मन भएका शासकहरूको हातमा देशको डाडूपैयु रहिरहने हो भने जस्तो व्यवस्था आए पनि सकारात्मक परिवर्तन केही हुँदैन । कथामा आपसी सद्भाव र छलफल गुमाई त्रास फैलाएर र मान्छेलाई डरपोक पारेर दशौं वर्ष पुराना भौतिक संरचना तोडी आफ्नो निहित स्वार्थ पूरा गर्न मान्छे उद्यत भएको भनी जनयुद्धप्रति कटाक्ष गरिएको पनि छ । साथै राजनैतिक नारा र जुलुसले मात्र मान्छेमा सांस्कृतिक रुपान्तरण नआउने कुरालाई पनि स्थान दिइएको छ । सांस्कृतिक क्रान्ति र रुपान्तरणका निम्ति पुराना संरचना बाधक छन् भने र ती भत्कँदा नै समाजको मन रुपान्तरण हुन्छ भने भत्कनुपर्छ । दुई पैसाको क्षति बेहोरेर बीस पैसाको लाभ मिल्छ भने दुई पैसाको क्षति बेहोर्न तयार रहनुपर्छ ।

११) "छापामारकी स्वास्नी" भित्रको पाखण्ड:- दार्शनिक ओशो पाखण्डको बारेमा भन्छन्- "जो सहजताका साथ बाँच्छ जसको कुनै आदर्श हुँदैन जो आफ्नो स्वभावमा बाँच्छ उसको जीवन पाखण्ड हुँदैन ।" कथामा म पात्र गरिवीले गर्दा चाहेका काम गर्न सकिनँ भन्ने कथन अघि सार्छन् भने डल्ली पनि पतिको ज्यानको सट्टा आर्थिक सहयोग नपाएको गुनासो गर्छिन् । यी सम्पूर्ण कुराले ओशो दृष्टिमा असहजतापूर्वक बाँचेको जीवन भनी ठम्याएको छ । जग्गा बेची खुजुरे पसल बनाउने डल्लीको योजना भने आफ्नो स्वभाव र विचारमा बाँचेको अवस्था हो । त्यहाँ कुनै पाखण्ड छैन । अझ म पात्रलाई नगुहारी कानुनसम्मत ढंगले आफैँ जायजेथाको नामसारी गर्ने काममा लागेकी हुन्थिन् भने त्यो अझ स्तुत्य कार्य ठहरिन्थ्यो । सामाजको यथार्थतालाई दुरुस्त उतार्न खोज्दा यस्तो अवस्था आउनु स्वभाविक हो ।

१२) "छापामारकी स्वास्नी" भित्रको पुरुषस्त्री:- दार्शनिक ओशो पुरुषस्त्रीको बारेमा भन्छन्- "पुरुष एक प्रकारको सतह हो जहाँ सक्रियता छ आँधीतुफान छ । स्त्री एक गहन गहिराइ हो जहाँ सबै मौन र शान्त छ । तर ख्याल रहोस् पुरुषको जुन सक्रियता छ स्त्रीको त्यही गहिराइको माथिल्लो हिस्सा हो । त्यसैले म भन्छु स्त्री केन्द्रमा छ पुरुष परीधिमा छ ।" समाज रुपान्तणको कार्यमा प्रकाश जति सक्रिय रहे डल्ली त्यत्ती गहिराइमा पुग्न सकिनन् । पुरुष एक धारमा उभिए भने स्त्री अर्कै धारमा उभिइन् । पछि समयको आँधितुफानसँगै दुबैको भौतिक विछोड भयो भनी कथामा वर्णित छ । स्त्री अर्थात् डल्ली केन्द्रमा बसेर कार्य गर्न खुजुरे पसल चलाउने योजना बनाउँदै छिन् । आफ्नो सामर्थ्य अनुरुप अघि बढ्दै छिन् ।

