सर्जक परिचय १. नाउँ, जन्म र जन्मस्थान– नन्दलाल आचार्य, २०३०–०३–२८, जहडा–लालसिसुवा, बेलका नगरपालिका, उदयपुर । २. आमा÷बाबु– भगवती÷विष्णुप्रसाद आचार्य ३. हालको बसोबास र राष्ट्रियता– स्थायी– बेलका नगरपालिका–२, गल्फडिया, सिद्धार्थटोल, उदयपुर । अस्थायी÷पत्राचारको लागि– श्री जनता मावि, गोलबजार–४, सिरहा । ४. शिक्षा– बी.ए., बी. एड., एम.एड. (नेपाली) ५. अध्ययन गरेका शिक्षण संस्था– श्री जनता मावि, पुरन्दह, उदयपुर । श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज, सप्तरी । श्री बीपी बहुमुखी क्याम्
Wednesday, July 21, 2021
अठतीसौँ चरणका तीन प्रतियोगी मुक्तकहरू-- मुक्तकहरू- -नन्दलाल आचार्य अक्षान्त हाम्रा नेताको बारीको पिँडालुलाई मिठो खजुर मान्थेँ पहिले । आँगनमा दिशा गर्ने उताका कुखुरालाई सुन्दर मजुर ठान्थेँ पहिले । मान्छे त मान्छे नै भइहाल्रे; नेताको भोटे कुकुर भेट्दा समेत चाकरी पूरा गर्ने इरादाले म 'आराम हजुर' भन्थेँ पहिले । +++ समयको काम हो बग्ने बगिरहन्छ निरन्तर मान्छे खोजयात्रामा छ खोजिरहन्छ निरन्तर । विपक्षीले सके जति खुट्टा बेस्सरी तान्दा पनि शिखरउन्मुख मेरो गन्तव्य लम्किरहन्छ निरन्तर । +++ बोलाई एकान्तमा मेरा सुकुमार हात समाइन् उनले मैले केही भन्नै परेन कतै सबै बात उठाइन् उनले । कानुनको जस्तै प्रेमको आँखो फुटेको हुँदो रहेछ जति छुट्न खोजे पनि नदिएर पूरै रात बिताइन् उनले। +++ उदयपुर ।
अठतीसौँ चरणका तीन प्रतियोगी मुक्तकहरू--
मुक्तकहरू-
-नन्दलाल आचार्य अक्षान्त
हाम्रा नेताको बारीको पिँडालुलाई मिठो खजुर मान्थेँ पहिले ।
आँगनमा दिशा गर्ने उताका कुखुरालाई सुन्दर मजुर ठान्थेँ पहिले ।
मान्छे त मान्छे नै भइहाल्रे; नेताको भोटे कुकुर भेट्दा समेत
चाकरी पूरा गर्ने इरादाले म 'आराम हजुर' भन्थेँ पहिले ।
+++
समयको काम हो बग्ने बगिरहन्छ निरन्तर
मान्छे खोजयात्रामा छ खोजिरहन्छ निरन्तर ।
विपक्षीले सके जति खुट्टा बेस्सरी तान्दा पनि
शिखरउन्मुख मेरो गन्तव्य लम्किरहन्छ निरन्तर ।
+++
बोलाई एकान्तमा मेरा सुकुमार हात समाइन् उनले
मैले केही भन्नै परेन कतै सबै बात उठाइन् उनले ।
कानुनको जस्तै प्रेमको आँखो फुटेको हुँदो रहेछ
जति छुट्न खोजे पनि नदिएर पूरै रात बिताइन् उनले।
+++
उदयपुर ।
२०७८/०४/०६
Subscribe to:
Post Comments (Atom)
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
कवितामा रामविक्रम थापा र नन्दलाल आचार्य ( सवाल-जवाफ ) (सवाल कविता) 🔴 कविता- हाम्रो दिक्तेलको विकास ✍रामविक्रम थापा आउँथ्यो नि विकास उबे...
-
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
शुक्रबारे कथा विमर्श-५ अन्तर्गत स्रोतकथा र उत्तरकथा (२०८२ भदौ ६ शुक्रबार, रातको ७ बजे) शुक्रबारे कथा विमर्श-५ कार्यक्रमको विवरण (स्रोतकथा V...
No comments:
Post a Comment