अपांगता विषयक लघुकथा अभियान २०८० & सन्दर्भ लघुकथा प्रधान पत्रिका-८
अपांगता विषयक लघुकथा अभियान २०८० मा लघुकथा प्रतिष्ठान नेपाललाई प्राप्त भएका सन्दर्भ लघुकथा प्रधान पत्रिकाको नयाँ अंकमा समेटिएका लघुकथाकार र लघुकथा शीर्षक सूची-
१. मैथिली लघुकथा~ मैयाँ ✍️देवेन्द्र मिश्र
२. लघुकथा- वाध्यता ✍️पं.ज्यो.तोयनाथ सुबेदी
३. लघुकथा- महाअपाङ्ग ✍️दिप मंग्राती
४. थारूभाषा लघुकथा- सरस्वती ✍️अनुवादक- लक्ष्मीकान्त चौधरी
५. लघुकथा- दृष्टिविहीन राज्य ✍️रुद्र अधिकारी
६. लघुकथा- मन ✍️रचना शर्मा
७. लघुकथा- प्रतिबद्धता ✍️बिष्णु उप्रेती
८. लघुकथा- सहयोग ✍️सुनिता निरौला पौडेल
९. लघुकथा- नक्कली अपांग ✍️नरेश नेपाल
१०. लघुकथा -दृष्टिकोण ✍️रामप्रसाद पन्थी
११. लघुकथा- भोजराज सर ✍️केशवराज आमोदी
१२. लघुकथा- आत्मबल ✍️तुलसी पण्डित
१३. मैथिली लघुकथा- भिखारी ✍️मनोहर पोखरेल
१४. लघुकथा- परिवर्तन ✍️धनसिंह बिश्व
१५. लघुकथा- नेता भानुभक्त ✍️पीपी कोइराला
१६. लघुकथा: निर्णय ✍️प्रेम पुन मगर
१७. लघुकथा पौरख ✍️सविता भट्टराई
१८. लघुकथा- बिषालु बिचार ✍️सुरेशकुमार पाण्डे
१९. लघुकथा- बाँच्ने इच्छा ✍️नारायण कोइराला
२०. लघुकथा- दृष्टिकोण ✍️नानि भारद्वज
२१. लघुकथा- शक्ति ✍️बाँस्कोटा धनञ्जय
२२. लघुकथा- प्रतिभा ✍️उमानाथ दाहाल
२३. लघुकथा- असर ✍️लता के.सी.
२४. लघुकथा- झुण्डिएको आकृति ✍️कोषवल्लभ रेग्मी
२५. लघुकथा- भ्रम✍️कुञ्जदेवी उपाध्याय
२६. लघुकथा- वंचित✍️सोमकुमार सुब्बा
२७. लघुकथा- सेतो छडी ✍️लक्ष्मण ज्ञवाली
२८. लघुकथा- स्वाभिमान ✍️रञ्जुश्री पराजुली
२९. लघुकथा- आत्मा शक्ति ✍️एकल यात्री
३०. लघुकथा- अपाङ्ग दर्शन ✍️प्रह्लाद दवाडी,
३१. लघुकथा-अपाङ्ग ✍️एन्जल निलु मिना साह
३२. लघुकथा- महाअपाङ ✍️गणेश बस्नेत
३३. लघुकथा- अपाङ्ग कि सपाङ्ग ? ✍️बालकृष्ण गजुरेल
३४. लघुकथा- घरैमा पढ ✍️मधुसूदन प्रसाद धिमिरे
३५. लघुकथा— सग्ला मान्छे ✍️इन्दिरा गौतम
३६. लघुकथा- पैसा ✍️ईश्वरीप्रसाद पोख्रेल
३७. लघुकथा— फरक क्षमता ✍️श्रीप्रसाद पोखरेल
३८. लघुकथा— स्वाभिमान ✍️रञ्जुश्री पराजुली
३९. लघुकथा— खाँचो ✍️वसन्त अनुभव
४०. लघुकथा– अप्रेसन ✍️नन्दलाल आचार्य
४१. लघुकथा- सोच✍️बासुदेव तिमल्सिना
४२. लघुकथा- ज्योति ✍️बिमला देव
४३. लघुकथा- अपांग दिवस ✍️अन्जु शर्मा
१. मैथिली लघुकथा~ मैयाँ ✍️देवेन्द्र मिश्र
~ मैयाँ ! काेने छथिन ? एक दाइब एने आबौथ ने !
~ हैया छियै, दूराप' । की कहै छ' ?
~ हे देखथिन ने, फसबू प' कहैछै, बलू आइ नारी दिवस छियै । हे देखथिन ने, जनीसुन कथी कथी कहै छै !
~ हए कथी हैछै ई ? हमे त' कुच्छाे नै बुझै छियै ।
~ नीक नहाँइत त' हमहूँ नै बुझै छियै । हे देखथिन ने, जनी जाइत आरू कथी कथी भाषण करैछै । कुनू पवनी छियै जनी जाइत आरू के ।
~ केना करबह' ? ताेराे जाइके मुन हाेइछ' ? अखनीके सिटीम' जग्गह नै रहैछै ।
~ धाैर, की कहै छथिन ? हमे कथील' जेबै ? हमे कहिया जाइ छियै अइसुनम' ? तैमे अखनी तलिक हमे लेहेबाे नै केलियै ह' । तीन दिनका गाेबरके ढेरी छलै । सैबटा गाेरहन्नी पाथलियै ह' । अाब जाइ छियै चुइल्हाे लगके काम बाँकीए छै ।
~ सेहए त' ! बुढ़बाे आबै हेतै गहुम पटा क' । कुछाे राइन्ह दह' । छाैड़ो काेने गेलै,नै गेलै ?
~ हँ,हँ । अाेहाे त' जइ घड़ी नै एलैए । बिहाने जलखै खेलकै आ वाड अधच्छ जरे पूब दिसन गेल छलै, से अखनी तलिक उपचाप नै छै । आब आइबते हेतै !
~ है,की छलै पूबरिया टाेलामे ? मुलकू लाेकसुन जाइ छलै ।
~ काइह ने ! ऊ कहै छलै जे ढलैया राेड जे बनलै ने, तकरे हिसाब बाड़ी छियै । ऊहाे ने छै उपभुकतामे !
~ ए ! हँ ....।
है, जा जा । हमे बाड़ीस' कनी साग खाेँइट क' लाइब दै छिय' ।
~ हैया, देखथिन, देखथिन ! ई माैगीसुन कते नीकस' गीत गाइब रहल छै ?
~ है, ई पबनीसुन बजारे तजारेमे हैछै । अपना अरू गाममे रहै छियै ने ? कथी छियै, नै छियै ई ; की कहल' ;
हँ, नाड़ी धिवस ? जा जा, चुइल्ह पजार' जल्दी सिना । अपना अरूके इएहए काम-धाम, गाेबर-करसी, अङना-दूरा सब कुछाे छियै । है, हमे सागाे लाइब दै छिय' आ बकड़ीके उपटाइयाे दै छियै अाेने भरा ।
*********************
(नेपाली भावानुवाद सहित)
लघुकथा : मैयाँ
~ आमा ! कहाँ हुनुहुन्छ ? यता आउनुहाेस् नि !
~ यहाँ छु । के भनेकाे ?
~ हेर्नु हाेस्, फेसबुकमा भन्दैछ,आज नारी दिवस हाे क्यारे ।
~ के हाे याे नारी दिवस ?
~ मलाई पनि राम्ररी थाहा छैन । हेर्नुस न भाषण गरेकाे । महिलाकाे कुनै पर्व हाेला याे ।
~ के गर्ने ? जाने हाे ?
~ हाेइन । म कहाँ जान्छु र यस्ता कामहरुमा । नुहाएकाे पनि छैन । तीन दिनकाे गाेबर जम्मा थियाे । गाेरहन्नी (गुइँठा) बनाएकाे । चुल्हाे निरकाे काम बाँकी नै छ ।
~ हाे! बुढ़ा पनि आउँदै हाेला गहु पटाएर । केही पकाई हाल । छाेराे कहाँ गयाे कुन्नि ?
~ वाड अधच्छ सङ्ग पूब तिर गएकाे ।
~ के थियाे र उता ?
~ भन्दै हुनु हुन्थ्याे ढलैया राेड, हिसाब बाड़ी छ । ऊ पनि छ उपभुकतामा !
~ ए ! ....।
~ हेर्नुस न, कति राम्ररी गाएकी ?
~ याे पर्वहरु बजारतिर हुन्छ । हामी गाउँतिर काम-धाम, गाेबर-करसी, अङना-दूरा सब थाेक हाे ।
राजविराज, सप्तरी,नेपाल*
२०७८ फागुन २४
****** ****** ********
२. लघुकथा- वाध्यता ✍️पं.ज्यो.तोयनाथ सुबेदी
कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो...?'स्पिकर बजिरहेको थियो। हामी पनि त्यतै लाग्यौं। नभन्दै त्यहाँ पुग्दा
नपुग्दै ढोकाका दुवैतिर कोहि आँखा,हात,गोडा नभएकाहरूको दयनीय अवस्था देख्यौं।सकेको दान गर्दै गयौँ।
उसले सोध्यो,"इनिहरू किन यो मन्दिरको ढोका छेउमा बसेका होलान् ?" मैले जवाफ दिएँ,"धार्मिक उद्देश्यले आएका मानवहरूले सहयोग गर्लान् र गुजरा चल्ला कि भनेर।"
'नेपाल सरकारले यस्ताका लागि नीति त बनाउँछन्, सुबिधा चै दिदैनन्। दिएको भए आज मन्दिर ताकेर बस्नु पर्दैनथ्यो होला नि??? 'अज्ञात व्यक्तिले भने ।मैले भनें,"कसैले गित गाएर, कसैले बाजा आदि बजाएर जीवन .. धान्नु पर्ने वाध्यता छ।
प्रकृतिले पनि मानव मानवका विच किन अपाङ्ग र सपाङ्ग भनेर विभेद गरेको होला??? यदि यो पृथ्वीमा सबै मानव एकै भएका भए यस्तो दिवस पनि मनाउनु पर्थ्यो होला र?? दिवस मनाउनु भन्दा पनि काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर भने झैं अपाङ्गका कुरा कस्ले सुन्ने र चासो दिने ???
आखिरमा प्रकृतिले ठग्नु , मानवले मानव माथि दुर्व्यवहार गर्नु यी सबै अपाङ्गका वाध्यता पो पर्दा रहेछन् त!!!
समाप्त।।
****** ****** ********
३. लघुकथा- महाअपाङ्ग ✍️दिप मंग्राती
"आज विश्व अपाङ्ग दिवसका दिन, विश्वमा सबैभन्दा विवस, लाचार , माहाअपाङ्ग को छ भन्ने विषयको प्रतिस्पर्धा मा सहभागी हुन चाहनेकोहि हुनुहुन्छ भने आफ्नो नाम चाँडै दर्ता गराउन अनुरोध गरिन्छ...!" उदघोषकको अनुरोध बातावरणमा पुन गुञ्जियो ।
अपाङ्गहरुको आयोजक, पनि अपांग नै थिए, निर्णायक मण्डली पनि अपाङ्गनै....!
"ए तपाईं त पुरै सोह्र सृङ्गार गरेर ,फूल माला लगाएर आउनु भको छ, जित्छु नै भनेर हो कि क्या हो.....?" आयोजकको प्रश्न
"खोइ पहिले सबैले संसारकै उत्तम र सुन्दर भनेर लगाइदिएका हुन, अहिले आएर बल्ल थाहा भयो अपाङ्ग पो रहेछन, तेसैले यो उपाधी पनि जितिन्छकी भनेर उहाँलाई यो प्रतिस्पर्धा मा सामेल गराउन ल्याएको हो....!" उसलाई ल्याउने सहयोगिले जवाफ दियो।
केहिक्षण पश्चात् निर्णायकहरुले सबैकुराको परिक्षण गरेपछी विजयी प्रतिस्पर्धी को नाम पुकारे.....!
"आजको यो,"महाअपाङ्ग " को महाउपाधी,
न देख्न सक्ने...!
न सुन्न सक्ने...!
न बोल्न सक्ने...!
न हिड्न सक्ने...!
न केही गर्न सक्ने...!