१३) "छापामारकी स्वास्नी" भित्रको भोजनकला:- दार्शनिक ओशो भोजनकलाको बारेमा भन्छन्- "भोजन गर्ने बेलामा तिमी भोजनलाई राम्ररी हेर सुँघ । कुनै हतार नगर । भोजन ग्रहणलाई नौ ध्यान बनाऊ । कसैले तिमीलाई पागल ठान्छन् भने ठान्न देऊ । खानालाई चारैतिरबाट ओल्टाइपल्टाई हेर । अनि आँखा बन्द गरेर त्यसलाई छोऊ । गालामा लगाऊ । हर प्रकारले खानाको महसुस गर । अनि थोरै मुखमा लेऊ र त्यसलाई धेरै बेरसम्म स्वाद लिई चपाऊ । त्यसको पूरापूरी स्वाद लेऊ । त्यस वेला तिमीलाई थोरै खाना पनि प्रयाप्त हुन्छ ।" कथामा भने छापामारको छोरो खानका लागि भात पाएपछि भने "भातको कचौरा दलानमा राखेर आमा र मेरो मुख हेर्दै भातमा हात गाडेर मुछ्न थाल्यो र कपाकप हसुर्न थाल्यो" भन्ने प्रसङ् र "चारोले आन्द्रो भरिएपछि डल्लीले आफ्नो बयान मलाई सुनाउन थाली" भन्ने वाक्यांशले भोजनकलालाई समेट्न खोजेको देखिन्छ । स्वाद लिई लिई न खाए पनि एकचित्तले खान बसेकाले छोराको भोजनग्रहण कला आंशिकरुपमा सफलीभूत रहेको स्पष्ट हुन्छ ।

१४) "छापामारकी स्वास्नी" भित्रको राजनीति:- दार्शनिक ओशो राजनीतिको बारेमा भन्छन्- "राजनीतिको अर्थ हो अर्कोमाथि विजय पाउनु । जहाँ अरुमाथि विजय पाउनु छ त्यहाँ सत्यको कुनै प्रयोजन हुँदैन । त्यसैले राजनीतिमा सत्यले कहिल्यै विजय प्राप्त गर्दैन । राजनीति सत्यको जगमा हुँदैन । जुन दिन राजनीतिमा सत्यको विजय हुन थाल्नेछ त्यस दिन खासमा राजनीति खासमा राजनीति नै रहने छैन । राजनीतिको गुणवेत्ता नै अर्कै हुनेछ । राजनीतिमा भंगवक्ता हुनेछ । मलाई लाग्छ त्यसै दिन राजनीतिको बिदाइ हुनेछ । राजनीति धर्ममा रुपान्तरण हुनेछ ।" लोडसेिडङ्को समस्या राजनैतिक समस्या हो हत्या अपहरणको समस्या राजनीतिकको उपज हो बारुद ह्वास्स गन्हाउँने राजनैतिक कार्यकर्ताहरूले गाउँलेहरूलाई सताउँनु राजनैतिक विजय हो पीडित वर्गलाई राहत दिने बजारीया गफ चुटेर सरकारमा टिकिरहनु राजनीतिको कला हो समाज रुपान्तरणका लागि भनेर जनतालाई युद्धमा होम्नु तर फलस्वरुप नेतानेतृहरूको आर्थिक उचाई मात्र रुपान्तरण हुनु राजनीतिको गुण हो भ्रष्ट कर्मचारीतन्त्र देखिनु राजनीतिको अर्को नीति हो भन्ने प्रसङ् कथाभरि यत्रतत्र आएका छन् । यो "छापामारकी स्वास्नी" कथा राजनीतिकै उपज भएकोले यस अर्थमा कथा सशक्त छ । समाजमा राजनीतिले उब्जाएका यी तमाम विकृति नाश गर्ने हो भने राजनीतिको साटो धर्मनीतिको देशमा लागू हुनुपर्छ । राजनीतिले राष्ट्रकल्याण गर्न नसक्ने कुरा जगजाहेर छ ।

१५) "छापामारकी स्वास्नी" भित्रको गुरु:- दार्शनिक ओशो गुरुको बारेमा भन्छन्- "धर्मलाई नष्ट गरिदिए पण्डित एवं पूजारीले । ठीक के हो भन्ने जान्ने मान्छे अरुलाई लडाउँदैन । अनुयायीहरू पछि उभिएर सारा उपद्रव खडा गर्दिन्छन् । त्यसैले कोही कसैको गुरु हुनुहुन्न भन्ने मेरो ठहर छ । यसो भएमा दुनियाँमा कतै उपद्रव हुन्न । अनुयायीले झमेला खडा गर्छन् संगठन बनाउँछन् । त्यसैले यो दुनियाँमा जति शिक्षक जन्मन्छन् उनीहरूले ख्याल गर्नुपर्छ कि कोही कसैका गुरु र कोही कसैका शिष्य नबनूँन् । अनि मात्र हिन्दू जैन क्रिष्चियन इस्लाम बीच भएको मतभेद टुङ्गिन्छ । कुनै राम कृष्ण क्राइष्ट बुद्ध मोहम्मादहरूले कहिल्यै मतभेद ल्याएनन् । यी सब अनुयायीहरूले खडा गरेको चुनौती हो । मान्छेले स्वविवेकले काम गर्न सक्नुपर्छ ।" यसरी स्वविवेकबाट संचालित हुनु नै विभेद नासकको एक उत्तम बाटो हो भन्ने सिद्धान्त ओशोदृष्टिमा देखिन्छ । कथामा डल्लीले स्वविवेकले जायजेथाको नामसारी गर्न नसकेर म पात्रलाई हार गुहार गरेकी छिन् तर भविष्यको योजनाका बारेमा आफैँ स्वविवेकले फैसला गरेकी छन् । अतः यस दृष्टिले हेर्दा कथा आंशिकरुपले सबल छ ।

