Wednesday, December 13, 2023

अपांगता विषयक लघुकथा अभियान २०८० -संयोजक ः बालकृष्ण काफ्ले

अपांगता विषयक लघुकथा अभियान २०८० मा लघुकथा प्रतिष्ठान नेपाललाई प्राप्त भएका र हामीले भेटेसम्मका लघुकथा जम्मा पारियो । हामीले नभेटेको र तपाईंले भेटेको भए कृपया यसै कमेन्टमा छिटो सूचना दिनुस् । काम अघि बढिरहेको छ ।

अपांगता विषयक लघुकथा अभियान २०८० मा लघुकथा प्रतिष्ठान नेपाललाई प्राप्त भएका र हामीले भेटेसम्मका लघुकथा जम्मा पारियो । हामीले नभेटेको र तपाईंले भेटेको भए कृपया यसै कमेन्टमा छिटो सूचना दिनुस् । काम अघि बढिरहेको छ ।
१. लघुकथा- अपांग दिवस ✍️अन्जु शर्मा 
२. लघुकथा- वाध्यता ✍️पं.ज्यो.तोयनाथ सुबेदी
३. लघुकथा- महाअपाङ्ग  ✍️दिप मंग्राती
४. थारूभाषा लघुकथा- सरस्वती ✍️अनुवादक : लक्ष्मीकान्त चौधरी         
५. लघुकथा- दृष्टिविहीन राज्य ✍️रुद्र अधिकारी
६. लघुकथा- मन ✍️रचना शर्मा
७. लघुकथा- प्रतिबद्धता  ✍️बिष्णु उप्रेती 
८. लघुकथा- सहयोग ✍️सुनिता निरौला पौडेल 
९. लघुकथा- नक्कली अपांग ✍️नरेश नेपाल
१०. लघुकथा -दृष्टिकोण ✍️रामप्रसाद पन्थी
११. लघुकथा- भोजराज सर ✍️केशवराज आमोदी
१२. लघुकथा- आत्मबल ✍️तुलसी पण्डित
१३. लघुकथा- दृष्टिकोण ✍️नानि भारद्वज
१४. लघुकथा- परिवर्तन ✍️धनसिंह बिश्व
१५. लघुकथा- नेता भानुभक्त ✍️पीपी कोइराला
१६. लघुकथा: निर्णय ✍️प्रेम पुन मगर
१७. लघुकथा पौरख ✍️सविता भट्टराई 
१८. लघुकथा- बिषालु बिचार ✍️सुरेशकुमार पाण्डे
१९. लघुकथा- बाँच्ने इच्छा ✍️नारायण कोइराला
२०. लघुकथा- दृष्टिकोण  ✍️नानि भारद्वज
२१. लघुकथा- शक्ति ✍️बाँस्कोटा धनञ्जय  
२२. लघुकथा- प्रतिभा ✍️उमानाथ दाहाल 
२३. लघुकथा- असर ✍️लता के.सी.  
२४. लघुकथा- झुण्डिएको आकृति ✍️कोषवल्लभ रेग्मी 
२५. लघुकथा- भ्रम✍️कुञ्जदेवी उपाध्याय 
२५. लघुकथा- सोच✍️बासुदेव तिमल्सिना


१. लघुकथा- अपांग दिवस ✍️अन्जु शर्मा 

रातोपुल 2080/08/16
"ख्वाक्क!ख्वाक्क!!!ऐया; खोकेर होला साह्रै छाती दुख्यो बुढिया।"
"सर्दि बढ्दो छ।बुढेसकालको ज्यान चिसोले होला !"
"यो खोकी रोक्ने दबाई त नखाई भएन,झट्टै किनेर ल्याइदेन बुढिया।"
"पैसा कहाँबाट ल्याउ ?"
"अस्तिको महिनामा वृद्धभत्ताबाट  आएको केही पैसा दैनिक खर्चबाट बचाएर त्यो खाट बाकस भित्र लुकाएर राखेथें।त्यहीँ पैसाले लिएर आइज।"
बुढिया टाउको कन्याउदै " ए त्यो पैसा ?रतनेले सबै तासमा हारेछ।"
"त्यसरी लुकाएर राखेको त्यस्ले कसरी थाहा पायो ?"
"उ क्या !चाडपर्वको बेला सबैले खेल्छन् ,मलाई अलिकति पैसा देउ भनेर औडाहा नै गर्यो,त्यहीँ पैसा खोजखाज पारेर झिकेर दिएं।क्यार्नु त!! छोराको पनि कमाइधमाइ छैन ।"
"अ: सन्तान नालायक भयो भनेको त आफैं अपांग पनि बनाइएछ।उफ....।" बुढाले लामो श्वास ताने।
******    ******      ********