खान मात्रै सक्ने,
अति लाचार , २०७२ असोज ३ गते नेपालमा जन्मिनु भएका नेपालका प्रतिस्पर्धी श्री बिधान नेपालज्युलाई "महाअपाङ्ग" ठहर गर्दै सगौरव प्रदान गरिएको छ।
****** ****** ********
४. थारूभाषा लघुकथा- सरस्वती ✍️अनुवादक : लक्ष्मीकान्त चौधरी
"लोकके फोटो रहैवाला ठाममे सरस्वतीके फाेटाे कथिले ? "
हमर प्रशन सुइनके किबोर्डसे हाथ हटाइलकै या स्किनमे निकसे देखल्कै । कुछोने बोललै।"
" आइतक सरस्वतीके चश्मा लगाइने कहियोने देखने छेलियै ? हम फेर बोललियै।"
बाउ सश्ङकित भेलै । हमर जिद्दी जहिनङके तहिनङ छेलै ।यै से पहिने हम बहौत प्रश्न पुछ्ने छेलियै।
बाउ मैयासे बात करलकै । मैयाँ हमरा लहानके अँाइख अस्पताल ल्यागेलै ।
अँाइखके दृष्टिमे खराब भेल्छौ कहैत डाक्डर हमरा पुछलक ," लगैमे बैठके मोबाइल या टिबी बहौत बेरतक देखैची ।
डक्डरके जवाफ दैके बदलामे हम आपन कान पकैर लेलियै ।
-बेलका-३, उदयपुर
****** ****** ********
नेपाली लघुकथा- सरस्वती ✍️गजल आचार्य
"मान्छेकाे फाेटाे रहने ठाउँमा सरस्वतीकाे फाेटाे किन ?
मेराे प्रश्न सुनेर बाबाले किबोर्डबाट हात पन्साउनुभयाे र स्क्रिनमा राम्रोसँग नियाल्नुभयाे । केही बाेल्नुभएन ।
"आजसम्म सरस्वतीले चश्मा लगाएको कहिल्यै देखेकी थिइनँ ।" मैले फेरि बाेलेँ ।
बाबा सशङ्कित हुनुभयो । मेरो जिद्दी यथावत् थियोे । यस अघि पनि मैले अनेक प्रश्न साेधेकी थिएँ ।
उहाँले मामुसँग कुरा गर्नुभयाे । मामूले मलाई लहान आँखा अस्पताल लग्नुभयो ।
दृष्टिमा दाेष देखियाे भन्दै डाक्टरले मलाई साेधे; "नजिकै बसेर माेबाइल र टिभी धेरै बेर हेर्ने गरेको छ ?"
डाक्टरलाई उत्तर दिनुको साटाे मैले कान पक्रेँ ।
+++
२०७९-०८--१२ विवाह पञ्चमी, कक्षा- पाँच, श्री जनता मावि, गाेलबजार, सिरहा ।
****** ****** ********
५. लघुकथा- दृष्टिविहीन राज्य ✍️रुद्र अधिकारी
ईटहरी-१९, सुनसरी(हालःलन्डन)
“बा! कति बर्ष पुग्नु भयो ?” बृद्ध उमेरमा फूलबारीमा काम गरेको देखेर दीक्षाले सोधिन ।
बा’ले औंला भाँचेर गन्नुभयो र भन्नु भयो “चार बिष र १५ बर्षमा हिँड्दै छु । ९० सालको भुइँचालो जादा म पाँच बर्षको थिए भन्नु हुन्थ्यो आमाले ।”
बा’ले “उतिबेला बस्ति पातलो हुन्थे । घर साना, होचा बास, काठ वा ढुङ्गा र माटाले बनेका हुन्थे । अधिकांस घरमा पराल र खरको छानो हुन्थे” भन्दै कहि कतै झिँगटी र जस्ताको छानो भएका घर समेत हुने गरेको बताउनु भयो । र, भुइँचालो जादा खाट मुनी लुकेर ज्यान बचाएको किस्सा सुनाउनु भयो । ९० साल, ४५ साल लगायत धेरै भुकम्पको आफुले प्रत्यक्ष अनुभव गरेको बताउदै, भर्खरै गएको भुकम्पमा रेडियोले यति मरे उती मरे भनेर फुकेकोमा बा’लाई सारै चिन्ता लागेछ । बा’ले भन्नु भयो “आधुनिक जमना भन्छन ! भुकम्प र अचानक आउने प्राकृतिक प्रकोप र बिपत्ती जोखिमको न्यूनिकरण गर्न सरकारले केहि उपाय चालेको देखिदैन ! मान्छे मरोस की मुढो ढलोस् कसैलाई केही मतलब छैन!”
दीक्षाले बा’को कुरामा सहमती स्वरुप टाउको हल्लाउँदै सरकारले एक द्वार प्रणाली अपनाएर राहत बितरण गरिरहेको कुरा समाचारमा देखे पढेको बताइन ।
बा’ले राहत हात्तीको मुखमा जीरा जस्तै भएको उल्लेख गर्दै जुक्ति निकाले ” “मृत्यु हुने त भइसके, बाचेका हात खुट्टा चल्नेले काम गरेर खालान, अंगभंग र अपांग भएकालाई सरकारले बाँचुन्जेलका लागि उचित ब्यवस्था गर्न सके उनीहरु प्रति ठूलो सम्मान हुन् थियो की?”
दीक्षाले आसंखा प्रकट गरिन “जनयुद्ध र जनआन्दोलनमा अंग, भंग तथा अपांग भएकाहरुलाई अहिले सम्म नहेर्ने राज्यले भुकम्प पिडित अपांगता भएकाहरुलाई के हेर्ला ?”
****** ****** ********
६. लघुकथा- मन ✍️रचना शर्मा
"साहुजी ! हाम्ले बनाएको अगरबत्ती किन्दिनुस् न !"
"तपाईंहरूको अगरबत्ती लिएर जत्तिको तत्तिमा बेच्नुपर्छ, पर्ता पर्दैन, लिएर मात्र के गर्ने बहिनी ? म लिन्न ! बरु अरुअरु ठाउँमा जानूस्, अरुले किन्लान् !"
किराना पसले साहुजीको मीठो बोलिमा तितो जवाफ सुनेपछि ती दुबै सेतो लठ्ठीको सहारामा अघि बढे । अर्को पसलमा पनि उस्तैगरी आफुहरूले बनाएको अगरबत्ती किन्न अनुनय गरे ।
त्यस पसलको मालिकले केही बोल्न नपाउँदै पसलको भित्री कोठाबाट उत्तर आयो, "किन्दिनुस् बुडा, जति ल्याएका छन् सबै किन्दिनुस् !"
"ल बहिनी ! घामघाममा डुलेर कति दु:ख पाउनुहुन्छ ? सबै निकाल्नुस् म किन्दिन्छु ।" पत्नीको आदेश सिरोधार्य गर्दै उनी बोले।
आफुहरूप्रति प्रेमभाव दर्शाएकी पसल मालिककी पत्नीलाई धन्यवाद प्रकट गर्दै पसल मालिकसँग एउटीले भनिन् , "अहिलेसम्म अगरबत्ती बेच्ने क्रममा कति ठाउँ डुलियो दाइ, तर तपाईंहरू जस्तो मनकारी ग्राहक कतै पाएनौं । न मोलतोल गरेर किचकिच गर्नु भो, न सामान राख्न इन्कार गर्नु भो ! दिदी त झनै मनकारी हुनुहुँदोरहेछ । के गर्नुहुन्छ उहाँले ?"
"धन्यवाद बहिनी ! वास्तवमा मेरी श्रीमती पनि तपाईंहरू जस्तै दृष्टिबिहिन हुन् । यिनले पनि भित्र बसेर अगरबत्ती नै बनाउने काम गर्छिन् ।"
रचना शर्मा
नारायणगढ, चितवन ।
२०८०/०८/०६
****** ****** ********
७. लघुकथा- प्रतिबद्धता ✍️बिष्णु उप्रेती
एकाबिहानै सुभद्राकाे अँागनमा नयाँ पजेरो गाडी आयाे। दुईजना मानिसहरू गाडीबाट ओर्लिएर घर भित्र पसे । करिब एकघण्टा पछि, सुभद्रा सहित उनिहरु बाहिर आए। सुभद्राले घरकाे चारैतिर आखा घुमाईन्। झ्यालढाेका सबै राम्रोसंग बन्द थिए। उनले लामो सास तानिन् र आखा चिसा पार्दै गाडीमा चडिन्।
केही घण्टा पछि, काठमाडौकाे बानेश्वरस्थित आलिसन भब्य महलकाे अगाडि गाडी राेकियाे । सुभद्रा गाडिबाट ओर्लिनासाथ एकजना अपांग महिला बैसाखीकाे साहारमा आएर उनको खुट्टामा ढाेगिन् । फूलमाला,अबिर, खादाले स्वागत गरिन ।गाउँकै शैलीमा सहेंली गरेर सुभद्रालाई घरभित्र लिएर गइन।
अनेक सुभिदा सम्पन्न बैठककाेठामा पुगेर साेफामा बसिन् । सुभद्राले आखाबाट बलिन्द्रधारा आसु बगाउदै, बिगतलाई सम्झिन थालिन् ।
बाह्रबर्ष अगाडि छाेराले आफुखुसि, एउटा खुट्टा काटिएकी अपांगलाई श्रीमतीको रुपमा लिएर आएपछि उनले बुहारी भित्र्याउन ईन्कार गर्दै भनेकी थिईन् -- तँ जे भन् हेर छाेरा ,म याे अपांगलाई बुहारीकाे रुपमा स्विकार्दै, घरमा भित्र्याउन सक्दिन । बरु जात, कुजात, बिजात जे भएपनि सपाङ्ग ल्याएकाे भए, सहन्थें।
बुहारी स्विकार्दै सासुले भित्र्याउन नमानेपछि यिनै अपांग बुहारिले भनेकी थिईन्-" हेर्नु, आमा, म दुर्घटनामा परेर खुट्टा काटिएर अपांग भएँ । तर तपाईं त मानसिक अपांग हुनुहुदाे रहेछ। जुनदिन म पनि केहि बनेर, केही गरेर, फरक क्षमता भएकाहरुले पनि केही गर्न सक्छन् भन्ने देखाउन सक्छु । तेसैदिन पुन हजुरसंग भेट्न अबस्य आउने छु।
२०८०/०८/२०
****** ****** ********
८. लघुकथा- सहयोग ✍️सुनिता निरौला पौडेल
"अरे रिना ! तिमी यहाँ ?" धेरै दिनपछि उनलेे साथी रिनालाई भेटिन् । अफिस जानलाई गाडीको पर्खाइमा थिइन् उनी । "तिमी कसरी यहाँ मुना ? "( अचम्म मान्दै )"रिना " भनेर एकाअर्कालाई अँगालो हाले उनीहरूले ।
"के छ त खबर ?" यसो भन्दै कुराकानी गर्दा गर्दै गाडी आयो । हतारिँदै बसमा चढे उनीहरू । धेरै भीड भएर बसमा खुट्टा राख्ने ठाउँ थिएन । बल्ल तल्ल एउटा सिट खाली भयो र मुनाले बस्न पाइन् ।
अर्को स्टेसनमा बस रोक्यो । त्यहाँबाट एउटी गर्भवती महिला बसमा चढिन् । भीड भएकोले उनी उभिएकी थिइन् । पछाडिको सिटमा बस्ने एकजना वृद्धा आमाले अगाडि बस्ने बहिनीलाई भन्नुभयो ;
" नानी , तिमी त जवानै छौ , उभिन पनि सक्छ्यौ । तर यी गर्भवती महिलालाई सिट छोडीदेउ न ।" यति भनेपछि मुनाले सिट छोडेर उनलाई बस्न दिइन् ।
ती महिलाले "धन्यवाद" भन्दै सिटमा बसिन् । उनले सिट छाडेर उभिँदा बसमा भएका सबैले उनलाई हेरेको हेर्यै भए ।आफ्नो बैशाखीको सहायताले उभिरहेकी थिइन् मुना ।
भक्तपुर : राधे राधे , निकोशेरा ।
२०८० - ०८ -१७ गते ।
****** ****** ********
९. लघुकथा- नक्कली अपांग ✍️नरेश नेपाल
जात्राको दिन देश भरको साथै बिदेशका तिर्थयात्री समेतको भिड बीच माग्ने हरु विभिन्न किसिमका शारीरिक अपाङ्गता भएको मानिसहरू को भिड मा गाइगुइ नक्कली अपाङ्ग आएको वर माग्ने बनेको
भन्ने सुनियो ।प्रहरी चारतिर तैनाथ भएको सुरक्षा घेराभित्र यस्तो अनुमान पनि गर्नु राम्रो थिएन तर संकास्पद उक्त ब्यक्ती प्रहरी निगरानीमा परेको थियोे ।सामान्यतया उसलाई देख्ने ले यो सोच्नु पनि गलत नै ठान्थे तर अन्त्यमा उसलाई पक्राउ गर्दा उ त्यो टोले गुण्डा द्वारा संरक्षित अपांग भएको र उसलाई माग्ने बाट कमिसन जाने कुरा पर्दाफास भयो।
त्यसैले अपाङ्ग अर्थात उनीहरुको पनि महत्त्व समाज भित्र भएको कुरा ले समाजमा अत्यन्तै उत्साहित तुल्याउन सफल उक्त घटनाको प्रभाव समाजमा सकारात्मक आयो ।फरक क्षमताको रूपमा बिकास हुनुको साथै अपांग मैत्री
कार्यक्रम संन्चालन गर्दै उत्साह र परिवर्तनको संम्बाहकको रूपमा लिन थालियो ।
समाप्त । नरेश नेपाल
बगनासकाली -२ पोखरथोक माडी पाल्पा
****** ****** ********
१०. लघुकथा -दृष्टिकोण ✍️रामप्रसाद पन्थी
रेसुङ्गा न.पा. २ गुल्मी
हरिशरण सर उमेर हदका कारण सेवा निवृत्त भएपछि सरस्वती माध्यमिक विद्यालयमा विज्ञान विषयकाे पठनपाठन प्रभावित भयाे । विज्ञान विषयकाे पढाइ नभएकाे भनेर विद्यार्थी र अभिभावककाे गुनासाे बढ्दै जान थाल्याे । तत्कालकाे समस्या समाधान गर्न विद्यालयले अस्थायी करारबाट शिक्षक नियुक्तिका लागि विज्ञापन गर्याे । १५ दिने सूचनाकाे अन्तिम दिन मात्रै एकजना उम्मेदवारकाे दरखास्त पर्याे । दरखास्त दिने उम्मेदवार सुन्दरप्रकाश फरक क्षमता भएका व्यक्ति थिए । दृष्टिविहीन व्यक्तिको दरखास्त परेका कारण विद्यालय प्रशासन झस्कियाे । विभिन्न कारण जनाएर विद्यालयले पुन : विज्ञापन गर्याे । दाेस्राे पटक पनि सुन्दरप्रकाशकाे बाहेक अन्यकाे दरखास्त नपरेपछि शिक्षक छनाेटकाे प्रकृया अगाडि बढाइयाे । लिखित र अन्तर्वार्तामा खाेट लगाउने ठाउँ नभेटेपछि प्रयाेगात्मक कक्षा लिन लगाइयाे । विज्ञहरूले कमजोरी देखाउने छिद्र फेला पार्न सकेनन् । परिणाम सुन्दरप्रकाश शिक्षक पदमा छनाेट भए ।
सुन्दरप्रकाश शिक्षक पदमा छनाेट भएपछि केही शिक्षकले प्रधानाध्यापककाे खुलेरै विराेध गरे । ती शिक्षकहरूबाट उचालिएका चारपाँच जना अभिभावककाे डेलिकेसन नै आयाे । एकजना अभिभावकले कड्किएर प्रधानाध्यापकलाई झपार्न भ्याए - क्या हाे हेडसर ! तपाईंले हाम्रा बच्चाको भविष्यमाथि खेलबाड गर्ने ? कहि नपाएर दृष्टिविहीनलाई शिक्षक बनाउने हाे ?"