आजका मान्छेका मनमा उब्जने लोभ पाप जालझेल षड्यन्त्र स्वार्थ तेरोमेरोको निकृष्ट भाव क्ष्ाद्रता अहङ्कार र इर्ष्या कलुषितभाव कामेच्छा मद मात्सर्य दुष्टता पापाचार दुराचार अनाचार जस्ता कुभावनाले मानवता नै हराएकोमा कथाकार पोखरेल खेद प्रकट गरेका छन् । आजका हामी ढोँगी स्वार्थी संकिर्ण आडम्वरी भएर स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू बिसर्ी लुच्चा लफङ्गा स्वार्थी निर्घिणी कामचोर दलाल भ्रष्टाचारी द्रव्यपिपासु भएको दृश्य कथासंग्रहभरि यत्रतत्र देख्न पाइन्छ । कथा लेखन शैलीको परिष्कारको अपेक्षा गर्नु स्वभाविक हुन आउँछ । वर्णविन्यासको उचित रखाइको अभावका कारणले कथाको स्वाद लिँदालिँदै ढुङ्गै लाग्ने अवस्थाको सामना गर्नुपर्छ । कथाकार पोखरेल पौने एक दर्जन जति कृतिका सर्जक भएको कारणलॆ यस्ता कुराहरूलाई सामान्य भन्न सकिन्न । उदयपुरे भूमीबाट नेपाली साहित्य फाँट फराकिलो पार्ने काममा सर्जक पोखरेलको नेतृत्वदायी योगदानको निरन्तरताकॊ अपेक्षा सहित कलम बिसाउँछु ।

लघुकथा ः माइन सेबोटेज –नन्दलाल आचार्य

 लघुकथा ः माइन सेबोटेज


–नन्दलाल आचार्य



‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि, जे गर्नुपर्छ, गराँैला ।’


 श्यामजीको चेतावनीलाई वेवास्था गर्दै भनेको थिएँ, ‘माथिको आदेशले त हामी बिग्रियौँ, भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो । माथिको आदेशलाई घाममा सुकाइदिने हो ।’


 विरोधी पक्ष आउँदै थियो । उनीहरूको लाइनको ठ्याक्कै बीचमा पर्ने गरी मैले व्याट्रीमा तार जोडेँ । त्यस विष्फोटमा दुई जना मात्र घाइते भए् ।


 साथीहरू अघि नै चम्पट ठोकिहालेछन् । अन्ततः मलाई पक्रिहाले ।


 ‘ए दनुवार, गोली ठोकूँ कि भन्छस् ?’


विपक्षीको प्रश्नोत्तरमा भनेको थिएँ, ‘ठोक्न मन भए ठोक । सोध्न मन भए सोध । म भन्न तयार छु ।’


‘कायरै छस् कि क्या हो । तेरो सामथ्र्य केही भए पो अर्को कुरा गर्थिस् त ।’


‘म अहिले बगरमा फालिएको माछो बनेको छु । मैले पानी भेटे, तागत देखाइदिन्थेँ ।’


मेरा कुरा सुनेर कमान्डरले मेरो जुल्फी क¥याप्प समात्यो । मेरो गर्धन अररो भयो । सबिनाले कपाल काट्न बरोबर सम्झाउँथी । मैले अटेर गरेको थिएँ । कम्तिमा छोटो कपाल पारेको भए वा खुइल्याएको भए यस्तरी समाउन त पाउन्नथ्यो भन्ने लाग्यो । कहिलेकाँही साना नानीहरूले भनेका कुरा पनि हेक्का राख्नुपर्छ भन्ने ख्याल आयो ।


‘घर कहाँ हो ?’


‘खैरेनी ?’


‘सन्तान कतिजना र केके ?’