२. लघुकथा- वाध्यता ✍️पं.ज्यो.तोयनाथ सुबेदी

कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो...?'स्पिकर बजिरहेको थियो। हामी पनि त्यतै लाग्यौं। नभन्दै त्यहाँ पुग्दा
नपुग्दै ढोकाका दुवैतिर कोहि आँखा,हात,गोडा नभएकाहरूको दयनीय  अवस्था देख्यौं।सकेको दान गर्दै गयौँ।
उसले सोध्यो,"इनिहरू किन यो मन्दिरको ढोका छेउमा बसेका होलान् ?" मैले जवाफ दिएँ,"धार्मिक उद्देश्यले आएका मानवहरूले सहयोग गर्लान्  र गुजरा चल्ला कि  भनेर।"
'नेपाल सरकारले यस्ताका लागि नीति त बनाउँछन्, सुबिधा चै दिदैनन्। दिएको भए आज मन्दिर ताकेर  बस्नु पर्दैनथ्यो होला नि??? 'अज्ञात व्यक्तिले भने ।मैले भनें,"कसैले गित गाएर, कसैले बाजा आदि  बजाएर जीवन .. धान्नु पर्ने वाध्यता छ।
प्रकृतिले पनि मानव मानवका विच किन अपाङ्ग र सपाङ्ग भनेर विभेद गरेको होला??? यदि यो पृथ्वीमा सबै मानव एकै भएका भए यस्तो दिवस पनि मनाउनु पर्थ्यो होला र?? दिवस मनाउनु भन्दा  पनि काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर भने झैं  अपाङ्गका कुरा कस्ले सुन्ने र चासो दिने ???
आखिरमा प्रकृतिले ठग्नु , मानवले मानव माथि दुर्व्यवहार गर्नु यी सबै अपाङ्गका वाध्यता पो पर्दा रहेछन् त!!!
समाप्त।।
******    ******      ********

३. लघुकथा- महाअपाङ्ग  ✍️दिप मंग्राती
"आज विश्व अपाङ्ग दिवसका दिन, विश्वमा सबैभन्दा विवस, लाचार ,  माहाअपाङ्ग को छ भन्ने विषयको प्रतिस्पर्धा मा सहभागी हुन चाहनेकोहि हुनुहुन्छ भने आफ्नो नाम चाँडै दर्ता गराउन अनुरोध गरिन्छ...!" उदघोषकको अनुरोध बातावरणमा पुन गुञ्जियो । 
अपाङ्गहरुको आयोजक, पनि अपांग नै थिए, निर्णायक मण्डली पनि अपाङ्गनै....!
"ए तपाईं त पुरै सोह्र सृङ्गार गरेर ,फूल माला लगाएर आउनु भको छ, जित्छु नै भनेर हो कि क्या हो.....?" आयोजकको प्रश्न
"खोइ पहिले सबैले संसारकै उत्तम र सुन्दर भनेर लगाइदिएका हुन, अहिले आएर बल्ल थाहा भयो अपाङ्ग पो रहेछन, तेसैले यो उपाधी पनि जितिन्छकी भनेर उहाँलाई यो प्रतिस्पर्धा मा सामेल गराउन ल्याएको हो....!" उसलाई ल्याउने सहयोगिले जवाफ दियो।
केहिक्षण पश्चात् निर्णायकहरुले सबैकुराको परिक्षण गरेपछी विजयी प्रतिस्पर्धी को नाम पुकारे.....!
"आजको यो,"महाअपाङ्ग " को महाउपाधी,
न देख्न सक्ने...!
न सुन्न सक्ने...!
न बोल्न सक्ने...!
न हिड्न सक्ने...!
न केही गर्न सक्ने...!
खान मात्रै सक्ने,
अति लाचार , २०७२ असोज ३ गते  नेपालमा जन्मिनु भएका नेपालका प्रतिस्पर्धी श्री बिधान नेपालज्युलाई "महाअपाङ्ग" ठहर गर्दै सगौरव प्रदान गरिएको छ।
******    ******      ********