दाेस्राे अभिभावकले त्यसैमाथि थप्दै भने- कि त्याे मास्टरलाई निकाल्नुहाेस् हाेइन भने हामीहरू नै बच्चा निकाल्छाैं ।"
प्रधानाध्यापकले संयमित हुँदै भने-" हामीले स्थायी शिक्षकका लगि अनेक प्रयास गरेका हाैं । संभव भएन । उहाँ पनि प्रकृयाबाट आउनुभएकाे हाे । विषयवस्तुमा सक्षम पनि हुनुहुन्छ ।"
तेस्राे अभिभावकले उपहास गर्दै भने- "उहाँकाे सक्षमता दृष्टिविहीनताले पुष्टि गरिसक्याे । यस्ता मास्टरबाट बच्चाहरू कसरी पढाउने ?"
प्रधानाध्यापकले दृढतापूर्वक जवाफ दिए- मलाई मात्र १५ दिनकाे दिनुहाेस् । भनेजस्तो नभएमा उहाँलाई हटाउने जिम्मा मेराे भयाे ।"
केही उपाय नलागेपछि अभिभावकहरू पन्ध्र दिने अल्टिमेटम दिएर निस्किए ।
दिनहरू बित्दै गए । सुन्दरप्रकाश विद्यार्थीका लागि सबैभन्दा लाेकप्रिय शिक्षक बन्न पुगे । अतिरिक्त क्रियाकलापदेखि लिएर आइ. सी.टीमा समेत उनी निपूर्ण देखिए । उनकाे क्षमताबाट प्रभावित भएर विद्यालयले सहायक प्रधानाध्यापकमा समेत नियुक्त गर्याे । सुन्दरप्रकाशकाे बढ्दाे लाेकप्रियताबाट आत्तिएका केही शिक्षकहरू भने षड्यन्त्रको जालाे बुन्न संगठित रूपमा लाग्न थाले ।
लेखन मिति २०८० मंसिर ५
****** ****** ********
११. लघुकथा- भोजराज सर ✍️केशवराज आमोदी
'विद्यार्थी भाइ बहिनीहरू ! भोलि म विद्यालय आंउँदिन !
'किन होला सर ?
'जिल्ला सदरमुकामतिर जानु छ ।'
भोजराज सर पढाउन जति लोकप्रिय हुनुहुन्छ उति नै राजनीतिक सङ्गठनमा सक्रिय र चतुरो मानिनुहुन्छ । एकप्रकारले विद्यालयको शैक्षिक र भौतिक उन्नति उहाँकै मातहतबाट भइरहेकोले सदरमुकाम आउजाउ गरिरहनुहुन्छ । जिल्लाका पालिकाहरूमा प्रभाव रहेकाले उहाँको हाँकोडाँको ठुलै छ । उहाँ नारायणी अञ्चल अपाङ्ग समितिका अध्यक्षसमेत रहँदै आउनुभएको बुझिएको छ ।
'नमस्कार भोजराज सर !'
'नमस्ते जीतबहादुर जी !'
'धेरै वर्षपछि दर्शन दिनुभयो त !'
'सरसँग सानो काम परेर आएको हुँ अन्यथा नमान्नु होला '
'सर ! हजुर सवलाङ्ग सुगठित र सक्षम व्यक्ति हुनुहुन्छ । अपाङ्ग हुनुको प्रमाण-पत्र सम्बन्धित निकायबाट लिएपछि त यहाँले शिक्षा र राजनीतिको क्षेत्रमा त चमत्कारै गरिदिनु भयो नि ?'
'नैतिकपतन र भ्रष्टाचाका कुरा मसँग नगर्नुहोस् , खौंला पर्नुहोला नि !' हाबादारी कुरा गर्दै नहिंड्नुस् होइन भने भोलि नै अदालतमा मान ह्नानिको मुद्दा हालिदिनेछु , बुझ्नुभो के ?'
'सर ! अपाङ्गका लागि भनेर राज्यले दिएको सारा सुविधा उपभोग गर्ने अनि मेरो भतिजो वास्तविक अपाङ्ग भएर पनि सुविधाबाट वञ्चित हुनुपर्ने बाध्यता म पनि सहन सक्दिन ।
तपाईकै सिफारिसमा प्रमाण-पत्र नपाएको कुरो थाहा पाएर नै म यहाँ धाएको हुँ ।
तपाईलाई सल्लाह दिने व्यक्तिको र डाक्टरको भ्वाइस-रेकर्ड मसँग सुरक्षित छ । आवश्यक परे यसलाई म पनि कानुनी उपचारका लागि फाइल अगाडि बढाउँन सक्दछु ' भन्दै जीतबहादुर सर त्यहाँबाट अलगिनु भयो । भोजराज सर चाँहि खै किन ! थरथर काम्दै फोन डायल गर्न लाग्नुभयो ।
****** ****** ********
१२. लघुकथा- आत्मबल ✍️तुलसी पण्डित
भुन्टी आवाज आएतिर लम्की । उहाँ पुगेर उसले भित्र चिहाइ । भित्र पुतली रगतको आहालमा थिइ ।
"पुतली के भो तिमीलाई ?"
" हेर्नू न छोरो जन्मेको दुबै खुट्टा छोटा र बाङ्गा छन् ।"
" ल ल पिर न मान । रोएर सद्धे हुने होइन । सबै आफ्नै भागभोग हो ।"
भुन्टीको आश्वासनले उसलाई धैर्यता मिल्यो ।
केही समयपछि बाबाले भन्नु भयो ।
"बाबु डल्ले तिमी उमेरले ठूला भयौ । हामी छउन्जेल तिमीलाई हेरौंला । हामी गएपछि तिमीलाई बाँच्न गाह्रो पर्छ । अब केही गर्नु पर्छ । अब भन तिमी के गर्छौं ?"
" बाबा मैले हजुरले भनेको कुरा सोचि रहेको थिए । भगबानले मलाई खुट्टा सग्लै न दिए पनि अरु अङ्ग सग्लै दिनु भएको छ । म यस्तै हात र खुट्टाको भरमा फिलिल्लै दौडन सक्छु । जङ्गल नजिक छ । मलाई तीस वटा बाख्रा किनि दिनुहोस् । म बाख्रा पालन गर्छु ।" " बाबु तिम्रो राम्रो सोच रहेछ । म खोर बनाएर बाख्रा किनि दिन्छु ।"
डल्लेको कामको तारीफ चारैतिर फैलियो । धैरै अपाङ्ग विद्यालयका शिक्षकहरु विद्यार्थी सहित त्यहाँ आए । डल्लेको काम देखेर सबैले ताजुप माने । "के अपाइ्ग के सपाङ्ग भन्नु । दुबै खुट्टा टेक्दैन । हात खुट्टा टेक्दै सय बाख्रा पालेर आफ्नो घर गृहस्थी चलाएको छ । हामी किन सक्दैनौ आफ्नो जीवन पाल्न । विद्यालयहरुबाट आएका अपाङ्गहरुले सोचे ।
" दाइ खुट्टो सग्लो नहुदा पनि तपाईले यति धेरै बाख्रा पाल्नु भएको छ । जङ्गल आफै जानुहुन्छ बाख्रा लिएर । आफै दाना पानी घाँस दिने गर्नुहुन्छ । पत्याउन पनि गाह्रो । कसरी सम्भव भयो यो ?"
"हेर सबै भन्दा ठूलो कुरा आत्मबल र प्रेरणा हो । यी दुबै बलियो भएपछि कुनै अङ्ग कमजोर भएर फरक पार्दैन ।"
****** ****** ********
१३. मैथिली लघुकथा- भिखारी ✍️मनोहर पोखरेल
आइ मंदिर मे देखलौं । नव जगह भेलो पर उनका चिन गेलु । आन दिना कोर्ट जाइत काल हुनका देखैत छलहुँ । हम लग मे जा क' पुछलियनि, "अहाँ त सदिखन अड्डा लाइन मे रहैत छेलिय ?"
बहुत गरीब हेबाक कारणेँ ओ भीख मांगि कऽ जीबैत छलाह । जखन ओ भीख मांगैत हाथ पसारि दैत छल, कुछ दयावान व्यक्तिसभ ५/१० रुपैयाँ हुनकर बाटी मे राखि दैत छलहा ।
हुनकर पिताक मृत्यु बचपन मे भ गेलनि । मायक दोसर विवाहक बाद ओ अनाथ भ गेलाह । ताही ओ पढ़ि-लिखि नहि सकला । तेँ ओ भीख माँगब सीख गेल ।
अदालत, मालपोत, बन आ सिडिओ ऑफिस अड्डा लाइन स जुड़ल छल । रोज जनता स निपटय वाला ऑफिस के कारण भिंडभाड होयत रही । तेँ ओ ओहि स्थानकेँ पाइ माँगबाक मुख्य स्थान बना देलनि । कियो छोट-छोट पाइ दैत त कियो रोटीक टुकड़ी दऽ चाह पीबैत छल । अड्डा लाइन मे सब हुनका चिन्हय लागल । ओतहि सेहो ओ अपना केँ सुरक्षित बुझैत छलाह । तेँ अंत मे कतहु जेबाक इच्छा तक नहि भेलनि । मुदा आइ देखलहुँ जे ओ मंदिरक दरबज्जा पर बैसल भीख मांगैत छथि ।
हम कारण पुछलियनि- "आइ इम्हर देखैछी, जगह किएक बदलय पड़ल ।"
"हँ सर, हम ओहि ठामसँ विदा भ’ गेलहुँ । हम विवश भऽ गेलहुँ । जेकरा टाँग नहि छैक, ओ हमरा पेट मे लात मारि देलक ।" ओ ई कहला आ हमरा आओर जिज्ञासा भ’ गेल ।
उनका से जानकारी भेल । ऑफिस खुजैत देरी व्हीलचेयर पर बैसल युवती आबि जाइत छलीह । नेनपन मे पोलियो के कारण कमर के नीचा के हिस्सा हिलब बंद भ गेल छल । ओना शारीरिक रूपसँ अस्वस्थ छलीह मुदा मेहनतसँ साधारण लिखपढ़ब सीखलनि । लिखापढी के रूप में अपन कैरियर के शुरुआत केलनि आ बगल में एकटा तौल मशीन रखने छलीह ।
"लोक हुनका लग जा क हमरा दिस देखैत छल ।" हमर जिज्ञासा शान्त करैत ओ कहलक-"लोक पैसा नही दै छल त बर्दाश्त क लै छलु मगर घृणा नहि सह सकलु आ ओ जगह बदलि लेलु ।"
राजविराज–६ सप्तरी
****** ****** ********
लघुकथा – भिखारी (नेपाली)
मनोहर पोखरेल
उनलाई आज मन्दिरमा देखे । नयाँ ठाउँमा देखे पनि चिनिहाले । नजिकै गएर सोधेँ, ‘तिमी त सधैँ अड्डा लाइनमा बस्थ्यौ ?’