‘३ जना, जेठी छोरी सविना, कान्छी सरिता, छोरा सरोज ।’


‘अनुहार हेर्दा त तँ दनुवार होस् भनेर चिनिहाल्यौँ । ए, तँ त जामुनलाल चौधरी पो रहिछस् । सपरिवारै क्रान्तिमा सहभागी गराएको रैछस् हैन ?’ उसले सहजै सोधेको थियो ।


मैले भनेँ, ‘हो, जे गर्नसक्छौ । गर ।’


‘हामीलाई कानुन सिकाउने भाको, कम्लिष्टे मोरो । खान नपाएर कम्लिष्ट भाको । यस दनुवारको बुद्धि भाको भए पो खैरेनीमा ढुक्कले परिवारसँग बस्थ्यो । यो भलायाडाँडामा आएर हामीलाई मार्ने धराप किन थाप्थ्यो त !’


म टेरिनँ । अन्ततः मेरो निधारमा ‘माइन सेबोटेज’ लेखियो र गाईघाट जेलमा कोचियो ।


००००००००

शिक्षा : आजको कला -नन्दलाल आचार्य Mon, Dec 21, 2020 शिक्षा : आजको कला नन्दलाल आचार्य

शिक्षा : आजको कला 
नन्दलाल आचार्य

जीवन कलायुक्त हुनुपर्छ । कलाविहीन हुनु मानव हुनुबाट बञ्चित हुनु हो । भनिन्छ; शिव सर्वकलाले सम्पन्न थिए; कृष्ण पनि सोह्र कलाले सम्पन्न थिए साथै राम समेत केही कलाले युक्त थिए । आजका हामी मान्छे कलाकारितामा विश्वास नराख्ने भुल गरिरहेका छौँ । खाली धनोपार्जनमा ध्यान लगाइरहेका छौँ । कलाले धन मात्र उपार्जन गर्दैन; जीवको धरोहर समेत निर्माण गर्दछ । अत: कलाको सम्मान हुनुपर्छ । 

सानो काम भनेर तुच्छरूपमा लिने सोचको विपक्षमा नउभिई हामी जीवनवोध गर्न सक्दैनौँ । हामीमा के-कस्ता कला छन् र के-कस्ता कामकाजको सम्मान गर्न सक्नुपर्छ भन्ने कुराको आभाष दिन र लिन व्यवहारोपयोगी जम्मा चौँसठ्ठी वटा त्यस्ता कलाको अध्ययनमनन र चिन्तन आवश्यक हुन्छ । ती हुन्-
(१) गायन, (२) वादन, (३) नर्तन, (४) नाट्य, (५) चित्रकारी, (६) विशेषकच्छेद्य (टीकाटाला गर्नु), (७) तण्डुलकुसुमावील (चामलका दानाले फूलबुट्टा बनाउनु), (८) पुष्पास्तरण (फूलैफूलको श्रृङ्गार रच्नु), (९) अङ्गराग (बुकुवा-पाउडर आदि लगाउनु), (१०) मणिभूमिका-कर्म (घर सजाउनु), (११) शयनरचना (विछ्यौना सजाउनु), (१२) उदकवाद्य (जलतरङ्ग बजाउनु), (१३) उदकाघात (पचका हान्नु), (१४) चित्रायोग (उमेर वा अवस्था परिवर्तन), (१५) माल्यग्रन्थन (माला गाँस्नु), (१६) केशशेखरापीड (कपालमा फूल सजाउनु), (१७) नेपथ्य-योग (पोशाक फेर्नु), (१८) कर्णपत्रभङ्ग (ढुङ्ग्री, काँटा लगाउनु ), (१९) गन्धयुक्ति (अत्तर आदि लगाउनु), (२०) अलङ्कार-योग (गहना पहिरनु), (२१) इन्द्रजाल (चटक गर्नु), (२२) कौचुमार-योग (रूपरचना), (२३) हस्तलाघव (हल्का हातले चाँडो काम गर्नु), (२४) सूपकर्म (खाना पकाउने काम), (२५) पानकादि भोजन (सर्वत आदि बनाउनु), (२६) सूचिकर्म (सिलाइको काम), (२७) सूत्रक्रिया (धागो, बत्ती आदि कात्नु), (२८) वीणा-डमरुवाद्य (सितार, तबला आदि बजाउनु), (२९) प्रहेलिका (जान्ने-गाउँखाने कथा, कविता रच्नु), (३०) प्रतिमाला (अन्त्याक्षरी मिलाएर श्लोक भन्नु), (३१) दुर्वाचक-योग (कठिन पदहरूको अर्थ पत्ता लगाउनु), (३२) पुस्तक-वाचन (राम्ररी पुस्तक पढ्नु), (३३) नाट्यकला (हाउभाउ झिकेर नाटकहरू खेल्नु, खेलाउनु), (३४) समस्यापूर्ति (एक पाउमा अरू पाउ थपेर श्लोक पूरा गर्नु), (३५) पट्टिकाबाण-विकल्प (मेच, कुर्सी आदि बनाउनु), (३६) तक्षकर्म (काठको मर्मत गर्ने काम), (३७) तक्षण (सिकर्मी काम), (३८) वास्तुकर्म (घर आदि बनाउने काम), (३९) रूप्यरत्न-परीक्षा (सुन, चाँदीको काम), (४०) धातुकर्म (धातुको काम, ढलोट आदि), (४१) मणिराग-ज्ञान (जुहारती काम), (४२) आकरज्ञान (खनिज विद्या), (४३) वृक्षायुर्वेद-योग (बगैँचा बनाउने काम), (४४) सजीवद्यूत (चरा, भेडा आदि लडाउने काम), (४५) शुकसारिका-प्रलापन (सुगा-मैना पालेर पढाउनु), (४६) उत्सादान (तेल मालिस गर्ने काम), (४७) अक्षर-मुष्टिका कथन (साङ्केतिक शब्द वा अक्षरबाट कुरा गर्नु), (४८) म्लेच्छितविकल्प (विदेशी भाषाहरू जान्नु), (४९) देशभाषा-ज्ञान (देशका विभिन्न भाषा जान्नु), (५०) पुष्पशकटिका निमित्तज्ञान (प्राकृतिक लक्षणद्वारा शुभाशुभ कुरा जान्नु), (५१) यन्त्रमातृका (जन्तरमन्तर गर्नु), (५२) धारण-मातृका (रक्षाबुटी बाँध्ने काम), (५३) सम्पाठ्य (अर्काले पढेको सुनेर त्यस्तै पढ्नु), (५४) मानसी-काव्यक्रिया (कविता, काव्य आदि रच्दै सुनाउनु), (५५) अभिधानकोश-छन्दोज्ञान (शब्दकोश र छन्दका लयहरू जान्नु), (५६) क्रिया-विकल्प (क्रियाको प्रभाव बदल्नु), (५७) छलितयोग (ठगी वा ऐयारी गर्नु), (५८) वस्त्रगोपन (लत्ताकपडाको हिफाजत), (५९) द्यूतक्रीडा (जुवा), (६०) आकर्षकक्रीडा (पासा, बुद्धिचाल आदि खेल), (६१) बालक्रीडन (केटाकेटीको खेल), (६२) वैनायिकी (नम्रता, शिष्टाचार), (६३) वैतालिकी (हात्ती, घोडा आदि सधाउनु), (६४) वैजयिकी (लडाइँ, कुस्ती, कसरत आदि) ।

