Thursday, December 28, 2023

"पाका नागरिक " विषयक लघुकथा~

सन्दर्भ- राष्ट्रिय जेष्ठ नागरिक दिवसका निम्ति प्रेषित हालसम्म सङ्कलन गरिएका "पाका नागरिक " विषयक लघुकथा~~~

~~~~~~~~~~~~~~~~~~
७६ .लघुकथा~ युवा ✍️ निरज काेइराला
७५. लघुकथा -भत्ता ✍️ टीकाराम जाेशी
७४. लघुकथा~ पाका नागरिक ✍️डा. अमर कार्की
७३. लघुकथा~ अनुभूत   ✍️मनोहर पोखरेल
७२. लघुकथा~ आरोप   ✍️प्रेम पुन मगर
७१. लघुकथा~ वृद्धको भक्ति ✍️पं.ज्यो. तोयनाथ सुवेदी 
७०. लघुकथा~ सङ्केत   ✍️ वसन्त अनुभव
६९. लघुकथा~ धारणा ✍️रचना शर्मा 
६८. लघुकथा~ सच्चा प्रेम   ✍️हेम पोखरेल 
६७. लघुकथा - खुशीराम ✍️रञ्जना रिजाल 
६६. लघुकथा - खुत्रुकेको काम ✍️म्यामराज राई
६५.  लघुकथा~ आरक्षण ✍️ शोभा पोखरेल 
६४. लघुकथा~ सेवा  ✍️निर्मला बराल 
६३. लघुकथाः  कात्रोको खल्ती✍️मनीषकुमार शर्मा ‘समित’
६२. लघुकथा~ पचपन्न    ✍️अक्षान्त
६१. लघुकथा~ बुढाे रगत   ✍️डा. विदुर चालिसे
६०. लघुकथा~ फसाद ✍️कपिल लामिछाने
५९.  लघुकथा~ भन्ने ठान्दै ✍️रुद्र अधिकारी 
 ५८. लघुकथा~ घोरही दाए... ✍️ अरुण आर्य
५७. लघुकथा~ साथी  ✍️ कमला भट्टराई
५६. लघुक्था~ बुढाे ✍️डा. पुष्करराज भट्ट
५५.  लघुकथा~ संस्कार ✍️दुर्गा वनवासी
५४. लघुकथा~ चिनो ✍️सुरेशकुमार पाण्डे 
५३.  लघुकथा~ तराजु ✍️ललिता ‘दोषी’
 ५२. लघुकथा - -साझा समस्या ✍️बिष्णु उप्रेती 
५१. लघुकथा~  वृद्धमन✍️सीता रेग्मी 
५०. लघुकथा~ ‌नाती✍️एन्जल निलु, मिना साह
४९.  लघुकथा~ स्याहार  ✍️ सुनिता निरौला पौडेल 
४८. लघुकथा~  महासागर  ✍️ प्रा.डा. प्राज्ञ खेमराज खनाल 
४७. लघुकथा- चिन्ता  ✍️ उमानाथ दाहाल 
 ४६. लघुकथा~ बुढा बा   ✍️मन्दिरा चापागाईं
४५.  मैथिली लघुकथा~ शब्दवाण ✍️देवेन्द्र मिश्र
४४. लघुकथा~रहस्य   ✍️ गंगा खड्का 
४३. लघुकथा~ डाँडामाथिको घाम ✍️  प्रेम घिमिरे 'अग्निकवच’
४२. लघुकथा ~ आग्रह   ✍️श्रीप्रसाद पोखरेल
४१. लघुकथा~  बृद्ध भत्ता ✍️ धनसिंह बिश्व
४०. "लघुकथा~ फिलिङ्ग"✍️ जीवन दाहाल 
३९. लघुकथा - चिन्ता   ✍️विद्या ढकाल
३८. लघुकथा~ भविष्य  ✍️  खगेन्द्र बस्याल 
३७. लघुकथा -काँसकाे थाली  ✍️ रामप्रसाद पन्थी 
३६. लघुकथा१~ बोझ ✍️ कुञ्जदेवी उपाध्याय
३५.  लघुकथा~ भर  ✍️ सविता भट्टराई
३४. लघुकथा~ बेसहारा ✍️अङकुर चन्द
३३. लघुकथा~ ढोका खुलेन ✍️ मित्र 'उराठी' गौतम
३२. लघुकथा~ बेमेल जोडी ✍️मेघराज पौड्याल
३१.   लघुकथा~ परिचय पत्र ✍️बिमला देव
३०. लघुकथा- कचकच् ✍️मानसिंह धामी
२९. लघुकथा- बाकाे बड्डे ✍️प्रह्लाद दवाडी
२८. लघुकथा- सपना ✍️नारायण कोइराल
२७. लघुकथा- उमेर  ✍️रञ्जुश्री  पराजुली
२६. लघुकथा- थाहा भएन ✍️मीना देबकाेटा
२५. लघुकथा - साहारा  ✍️अनुग्रह राना मगर 'पुष्प'
२४. उत्तरकथा~ परावलम्बी ✍️नन्दलाल आचार्य 
२३. लघुकथा~ संस्कार  ✍️बासुदेव तिमल्सिना
(दोस्रो)
२२. लघुकथा~ पीडा उद्बाेधन  ✍️याेग भैरव गेलाल
२१ लघुकथा~  परिवर्तन् ✍️बाँस्कोटा धनञ्जय
२०.  लघुकथा~ संस्कार ✍️सोम कुमार सुब्बा
१९. लघुकथा~ ट्रक ड्राइभर   ✍️योगप्रसाद उपाध्यय चापागाईं
 १८. लघुकथा~ स्वप्नभङ्ग   ✍️लक्ष्मण ज्ञवाली   
१७.  लघुकथा~ शोभा  ✍️ शुक्रराज कुँवर.
१६. लघुकथा- वृद्धा बा  ✍️-सुरेशकुमार पाण्डे
१५. लघुकथा~ सल्लाह ✍️स्वस्तिका सिम्खडा
१४. लघुकथा~ अनिश्चित जीवन-यात्रा ✍️गणेशकुमार अधिकारी
१३. लघुकथा~ गोरो चिया ✍️लक्ष्मी रिजाल १२. लघुकथा~ भगवान्  ✍️गजल आचार्य 
११.  लघुकथा-  उत्तरार्ध  ✍️ नानि भारद्वज
१०. लघुकथा~ निर्णय  ✍️ अवतार ढकाल 
 ९.  लघुकथा~ कालुका बा ✍️-कोषवल्लभ रेग्मी
८. लघुकथा- पाका नागरिक ✍️बालकृष्ण गजुरेल 
७. लघुकथा-लठ्ठी ✍️पी पी कोइराला 
६. लघुकथा~ ज्येष्ठ नागरिक ✍️गोपाल सङ्ग्रौला 
५. लघुकथा बुढेसकाल ✍️कल्पना भण्डारी
४.  लघुकथा~ आमाको दबाइ ✍️अन्जु शर्मा 
३.  लघुकथा~ आमाको हिसाब ✍️बासुदेव तिमल्सिना
२. लघुकथा~ पाका मान्छे ✍️तुलसी पण्डित
१. लघुकथा~ स्पर्श  ✍️लता के सी 
०००००


७६ .लघुकथा~ युवा ✍️ निरज काेइराला
         "अब देश बन्छ भने युवालाई दिनुपर्छ ।" बिक्रमले याैटा पसलमा भने । सबैले हाे मा हाे मिलाए ।   "चुप लाग । उता टिभीमा समाचार आयाे ।" सिह्रानघरे काकाले थपे। 
            टिभीमा समाचार आयाे,  "पेडा दाई हाई हाई!!! आलु चाेर बाई बाई" फेरि अर्काे समाचार आयाे, "आलु दाई हाई हाई !!!!  पेडा चाेर बाई बाई"  
        "देख्नुभयाे, युवा जाेस ! कसरी नारा लगाउँदैछन् ?" बिक्रमले खुसी हुँदै  काकालाई नमज्जाले चिमटे  ।
 काकाले भने, "देखेँ तेराे बुद्धि पनि ! बारीका डल्लामा पसिना पाेखेर सुन फलाउने बल बैँस, यता चाेर डाका उता हाई हाई गर्दै बुढालाई कन्याएर सडकमा, उमेर ढल्कन लागेपछि खाडीमा पाेख्दै यिनैलाई सरापेर देश बन्ला ?" २०८०/०६/२६
 इटहरी
~~~~~~~~~~~~~~~~~~~
७५. लघुकथा -भत्ता ✍️ टीकाराम जाेशी

"के काे तरखर हुँदैछ बड्डाउ।" बुढीले हात नचाउँदै भनिन्।"आज त ठाँट अर्कै छन् त।"
"आज भत्ता पाइयाे नि त बुढी ।भन ,तिमीलाई के ल्याई दिउँला ?"
 जेष्ठ नागरिक भत्ताकाे पहिलाे किस्ता पाएकाे  कुरा सुनेर बुढी दङ्ग भइन्।भत्ता पाइने कुरा उनले  पत्याएकि थिइनन्।तर अहिले आफुपनि भत्ता पाउने कल्पनामा उनी एकछिन हराइन्। 
"आज त संसारै जितेजस्ताे गर्नुभा छ त।"बुढीले मुस्काउँदै भनिन्।
"दुधकाे उधाराे बुझाउनै  बाँकी छ। घरबेटीले बहाल माग्दैछन्। उहाँकाे तलब आएकाे छैन।" उनीहरुका कुरा सुनीरहेकी बुहारीले भान्साकाेठाबाट सुनाइन्।
बुढाबुढीले मुखामुख गरे।
"खाना त चाहिन्छ क्या रे।"बुढीले बुढाकाे अनुहारमा प्रष्ट भएका  चाउरी  मुसार्दै सान्त्वना दिइन्।

इमाडाेल
~~~~~~~~~~~~~~~~~~~
७४. लघुकथा~ पाका नागरिक ✍️डा. अमर कार्की

 हर्क बहादुर आमासँग मामाघर जाँदै थियो। रत्नपार्कमा बसबाट झर्ने बित्तिकै उसलाई बाटो छेउको मिठाई पसलले उतै तान्यो। सिसाभित्र सजाएर राखेका लालमोहन, रसबरी, जेरी, लड्डु, पेडा आदिले उसको मुखभरि पानी आयो। ऊ त्यहीँ आँखा गाडेर बसि रहेको थियो। 
"एक्लै एक्लै यता उता नहिँड हराउलास भनेको मान्दै मान्दैन यो" भन्दै आमाले घिच्याउन थाल्नु भयो। 
ऊ "आमा जेरी खाने किन्दिनु न" भनेर रुन थाल्यो। 
"कहाँ पाउनु पैसा त्यस्तो महङ्गो जेरी किन्नलाई? ल हिँड बस छुट्छ" भन्दै आमाले उसको पाखुरीमा समातेर तान्नु भयो। ऊ बाटोमा लड्यो र ऐया भनेर चिच्यायो। 

"बा के भयो? फेरि सपना देख्नु भो कि के हो? ल ओर्लनु तल। जाऊँ लन्च खान" छोरीले उसलाई घचघच्याए पछि झसङ्ग भएर बिझियो हर्क।
कस्तो बच्चा बेलाको सपना पो देखेछु भन्दै ऊ होन्डा गाडीबाट ओर्लियो। 
"यता उता नजानु है बा एक्लै बुढो मान्छे भिडमा हराउनु होला" भन्दै छोरीले हात समाएर उसलाई रेस्टुरेन्टतिर लगी। 

अरुले जस्तै रेस्टुरेन्टको मेनुमा आँखा दौडायो हर्क बहादुरले पनि। कसैले थाली, कसैले बर्गर, कसैले मटनकरी त कसैले चिकेन चिल्ली अर्डर गरे। एक क्षणको कुराइ पछि खाना लिएर आइपुग्यो बेरा। आफ्नो अगाडी राखिदिएको मटनकरी र बर्गर हेरेर घुटुक्क थुक निल्यो हर्कले। तर त्यो थुक घाँटीबाट तल नझर्दै "ए त्यो बाको खाना हैन। बालाई सुगर छ। बाको अर्डर त आउदै छ।" भनेर छोरीले ति प्लेटहरु अरु तिर सारी दिई। 

बेराले उसको लागि एउटा प्लेटमा सुखा रोटी र साग लेराइदियो। ऊ अरुको मटन र बर्गर हेर्दै रोटीको गाँस हाल्न थाल्यो। मेन कोर्स पछि सबै गुलियो कफि र आइसक्रीमको मज्जा लिन थाले तर ऊ भने कालो र खल्लो चिया सकि नसकि निल्न थाल्यो। 
ऊ फेरि एक पल्ट आफ्नो अतितमा झाँक्न पुग्यो। उतिबेला गरीबी थियो, आमाबाउको खटनमा चल्न र खान पर्थ्यो। अहिले धन सम्पती छ। तर बुढ्यौँलीले छोराछोरीको खटनमा चल्नु र खानु परेको छ।
 खै त मलाई स्वतन्त्रता?
०९०
ठेचो, ललितपुर
हाल: फ्लोरिडा, अमेरिका  

~~~~~~~~~~~~~~~~~~~
७३. लघुकथा~ अनुभूत   ✍️मनोहर पोखरेल

जयजयकारको नारा गुञ्जायमान थियो । “नेताजी जिन्दाबाद-जिन्दाबाद । षडयन्त्रकारी मुर्दाबाद-मुर्दाबाद ।” फूलको गुच्छा लिएर समर्थकहरु स्वागत गर्न लामबद्ध थिए । माला लगाउन र हात मिलाउन तछाडमछाड चलिरहेको थियो ।
अदालतको आदेशमा हिरासतबाट मुक्त भएपछि नेताजी घर फर्किरहेका थिए । गाडीको लश्करसहित पुगेका कार्यकर्ताहरुले अबिरयात्रा गर्दै ल्याएका थिए । रिहाले राहत मिले पनि नेताजीको अनुहार मलिन, चिन्ताले भरिएको र हतास देखिन्थ्यो ।
नेताजी पक्राउ परेको कालो दिनलाई सम्झिरहेका थिए । एक महिनासम्म स्वजनबाट टाढा रहनुको असह्य पीडा फनफनी दिमागमा घुमिरहेको थियो । हिरासतमा न मिर्मिर, न चिर्बिर हुन्थ्यो । विरक्तिको बर्कोभित्र चिहान झै सुनसान र चुपचाप हुन्थ्यो वातावरण । समयमा औषधि उपचार नपाउनु र रुखोसुखो खाएर सास मात्रै भएपनि जोगाउनुको पीडादायी स्मरण मात्रले अत्याउँथ्यो । सुनसान दिन र निस्तब्ध रात कहालिलाग्दो थियो । 
“अब नेताजीले धन्यवादसहित मन्तव्य दिनुहुनेछ ।” घरको मूल ढोकामा पुगेपछि एक कार्यकर्ताले आग्रहसहित उद्घोष गरे । उत्साहित कार्यकर्तालाई सम्बोधन नगरी नेताजी भने सरासर घर भित्र पसे । एउटा कुनामा रहेको कोठाको ढोका खोले र रुन थाले । छाती पिट्दै नेताजी माफी मागिरहेका थिए । सबै जना छक्क परे । वर्षौदेखि एकल र उपेक्षित जीवन बाँचिरहेकी नेताजीकी आमा पनि उदेक मान्दै थिइन् ।
राजविराज-६, सप्तरी

~~~~~~~~~~~~~~~~~~~

७२. लघुकथा~ आरोप   ✍️प्रेम पुन मगर

 दुनालालको उमेर सत्तरी लगभगको थियो। उनी मिजासिला ब्यक्ति थिए। अरुको मन नदुखाई प्रस्तुत हुन उनी सिपालु थिए। हरेकसँग अात्मिय भावना राख्थे। उनको हरेकसँगको घुलमिल परिवारमा कसैलाई मन पर्थ्यो। कसैलाई भने पर्थेन।

एकदिन उनलाई परिवारका अन्य सदस्यहरुले सम्झाए।

"जनकपुरबाट बुहारी तर्फका सम्धीसम्धिनी र उनका छोराबुहारी आउँदैछन्।
 उताको र यताको बोलीचाली र रितिरिवाजमा धेरै फरक छ।  तपाईं बुढोमान्छे धेरै नबोल्नु। चुपै बस्नु, नत्र कति धेरै बोल्नेरहेछ। हामीलाई देखेर पो हो कि? अप्ठ्यारो मान्न सक्छन्।"
पाहुनाहरु आए। बुढा र परिवार सबै पाहुना सत्कार गर्न पाएकोमा निकै खुशी भए। पाहुनालाई  पहाडी रमणीय ठाउँ घुमाए। बुढा धेरै बोलेनन्। चुप नै बसे। आठदस दिनपछि फर्कने समय पनि नजिकिदै थियो। बुढा कोठा बाहिर सुस्त सुस्त यताउता टहलीरहेका थिए।

"हामी आएको यत्रो दिन भयो। यो घरका बुढा किन केही बोलिरहेका छैनन्। सायद हामी आएको यीनलाई मन नपरेको हुनसक्छ। अब छिटै फर्किनुपर्छ।" 
पाहुना मध्य एकजनाले बोल्दै गरेको उनको कानमा ठोक्कियो।

               १३/०९/२०८० / पोखरा 

    ~~~~~~~~~~~~~~~~~~~

७१. लघुकथा~ वृद्धको भक्ति ✍️पं.ज्यो. तोयनाथ सुवेदी 

  "ऐय्याsss..   ऐय्या sss.." गर्दै    वृद्ध अचेत   अवस्थामा  कराइरहेका थिए ।पाँचै भाइ छोराहरू जम्मा भए।बुबालाई
अस्पताल लैजाने कि पण्डित  बोलाउने विषयमा  छलफल चल्यो।सबैले बुबालाई अस्पताल लगेर पैसा खर्च गर्नुभन्दा
बरू पण्डित बोलाएर पाठ गर्ने,गराउने निर्णय  गरे।
पण्डित जि आए। भागवत,गीता  पाठ गर्दै समय  समयमा 
"नारायण "…  "नारायण"… भन्दै तुलसी जल खुवाउन थाले।
विरामी चलमल गर्न थाल्यो।
केही क्षणमा पण्डितले कोट्याउँदै भने,"बुवा! मनमा कुनै विचार
भए परिवारलाई भन्नोस् ।"
वरिपरि हेर्दै वृद्धले भने,"ए! छोराहरू हो! तिमीहरू कहाँ छौ?"
पाँचै जना छोराहरूले भने, "हामी यहीँ छौं त बुवा!"
च्याठ्ठिएको आवाजमा वृद्धले भने," ओहो!तिमीहरू यहाँ बसेर
तिमीहरूका घरमा चै को बस्छ त?" " जाओ तिमीहरू जहाँ  बस्नू पर्ने हो त्यहीँ  बस नभए मलाई चिन्ता बड्छ..............।"
                 ।।      समाप्त   ।।      २०८०/०९/११/रोज ४ राती:९:२५ बजे

~~~~~~~~~~~~~~~~~~~
७०. लघुकथा~ सङ्केत   ✍️ वसन्त अनुभव

"हेर ! हेर ! फेरि झगडा गर्नथाले, बुढाबुढी । कहिल्यै शान्तिसँग नबस्ने भए ।" कमलले चिढिँदै भन्यो ।
"त्यही त ! एकदिन होइन, दुई दिन होइन; दिनहुँको झगडा । के पुग्दैन र हो, यिनीहरूलाई ? चुपचाप बसेर खानु नि !" वाक्क हुँदै फूलमतीले भनी।

एकछिनपछि कमलका जोईपोइ हरिनारायणको घर पुगे । 
"के चाला हो, पण्डित बा ! हजुरको ? किन घरमा सधैँ रडाको मचाउनुहुन्छ ? छोराछोरी जापान, अमेरिका छन्, के पुगेन तपाईलाई ?" कमलले जरो खोतल्ने प्रयास गर्‍यो ।

"रडाको मच्चाएको होइन नि बाबु ! सङ्केत दिएको हो, हगी बुढी । " हरिनारायणले श्रीमतीको समर्थन खोजे ।

"सङ्केत ? कस्तो सङ्केत ? दिमागी हालत त ठिक छ नि ! हजुरको ?" कमल झर्कियो ।

"हो बाबु ! खान बस्नलाई कुनै कमी छैन, हामीलाई । तर यो बुढेसकालमा, बेसहारा यो सुनसान घरमा बस्नुपरेको छ । चुपचाप बस्दा मरेको, बाँचेको समेत कसैलाई थाहा हुँदैन । तसर्थ छरछिमेकमा 'हामी जिउँदै छौँ है' भन्ने सङ्केत दिनका लागि पनि झगडा गरेजस्तो गरेका हौँ ।" निन्याउरो अनुहार पार्दै हरिनारायण पग्लिए ।

घोराही उपमहानगरपालिका १४, दाङ
२०८०/९/११
~~~~~~~~~~~~~~~~~~~
६९. लघुकथा~ धारणा ✍️रचना शर्मा 
"बुवाले यस्तो चिसोमा पनि के सुन्तला खाइर'नु भा'होला  ! ऐले खोकी ला'यो भन्देखुन् मैलाई हो आपत हुने ।" उसले सुन्तला खाँदै गरेका वृद्ध उमेरका बुवातर्फ हेरेर भन्यो ।
"नातिले कर गरेर खान दियो, खाएँ ।" उसको छोरोतिर  हेर्दै बुवाले जवाफ दिए ।
"यो बच्चाको लहैलहैमा लागेर यस्ताले दियो भन्दैमा खाने हो त ? आफ्नो स्वास्थ्यको ख्याल गर्न पर्दैन?" ऊ अलि ठूलो स्वरमा बोल्यो ।
"हजुरबुवालाई त अहिले खोकी लागेकै छैन नि ड्याडी ! खोकी लाग्दा त खान दिए पनि खानुहुन्न ! नत्र सिजनको फल पाएसम्म सबैले खानुपर्छ अरे !"  
नातिको जवाफ सुनेर हजुरबुवाले मुस्कुराउँदै भन्नुभयो, बरु यही छ यो घरमा पाको ।"
~~~~~~~~~~~~~~~~~~~
६८. लघुकथा~ सच्चा प्रेम   ✍️हेम पोखरेल 