अदालत जाँदा–आउँदा उनलाई देखिरहन्थेँ । तन्नम भएकाले उनी मागेर गुजारा चलाउँथे । याचनापूर्वक हात फैलाउँदा कसैकसैले ५/१० रुपैयाँ उनको कचौरामा हाल्थेँ ।
बालकैमा बुवाको मृत्यु भएको थियो । आमाले दोस्रो विवाह गरेपछि उनी टुहुरा भएका थिए । पढाइलेखाइ गर्न पाएनन् । त्यसैले डुल्न र भिक्षा माग्न सिकेका थिए ।
अड्डा लाइनमा अदालत, मालपोत, बन र सिडिओ कार्यालय जोडिएर रहेको थियो । जनतासँग दैनिक सरोकार राख्ने कार्यालयहरुको कारण भिंडभाड भइरहन्थ्यो । त्यसैले उनले सो ठाउँलाई पैसा माग्ने मुख्य थलो बनाएका थिए । कसैले खुद्रा पैसा दिन्थे भने कसैले एक टुक्रा पाउरोटी र चिया पिलाउँथे ।
अड्डा लाइनमा उसलाई सबैले चिन्न थालेका थिए । उनी पनि त्यहाँ सुरक्षित महसुस गर्थे । त्यसैले अन्त कतै जान पनि चाहँदैनथे । तर आज उनलाई मन्दिरको ढोकामा बसेर मागेको देखेँ । मैले ठाउँ परिवर्तन गर्नुपर्ने कारण सोधेँ, ‘सधै अड्डा लाइनमा देख्थेँ, आज यता देख्छु ?’
‘हो हजुर, मैले त्यो ठाउँ छाडे । छाडे के भनुँ छाड्न बाध्य भए ।’खुट्टा नहुनेले मेरो पेटमा लात मारी ।’ उनले यसो भन्दा म झनै जिज्ञासु भए ।
कार्यालय खुल्ने समय हुनासाथ व्हिलचेयरमा एक युवती आउँथिन् । सानैमा पोलियोको कारणले कम्मरमुनिको भाग चल्न छोडेको थियो । शारीरिकरूपमा अस्वस्थ भएपनि मेहनतले सामान्य लेखपढ गर्न सिकिन् । लेखापढी व्यवसायी गर्न थालिन् र छेउमा तौल नाप्ने मेशिन राखिन् ।
"मानिसहरु उनीकहाँ जान्थे र मलाई घृणाभावले हेरेजस्तो लाग्थ्यो । पैसा नदिएको सहेकै थिए, घृणा सहन सकिनँ र ठाउँ परिवर्तन गरे ।"
राजविराज–६ सप्तरी
****** ****** ********
१४. लघुकथा- परिवर्तन ✍️धनसिंह बिश्व
एक दिनको राज्य स्तरीय अपाङ्गता स्वास्थ्य सम्मेलन चलिरहेको थियो। राज्यका बिभिन्न बिभागका विशेषज्ञ डाक्टरले अपाङ्गतालाई स्वास्थ्य जाँच पश्चात राहात र भत्ताको फारम भर्दै थिए।
सम्मेलनमा स्वास्थ्य जाँच सँगै सहयोगार्थ केही राहत वितरण पनि गरियो। अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य सेवा, शिक्षा, सामाजिक सहायता र रोजगारीसहित आधारभूत सेवा तथा अधिकारमा समान पहुँचको व्यवस्था गरेको अवगत गराइयो। अन्य सबै अपाङ्गतालाई मासिक भत्ता पनि उपलब्ध गराउने निर्णय गरियो।
अपाङ्गताका राज्य स्तरीय प्रमुख सभापति राम बहादुरले भन्नुभयो "अब हामी सबैले अपाङ्गतालाई 'दिब्यांग' भनेर सम्बोधन गरी सम्मान र माया गर्नुपर्छ। तिनीहरूको मनोसामाजिक अपाङ्गतालाई उचित ध्यान दिएर कुनै प्रकारको भेदभावहरु गर्नु पाईने छैन"।
स्वास्थ्य मन्त्रिले आफ्नो मन्तव्यमा अपाङ्गतालाई प्रोत्साहन गर्दै भन्नुभयो "हेर्नुहोस! आजका दिब्याङ्गता - स्टेफेन हौकिन, डोरोथी होड्किन्, हेलेन केलर जस्ता हुनुपर्दछ। अघी बढ्नुहोस् हामी सरकारबाट भरपूर सहयोग पुर्याउनु सधैं तत्पर रहनेछौं"। तालीको गुञ्जयमान भयो।
बिचबाट एउटी अपाङ्ग महिला दीपिकाले हात उठाउदै उठेर भनिन् "महासय! यो आडम्बरीको मुखुण्डो लगाउने नेताहरुले हाम्री आमालाई पनि हामी जस्तै अपाङ्ग बनाई सकेका छन। यिनीहरुलाई पनि कानुन लागू हुनुपर्छ। कतै हामी जस्तै हाम्री आमा पनि अकालमा मृत्यु हुनु नपरोस्"।
***** *****
गेजिङ प० सिक्किम
****** ****** ********
१५. लघुकथा- नेता भानुभक्त ✍️पीपी कोइराला
जानकीचोक धरान १३ सुनसरी
बसपार्कको पुर्व पट्टिबाट एउटा नेत्रहीन मानिस आउँदै गरेको देखेँ। मेरो जम्काभेट हुनासाथ उसले भनेको सुनेँ,
”हजुर मलाइ बाटो कटाइ दिनुहोस न ।”
मलाइ करुणा जाग्यो । म उसको हात समाउँदै जेब्राक्रसबाट बाटो कटाउँदै थिएँ।एक्कासी एउटा बस हुइँकिदै आयो । जेब्राक्रस मै हामी दुबैलाइ क्याच्च किच्नै आँटेको थियो कि भानुभक्तले हातैले बस रोकिदिए । अनि छेउमै गएर ड्राइभरलाई थर्काए ,
"जेब्राक्रसको नियम छैन, पापी ? यस्ता अपाङ्गको अलिकति पनि दयामाया लागेन ? झन्डै ज्यान लियौ नि होइन?”
त्यो ड्राइभर पनि रन्क्यो, ”तिमी को हौ मलाई यसरी हकार्ने ?"
“म भानुभक्त हुँ, आदिकवि?”
भानुभक्तले चिनाए।
ड्राइभरले चिच्याउदै ब्यङ्ग हान्यो,
”शालिकबाट उठेर यहाँ किन आको त ?”
भानुभक्तले तरबार उचाल्दै भने ।
"तिमिहरुको असक्षमता र मनपरि हँकाईले पुरै सिस्टम नै बिग्रेर धेरै निर्दोषहरु अपाङ्ग बनेका छन् । त्यसैले तिमीहरुलाई दण्ड दिन म अघि सरेको हुँ ।"
मेरो त आङ जिरिङ्ग गर्यो ।
"नेता भनेको यस्तो पो हुनुपर्छ" भन्दै उनलाई जुरुक्क बोक्न मन लागेर आयो । तर उनीतिर यसो फर्किएको त झसङ्गै ब्युँझिए, निन्द्राबाट ।
****** ****** ********
१६. लघुकथा: निर्णय ✍️प्रेम पुन मगर
ढोनपा ४ बागलुङ हाल पोखरा
"यो निर्णय हामी कुनै हालतमा मान्दैनौँ।"
विरोध सभाका अगुवाइले भनेपछि सबैले "हो" मा "हो " थपे।
"यो हामीले गरेको निर्णय होइन । केन्द्रबाट नै लागू भएको निर्णय हो।" स्थानीय नेताले उनीहरूलाई सम्झाए।
झन विद्रोह मच्चियो।
उनले सम्झाउन खोजे। "यतिखेर देशको आर्थिक अवस्था निकै कमजोर भएको छ। यो कुरा तपाईंहरुलाई पनि थाहा नै छ। त्यसैले यस्तो निर्णय लिनु परेको हो। देशको हालत उकास्नको लागि पनि तपाईंहरुले यो निर्णय मान्नै पर्छ।"
उनीहरू सबै एउटै आवाजमा गर्जिए।
"देशको हालत उकास्न भ्रष्टाचार नियन्त्रण र विकासमुखि नीति ल्याउने हो।, अपाङ्ग भत्ता घटाउने होइन।"
२५/७/२०८०
****** ****** ********
१७. लघुकथा पौरख ✍️सविता भट्टराई
जनकपुरधाम ।
"हजुर केही खान दिनुस् न!दुईदिन देखि केही खाएको छैन"मन्दिरको ढोका बाहिर एउटा आँखा न भएको भिखारी ले माग्दै थियो।
आउने जाने मानिस हरू कसैले दिन्थे।कसैले दिँदैनथे। ऊ दिक्क भै सकेको थियो।
"अंकल!!ला लिनुहोस सयरुपियाँ र पेट भरि खानुस् है।"भिखारीले पछाडि फर्केर हेर्यो,एउटा ह्वील चेयर मा बसेर फूल बेच्दै गरेको बार वर्षको बालक भन्दै थियो"यहाँ त पाखुराले मागेर हैंन पौरख गरेर मात्र पेट भर्छ।"भिखारी छक्क पर्दै माग्ने कचौरा लुकाउँछ।
****** ****** ********
१८. लघुकथा- बिषालु बिचार ✍️सुरेशकुमार पाण्डे
के भयो ? हिना-? विरूले सोध्यो।
यता हेर्नोस् न ! -हिनाले देप्चिमाको दुध देखाउँदै भनिन् । त्यो दुधमा छिप्कली परेको थियो।
"ओहो! कसरी परेछ; यो त अत्यान्तै बिषालु हुन्छ।-विरूले जानकारी गराउँदै भन्यो। अब यो दुध केगरौँ ?-हिनाले नाक मुख बिगार्दै सोधी।
यो कतै नालामा फ्याँक यो कसैलाई नदिए।-विरूले भन्यो।
यसोगर्दा कसोहोला ?यो दुध नफ्याकौँ बरू बुढा बुढीलाई दिउँ त्यसैपनि उनिहरू सधैका बिमारी।
छिप्कली कत्ति बिषालु हुँदोरहिछ त्यो पनि जानकारी हुन्छ।- हिनाले विरूका बा आमा तिर इसारा गर्दै भनी।
केभनेको ? हँ ! बा नजिकै हुँनुहुन्छ सुनेको भए -वीरूले बिस्तारै भन्यो।
हजूरको बाको कानमा हेर्नुस् त मिसिन छैन्।उन्लाई जेभनेपनि सुन्दैनन्।
होइन मरे त ठिकैहोला अद्मोरा भएभने उपचार गराउँदा सम्पत्ती बेच्नुपर्छ।भैगो यो गलती नगरौँ।-विरूले हिनालाई सम्झौँदै भन्यो । बुढाले त्यो सबैकुरा सुनिरहेका थिए ।
दाङ घोराही १८
०३-१२-२०२३,(१७ मंसिर २०८०)
****** ****** ********
१९. लघुकथा- बाँच्ने इच्छा ✍️नारायण कोइराला
हास्यव्यङ्ग्य कार्यक्रम चलिरहेको थियो । भिडमा एउटी महिलालाई चिन्तित देखेँ । खुसुक्क कानमा गएर सोधेँ । सबै हाँसिरहेका छन् । हजुर मात्र किन दु:खी ?
सबै कालको पर्खाइमा हाँसिरहेका छन् । मृत्युपछि कसैको अस्तित्व रहन्न । उनको जवाफको मसँग थप कुनै जिज्ञासा थिएन । त्यसमाथि पनि अपाङ्ग महिला । धेरै बहस गर्न समेत सकिएन ।
कार्यक्रमबाट निस्कँदै गर्दा गएर कानमा एउटा वाक्य भनेर छोडेँ । वाक्यले काम गरेछ । उनकै कार्यक्रममा जाँदै छु । मृत्युपछि बाँच्ने इच्छा पूरा गर्न अपाङ्गले झेल्नुपर्ने समस्याको बारेमा पुस्तक लेखेर विमोचन गर्दै थिइन् ।
-नारायण कोइराला
तानसेन, पाल्पा
****** ****** ********
२०. लघुकथा- दृष्टिकोण ✍️नानि भारद्वज
"तैले जमिन्दारकी छोरीको मुटु कसरी चोरिस् ?"