कलाका रूपरङ्गका बारेमा केस्राकेस्रा केलाउन जमर्को गर्ने हो भने बालकको गर्भावस्थादेखिकै अध्ययन हुनुपर्छ । बच्चाले गर्भदेखि नै सिक्न थाल्छ । उसको स्वच्छ दिमाखमा समाजका कुराहरू भरिँदै जान्छन् । यसको ज्वलन्त उदाहरण हो- स्वस्थ बच्चा जन्मनासाथ रुनु । उसको रुवाइको कारण हो- वातावरणीय असहजता । आमाको गर्भमा भएभन्दा विल्कुलै फरक अनुभूति धर्तीको स्पर्श अर्थात् वाह्य वातावरणले दिने हुनाले बच्चा जोडजोडले रोएको हो । ऊ असहज वातावरणका विरुद्ध उभिन्छ र सहज वातावरणको माग गर्दछ । त्यस बखत बच्चाअनुकूलको वातावरण बनाइदिनु संरक्षकहरूको परम कर्तव्य हुन आउँछ । तत्पश्चात् उसले विस्तारै, विस्तारै परिवारजन र सामाजिक पृष्ठभूमिअनुरूप भाषा र व्यवहार सिक्दै जान्छ । दिनानुदिन ज्ञान बटुल्दै जान्छ । कुन कुरो ठीक र कुन कुरो बेठीक भनेर कारण सहित वोध गराउँदै लैजाने काममा संरक्षकहरू जुट्छन् । सत्य कुराले ठाउँ लिँदा सर्वस्वीकार्य हुन्छ; असत्य कुराका निम्ति भने आपत्तिजनक हुन्छ । 