"हिँड्  नाति ! अलिकती बोक्नपनि सघा । भूईमा टिपटाप पनि गर ।" हजुरबाले भन्नुभयो 
म  पछि पछिलागेँ । 
तल्लो बारिमा पुगेपछि हजुरबा पट्मीराका रूख चड्नुभो र डालेघाँस झार्नुभो । मेरोकाम बटुल्ने थियो बटुलेँ । , 
उमेरले पचहत्तर काटेपनि हजुरबाका लागि कुनै पनि बरबिरूवा नौला थिएनन् । 
कति त हजुरबा सानै हुँदा भएकै रूख हुन्। कति त हजुरबाले आफैले हुर्काएका भन्नुहुन्थ्यो ।
हजुरबा सजिलै रूख चड्नु हुन्थो र घाँस झार्नुहुन्थो ।
घाँस झारिसकेर भूईमा झर्नुभो दुबैजनाले घाँस बटुल्यौँ । भारी हाल्ने बेलामा नाम्लो रहेनछ । यता खोज्नुभो, उता खोज्नुभो,  मैले पनि खोजेँ , घाँसले पुरियोकी भनेर पल्टाएर खोज्यौँ भेटेनौं । 
"कि मैले बोकेकै थिएन ? अघि मेरा हातमा थियोकी थिएन ? याद गरिस ?" हजुरबाले मलाई सोध्नुभयो ।
मैले पनि याद गरको थिएन ।
सायद घरमै छुटो होला । 
त्यतै हुँदोभेटिएको खरपातको जुइनु बनाएर हजुरबाले कस्ट साथ घाँस ल्याउनुभयो । मैले पनि अलिकति सकेको बोक्न सघाएँ । 
घरमा आएर फेरि नाम्लो खोज्यौँ । घरमा पनि भेटिएन । आँगन , कुँडार, भँडार, खाटमुनी , झ्यासझुस मुनि , बस्तुभाउका थलातिर । कहीँ कतै भेटिएन हामी  हार खायौँ । रातपरो तर नाम्लो भेटिएन । 
हजुरबा चिन्तामा पर्नुभयो । हजुरबाले यस्तो चिन्तालिएको मैले अगाडि कहिल्यै देखेको थिएन । नाम्लो नभेटिएर हजुरबा चेत हराए जस्तै हुनुभयो । 
रातपरो खाना खायौँ  तर हजुरबाले मनलगाएर खाना खानु भएन । फेरि बत्ति बालेर चोटा कोठा खोज्नुभयो  तर भेटिएन । खोज्नका लागी म सग सहयोग माग्नुभयो तर भेटिएन ।  
"बीस  बर्ष देखि बोकेको नाम्लोहो ।" हजुरबाका मुखबाट आवाज फुत्कियो । 
 डब्बल बिट भएको हातिबारका पाटबाट बनेको त्यो नाम्लो हजुरबाको अत्यधिक प्यारो थियो र निक्कै बलियो थियो । मेहनत गरि बुनेको त्यो नाम्लो हजुरबाले अरू कसैलाइ चलाउन कहील्यै दिनुभएन । त्यसको बरियो पनि हात्तिबारकै पाटको थियो । नाम्लो र बरियो दुइटै निक्कै मजबुत थिए । हजुरबाको अत्यधिक जतन  थियो "नाति ! भोली तँ र म मिलेर खोज्नुपर्छ नाम्लो त भेट्नु पर्छ ।" भन्दै सुत्न जानुभयो  । हजुरबाको मुहारमा आज चमक थिएन , मैलेपनि स्विकृतिमा " हस्" भनेँ ।
केही बेरपछि नाति भनेको आबाज आयो । हजुरबाकै आवाज जस्तो लाग्यो  । केभो हजुरबा भन्दैपुगे । हजुरबा नाम्लो कम्मरबाट झीक्दै हुनुहुदो रहेछ । हेर् नाति नाम्लो ता कम्मरमा बाँधेछु अहीले सुत्दापो बिझायो । अनिपो थाहापाएँ । हेर ! तलाईपनि कति दुखभयो । अब त भेटियो नि भनेर अत्याधिक खुसी हुनुभयो । मैले हजुरबा त्यति धेरै खुसी हुनुभएको अहीले सम्म देखेको थिएन । हजुरबा पनि हाँस्नुभयो  ,म पनि हाँसे ।
 खुसी हुँदै नाम्लो  सिरानीमा राख्नुभयो  । 
मैलेभने : "हजुरबा , नाम्लो त भोलि अर्को किन्न पाइन्छ नि । अघि किन धेरै चिन्ता गर्नुभएको ?यो त खासै ठुलो कुरै हैन । "
हजुरबाले भन्नुभयो  : "तेरि हजुर आमाले माईत बाट मेरै लागि भनेर ल्याईदेको यो नाम्लो हो  । अब तेरी हजुरआमाको चिनो यही नाम्लो त बाँकी छ ।
ग्रामथान २ झोराहाट मोरङ् ।
~~~~~~~~~~~~~~~~~~~
६७.  लघुकथा - खुशीराम ✍️रञ्जना रिजाल 

"दुःख लुकाउँदैमा सुख जन्मन्न बाजे ।" 

सन्तेको यस कुराले भर्खरै वृद्धभत्ता खान थालेका बाजे झस्किए ।

बाजेको मन डराएको महसुुस गरी सन्तेले थपे-

* तपाईंको नाति एमबीबीएसमै डल्लियो । उसका साथीले एमडी सिद्धयाए ।
* तपाईं तनाबलाई जन्म दिनु नै हुन्न ।   तनाब मनभित्रै पकाउनुहुन्छ ।
*तपाईं विगतको बन्द दैलोतिर हेर्नुहुन्न । वर्तमानको खुलेको दैलोभित्र पस्नुहुन्छ ।
* तपाईं माफी माग्न र दिन दुबैमा सिद्धहस्त हुनुहुन्छ ।

यी सबै कारणले तपाईंलाई दुःखीराम बनाएको  छ ।

बाजेले मुहार उज्यालो बनाए । सन्तेले मुहारमा सङ्कोच भित्र्याए ।

त्यही मौकामा बाजेले भने- "कतिपय कुरा सही भन्यौ । अन्तर्वस्तु भने उल्टो भयो ।"

सन्तेको मुहारबाट चन्द्रमा अस्ताउँदै गयो ।
बाजेले प्रौढ अनुभव थपथाप पारे; "तुलना गरे, विगतमा अल्झे, तनाबलाई मलजल गरे र माफी लेनदेन  नगरे मात्र दु:खीराम भइन्छ भाइ ।"
२०८०-०९-११  काठमाडौ, हाल~ अमेरिका ।

~~~~~~~~~~~~~~~~~~~
६६. लघुकथा - खुत्रुकेको काम ✍️म्यामराज राई

“डाक्डर साप ! डाक्डर साप ! मेरी मयालाई के भाकी रहिछे ? जाति त हुन्छे नि ?” जोगुलाल राईले एकै सासमा आफ्नी जीवनसङ्गिनी बारे डाक्टरसित चासो राख्यो ।
“नआत्तिनुहोस् । हजुरआमाको स्वास्थ्य ठिक हुन्छ । सकेसम्म चिसोबाट जोगाउनुस् र तपाईॅं पनि जोगिनुस् है, बा ।”डाक्टरले सल्लाह सुझाउॅंदै एक टुक्रो कागज हातमा थमायो ।
जोगुलालले श्रीमतीलाई प्रतीक्षालयमा बसाएर काउन्टर हुँदै औषधी पसलतिर एक फन्को लगायो ।
“होइन, बुढा ! त्यो के बोक्याको नि ?” फूलमति खोक्दै अघि अघि बाटो लागिन् ।
“तमी जाति पार्न्या ओखती ।” श्रीमतीको पछि पछि उसले पछ्यायो । “भो, धेर नबोल । तम्रो खोकी बढ्न्या छ ।”

इलाका स्वास्थ्य केन्द्रदेखि पाँच मिनेटको बाटोमा उनीहरूको घर पर्छ । घरेलु औषधोपचारको भरमा दुवैजनाले उनासी ओटा हिउॅंदहरू कटाइसके । पहिलोचोटि दर्शन गर्न ऊ श्रीमती लिएर त्यहाँ पुगेको थियो ।
जोईपोइ घर पुगे ।
वर्षौंदेखि सुम्सुमाएको खुत्रुकेको यादले जोगुलाललाई सताएछ । उतैतिर सरासर गयो । आफ्नो मनसित बोल्दै उसले खुत्रुके फुटाउॅंछ, ‘हामी मरेपछि यसको के काम ? बाँचुन्जेल न्यानो ओढ्न्या हो । न्यानोमा सुत्न्या हो ।’
       ~~॰॰॰~~
 - हतुवागढी -६, होम्ताङ्, भोजपुर
~~~~~~~~~~~~~~~~~~~
६५.  लघुकथा~ आरक्षण ✍️ शोभा पोखरेल 

'ओहो, के हो महिला सिटमा पनि पुरुष बस्न मिल्छ!' तिखो तर नमिठो महिला स्वर ले ध्यान तान्यो।
टाउको उठाएर हेरें लगभग चालीस बर्षकी आधुनिक महिला हामी तिरै घुरेर हेरिरहेकी रहिछन्।  यो कटाक्ष त बुवा बस्नु भएको आरक्षित महिला सिटमा पो रहेछ। सहचालक भाई भन्दै थिए, " लौ लौ , महिला सिट छोडी दिनु पर्यो ,बाजे!" यसो पछाडि तिर हेरें , गाडी खचाखच थियो। माफी माग्दै म उठेर उनलाई बस्न अनुरोध गरें।  
७५ बर्सिय  बुवा सुगर र प्रेसरको पुरानो रोगी , काठमाडौं आएको बेला होलबडी चेकको लागि बिहानै  अस्पताल जान बावु छोरी निस्किएकाथियौं। दशैं र तिहार बिचको समय प्रायः शैक्षिक संस्था बिदा भएका र अफिस समय न परेकोले सार्वजनिक गाडी मै जाने सल्लाह बमोजिम अगाडि को दुई सिट खाली पाएर बुवा छोरी बस्यौं। 
' यो त महिला आरक्षित सीट हो नि, आउ छोरी बस' भन्दै उनले किशोरी छोरीलाई आफु नजिग राखेर बुवालाई उठ्न बाध्य पारिन्।
  होचो कदको मेरो बुवा सकीनसकी छतको डन्डी समातेर भोको पेट उभिन‌ बाध्य हुनु भयो।  ' हाय आरक्षण ' सबै को ध्यान जेश्ठनागरिक सिट बाट आएको आवाज तिर तानिन्छ , बृद्ध आमा भन्दै हुनुहुन्थ्यो, ' शिक्षाले अधिकार मात्र सिकाएछ , कर्तव्य हरायो।'
                     
               भक्तपुर
~~~~~~~~~~~~~~~~~~~
६४. लघुकथा~ सेवा  ✍️निर्मला बराल 

मंसिरकाे लगनमा माइतबाट अन्मिएर श्रीमानकाे घर गइन् निर्मला। जाने बेलामा पक्षघातले पीडित आमाकाे चिन्ता मनमा लिँदै गइन् उनी। निर्मला गएपछि सासुकाे सम्पूर्ण स्याहारसुसार र घरधन्दा भाउजूकाे काँधमा आइलाग्याे। त्यसैले, नन्दकाे विवाह नहाेस भन्ने चाहान्थिन उनी।                  
हप्ता दिनपछि सम्धिनी भेटघाटकाे कार्यक्रम तय भयाे। माइतीका सबै छोरीको घरमा   भेटकाेलागि पुगे। स्वागत तथा अभिवादनकाे क्रम चल्न थाल्याे । त्यही क्रममा ससुराबालाई ह्विलचियरमा राखेर  गुडाउदै  निर्मला पनि आइपुगिन् ।
भाउजूले नन्दलाई व्यङ्ग्य गर्दै भनिन्, "मैया, भर्खरै  बिहे भएको छ। अब यसाे घुम्न जान परेन के नव दम्पतीले? घरमै सडेर हुँदैन, कसाे?"
निर्मलाले भाउजूसँग आँखा मिलाउँदै मलिन स्वरमा भनिन्।                                          "के काे हतार भाउजु !  घुम्न जाबाे त जीवनभरी छँदै  छ नि! लामाे समय वृद्ध आमाकाे सेवा गर्ने अवसर पाएकि मलाई, यहाँ वृद्ध बुबाकाे सेवा गर्ने माैका मिलेकाे छ। भाउजू, मलाई लाग्छ ईश्वरकाे सेवा गर्ने अवसर सबैलाई मिल्दैन।"
भक्तपुर
२०८०|९|११ गते बुधबार प्रेसित।
~~~~~~~~~~~~~~~~~~~

६३. लघुकथाः  कात्रोको खल्ती✍️मनीषकुमार शर्मा ‘समित’
“ए पर जा ! कता लास छुन आएको ? कहाँ कहाँबाट आउँछन् भिखारीहरू ।”
मृत देहको नजिक पुग्न खोज्दै गरेका एक झुम्रे- झुत्रे बुढा बा कर्कस आवाजले हच्किए र केही पछाडी सरे ।
फेरी मलामीसँगै उनी पनि सुस्तरी अघि बढे र नजिकै पुग्न खोजे । यो पटक एक मलामीले उनलाई ठेलेर पर पुर्यायो । उनी ढलमलिदै म नजिकै आइपुगे । उनलाई सम्हाल्दै सोधेँ –
“किन बा घरिघरि लासको छेउ पुग्नु हुन्छ ? तपाईको कोही आफन्त हो?”
उनले एकोहोरो लासलाई हेरिरहे । केही बेरको मौनतापछि बिस्तारै भने “छोरा....।”
मृतक, टोलको निकै धनीमानी, पारिवारीक नातामा श्रीमती र सन्तान बाहेक कोही नभएको सबैलाई जानकारी थियो । अब यी बा कसरी निस्किए ? प्रश्नको ओइरो लाग्यो दिमागमा ।
“एक्लो सन्तान, आमाविहीन थियो, उसको खुशीको लागि के गरिन र ? जब मेरी श्रीमती उसलाई मेरो काखमा छोडेर खटमा पल्टिरहेकी थिइन्, त्यसबेला रुनुको सट्टा चुलोको छेउमा बसेर उसको भोक मार्न दूध तताउँदै थिएँ । हुर्कियो, बढ्यो, सहर छिरेर ठुलो मान्छे भयो । पढेबढेको गाउँ विरानो भयो ।”
“अनि कहिल्यै गाउँ फर्केन त?”
“फर्केको थियो एक पटक अंश माग्न ।” मरेपछि सबै तेरो त हो नि के भनेको थिएँ, कलह मच्चियो ।”
“यत्रो सम्पत्ती सोहरेर बसेका छौ । मरे पछि साथ लादैनौ त होला नि ? उसका तीता शब्दले मेरो मनमुटु घोच्यो र सबै उसको नाम गरिदिँए ।“
“हैन कति साह्रो मतलबी र निर्दयी भएका अहिलेका सन्तान ?” लामो श्वास फेर्दै भने ।
उनले रुन्चे हाँसोमा भने-
"ऊ मात्र हैन म पनि निर्दयी छुँ। तिमीलाई के लाग्छ म उसको मलामी आएको हो र ? म त उसको कात्रोको खल्ती छाम्न आएको ।”
मध्यपुर ठिमी, भक्तपुर

~~~~~~~~~~~~~~~~~~~
६२. लघुकथा~ पचपन्न    ✍️अक्षान्त

"अब उपरखुट्टी लगाएर खाने बेलामा तपाईंको बुद्धि किन उल्टो भएको बा ?" मैले प्रश्नको बलियो घोचो ठड्याएँ ।

"पहिले तँ भइस्,अहिले म हुँदै छु ।" उहाँको स्वर सुनेँ । 

मैले आँखा ठूला पारेँ  । कान चनाखो बनाएँ । मस्तिष्क तिखारेँ । मनमा जाँगर भित्र्याएँ ।   होस् मिसिएको जोसले मनमुटु बलियो बनाएँ ।

उहाँले मेरो भोको मनलाई तृप्त पार्न भन्नुभयो, "तैँले ज्ञानार्जनका लागि बचपनमा घर छाडिस्, म पुण्यार्जनका लागि पचपन्नमा घर त्याग्दै छु ।"
२०८०-०९-११ उदयपुर ।
~~~~~~~~~~~~~~~~~~~
६१. लघुकथा~ बुढाे रगत   ✍️डा. विदुर चालिसे

--"बा ! अचेल देशमा बाँच्न सकिन्छ कि सकिँदैन ?"
--"लाछी ! म त बाँचिरहेकै छु !"
छाेराकाे कल भाइवरमा जाेड ताेडले आयाे । ओछ्यानमाथि पल्टेका  दयारामले सकि नसकी  फाेन उठाए । आँखा भरी आँशुकाे साथमा दुखेकाे पीडाले चिच्याइरहे ! उनकाे दुख त के भन्ने र खै ? बाँचुन्जेल पिटाइ खाए । देश विकास गर्नका लागि युध्द लडे। खाइ नखाई शत्रुबाट लुक्दै बालबाल बचे । छातीमा छर्रा, पिंडाैलामा गाेली, पिठ्युँमा बारूदकाे सिसा, टाउकाेमा जीवनमा पाकेकाे पीप बाेकेका दयानाथले बुढ्याैली उमेरमा छाेराकाे उद्दार गर्न फाेनमा सहजै भनी दिए ।
--"म त मरेँ मरेंँ ! तँ पनि मेरा लागि मरिस् ।" 
बाबुकाे कडा जवाफपछि छाेराले भावुकहुँदै  भाइवरमा गन्थन गरिरह्याे । ऐया आथ्याकाे बिचमा दयाराम देवी देवता भाकेर बर्बराइरहे । बेला बेलामा उसकाे मुखबाट केही शब्दहरू फुत्त निस्क्न्थ्याे ।
--"हे दैव ! बाैलाहा बनाएर छाेडिस् !"
बुढाे बाबुकाे हृदयकाे कम्पनबाट आएकाे करूणाकाे स्वरका साथ उसकाे मुहारबाट तर्तरी साठी डिग्री सेल्सियसले तातेकाे पसिना निस्क्न्थ्याे । उसकाे एउटै प्रश्न थियाे ।
--"म त्यहाँ आएर मरूँ कि यतै मरू बा !"
दयारामलाई छाेराकाे जीवन बारे निकै द्विविधा थियाे । आफूले भाेगेकाे यहाँकाे दुर्दिन र जीवन, छाेराले भाेगेकाे आपत जीवन काे हरदिनका बिचमा दयारामले भाइवरमा अन्तिम वाक्य भने । 
--"हे भगवान् मलाई छिटै लैजाउ !"
छाेराले भाइवरमा धेरै बेरसम्म चिच्याटकाे स्वरमा कराइरह्याे ।
--"बा बा, मेराे बा, मेराे प्याराे बा, साहसी बा, ए बृध्द बा !"
उसकाे हातबाट माेवाइल खत्रक्क भूईमा खसेकाे आवाज आयाे । मधुराे आवाजमा सुनिएकाे थियाे ।
--"खुब बनाइस् देश ! न बाँच्न दिइस् । न मेराे बुढाे बाबुलाई स्याहार्न दिइस् !"
परबाट सिम्फाेनीका मधुर धुनहरू माेवाइलबाट बजिरहेकाे थियाे । धुनकाे तिक्ततापूर्ण बाेल थियाे ।
--"जाेर मादल बज्याे नि लै लै शहिदकाे बुढाे रगतमा !"
~~~~~~~~~~~~~~~~~~~

६०. लघुकथा~ फसाद ✍️कपिल लामिछाने
“ए बुढा !”
“है बुढी !”
“एउटा कुरा भनौँ ?”
“भन न । एउटा कुरा किन ? दुइटा भन ।”
“लाज लाग्छ । भो भन्दिनँ ।”
... ...
“ए बुढी !”
“है बुढा !”
“एउटा कुरा भनौँ ?”
“भन न । किन एउटा कुरा ? दुइटा भन ।”
“भो भन्दिनँ ।”
... ...
यस्तो धेरैचोटि भयो । 
आज भने बुढीले लजाए झैँ तर मन खोलेरै भनी, “के अब हामी सन्तान जन्माउन   सक्दैनौँ ?”
बुढाले भन्यो, “म पनि यही सोध्न खोज्दै थिएँ, धेरै दिनदेखि । तर त्यो सोध्न खोजेको मात्र हुँ किनभने हामी साठी काटेकाले सन्तान जन्माउन सक्दैनौँ ।”
“उसो भए किन सोधेको त ?” 
“यसो मन बहलाउन नि बुढी ! अलिक हलुका हुन मात्र ।”
“त्यही त । छोरो बिदेसियो । छोरी पनि बिदेसिई । बडो फसाद पो भो हगि ।”
०००
~~~~~~~~~~~~~~~~~~~
५९.  लघुकथा~ भन्ने ठान्दै ✍️रुद्र अधिकारी 

“मलाई अमिलो पिरो खान मन लागेको छ, कान्छा । बुहारीलाई पचास चोटी माग्दा पनि दिइन । तैले त दिन्छस होला नी?”

आमाको गुनासो सहितको प्रश्नले कान्छालाई भावुक मात्र बनाएन, उसका आँखा आशुले भरिए । उसले आँशु झर्न नपाउदै , हत्केलाले मिलिक्कै पुछिहाल्यो । त्यसपछि  केही नबोली छेउमा बसेर आमाका  दुबै हात सुम्सुम्यायो । 

आमाले पनि चाउरी परेका र थर् थर् कापिरहेका हातले कान्छाको निधार हुदै कपाल मुसारिन र भनिन “उसबेला घर भित्र, बाहिर, आगनभरी दगुर्दा पनि पछ्याउँदै र फकाई फुल्याई गर्दै तिमीहरुलाई यिनै हातले मिठो मसिनु खुवाइयो, बुढेसकालमा सहार होलाउ भन्ने थियो । आज खान मन लागेको कुरा आफै खान्छु देउ न भन्दा तॅं पनि दिदैनस।” 

यतिकैमा “ए हजुर ! मन तातो पारेर ल्याएकी छु । बिस्तारै आमालाई खुवाई दिनु त? “ बुहारीले कासको बोटुकामा सुप ल्याइन कान्ऱ्छालाई दिॅंदै भनिन । 

आमाले झर्केर भनिन “सधै यो भैंसीको खोले जस्तो! म खान्न ! न नुन, तेल न स्वाद ! यस्तो खानु भन्दा त बरु कालले लानु नी, मलाई” 

कान्छाले “त्यस्तो के बोल्नु भएको आमा ?” भन्दै फु-फु गरेर फुक्दै सुप खुवाई दियो ।

र, आमाको मुखमा सुप परेके मौका छोपेर निर्धक्क भएर भन्यो “बुढेसकाल लागेपछि र अनेकन रोगले ग्रसित भएपछि गुलियो, अमिलो, पिरो, चिल्लो, मसलेदार खानेकुरा मन लाग्दैमा कहॉं खान पाईदोरहेछ र आमा? यो सुपलाई अमिलो, पिरो र जिब्रो पड्काउने गरी मिठो छ भन्ने ठान्दै खानुहोस् ।”
ईटहरी-१९, सुनसरी (हालः लन्डन)
~~~~~~~~~~~~~~~~~~~
 ५८. लघुकथा~ घोरही दाए... ✍️ अरुण आर्य

-दाए अग्ली थिइन्, टोलभरिमा दाएजत्तिका कोही थिएनन् । पुरुषभन्दा पनि अग्ली भएकाले दाएलाई घोरही दाए, घोरही दाए भन्थे सबैले। 

मिथिलामा हजुरआमालाई दाइ, दाए, दैया, दादी आदि नामले बोलाउने चलन पुरानै हो। दाए अधबैँसे हुँदा नै दाएका पति जोगीका जीवन बिताउन थाले । दाए अहिले असी नाघिसकिन् ।

 उनका बिल्टु र सुट्टा गरी दुई छोरा छन् । बिल्टु राजधानी बस्दा हुन्, सुट्टा चाहिँ गाउँमै ।अहिले सुट्टा काका वैदैशिक रोजगारीका क्रममा मलेसिया बस्दै आएका छन् । छ महिना अगाडि दाएले दुबै छोरालाई बराबर बराबर सम्पत्ति बाँडिदिइन् । सम्पत्ति बाँडेपछि घोरही दाएको दशा देखेर सबै छक्क परेका छन् । 

कुरो के भने बिल्टु काका राजधानी बस्ने भएकाले आफ्ना हिस्साका सारा सम्पत्ति बेचिदिए । सुट्टाले त्यसो गरेनन् । जायजेथा नबाँडुन्जेलसम्म त दाएले राम्रै सेवाशुश्रूषा पाएकी थिइन्, सुट्टा काकाकी पत्नीबाट (काकीबाट) । सम्पत्ति बराबर गरेर बाँडेको दिनदेखि काकी क्रुर बन्दै गइन् । दाएलाई मै मात्र किन पाल्ने, राजधानीवालीले पनि पाल्नुपर्छ भन्न थालिन् । दाएले सोचेकै थिइनन् कि बुहारीले यसरी भन्लिन्, कुनै दिन।

घोरही दाएले  सुट्टाकै लागि बढ्ता गरिन् । त्यो स्वभाविक पनि थियो । जेठा राजधानी बस्ने भएकाले सुट्टाकै बालबच्चासँग उनका दिनहरू बिते । सुट्टाकै बच्चाको रेखदेख गरिन् ।


काकीले भनेकै टहल गरिन् । यहाँसम्म कि वृद्धापेन्सन पनि काकीलाई नै दिँदै गइन् । तर सम्पत्ति बाँडफाँडमा पक्षपात गर्ने दाएको मनले मानेन । सुट्टा काका पनि दाएका विचारसँग सहमत भए । किन्तु, यो कुरा कान्छी काकीलाई मन परेन । यही कारण हो कि दाएलाई भन्नै नहुने कुराहरू भन्न थालिन् ।

दुई महिनाअगि बिल्टु काकाको कानमा यो कुरा पऱ्यो । काका गाउँ आए । टोलका मान्छेहरू जम्मा भए, पञ्चायत बसियो ।अन्त्यमा टुङ्गो लाग्यो, दुईदुई महिना आलोपालो गरी दुबै छोराले राख्नुपर्छ । दाएका आँखा रसाए । विचारी केही बोलिनन् । मधेशको ग्रामीण परिवेशमा असी काटिसकेकी दाए दुई महिनाका लागि राजधानी जानुपर्ने भयो । 

दाएलाई राजधानी जाने रत्ति मन थिएन ।बुहारीको हप्कीदप्कीका कारण दाए सुँक्कसुँक्क रुँदै राजधानी गइन् ।  बीसबाइस दिन अगि दाए दिवङ्गत भइन् । बिल्टु काकाले सबै क्रिया राजधानीमै सम्पन्न गरे।
~ जनकपुर 
~~~~~~~~~~~~~~~~~~~

५७. लघुकथा~ साथी  ✍️ कमला भट्टराई
“ए हुन्छ नी आउ न, त्यतिका लागि त साथी । तिमीलाई पर्दा मैले, मलाई पर्दा तिमीले नगरे हामी साथी–साथी हुनुको कुनै अर्थ नै रहेन नि, होइन र...!” यति बोलेपछि बाको फोन कट्यो ।
ससुराबाले फोनमा कोसँग बोल्नुभा होला, कसलाई के भएछ ? भन्दै बुहारीले आफ्नो श्रीमानलाई इसारा गरिन् ।
तुरुन्तै सोधिहाले छोराले– कस्को फोन बा ? 
‘मेरो बचपनको साथी हो, उनलाई ऐले घरमा अलि समस्या परेको रहेछ, भाउजु बितिहाल्नुभयो । छोराबुहारीले चिप्ला कुरा गरेर जायजेथा हात पारिहालेछन् । धन्न बुढाको आठ दश लाखचाहीँ कसैले थाहा पाएका रहेनछन् । बरा कहाँ जाउन् त अब, दुखः पर्दा मलाई सम्झेछन् ।’ 
 बाको कु्रा सकिनासाथ बुहारीले घिरौला जत्रो नाक बनाउँदै श्रीमानको कान फुक्न भ्याइहालिन्– ‘मैले अस्ति नै भनेकी होइन हजुरलाई ! यो घर र बाको नाममा भएको खेतवारी सबै आफ्नो नाममा सारौ, पछि अफ्टेरो पर्छ भनेर । यी अब थाहा पाउनुभयो....! बुढाले अब यो घरलाई त बृद्धाश्रम नै बनाउने भए नी । म सुसारे छदै छु ।’
बुहारीको ओठ चलाईबाटै कुराको लक काटिहाले बाले । केही कागज–पत्र कमिजको गोजीमा राख्दै बाहिर निस्के । बाहिर निस्कनासाथ साथी पनि टुप्लुक्क आइपुगिहाले ।   
सूर्यविनायक– ५,  चुनदेवी (भक्तपुर)
मितिः २०८०÷०९÷११