पञ्च प्रधानको अदालत चलिरहेको थियो। गाउँका मानिसहरु दुई मुटुको कहानी सुन्न र हेर्न भेला भएका थिए।
सोधेको प्रश्नको जवाफ न त केटोले दिइरहेको थियो न त केटीले । एकछिनमा प्रधानले सत्य ओकलाउन आफ्नो तरिका अपनाए। गाउँको न्याय व्यवस्था प्रधानको तलुवा चाट्थ्यो।
सुरुमा त केटोलाई निक्कै हप्काए तर उसले मुख खोलेन। अब प्रधानले थप्पडको वर्षा गरे। त्यसपछि केटोले मुख खोल्यो। "तपाइँको मुटु भए न जान्नुहुन्थ्यो मुटु कसरी चोरिन्छ भनेर !" प्रधानको रीसको पारो अझै माथि चढ्यो । अब चैं एउटा भाटोले बजाउन थाले।
केटोले पनि फेरि उही कुरा दोहो-याएको हुनाले प्रधानले सोधे :" तलाई कसरी थाह भो मेरो मुटु छ कि छैन भनेर जबकी तँ त जन्मदै दृष्टिबिहिन छस् ?
अब चैं केटीले पनि मुख खोली : "तपाइँको मुटु भको भए त तपाइँलाई थाह हुन्थ्यो कि मुटु चोर्न आँखा होइन मुटु नै चाहिन्छ!"
विराटनगर, मोरङ्ग
****** ****** ********
२१. लघुकथा- शक्ति ✍️बाँस्कोटा धनञ्जय
नवज्ञान विद्यामन्दिरमा सात फुट अग्लो भित्र र बाहिर दुवैपट्टि लिप्सेर चिल्लो पारिएको कम्पाउन्ड पर्खाल थियो । त्यसलाई नाघेर, चढेर जानु त अकल्पनीय नै थियो ।
अनुमतिबिना विद्याथी, शिक्षक कोही पनि बाहिर जान र भित्र आउन पाउँदैनथे । दश — चार त्यो पावन्दी हुन्थ्यो । विद्यालयका पाले पनि यति कडा थिए कि तालपरे विद्यार्थीलाई घुएत्रो हान्थे ।
‘कि त तिमीहरुका साँढे तह लगाओ, कि हामी आपैm तह लगाउँछौं । यी फलपूmल तिमेर्का लागि रोपिदिएको हो ?’, विद्यालयको नजिकै घर भएका चौहान बा विहान विद्यालय खुल्नासाथा कराउँदै आए ।
‘के भन्नुहुन्छ, बा ? कसलाई साँढे भन्नु भएको ? हामीले त गोरु पालेका छैनौं त यहाँ ?’, हेडसर उत्तर दिन थाले ।
‘तिमेर्का विद्यार्थी !’
‘अनि के गरे त हाम्रा विद्यार्थीले र यसरी कोकोहोलो मच्चाउनू यस्ता बृद्ध मान्छेले?’
‘आँपको सत्यनाश गरे नि !’
‘कतिखेर गरेछन् त ? विद्यालय समयभरि त कसैले पनि बाहिर निस्किन पाउँदैनन् । अब विहान बेलुकाको त हामी जिम्मेवार हुन सक्दैनौं ।’
‘तिमेर्कैले हो, हिजो सकुल लागेका बेलामा । बुहारीले देखेको । खाए मात्रै त हो नि ! आधा भुईंमा ! सत्यानाश ! एउटा बोटै रित्तै ! के गर्ने हो गर्नू !’
‘हुन्छ, बा म तपाईंलाई भरे भेट्छु ।’
बा गएपछि हेडसरले सबै विद्यार्थीहरुलाई बाहिर चौरमा निकाले । एक एक गर्दै सोधे, ‘यो काम कसको हो, नढाँटी भन । नत्र म तिमीहरुका अभिभावक बोलाउँछु ।’
यसरी धेरैबेर केरकार गरेपछि उमेशले एउटा हात उठायो र भन्यो, ‘सर वाल नाघेर गएर मैले गरेको हो ।’
सबै शिक्षक — शिक्षिका, सबै विद्यार्थी र कथाकार पनि घोर अचम्ममा परे । एक हातको शक्ति थियो त्यो ! किनभने उमेशको एउटा हात सानैमा डाक्टरले काटेर प्mयाँकेका थिए ।
दमक, झापा
****** ****** ********
२२. लघुकथा- प्रतिभा ✍️उमानाथ दाहाल
शिवसताक्षी नगर पालिका दूधे झापा
" अब नतिजा घोषणा साथै पुरस्कार वितरणको पालो आएको छ" उद्घोषकले जानकारी दिए । सबै सहभागीको ध्यान आकर्षित भयो । आफु परिन्छ परिँदैन भन्ने चिन्तामा उनीहरूको मुटुको धड्कन बढ्यो ।
उद्घोषकले सान्त्वना स्थान प्राप्त गर्नेको नाम वाचन गरे र पुरस्कार ग्रहण गर्न बोलाए । एवम् क्रमले तृतीय, द्वितीय हुदै प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीलाई बोलाइयो ।
प्रथम हुने प्रतियोगी साथी लिएर पुरस्कार थाप्न आए ।
यो पुरस्कार वितरण हुदै गर्दा उद्घोषकले ब्याख्या गरे " आज अत्यन्त मर्म स्पर्शी नतिजा हाम्रो अगाडि आएको छ । पाउले यस्तो राम्रो चित्र बनाउन सक्ने भाइ रामचन्द्रको अद्भुत प्रतिभालाई कार्यक्रम आयोजकको तर्फबाट सलाम गर्दछु " ।
२३. लघुकथा- असर ✍️लता के.सी.
तीनकुने, काठमाडौं
उघोषकले भने, “आजका अन्तिम सहभागी मञ्चमा
आउँदै हुनुहुन्छ, नवप्रतिभा रिना शर्मा !”
दर्शकदीर्घाबाट समर्थकहरूको कोलाहल मच्चियो । वातावरण तातेर उधुम भयो । भर्खर सत्र वसन्त टेकेकी रिनाले छमछम नाचिरहँदा सबै लठ्ठ परिरहेका थिए ।
नाच्दै गर्दा उनी अचानक लडिन् । कोही बोक्न तम्सिए । कोही पानी छ्याप्न आए ।
कोही भने आआफ्नै अनुभवको खेती गर्न थाले,
– भोकै थिइन् होला ।
– खुसी र भिडले उत्तेजित भइन् होला ।
– हिस्टेरिया होला आदि ।
एकछिनपछि उनी जसै बौरिइन , सबैले एकै स्वरमा सोधे, “के भयो ?”
उनले लामो सास फेर्दै भनिन्, “खु्टा लुलो भएर लडेछु अनि केही थाहा भएन ।”
प्रश्न तेर्सियो, “पहिला पनि यस्तो भएको थियो र ?”
उनले निकै समय लिएर मुख खोलिन्, “बेला बेलामा हुने गर्छ । छोरी भनेर थाहा पाएपछि आमाले गर्भ फ्याल्न धेरै औषधीहरू खाएकी थिइन् रे ! त्यसको असर हो ।”
****** ****** ********
२४. लघुकथा- झुण्डिएको आकृति ✍️कोषवल्लभ रेग्मी
पैंतालीसको भूकम्पले धेरै धनजनको क्षति भयो र हाम्रो गाउँ पनि चोखो रहेन।कतिका घर ढलेगँगै ज्यान पनि गयो।हाम्रो छिमेकी गोरे काकाको घर भत्किए सँगै माटोले पुरिएकी आठ बर्षकी छोरी बाहेक सबै भूकम्पका शिकार भए।
यो दर्दनाक पीडा कसलाई सैह्य हुन्छ र?कालबाट बचेकी नावालिकाको स्वास्थ्योपचार पछि पालन पोषणको जिम्मा हाम्रो परिवारले लियो।पछि ऊ देब्रे खुट्टा खोच्याएर हिड्ने अपाङ्गझैं बनी।
समकालीन भएकोले होला हामी एकअर्कामा खुब मिलेर खेल्ने र कामगर्ने गर्थ्यौ।
ऊ घरको काम लगनशील भएर गर्थी।मलाई बा आमाले कुनै काम दिनुहुन्नथ्यो।तर उसलाईभने कामको जिम्मा ठुलै लगाइएको हुन्थ्यो।कहिले सानोतिनो काम बिग्रदा -"टुहुराको बुद्धि हुदैन भन्थे होरछ"-भन्दै बा आमा गालि दिनुहुन्थ्यो।ऊ भने केही केही नभनी आखाभरि आशुपारेर म तिर हेर्थी।
समय चक्रले हामीलाई ठुलो बनाई सकेको रहेछ।ऊ बीस म एक्काइसमा प्रबेश गरेका थियौ।गाउँ र घरमा पनि हाम्रो हिमखिमको चर्चा चल्न थालेछ।एकदिन ऊ रछ्यानको काममा थि।मलाई बा आमा र काकाहरुले भान्सा कोठामा -"त्यो अपुतालीकी अपांग छोरी फेरि तल्लो जातकी सँग तँ किन लम्पट हुन्छस?आजैदेखि त्यसलाई त्यागिनस भने तेरो यस घरमा बास हुनेछैन-"भन्दै चेतावनी दिए।
भोलिपल्ट घरका र अरु मिलेर केही पर एउटा टाटीको झुप्रो तयार पारियो।ऊ उसका लुगाको पोको र २ मानाजति चामल बोकेर आशुका ढिक्का खसाल्दै -"हे आमा बा मलाई उही दिन किन लानुभएन?दया गरेर मलाई चाडै लिन आउनुुहोस!"-भन्दै त्यो झुप्रोमा प्रवेश गरेकी थिई।
रातभर मलाई निन्द्रा परेन।सोचमग्न भइरहें।"समाज,परिवार कि ऊ?"आखिर जे होला मैले उसलई स्वीकार्ने निर्णय गरे र केही रुपैयाँ सहित लुगा लगाएर झिसमिसे बिहान उसको झुप्रो तिर लागें।
"हँ!"म झसंगभएँ।दैलो उग्रेन आग्लो मारिएको थियो।मान्छे मुस्किलले छिर्ने झ्यालबाट भित्र हेर्दा मिर्मिरेको धमिलोमा एउटी नारी आकृति कतै भुईं छाडेर हल्ली रहेको जस्तै देखें।।
देउमाई न पा ७ इलाम।
****** ****** ********
२५. लघुकथा- भ्रम✍️कुञ्जदेवी उपाध्याय
साँझ पर्नासाथ घरमा झगडा शुरू हुन्थ्यो नरेन्द्र भट्टराईको।
उनको भनाई थियो तिम्रो अपाङ्ग छोरी पढेर केही गर्छे भन्ने भ्रममा नबस ललिताको आमा। यस्ता अलछ्छिनी छोरी जीवन भरका बोझ हुन्
टेवलमा किताब राखेर पढाई गरि रहेकी छोरी ललिता आफ्नै भाग्यलाई धिक्कार दिँदै चुपचाप पढाइ गरि रहन्छिन्।
आँखामा सपना बोकेर उनी एकोहोरो पढाई गर्छिन्। बुबाको तिरस्कार र आमाको ममता बाट प्रेरणाको स्रोत खोज्दै उनको पाइला चल्छ।
एच एल सी को रिजल्ट आयो। सबैलाई छक्क पार्दै ललिता पहिलो स्थानमा उत्तीर्ण भएको खबर फैलियो।
पत्रकार घरमा आएर उनलाई धेरै प्रकारका प्रश्न सोध्न लागे , दुई हातको औँला नभएर पनि तिमीले कसरी यत्तिको रिजल्ट गर्न सक्षम भएउ ललिता?
ललिताको जबाफ थियो अपाङ्ग म शरिरको मात्र हूँ हजुर,मनको होइन।
****** ****** ********
२६. लघुकथा- वंचित✍️सोमकुमार सुब्बा
गाउँको चौतारोमा तीनजना अपाङ्गहरु गफ गर्दै थिए। अन्धोले सोधे-
"आजको खबर के छ?"
लाटोले बैरोलाइ इसाराद्रुरा सो प्रश्न सम्झायो।
बैरोले खबरकागत पढ्यो र लामो श्वास छोडदै भन्यो- "देशमा भ्रष्टाचार,बलात्कार,अत्याचार, व्यविचार आदि चारैचार चलिरहेछन्!"
केहीक्षण तीनैजना चिन्तित भए।
अनायासै एकाएक उनिहरुको अनुहारमा खुसी छाए। एकैसाथ जुरुक्क उठे र हात जोडदै भने -
"हे प्रभु,हामीलाई यी नराम्रा काम गर्नबाट वंचित राख्नको निम्ति अपाङ्ग बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ!"
सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम।
****** ****** ********
२७. लघुकथा- सेतो छडी ✍️लक्ष्मण ज्ञवाली
जोडले ब्रेकहानेको कर्कस आवाज संगै एउटा ट्रक जेब्राक्रसमा रोकियो ।
खिड्की बाट बाहिरमुन्टो निकालेर चालक चिच्यायो !
ओई कस्ति आँखा नभाकि केटी रहिछे ?
