शुक्रबारे लघुकथा प्रशिक्षण कार्यक्रम~लक्ष्मी रिजाल (प्रशिक्षक~खेमराज पोखरेल) [तीन लघुकथाका सबल र दुर्बल पक्ष केलाउने ] मिति~२०८०-०८-०८ अनि शृङ्खला~७६६ समय~६:३०~~७:३० रातको ।
१. लघुकथा : बिब्बल्याँटो
त्रिपुरा पोखरेल खरेल

२. लघुकथा- सन्तानको आश
गोमविक्रम

१. लघुकथा : बिब्बल्याँटो
त्रिपुरा पोखरेल खरेल

"कतातिर जाने तयारीमा हुनुहुन्छ वैद्यजी ।" कुबेरलेे हातमा ठूलो सुनको घडा बोकेर आकाशमार्गबाट पृथ्वीतिर जाने तरखरमा लागेका धवन्तरीलाई प्रश्न गरे।
"आज कार्तिक महिनाको त्रयोदशी तिथिको दिन , समुन्द्र मन्थनको समयमा समुद्रबाट मेरो प्रादुर्भाव भएको भन्ने कुरा तिमीलाई स्मरण छैन ! "
"जति भएपनि नपुग्ने दरिद्र मान्छेको चाहना पूरा गर्दागर्दै मैले हजुरको जन्मदिन पनि भुलेछु। भगवान् !यो भुलक्कडलाई माफ दिनुहोस् ।"
" ठीक छ।अनि तिमी कतातिर नि? धवन्तरीले कुबेरले बोकेको मनचिन्ते झोलीमाथि तीखो नजर गाड्दै सोधे।
" म पनि लक्ष्मीको जन्मदिन मनाउन पृथ्वीतिर लागेको।"
"ओहो! मैले पनि मान्छेहरूको आर्तनाद सुन्दा सुन्दा लक्ष्मीको आउँदै गरेको जन्मदिन पनि भुलेछु। " तिनले पनि खेद प्रकट गरे।
"वैद्य हजुर ! हजुरले बोकेको घडामा के छ?"
"के हुनु नि बाबु , विषादी खाएर रोगी भएका मानिसहरूका लागि ओखती र उनीहरूकै लागि अमृत बाँड्ने हिसाबले अमृत बोकेको।अनि तिम्रो मनचिन्ते झोलामा नि ? "
" लक्ष्मीपूजाको राति बाँड्ने सुन, र रुपियाँ ।" उनले धवन्तरीलाई पुनः सोधे "बाबै तल हेर्नुस त तपाईंको जन्मदिनमा सुनचाँदी पसल, भाँडा पसल र खाद्यसामाग्री पसलमा किन यस्तो भीडभाड? उनीहरूले मलाई खुशी पार्नुपर्ने होइन र!
"व्यापारीको नाफा कमाउने हल्लाको पछि लागेका मूर्ख मान्छेहरूले टाउको दुखेको अौषधी नाइटोमा लगाएर हुन्छ!"
नोभेम्बर 2023 (सिक्किम)
ॐॐॐॐॐॐॐॐॐ
२. लघुकथा- सन्तानको आश
गोमविक्रम