~~~~~~~~~~~~~~~~~~~
५६. लघुक्था~ बुढाे ✍️डा. पुष्करराज भट्ट

उमेर नपुगे पनि असमयमै मेरा कपाल फूलेका थिए । 
एक दिन म सार्वजनिक यातायातमा बसेर कीर्तिपुरबाट  रत्नपार्क गइरहेकाे थिएँ ।
एक जना विद्यार्थी जस्ताे लाग्ने मानिसले मलाई सिट छाेडिदियाे । म चुपचाप सिटमा गएर बसेँ ।
- अनि हजुरबाका कति नातिनातिना ?
-घरका मानिसलाई काममा लगाएर आफू माेज गर्ने हाेला नी ? 
-आँखा त राम्ररी देख्नुहुन्छ नी ?
मैले देखेँ, म भन्दा दस, पन्ध्र वर्ष कम जस्ता देखिने युवाहरू मेराे मजाक उडाइरहेका थिए 
मैले भनेँ- म नियमित अठार घन्टा काम गर्छु । लेखपढ, व्यायाम, घरकाे काम, कार्यालयकाे काम सब गरेकाे छु । 
अनि तपाईंहरू नी ? 
कुरा बुझ्दै जाँदा उनीहरू पढाइकाे नाममा काठमाडौं बसेका, घरबाट पैसा ल्याएर गुजारा गर्ने, बिहान दस बजे ब्युँझेर संसारमा भएजति सबलाई गाली गर्ने गर्दा रहेछन । आफूलाई संसारका सबैभन्दा जान्ने मानिस ठान्ने रहेछन् ।
मैले उनीहरूलाई साेधेँ- उमेर नपुग्दै कर्मले बुढाे भएका तपाईंहरू बुढा कि म उमेर नपुग्दै कपाल फूलेकाे परिश्रमी मानिस बुढाे ?

~~~~~~~~~~~~~~~~~~~

~~~~~~~~~~~~~~~~~~~
५५.  लघुकथा~ संस्कार ✍️दुर्गा वनवासी

"तिम्रा बुबालाई राम्रो सम्झाऊ है बुढा ! एकाबहानै चिसामा हिँडेको छ, घरको गेट पनि खुल्लै हुन्छ । रातभर खोक्यो, राम्रोसँग सुत्न पनि पाइँदैन कहिल्यै ।" 

आमाले बुबासँग गरेको गनगन पल्लो कोठामा पढिरहेको अमूल्यका कानसम्म ठोकिन्छ ।

"खै कति पो सम्झाउनु हौ ? किन हिँड्न पर्या हो बुढालाई बिहानबिहानै ! चुपचाप घरमा बसे त भइगो नि !"  बाबुचाहिँको स्वर ।

गेट खुलेको आवाज सुनिन्छ । मर्निङ वाकबाट फर्किएका बा भर्याङ उक्लेर विस्तारै आफ्ना कोठातिर लाग्छन् ।

"हजुरलाई कतिपल्ट सम्झाउनु बुबा ? यसरी बिहानबिहानै गेट खुल्ला छोडेर नहिँड्नु भनेको होइन ?" खस्रो स्वर सुनिन्छ । 

"त्यही त भनेको नि ! घरमा चोर पस्न बेर छैन । बाटोमा लडियो भने अ्को लफडा । अस्पतालको खर्च, दबाई, पानी, स्याहार । रातभरि खोकेर सुत्न दिनु छैन ।" 

"बाबामामु, किन कराउनु हुन्छ हजुरबालाई ? बिहान हिँड्नु त राम्रो कुरा हो नि ! हजुरबा मर्निङ वाकमा जानु भएपछि सधैँ गेट बन्द गरेर पढ्न बस्छु म । हजुरबाले गर्दा त छिटो उठ्छु म पनि । फेरि हातखुट्टा  चलुन्जेल त हो नि हिँड्डुल गर्ने भनेको ।"

"चुप लाग् पाजी, ठूलाबडाको बीचमा बाठो हुनपर्ने ! बाउआमाको बीचमा बोल्न कसले सिकायो तँलाई ? तँलाई हामीले दिएको संस्कार यही हो ?" कड्किन्छन् बाबु ।

हजुरबा, हजुरआमाले हजुरलाई दिएको संस्कार पनि त यो होइन होला नि त बाबा ! जन्मदाता वृद्ध हुँदै गएपछि सेवा र सम्मान गर्नुसाटो बोझ ठान्ने र अनावश्यक कुरामा निहुँ खोजेर अपमान गर्ने चाहिँ कस्तो संस्कार हो बाबा ? असल संस्कारको सुरुवात त आफैँबाट गर्नु पर्दैन र ?" बस् ।
  झापा                                                २०८०/०९/१० मंगलवार   अपरान्ह ०४• ०५

~~~~~~~~~~~~~~~~~~~
५४. लघुकथा~ चिनो ✍️सुरेशकुमार पाण्डे 

उमेरले साठी काटेकी आमा म उठ्ने वेला जाँतोमा केही पिसिरहनु भएको थियो।
म साझँमा छिट्टै सुँते।कतिवेला सुत्नुभयो कतिबेला उठेर पिस्दै हुनुहुन्छ।
आमा यती धेरै पिसि सक्नुभएछ !कतिवेला उठ्नुभयो?-म आमाको नजिकै गएर सोंधे।
खै बाबु हिंजो आज गाउँमा कसैका भाले बास्दैनन् ।भयपो बासुन्।जतीवेला निद्रा खुल्यो आएर एकपाथी मैकै पिंसिसके।अँझै बाहिर अँध्यारो नै देखिन्छ।-आमाले पिस्दापिस्दैको जाँतो बिसाएर भन्नुभयो।
थोरै रहिछ मकै दिनु म पिस्छु -मैले आमालाई भने।डालोमा दुई पसर मकै थियोहोला।
भयो म पिसिहाल्छु तिमी आराम गर। -आमाले भन्नुभयो।
म लाहुरे ठिटो पिस्न रहर लाग्यो।
आमा खै त मपनि पिस्नसक्छु की बिचारै भयो।-मैले ठट्टा गर्दै हतासो छोपें।आमा मेरो केटौलेपन देखेर खिसिक्क हाँस्नुभयो।
बल्ल बल्ल जाँतो(चाकी) घुमाको देखेर होला ! भयो बाबु तिमीले सक्दैनौँ।-आमाले भन्नुभयो।
तर मैले चाकी बिसाउँदै ओजेरो राख्थें;जनतन त्यो दुई पसर जती मकै पिसें। 
मेरो हातभरी राता फोकाहरू परे।
आमा हजूरका हात देखाउँनोहोस् त-मैले हात देखाउँन अनुरोध गरें।
आमाले एक पाथी मकै पिसेका हातमा कुनै असरी देखिन।
किन की त्यहाँ ठेलाहरू थिए।
दाङ घोराही १८
२७-१२-२०२३,

~~~~~~~~~~~~~~~~~~~
५३.  लघुकथा~ तराजु ✍️ललिता ‘दोषी’ 
                                
    कोठाभित्र छिर्दै अम्बिकाले सोधिन्— “ज्वरो कस्तो छ ? दैव पनि कति निष्ठुरी बाइसबर्से कलकलाउँदो बैँसमा लोग्ने टिप्यो । कालो अरिङ्गालजस्ती सासू दियो । त्यस्तालाई पनि आमालाई जस्तै ग¥यौ । थुप्रै धनाढ्य कुमार केटाले छोरासँगै लान्छु भन्दा पनि डेक चलिनौ । अहिले घरको न घाटकी भयौ । त्यो पापीमाथि गरेको लगानी बालुवामा पानी हालेजस्तै भयो ।”
    इल्याले पनि भित्र पस्दै कुरा थपिन्— “हामीले त भनेकै हौँ । आफ्नो मुठी बलियो पार । छोराको लागि आफूलाई बन्धकी नराख भनेर पटक्कै टेरिनौ । तिम्रो लास उठाउन पनि त्यो पापी आउनेवाला छैन ।”
   सरलाले केही बोल्न खोज्दै थिइन् । मोबाइलमा घन्टी आयो । उनले मोबाइल उठाउँदै मायालु स्वरमा भनिन्— “दर्शन बाबा ! मलाई सब ठीक छ । तिमीले आफ्नो ख्याल गर्नू । हैन के भनेको तिमीले एयरपोर्टमा छु रे ! मैले कति भन्नु यो देशमा तिम्रो भविष्य नै छैन भनेर । देखिहाल्यौ देशका रक्षकहरूको चाल सधैँ मुसोबिरालोझैँ गर्छन् । मान्छे करोडौँकरोड खर्च गरेर ज्यानको बाजी राखेर अमेरिका जान्छन् । कतिले त बाटैमा ज्यान गुमाउँछन् । त्यो सपनाको देश छोडर तिमी आउँदै नआऊ बाबा ! मलाई केही नै हुँदैन ।”
    “मलाई त पीडा हुन्छ नि ममी ! मलाई हजुरको काख र देशभन्दा प्यारो केही छैन । हजुरबिना चार वर्षको पढाइ सिध्याउन चार जुग बितेजस्तै भयो । हजुर सधैँ आफ्नो खुसीभन्दा अरूको खुसी मात्र हेर्नुहुन्छ । म पनि हजुरलाई संसारको सबै खुसी दिन्छु । लभ यु डियर ममी ! बाई !” यति भन्दै आकाशले मोबाइल राखे । 
    धेरैलाई जोख्ने तराजुमा आकाशलाई जोखेकोमा अम्बिका र इल्या नै सपनाबाट ब्युँझेझैँ झल्याँस भए । 

 २०८०।९।११
बुद्धनगर काठमाडौँ
---------------------------------------
५२. लघुकथा - -साझा समस्या ✍️बिष्णु उप्रेती 

     -" हेर्नु न ममी,अाज हजुरअामाले अचम्म गर्नु भएछ । म त हाँस्दा हाँस्दै  झण्डै  मरे।""   मरिमरी हाँस्दै  रुपाले  भनी।
                   --" हैन फेरि  के बिगार गरिन यी, बुढियाले,?      अाफुलाई न हुदाँ यसाे एकदिन  चुलामा पठायाे भने गर्नुहार गर्छिन्  भन्या ,यी बुढिले। एक न एक अनिष्ट भएकै हुन्छ।  अनि अाज फेरि के गरिन् त ?"
            --"" कुकरमा तेल,नुन, मसला सबैहालेर दाल हाल्नु  भएछ, र पानी न हाली ,कुकरकाे बिर्काे लाउनु भए छ।   डढेर खाग भएकाे गन्घले  म  कुदेर किचनमा पुगेकी, उल्टाे हजुरअामा - कुन काेठामा  बस्ने कस्ले के डढाए   काेनी गनाएर बसिनसक्नु पारे, भन्दै हुनुहुन्थ्यो ।" मैले त साँसाे राेक्नै सकिन।" रुपाले भनी।
                 -""यी बेहाेसी बुढियाले गर्नुहार गरिन। जे छाेयाे त्याे बिधंसनै हुन्छ। यिनका त हातमा के बसेकाे छ काेनी।"
                      ममिकाे उग्र रुप देखेर  सम्झाउदै रुपाले भन्न थालिन ,--"भाे भाे, ममी, अब नकराउनु हाेस् -,यस्तै हुन्छ पाका उमेरका मान्छेलाई। उमेर सत्तरी काटेपछि  सबैलाई  एउटा अल्जाईमर्स भन्ने राेग लाग्छ।  यसलाई  बिर्सिने राेग भन्छन्। याे हरेक मानिसकाे  साझा समस्या हाे।"
          रुपाले ममितिर फर्केर हास्दै भनी --" ममि ,,  हजुरलाई त याे राेग झनै छिटो  लाग्छ।किन भने हजुर हरेक कुरामा धेरै टेन्सन लिनु हुन्छ नी तेसैले। टेन्सनले याे राेग छिटाे ल्याउछ।"
              
                ममि अनि याे राेग लागेकाहरुलाई गाली हैन,धेरै  माया प्रेम र हौसला दिनु पर्छ।

११/०९/२०८०
बिर्तामोड  झापा।
~~~~~~~~~~~~~~~~~~~
५१. लघुकथा~  वृद्धमन✍️सीता रेग्मी 

"कति आँशुमात्र खसालिरहेकी? ठाउँमा छन्, सबै सेवा सुविधा उपलब्ध छन्, तैले चिन्ता लिनै पर्दैन।" वृद्ध बाले आमालाई सम्झाईरहे।

"सानो छदाँ कम्ता दुख गरेर हुर्काको हो र? विरामी हुँदा काखमै हल्लाएर कति रात छर्लङ्ग पारेकी छु।तपाईलाई थाहा छैन र।" आमाले घुक्क घुक्क गर्दै बिगत सम्झिईन्।

"मलाई किन थाह नहुनु, जसलाई थाहहुनु पर्ने उसैलाई पो थाह भएन।" बाले छोराप्रति दिक्तता पोखे।

"त्यसो नभन्नु न! कति सम्झिरहेको होला? के गर्नु! न भन्ने वित्तिकै पुग्न सकिन्छ न त उनीहरु नै आउँछन्, यो छाती चिराचिरा भैसक्यो।" उनका आशु रोकिएनन्।

"लु नरो धेरै, बुढो शरिर कमजोर हुन्छ।" बाले सम्झाउने कोशिस गरे।

"एक पटक फोन गरौँ न कस्तो भो?" आमाले छोराको बोली सुनेर चित्त बुझाउने मन गरिन्।

"गरेकै त हो नि उठाउँदैनन् के गर्नु।"

"अब उठाउँछन् की?"

"ल तँ यो तातो पानी पिउँदै गर् म मोवाईल लिएर आउँछु।"

आमा पानी पिउँदै झ्याल बाहिर आखाँ डुलाउन थालिन्, अम्बाको रुखमा ढुकुरले आफ्ना जोरै बचेरालाई चारा खुवाउँदै थियो। उनको मन भारी भयो।छाती चसक्क दुख्यो।मुखको पानी निलिएन।

"यि हेर् तेरा छोरा बुहारीले फोन उठाउँछन् की त?"

बुहारीले फोन उठाईन् "अहिले उहाँ औषधी खएर रेष्ट गर्दै हुनुहुन्छ, बोल्न मिल्दैन पछि फोन गर्नुहोला!" फोन कट्ने बित्तिकै आमा पुर्लुक्क लडिन्, आँखा परपर हेरिरहिन्।

सुन्दर हरैचा, मोरङ

~~~~~~~~~~~~~~~~~~~
५०. लघुकथा~ ‌नाती✍️एन्जल निलु, मिना साह

 ‌
(पाका नागरिक बिषयक प्रतियोगी लघुकथा)

 ‌‌          ए काका ! यहाँ निर उमानारायणको घर थियो 'अहिले यो वृद्धा आश्रम देखिरहेछु । त्यो मान्छे कता जानुभयो अह:   ? ‌‌बाह्र वर्षपछि कमल नारायण अमेरिकाबाट आफ्ना जहान समेत घर फर्केका थिए।

यो वृद्धा आश्रम उहाँकै हो बाबु। उहाँ भित्र हुनुहुन्छ होला भनेर ती वृद्ध मान्छेले भने।

कमल नारायण भित्र पस्नेबित्तिकै, तिमी को हो बाबु यता कसलाई खोज्न आएको आश्रमका एक वृद्धले सोध्यो ।

यिनीहरूको आवाज सुनेर ,को हो र दाजु ,कोसँग कुरा गर्नुभएको भित्रबाट भन्दै रमाकान्त बाहिर निस्किनुभयो। 

छोरालाई देखेर एक टक्क भयो।

न खुसी न दु:खी कुनै प्रतिक्रिया मुहारमा थिएन। दर्शन बुवा ! भन्दै छोराले नै बुवाको ध्यान आकर्षण गराइयो।।

खुसी रहुन् भन्दै सानो जवाफ फर्काइयो।
उमानारायण कुर्सीतिर इशारा गर्दै बस्न भन्यो । चिया खाँदै बाउछोराको गफगाफ सुरु भयो।

यो घरबारी बेचेर हजुरलाई पनि अमेरिका लाने सोचमा थिए ।केहीबेरका भलाकुसारेपछि कमल नारायणले आफ्ना मनका कुरा ओक्लियो।

तिमी भन्न के खोज्या !! यतिका वर्षसम्म मेरो याद आएन । तिम्री आमा छोराछोरा भन्दै परलोक सुधारिन्। तिमी हाम्रा कुनै मेसो राखेन्न । आज एक्कासी मेरो मायाले होइन ...,यो सम्पत्तिको लोभले तँलाई नेपाल ल्यायो। तर यति याद राख्नु , यो सम्पत्ति बाँचुन्जेल मेरो र मेरो अवकाश पछि जसले रेखदेख गर्छ उसको नाममा गर्दिन्छु। दूध पोखे झैँ उमानारायण आफ्नो रिस पोख्यो।

एकछिनको वातावरण शिशिर झै भयो। त्यसोभए हामी यहाँ किन बस्ने। जाउँ हिँड आफ्ना मौन तोड्दै कमल नारायणले छोरा र स्वास्नीलाई अह्राए।

गेटसम्म पुगिसकेका उमानारायणका नाती दौड्दै आयो। अँगालो मार्दै भन्यो ।अब म हजुरसँगै बस्छु है ..…...!!!!

(जोरपाटी काठमाडौं)
~~~~~~~~~~~~~~~~~~~
४९.  लघुकथा~ स्याहार  ✍️ सुनिता निरौला पौडेल 

"ऐया !! कान्छी ......। " बिहानै झिसमिसेमा आमा लड्नुभयो ।

" आमा ... आमा के भयो ?? लौन अब के गर्ने ? " उनले उहाँलाई  उठाउन खोजिन्  तर सकिनन् । बल्ल तल्ल बसाईन् ।

" हेलो ! हजुर कतिबेला आउने ? आमा यहाँ भर्खरै नराम्रोसँग लड्नुभयो । आउन मिल्छ भने छिटोभन्दा छिटो आउनु न ।" ।"फोनबाट  आफ्नो बुडालाई भनिन् ।

"म अहिले आउन मिल्दैन कान्छी ,अलि समय लाग्छ ।बरु ,छिटो अस्पतालमा पुर्याउने व्यवस्था गर ।" उनका पतिले फोन काटे  ।

घरमा सबै कामको साथसाथै आमाको स्याहारसुसार नि थपिएको थियो उनलाई ।

काम विशेषले घर बाहिर जानुपर्ने भएकोले छोरालाई आमाको "हेरचाह गर्नु है बाबु" भनी अह्राएकी थिइन् उनलेे ।

"नाति ,आज तेरो मम्मी पनि घरमा छैन । मलाई पिसाब लागिरहेको छ ।त्यो  कोपरा यतातिर राखिदेउ न ।" उसलाई घिन लाग्छ भन्ने डरले सानो स्वरले भन्नुभयो ;

"हुन्छ ,  हजुरआमा "भनेर उ मोबाइलमा व्यस्त भयो ।

"नाति खोइ  देउन कोपरा !  पिसाबले अत्यायो ।" कतिपटक भन्दा नि उसले सुनेको नसुने गर्‍यो ।

" के गर्नु ? ढिलो भयो ।" भनेर हतारिँदै बुहारी कोठामा पस्दा त आमाले धेरै पिसाब च्यापेर ओछ्यानमा छोड्नुभएको रहेछ ।

"  छोरा भनाउँदो यस्तो छ ,भनेको केही नटेर्ने । जता पनि आँफै पुग्नुपर्ने । " सफा गर्दै उनी उसँग  रिसाउँदै थिईन्।

आमालाई न्यानो बनाएर तातोपानी र खाजा खान दिइन् ।
"आमा कति गार्‍हो भयो होला" भन्दै गर्दा उहाँले भन्नुभयो ;
 " केटाकेटी नै छ बरा ! घिन लाग्यो होला ।"

" तिमीहरूले मलाई जसरी माया ,स्नेह दिएका छौ ,त्यो सबै घरपरिवारको आमाबाबाले पाउन् ।अलिक बर्ष बाँच्छु कि ?  जे भए नि तिमीहरु मेरो साथमा त छौ । " यति भन्दै बुहारीलाई अँगालो हाल्नुभयो आमाले ,ऊनी  भावुक मुद्रामा थिइन् ।

 भक्तपुर : राधे ,राधे निकोशेरा ।
हाल : अस्ट्रेलिया ,क्यानवेरा सिटी ।
२०८० - ९ - ११ गते ।
~~~~~~~~~~~~~~~~~~~
४८. लघुकथा~  महासागर  ✍️ प्रा.डा. प्राज्ञ खेमराज खनाल 

संझनाले ल्याबमा काम पाई । विनोद पनि त्यहीँ काम गर्थ्यो । सम्झना आत्मनिर्भर भएकीले मख्ख थिई । साथी विनोद मिजासिलो थियोे । ऊ भारतीय ठिटो हो । सम्झनालाई ऊ राम्रै लाग्थ्यो । भारतीय भएकामा अलिक सङ्कोच लाग्थ्यो । विनोद चाहिँ सम्झनासँग नजिकिने बहाना खोजिरहन्थ्यो । चुट्किला सुनाएर हसाउँथ्यो । छेउमा हुँदा कुम जोर्थ्यो । संझनालाई सिरिङ्ङ हुन्थ्यो । 
        सम्झना फँस्न चाहेकी थिइन । ऊ पनि एउटी कोमल नारी न थिई । विनोदले प्रेम प्रस्ताव राख्यो । ऊ अनकनाई । ल भन्न पनि सकिन, नाइँ भन्न पनि सकिन । विनोदले बिहेको कुरो चलायो । सम्झनाले "आमाबाबालाई सोध्नुपर्छ" भनी । विनोदले "मलाई डर लाग्छ, तिमी नै सोध" भन्यो । उसले आमालाई सोधी । आमाले बाउलाई सोधिन् । "बिहारी हुँ" भन्छ । ठाउँठहर थाहा छैन । कसरी छोरी दिने ? आमाबाबु अलमल्ल परे । विनोदले सम्झनालाई फकायो, "हामी दुई मिलेपछि बाउआमालाई किन बिचमा ल्याउने ? मन्दिर जाआैं टीकाटाला गरौँ । खर्चै जोगिन्छ ।" सम्झनाले मानी । दुबैले आफूखुसी विवाह गरे । आमाबाबु रिसाए ।
     सम्झना दोजिया भई । उसले घर देखाउन कर गरी । विनोदले आलटाल गर्यो । बच्चा जन्म्यो । अस्पतालमा आमा र नवजात छोरी थिए । विनोद एकाएक हरायो । फोन लागेन । ठरठेगान थाहा थिएन । उसले रुँदै आमालाई फोन गरी । पहिले त उनी रिसाइन्; पछि कर्तव्य सम्झिन् । छोरी र नातिनीलाई कोठामा ल्याइन् । त्यहाँ विनोदका लत्ताकपडा र किमती सामान थिएनन् । बैंकको रकम नि लगेछ । आमाले स्याहार गरिन् । सम्झनालाई आमाको महत्त्व थाहा भयो । उनको ममतालाई ठुकराएकामा पछुतो लाग्यो । आमाका काखमा रोई । उनले आँसु पुछिदिइन् । छोरी र नातिनीलाई अँगालामा बेरिन् । विनोद र आमाको अँगालामा भिन्नता रहेछ । विनोदको माया खहरे थियोे । आमा मायाकी महासागर रहिछन् ।
~~~~~~~~~~~~~~~~~~~
४७. लघुकथा- चिन्ता  ✍️ उमानाथ दाहाल 
 
      " बाबू ! सत्तरी वर्ष पुगेपछि त हातगोडा सबै लुला भए थरथर काम छुट्छ,  तिमीहरू छिटै आए हुन्थ्यो । बाबा म भन्दा पनि कमजोर हुनुभयो " आमाले फोनबाट विदेशमा भएको छोरासंग दुखेसो गरिन् । 
        " अहिले त आउन मिल्दैन है आमा! , दुःखसुख गर्दै गर्नु " छोराले जवाफ फर्कायो ।
      " यो खेतबारी सम्हाल्ने मान्छे छैन । 
 हामीलाई पनि सहयोगी चाहिन्छ , आओ नानी! आओ अब " आमाले आग्रह गरिन्  
   " भनें त अहिले आउन मिल्दैन भनेर , कति एउटै कुरा दोहोर्याउनु भएको? " छोरो झर्केर बोल्यो । फेरि उसैले थप्यो " नानीहरूको पढाई लेखाई चौपट हुन्छ उनीहरूको भविष्य हेर्नु पर्दैन ?" एकछिन् पछि फेरि उही बोल्यो " त्यहाँ शून्य  भयो भने कि राम्रो वृद्धाश्रम हेरौँ त ?" 
    स्तब्ध बनेकी आमाले " खै " भन्दै फोन राखिन् र 
 पतितर्फ फर्केर भनिन् " मिल्दैन भन्छ,  नानीहरूको भविष्यको कुराछ भन्छ " 
     " हामीले उस्को भविष्य हेर्दा हेर्दा  यो गति हुदैछ पछि उस्को पनि यस्तै त होला ! " पतिले पर क्षितिज तर्फ हेर्दै भने 
  " कि वृध्दाश्रम बुझौँ त पनि भन्दै थियो" आमाले निराश आवाजमा भनिन् ।
  पतिले लामो सास तानेर भने  " मेरो सम्पत्ति र मेरा छोरा भनेर घमण्ड गर्नु पनि बेकार रहेछ यो संसारमा "
झापा 
~~~~~~~~~~~~~~~~~~
 ....
४६. लघुकथा~ बुढा बा   ✍️मन्दिरा चापागाईं