"मर्न मन छ कि क्या हो ? "
वेगवान गाडीको हावाको झोक्का र हर्नको आवाजले तर्सेर "सरिता भुँइमा लडिन ।"
जन्मिदै दृष्टि गुमाएकी उनी अनेकौ कठिनाईहरू संग जुद्धै उच्च शिक्षा पढ्दै गरेकि युवती हुन ।उन्को गन्तब्य विहानी कक्षामा पढ्न कलेज पुग्नु थियो ।
उनी लडीन मात्रै धन्न घाईते भईनन् ।
तर चालकको भनाईले भने उनको मन छिया छिया बनायो ।
पाइला पाइलामा यस्ता परिघटना बेहोरेकि उनको मनमा हाम्रो समाजका सबलाङ्गहरूको मानसिकता देखेर टिठ लागेर आयो ।
उनी उढ्न खोजीन तर उन्का सामानहरू उनकै वर पर उछिट्टिएर छरिएका थिए । उनले ति चिजहरू हातले छामेर फेलापार्ने प्रयाश गरिन् तर असफल हुँदा उनी किंकर्तव्यविमूढ भईन ।
त्यतिनै बेला एकजना सज्जन पथिकले उनलाई सहारा दिएर किनारमा पुर्याए र झोला ,कालो चश्मा जिम्मा लगाए ।
सरिता ले आफ्नो महत्पूर्ण साधन छुटेको महसुस गर्दै जोडले आवाज निकालीन मेरो "सेतो छडी "......।
समाप्त
तिलोत्तमा १ नीलगिरिपथ शंकरनगर रूपन्देही
२०८०/८/१७
****** ****** ********
२८. लघुकथा- स्वाभिमान ✍️रञ्जुश्री पराजुली
एउटी करिव बीस एक्काइस बर्ष जतिकी युवती सधैँ जसो सफा ट्म्पोको अगाडि बसेर सायद कुनै प्राईभेट अफिस तिर होला जाँदै गरेको म देख्द थिएँ।उनी सुन्दरी थिइन् ।आकर्ष परिधानमा सजिएकी हुन्थिन् ।अनुहारमा पनि हलुका प्रसाधन पोतेकी हुन्थिन् ।त्यस्तै कान घाँटीमा पनि हलुका आभुषण पहिरेकी हुन्थिन् ।उनको व्यक्तित्वले म प्रभावित भको थिएँ। म पनि प्राय त्यही टेम्पोमा सफर गर्द थिएं । उनी सधै अगाडि चलाकको सिट सङ्गै बसेकी हुन्थिन् ।त्यसैले बाहिरबाट उनको मुहार मात्र देखिन्थ्यो ।सत्य कुरा भन्नू पर्दा म उनको सुन्दरताले लठ्ठीएको थिएँ ।उनी सङ्ग बोल्न मन लाग्दथ्यो । मौका नै परेको थिएन ।उनी म भन्दा पहिले टेम्पो चडेकी हुन्थिन् ।म चड्दा पनि पहिले वोर्लदा पनि पहिले ।त्यसो भएकोले हाम्रो भेटघात र वोलचाल हुन पाएको थिएन ।
एकदिन अकस्मात् उनी पछाडिको सिटमा बसेर आएकी देखे ।टाडैबाट त्यो देख्दा मरो खुशीको शिमा नै रहेन ।"आहा .. आज आफुले मन पराएकी मात्र नभै भित्र भित्रै अपनाएकी युवती सङ्ग बोलचाल गर्न पाईयो " तर उनले म तिर हेदै हेरिनन् ।जाडो महिना भएकोले उनले खुट्टा सम्म घम्लङ्ग पश्मिनाको सल वोडेकि थिइन् । त्यो दिन उनी म भन्दा अगाडि नै वोर्लन पर्ने रहेछ । उनले खुट्टा उचालेर ट्याक्ट्याक आवाज दिइन् ।अनि खुट्टाले नै काँधमा अड्याएको ब्यागको फास्नर खोलेर पैसा झिकेर भाडा भित्रबाट नै दिइन् । त्यो दृश्य देखेर म अवाक भएँ ।स्तब्ध भएँ। मैले मद्दत गर्न खोजे तर उनले त्यो आवश्यक नभएको जनाएको जनाइन् ।मलाई धन्यवाद दिँदै आफ्नै सुर र तालमा टेप्मोबाट झरिन् ।
****** ****** ********
२९. लघुकथा- आत्मा शक्ति ✍️एकल यात्री
``ओहा!तपाई यस्ताे अपांग भएर पनि कति मेहनत गर्नु हुन्छ´´बिर्खेले भन्याे ।
``म विस्वकाे अग्लाे शिखर सगरमाथा आराेहण गर्ने ईच्छा छ´ म त्यस्कै लागि अभ्यास गरिरहेकाे छु´´सुकविरले भन्याे ।
``भाे!भाे! नखाेक सधैं हृवईल चियरमा अर्काकाे साहारा लिएर बाँचेकाे छ, फुर्ति लगाउँछ ,अझ हात, खुट्टा भएकाे भए झन् कस्ताे फुर्ति गर्दाे हाे´´बिर्खेले भन्याे ।
``मेराे शरीरमा नभएकाे हात र खुट्टा त हाे, मेराे ईच्छा ,शक्ति त अपांग भएकाे हैन् । यहाँ झमक घिमिरे साहित्यकार भईन,स्टफन हकिङ्ग बैज्ञानिक भए उनिहरु अपांग हैनन्, र विस्वसामु परिचित भए ईच्छा शक्ति भएपछि अपांग भन्ने हुन्न म कसाे चढ्न नसकुला´´सुकविरले विर्खेलाई भन्याे ।
सुकविरलाई उडाउँदै भन्याे``जसकाे सिंङ्ग छैन उस्कै नाम तिखे´´।
एकल यात्री
मन्थली १३ रामेछाप २०८०/०८/२८ गते
****** ****** ********
३०. लघुकथा: अपाङ्ग दर्शन ✍️प्रह्लाद दवाडी,
ठेगाना: लिङ्गमो पेप्थाङ्ग, सिक्किम।
"ओइ केटा हो हिँड म संग, चुनाव नजिक आउँदैछ, अलिक प्रचारको काम गर्नु पर्छ।" टाउकेले उसका धुपौरेहरुलाई भन्यो।
"सर, कता जानु पर्ने आज? हामी तयार छौं, लु जौँ। " अलेनले आत्म समर्पण गर्यो।
"आज अपाङ्ग निकेतन गएर अपाङ्ग दर्शन गर्नु पर्छ अनि अलिक धुस्सा बाँडेको फोटो खिचेर सञ्जाल र पत्रिकामा हाल्नु पर्छ। मिडियामा मेरो अन्तर्वार्ता पनि लिनु पर्छ है। त्यहाँ माथि बुढोले पनि चाल पावोस् न, मेरो टिकट कन्फम हुन्छ नि।" टाउकेले आदेश छांट्यो।
गुरुआमाले अपाङ्ग निकेतन भित्र अपाङ्ग बाल बालिकाको परिचय भ्रमण गराउँदै लगिन् । सबै आफ्नो दक्षता अनुसार केही इलम गरी रहेको देखिन्थे। हात खुट्टा न हुनेले आवाज रेकर्ड गरिरहेका, हात हुनेले मोम बत्ती, बाती, धूप, बनाउने इत्यादि विभिन्न कार्य गरिरहेका, खुट्टा मात्र हुनेले पनि हतकर्घा चलाई रहेका, खाली कोही थिएनन्।
गुरुआमाले एक जना बालिका देखाउँदै भनिन् "सर यो नानी शारीरिक रूपमा अपाङ्ग भए पनि कुनै पनि विषयमा भिन्नै किसिमको मौलिक व्याख्या गरी दिन्छे। तपाईं आफ्नो विषय कुनै कुरा राख्नु होस् त।"
"म समाजसेवी हुँ। ......."
"काम ठगेर, अर्काको भाग्य लुटेर, रुपियाँ वसुलेर, धमास दिएर, चोरेर, भ्रष्टचार गरेर आर्जित गरेको धनले गरेको सामाजिक कार्य गर्नेलाई समाज सेवी भनिदैन। आफ्नो पौरखले उब्जाएको धनले गरेको सामाजिक कार्य गर्नेलाई समाज सेवी भनिन्छ। " टाउकेकाे कुरा भुइँमा नखस्दै ती बालिकाले आफ्नो परिभाषा राखिन्।
"अम्बाे , आँखा नभए पनि यी नानी त बाठी रहिछन्। " भन्दै टाउके अगाडि बढ्यो।
"यी केही बालक बालिकालाई चाहिँ किन यहाँ थुनेर राखेको ,गुरुआमा? "
" शारीरिक रूपमा अपाङ्ग न भए पनि उनीहरू सबै भन्दा अपाङ्ग छन्। मानसिक तवरमा भावनाले अपाङ्ग छन्। उनीहरूको मानसिक स्तर एकदम कमसल छ। भनेको बुझ्दैनन्, केही इलम समाउँदैनन्। लोभ लालचमा खप्पिस छन्। खाली आफ्नो लागि मात्र सोच्ने, झगडा गर्ने, अर्काको लुछ्ने इत्यादि ब्यहोरा भएका, मानिसको रूपमा असामाजिक प्राणी जस्तो छन्। हेर्दा सग्लो भए पनि अती अपाङ्ग छन् अनि खाना मात्र दिएर यहाँ बन्द गरेर राखेको।"
टाउके अचानक हृदयघात भएर भूइँमा पछारियो। उसले आफू सबै भन्दा अपाङ्ग भएको महसुस गर्दै जमीनमा घोप्टो पर्यो।
****** ****** ********
३१.लघुकथा-अपाङ्ग ✍️एन्जल निलु मिना साह
के को तयारी हुँदै छ ? कुनै कार्यक्रम छ कि ? नरेन्द्रले केहि दिनपछि विद्यालय आएकोले कार्यक्रम को बारेमा रणवीरसँग जानकारी लिन कोशिश गर्यो ।
किन? तिमी नाच्ने होइन क्यारे !! जे भएपनि तिमीलाई के काम, पछाडीबाट बलवीरले होच्याउने स्वरमा भन्यो ।
ए नरे ! तिमी फुटबल खेल्छौ ? खेल्ने भए आउ । धनवीर पनि गिज्याउँदै भने । तिमी पनि के भन्छेउ यार ! "अकाशको फल आँखातरी मर" सुरजले पनि अर्को ब्याङ्ग प्रहार गर्यो ।
नरेन्द्र सोझो इमान्दार र मेहनती विद्यार्थी भएकोले, तिनीहरूको कुरामा ध्यानै नदिई, आफ्नो पढाइलाई प्राथमिकता दिइन्थ्यो । शिक्षक शिक्षिकाहरु लाई सम्मान गर्थ्यो । कसैसँग भेदभाव नगरी मिलेर बस्ने गर्थियो।
कार्यक्रम सुरु भयो पालैपालो सबै कक्षाको नतिजा सरले सुनाउनुभयो ।अब नौ कक्षाको नतिजा सुन्न बाँकी थियो । सबैको मनमा प्रथम को हुन्छ भनेर उत्सुकता बढिरहेको थियो ।
बलविर र धनवीर प्रफुल्लित भइरहेको थियो ,कि मै प्रथम हुन्छु भनेर त्यतिखेरै आवाज आयो ।
"भन्ने गरिन्छ नि धनीको घरमा मात्र सूर्य उदाउँदै न ,गरिबको झुपडीमा पनि उदाउने गरिन्छ " आज यो कुरालाई नरेन्द्रले साबित गरिसक्यो ।
तिमीहरुले जसलाई हेला गर्थ्यो । त्यो आज क्लासमा मात्र नभई विद्यालय भरिमा प्रथम आएको छ । नरेन्द्र खुट्टाले अपाङ्ग रहेछ, तर तिमीहरु त दिमागले अपाङ्ग रहेछौं । यति भन्नासाथ तालीको गडगडाहट गुञ्जियो । र सबैको मुख खुलेको खुल्लै रहयो "!!! ।
( २०८०/०८/१७)
ग्वार्को (काठमाडौं)
****** ****** ********
३२. लघुकथा- महाअपाङ ✍️गणेश बस्नेत
सुर्खेत
"अहाे !! वहाँ सर त धेरै राम्राे हुनुंदाे रहेछ। हामी अपाङ्गहरूप्रति धेरै नै सकरात्मक हुनुहुन्छ । अस्तिकाे कार्यक्रममा वहांबाट धेरै आस्वासन पायका छाैं, हाम्राे बारेमा सरले धेरै कुरा बाेल्नुभाे "राजेशले बेलिबिस्तार लगायाे। मैले खुसि हुहै साथिलाई भने "त्यसाे भय याे कार्यक्रमकाे लागी खर्च थाेरै नै लाग्छ, त्यहीँबाट सहयाेग जुटाउं..बजारथिर हिड्दाखेरि..उ फेरि माग्न आए भनेर अपमान गर्छन् ..त्याे बिकाशी अड्डा हाे, हामीलाई सपाेर्ट गर्नु ओहांहरूकाे दायित्व पनि हाे".." सामान्य मानिसलाईजस्ताे हैन,हामीलाई सानातिना काममा पनि धेरै संघर्ष गर्नुपर्छ,अंझ याे अर्थ संकलनकाे पाटाे बड अफ्ट्यारो हुन्छ, हामीलाई उसै त हिडडुल गर्न गाह्रो अझ कार्यक्रम गर्न पैसा जुटउनु पर्दा धेरै नै दुख हुन्छ । बाटाेघाटाे, सार्बजनिक सरकारि, सबैमा अपांगमैत्री छैनन्, ट्वाईलेटकाे समस्या उस्तै छ । हामीलाई आर्जन र अर्थ संकलन गर्न ठुलो समस्या छ।कसैले हामीलाई सहयाेग गर्छाैं भनेमा बड सन्ताेष र आस-भराेस् लाग्छ, राजेश तिमिले जानपहिचान गरेर राम्राे गर्याै, सुरूवात तिमीबाट भयकाे छ याे काममा तिमि नै लाग"। काम हुन्छ भन्ने बिस्वासमा हामिले धेरै मेहनत गरेर प्रस्ताव तयार ग-याै र लगत्तै बिहीबार १० वजे नै सामाजिक बिकाश कार्यालय पुगेर वहाँ हाकिम सावलाई भेट्ने र कार्यक्रमकाे बारेमा जानकारी गरायर सहयाेग माग्ने उदेश्यका साथ राजेशकै नेतृत्वमा साथिहरूलाई खटायर म ,मंसिर १७ काे कार्यक्रमकाे लागि चिठी बांड्न खटें र हिडें । बेलुका ४ बजे राजेशकाेमा पुग्दा हेर्छु त एकदम निरास छन् साथिहरू.. अंध्याराे छ अनुहार उनिहरूकाे..