ठक्कर खाँदै र दर्द सहँदै बच्चा सिकाइको महासागरमा हेलिन्छ । कलाको अङ्कुरण गर्भमै हुन्छ तर विकास र विस्तार भने विस्तारै-विस्तारै हुँदै जान्छ । समाजमा हरेक सदस्यहरूका आ-आफ्नै खालका दायित्व हुन्छन् । त्यस्ता दायित्व पूरा गर्न समेत हामीमा कला विद्यमान हुनु जरुरी हुन्छ । थरथरीका अनुभूतिले थरिथरीका कला जन्माउँछ । कसैलाई गुरु नबनाईकन केवल किताब पढेर र यदाकदा अरूले चलाएको केहीबेर निरीक्षण गरेकै भरमा मैले सामान्यत: कम्प्युटर-टङ्कन सिकेँ । त्यो तत्कालीन अवस्थामा कामचलाउनका लागि थियो । त्यसका लागि कीबोर्डमा देवनागरी लिपीका वर्णहरू टाँसेको थिएँ । तिनै वर्णहरू हेरिहेरीकन एकै हातले टङ्कन गर्थें । त्यसैमा लत बस्यो । बरोबरको अभ्यासले कलाको विकास सम्भव हुँदो रहेछ ।

एक दिन अरूको कम्प्युटरमा टङ्कन कार्य गर्नुर्पयो । त्यस बेला मरेतुल्य भएँ । कारण त्यहाँ टाँसिएका वर्णहरू थिएनन् । पछि दुवै हातको प्रयोग गरी टङ्कन गर्ने भरमग्धुर प्रयास गरेँ । असफलता मात्र हात लाग्यो । गुरु नथापीकन भएन भनेर कम्प्युटर प्रशिक्षककहाँ पुगेँ । उनले कुरा सुनिसकेपछि गम्भीर भएर भनेँ; ‘अरूका निम्ति कम्प्युटरको आधारभूत ज्ञान हासिल गर्न पन्ध्र सय लाग्छ तर तपाईंका लागि तीन हजारमा एक पैसा कम हुँदैन ।’ 

झन् केही मात्रामा सिकेको मान्छेलाई कम होला कि भनेको त उल्टै दोब्बर लिने विचार प्रकट हुनुको रहस्य पछि मात्र बुझेँ । मैले नियम विपरीत टङ्कन सिकेको रहेछु । मेरो दिमाखमा ज्ञान हैन भुस भरिएको रहेछ । दिमाखको त्यो भुस फ्याल्न प्रशिक्षकले थप समय र श्रम दिनुपर्ने भएको हुँदा डब्बल शुल्क तोकेका रहेछन् । उनी मलाई शून्यबाट नै सिकाउन चाहँदा रहेछन् । त्यसका लागि मेरो दिमाख स्वच्छ हुनुपर्ने थियो । त्यस बेला म अनधिकृत तवरको ज्ञान हानिकारक हुन्छ भन्ने ठोस निर्णयमा म पुगेको हुँ । वास्तवमा सैद्धान्तिक बाटो हुँदै शून्यबाट सिकेको ज्ञान दीर्घकालीन हुन्छ, फलदायी हुन्छ । सुरुमा सिकाइमा पाइला राख्न गाह्रो पर्छ तर टेकिसकेपछि गन्तव्यको यात्राउन्मुख हुनका लागि सहज र सरल हुँदैहुँदै जान्छ । त्यसैले सिक्नुपर्ने कुराका निम्ति दिमाख स्वच्छ हुनु जरुरी हुन्छ । म जान्ने र बुझ्ने मान्छे हुँ भनेर नचाहिँदो गर्व गर्नेले सिकाइ कार्यलाई उचित गति दिन सक्दैन । यसले आफूमा कला जन्माउन अवरोध खडा गरिदिन्छ । 

ज्ञान अथाह छ । कला महासागर हो । यथोचित ज्ञानका लागि, यथोचित कलाकारिताको उन्नययनका लागि जहिल्यै पनि हाम्रो दिमाख स्वच्छ नै हुन्छ । अर्कातिर बालबालिका जिज्ञासु हुन्छन् । आफ्ना जिज्ञासाले समाधान भेटोस् भनेर खोजयात्रामा संलग्न हुन्छन् । हामी पनि जीवनपर्यन्त केही न केही कुरा सिकिरहेकै हुन्छौँ । आजसम्म ज्ञानगुनका कुराले दिमाखलाई भरेर चुपचाप रहन सक्ने मान्छे संसारमा पैदा नै भएको छैन । हामी जीवनका हरेक मोडहरूमा ठक्कर खाँदै र चोट सहँदै बाँचिरहेका छौँ । ज्ञानगुनले दिमाख भरिएको हुँदो हो त हामी अन्तर्यामी हुने थियौँ । अर्कातिर आजसम्म जति मान्छे जन्मिए र जे जति यश कमाए; जे जति कीर्ति फिँजाए ती सबैले आफ्नो दस प्रतिशत पनि दिमाखलाई प्रयोगमा ल्याएकै छैनन् । दस प्रतिशत पनि नभरिएको दिमाखलाई खाली भन्नु नै उपयुक्त होला । अझ स-साना बच्चाहरूको स्थिति अझ नाजुक हुन्छ । यसमा धेरै किसिमका तर्कको आवश्यकता नै नपर्ला ।