   " जेष्ठ नागरिक भनेका जिवित ईतिहाँस हुन् । ज्ञान, वुद्धि ,विवेक , अनुभव र सीपका खानी हुन् । सजीव ईतिहासको  मान मर्दन गरेर हामी कँहि पुग्न सक्दैनौं ।"
दर्शक र स्रोताले खचाखच भएको हल तालीको गड्गडाहटले गुजायमान भयो । 
 
  आजभोलि बृद्ध बा आमालाई हेयको नजरले हेरिन्छ ।बरु कुकुर बिरालो जस्ता जनावर हरुसँग दिन बिताउँने संँगै सुताउँने संस्कार बढ्दैछ ।
मेरो त हेर्नुहोस् नाती बाजेको दोस्ती जमेको छ । मन्चको एउटा कुनोतिर संकेत गर्दै उनले भनिन् । नभन्दै उनको करिव छ बर्षको छोराले ससुराको सिंगान पुछिदिदैं थियोे । 
उपस्थित बृद्धबृद्धले उनी जस्तै बुहारी र तीनका छोरा जस्तै नातीको मनमनै कल्पना गरे ।
 कार्यक्रम सकियो । सबैले उनको प्रशंसा र तारिफ गरे ।
घर आईपुगे सबैजना । 

 "बाबुलाई तातोपानीले नुहाईधुवाई गरेर सफा लुगा लगाएर भित्र ल्याउँनु , अनि यो बुढाको ओछ्यान पनि साबिकमै सारिदे । " एकैसासमा नोकरलाई आदेश दिईन् उनले ।  अब देखि हजुरबाको नजिक नजानु है मेरो बाबु , खानेकुरा ख्वाउँने , हजुरबाले दिएको खाने नगर्नु  । हेर हेर ! नङ्ग भित्र सम्म सफा गरिदिएकि छु, फोहोरी बुढालाई अंगालो हालेर बुढाकै वास आईरहेको छ ....।
 
 को हुनुहुन्छ घरमा ? हेल्लो सुन्नुस न । 
 फेरि को मुन्टिएछ्न्?
उनको पारो तात्तियो ।  हाम्रो संस्थाले जेष्ठ नागरिकप्रतिको हजुरको लगाव देखेर हजुरलाई पुरस्कृत गर्ने भएको छ । समाज बदल्ने भनेकै हजुर जस्तै ठूलो मन भएकाले त हो नि। आफ्नो परिचय पत्र  देखाउँदै गर्दा बुढा बा को बिस्तारा कुकुरसँगै कुनामा देखेर मुखामुख गरे उनिहरुले  । उनी हड्बडाईन्  ।
  
 "जाडो निक्कै बढेको छ । यो कुकुर बिरामी पनि छ । यसलाई तातो गरुँ भनेर यसको स्याहार गर्न मात्र यहाँ बिस्तारा लाएको हुँ" बुढा बा ले भने ।
मेरो हेरचाह गर्ने त यति ज्ञानी बुहारी नाती छदैछन् नि । आखिर पशुको पनि शरीर हो नि होइन र ? बुढा बा बोले !

सभापोखरी -१,  संखुवासभा ।
~~~~~~~~~~~~~~~~~~~
४५.  मैथिली लघुकथा~ शब्दवाण ✍️देवेन्द्र मिश्र

बारह दिनसँ किच्छ नइँ बाजए छथि रमानन्द बाबू । पाँचटा बेटीक वाद कहाँदन सिंहेसर बाबाक कृपासँ जनमल छल रमानन्द । से रमानन्द गुम्म अछि तहिएसँ । 
अाेइ दिन गामक कहब‌ैका अाेकर बाबू गाेबिन बाबू भाेरेसँ अन्नजल ग्रहण नइँ कएने छलाह । च्यवनप्रास, शिलाजीत अा मधु मिलाक' चाटएबला किदन किदन चूर्णसब किछुअाे नइँ लेलनि अाइ । नहबाबएबला  अा कपडा साफ करएबला तीनू नाेकर खुसामद क' कए थाकि गेल,मुदा अाे टस्ससँ मस्स नइँ भेलाह । ब्लड प्रेसर अा दम्माके दवाइ नइँ खेलापर लाेककेँ चिन्ता भेनाइ स्वाभाविके छलै ।

बीतल रातिमे रमानन्द देरीसँ घर अाएल छल अा बाबू फटकारिक' कहि देने छल : एत्तेक राति तक बाहर रहनाइ नीक गप नइँ छियै ने ? रमानन्द उत्तर द' देने छल,कनेक तमसाइएक' : तूँ अपन काजसँ मतलब राखह, बेसी राेकटाेक नइँ करह,से कहि दै छिअ ।
बस, एतबेटा गप पहाड बनि गेल । गाेबिन बाबूक कहब छल जे हमरा अपनेटा काजसँ जखन मतलब छै त' हमरा अाब काेनाे काजे नइँ रहल । एही दुअारे दवाइअाे अा खेनाइअाे पिनाइ छाेडि देने छल ।
एक दिनक वाद अाे गम्भीर बेमार भेलाह,बेटा जबरदस्ती अस्पताल ल' गेलनि,मुदा दू घण्टाक भीतर अाे प्राण त्यागि देलनि ।
तएँ रमानन्द किच्छ नइँ बाजैत अछि । अाेकर शब्दवाण एत्तेक भयावह हएत,से कहाँ साेचने छल अाे ? (१८८ शब्द)
*****************
राजविराज,सप्तरी   २०८० पुस १० 

नेपाली अनुवाद लघुकथा~ शब्दवाण
*****************
बारह दिनदेखि यता केही पनि बाेल्द‌ैन रमानन्द बाबू । भनिन्छ, पाँचअाेटा छाेरी पछि सिंहेसर बाबाकाे कृपावाट जन्मेकाे थियाे रमानन्द । त्याे रमानन्द गुम्म छ त्यहीँ दिनदेखि। 
त्यस दिन गाउँकाे मान्य व्यक्ति उसकाे बुवा गाेबिन बाबू बिहानै देखि अन्नजल ग्रहण गर्नु भाकाे थिएन। च्यवनप्रास, शिलाजीत र मधु मिलाएर' चाटिने चूर्णहरु केही पनि लिनु भएन वहाँ । तीन वटै नाेकर खुसामद गरेर थाके, तर वहाँ टस्स मस्स हुनु भएन । ब्लड प्रेसर र दम्माकाे दवाइ न खाँदा सबलाई चिन्ता हुनु स्वाभाविकै थियाे ।

गत राती रमानन्द ढिलाे गरी घर फर्केकाे थियाे र  बुवा अलि झपारेर भनी दिनु भएकाे थियाे : यत्ति रातीसम्म बाहिर बस्नु राम्राे हाे र ? रमानन्दले पनि अलि रिसाएरै उत्तर दिएकाे थियाे : अाफ्नाे कामसित मतलब राख्नुस्, बेसी राेकटाेक न गर्नुस् ,भनी दिएँ है ।
बस, यत्तिकै कुरा पहाड बनी गयाे । गाेबिन बाबूकाे भनाइ थियाे - मलाई जब अाफ्नाे मात्र कामसित मतलब छ भने अब मलाई कुनै कामै छ‌ैन । त्यहीँ भएर उसले  दवाइ र खानपीन छाडी दिनु भएका थिए ।
एक दिन पछि उनी  गम्भीर बेमार हुनु भाे,छाेरा जबरदस्ती अस्पताल लै गए,तर दुई घण्टा भित्र उनले  प्राण त्यागे ।
यसैले रमानन्द केही पनि बाेल्दैन । उसकाे शब्दवाण यत्तिकाे भयावह हाेला, कहाँ साेचेका थिए ऊ ?
राजविराज,सप्तरी   २०८० पुस १०
~~~~~~~~~~~~~~~~~~~
 ४४. लघुकथा~रहस्य   ✍️ गंगा खड्का 
" नानी ! चियामा त चिनीको सट्टामा टन्न नुन पो हालिछ्यौ ।" मलाई पहिलोपटक केटी हेर्न आउँदा हजुरबुबाले सबैका अगाडि भन्नुभयो ।
" अनि चियामा नुन नहालेर बेसार हाल्ने त ?" मैले सबैका सामु हजुरबुबालाई ओठे जवाफ लगाएँ । सबैले मुखामुख गरे ,म किंकर्तव्यविमुढ भएर उभिरहेँ । 
" चिया त बिगारिहाल्यौ , जाऊ अब फलफूल ल्याऊ ।" हजुरबुबाले  सन्दर्भ बदल्दै भन्नुभयो । म बिस्कुट लिएर गएँ ।
" लौ ,  फलफूल लिन गएकी मान्छे विस्कुट पो लिएर आइछ ।" बुबाले मुख फोर्नुभयो ।
" अर्काको घरमा आएर कहाँ भनेजस्तो खानेकुरा खान पाइन्छ र ? उहाँहरु मलाई हेर्न आउनुभएको कि टन्न खान ?"
 मेरो अनौठो गतिविधिले बुबा लज्जित हुनुभएको आभास मैले पाएँ तर पनि मैले पारा छोडिनँ ।
" हेर , त्यति राम्रो घरबाट कुरा आएको थियो , बिगारिस् होइन पागलपन देखाएर ?" बेलुकी आमा मसँग जाइलाग्नुभयो ।
" जानीजानी परिवारको  इज्जत फाल्नेसँग नि के कुरा गर्छेस्  ?" बुबा रिसले आगो हुनुभयो  ।
म के गरूँ कसो गरूँको भावमा कुर्थाको फेर समाएर उभिरहेँ ।
" तँ त्यस्ती मान्छे त होइनस् , तर तँलाई त्यस्तो उट्पट्याङ काम गर्न कसले सिकायो हँ ?" दाइ पनि पहिलोपटक मसँग जङ्गिनुभयो । 
" मैले " अचानक हजुरबुबा बोल्नुभयो ।
" तर तपाईं बूढो मान्छे भएर नि आफ्नी नातिनीको कुरा  बिगार्नुको कारण ?"बुबाले स्पष्टीकरण माग्नुभयो ।
 हजुरबुबाले किन यस्तो सिकाउनुभयो भनेर अनविज्ञ भएकीले म पनि उत्तरको पर्खाइमा थिएँ ।
" मैले नातिनीको कुरा  बिगारेको होइन कान्छा , कुरा मिलाएको चाहिँ हुँ । अर्काको धन हेरेर भर्खरै ११ कक्षा पढ्न लागेकी नातिनीको पखेटा काटिदिनुको  सट्टामा पढाइ सकिएपछि  आफ्नो खुट्टामा उभ्याएर अन्माउनु  जाती होइन र ?"  

बूढानीलकण्ठ ,काठमाडौँ 
२०८०-९-११
~~~~~~~~~~~~~~~~~~~
४३. लघुकथा~ डाँडामाथिको घाम ✍️  प्रेम घिमिरे 'अग्निकवच’
“एक जुवा माथि घाम आइसक्यो यी केटाहरू अझै उठेका छैनन्। तिमीहरूले गरी खाँदैनौँ।” - हजुरबाले सँधै झैँ आज पनि फलाक्नुभयो। म हत्तपत्त उठेर झ्यालको पर्दा उघारेँ। घामको किरण आँखामा परेपछि ऊ पनि चरपटायो। मैले “ उठ!” भने। उसले “ ह्याsss दादा सुत्न दिनुन भन्यो। “ पानी छेप्देन सुतुवालाई।” हजुरबा वैठक कोठाबाटै कड्किनु भयो। शुभम जुरुक्क उठ्यो।

नित्य कर्म सकेर बिहानको खाजा खानु र गृहकार्य सकेर हजुरबासँगै बसेर खाना खानु अनि स्कुल जानु बिहानको दैनिक कार्यतालिका थियो। चाँडै सुत्नू, चाँडै उठ्नू, तात्तातै खाना खानू, बेलामा पढ्नू र बेलैमा विद्यालय जानू जस्ता आदेश नमान्ने हो भने हजुरबालाई हिटलर बन्न समय लाग्दैन थियो।

शुभमलाई हजुरबाको कचकच मन पर्दैनथ्यो। कहिलेकाँही त रिसाएर भोक हड्ताल गर्थ्यो। कान्छो नाती रिसाए पछि फकाउने काम पनि हजुरबा नै गर्नुहुन्थ्यो। कहिलेकाँही त सुटुक्क दश रूपैयाँको नोट दिएर फकाउनु हुन्थ्यो। 

“हेर! बुढापाकाले कराउँदैमा गाली गरेको नठान्नू। अर्ती दिएको हो। अर्ती भनेको जसले दिएपनि लिनुपर्छ। बुढापाका मान्छे भनेका डुब्न लागेको घाम जस्तै हुन्। परार तिमीहरूको हजुरआमा अस्ताईन्। अब पालो मेरै छ।” हजुरबाको कुराले मेरो मन छुन थाल्यो। शुभमलाई भने यी कुराले खासै छोएको थिएन।

बाह्र पास गरेपछि म अष्ट्रेलिया गएँ। त्यहाँ पुगेपछि मैले समयको महत्व र हजुरबाको अर्ती एकैचोटी बुझेँ। दुई वर्षपछि विदामा घर आएँ। हजुरबा बिरामी हुनुहुन्थ्यो। मलाई अगाडि देखेपछि चमत्कार जस्तै गरि हजुरबा निको हुनुभयो। 

एकदिन म साथीहरूलाई भेटेर घर आउँदै थिएँ। शुभम डाको छोडेर रुएको आवाज परैबाट सुनेँ। के भएछ भनेर दौडिदै घर पुगेँ। शुभम रुँदै भन्न थाल्यो - “ हेर्नुन दादा हजुरबा रिसाएर मसँग बोलिसिन्न।” मैले हजुरबालाई झक्झक्याए। बोल्नु भएन। पछि धेरै मान्छेहरू जम्मा भएपछि थाहा पाएँ। डाडामाथिको घाम अस्ताईसकेको रहेछ।
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
४२. लघुकथा ~ आग्रह   ✍️श्रीप्रसाद पोखरेल
“आमा ! मलाई किन पक्षपात ?” जेठोले भन्यो । 
“किन त्यसो भन्छस् छोरा,” आमाले चित्त दुखाइन् ।
“मलाई र भाइलाई जन्माउँदा तपाईँलाई उत्तिनै कष्ट भएको थियो हैन र ? कि मैले धेरै दु:ख दिएर जन्मिएँ ?” जेठोले आमालाई असन्तुष्टिको पोको खोल्यो ।
कान्छाले धैर्यता टुटायो र बोल्यो,“दाजु ! तपाईँलाई सम्पत्ति नपुगेको भए कुन खेत, बारी वा घर चाहिन्छ ? भन्नुहोस् म दिन तयार छु, तर यस्तो कुरा गर्न तपाईँलाई सुहाउँदैन ।” 
“हामी छुट्टिँदा पनि आधाआधा गर्ने भनेकै थियौँ । भएन पाँचवर्ष भइसक्यो । मैले चै कति धैर्य गर्नु ? के म अधिकारबाट बन्चित भएकै हुँ त ?”
“कुनै पनि हालतमा तपाईँको प्रस्ताव स्वीकार्य छैन दाजु ।” 
दाजुभाइ छुट्टिए पछि आमालाई कस्ले पाल्ने भन्ने विषयमा लामो समय देखि विवाद चलिरहेको थियो । आज वारपार गर्ने उद्देश्यले दाजुभाइमा चर्काचर्की भइरहेको छ ।
“हेर भाइ, मेरो अधिकार तँ माथि त छ भने आमा माथि चैँ छैन र ?” 
आमाले मुख खोलिन्,“त्यसेभए अर्को घर बनाओ र दुवै भाइ सँगै बस, अनि म पनि दुवै भाइसँगै हुन्छु ।”
जेठी बुहारीले पनि मुस्कानका साथ भनिन्, दुई भाइ मात्र हो र ? 
इटहरी, सुनसरी
२०८० साल कार्तिक १३
~~~~~~~~~~~~~~~~~~~

४१. लघुकथा~  बृद्ध भत्ता ✍️ धनसिंह बिश्व
  "अर्जुन! आज ५ तारिक, अब त तिम्रो तलब पनि पस्यो होला। हेरन बाबु! हिजोआज चश्माको पावर कम भएर होला ठ्याक्कै आँखा  देख्न छाडी सकेँ। यस पालि त चस्माको शिशा फेरौं कि भनेथेँ"। मैले हातमा चश्मा बोकेर आग्रह गर्दै भनेँ।
    अफिस हिँड्नै लागेको छोराले रिसाउँदै मलाई भन्छन् " बुवा! मैंले हजुरलाई बार बार भन्दैछु नानीहरुको स्कूल फि हजुरको दवाई र घरको फिजुल खर्च गरेर पैसा कहाँ बाँच्छ र। हजुरको म मात्रै छोरो  होईन। कति कुरा त दाजु सन्देशलाई पनि भन्नुपर्यो नी। आखिर उ पनि त छोरो नै हो। ऐले ढिला भैसक्यो भरे बाद गरौं"। हतार अफिस हिँड्यो।
    मैले गलत समयमा भने कि भन्ने सोचेँ अनि ठुलो छोरोलाई फोन गरेर भनें "सन्देश! तिमी, बुहारी, नानीहरु ठिकै होलाऊ नि।
   "हजुर! बुबा ठिकै छौं। आज अचानक बुवा? फेरी के भयो"?  सन्देश अतालिन्दै भन्छ।
   "पैसा मागङ्लान् हैं, छैन भन"। सन्देश बुहारीले कानेखुसी गरेको सबै सुनेँ। 
कुरा तर्काउदै भनेँ होईन नानी धेरै दिन भयो याद आएर फोन गरेको। 
चस्माको कुरा निकाल्नै सकिनँ।
   हत्केलाले आँखा माड्दै चश्मा लगाएँ अनि आफुले सत्तरी बसन्तहरु बिताएको सम्झिएँ। दुई छोराहरूलाई कुनै कुराको अभाव हुन नदिई जवान बनाएँ। जीवन भरी कमाएको सम्पती आफुलाई नराखी बराबर बाँडी दिए तर आज जाबो दुई चार पैसाको लागि हात फैलाउँदै भिख माग्नु पर्दैछ। 
       बेलुकी साँझमा छोरो घरभित्र पस्यो। बुहारीले के भनिन् कोनि केहि बेर पछि अर्जुन आएर मलाई भन्यो "बुवालाई सन्देश दाईंले के भने? भोलि बैंक जानुपर्छ।
  "किन बाबु"? अचम्म मान्दै सोधेँ?
  "तपाईंको बृद्ध भत्ता कति जम्मा भए, निकाल्नुपर्छ"।
         ****      ****     ****
गेजिङ प० सिक्किम।
~~~~~~~~~~~~~~~~~~~

४०. "लघुकथा~ फिलिङ्ग"✍️ जीवन दाहाल 
अचम्मको लाग्थ्यो मलाई मेरा बाको बानी ।
दशैंसँगै हाम्रा लागी नयाँ कपडा घरमा आउँथे तर बाका लागि आउँदैन थिए । अनि आमा गनगनाउनु हुन्थ्यो-"आफुलाइ पनि यसो एकजोर नयाँ लुगा हालेको भा' हुँदैन थ्यो ? कति लोभ गर्न सकेको ?" 
बाको उत्तर हुन्थ्यो-"भो भो नकरा, तिनै भएका लुगालाई राम्रोसँग आइरन लगाइ दे न नयाँ भै हान्छ नि ।"
नयाँ फेसनका जुत्ता आएपछि आफुले लगाइरहेका जुत्ता सार्सौदो हुँदाहुँदै पनि बालाइ बिहान जुत्ता देखाएर "बा ! मेरा जुत्ता त पुराना भए नि" -भन्थें म; त्यसै दिनको बेलुकी जुता पोको बासँगै घर आइपुग्थ्यो ।
अनि आमा फेरि गनगनाउनु हुन्थ्यो-"आफुलाइ पनि एकजोर ल्याएको भए हुँदैन थ्यो । हेर्नहुने गरिका त छैनन् त आफ्ना पनि ।"
"किन चाहियो अर्को जोर ? यही जुत्ताले अझै एक बर्ष जान्छ । जुत्ता टल्काएर कुन राजाको चाकरीमा जानू छ र मैले"- बाको उत्तर हुन्थ्यो ।
बजारीया खानाको तलतल लाग्नासाथ बाका अघि बिहान डिमाण्ड राख्यो भनें बेलुकी हाम्रा लागी बजारीया खानाको पोको आइपुग्थ्यो ।
अनि फेरि आमा भन्नू हुन्थ्यो-"किन यस्तो फजुल खर्च गर्नु परेको घरमैं बनाएको खान छोडेर ?"
" भो भो नकरा कहिलेकाही मुख फेर्दा केही हुँदैन । केटाकेटीलाई पनि दे र आफू पनि खा । मैले उतै खाएर आएँ ।"-बाको सधैंको जस्तो उत्तर हुन्थ्यो ।
आमालाई हाइपोथर्मियाले सताउन थालेपछि आजित भएर  आमाले भाँडा माझ्ने ठाउँमा बाले ग्यास गिजर जोडी दिनु भो र भन्नू भो-"अबदेखि धोइपखाली जे-जे गर्नुपरे पनि तातो पानीले नै गर्नु, ग्यासको लोभ गर्लिस् । एउटा सकिए अर्को ल्याइदिउँला ।"
आमा केही बोल्नु भएन 'हुन्छ' को मुण्टो हल्लाउनु बाहेक ।
गिजर जोडेपछि हामीलाई खुदो पल्टियो । हात धुन तातोपानी, मुख धुन तातोपानी, दाँत माझ्न तातोपानी, नुहाउन त झन् तातोपानी नहुने कुरै भएन । आमाका लागि त बाको उर्दी जारी भएकै थियो चिसोपानी छोलिस् भनेर ।
पुस माघको कठ्याङ्गृने जाडोका दिनको छुदै हात झर्ला जस्तो चिसोपानी हुँदा पनि बा चैं चिसैपानीले हातमुख धुनु हुन्थ्यो, दाँत माझ्नु हुन्थ्यो । आमाले-"बुढेसकालमा पनि के को तन्नेरी पल्टेर चिसो पानीले नुहाइरहनु पर्‍यो ? तातोपानीले ननुहाएर ? छ त तातोपानी" भनेर नदप्काउने हो भनें चिसैपानीले नुहाउँन बल गर्नुहुन्थ्यो ।
एकदिन मैले मौका पारेर बालाई सोधें-"बा तातोपानी हुँदाहुँदै पनि किन चिसैपानी हातमुख धुनुहुन्छ ? तपाइँलाई चिसोको फिलिङ्ग हुँदैन ?"
"टार्ने पुर्‍याउनेलाई तातो चिसो केही हुन्न नाथे । भोलिपर्सी ठूलो भएर मजस्तै बा भएपछि तैंले पनि थाहा पाउछन् । अहिले चैं तैले पनि तातैपानीले हातमुख धुनु"-बाको उत्तर थियोे ।
गौरादह-७, झापा ।
~~~~~~~~~~~~~~~~~~~
३९. लघुकथा - चिन्ता   ✍️विद्या ढकाल