कि कसैलाई चाेटपटक त लागेन !! मैले राजेशलाई कुराे खाेल्न आग्रह गरें.. हैन के भयाे, किन याे माैनता ? किन निराश ? कि हाकिम साहेबसंग भेट भयन र ?" "भेट त भयाे, तर उ फटाहा रहेछ यार..मुखले मात्र मिठाे कुरा गर्ने, पेटमा विष भरियकाे मान्छे रहेछ !! हेर्दा भलाद्मी तर ब्यभाहारमा बेठिक रहेछ..हामी अपाङ्गसंग मजाक गर्ने..महाअपाङ्ग"
(समाप्त )
****** ****** ********
३३. लघुकथा- अपाङ्ग कि सपाङ्ग ? ✍️बालकृष्ण गजुरेल
नविना दोङ्गको जन्मैदेखि हातखुट्टा बाङ्गो थियो । न हिँड्न सक्ने, न हातले काम गर्न सक्ने ! उनी आफू अत्यन्त पीडित थिइन् । आमा बालाई पर्नु पीर पर्यो । सन्तानको अति माया लाग्ने । थेरापी सेन्टरमा गएपछि हातले अलि अलि काम गर्न थाल्यो । खुट्टा पहिलाको भन्दा सहज बन्यो ।
त्यति बिषय कमी थियो । बाँकीमा उनी अब्बल थिइन् । उनले अन्तराष्ट्रिय पुरस्कार हात पारीन् । पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, "हामीले उहाँ जस्तै अंगले काम नगर्नेको स्वतन्त्रतालाई ख्याल गरेर यो ब्यवस्था ल्यायौँ । आज गणतन्त्र खतरामा छ ।"
बक्तामा एक दृढ लेखक थिए । उनले डर नमानी भने, "लुट्न नपाए खतरामा जाने कस्तो कमजोर गणतन्त्र ल्याइएछ ? आफ्नै बलबुताले अन्तराष्ट्रिय पुरस्कार पाउने अपांग कि परजीवीहरु अपाङ्ग ?"
****** ****** ********
३४. लघुकथा- घरैमा पढ ✍️मधुसूदन प्रसाद धिमिरे
रामुकाे तिन सन्तान्। जेठा छाेरा लायक, कान्छा छाेरा पनि सछयम। माहिलि छाेरि हात गाेडा सग्ला, गाेरि ,झलक्क हेर्दा कसैले पनि ऊसमा खाेट् छ भन्न नसक्ने उत्तम चेहरा भएकि ।
तर ति नानि आखा नदेख्ने छिन्। हेर्दा तेस्ताे देखिदैन। त्यसैले ति नानी लाइ पाठ्शाला पठाउन आनाकानि भै रहेछ। कस्ले लिन पु-याउन गर्ने ।धरका सवैकाे एकन एक काम छदैछ।
ति नानीलाइ उस्का वावाले पढाउन चाहेनन्। एक दिन त्याे धरमा वच्चाकि आमाकाे फूपु आउनु भाे। वहाले त्याे धरकाे चाल चलन देखेर भन्नु भाे "- याे नानीलाइ पाठशाला पठाउन पर्छ। तिमिहेरुले पढाउन नसक्ने भए यि नानीलाइ म लान्छु। म आफै पाठशाला पु-याउने ल्याउने गर्छु । यि नानी सवै कुरामा तेजिलि छन् ।बिचराकाेआखाका समस्या मात्र रहेछ। यिनलाइ पढाउने मेराे जिम्मा भाे।
फुपुका कुरा सुनेर आमाले त स्विकृत जनाइ हालिन। बाबालाइ अलि लाज लागेछ क्यारे पढाउन परे मै पढाउला भने ।
आमाले फेरि थपिन् "- लानेास् फुपु, यहा वसिरहि भने यस्काे जिन्दगिनै बिग्रन्छ। यसले पढिगुनि भने भाेलि केहि गरेर खालि। यदि पढन सकिन भने त पछि दाजु भाइकाे बाेझ बनेर यस्ले राताे दिन रुनुपर्छ।
****** ****** ********
३५. लघुकथा— सग्ला मान्छे ✍️इन्दिरा गौतम
ओदालगुडी, असम
सास गैसके पनि सन्तानहरू आमालाई घच्घच्याउने क्रम जारी थियो। विभिन्न आलाप-बिलौना गरेर छोरा-बुहारी र छोरी अरुलाई सुनाउँदै थिए।
"कति छिटो हाम्रो आमा जानुभयो। आमालाई तिर्थस्थल डुलाउन अझै बाँकी थियो।" छोराले भन्यो।
"ठुलो घरमा बस्ने कति रहर थियो यो दसैँमा लैजाने तयारीमा थिएँ। आमाको लागि छुट्टै कोठा तयारी भैसकेको थियो।" बुहारीले रुँदै भन्न थालिन् ।
"आमाले केही दिन्छु भन्न खोज्दा खोज्दै", छोरीले डाँको छोडी। मान्छेहरू उनिहरुको कुरा पटि ध्यान दिए। आँसु झारे।
घरको एउटा कुनामा उनकी बिहे नभएकी सोझी छोरी केही गम्भिर भएर बसेकी थिई। उसको आँखामा आमा खस्नुको ठुलो पीडा चिन्ता परे पनि मौन थिइन्।कतिपय व्यक्तिले उसलाई पनि लक्ष्य गरे।
एक जना वयस्त व्यक्तिले भने " तँलाई आमाको माया लाग्दैन। पर...पर बस्छेस त।मरे पछि डर लाग्यो कि क्या हो ?"
" मेरो जतिबेला खाँचो थियो मैले एकैछिन साथ छोडिन्। तातो- चिसो, गु- मुत, औषधी-मुलो, नुहाइ -धुवाइ सबैथोक हेरेँ। अब चेत हराएको मुढो छ। न सुन्छ न बोल्छ ।
जिउँदो हुँदा एकै चोटी बोलाएनन्।सम्पत्ति खोज्ने सग्ला अपाङ्गहरू। मरे पछि मात्रै सुम्सुम्याउछन्।" उनी तोते बोलीमा एक्लै बर्बराउँदै थिइन्।
****** ****** ********
३६. लघुकथा- पैसा ✍️ईश्वरीप्रसाद पोख्रेल
पहिले ऊ गाउँमा बस्थ्यो ।अत्यन्त धनी थियो तर धन- पैसा तथा घरसम्पत्ति केही थिएन । ऊ अहिले सहरमा व्यापार गर्छ ,अनेक गर्छ ; महलमा बस्छ तर अत्यन्तै गरिब छ । ऊसँग सम्पत्ति र धन-पैसाबाहेक केही छैन ।
२०७९/७/२२ : मणिग्राम, रुपन्देही
****** ****** ********
३७. लघुकथा— फरक क्षमता ✍️श्रीप्रसाद पोखरेल
माइकबाट आवाज आयो “श्रीधर शर्मा...... ।” कार्यक्रमका सबै सहभागीले गडगडाहटका साथ थपडी बजाए । सभाहलमा गाँईगँुई चल्न थाल्यो । सबै अभिभावकले आ–आफ्ना नानीहरुलाई हेरे । आफ्नी आमासँग पछाडी बसेका श्रीधरको छाती खुसीले ढक्क फुल्यो । वैशाखीको सहाराले उनी मञ्चतर्फ बढे । अबिर, माला र तक्माले श्रीधरलाई सुशोभित गरियो ।
आज विद्यालयको वार्षिक उत्सव साथै परीक्षाफल प्रकाशित गर्ने र पुरस्कार वितरण गर्ने दिन । दुर्गेशले भने मन खिन्नपारे, किनकी उनि कक्षाको प्रथम विद्यार्थी आज श्रीधरले उछिनेको थियो । श्रीधरले अनुशासन, चित्रकला र जेहन्दार विद्यार्थीको समेत पुरस्कार प्राप्त गरे ।
नपढेकी श्रीधरकी आमालाई केही बोल्न अनुरोध भयो । उनले हर्षका आँशु झार्दै भनिन्, “मेरो अपाङ्ग छोरालाई हजुरहरुले ‘फस’ बनाईदिनु भयो धन्यवाद ।”
प्रधानाध्यापकले मन्तब्यको क्रममा भने “आदरणीय अभिभावकज्यूहरु ! श्रीधरलाई हामीले प्रथम बनाएका होेइनौं, उनी आफ्नो मेहनतले भएका हुन् । सबै नानीहरुमा केही न केही प्रतिभा हुन्छ । श्रीधर फरक क्षमताका अब्बल विद्यार्थी हुन् । यसैले श्रीधरलाई आज विद्यालयको वर्ष विद्यार्थीको पुरस्कारसमेत प्रदान गर्ने हाम्रो व्यवस्थापन समितिले निर्णय गरेको कुरा घोषणा गर्दछु ।”
इटहरी, सुनसरी २०७९/०८/१६
****** ****** ********
३८. लघुकथा— स्वाभिमान ✍️रञ्जुश्री पराजुली
एउटी करिव बीस एक्काइस बर्ष जतिकी युवती सधैँ जसो सफा ट्म्पोको अगाडि बसेर सायद कुनै प्राईभेट अफिस तिर होला जाँदै गरेको म देख्द थिएँ।उनी सुन्दरी थिइन् ।आकर्ष परिधानमा सजिएकी हुन्थिन् ।अनुहारमा पनि हलुका प्रसाधन पोतेकी हुन्थिन् ।त्यस्तै कान घाँटीमा पनि हलुका आभुषण पहिरेकी हुन्थिन् ।उनको व्यक्तित्वले म प्रभावित भको थिएँ। म पनि प्राय त्यही टेम्पोमा सफर गर्द थिएं । उनी सधै अगाडि चलाकको सिट सङ्गै बसेकी हुन्थिन् ।त्यसैले बाहिरबाट उनको मुहार मात्र देखिन्थ्यो ।सत्य कुरा भन्नू पर्दा म उनको सुन्दरताले लठ्ठीएको थिएँ ।उनी सङ्ग बोल्न मन लाग्दथ्यो । मौका नै परेको थिएन ।उनी म भन्दा पहिले टेम्पो चडेकी हुन्थिन् ।म चड्दा पनि पहिले वोर्लदा पनि पहिले ।त्यसो भएकोले हाम्रो भेटघात र वोलचाल हुन पाएको थिएन ।
एकदिन अकस्मात् उनी पछाडिको सिटमा बसेर आएकी देखे ।टाडैबाट त्यो देख्दा मरो खुशीको शिमा नै रहेन ।"आहा .. आज आफुले मन पराएकी मात्र नभै भित्र भित्रै अपनाएकी युवती सङ्ग बोलचाल गर्न पाईयो " तर उनले म तिर हेदै हेरिनन् ।जाडो महिना भएकोले उनले खुट्टा सम्म घम्लङ्ग पश्मिनाको सल वोडेकि थिइन् । त्यो दिन उनी म भन्दा अगाडि नै वोर्लन पर्ने रहेछ । उनले खुट्टा उचालेर ट्याक्ट्याक आवाज दिइन् । अनि खुट्टाले नै काँधमा अड्याएको ब्यागको फास्नर खोलेर पैसा झिकेर भाडा भित्रबाट नै दिइन् । त्यो दृश्य देखेर म अवाक भएँ ।स्तब्ध भएँ। मैले मद्दत गर्न खोजे तर उनले त्यो आवश्यक नभएको जनाएको जनाइन् । मलाई धन्यवाद दिँदै आफ्नै सुर र तालमा टेप्मोबाट झरिन् ।
रञ्जुश्री पराजुली
****** ****** ********
३९. लघुकथा— खाँचो ✍️वसन्त अनुभव
सहरको कुनै हलमा अपाङ्ग दिवसको कार्यक्रम चलिरहेको थियो ।
"अपाङ्गहरूलाई राहत होस् भनेर सरकारले अपाङ्ग भत्तामा शतप्रतिशत वृद्धि गरेको छ । सार्वजनिक यातायातमा पचहत्तर प्रतिशत छुट दिन भनेको छ । .... .. ।" प्रमुख अतिथिको रूपमा आएका मन्त्रीले राहतको लामो फेहरिस्त नै सुनाए ।