४. थारूभाषा लघुकथा- सरस्वती ✍️अनुवादक : लक्ष्मीकान्त चौधरी         
‌ "लोकके फोटो रहैवाला ठाममे सरस्वतीके फाेटाे कथिले ? "  
हमर प्रशन सुइनके किबोर्डसे हाथ हटाइलकै या स्किनमे निकसे देखल्कै । कुछोने बोललै।"
" आइतक सरस्वतीके चश्मा लगाइने कहियोने देखने छेलियै ?  हम फेर बोललियै।"
बाउ सश्ङकित भेलै । हमर जिद्दी जहिनङके तहिनङ छेलै ।यै से पहिने हम बहौत प्रश्न  पुछ्ने छेलियै।
बाउ मैयासे बात करलकै । मैयाँ हमरा लहानके अँाइख अस्पताल  ल्यागेलै ।
अँाइखके दृष्टिमे खराब भेल्छौ कहैत डाक्डर हमरा पुछलक ," लगैमे बैठके मोबाइल  या  टिबी बहौत बेरतक देखैची ।
डक्डरके जवाफ दैके बदलामे हम आपन कान पकैर लेलियै ।   
-बेलका-३, उदयपुर
******    ******      ********
नेपाली लघुकथा- सरस्वती‌ ✍️गजल आचार्य 
"मान्छेकाे फाेटाे रहने ठाउँमा सरस्वतीकाे फाेटाे किन ?
मेराे प्रश्न सुनेर बाबाले किबोर्डबाट हात पन्साउनुभयाे र स्क्रिनमा राम्रोसँग नियाल्नुभयाे । केही बाेल्नुभएन ।
"आजसम्म सरस्वतीले चश्मा लगाएको कहिल्यै देखेकी थिइनँ ।" मैले फेरि बाेलेँ ।
बाबा सशङ्कित हुनुभयो । मेरो जिद्दी यथावत्  थियोे । यस अघि पनि मैले अनेक प्रश्न साेधेकी थिएँ ।
 उहाँले मामुसँग कुरा गर्नुभयाे । मामूले मलाई लहान आँखा अस्पताल लग्नुभयो ।
दृष्टिमा दाेष देखियाे भन्दै डाक्टरले मलाई साेधे; "नजिकै बसेर माेबाइल र टिभी धेरै बेर हेर्ने गरेको छ ?"
डाक्टरलाई उत्तर दिनुको साटाे मैले कान पक्रेँ ।
+++
२०७९-०८--१२ विवाह पञ्चमी, कक्षा- पाँच, श्री जनता मावि, गाेलबजार, सिरहा ।
******    ******      ********

५. लघुकथा- दृष्टिविहीन राज्य ✍️रुद्र अधिकारी

ईटहरी-१९, सुनसरी(हालःलन्डन)
“बा! कति बर्ष पुग्नु भयो ?” बृद्ध उमेरमा फूलबारीमा काम गरेको देखेर  दीक्षाले सोधिन ।
बा’ले औंला भाँचेर गन्नुभयो र भन्नु भयो “चार बिष र १५ बर्षमा हिँड्दै छु । ९० सालको भुइँचालो जादा म पाँच बर्षको थिए भन्नु हुन्थ्यो आमाले ।” 
बा’ले “उतिबेला बस्ति पातलो हुन्थे । घर साना, होचा बास, काठ वा ढुङ्गा र माटाले बनेका हुन्थे । अधिकांस घरमा पराल र खरको छानो हुन्थे” भन्दै कहि कतै झिँगटी र जस्ताको छानो भएका घर समेत हुने गरेको बताउनु भयो । र, भुइँचालो जादा खाट मुनी लुकेर ज्यान बचाएको किस्सा सुनाउनु भयो । ९० साल, ४५ साल लगायत धेरै भुकम्पको आफुले प्रत्यक्ष अनुभव गरेको बताउदै, भर्खरै गएको भुकम्पमा रेडियोले यति मरे उती मरे भनेर फुकेकोमा बा’लाई सारै चिन्ता लागेछ । बा’ले भन्नु भयो “आधुनिक जमना भन्छन ! भुकम्प र अचानक आउने प्राकृतिक प्रकोप र बिपत्ती  जोखिमको न्यूनिकरण गर्न सरकारले केहि उपाय चालेको देखिदैन ! मान्छे मरोस की मुढो ढलोस् कसैलाई केही मतलब छैन!”
दीक्षाले बा’को कुरामा सहमती स्वरुप टाउको हल्लाउँदै सरकारले एक द्वार प्रणाली अपनाएर राहत बितरण गरिरहेको कुरा समाचारमा देखे पढेको बताइन । 
बा’ले राहत हात्तीको मुखमा जीरा जस्तै भएको उल्लेख गर्दै जुक्ति निकाले ” “मृत्यु हुने त भइसके, बाचेका हात खुट्टा चल्नेले काम गरेर खालान, अंगभंग र अपांग भएकालाई सरकारले बाँचुन्जेलका लागि उचित ब्यवस्था गर्न सके उनीहरु प्रति ठूलो सम्मान हुन् थियो की?”
दीक्षाले आसंखा प्रकट गरिन “जनयुद्ध र जनआन्दोलनमा अंग, भंग तथा अपांग भएकाहरुलाई अहिले सम्म नहेर्ने राज्यले भुकम्प पिडित अपांगता भएकाहरुलाई के हेर्ला ?”
******    ******      ********