माहिला बालाई तुलसी मठमा सारियो । उनको वाक्य बन्द भएको पनि दुई दिन भइसकेको थियो । घर परिवारले यो चिसोमा पनि उनलाई न्यानो कपडा ओडाउने मेसो पाइरहेका थिएनन् ।
माहिला बाले छोरालाई हातको इसारा गरे । उनी आफ्नो कम्मरमा बाँधिएको पटुका तर्फ सङ्केत गर्दै थिए । छोराले जिज्ञासु बन्दै पटुका खोले । पटुकाबाट पट्याइएको अवस्थामा सानो कागजको टुक्रा फुत्त भुइँमा खस्यो । छोराले अनुहार अमिलो बनाउँदै सो कागजको टुक्रा फोहोरको थुप्रोमा फाले । बिरामी रुङ्न आएको कोही बोल्यो - "त्यसरी  नफाल । खोलेर हेरौँ न के रहेछ ?"
छोराले जाँगर नलाग्दो पारामा कागजको टुक्रा उठाए । कर्के नजर लाउँदै तिनै मानिसको हातमा थमाए । ती मानिसले कागज खोले । अनि कागजमा लेखिएको कुरा सबैले सुन्ने गरी पढ्न सुरु गरे - 'आँफूले आधा पेट खाएर पनि भोलिका दिनमा मेरा सन्ततिहरूलाई सजिलो होस् भनी मूल ओछ्यानमा जमिन मुनी केही गाडेर राखिदिएको छु ।'
 तनहुँ ।
~~~~~~~~~~~~~~~~~
 
३८. लघुकथा~ भविष्य  ✍️  खगेन्द्र बस्याल 

 मुहारमा प्रेमपुर्वक मुस्कानको दियो बाल्दै  नातिलाई काखमा लिँदै  उदयले प्रकाशलाई भने" सम्धिज्यू, यो मुटुको टुक्रालाई यहाँको सवैभन्दा महँगो बिद्यालयमा भर्ना गरिदिएको छु।"

 तर प्रकाशले फरक कुरामा जिज्ञासा राखे"हजुरले के गरेर आफ्नो  समयलाई बरदानमा रुपान्तरण गर्दै हुनुहुन्छ ?"

 उनलेे सगौरव जानकारी दिए " म यहाँको सामुदायिक तर्फको बिद्यालय व्यवस्थापन समिति र टोल सुधार समितिको अध्यक्ष  रहेको छु।यही कामले अरु तिर मन लगाउन भ्याएको छैन ।" अनि प्रसङ्गलाई अर्को तर्फ मोड्दै सुनाए " मेरा दुई आँखाका नानी नाति र नातिनी अर्को शब्दमा मेरा बिहानी हुन्,यिनीहरू एकै बिद्यालयमा पढ्छन् ।जहाँ मनोरञ्जनका कुराको कुनै कमी छैन ।"

 "कस्ताकस्ता बिद्यार्थी छन् नि त्यहाँ?" प्रकाशले सोधे ।

उदयले अनुहार चम्किलो बनाउँदै बताए " कहलिएका ठूलठूला ब्यापारी ,धनाढ्य ब्यक्ति ,उच्च पदस्थ कर्मचारीका सन्तति मात्रै पढ्छन् ।यता बुहारीलाई पनि काममा घरको सिन्को पनि  भाँच्नु पर्दैन ।भान्साको लगायत सम्पूर्ण  सरसफाइ ,बजारमा किनमेल र खेतीपातीको काम गर्न  मान्छे राखेको छु।"

 सम्धीले यसो भनिरहँदा पनि प्रकाशको चेहरामा शारदीपन छाएन।उल्टै कालाबादल मडारिएको महसुस भएपछि  उदयले सोधे  " सम्धीज्यू,स्वास्थमा कुनै समस्या छ कि?"

 उनलेे जवाफ लिए " भगवान् लगायत् सवैका कृपाले अहिलेसम्म कुनै स्वास्थमा समस्या छैन ।तैपनि अस्ति भर्खरै  अस्पतालमा गएर पुरै शरीरको परिक्षण गरें। खुशी लाग्यो केही  पनि खराबीको संकेत फेला परेन ।"

 सोधाई भयो " यसको मूल कारण के हो जस्तो लागेको छ?"

 जवाफ दिए "  म सानो ह‍ोस् वा ठूलो आफ्नो काम गर्न लजाउँदिन।खाली दिमाग सैतानको घर भएकोले एकक्षण पनि त्यसै बस्न सक्दिन ।शारीरिक र मानसिक काम   साइकलका दुई पाङ्ग्रा  जस्तै  लागेकाले दुवैलाई साथसाथै सक्रिय तुल्याउने गर्दछु।अरुणोदय हुनु पहिले घरको धेरै काम थाली सकेको हुन्छु ।यही कारणले हो कि म सदाबहार हुन सकेको !"

 उदयले फेरि सोधे  " हजुर संग एउटा कुरा नसोधी रहन सकिन ।मैले हजुरकी छोरी एवम् उनका छोराछोरी अर्थात् हाम्रा नातिनातिनाको अत्याधिक  सुखका कुरा दर्शाउँदा पनि यहाँको मुहारमा कत्ति पनि  खुशी छाएको पाइन।तपाईं केही समस्या  परेर आउनु भएको थियो कि!"

 प्रकाशले गम्भीरतापूर्वक भने "  जीवन सधै सरल रेखामा रहन्न ।यसर्थ तपाईंका कुरा सुन्दा स्वाबलम्वनको बाटोमा हिड्न नपाएकि छोरी र  यी नातिनातिनाको भविष्य कस्तो होला भन्ने चिन्ताले साह्रै सतायो।माफ गर्नुहोला सम्धीज्यू, जति प्रयास गरे पनि आफ्नो अनुहारबाट यो पीडा लुकाउन सकिन ।"

* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।२०८० पुस १०
~~~~~~~~~~~~~~~~~
 ३७. लघुकथा -काँसकाे थाली  ✍️ रामप्रसाद पन्थी 
                       
"ढाेग गरें है सानाबा  ! " ललितजंगले भरतरामलाई ढाेग  गर्याे। भरतरामले आशीर्वाद दिए । 
" आरामै त छाै बाबु  । घरतिर के कसाे छ ? " भरतरामले  हालखबर साेधे ।
ललितजंगले भन्याे -" सबै ठिकै छ सानाे बा । अनि हजुरहरूलाई के कस्ताे छ ? 
भरतरामले सुस्केरा हाल्दै भने -" हामी बुढाखाडाकाे के नै हुन्थ्यो र बाबु  ? पाका नागरिककाे पीडा न आफन्तले बुझ्छन् ।  न राज्यले सुन्छ । अनि बाबू  ! कताबाट आयाै त ? "
ललितजंगले भन्याे - अहिले त घरबाटै आएँ सानाेबा । विदेशतिर थिएँ  । अस्ति मात्रै आएकाे । "
भरतरामले भने - "ए ! "
" गाउँ त शून्य भएछ नि सानाेबा ।  घरहरू खाली खाली भएछन् ।" ललितजंगले कुरा राख्याे ।
भरतरामले मुख खाेले " यस्तै   छ बाबू ! अनि तिमी पनि त दुई / चार दिनकाे पाहुना हाेला ? "
ललितजंगले प्रतिक्रिया जनायो " त्यस्तै भन्नू पर्याे सानाेबा । आखिर यहाँ बसेर के नै छ र ? खाेइ सानिमालाई त देख्दिन नि ? "
"तिम्री सानिमा पनि सिमापारि गएकी छन् । घरमा म बुढाे एक्लै छु ।"
 भरतरामकाे कुरा नबुझेकाे ललितजंगले जिज्ञासा राख्याे - "सिमापारि भन्नाले सानाेबा ! इन्डियातिर ?"
" हैन बाबू तेल भिसामा अमेरिकातिर । तिम्रा दाइ भाउजूलाई छाेराे जन्मियाे । उसैको स्याहार गर्न । " ललितजंगले प्रतिक्रिया जनायाे -" ए ! उसाे भए गज्जब भएछ । "
भरतरामले गुनासाे पाेखे - कहाँ गज्जब हुनु बाबू । मेराे त बिजाेग भाे ।  पकाएर खान दिने मान्छे काेही छैन । तिम्री सानिमा उता गएपछि महिना दिन थलिएँ । तै माइला दाइका छाेरा बुहारीले स्याहार गरेर बाँचियाे । "
ललितजंगले थप्याे - "पैसा पठाएकै हाेलान् नि । के फरक पर्याे र ? "
भरतराजले असन्तुष्टि प्रकट गरे - " बाबू ! विरामी पर्दा दबाइपानी  खाने कि पैसा ? "
ललितजंगले भन्याे -" त्यसाे हाेइन नि सानाेबा । पैसा भएपछि उपचार गर्न सकिन्छ भनेकाे । " 
भरतराजकाे असन्तुष्टि थप छचल्किएर आयाे । उनले भने - "हेर बाबु ! विरामी पर्दा कसले कुर्छ ? स्याहारसुसार कसले गर्छ?  पैसा अगाडि राखेर त हुँदैन हाेला ? "
ललितजंग - "पैसा भएपछि मान्छेलाई कजाउन सकिन्छ नि । मन लागेकाे कुरा झिकाउन सकिन्छ  । मिठाे मसिनो खान सकिन्छ ।"
भरतराम - भाे भैगाे बाबू । छाेडाैं यी कुरा बरू भाेकाएका थियौ कि ?  " 
ललितजंग - भाेकाएकाे छैन सानाेबा । भर्खरै खाजा खाएर आएकाे । बुढाे मान्छेले कति दुःख गर्नुहुन्छ ?"
" कहाँ त्यसाे भनेर हुन्छ । पख है त एकछिन्  " यति भन्दै भरतराम घरभित्र छिरे । भित्र छिरेकाे एकछिनमै भरतराम काँसकाे थाली बाेकेर बाहिर आए । 
उनले भने - लाै त बाबू खाजा खाऊँ । मज्जासित खानुपर्छ बाबुछाेराले । " 
ललितजंग हेरेकाे हेरै भयाे । काँसकाे थालीमा खाजा थिएन । हजार हजारका नाेटहरू सजाएर राखिएका थिए ।
लेखन मिति : २०८०।०९ ।१०
ठेगाना : रेसुङ्गा नगरपालिका २ , गुल्मी ।
~~~~~~~~~~~~~~~~~~
३६. लघुकथा१~ बोझ ✍️ कुञ्जदेवी उपाध्याय

धेरै दिन भयो दोकान सम्म नपुगेको। कसलाई भन्नु कोही सुन्दैनन्!
जानु पर्यो् आज लौरो टेक्दै। आखिरी यो लौरै त रैछ अन्तिम सहारा!
 लौरोको खट खट शब्द सुनेर झ्यालबाट चिहाएर हेर्दै बुहारी नदेखेझै गर्छिन्।
नरबहादुर आफ्नो शरीरलाई जसै तसै हिँडाउने प्रयास गर्छन। मुक्त हावाको चिसो आएर उनको मन चङ्गा गराउँछ ।ऊ अतितमा रुमलिन पुग्छन्।
यही बाटोमा एकदिन गजराज हिँडे झैँ हिँड्दा उनलाई  सबैले सलाम ठोक्ने गर्थे।
तलब लिएर आउँदा छोरा बुहारी सबै चाहापानी दिन तत्पर हुन्थे।
आज उनको बल छैन,ताकत छैन त्यसैले साथ छोडे सबैले ।बोझ भए उनी!
ट्याक्क लौरो उभ्याएर उभिएको थिए पछिबाट ट्याक्सीले पछारेर गयो ।
चुपचाप साक्षी भएर हेरी रह्यो लौरो।
भित्तामा टाँगिएका उनका साहित्यिक सर्टिफिकेट हरू देखाउँदै आफ्नो दुनो सोझ्याउने चक्कर काट्छन् छोरा बुहारी ।

असम ,भारत
~~~~~~~~~~~~~~~~~~
३५.  लघुकथा~ भर  ✍️ सविता भट्टराई

         "बुढा!हजुरको तलब कैले आउँछ?बाबुको विद्यालयको परीक्षा पनिआइसक्यो।शुल्क बुझाउनु पर्ने। "रचना गनगन गर्दै राकेश लाई सोध्छे।                                           
"खै!खुइय्या गर्दै राकेश भन्छ "आठ मैना भै सक्यो तलब न आएको।हामी शिक्षक हरु लाई सारै गारो परी सक्यो।अब त
साथी भाई ले पनि पत्याउन छाडी सके।"
         दुईदिन पछि छोरा खुशी हुँदै आमालाई भन्छ ' आमा!यी लिनुस्।शुल्क तिरेको रसीद अनि मेरो प्रवेश पत्र।छक्क पर्दै रचना भन्छे ' कस्ले तिरी दियो तिम्रो शुल्क?
    "मैले ।आमा भित्र बाट बाहिर निस्कँदै भन्नु हुन्छ।मेरो नातिलाई दुःख भएको म हेर्न सक्दिन नि।
" अनि आमा एती धेरै पैसा हजुरले कहाँबाट ल्याउनु भयो '?राकेशले सोध्छ।
 "बाबुको विद्यालय नजिक एउटा सामाजिक संस्थाले हाम्रो हिन्दू धर्ममा लोप हुन लागेको काम लाग्ने  डपरी,बत्ती,र जनै जस्ता सामग्री को तालिम सञ्चालन गरेको रहेछ।यसमानयाँ पुस्ता लाई हामी पाका नागरिक द्वारा उनी हरुलाई सिकाउँछौं।त्यहीँबाट आएको पैसाले काम चलाई दिए। "
"आमा! हजुर ले यो के गर्नु भएको ?बुहारी रचनाले आमा तिर हेर्दै भन्छिन। "
 " हेर!हामी बा आमा सन्तानको लागि भार होइन।भर हौं। आमाले मुसुक्क हाँस्दै भन्नु भयो।
जनकपुरधाम,धनुषा
‌रचना मिति/२०८०/९/१० गते मंगलबार
~~~~~~~~~~~~~~~~~~
३४. लघुकथा~ बेसहारा ✍️अङकुर चन्द

आमा लडनु भएछ ! साहारा दिएर उठाउदै  एक आगन्तुकले भन्यो ।
 अघि शौच जादा लडेकेा उठन नसकेर उठाउने कोहि नभएर त्यहि लडिराथे आमाले भनिन ।
 किन कोहि हुनुहुन्न र घरमा ?
 श्रीमान हुनुहुन्छ ,  भएर के गर्नु । बिरामि भएर थला पर्नुभएको छ ।
 छोराछोरि सपरिवार बिदेशतिर छन ।यता बारि खन्ने मान्छे नपाएर यि खेत हरु बाझो रहेको पनि धेरै भए ।
 चेाट लाग्यो होला है आमा ? आगन्तुकले सोध्यो ।

 श्रीमान थला परेपछि, छोराछोरि बिदेशिएपछि यसरि त कति लडियेा लडियेा । यसले त के चेाट लग्थ्यो र ! 
लामो सुस्केरामा उफ.....
 चेाट त त्यो सम्झिदा लाग्छ, म जस्ता धेरै बृद्धबृद्धा यसरि नै बेसहारा भएका छन । यहा मेरो देश नै बेसहारा भएको छ ।
 हेर त यो गाउ पुरै बृद्धाश्रममा परिणत भएको छ ।
बेदकेाट ४ कन्चनपुर
~~~~~~~~~~~~~~~~~~~
३३. लघुकथा~ ढोका खुलेन ✍️ मित्र 'उराठी' गौतम
उनको आँखाबाट तुरुक्कै आँशु चुहियो।
पत्नीका आँखामा पनि छचल्कियो आँशु।
जेसुकै भए पनि विदाइ गर्नु नै थियो।
"शुभयात्रा ! राम्ररी जानु।" भन्दै हात हल्लाएर विदा गरे पत्नीलाई।
छोरी अष्ट्रेलिया र छोरो अमेरीका थिए।अमेरीकामा नाति जन्मिएकोले बुबाआमालाई उतै झिकाएका थिए।
दुबै बुढाबुढीले पासपोर्ट बनाए।नाति जन्मिएको खुसीयाली,अमेरीका घुम्न पाउने अवसर, बुढाबुढी प्रफुल्लित थिए।तर अन्तिममा आएर दाँतमा ढुङ्गा लाग्यो।दुतावासले पत्नीलाई मात्र भिसा दियो।
रक्तचापको विरामी, बुढ्यौली उमेर।अमेरीका जाने आकाङ्क्षामा तुषारापात भयो।पत्नी पठाएर आफू एक्लै बस्नु पर्ने वाध्यताले निराश थिए। गलेका थिए उनी।
पत्नीलाई विदाइ गरेपछि टेक्सी चढेर घरमा फर्किए।
घर शून्य लाग्यो।साँझको खाना पकाउने जाँगर पनि चलेन।
अलिकति पानी तताएर औषधी खाइ सुते।
निद्रा के आउँथ्यो ? विविध तर्कना मात्र आइरहे मनमा।
आमा सकुशल अमेरीका आइपुगेको जानकारी गराउन मेसेन्जर डायल गरे गणेशले।निरन्तर घण्टी बज्यो तर फोन उठेन।
अलि आत्तिएर फोन नम्बर नै डायल गरे।तर फोन उठेन।
घरको छिमेकी शोभाकान्तलाई फोन गरे गणेशले।
शोभाकान्तले घरमा गएर हेरे।ढोका भित्रबाट बन्द थियो।
ढोका ढक्ढकाए।आवाज दिएर बोलाए।
तर ढोका खुलेन।
तिलोत्तमा न पा-२,रुपन्देही
२०८०।९।१०
~~~~~~~~~~~~~~~~~~~
३२. लघुकथा~ बेमेल जोडी ✍️मेघराज पौड्याल
"फूलजस्ती जुनेली भित्रिँदा पनि तेरो अनुहारबाट जून अस्ताएको अस्तायै भए त ए हरि ।" गाउँले दाजुभाइहरू सामु काकीले भनिन् ।

उनीहरू मङ्सिर महिनाको उँधौली पर्वमा गोठको पूजा गर्न भनी भेला भएका थिए । जुनेली भित्रिएको दुई दिन पनि भएको थिएन ।

हरिले गौँथलीलाई सम्झे । आफ्नो बूढो काया नियाले । गौँथली भगवान्को घर हिँडेपछि  अँध्यारो बनेको दैलो जुनेलीको आगमनले उज्यालो बनेको देखे । यद्यपि आफ्नो हृदयको बत्तीमा अझ तेल सिद्धिएको भेटे ।

~यसलाई सन्तान नभएको पीर होला ।
~गौँथलीबाट भएन; जुनेलीबाट पक्कै हुन्छ ।
~चिन्ताले गौँथली आम्मैलाई चिता पुर्‍यायो । पाठ सिक्नुस् हरि बाजे । जुनेली बज्यैलाई राम्ररी समाल्नुस् ।
~अब धनसम्पत्ति खाने वंश चल्छ, हरि भाइ । सास रहे आश हुन्छ । हिम्मतले गाडी हाँक ।

यसरी भेला भएका दाजुभाइहरूले अनेक कुरा झिके । हरिको पीडा कसैले सम्झेन ।

त्यस हुलले अरू अनेक कुरा झिकेर मजाक बनाउने छाँट देखायो । 

त्यसबाट बच्न हरिले मौनता तोड्दै भने; " मेलको रङले सुहाउँछ । हजुरबुबा र नातिनीको जोडीले बेढङ्ग तुल्याउँछ ।"

बल्ल मुख खोल्यो तर अमूर्त दर्शन छाट्यो भनेर काकीले असन्तुष्टी पोखिन् ।

हरिले स्पष्टीकरणमा भन्यो; "७५ वर्षको वरलाई २५ वर्षकी कन्या जीवन घिसार्ने माध्यम बन्न सक्छे तर वंश चलाउने आधार ह‌ैन !"
०००
कन्चनरूप-७, सप्तरी २०८० पौष १० गते
~~~~~~~~~~~~~~~~~~~~~~~
३१.   लघुकथा~ परिचय पत्र ✍️बिमला देव
   
 रत्नपार्कतर्फ  जान गुड्दै गरेको बस  पुलचौक पुगेपछि आफ्नो झोला उठाउँदै ओर्लने तरखरमा एक वृद्धले ल बाबू भाडा भन्दै पैसा दिन हात बढाए । कन्डक्टरले अरू १५ रूपैया दिनु भनेर अडान लियो ।

"पाका मान्छेको भाडा आधा मात्र लिइन्छ भन्ने
सुनेको थिएँ, हैन र ?" वृद्धले भने ।

कन्डक्टरले भन्यो, "त्यसो भए त बा, जेष्ठ नागरिक परिचय पत्र देखाउनुस् त ।"

 "परिचय पत्र  त मसँग छैन ।" वृद्धले विवशता ओकले ।

"त्यसो हो भने खुरुक्क फुल भाडा निकाल्नुस् ।" कन्डक्टर टसको मस भएन । वृद्धको अनुनयविनय जङ्गलको रोदनमा परिणत भयो । कन्डक्टरले कठालोमा समाएर वृद्धको हुर्मत लिन खोज्यो ।

वृद्धले पनि नजिकै उभिएको ड्युटीको प्रहरीलाई बोलाएर भने, " ए बाबू, यस कन्डक्टर भाइलाई वृृद्ध परिचयपत्रको अर्थ बुझाइदिनुस् त । नब्बे टेक्न लागेको बूढो  अस्थिपन्जर भएको म सिङ्गो परिचयपत्र सामुमा उपस्थित छु ।"