अपाङ्गता विषय र हकहितका बारेमा त्यहाँ धेरैले पालैपालो आफ्नो गला साफ गरे । अन्तमा कार्यक्रमका सभाध्यक्ष जसका दुवै खुट्टा थिएनन्; उनलेे सबैलाई धन्यवाद दिँदै भने-
"विगतझैँ आज पनि अपाङ्ग हकहितका बारेमा थुप्रै कुरा सुनियो । मन्त्रीज्यूले त अपाङ्ग भत्ता वृद्धि, भाडा छुट लगायत थुप्रै कुरा गर्नुभयो । त्यसकोलागि धेरै धेरै धन्यवाद छ ।" सुनेर मन्त्री मसक्क मस्किए ।
सभाध्यक्षले पुनः अगाडि भने- "तर के अपाङ्गलाई भत्ता बढाउँदैमा, भाडा छुट दिँदैमा सबै पुग्छ त? मेरा दुवै गोडा छैनन्, ह्विलचियरमा हिंड्नुपर्छ । मेरा लागि अपाङ्गमैत्री बाटो, शौचालय, बस, ... खोइ ? छुट पाइने भनिएको बसमा म कसरी चढ्न जानूँ ? तसर्थ हामीलाई दया, सहानुभूति भन्दा पनि अपाङ्गता अनुकूल सेवा, अवसर र प्रोत्साहनको खाँचो छ ।"
घोराही उपमहानगरपालिका १४, दाङ
****** ****** ********
४०. लघुकथा– अप्रेसन ✍️नन्दलाल आचार्य
‘यता पनि उस्तै कुरूप उता पनि उस्तै !’ राजधानीबाट फर्कंनासाथ मैले भनेँ ।
रामनाथ काकाले भने शुभ बोल् शुभ बोल् भनिरहे ।
‘भए पो बोल्नु ? बाटो बनेर रुपियाँ फस्यौट हुँदा नहुँदै भ्वाङ पर्छ । दस करोड घोटला गरेको हाकिम फन्दामा पर्छ र दस लाख बिगो तिरेर गाई बन्छ । आमाबा मारेकोे हत्यारालाई छोरा केवल रक्सीमासुको भरमा गाउँले पञ्चले क्लिन चिट दिन्छन् । एकै साथ कालगतिले निधन भएको भन्दै दाहसंस्कार गरिन्छ । कतै नुनको त कतै सुन काण्ड छ । कतै भने अबैध रूपमा मानिस विदेश पठाउने र सडक छाप पार्ने रोग फस्टाएको छ ।’ म एकोहोरो महाभारत सङ्ग्राम उल्टाउँदो थिएँ हत्तपत्त काकाले मेरो मुख थुनिदिए ।
‘तेरा आँखामा मोतिबिन्दु पसेछ ।’ उनले भने ।
क्रोधले पाकेर मैले रिसाएको सिंह नजरले हेरेँ ।
उनले कडै आवाजमा भनेँ; ‘कतै राम्रो नदेख्ने; कमजोरी पाटो मात्र देख्ने तेरा आँखाको अप्रेशन गर्नु जरुरी भएछ ।’
२०८०–०८–१७ (विश्व अपाङ्ग दिवस) उदयपुर ।
****** ****** ********
४१. लघुकथा- सोच✍️बासुदेव तिमल्सिना
लालबन्दी, सर्लाही
“चिफ साहेब को हुनुहुन्छ” भन्दै एकजना लङ्गडो मानिस बैशाखी टेक्तै भित्र पस्यो । कोठामा भएका मानिसहरुले चिफ साहेबलाई देखाइदिए । त्यो मानिसले छोराको फिस नतिरेर छोराको परीक्षाको प्रवेश पत्र पाउन सकेको थिएन । उसले क्याम्पस चिफसँग बिन्ती गर्यो । उसकी श्रीमतीको तलब यो महिनाको अन्तमा आउँछ । अनि उसले फिस तिर्नेछ ।
क्याम्पस चिफले उसलाई सोधे, “तपाईं केही काम गर्नुहुन्न ?”
लङ्गडाले भन्यो, “म जस्तो लङ्गडालाई कसले काम दिन्छ र ?”
चिफ साहेबले भने, “तपाईंमा काम गर्ने सोच हुनुपर्यो काम सजिलै पाइन्छ । तपाईंभन्दा अझ अशक्तले समेत काम गरेर जीवन गुजारा गरेका छन् ।”
लङ्गडाले भन्यो, “हजुरले त सजिलै भनिदिनु भो तर काम पाउन त्यति सजिलो छैन ।”
चिफले भने, “खैर आ आफ्नो सोच हो । ल, मैले तपाईंको छोराको फिस १५ दिनको लागि पर्खिदिन्छु । अहिले तपाईं उसको प्रबेश पत्र लिएर जानोस् ।”
त्यो मानिस यति कृतज्ञ भयो कि उसले चिफ साहेबको गोडामा ढोग्न भनेर गयो तर अफसोच बिचरा त्यति ठूलो पदको क्याम्पस चिफका दुबै गोडाहरु थिएनन् ।
****** ****** ********
४२. लघुकथा- ज्योति ✍️बिमला देव
राजबिराज राजदेवी रोड
खूब खूस रहूँ बेटा अपन पुतोहु ज्योति के माथ पर हात रखैत, हिया लगा क' रामेश्वरी कहलकैन ।
आई ओ खूसी सं अत्मविभोर छैन आ कनि भाबूको । मूदा अपन खूसी किनको लग देखार कर नहि चहैत
छैनह, कहि हमर घरक खूसी मे किनको नजैर नहि लाइग जाएन। बड दिनक बाद घर मे खूसी आयल अछि
आ भाबूक अही खातीर कि आइ सहि माने मे हमर पूतहू ज्योती के जीवन मे खूसी के छन एलैय।
दू बरष स बेसीए भ 'गेलैय ज्योति आ राकेश के बियाह भेला, मूदा हसँ 'बोल त' के कहए
नीक स ताकबो टा नहि करै रकेशबा अपन घरवाली ज्योति दिस । कखनो त' इहो कही दैत छलै, गे माँ ज्योति बिहिन लोकक नाम ज्योति कोनाक रैख देलकै एकर माए बाप । अपना अबगूनक खैन छै,से नजैर नहि आबै छै राकेश के । रामेश्वरी चिन्तित रहै छली हरदम
हमर ई गैरजिम्मेदार, नालायक बेटा कोना क सूधरत, नहि कोनो नोकरी पेसा आ नहि खेती-बारीयो करै दिस मोन जाएत छै ।
के देतै अपन बेटी बियाही क' एकरा । ज्योति के माए क हम कहाँ पठा क 'इ कूतमैति करौलीयेय ।
ओहो अपन बेटी के एकटा दृष्टिबिहिन आखिं ल क दूखित छलीह' । सर्वगुण संपन्न बेटी के बियाह ओही
खातिर कतौ नहि होएत छलैन । हमर आग्रह सूनते राजी भ' गेलखिन । आइ हमर घर मे अपन गून के ज्योति
स इजोत केन अछि ज्योति ।
ज्योति जका गून एको अशं हमर अपन
बेटा मे नहि अछि । मूदा आइ हमरा
खूस कदेलक राकेश हमर पूतहू ज्योति के अपना क ' । आई ज्योति के मुँह पर चमक देख
क' हम बड खूस छी आ भाबूको ।
हसैत त ' पहिनहू छलीह मूदा हँसी
मे खनक नहि छलैन , पैजन के धूधंरू मे
छनक नहि छलैन । आब देखू त हमर पूतहू क
मुँह पर कतेक जोएत बरै छै ।
भगवती हूनका सबदिन खूस रखैत ।
२०८० । २७ कार्तिक ।
****** ****** ********
लघुकथा : ज्योति -बिमला देव
नेपाली अनुवाद : मनोहर पोखरेल
"धेरै खुसी रहनु छोरा" बुहारी ज्योतिको शिरमा हात राख्दै हार्दिकताका साथ रामेश्वरीले भन्दै थिइन् । ऊ खुसीले आत्मविभोर र थोरै भावुक बनेकी थिइन् ।
कही उनको घरको खुसीमा कसैको नजर नलागोस् भनेर उनले आफ्नो खुसी कसैलाई देखाउन चाहिरहेकी थिइनन् । लामो समयपछि घरमा खुसी छाएको थियो । भावुक यस कारण भएकी थिइन कि बुहारी ज्योतिको जीवनमा साँच्चैको खुशीको क्षण आएको थियो ।
ज्योति र राकेशको बिहे भएको दुई वर्षभन्दा बढी भएको थियो । तर हाँस्ने, बोल्ने त कुरै छाडौ राकेशले आफ्नी श्रीमतीतर्फ हेर्दा पनि हेर्दैनथे । कहिलेकाहीँ त यसो भन्थे- "आमा ज्योति नै नभएको मानिसको नाम यसका आमाबुबाले कसरी ज्योति राखिदिए ?"
आफूमा अबगुणको खानी छ, त्यो राकेशले देख्दैन थियो । रामेश्वरी सधैं चिन्तित रहन्थिन्- "मेरो यो गैरजिम्मेवार, अयोग्य छोरो कसरी सुध्रिन्छ ? न कुनै नोकरी, पेशा न खेतबारी तर्फ ध्यान दिन्छ ! कसले आफ्नी छोरी दिन्छ यसलाई ? ज्योतिकी आमालाई मेरो कहाँ पठाएर यो वैवाहिक सम्बन्ध जोडे ।"
तिनी पनि आफ्नी छोरीको दृष्टिबिहिन एउटा आँखाले गर्दा दुखित थिइन् । अन्य सबै गुणले सम्पन्न भए पनि यहीं एउटा कारणले तिनको छोरीको विवाह कतै भइरहेको थिएन् । "मेरो आग्रह सुन्नासाथ तिनले सहमति जनाएकी थिइन् ।
ज्योति जस्तो गुणको एक अंश पनि मेरो आफ्नै छोरामा छैन् । तर आज राकेशले मेरी बुहारीलाई अपनाएर खुसी बनाइ दियो । ज्योतिको अनुहारमा आज चमक देखेर म धेरै खुसी छु र भावुक पनि छु ।"
खुशी र भावुकताको कारण बताउँदै रामेश्वरीले भन्दै थिइन्-"हाँस्न त पहिले पनि हाँस्थे तर हाँसोमा मिठास थिएन् । पाउजुमा कुनै आवाज थिएन । अब हेर्नु त मेरी बुहारीको अनुहारमा कति उज्यालो बलेको छ । भगवानले उनलाई सधैं खुशी राखुन् ।"
****** ****** ********
४३. लघुकथा- अपांग दिवस ✍️अन्जु शर्मा
रातोपुल 2080/08/16
"ख्वाक्क!ख्वाक्क!!!ऐया; खोकेर होला साह्रै छाती दुख्यो बुढिया।"
"सर्दि बढ्दो छ।बुढेसकालको ज्यान चिसोले होला !"
"यो खोकी रोक्ने दबाई त नखाई भएन,झट्टै किनेर ल्याइदेन बुढिया।"
"पैसा कहाँबाट ल्याउ ?"
"अस्तिको महिनामा वृद्धभत्ताबाट आएको केही पैसा दैनिक खर्चबाट बचाएर त्यो खाट बाकस भित्र लुकाएर राखेथें।त्यहीँ पैसाले लिएर आइज।"
बुढिया टाउको कन्याउदै " ए त्यो पैसा ?रतनेले सबै तासमा हारेछ।"
"त्यसरी लुकाएर राखेको त्यस्ले कसरी थाहा पायो ?"
"उ क्या !चाडपर्वको बेला सबैले खेल्छन् ,मलाई अलिकति पैसा देउ भनेर औडाहा नै गर्यो,त्यहीँ पैसा खोजखाज पारेर झिकेर दिएं।क्यार्नु त!! छोराको पनि कमाइधमाइ छैन ।"
"अ: सन्तान नालायक भयो भनेको त आफैं अपांग पनि बनाइएछ।उफ....।" बुढाले लामो श्वास ताने।
No comments:
Post a Comment