६. लघुकथा- मन ✍️रचना शर्मा

"साहुजी ! हाम्ले बनाएको अगरबत्ती किन्दिनुस् न !"
"तपाईंहरूको अगरबत्ती लिएर जत्तिको तत्तिमा बेच्नुपर्छ, पर्ता पर्दैन, लिएर मात्र  के गर्ने बहिनी ? म लिन्न ! बरु अरुअरु ठाउँमा जानूस्, अरुले किन्लान् !" 
किराना पसले साहुजीको मीठो बोलिमा तितो जवाफ सुनेपछि ती दुबै सेतो लठ्ठीको सहारामा अघि बढे । अर्को पसलमा पनि उस्तैगरी आफुहरूले बनाएको अगरबत्ती किन्न अनुनय गरे ।
त्यस पसलको मालिकले केही बोल्न नपाउँदै पसलको भित्री कोठाबाट उत्तर आयो, "किन्दिनुस् बुडा, जति ल्याएका छन् सबै किन्दिनुस् !"
"ल बहिनी ! घामघाममा डुलेर कति दु:ख पाउनुहुन्छ ? सबै निकाल्नुस् म किन्दिन्छु ।" पत्नीको आदेश सिरोधार्य गर्दै उनी बोले।
आफुहरूप्रति प्रेमभाव दर्शाएकी पसल मालिककी पत्नीलाई धन्यवाद प्रकट गर्दै पसल मालिकसँग एउटीले भनिन् , "अहिलेसम्म अगरबत्ती बेच्ने क्रममा कति ठाउँ डुलियो दाइ, तर तपाईंहरू जस्तो मनकारी ग्राहक कतै पाएनौं । न मोलतोल गरेर किचकिच गर्नु भो, न सामान राख्न इन्कार गर्नु भो ! दिदी त झनै मनकारी हुनुहुँदोरहेछ । के गर्नुहुन्छ उहाँले ?"
"धन्यवाद बहिनी ! वास्तवमा मेरी श्रीमती पनि तपाईंहरू जस्तै दृष्टिबिहिन हुन् । यिनले पनि भित्र बसेर अगरबत्ती नै बनाउने काम गर्छिन् ।"
रचना शर्मा
नारायणगढ, चितवन ।
२०८०/०८/०६
******    ******      ********
७. लघुकथा- प्रतिबद्धता  ✍️बिष्णु उप्रेती 

एकाबिहानै  सुभद्राकाे अँागनमा नयाँ पजेरो  गाडी आयाे। दुईजना मानिसहरू गाडीबाट ओर्लिएर घर भित्र पसे । करिब एकघण्टा पछि, सुभद्रा सहित उनिहरु बाहिर आए। सुभद्राले घरकाे चारैतिर आखा घुमाईन्। झ्यालढाेका सबै  राम्रोसंग बन्द थिए। उनले लामो सास तानिन् र आखा चिसा पार्दै गाडीमा चडिन्।
केही घण्टा पछि, काठमाडौकाे बानेश्वरस्थित आलिसन भब्य महलकाे अगाडि  गाडी राेकियाे । सुभद्रा गाडिबाट ओर्लिनासाथ एकजना अपांग महिला बैसाखीकाे साहारमा आएर उनको  खुट्टामा ढाेगिन् । फूलमाला,अबिर, खादाले स्वागत गरिन ।गाउँकै शैलीमा सहेंली गरेर सुभद्रालाई घरभित्र लिएर गइन।