"अहिले म दोश्रो प्रेमीको गर्भधारण गर्दैछु । अघिल्लो छोरा हुर्किसकेकोले दोश्रोको रहर थियो ।"
" बिहे कहिले गर्ने त ?"
"आफ्नै सन्तान भए पछि बिहेको अनिवार्यता देख्दिन म । अहिलेसम्म सोचेकी छैन । हेरौं ।"
विदेशी अभिनेत्रीको अन्तर्वार्ता हेर्दै थिएँ टिभीमा । उनी बिहे नगरी आफ्नो प्रेमीको सन्तान हुर्काउँदै, गर्भधारण गर्दै थिइन । सम्झिन्छु हामी कहाँ बिहे अघि गर्भधारण गरेकी साइलीले आत्ग्लानी र तिरस्कार सहन नसकेर आत्महत्या गरेकी थिई । हर्के दाई जस्ता नि : सन्तान दम्पतीका लागि त बिज्ञानले १९७८ मै बेलायतमा टेस्ट ट्युबबाट लुइस ब्राउन हुर्काएर देखाइसकेको थियोे । हर्के दाईका दम्पतीले निसन्तान नै ढुकुर जस्तै टुक्लुक्क दुइटाले आधा उमेर गुजार्दै थिए । उनकै दमाली जगदीश पौडेलले काठमाडौ गएर लाखौं खर्चेर दुइटा जुम्ल्याहा छोरा पाएर आए । उपल्लो गाउँका सितारामको हस्पिटलबाटै ग्रहण गरेको छोरो रमेश पनि अहिले ठूलै भइसकेको छ ।
म घोत्लिदै जान्छु बाहिर नसुनाए पनि नर्मदा भाउजुका तिनअोटै सन्तान बिर्खे दाईका होइन रहेछन् ,अनुहारले पनि कहलिन्छ । तिनलाई अरू कसैले उपकार गरेका थिए । हामीकहाँ बैंक खातामा पैसा जम्मा गर्न सकिदैन,अस्पतालमा ब्लड बैंक देख्छु । अझ विदेशमा त स्पर्म बैंक (विर्य बैंक )समेत खोलि सकेछन । विर्य दान गर्यो, धर्म कमायो, पैसा कमायो कति आनन्द । चाहिनेले विर्य, ,सन्तान जे पनि ग्रहण गर्न सक्दा रहेछन् । म तीन छक्क पर्छु ।
"कहाँ पुगेर भेड्कियौ हर्के दाई लाल जोडी भएर ? " अागनमा टुप्लुक्क देखा परेका हर्के दाईलाई जिस्क्याउँछु ।
"भाउजूले कत्ति सुख नदिएर सन्तानेश्वर महादेवको दर्शन गरेर आएको । परार साल हरिवंश लाइयो कैयौं व्रत बसियो । यत्तिकै मरे ढोकामा तालै लाग्ने भो।माथि जाने बाटो उसै बन्द होला सम्पत्ति पनि कसले खाने ? वंश पनि चल्नु पर्यो अझै त आश मरेको छैन भाई !"
ॐॐॐॐॐॐॐॐॐॐॐ
३. लघुकथा -ऋतुदान
रामप्रसाद पन्थी