राजविराज-२,  राजदेवी रोड , सप्तरी ।
मिति-- २०८० | ९ | १० |
~~~~~~~~~~~~~~
३०. लघुकथा- कचकच् ✍️मानसिंह धामी

तुलसा अर्थात खिलेनी बाईस मसलाकाे सेवन गर्न थालेदेखि थाेरैथाेरै तंग्रिदै आएकि थियी । खिलमान पनि कतै पर जाँदैन् अचेल, मानौ काेत नै समालेकाे हाेस् ! तुलसाकाे अठहत्तरौ  जन्मदिन पनि २५ दिनपछि आइरहेकाे छ भन्ने रैवार* छ ।

तुलसाले भनि "कान्छीले आँउला भनेकि छे, जेठाका त के आउथे चार वर्ष नभई ?" 
खिलेनी एकएक गरि आफ्नोे सन्तानकाे नाम लिदै फतफताइ रही पिढिमा, नाति नतिनाका पनि पांच छ वटाकाे त उस्ले मुख देखेकी पनि थियीन् ।
"नातिनतिनाकाे मुख नदेखाएर नमार भगवान" भनिरहन्थी । खिलमानले खिचडि पस्केर पिढिमै ल्यायाे दुवै जानाकाे लागि!

खिलेनीले नाक खुम्च्याउदै भनि," खिचडिमा तरकारि समेत मिसाएर पकाएछ,  भांडा माझ्नकाे अल्छीले !"

खिलेले भन्याे, "सन्ताेष मानेर खाए पाे स्वाद हुन्छ, चाडै तङ्ग्रिन्छ । खिचडि भनेकाे धेरै मिसौटाे भए झन् राम्राे हुन्छ !"

तुलसाले अनुहार विगार्दै चाखि र फिसिक्क हांस्दै भनी, "बुढाले जसरि पकाए पनि मिठाे त हुन्छ हाे, चटनी मागे कुटौला त ?"

"अमिलाे पिराे नखानु भनेकाे छ वैद्यले । चिल्लाेचाप्लाे, चिनिसिनि पनि कम खानु भन्छन्", खिलेले अचारकाे भांडाेबाट अदुवा, लसुन  र अमलाका टुक्रा खुर्सानिका दिउला* टकटकाएर  थपिदियाे, मरिचका गेडा पनि थपिदियाे । खिलेनीले चाटिचुटि खाएकाेलाई खिलेले तङ्गरिने लक्षण ठान्याे।

खिलेनीले साेधि, "बुढा, तिमिले जस्ताे स्वादिलाे मैले पकाउदा किन् हुदैन हँ ?"

खिलेले भन्याे, तिमी एक्लै पकाउछौ, तिम्राे मन मुखै नदेखेका नातिनतिना खाेज्दै हाेक्काईडाे र लसएन्जिलस् तिर डुलिरहन्छ । आधा डढेपछि समेल्छौ,अनि"....!

"पूरा मनध्यान लगाएर सफा र शान्त मनले  पकाए किन मिठाे हुदैन् ? खानाकाे स्वादमा पकाउने मान्छेका मायाकाे एकचित्तले भुटनकाे काम गर्छ। कचकचे मान्छेले पकाएकाे खानामा पनि कचकच समेत मिसिएकाे हुन्छ यसैले...!"

खिलेनी झनक्क रिसाई। "एक महिना पकाएर खानदिए भन्दैमा विरामि मान्छेलाई पनि वचन लगाउने भए छौ है!"
खिलमान  "लौ लौ, माफ गर" भन्दै भांडा उठाएर जुठेल्नातिर लाग्याे।
दिउला*= बियाँ, विउ
रैवार*= सुचना, खवर , सन्देश
२०८०/९/९
  मानसिंह धामी,कैलाली।
--------------------------

२९. लघुकथा- बाकाे बड्डे ✍️प्रह्लाद दवाडी
 
आज बा ले बिहानै उठेर लामो पूजा गरे। संख ध्वनि धेरै वर पर सुनिएको थियो। आमाले सबै छोरा छोरीलाई आज बा काे बड्डे हो है भनेर सुनाइन्। बेलुन झुन्ड्याएको, केक काटेको, चारै भाई छोराबाट गिफ्ट थापेको कल्पना  सँगै घुटुक्क थुक निलिन। 
"आज बाबाको जन्मदिवसमा आयु , आरोग्य , ऎश्वर्य , यश वृद्धि हवस् भन्ने शुभकामना सहित चरण कमलमा साष्टांग नमन गर्द्छु।" सबै भन्दा पहिला करेसो जोडिएर बसेको बा काे माइलो छोराले भएभरका सामाजिक सञ्जालमा सन्देश हाल्यो।  बा का थुप्रै मान्छेले जन्म दिवसको शुभकामना दिएको टिप्पणी आयो। सञ्जालमा जन्म दिवसको कार्यक्रम भब्य बन्यो।  कति ले त फोन नै गरेर छोरालाई बा को शुभकामना दिएका हुन। 
ला हौ म पो ढिलो भएछु भनेर बा काे साइँलो छोरो गाडी लिएर बा को घरमा गयो र हाप्पी बर्थ डे बाबा भन्दै एउटा ढाका टोपी ओडाएर गोडामा ढोग गर्यो अनि केही रूपियाँ हातमा हाली दियो। केही बेर भला कुसारी पछि ऊ आफ्नो बासस्थान फर्कियो। 
 यो थाहा पाएर बा काे जेठो छोरो आफूले सके जति गर्नु पर्छ भन्दै बा काे गोडामा ढोग गर्यो। "मलाइ त थाहा थिएन आज बर्थ डे भनेर। अहिले थाहा पाएर कति काम छोडेर आएको"  भन्दै ऊ आफ्नो घर तिर लाग्यो। 
छोरीले घरबाटै मोबाइल मा केक बनाएर " हाप्पि बर्थ डे बाबा" लेखेर सन्देश सम्प्रेषण गरिछे।  बुढा मख्ख थिए। 
कान्छो छोरा सहरमै बस्छ, बुहारीलाई  बा को घर गनाउँछ भनेर  गाउँमा आएन। 
जति रात पर्दै गयो, उति आमाको सपना उल्टा हुँदै गयो। 
"आज बा काे बर्डे, हिस् गर्न आउँदउन" ? आमाले अङ्ग्रेजी मिसाउँदै सोधिन्। 
"म त भ्याउँदिन"
"बा छाती दुख्यो भन्दै छन्। 
"अहँ, म त भ्याउँदिन"
"मिठाई खान भए पनि आओ न।"
"त्यो तल्ला घरेलाई किन्न पठाएको मिठाई खान आउँदिन। अरु थिएनन् मिठाई ल्याइदिने?"
करेसो जोडेर बसेको बा को माईलो छोरो आज दर्शन गर्न बा काे घर आगनमा पाइला टेक्न पनि आएन।
साँझमा बा एक्लै सिकुवामा बसेर हातमा मोबाइल बोकेर फेस बुकमा शुभकामना हेर्दै थिए।
" के मोबाइल मात्रै हेरिराको ?" बुडीले बा लाई कराईन्। 
"यहाँ मोबाइलमा वात्सेप, फेसबुकमा मेरो जन्म दिवसको शुभ कामना सन्देशहरू हालेको रहेछ अनि हेरेको नी।"
आफ्नै छोरा छोरी त बड्डे भन्न आउँदैनन्, के हेर्नु त्यो मोबाइलमा लेखेको?"
"चराले पखेटा लागेर आफैं चारो खान थाले पछि आफ्नो माउकाे आवश्यकता पर्दैन र ख्याल गर्दैन नी, त्यस्तै हो। "
" अनि हाम्रो चै काे छ अब? 
"हामी पाका मान्छेको बड्डे एस्तै हो नी। छोरा छोरी भ्याउँदैनन्।  यहाँ मोबाइलमा कति बेसी सन्देश ,  लाइक र कमेन्ट आएको छ। आफ्ना छोरा छोरी भन्दा बेसी। यही हेरेर रमाउनु पर्छ, खुशी मनाउनु पर्छ। यी यहाँ हेर न केक , मिठाई , गिफ्ट र बलुन त कति हो कति मेरो बड्डे काे। बुढेसकालमा सहारा यही मोबाइल ठीक छ ।"
(२३ दिसम्बर २०२३)
ठेगाना: लिङमो पेपथाङ, सिक्किम। 

--------------------------
२८. लघुकथा- सपना ✍️नारायण कोइराला

छेपारोलाई नियालेर हेरेँ।लम्पसार थियो।मलाई जिस्क्याउन मन लाग्यो।सानो ढुङ्गाले हानेँ।
उठ्दै उठेन।अझै नियालेर हेरेँ।कतै मरेको त होइन।
नजिकै गएँ। श्वास चलेको थियो।पेट डम्म फुलिएको ।छेपारो अलि बुढो नै रहेछ।अनि आरामको मुडमा पनि।
सोचेँ,बुढो छेपारोलाई के जिस्काई रहनु।अगाडि बढेँ।
छेपारो बुढो भएर आराम गरेको रहेछ।आँखामा देशका बुढा नेताको तस्बिर आयो।
मनमा परिबर्तनसील सपना। बुढो छेपारोले झैँ हाम्रा बुढा नेताले पनि कुर्सी छोडेर आराम गर्ने कहिले?
तानसेन,पाल्पा
-------------------------

२७. लघुकथा- उमेर  ✍️रञ्जुश्री  पराजुली

साठी बर्षका हजुरबा र दस बर्षको नाति साथीजस्ता  थिए । नाति रमेश स्कुलबाट आए पछि हजुरबालाई देखेन भने अँध्यारो मुहार लगाएर "आज हजुरबा कता जानूभयो खै मलाई लिन बस स्टप आउनुभएन  ।" भन्दै यताउती खोज्न थाल्थ्यो ।

रमेश होमवर्क बाजेसङ्गै गर्दथ्यो । कहिले साथीलाई पनि भेटाउन ल्याउँथ्यो । हजुरबा पनि स्फुर्तिला थिए । छोरा  बुहारी काममा जानेहुनाले घरको काम उनीहरुलाई भ्याई नभ्याई हुन्थ्यो । तीन बर्ष अगाडि बुढी बिते पछि केही समय उनी एक्लो जीवन झोक्राएर  बिताउंन थालेका थिए । त्यही बर्ष उनी रिटायर्ड पनि भएकाले समय बिताउँन कष्ट भै रहेको थियो । उनको परिवार नै शिक्षीत  थिए । छोराबुहारी दुवै ईन्जिनियर, उनीआफु पनि प्राध्यापक भएकोले परिवार चेतनशील थियो ।

बुढी बित्नु र अवकाश  पाउनु एकै पटक परेकोले उनी कतै नजाने, झोक्राएर बस्ने गर्न थालेका थिए ।

एकदिन उनले एउटा पुस्तक पढ्दै गर्दा स्वस्थ रहने केही बुंदाहरु फेला पारे र त्यसैलाई अनुशरण गरेर समय बिताउन थाले ।

बिहान भन्छामा बुहारीलाई तरकारी काट्कुट गरेर सघाउने, नातिलाई बससम्म पुर्याउंन जाने,  लिन जाने, गृहकार्य गराउने । साँझ पख आफू वाकमा जाने गर्न थाले । उनको स्वास्थ्यमा सुधार आउन थाल्यो । तर जोरीपारी, नातागोता "बुढी बिते पछि एक्लो बाउलाई घरमा नोकरको  थन्कोको राखेका" भनेर कुरा काट्न थाले ।

त्यस्तो कुराले उनलाई केही असर परेन । काममा ब्यस्त हुँदै जाँदा तन्दुरुती बढ्दै गयो ।

नातिको प्रथमीक स्कुलमा अभिभावक दिवसको दिन उनलाई प्रमुख अतिथीको रुपमा बोलाएको बेला केही बोलिदिन भनियो । उनले बुढेसकाल तंन्दुरुस्त बाँच्नको लागि गृहस्थीमा रमाउनु अति आवश्य  भएकोले ओहोदा र इज्जत जान्छ भन्ने सोच त्याग्नु आवश्यकका साथै नातिनातिनासङ्ग रमाउने गर्नु आवश्यक रहेको र आफु त्यसै गर्ने गरेकोले स्वस्थ्य रहेको भाव व्यक्त गर्दछन् । अभिभावक पाहुनाहरुले ताली बजाएर स्वागत गरे ।

अमेरिका

------------------------------------------------------
२६. लघुकथा- थाहा भएन ✍️मीना देबकाेटा

मैले हजुरबालाई र हजुर आमालाई पहिलाे चाेटि प्रश्न गरेछू- हजुरआमा तपाईं किन निउरियर हिड्नुहुन्छ ? मजस्तै सिधा उभियर हिड्नुन अनि हजुरबाले लठ्ठि किन समाउनु भाकाे कुकूरलाइ पिट्न हाे ?

हजुरआमा भन्नुहुन्छ- नानिलाइ खेलाउन हँसाउन कुप्रि परेकि हाे  अनि बाले लठ्ठि चै हिन्दा खेरि लड्न दिदैन कुकुर धपाउन हाे
मैले फेरि प्रश्न गरेछू- हजुरबा तपाइले किन मकै भटमास मुला मेवा नखानु भाकाे दाभुट् खान मन लाग्या छ ?
-हैन मेरा दाँत छैन चबाउन सक्दिन तेसैले 
-मेराे त दाँत छ त तपाइँकाे किन नभाकाे ?  म बुढाे भाकाे दाँत फुक्लेर गाकाे नानि काे त अझै उम्रन्छनी  तेसाे भय म मकै चपायर दिन्छु ल तपाइलाइ । 
-हजुरबा मन अमिलाे पार्दै- भाे नानी म अघायर  नखाकाे तिमी खाउ ।
-अनि हजुरआमा तपाइकाे कपाल किन सेताे भाकाे पिठाे लाकाे हाे ?
-हैन फुलेकाे 
-किन फुलेकाे  के गरि फुलेकाे  गमलाम फूल जस्तै पानी हालेर हाे ?
हजुरआमा -हैन नानिहरुलाइ रँगिचँगि देखाउन गमलामा फूल राताेपँहेलाे मेराे कपाल सेताे सबै थरि राम्रमेा देखिन
-अनि अनि अघिनै नि माम खाँदा हजुरबालाइ किन हिक्क भाकाे भन्नुन 
-माम खादा झगडा गरेर दालतर्कारि नखाने भनेर हात नधाेइकन खान थालेर निस्तै मामकाे डल्ला मात्र चिसाे भयपछि खायर भाकाे 
-अनि हजुर बा चै मेराे बाबासँग अपिसमा खेतमा काम गर्न किन नगाकाे  
-थकाइ लागेर बाबाले जानुपर्दैन भनेर हाे 
-अनि उ पल्ला घरकाे मेराे साने साथिकाे हजुरबा किन मरेकाे 
-भगवानले बाेलाउनु भाकाे आकाश्मा अनि हिडेर जान नसकेर उडेर जानुभाकाे
-अनि तपाईं र हजुरबा किन रूनु भाकाे   
-पानी खाकाे धेरै भयर आँखाबाट फालिदियकाे ।
हजुरआमा- अनि तिमिले मेराे काखमा किन आचि गरिदियकाे 
नानी- ला, थाहै भएन ।

सर्लाही
~~~~~~~~~~~~~~~~~~~

२५. लघुकथा - साहारा  ✍️अनुग्रह राना मगर 'पुष्प'

"बिरामले थलिएको पनि धेरै भयो। उपचारको क्रममा धेरै ठाउँ धाइयो। भए भरको सम्पत्ति पनि सकियो। रोग पत्ता लाग्नै सकेन । कहिले कहिँ त बलजफ्ती गर्न खोजेँ। तर भएन। मुढो लडेसी के ले उठाउने र .. ?"

"मस्तिष्कले त भन्छ उठ उठ । मस्तिष्कले मात्र भनेर नहुने । हात पाउमा पनि शक्ति भए पो हँ मा हँ हुने रहेछ। हारिस् केटा जिन्दगीमा यति नै रहेछ गर्न सकेको मनमनै भनेँ।"

"उता म थलिएको कारण बुढा बा! दिनरात हार गुहार माग्दै मेरो थप उपचारको लागि विभिन्न संघ संस्था , मेडिया प्रती हात जोड्दै बिन्ती बिसाई रहेको थियो। "

"कसैले सुन्या हैन । सुन्नेहरुले आशा देखाएर फर्कने बाटो बिर्सि सके। छिमेकी पनि तर्केर पराई भइ सके। हे इस्वर! अब तपाईं बाहेक कोहि छैन । मेरो छोराको जीवन बचाइ दिनुहोस् भन्दै पुकारा गरि रहेको थियो। यो कुरा सुनेर म घुँक्क घुँक्क गर्न थालेँ।"
"बा! ले थम्थम्याउँदै आँखा भरी आँसु पारेर भन्नुभयो के गर्छस् बाबू । तेरि आमाले पनि तँ सानो छदैँ छोडेर गइन् । अब तँ बाचुन्जेलिको साहारा म बूढो बा! छ्दैँ छु नि पिर नगर।

पाँचखपन नपा - ६ संखुवासभा ।
~~~~~~~~~~~~~~~~~~~
२४. उत्तरकथा~ परावलम्बी ✍️नन्दलाल आचार्य 

"तपाईंहरूको कृपाले म जागिरे भएँ आमाबुबा !" जीवनमा नपाएको उपलब्धि हात परेपछि आमाबुबा सामु खुशी ओकलेँ ।

बुबा मुस्कुराउनुभयो । आमाले स्नेहको हत्केलाले आँखातिर झरेको मेरो केस पछिल्लतिर लग्दै मेरो टाउको मुसारिदिनुभयो ।
बुबाको अनुहारमा म जवान भएँछु र फिस्स मुस्कान भेटेँ । आमाको नजरमा म गधापच्चिसीको भएर पनि अझै सानै रहेँछु र सुम्सुम्याहट भेटेँ ।

मैले ठानेको थिएँ- आमाबाबु दुबैले छरछिमेकीलाई मिठाई बाड्नुहुनेछ । छोरो जागिरे भएकोमा गर्वबोधले छाती चौडा पार्नुहुनेछ । यस उपलब्धि र मेरो बखान गरेर थाक्नुहुन्न । अरूलाई पनि मेरो स्तुतिगान गर्न वाध्य पार्नुहुनेछ । तर उहाँहरूले मेरो सोचाइ  सडकमा उड्ने धुलोकसिङ्गरमा परिणत गरिदिनुभयो ।

"आखिरमा मेरो उपलब्धि किन तपाईंहरूको आँखामा बिझायो ?" मेरो तर्फबाट प्रश्न विष्फोट भयो ।

मुख बिगार्दै बुबाले भन्नुभयो; "तैँले हाम्रो सपना कुल्चेर हामीलाई घायल बनाइस् त्यसैले ।"

नियुक्तिपत्र थम्याउँदै म कुर्लें; " म जागिरे भएको हुँ; फुटपाथेबाट ।"

लामो श्वास तानेर बुबाले भन्नुभयो; "त्यही त, तैंले आफ्नो खुट्टा बिक्री गरेर बैशाखी टेकेर आइछस् ।"
 २०८०-०९-१० सिर्जनाकुटी, सिरहा ।
(यो लघुकथाकार बासुदेव तिमल्सिनाको लघुकथा 'संस्कार' को उत्तरकथा हो ।)
~~~~~~~~~~~~~~~~~~~

~~~~~~~~~~~~~~~~~~~

२३. लघुकथा~ संस्कार ✍️ बासुदेव तिमल्सिना (दोस्रो)

“आजको इन्टरभ्यूबाट म पास भएँ भने म यही काठमाडैंमा फ्ल्याट लिएर बस्नेछु बुबाआँमाको किचकिचबाट मुक्ति पाउने थिएँ ” रमेशले मनमनै कल्पना गर्यो ।

अझ थप उसको मनमा आयो, “कोठाबाट बाहिर आयो आमा कराउन थाल्नुहुन्छ, ए रमेश ! बत्ती र पंखा निभाइस् ? नुहाएर बाहिर आयो फेरि फरमान जारी हुन्छ, ए रमेश ! धारो बन्द गरिस् ? टाबेललाई कता फालिस् ? घाँममा सुकाइस् ?”

घर बाहिर गयो, बुबाको अझ कडा आदेश घोषणा हुन्छ, "गेट बन्द गरेर जा है । बेलैमा घर फर्कनु नि । नबरालिनु बिना काममा । म त वाक्क हुन्छु ।”

यस्तैमा माथिबाट इन्टरभ्यूको लागि बोलावट हुन थाल्यो । अब उसको पालो आयो । भित्र पस्यो । प्यासेजमा बिनामान्छे पंखा चलिरहेको रहेछ । चित्त बुझेन, बन्द गरिदियो । भर्याङ उक्लिदा देख्यो बिनाकामको बत्ती बलिरहेछ । निभाई दियो । फेरि बाटोमा एउटा कुर्सी थियो, त्यसलाई पनि भित्तातिर सारिदियो । बोसको कोठामा छिर्यो ।

भित्र पस्ने बित्तिकै बोसले भन्यो, “तिमी पास भयौ । काममा कहिलेदेखि आउँछौ ? मैले आज सि.सि. क्यामेरा राखेर सबैको व्यवहार हेरें । मैले लिने इन्टरभ्यू नै यही थियो । तिम्रो बुबाआमालाई मेरो सलाम छ । तिमीलाई यति राम्रो संस्कार सिकाएछन् ।”
लालबन्दी, सर्लाही   
रचना मिति ः २०८०।०९।१०
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~

२२. लघुकथा~ पीडा उद्बाेधन  ✍️याेग भैरव गेलाल
"बुवा म पढाइ छाेडेर अहिले बिबाह गर्दिनँ , बिबाह त मेराे हाे नि , यसमा मेराे ईच्छाकाे कुनै अर्थ छैन त ? " सुरुचीले बिनम्रताका साथ  अाफ्नाे विचार राखिन ।
  " तिमी यस्ता कुरा नगर छाेरी , थाेरै लेख पढ गरेपछि छाेराछाेरीले बाबुअामालाई शत्रु नै ठान्नु राम्राे हाइन नि । उनीहरूले  कहिले पनि अाफ्ना शन्तानकाे अहित चिताउँछन त ? " बाबू जितानन्दले अलि बढी अाफ्नाे निर्णयलाई पुष्ट्याईं गर्दै थपे । 
   " तपाईंलाई म अाफ्नाे शत्रु अाफै हुँ भन्ने लाग्छ भने त मेराे भन्नु केही छैन ; तर मेराे बारेमा राम्राे वा नराम्राे साेच्ने पहिलेा ब्यक्ति मै हुँ र मेरी अामा कै जीवन भाेगाइलाई हेरेपछि मैले के गर्नु पर्छ भन्ने  राम्ररी बुझेकी छु । म मेराे जीवनकाे निर्णय गर्दा पूरै मेराे ईच्छा विपरीत सम्झाैता गर्न चाहिँ सक्दिन । " सुरुचिले दृढता पुर्वक अाफ्नाे पक्ष राखिन् ।
    अामा नम्रता सबै कुरा सुनेर पनि केही बाेलिनन् , केवल छाेरीलाई एकाेहाेराे हेरिरहेका उनका अाँखाबाट बगिरहेकाे अाशुकाे भेलले अाफ्नाे वकपत्र दिइरहेकाे थियाे ।  छाेरी सुरुचीले अामाका अाँखामा हेरिन र अाफ्नाे शिर उठाइन अनि अाफ्नाे अाशु पुछेर अामालाई अङ्गालाे हालिन् । अामा नम्रताले छाेरीकाे शिरमा हात राखेर सुमसुम्याइन । छाेरी सुरुचीलाई अामाकाे हात अाशिर्वाद र प्रेरणाकाे स्तम्भ  जस्ताे लाग्याे। 
    बाबू जितानन्द अामा छाेरीलाई अाँखा तर्दै बाहिर निस्के ।
~~~~~~~~~~~~~~~~~~~

२१ लघुकथा~  परिवर्तन् ✍️बाँस्कोटा धनञ्जय

‘ए हजुर, के भएको नि यहाँलाई यतिखेर ?’, ढकाल्नी बडीआमाले बडाबालाई चिया पस्केर अगाडि राखिदिंदै भनिन् । 
‘केही भएको छैन त, डल्ली ! किन यस्तो प्रश्न गरेकी ?’, बडाबाले आश्चार्य प्रकट गरे ।
‘केही बर्ष भयो, यहाँको यो अर्को रुप देख्न पाएको ।’
‘मेरो अर्को रुप त छैन हउ, डल्ली ! एउटै रुप म नै हुँ ।’
‘तपाई के के नानाभाँती बोल्न थाल्नु भएको छ ।’
‘के बोलें त्यस्तो, हैट !’
‘के रे, मेरा आँखा चखेबाका जस्ता रे । मेरो आवाज कोइलीको जस्तो रे । मेरो शरीर बारुले रे । मेरो कपाल सिल्की रे । मेरा खुट्टा सीताका पाइला रे । मेरो नजर नशालु रे । मेरो छाति मेनकाको जस्तो रे । मेरो हिंडाइ हातीको जस्तो रे । मेरो लवाइ हेमा मालिनीको जस्तो रे । के के हो के के !’
बडीआमका यी कुरा धैर्यताका साथ सुनिरहेका बडीबाले मुख खोले, ‘अरु धेरै त भन्न नै बाँकी छ । तिमीले छुटायौ धेरै बुँदाहरु । तिम्रो प्रेम पार्वतीको जस्तो । हरपल शिवजीलाई साथ दिने । तिमी मेरी गोपिनी, म कृष्ण । मैले गीत गुन्गुनाउँदा भाबुक बनेर नाच्न खोज्छौ । तिमी मेरी नर्स । कति स्याहार गरिराखेकी छौ मलाई? तिमी मेरो धडकन । मेरो स्वास बन्द हुन्छ तिमी संगै नहुँदा ........’
‘भो, यो नौटङ्की ! अनि पहिला छोराछोरी जन्मिएपछि जिम्मेवारीबाट भागेर भारत जानुभयो । धेरै बर्ष आउनुभएन । न त खबर, न त मान्छे । ढकाल जेठाले उतै बिहे गरेर घरजम गरेको छ भन्नेहरुका मुख पनि टाल्नुभएन । मसंग बस्दा झर्को लाग्थ्यो । मैले बोलेको किचकिच भन्नुहुन्थ्यो । मैले खाएको लाएको ढर्ररा भन्नुहुन्थ्यो । मेरो प्रेमलाई वाइयात भन्नुभएको होइन ? भारतबाट आएपछि चाहिं यो सब नाटक किन चलिराखेको छ हजुरको, थाहा छैन ।’
‘बल बैंस हुँदा खुब रोमान्टिक हिरो जस्तो सम्झिएर तिम्रो महत्व बुझिनँ । आज बुढेसकालतिर लागेपछि श्रीमतीको अर्थ बुभ्m थालें, डल्ली ।’
‘राम्रो रुपान्तरण ! तर अलिक ढिलो आएको रुपान्तरणलाई पन िस्वागत गर्नै परेको छ’, मुस्कुराउँदै बडीआमाले चियाको गिलास उठाएर बडीबाको हातमा थमाइन् । र बडीबाका गालामा चिमोटिन् ।
बडीबाको मन रमाएको देख्न सकिन्थ्याे । 
दमक, झापा
~~~~~~~~~~~~~~~~

२०.  लघुकथा~ संस्कार ✍️सोम कुमार सुब्बा

बिरधोज धार्मिक स्वभावको व्यक्ति थिए।उनि बिहानै उठथे,पूजापाठ गर्थे।दिउँसो केही न केही काममा आफूलाई व्यस्त राख्थे।औ साँझपख सिकुवामा बसेर रामायण पाठ गर्थे।यो उनको दैनिक क्रम थियो।
केहीदिनदेखि उनि ओछ्यानमा थला परे।छोरो मनोजले उनलाई अस्पताल लैजाने आग्रह  गरे।उनले प्रतिवाद जताउदै भने -
"सत्तरी वर्षको उमेर पुग्यो,अहिलेसम्म अस्पतालमा खुट्टा टेक्या छुइन,अब यो मर्ने बेलामा जान्न!"
मनोजले जिद्दी गर्‍यो,उनले नमान्दै भने -
"छोरा,बरु सक्छ्स भने बिहानबेलुकी यसो धर्मशास्त्रको कथाहरु पढेर सुना न,मेरो त आँखाले अक्षरहरू ठ्म्याउन छाड्यो।"
त्यसदिनदेखि मनोजले बालाई धर्मशास्त्रहरू पढेर सुनाउन थाले।
एक साँझपख।मनोज पढ्नलाई तयार भए,तर पुस्तक भेटेनन।यथासम्भव खोजे,अँह भेटेनन।अन्त्यमा छेवैमा पढदै गरेको उनको सात वर्षिय छोरोलाई सोधे -
"बाबू, तिमीले हजुरबालाई सुनाउने पुस्तक देख्यौ?"
"अँ, मैले राख्या छु।"
"किन राखेको!"
"अन्त,तपाँईंले जम्मै पढनु भो भने,पछि तपाँई बुडो हुँदा म के सुनाउनु?"

२०८०/०८/०८
लिङ्दोक,पूर्व सिक्किम।
~~~~~~~~~~~~~~~~
१९. लघुकथा~ ट्रक ड्राइभर   ✍️योगप्रसाद उपाध्यय चापागाईं