कलाको संसार व्यापक छ । सङ्कुचित धरातलमा कलालाई राखेर सीमित तुल्याउन सकिन्न । त्यसैले ढुङ्गाको काप फोरेरै भए पनि पीपल उम्रन्छ; झ्याङ्गिन्छ । बच्चाहरूका लागि सामाजिकीकरणमा आवश्यक पर्ने आदर, सम्मान, श्रद्धा, अनुशासन एवं नैतिकताजस्ता कुराहरू चाहिन्छन् भन्दैमा सिकारुको कलाकारिताको गला निमाठ्ने काम हुनु दुर्भाग्य हो । आदर, सम्मान, श्रद्धा, अनुशासन एवं नैतिकताजस्ता कुराहरू सिकेर सिकिने अनि घोकेर घोकिने कुरा होइनन् । कुनै सिद्धान्त पढेर वा कसैको देखासिकी गरेर जानिने कुरा पनि होइनन् । स्वत:स्फुर्त मनमा जन्मने र जीवनमा अङ्गिकार गर्दै जाने कुरा हुन् । 

हामी अग्रजहरू बच्चाहरूलाई भन्छौँ- धुम्रपान नगर; मद्यपानमा नभुल; असत्यका पछि नलाग; सत्यको मार्ग नछोड; ठूलालाई आदर गर; सानालाई माया बाँड आदित्यादि । उनीहरू हाम्रा अगाडि त्यस किसिमको कर्म नगर्लान् तर अनुपस्थितिमा नगर्न भनेकै कर्म गर्नर् पुग्छन् । हाम्रो शारीरिक शक्तिका सामु नतमस्तक बन्लान् तर काबु बाहिर अनुशासनहीन हुन पुग्छन् । गलत कर्म गरेको फेला पारेमा हामीले हाम्रो विवेक सामु झुकाउन प्रयत्न गर्नुको सट्टामा शक्ति सामु झुकाउन खोज्नुको परिणाम सुखद हुन्न । हाम्रो इच्छा विरुद्धका कर्म बच्चाले गर्दा हामीलाई दु:ख लाग्छ तर इच्छाविरुद्ध आदर, सम्मान, श्रद्धा, अनुशासन एवं नैतिकताजस्ता कुराहरूको बोझ बोकाउँदा उनीहरूलाई चाहिँ दु:ख लाग्दैन ? अवश्य लाग्छ । फलत: हामी आजका बच्चाहरूको उछृङ्खलपनका सिकार हुन्छौँ र बदलामा उनीहरू हाम्रो शारीरिक शक्ति र अहङ्कारका सिकार हुन्छन् । समाज पालाको पैँचोमा नै चलिरहेछ । यस नियतिबाट मुक्तिका लागि आ-आफ्नो ठाउँबाट मूल्य चुकाउनुपर्ने बेला आएको छ । 

यी तमाम कुराहरूको छिनोफानोका निम्ति ठूलै मानसिक बहसको खाँचो छ । वर्तमान समयमा देखिएका समस्याहरूको जरो सामाजिकीकरणका निम्ति भनेर जबरजस्ती लादिने आदर, सम्मान, श्रद्धा, अनुशासन एवं नैतिकताजस्ता कुराहरू नै हुन् । अझै पनि हाम्रो सोच सुध्रन सकेको छैन । समाज दशकौँ पछि पर्दा पनि हाम्ो मनमा पुरातनवादी भजन-कीर्तनकै धङ्धङ्ती छ । सोचमा परिष्कार खट्केको छ; सोचमा ऊर्ध्वगामी परिवर्तन गर्ने अठोट धरासायी भएको छ । कलाको विकास वाल्य अवस्थादेखि नै हुनुपर्छ । यसले स्वतन्त्रता खोज्छ । यसले अनियन्त्रण खोज्छ । जहाँ जति निरङ्कुशता हुन्छ; त्यहाँ त्यति अराजकताले ठाउँ ओगट्छ । जहाँ जति बढी स्वतन्त्रता हुन्छ, त्यहाँ त्यत्ति नै तीव्र गतिमा मौलिक विकासले गति लिन्छ । कलिलो बिरुवालाई मलजल आवश्यक हुन्छ । त्यो पनि बिरुवाको आवश्यकता अनुकूल हुनुपर्छ । प्रतिकूल मात्रामा मलजल भए बिरुवा सप्रनुको सट्टामा मर्न जान्छ । हो, त्यस्तै हामी प्रतिकूल तवरले मलजल गर्न उद्यत छौँ । तुरुन्तै बच्चामा सामाजिकीकरणका गुण अन्तर्निहित हुनुपर्छ भन्ने रट लगाइरहेका छौँ । हाम्रो हतारो हाम्रो हितमा होला तर बच्चाको अहितमा छ । बच्चा शारीरिक, मानसिकरूपले सबल भएको छैन; हामी भने सामाजिकीकरणको गीत फलाक्छौँ । अनि, प्रतिकूल नतिजा नआएर के आउँछ त ? अनि, उनीहरूमा कला जन्माउने सवालमा हामीहरू असफल नभए को हुन्छ त ?