रेसुङ्गा न पा २ , गुल्मी
सन्तानेश्वर बाबाले यमराजसँग जिज्ञासा राख्दै भने " धर्मराज हजुरकाे निर्णय मप्रति अन्याय भएन र ?"
सन्तानेश्वर बाबाकाे कुरा सुनेपछि यमराजले भने " बाबू तिमी आफैले आफ्नो विगतलाई नियालेर हे र त ? "
सन्तानेश्वर बाबा आफ्नो विगततिर फर्केर हेरे । उनले आफ्नाे विगतमा कुनै खाेट देखेनन् । यमराजले नै उनकाे विगत स्मरण गराए " तिमीले ऋतुदानकाे अपव्याख्या मात्रै हाेइन दुरूपयाेग पनि गर्याे । नि: सन्तानलाई सन्तान दिलाउने नाममा घाेर पाप गर्याे ।"
सन्तानेश्वर बाबाले जिकिर गरे -
प्रभु मैले त पुण्यकै काम गरेकाे हुँ । हजुरलाई स्मरण हाेला हाम्रा यस विषयमा पूर्वहरू ; देवता , ऋषि , महर्षिहरूबाट जेजस्ता कामहरू भएका छन् । तिनकाे अनुसरण गरेकाे हूँ । "
यमराज " यसमा पूर्वजहरूकाे अनुसरण ठीक ढङ्गबाट भएकै छ त ? प्रमाणहरू पेश गर्न सक्छौ ? "
सन्तानेश्वर बाबा " अनेक प्रमाणहरू छन् प्रभु ।राजा ययातीले आफ्ना कान्छा छाेरा परूसँग जवानी साटेकाे प्रसङ्ग , पाराशर ऋषिले सत्यवतीलाई ऋतुदान गरेर व्यास जन्मिएकाे , व्यासकाे ऋतुदानबाट अम्बिका , अम्बालिका र दासीबाट क्रमशः धृतराष्ट , पाण्डु र विदुर जन्मिएकाे । यतिमात्रै हाेइन प्रभु ! कुन्तिकाे आह्वानले सूर्य देवकाे ऋतुदानबाट कर्ण , धर्मबाट युधिष्ठिर , वायुबाट भीम, इन्द्रबाट अर्जुन , माद्रीकाे आह्वानले अश्विनीहरूबाट नकुल र सहदेव जन्मिएकाे जस्ता अनेक दृष्टान्तहरू यसका प्रमाण हाेइनन् र प्रभु ? "
यमराज " सन्तानेश्वर तिमीले ऋतुदान धर्मकाे अपव्याख्या गर्याे । तिमीले आफ्नाे कुण्ठा मेटाउनका लागि याे सब गर्याे । अनेक स्त्रीहरूकाे सतित्व हरण गर्याे । उनका श्रीमानहरूलाई छलेर याे सब गर्याे । श्रीमान् श्रीमतीको घरबार जाेड्ने हाेइन ताेड्ने काम गर्याे । तिमीले बालक भनेनाै । वृद्धहरू पनि छाेडेनाैं । यसलाई अझै धर्म भन्दैछाै ? "
सन्तानेश्वर बाबा " प्रभु ! महादेवले पनि शिवशर्मा ब्राह्मण बनेर सात वर्षीय बालक गाेमालाई अपनाउनु भएकाे हाेइन र ? विष्णुले वृन्दालाई छलेर उसकाे सतित्व डगाउनु भएकाे थिएन र ? प्रभु ! यसमा जालन्धरकाे अनुमति थियाे र ? "
यमराज " महादेवले गाेमाकाे उद्दार गरेकाे बिर्सियाै ? वृन्दाकाे श्राप विष्णुलाई लागेकाे भुल्याै ? सम्झ त । तिमीले कतिजनाकाे इच्छा विपरीत जबरजस्ती गर्याे ? कतिलाई धरधरी रूवायाै ? तिमीले धर्मकाे मर्मलाई भुल्याै । कुल्चयाै । समाजमा विकृतिलाई मलजल गर्याे ।"
अब भने कताकता सन्तानेश्वर बाबाकाे मनमा ग्लानि भाव विकसित हुन थाल्याे । सन्तानेश्वरकाे मुखमुद्रा विग्रिदै गएकाे देखेर यमराजले भन्दछन् -
"सन्तानेश्वर ! धर्मकाे आड लिएर , पूर्वजहरूकाे दुहाइ दिएर कहिल्यै पनि दुष्कर्म गर्नु हुँदैन । यदि पूर्वजहरूबाट जान अन्जानमा गल्तीहरू भएका छन् भने त्यसमा सतर्क पनि रहनुपर्छ । हेर सन्तानेश्वर देवता नै भए पनि दण्डित भएका तमाम प्रमाणहरू यहाँ छन् । त्यसैले तिमीले नर्क जानैपर्छ । "
यमराजकाे यस घाेषणाले सन्तानेश्वर निकै तर्सिए । तैपनि उनी यमराजसँग याचना गरिरहेका थिए " धर्मराज ममाथि ठूलाे अन्याय भयाे । "
यमराजकाे इसारा प्राप्त गर्नासाथ यमदुतहरूले सन्तानेश्वर बाबालाई घिच्याउदै नर्ककाे बाटाेतर्फ लगे ।
ॐॐॐॐॐॐॐॐॐ
No comments:
Post a Comment