ट्रक ड्राइभर पुन ट्रक अनलोग गराउदै चिया पसलमा बसिरहेका थिए । नजिकै एउटा भत्केको छाप्रोबाट आएको आवाज सुने र त्यता गए । 

"यस्तो ठिहीमा किन कक्रिएर बस्नुहुन्छ बाबै ! म न्याना लुगा ल्याइदिन्छु ।" पुनले तातो चियाको कप थमाउँदै बेसहारा ती बाबैलाई भनें । बाबैले चिया पिए । आशाका नजर दौडाए र फेरि कुङलिङ परेर भुइँमा सुते । 

"विचरा बाबैका कोहि छैनन होला ॽ घरमा पुराना कम्बल र न्याना कपडा राख्ने ठाउँ छैन । घर गएर कपडा लिएर आउछुँ ।"
पुन अनलोड सकेर घर गए । घरमा राजेलक्ष्मीमैयाले ओछ्यान माथि कपडा थुपारेकी थिन् । पुनलाई थकाइ लागेको थियो । कपडा यत्रतत्र फाले तर बाबैको कुरा सम्झिन सकेनन् । 

आफुले मरिमरि धोएर ओछ्यान माथि राखेको लुगा पुनले यत्रतत्र फालेको देखेर राजेलक्ष्मीमैया रिसाइन । भैँमा छरिएका कपडा उठाएर राखिनन् ।
हिजो हुत्याएका कपडाले भोलिपल्ट बिहान पुनलाई सम्झायो ।  पुन कम्बल र लगाउने तातालुगा बोकेर बाबै भए ठाउँमा पुगे । 

बाबै चिसोले रातिनै बितिसकेका थिए । पुनलाई पछुतो भयो । भने- "सुखमा दुखको कुरा सम्झना कहाँहुन्छ !" पुनलाई आफु पापी बनेको ग्लानि भयो । 
***
~~~~~~~~~~~~~~~~
१८. लघुकथा~ स्वप्नभङ्ग   ✍️लक्ष्मण ज्ञवाली   

प्रोफेसर  टि एन  थकित अवस्थामा घरमा पुगे । कार्यबोझ ले पस्त उनि आफ्नो वातानुकूलित शयनकक्षमा प्रवेश गरे र बिस्तरामा पल्टे।

उनी, पाहुना प्रोफेसर तथा बरीष्ठ कानुन विज्ञ भएकाले आज दिनभर  युनिभर्सिटीको  क्लास, बहस  ,परामर्शका कामले  थकित थिए ।

उनी ८०वर्ष पार भैसकेका  एकल व्यक्तित्व  हुन् ।उनका एक छोरा  र दुई छोरी सबै उच्च शिक्षा हासिल गरेका सन्ततीहरू युरोप अमेरिका तिर व्यवस्थित भइ बसेका छन् ।

श्रीमती साधना छँदै  झण्डै २ वर्ष जति  विदेश भ्रमणको अनुभव पनि  बटुलेका हुन् उनले । तर, श्रीमतीको  देहावसान पछि भने बिदेश जाने रूचि देखाएनन् ।अहिले   उनी स्वदेशमै  एकल जीवनको उत्तरार्धका कष्टपूर्ण दिनहरू  व्यतित गरीरहेका छन् ।

मस्त निद्रामा परेपछि उनलेआफ्नो किशोर  वय देखिको  अनुभूति निन्द्रामै  देखे ।

"कलेज दोस्रो वर्षको विद्यार्थी म  र  भर्खर एस एल सि दिएर बसेकी साधनाका  विच बिहेको कुराकानी चल्यो ।
आफन्तहरूबाट परस्पर देखाउने काम भयो । 
दुबैका आँखा जुधे । त्यो पहिलो नजरको गहिराई  र उचाई यति  व्यापक थियो  जसको मापन  फिताले संभव थिएन केवल अन्तरमनले गर्न सकियो होला । 
हामी विवाह बन्धनमा  बाँधियौं ।"

दुबैजना पढ्दै पढाउदै बिहे गर्यौं ।उनको विगतको रिल घुमिरहेको थियो ।उनी भनी रहेका थिए-
वच्चा जन्मायौं ,हुर्कायौं  ,पढायौं , लेखायौं ,बिहे दानपछि  आ-आफ्नो भविष्यकालागि   भन्दै बचेराहरू  गूँढ छाडेर टाढा टाढा  भए ।
निद्रामै आएर साधनाले सोधिन् -"हजुरले आज खाना नखाई सुत्नु भएको ? "
"हैन हैन खाएको हुँ "प्रोफेसरले जवाफ  फर्काए। 
"खै त भान्सामा केही पाकेको देख्दिन त ! हजुरले ढाँट्नु भा को ? "साधनाले  प्रश्न गरिन् । 
"तिमी आउन बेर गर्छ्यौ भनेर  क्यान्टिनमै खाएर आएको नि !" उनले जवाफ  दिए ।

"हेर हेर यो दाह्री ,कपाल  ! म गएदेखि त  हजुरले दाह्री ,कपाल काट्न पनि छोड्नु भएछ । न  त खानको ठेगान  ,न  त हिंड्नु -सुत्नुको ठेगान ।यसरी पनि जीवन चल्छ ?" साधनाले चिन्ताभाव प्रकट गरिन् ।  

"सबै काम तिमी आएपछि गरौंला भन्दै थाती राखेको थें ।"
तिमी आउन ढिला गर्यौ नि  त ।उनले आशाभाव प्रकट गरे ।
प्रोफेसर टि एनले साधनालाई  अंगालोमा बेरे  ,आ -आफ्ना जीर्ण क्लान्त शरीरका ढुक ढुक गर्ने मनमुटुहरूलाई सुने । 
प्रोफेसर टि एनले साधनालाई सिरकको घुम्टोमा लुकाएर मनका कुरा सुनाउन चाहन्थे ।साधनाको शीर सुमसुमाउँदै   उनी भन्दै थिए  "साधना तिमी छ्यौ र त म छु । तिमी बिना  मेरो पल पल अधुरो छ, अपाङ्ग  छ । तिम्रो साथ छुटेपछिको  मेरो यात्रा  दुरूह  छ,   तिमी मलाई छोडेर  कतै नजाउ है ।"  उनले अलिक जोड लगाएर  सिरक तान्दा पलङको नजिकै राखेको पानीको जग पल्टिएर  आएको छन्द्रङ्ग आवाजले  उनको निद्रासँगै मिठो सपना पनि भङ्ग भयो ।  
 तिलोत्तमा  १ नीलगिरि पथ , शंकरनगर  रूपन्देही    २०८०/ ९/८
~~~~~~~~~~~~~~~~
१७.  लघुकथा~ शोभा  ✍️ शुक्रराज कुँवर

 सरोज आफ्नो घरको करेसाबारीमा टहल्दै थिए । त्यसैबेला  "के छ हो ..? सरोजबाबु " भन्दै उसको साथी मोदनाथ टुप्लुक्क देखा परे ।
 "अरे...! ठिकै छ यार । अकस्मात आज कताबाट हो ?" सरोजले आत्मियता दर्शाउँदै साथीलाई स्वागत गरे ।

  दुई जना मिल्ने साथी । लामो समय पश्चात भेट भएको लामै कुराकानी भयो । कुराकानीकै क्रममा सरोजले बाबुआमाको हालचाल बारे जिज्ञासा राखे ।

   मोदनाथले कुनै धक नमानी भने - " बाबुआमालाई त मैले भाइको घर पुराइ दिएँ यार । उसको पनि बाउआमा हो नि । भाइ अंश लिएकै हो ।सारै अर्ति उपदेश छाँट्थे बुढा । मेरो परिवारमा हाइसन्चो छ 
अहिले ।"

         " यो त राम्रो भएन । त्यसो गर्न नहुने । आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्छन् ।" सरोजले भने ।

          " छोड़देउ त्यस्ता पुराना कुरा । बरु बाबुआमा गएपछि मैले घर रङ्गरोगन गरेर चिटिक्क पारेकोछु । फूलबारीमा फूलहरु फुलेर शोभायमान भइरहेका छन् । अरु भन्दा पनि घरमा पालेको जर्मन सेफर्ड कुकुरले मेरो घरको शोभा बढाइरहेको छ ।"

          सरोजले अवाक् भएर उसको कुरा सुनि मात्र रह्यो ।

          मोदनाथले अझ धमास प्रकट गर्दै भन्यो - " तिमी त सामान्य जीवन यापन गरिरहेका छौ । बरु भन तिम्रो घरमा त्यस्तो शोभा बढाउने कुरा के छ ?"

          केही नबोली सरोजले मोदनाथलाई घरको माथिल्लो तलामा लिएर गए । बैठक कोठाको पर्दा यसो उघारेर टेलिभिजनमा धार्मिक कार्यक्रम हेरिरहेका जेष्ठ नागरिकलाई देखाउँदै भने - " वहाँहरु मेरो बाबुआमा ! मेरो घरको शोभा ।"

बलभद्र पथ , धरान १०
२०८०/०९/०९
~~~~~~~~~~~~~~~~
१६. लघुकथा~ वृद्धा बा  ✍️सुरेशकुमार पाण्डे 

कसैले बोलाए झैं लाग्यो; र म घरको गेटमा दौडेर गएं।त्यहाँ एकजना करिब पचहत्तर वर्षिय बुढा उभिएका थिए।
देख्दा राम्रै देखिन्थे लुगापनि मैला त थिए तर फाटेका थिएनन्।
उनि कतैबाट पनि भिखारी जस्ता लाग्दैन थिए।

हजूरले बोलाउँनु भएको हो?-मैले सोधें।

केही खानेकुरा छ भने दिनोहोस् न बाबु ।-उन्ले म तिर दुबै हात जोडे र याचना गरे।
"घरमा कोहीपनि थिएनन् म दौडेर किचनमा बेलुकीका दुइव़टा मात्र बासी रोटी थिए।मैले सोचें बिचरा वृद्धा बा लाई बासी रोटी भन्दा बिस्कुट नै ठिकहोला।"
मैले एउटा दश रूपियाँ पर्ने पार्लेजी बच्चाहरू फुलाउन राखेको उठाएर पुनः गेटमा पुगें।
बाबा लिनुहोस् ।- मैले बिस्कुटको पाकिट उन्को हातमा थमाउँन खोजे।
रोटी छैन बाबु ? मैले अंस्ती देखी रोटी खानपाएको छैन्-उन्ले भने।
घरमा त बेलुकीका दुइव़टा रोटी त छन् .।
"हो!  बरू अचार छ भने दुइटा रोटी भए पुग्छ।-उन्ले मेरोकुरा बिचैमा काटेर भने।
म पुनः भित्र गएं दुबै रोटी तताएं र आंपको अचार राखेर दिएं।उनि खुसी भए। बङ्गारा नभएपनि गमागम खाए।
त्यो देखेर मलाई पुरानो एउटा आमाले सोधेको प्रश्न झलझली याद आयो।अहिले त्यो प्रश्नको उत्तर मिलेकै थियो।
भोक मिठो की भोजन् ?
दाङ घोराहि १८   २४-१२-२०२३,
~~~~~~~~~~~~~~~~
१५. लघुकथा~ सल्लाह ✍️स्वस्तिका सिम्खडा

"खै, लसुन लेऊ नातिनी; बानी पर्नुपर्यो।" अस्पतालबाट फर्केपछि एकाबिहानै हजुरबुबाले मलाई भन्नुभयो । उहाँको कुराले म छक्क परेँ ।

"दमको अजातशत्रु चुरोट हो । छुँदै नछुनू ।" म सधैं हजुरबुबालाई यसो भन्थेँ । 

उहाँ डेढ अक्कल लगाउनुहुन्थ्यो । बिहान काँचो लसुन चबाउनुस् भन्दा मानेजस्तो गर्नुहुन्थ्यो । आँखा पछाडि चुरोटगाँजा सबै तान्ने र लठ्ठिने गर्नुहुन्थ्यो ।

"आज चाहिँ किन चुरोटको साटो लसुन माग्नुभएको हजुरबुबा ?"

मेरो यस प्रश्नको जवाफमा डाक्टरले दिएको सल्लाह भन्ने जवाफ पाएँ ।

"मैले उहिल्यै आदरका साथ भनेको लागेन तपाईंलाई ।" मैले गुनासो गरेको देखेपछि उहाँले थप्नुभयो; "तँलाई थाहा छैन; बच्चावृद्ध एउटै ड्याङका मुला हुन्  भनेर ?"

२०७८-०७-०९  बेलका-२, उदयपुर ।

(लघुकथाकारको डायरीबाट सङ्कलित यो सिर्जनाको आशय सन्दर्भसँग मिलेको हुँदा प्रस्तुत गरिएको हो । उहाँको असामयिक निधन भएको थियोे । लघुकथा प्रतिष्ठान नेपालको अगुवाइमा  उहाँको नाममा पुरस्कार समेत स्थापना गरेको र २०८१ बैशाख १६ गते  उहाँको जन्म दिवसको अवसरमा उक्त पुरस्कार वितरण गरिने छ । साथै उहाँका लघुकथाहरू सङ्कलन गरी "प्रज्ञा" नामक लघुकथा सङ्ग्रह प्रकाशन गर्ने लक्ष्य छ । प्रकाशकको खोजी गरिएको अवस्था छ ।सङ्कलक~ लक्ष्मी रिजाल)

~~~~~~~~~
१४. लघुकथा~ अनिश्चित जीवन-यात्रा ✍️गणेशकुमार अधिकारी

 पल्लाघरे विदुर बा र मिरा आमाका दुई सन्तान; मध्यमवर्गी परिवारमा पढेलेखेका छोराछोरी ,आफू पनि सुशिक्षित र अति सांस्कारिक थिए । छोराछोरी दुवैको विहादान गरेर आफ्नो पारिवारिक कर्तव्य पूरागरी सहज जीवन सञ्चालन भएकोमा गौरवान्वित थिए ।
        छोरी विवाह पश्चात् आफ्नो घर गए तापनि लक्ष्मी जस्ती बुहारीको आगमनले हर्षित थिए । उनी विनम्र स्वभावकी ; घर-परिवेश , वृद्ध-वृद्धा , बालबालिका सबैको राम्रो हेरचाहका साथै आफ्नो घरको परम्परित व्यवहारलाई सकुशल सञ्चालन गर्ने अशल बुहारी पाएर सन्तुष्ट थिए विदुर र मिरा । छोरो पनि मिजासिलो हुनाले सबैमा संतुष्टि छाएको थियो ।
           छोराबुहारीका पनि दुई सन्तान ; समग्रमा त्यस बगैंचाका ती सुन्दर कोपिला , समय क्रमसँगै फुल्दै फक्रिदै गए । ती दुवै हजुरबा-हजुरआमासँग असाध्यै झ्यामिन्थे । उनीहरूको आफ्नो पढाइ सम्बन्धी समस्याको हल पनि हुन्थ्यो र असाध्यै माया पाउँथे । वृद्ध-वृद्धा र बालबलिका बीचको आत्मीयता अझ प्रगाढ हँदै गयो । उनीहरूले आपसमा भेट नहुदाका बखत आफ्नो महत्वपूर्ण कुरा हराएको झैं महसुस गर्न थाले; यो प्रगाढ प्रेमको ज्वलन्त उदाहरण थियो ।

विदुर र मिरा क्रमश: ६८ र ६५ वर्षको वर्षमा गुज्रिदै गर्दा अचानक मिरा बिरामी भइन् । अस्पतालमा भर्ना गर्नुपर्यो । उनलाई क्यान्सर जस्तो घातक रोगले भित्रभित्रै सताएको रहेछ । यश घटनाले सिङ्गो परिवारलाई ज्यादै दु:खी बनायो, अझ त्यस परिवारका सुन्दर फूलका दुइटै थुँगा ओइलाए, मलिन भए । पथरा परेकी हजुरआमाले नजिक बसेका नातिनातिनीको कपाल सुम्सुम्याउँदै, अब म त मर्छु होला, हजुरबा मभन्दा बूढो हनुहुन्छ उहाँको सेवा कसले गर्छ भन्दै  आँखाबाट आँसु चुहाउनुभयो । नातिनातिनी र बुहारीसमेतले आमा तपाईंलाई पनि केही हुँदैन,  हामी छौं, नरुनुहोस्  भन्दै अँगालो हाले; सबैका आँखा रसाए । आमाका यी करुणामय आवाजले सबै द्रवीभूत भए । माया-ममताको ठूलो लेनदेन भयो ।
मिराको मिति पुगिसकेको रहेछ; कीर्तिशेष मिरालाई तुलसाको मोठमा लगे, कपडाले ढाकिदिए । भयानक रुवाबासी चल्यो; त्यस परिवारको एक सदस्यको जीवन-यात्रा टुङ्गियो । नातिनातिनी लास उठाउनलाग्दा नजिकै गएर हामीलाई एकखेप अझै आमाको मुख हेर्न दिनहोस् भन्दै रोए । यो असैह्य वेदनामा छट्पटाएको दृश्य हृदयविदारक थियो । त्यो पारिवारिक जीवनको एक यात्री यसरी अस्तायो ।

तुसासीको मोठमा लगे ,  कपडाले ढाकिदिए । भयानक रुवाबासी चल्यो ; त्यस परिवारको एक सदस्यको जीवनयात्रा टुङ्गियो ।

कर्जन्हा, बन्दिपुर, बाबाताल रोड, सिरहा ।
२०८०-०९-०९ (क्रिस्मस डे)
~~~~~~~~~~~~~~~~

१३. लघुकथा~ गोरो चिया ✍️ लक्ष्मी रिजाल 

"आफैं अर्तीओखती खुवाउने, आफैं उलङ्घन गर्ने ?"  डाँडा पारि पुगेको जून सरिकी फुपू दिदीलाई मैले प्रश्न गरेँ ।

मेरो प्रश्नले उहाँलाई घोचेन । उहाँ तनमनले चिया पिउनै मस्तव्यस्त रहनुभयो ।

"हामीलाई भने सख्त मनाही छ भन्ने आफू भने हेर हेर...!" 

मैले व्यङ्ग्य वाण प्रहार गर्न नरोकेको देखेर उहाँले भन्नुभयो; "मैले पिएको बिनादूध, बिनाचिनी र चियापत्तीको चिया हो । ओखती हालेको कालो चिया हो । तिमीहरूले खाने जस्तो गोरो चिया हैन ।"
२०८०-०९-०९ क्रिस्मस दिवस
कञ्चनरूप-१२, रूपनगर, सप्तरी ।
~~~~~~~~~~~~~~~~
 १२. लघुकथा~ भगवान्  ✍️जल आचार्य
"क्राइस्ट, अल्लाह, राम, कृष्ण, शिव, गणेशहरूलाई भगवान् मान्नू ।"

मैले पाउने जवाफ यही हुन्थ्यो सधैं बाबाको तर्फबाट ।  आज पनि मेरो कृत्य देखेर उही बोली दोहोर्‍याउनुभयो । 

उहाँ सधैं बिहान चार बजे अगाबै ओछ्यान छाड्नुहुन्थ्यो । नित्यकर्म सिद्धयाएर योगप्राणायाममा दुई घण्टा खर्चनु हुन्थ्यो । त्यसपछि गाउँको चौतारीमा भेला भएका हामीहरू जस्ता सिकारुहरूको ज्ञानभोक तृप्त पार्नुहुन्थ्यो । यसरी अवकाशप्राप्त जीवनको भरमग्धुर उपयोग गर्नुहुन्थ्यो ।

उहाँ सबैको आँखा नानी हुनुहुन्थ्यो । आदर्शको कुरा झिक्दा उहाँको गुनगान गरेर कोही पनि थाक्दैनथ्यो । मलाई पनि उहाँ जस्तै समाजको आदर्श बन्नु थियो ।

मैले उहाँको फोटोलाई भगवान्को स्थानमा राखेको देखेर आज पनि उहीँ पुरानो वाक्य दोहोर्‍याउनुभयो ।

"उसो भए भगवान् कसरी बनिन्छ त, बाबा ?" मैले अबोध प्रश्न गरेँ । 

उहाँले चश्मा मिलाउँदै र लामो श्वास लिँदै भन्नुभयो; "त्यो ता थाह छैन तर भगवान्ले भक्तको मनबाट कतै बसाइँ नसर्ने गरी डेरा जमाएका  हुन्छन् ।"

म भने भावनाको भगवान् सामु नभई आँखा सामुको भगवान्सँग झुकिरहेँ ।
२०८०-०९-०९ (क्रिस्मस डे)
-बुढानिलकण्ठ आवाशीय मावि, गोलबजार ४, सिरहा ।
~~~~~~~~~~~~~~~~
११.  लघुकथा-  उत्तरार्ध  ✍️ नानि भारद्वज

  " आमा ! नमस्कार ।"
" नमस्कार बाबू ! मैले त चिनिन ।"
" म माझघरे अन्तरेको कान्छो छोरो हुँ आमा !"
"  ए ! कान्छा ,कहाँ छस् अहिले ?"
" म मधेस तिर छु आमा !"
आफ्नोे पुरानो गाउँ घुम्दै गएका कान्छाले ऊ बेलाकी छिमेकी आमासंग भेटगरी केही भलाकुसारी गरे। 
"अनि आमा कहाँ छन् त दाजु दिदीहरु ?"
" आ ! बाबू प्युसाप्युसी के बस्थे र गुँडमा पखेटा लागेपछि उडिहाले नि !"
" हेर त यस्तो बेलामा झन संगै हुनुपर्ने !"
" जाउन उनीहरु गरिखाउन्, उनीहरुलाई शुभ्यफाब्य ह‍ोस्, म त अस्ताउन आँटेकीलाई किन कुर्नु र काञ्छा!"
 " अलिक गाह्राे भो होला नि त आमालाई , बा पनि उहिल्यै बित्नु भएछ । " 
" यस्तै हो जाने चोला हो, अजम्बरी को छ र कान्छा !"
 " हेर त ऊ बेलामा बीस पाथी धान बेसीबाट बोकेर आउने आमाको हालत !"
"अरु त त्यस्तै हो अहिले सम्म त दुःखसुख अगेनो ताद्दै छ तर चिसो भाको दिन पो गाह्राे होला त काञ्छा !"
 ८ पौष २०८०   विराटनगर, मोरङ्ग।

~~~~~~~~~~~~~~~~~~
१०. लघुकथा~ निर्णय  ✍️अवतार ढकाल 
   बेलुकीको खाना पछि छोरा बुहारी दुबैजना सङगै मेरो कोठाभित्र पसे । सानो नाति एक्लै बोल्दै खेलाउना गाडी खेलाइरहेको थियो । "पक्कै पनि केही सल्लाह गर्न आएका हुनुपर्छ ।" मेरो मनले भन्यो । 
   उनीहरु दुबैजना चुपचाप बसे केहि समय । बुहारीले नातीले  खेलेको हेरिन । छोराले भित्तामा राखिएका उसका बुबा , हजुरबुबा र हजुरआमाका तस्वीर नियाल्यो । दुबै गम्भीर देखिन्थे । 
   मौनताभरी मेरा आँखा घरी छोराबुहारीतिर , घरी नातीतिर र घरी तस्वीरहरुतिर ओहोर दोहोर गरिरहे । 
    "मुमा हजुरसँग एउटा सल्लाह गरौं भनेर ।" बुहारीले मौनता भङ्ग गरिन । 
    "भन न ....।" मैले जिज्ञासा राखें । 
   " अब त बाबुलाई स्कुल हाल्ने बेला भयो । डे बोडस हाल्नु पर्ला । अँ.........।" उनी रोकिइन । 
     " अब यो पोक्चुपनि स्कुल गएपछि घर कति शून्य हुने होला ? पढाउनु परिगो ।" आवाजसँगै सुस्केरा निस्कियो मेरो मुखबाट । 
     "त्यहि भनेर ........।" मतिर नहेरी छोरो बोल्यो । 
     " हामी दुबै बिहानैदेखि काममा हुन्छौं । घरै बसौं न त भन्दा गुजारा चलाउनै गाह्रो ।" उनले भनिन । 
     " उबेला हामीले खासै पढन पाएनम । घरधन्दामै जीवन बिताइयो । तिमीहरु पढेका छौ । हामीजस्तै बसेर के हुन्थ्यो नि ।" मैले सम्झाएँ । 
    " कोहि यसो काम सघाउने केटी पाए पनि हुन्थ्यो गाउँतिरकी । मुमालाई मुखबोलाउ साथी पनि हुन्थ्यो । तर खै .......? " छोराले भन्यो । 
    "हुन त अहिले प्राइभेट आश्रमहरु पनि खुलेका छन । राम्रो सुबिधा दिंदा रहेछन । " उनले भनिन । 
    " मुमाले जे भन्नु हुन्छ । अर्को महिनादेखि हो बाबुलाई स्कुल हाल्ने । घरमा एक्लै बस्न गाह्रो होला भनेर मात्र हो .......काम गर्ने पाए....।" भुइँतिर हेर्दै छोराले भन्यो । 
    "चिन्ता नगर म सबैलाई सजिलो हुने निर्णय गरौंला।" उनीहरुलाई मैले नै सहज बनाइदिएँ । 
    "भ्रु.... भ्रु...... भ्रु .... भ्वाँभ्वाँ ... ।" नाती मस्तले खेलिरहेकै थियो । 
    श्रीमानको तस्वीरमा आँखा पुगे । परलोक जानुभन्दा अगाडि दुबै हात समाएर रुँदै भन्नुहुन्थ्यो," म मरेपछि कसरी बस्दिहोस फगत एक्लै ।" 
   तस्वीरमा हेर्दाहेर्दै लाग्यो उहाँ त्यही कुरा भनिरहनु भएको थियो । 
    मैले मनमनै निर्णय गरिसकेकी थिएँ ।
~~~~~~~~~~~~~~~~~~