अझ स्पष्टताका साथ बुझ्नुपर्ने कुरा के हो भने हामी अग्रज हाम्रा नानीहरूको लागि लायक बन्नुपर्छ । सर्वप्रथम हामी स्वयम् आदरणीय, सम्माननीय, श्रद्धेय, अनुशासित, कलायुक्त एवं नैतिकवान् हुनुपर्दछ । हामी अग्रगामी समाजमा समायोजन हुने गुणले सम्पन्न रहनुपर्छ । अठोटका साथ पक्रिएको बाटो मोड्नुहुन्न । हामी जे जस्ता क्रियाकलाप अङ्गीकार गर्छौं; त्यसलाई हुबहु जसो उतार्ने प्रयास स-साना नानीहरू गर्छन् । हामीले सिकाउँदैमा असल बानीव्यहोरा नानीहरूले सिक्ने होइनन् । हामीले देखाएको र गरेको बानीव्यहोरा मात्र उनीहरूले सिक्ने हुन्; नक्कल गर्न प्रयास गर्ने हुन् । आफू अनैतिकताको मार्गमा उभिएर नैतिकताको भाषण गर्दैमा नानीहरूलाई नैतिकवान् पार्न सकिन्न । आफू भने अनुशासनहीन हुने र नानीहरूलाई अनुशासित बन भन्ने गर्नाले पनि यथोचित प्रतिफल भेटिन्न । 

कलायुक्त बन्न गहिरिएर आफ्नै मनको अध्ययन गर्नुपर्छ । सदियौँदेखि समाजले लादेका तमाम् थोत्रा सिद्धान्त र परिपाटी विरुद्ध उभिने अठोट लिनुपर्छ । अनि मात्र बन्दनीय कार्य गर्न सकिन्छ । समाजको हितमा छ भन्दैमा यथास्थितिवादी सोचलाई मलजल गर्दा अल्पकालीन हित होला तर त्यसबाट समाज दशकौँ पछाडि पर्दछ । समाज अगाडि बढ्ने काम गर्नका लागि सबैखाले कलाको सम्मान हुनुपर्छ । यस खाले सोचलाई साकार रूप दिन नेपाली समाज एक दिन न एक दिन वाध्य हुने छ । त्यसका लागि धेरै काल पर्खनु पर्दैन । त्यो समय सङ्घारमा उभिएर ढोका ढक्ढकाइरहेको छ । हामी भने आग्लो लगाएर भित्रै गुम्सिरहेका छौँ र पनि आँखी झ्यालबाट चियाउन भने छाडेका छैनौँ । हामीले आग्लो खोल्नु जरुरी छ । 

संसार नाङ्गो सत्यमा आधारित छ; नाङ्गै रहन दिनुपर्छ । प्राकृतिकरूपमै रहन दिनुपर्छ; जलप लगाएर क्षणिक मनमोहक पारी अरूलाई भ्रममा अल्झाउनु सर्वथा अनुचित ठहरिन पुग्छ । नानीहरूको प्राकृतिकपनलाई स्वागत र सम्मान गर्ने विचारले स्थान भेट्नुपर्छ । भोलिको दिन उनीहरूकै हातमा रहने हुनाले आजको दिन मज्जाले भोग गर्ने वातावरण मिलाइदिनुपर्छ । आजको भोग गरेर कला आर्जन गरेकाहरूले नै भोलिको समाजलाई नेतृत्व प्रदान गर्न सक्छन् । नयाँ सोचयुक्त मान्छेलाई स्वागत गर्नु आवश्यक छ ।
आमा त्यो आउँछ र ?
‘हो बा, त्यो आउँछ ।



सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...