९. लघुकथा~ कालुका बा  ✍️कोषवल्लभ रेग्मी 

"..........! पुन्टेकी आमा आएर घैटोबाट पुन्टेको हात झिकिदिइन् । अनि बल्ल पुन्टेले बयर खान पायो । कथा खत्तम!अब सुत्नुपर्छ है।"-आमाले पुन्टे र बयरको कथा सुनाई सकेर छोरा कालुलाई भनिन्।
 "आहा!कस्तो राम्रो कथा!!अब यौटा सुनाउनुन आमा!!!"
 "अब निन्द्रा लाग्छ,सुत्नुपर्छ।भोलि सुनाउँला सुत।"आमाले कालुलाई थुम्थुम्याईन्।
 "नाई के!यौटा त सुन्ने!"-कालुले जिद्दी गर्यो।
 "लौ भैगो त!म यौटा सुनाउँछु।तर फेरि अर्को पनि भन्न चाहिँ नपाई है...!"
 "हुन्छ आमा!"कालू रमाउँदै कथा सुन्न तयार भयो।
  आमाले कथा भन्न शुरु गरिन्-"कुनै गाउँमा बाबु आमा र सानो दुई वर्षको छोरा बस्थे।छोराको नाउँ लालु थिये।उनिहरु गरिब थिए तर ईमानदार थिए।
  "झन्डै मेरो जस्तै र´छ नि आमा उसको नाउँ?"
 "अँ!ध्यान दिएर सुन्।-लालु सानू भएको हुँदा उसकी आमा घरमै कामगर्दै उसको हेरचाह गर्थिन्।लालुका बा कहिले गजे माजनको बारीमा हलो जोत्न जान्थे त कहिले कमाने साहुको भारी बोक्न।यसरी दुखगरेर ल्याएको ज्यालाले उनिहरूको जिवीका चलेको थियो।"
  "जिवीका भनेको के आमा?"कालू बिचैमा बोल्यो।
 "जिवीका भनेको दुखले खानु-लाउनु,व्यवहार चलाउनु लाटा!!ल सुन्!बर्खाको बेला थियो।लालुको बा साहुको भारी बोक्न मधेस झरेका थिए।जाँदा आउँदा बाटामा ठूलो खोला तर्नु पर्थ्यो।खोलामा बाढी आएको रहेछ।लालुका बासँग अरु साथीहरू पनि थिए।उनीहरू "खोला घट्ला र तरौंला"भनेर केही समय पर्खेर बसे।तर खोला घटेन।यतिकैमा लालुका बा र साथीहरू "तरिन्छ होला"भन्दै खोलामा पसेछन्।साथीहरू मुस्किलले खोला तरेर वारि आएर हेर्दा लालुका बालाई देखेनन्।"
  "अनि लालुका बा खोला तरेर आएनन् त आमा?"
  "कसरी आउनु!खोलाले बगाएपछि?"आमाले रसिला आँखा परिन्।
  "अनि हाम्रा बा चैं कहाँ हुनुहुन्छ?आउनुहुन्न त आमा!भन्नू न आमा!हाम्रा बा खै?"-कालुले उसकी आमाको घाउ झनै बल्झायो।
  उनले यो कुरा नभनौं भन्दा भन्दै पनि भन्न करै लाग्यो।
  "तेरो बाकै कथा भन्दैछु बाबु म ऐले।"
  "आमा किन रुनुभएको?साच्चै हाम्रै बाको कथा हो त यो?अब हाम्रा बा आउनुहुन्न त आमा?"-भन्दै कालू पनि आमाको काखमा घोप्टो परेर रुन थाल्यो र केही क्षणमै निदायो।तर आमाभने छोरा कालुको टाउकाको कपाल सुम्सुम्याउँदै सुक्क-सुक्क रोइरहिन्॥
=*=

दे न पा-७, सिद्धिथुम्का, इलाम
~~~~~~~~~~~~~~~~~~

८. लघुकथा- पाका नागरिक ✍️बालकृष्ण गजुरेल 

आफू प्रधानमन्त्री कार्यालयको मुख्य सचिव भएर के गर्नु ? गरि खाने वातावरण छैन । बाबू, बिदेश जा । " छोरालाई अमेरिका पठाउन मुख्य सचिव बोले । 

समयले महंगी थोपर्यो कि प्रणालीले ? देश झनै गरिव भयो  । दोस कसको ? कसैले  जवाफ दिएनन् । जवाफ भएका शाषक थिएनन् । 

"हेड अफ द नेसन बिदेशले फेर्यो । जाबो अदालत र सरकारको चावी फेर्न कति समय लाग्छ र !  " एक  प्रोफेसरले दिक्षान्त समारोहमा गुनासो गरे ।

माहोल आफ्नो पक्षमा पार्दै प्रधानमन्त्री चिच्याए, " यति धेरैलाई दिक्षान्त गरि  हामी ईतिहास रच्दै छौँ । " 

 मुख्य सचिवले हालको अवस्था स्पष्ट पार्दै  दुखेसो पोखे, " देशको लागि अनावस्यक भेडा उत्पादन गरेर के गर्नु ? आवस्यक  अर्थशास्त्री, शिक्षक, विशिष्ट कर्मचारी तथा नीति बनाउने थिंक ट्याङ्क  आज सम्म एउटै उत्पादन भएन  । सन्तान जति बिदेश  । पाका नागरिकले आफ्ना दक्षता सिकाउने बेलामा बरु  मलामी  नपाउने पो हो कि ! " 

- हेलम्बु-६, सिन्धुपाल्चोक
~~~~~~~~~~~~~~
७. लघुकथा-लठ्ठी ✍️पी पी कोइराला

   "आमा !यी लिनु"भन्दै उसले वेतको लठ्ठी आमाको हातमा दियो।आमाले खुशीले गदगद हुँदै भनिन्,"मेरो बाबू! कति जाती हुनुहुन्छ।बाबू धन्यवाद!"
         आमाले आँखाभरि खुशीका आँशु छचल्क्याउँदै  उ तिर हेरिन् र हातले टाउकोमा थपथपाउँदै आशिर्वाद दिइन्।
          "मलाई वरपर  हिँड्न पनि कस्तो गाह्रो भइरहेको थियो।जीवन बाबुले धन्न बुझ्नु हुँदो रहेछ ।"भन्दै लठ्ठी टेक्दै घर भित्र छिरिन्।
              "कसले दियो लठ्ठी ,हँ?"सात्तो जाने गरि छोरोले धोद्रोआवाजमा करायो।
               " दिए होलान नी तिनै जाती हुन खोज्नेहरुले"बुहारीको आवाज पनि झर्किलो नै थियो।
                 " जसले लठ्ठी दियो उसैले पाल्छ।जानु उतै।हामीले केही गर्न नसकेको  देखाउने,मगन्ते !"
छोरो फेरि रड्कियो।
                   "त्यसो नभन् न छोरा।मलाई मात्र कहाँ हो र?उ  यो टोलका सबै बुढाबुढीहरुप्रति दयामाया राख्छ।म  हिजो पसलबाट नुन किनेर आउँदा घरै अगाडिको बाटोमा  ठेस लागेर लडेको थिएँ।उसैले देखेर उठाई दिएको थियो।दया लागेर ल्याईदेको होला।"
               बुहारीले आमाको हातबाट खोसेर त्यो लठ्ठी आँगनतिर हुत्याईदिँदै हकारिन," जोरिपारी को अगाडि बेइज्जत गर्ने हाम्रो।भोलि म नै किनेर ल्याइदिउँला!"
               खुशी हुँदै आमाले भनिन्,"सुईटर पनि ल्याई दे है बुहारी! पोहोरको जाडोदेखि सुनाको।"
लघुकथा :बुढ्याइ(प्रतियाेगी लघुकथा)
गोपाल सङ्ग्रौला ,झापा
" पिताजी लाई अब यो घरमा राख्न सकिँदैन ।भोलि नै कतै लगेर बैता लगाउनू नि!"सुभद्राले  सुर्यका मुखमा तीर  जस्ता तीखा अाँखाले हेर्दै भनी।
"किन के छाँटा चलेर अकस्मात एस्तो तुच्छ वचन   बोल्यौ प्रिया ? "सूर्यले सहजै जिज्ञासा  राख्यो। " बुढाबुढी घरका घाँडा मात्र हुन।तिनिहरुको केही काम छैन ।" पतिको मुख ताकेर उसले फेरि आक्रोश व्यक्त गरी ।
सुर्य पत्नी लाई यसरी सम्झाउन थाल्यो -
बुढाबुढी हाम्रा धरोहर हुन। हामी उनिहरुका सिर्जना हाैँ।उनिहरु अनुभव र सीपका खानी हुन।उनिहरूको आचार विचार हामीले अनुकरण गर्नु पर्छ ।बुढेस्कालमा सबैको अवस्थ दयनीय हुन्छ ।लौराको सहारामा बाच्नु पर्दछ ।उनिहरुको  अवस्था कहलीलग्दो हुन्छ ।हाम्रो अविवेकी सरकारले उनिहरुको लागि कुनै रचनात्मक काम गरेको छैन ।प्राय:बुहारीहरू तिमी जस्तै ढुङ्गाको  हृदयका हुन्छन।"
सुभाद्रा अग्निशर्मा बनेर गर्जीई-"मलाई तपाईका भाषण को खाँचो छैन । भोलि बृद्धाश्रम पुर्याउनु भएन भने  मलाई  माया मार्नु पर्छ ।"बाबा आमाको अनिष्टकारी वार्ता सुनिरहेको कक्षा सतमा पढ्ने छोराले भन्यो  - "बूढो भए पछि घरम बस्ने अधिकार छैन भने चार वर्ष पछि बाबा आमालाई पनि बैता लगाइने छ ।"
~~~~~~~~~~~~~~
६. लघुकथा~ बुढ्याइ ✍️गोपाल सङ्ग्रौला 

" पिताजी लाई अब यो घरमा राख्न सकिँदैन ।भोलि नै कतै लगेर बैता लगाउनू नि!"सुभद्राले  सुर्यका मुखमा तीर  जस्ता तीखा अाँखाले हेर्दै भनी।
"किन के छाँटा चलेर अकस्मात एस्तो तुच्छ वचन   बोल्यौ प्रिया ? "सूर्यले सहजै जिज्ञासा  राख्यो। " बुढाबुढी घरका घाँडा मात्र हुन।तिनिहरुको केही काम छैन ।" पतिको मुख ताकेर उसले फेरि आक्रोश व्यक्त गरी ।
सुर्य पत्नी लाई यसरी सम्झाउन थाल्यो -
बुढाबुढी हाम्रा धरोहर हुन। हामी उनिहरुका सिर्जना हाैँ।उनिहरु अनुभव र सीपका खानी हुन।उनिहरूको आचार विचार हामीले अनुकरण गर्नु पर्छ ।बुढेस्कालमा सबैको अवस्थ दयनीय हुन्छ ।लौराको सहारामा बाच्नु पर्दछ ।उनिहरुको  अवस्था कहलीलग्दो हुन्छ ।हाम्रो अविवेकी सरकारले उनिहरुको लागि कुनै रचनात्मक काम गरेको छैन ।प्राय:बुहारीहरू तिमी जस्तै ढुङ्गाको  हृदयका हुन्छन।"
सुभाद्रा अग्निशर्मा बनेर गर्जीई-"मलाई तपाईका भाषण को खाँचो छैन । भोलि बृद्धाश्रम पुर्याउनु भएन भने  मलाई  माया मार्नु पर्छ ।"बाबा आमाको अनिष्टकारी वार्ता सुनिरहेको कक्षा सतमा पढ्ने छोराले भन्यो  - "बूढो भए पछि घरम बस्ने अधिकार छैन भने चार वर्ष पछि बाबा आमालाई पनि बैता लगाइने छ ।"
~~~~~~~~~~~~~~
५. लघुकथा बुढेसकाल ✍️कल्पना भण्डारी

एकाबिहानै मनमाया गाैरीकाे घरमा गएर भनिन्  "बैनी! मलाई के भयाे के,बुढेसकाल लागेर हाे कि धेरै  दिन भयाे खान नि रुच्दैन, कताकता दुखेर मात्रै आउँछ, म त मर्ने भएँ के गर्ने हाेला ? छाेराछाेरीलाई भन्नु भएन त । आआफ्नो पीडा आफूसँगै छ । कसैले फाेन गर्दैनन् । म त फोन गर्न पनि जान्दिनँ।"  

मनमायाको कुरा सुनेर गाैरी चिन्तित भइन् र "माेबाइल दिनू त म कल गर्दिन्छुु," भनिन्। पहिला छाेरालाई कल गरेकाे उठेन पछि छाेरीलाई गरेकाे व्यस्त  छु भन्दै फाेन राखिन्। गाैरीले भनिन् "तपाईंको छाेरी व्यस्त रे छाेराकाे फाेन उठेन।"

मनमाया डाँकाे छाेडेर रुन लागिन्। "याे बुढेसकालमा  संसारमा कसैले  साथ नदिने रहेछ। बुढा त बच्चाबच्ची साना हुँदै मलाई छाेडेर याे धर्तीबाट बिदा भएर जानुभयाे, दु:ख गरेर छाेराछाेरी हुर्काइ बढाएँ र विवाहदान गरिदिएँ । अहिले मेराे वास्ता कसैलाई छैन । मेराे अहिले साथी भनेकाे छायाँ र ऐना छ । छाया म जता जान्छु त्यतै जान्छ । ऐना हेर्दै रुन्छु ऊ पनि म सँगसँगै  रुन्छ  ।" यति नभन्दै  मनमाया भक्कनिइन्।

गाैरीलाई पनि धेरै नराम्रो लाग्याे । "आमा  नरुनुहाेस्।  हिँड्नू , म हजुरलाई हस्पिटल लान्छु।" उनले ट्याक्सी चडाएर हस्पिटल पुराएर जाँच गर्दागर्दै मनमायाले आँखा तानिन् । गाैरी पनि "बिचरा! जिन्दगी भन्दै डाँकाे छाेडेर रुन थालिन्। मनमायाकाे माेबाइलमा  फाेन आयाे । गाैरीले डराएर फाेन उठाइन् । उनको छाेराकाे फाेन आएकाे रहेछ । गाैरीले आमाको माेबाइलबाट कल गरेकाे नउठेकाे भएर मैले हस्पिटल लगेर  बचाउन नसकेको कुरा सुनाइन् ।

छाेराले "पैसा पठाइदिन्छु, दाहसंस्कार गरिदिनुहोला" भन्दै गाैरीलाई अनुरोध गर्‍यो।

सिन्धुपाल्चोक    हाल काठमाडौ

~~~~~~~~~~~~~~~~~~~
४.  लघुकथा~ आमाको दबाइ ✍️अन्जु शर्मा 

" बाबु ! बजारबाट किन यति ढिला गर्यौ?खाना सेलाउने बेला भयो ,ल झट्टै हिड खाना पस्किदिन्छु" आमाले भन्नुभयो ।
" आमा हामीलाई कचकच नगर्नु ,हजुरले खाएर सुत्नु ,हामीले बाहिर खाएर आयौं " छोराले जबाफ दियो ।
" मैले त खाइसकें,तिमीहरू मात्रै बाँकी हौ।।आमाले पून:भन्नुभयो ।
" बुहारीले र मैले पनि  खाएर आयौं सुन्नुभएन! "कोठा भित्र पसेर ढोका लगायो।
 आमा रूदै आफ्नो कोठामा जानुहुन्छ।अनि टेबुलमा  एउटा पत्र लेखेर छाड्नु हुन्छ ।"बाबु !आज तिम्रो जन्म दिन हो ,तिमीलाई मनपर्ने खाना बनाएकी छु,तिमीलाई खुवाएर खाने कत्रो रहर थियो ,त्यसैले त सकिनसकि बनाएं नि।सधैंभरि सुखशान्ति र दिर्घायुको कामना छ।म आमा हुँ,तिमीले नखाई कसरी खान सक्छु ?म पनि  त भोकै छु।"
  बिहान अबेर संम आमा उठ्नु भएन।उसले आमालाई उठाउन प्रयत्न गर्यो तर आमा चिर निद्रामा गैसक्नु भएछ।
उसले अतालिदै अस्पताल पूर्यायो ।डाक्टरले हृदयाघातका कारण मृत्यु भएको जानकारी गराउनुभयो।उ अत्यन्तै विचलित हुन पुग्यो ।
    यतिकैमा अन्तिम संस्कारको   तयारी  हुन्छ ।
 अन्तिम संस्कार गर्ने बेला उसको  गोजीमा अचानक हात पुग्छ।उसलाई अफिस जानेबेला आमाले एउटा पत्र थमाउनुभएको थियो ।उ झटपट पढ्न शुरू गर्छ।पत्रमा लेखिएको थियो " बाबु !मलाई तिम्रो याद नआउने कुनै  दबाइ भए  लिएर आउ है।"
   पत्र पढेर उ भक्कानिन्छ।"दागबत्ती दिन ढिला भयो "भनेर गुरूले भन्दा "आमा...!! मलाई माफ गर्नु"उ  लासमाथि एक्कासि  घोप्टिन्छ।
रातोपुल  २०८०-०९-०५
~~~~~~~~~~~~~~~~~~~
३.  लघुकथा~ आमाको हिसाब ✍️बासुदेव तिमल्सिना

“म अब हजुरकी आँमासँग एकछिन पनि सँगै बस्न सक्तिन । सँधैको गनगन । दबाई ख्वा, नुहाइदे, कपडा फेरिदे, ट्वाइलेट लैजा । यसो गर्दागर्दै म त मर्ने भएँ । हजुर अफिस गइसिन्छ । मलाई मात्र पिरलो । हामी अलग बसौं । बरु उहाँलाई जति चाहिन्छ त्यति सम्पत्ति दिउँ । हजुरको लालनपालन, पढाइ खर्च सबैको हिसाब गरेर ब्याज समेत लगाएर दिउँन । मानिहाल्नु हुन्छ नि ।”, सबिताले आफ्नो पति सुदेशसँग आफ्नो पीडा सुनाइन् ।

भोलिपल्ट सुदेशले आमालाई भन्यो, “आमा ! हजुरसँग बुहारी सँगै बस्न मान्दिन । त्यसैले हजुरले मेरो लालनपालनमा अहिलेसम्म कति खर्च गर्नुभयो, पढाइलेखाइमा कति खर्च गर्नुभयो अनि हजुरको अंश कति हुन्छ त्यसको सबै हिसाब गरेर बरु दोव्वर लिनोस् हामी चाहीं अलग होऔं । हजुर पनि खुसी, हामी पनि खुसी ।” 

आमाले हिसाब गर्न केही दिन लाग्ने बताइन् । छोरा बुहारी खुसी भए । 

एक रात आँमा लोहोटामा पानी बोकेर छोराको बेडमा गइन् । छोरो मस्त निद्रामा थियो । उनले छोराको बेडमा पानी हाल्न थालिन् । छोरो चिसो भएर यता र उता छट्पटाउन थाल्यो । आँमाले पानी हालि नै रहिन् । अन्तमा, छोरो बिउँझियो र चिच्याउँदै सोध्यो, “आमा ! यो के हर्कत हो ?” आँमाले भनिन्, “तैंले पूरा जिन्दगीको हिसाब निकाल्न भनेको थिइस् । मैले हिसाब गर्दै थिएँ । तैंले पिसाब गरेको ओछ्यानमा मैले कति रात जागेरै बिताएँ भनेर । यो त पहिलो रात हो । तँ पहिलो रातमै अत्तालिइस् त ? यस्ता रात त अझै तैंले कति झेल्नु पर्नेछ । तैंले सक्लास् त मेरो हिसााब तिर्न ?”

लालबन्दी, सर्लाही
रचना मिति ः २०८०।०९।०७

~~~~~~~~~~~~~~~~~~~
२. लघुकथा~ पाका मान्छे ✍️तुलसी पण्डित 

नातिनीको प्रश्नले हजुरबाबा झस्कनु भयो । नातिनी म यो प्रश्नको जवाफ दिन असमर्थ छु। यसको उत्तर तिमी आफै खोज । 
उ वल्लो घर पल्लो घर सबै ठाउँमा पुगि । तर उसले आफ्नो प्रश्नको जवाफ कतैबाट पाउन सकिन । 

उ बाटोमा धुरु धुरु रोएर बसेकी थिई । पल्लो गाउँको हजुरआमाले भन्नुभयो । 
"नानु  तिमी किन  रोएर बसेकी हौ ?" उसले हजुरआमालाई आफ्नो समस्या बताइ । "ऊ त्यो घर जाउ । त्यहाँ तिम्रो प्रश्नको उत्तर पाउने छौ । "

उ खुशी हुदै त्यो घर गइ । उसले त्यहाँ बुझि । त्यहाँ पनि समस्या समाधानको बाटो देखिन । उसले जसलाई भेट्न खोजेकी थिइन्  । ऊ त दुई महिना घर बसेर विदेश गएछन् । त्यो घरमा बुढाबुढी र केटाकेटी मात्रै रहेछन ।  उ पिर मान्दै घर फर्की ।

 उसले सुनेकी थिइ । यस पृथ्वीमा कतिपय जीव चित्रमा मात्र सिमित छन् । उसले उपाय न देखेपछि धमाधम चित्र बनाएर  भित्तामा टाँसी । 
यता हजुरबाबाले सोच्नु भयो । नातिनी प्रश्नको उत्तर नपाएर पिर मानेकी होलि । सरले भोलि कक्षामा सोध्नुभयो भने उसले के भन्लि  । " गाउँमा भएका पाका मान्छे र उनीहरुको परिचय । " यो प्रश्न अहिलेको रोजगार विहिन अवस्थामा आफैमा जटिल छ ।

हजुरबुवाले कोठामा पस्दै सोध्नु भयो ।
"नातिनी बिहान सोधेको प्रश्नको उत्तर हात लाग्यो ?" उसले भित्तातिर देखाउदै भनि । 
" हजुरबुबा ऊ त्यहाँ हेर्नु न ।"
 जहाँ लेखिएको थियो ।
 "यो देशको लागि इतिहासमा सिमित ।"
 तल केही चित्र कोरिएको थियो । हजुरबुबाको अनुहार एक्कासी उज्यालो भयो । 
"पाका मान्छेहरुको चित्र। कैयन वर्ष भो युवायुवती विदेश जान थालेको । "

~~~~~~~~~~~~~~~~~~
१. लघुकथा~ स्पर्श  ✍️लता के सी 
``ऊ बेला त म पनि कहाँ यस्तो थिएँ त ? आकासको तारा झार्थे नि ! बाबु  !´´ भिडियो कलमा बाउले निकै फुर्ति लगाए ।  
  छोरा  फिस्स हाँस्यो र भन्यो ,`` उहिलेका कुरा खुइलिए बा !   अब त एक्लै बस्न गाह्रो भएन र ?  ´´  
 खुइय .. गर्दै  ``  के गर्नु र गाह्रो साह्रो जे भए नि  ! तँ जस्ता छोराछोरी सबै विदेश नपसी हाम्रा मुखमा माड लाग्ने होइन ? ´´

`` काम गर्ने मान्छे राख्ने त ? ´´ उसले सोध्यो ।

`` उसले नै केही गर्ला कि ?  भन्ने पीर बोक्दिनँ  , बाबु । हात खुट्टा चल्दैछन् । भो , बुढा  बाउको पीर नगर् । ´´

 छोराले सम्झायो , `` आमा भएको भए  माटालाई ढुङगाको भर , ढुङगालाई माटाको भएझैँ  हुन्थ्यो कि राम्रो बृद्धाश्रमतिर सरौँ बा ?´´
 उनले हकारे ,  ``  भो ,घर छाडने कुरा नगर् बा ! ´´

 उसले हाँस्दै  सोध्यो, `` किन र बा ,  यो उमेरमा त्यो झुपडीको चै   यति बिध्न माया लागेको नि  ? ´´   

उज्यालो अनुहार लाउँदै बा´ले  भने , `` घरका कोठा चोटामा  तेरी आमाको स्पर्श छ नि त , बाबु  ! ´´
तीनकुने , काठमाडौँ 
~~~~~~~~~~~~~~~~~~~

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...