अनेक सुभिदा सम्पन्न  बैठककाेठामा पुगेर  साेफामा बसिन् ।  सुभद्राले आखाबाट बलिन्द्रधारा आसु बगाउदै, बिगतलाई  सम्झिन थालिन् ।
बाह्रबर्ष अगाडि छाेराले आफुखुसि, एउटा खुट्टा काटिएकी  अपांगलाई श्रीमतीको रुपमा लिएर आएपछि उनले बुहारी भित्र्याउन ईन्कार गर्दै  भनेकी थिईन् -- तँ जे भन् हेर छाेरा ,म याे अपांगलाई  बुहारीकाे रुपमा स्विकार्दै, घरमा भित्र्याउन सक्दिन । बरु जात, कुजात, बिजात जे भएपनि सपाङ्ग ल्याएकाे भए, सहन्थें।
बुहारी स्विकार्दै सासुले भित्र्याउन नमानेपछि यिनै अपांग बुहारिले भनेकी थिईन्-" हेर्नु, आमा, म दुर्घटनामा परेर खुट्टा काटिएर अपांग भएँ ।  तर तपाईं त मानसिक अपांग  हुनुहुदाे रहेछ। जुनदिन म पनि केहि बनेर, केही गरेर, फरक क्षमता भएकाहरुले पनि केही गर्न सक्छन् भन्ने देखाउन सक्छु । तेसैदिन पुन हजुरसंग भेट्न अबस्य आउने छु।
२०८०/०८/२०
******    ******      ********

८. लघुकथा- सहयोग ✍️सुनिता निरौला पौडेल 
"अरे रिना ! तिमी यहाँ  ?" धेरै दिनपछि उनलेे साथी रिनालाई भेटिन् । अफिस जानलाई गाडीको पर्खाइमा थिइन्  उनी । "तिमी कसरी यहाँ मुना ? "( अचम्म मान्दै )"रिना " भनेर एकाअर्कालाई अँगालो हाले उनीहरूले ।
"के छ त खबर ?" यसो भन्दै कुराकानी गर्दा गर्दै गाडी आयो । हतारिँदै बसमा चढे उनीहरू । धेरै भीड भएर बसमा खुट्टा राख्ने ठाउँ थिएन ।  बल्ल तल्ल एउटा सिट खाली भयो र मुनाले बस्न पाइन् ।
अर्को स्टेसनमा बस रोक्यो । त्यहाँबाट एउटी गर्भवती महिला बसमा चढिन् । भीड भएकोले उनी उभिएकी थिइन् । पछाडिको सिटमा बस्ने एकजना वृद्धा आमाले अगाडि बस्ने बहिनीलाई  भन्नुभयो ;
" नानी , तिमी त जवानै छौ , उभिन पनि सक्छ्यौ । तर यी गर्भवती महिलालाई सिट छोडीदेउ न ।" यति भनेपछि  मुनाले सिट  छोडेर उनलाई बस्न दिइन् ।
ती महिलाले "धन्यवाद" भन्दै सिटमा बसिन् ।  उनले सिट छाडेर उभिँदा  बसमा भएका सबैले उनलाई हेरेको हेर्यै भए ।आफ्नो बैशाखीको  सहायताले उभिरहेकी थिइन्  मुना ।
भक्तपुर : राधे राधे , निकोशेरा ।
२०८० - ०८ -१७ गते ।
******    ******      ********

९. लघुकथा- नक्कली अपांग ✍️नरेश नेपाल

जात्राको दिन देश भरको साथै बिदेशका तिर्थयात्री समेतको भिड बीच माग्ने हरु विभिन्न किसिमका शारीरिक अपाङ्गता भएको मानिसहरू को भिड मा गाइगुइ नक्कली अपाङ्ग आएको वर माग्ने बनेको
भन्ने सुनियो ।प्रहरी चारतिर तैनाथ भएको सुरक्षा घेराभित्र यस्तो अनुमान पनि गर्नु राम्रो थिएन तर संकास्पद उक्त ब्यक्ती प्रहरी निगरानीमा परेको थियोे ।सामान्यतया उसलाई देख्ने ले यो सोच्नु पनि गलत नै ठान्थे तर अन्त्यमा उसलाई पक्राउ गर्दा उ त्यो टोले गुण्डा द्वारा संरक्षित अपांग भएको र उसलाई माग्ने बाट कमिसन जाने कुरा पर्दाफास भयो।
त्यसैले अपाङ्ग अर्थात उनीहरुको पनि महत्त्व समाज भित्र भएको कुरा ले समाजमा अत्यन्तै उत्साहित तुल्याउन सफल उक्त घटनाको प्रभाव समाजमा सकारात्मक आयो ।फरक क्षमताको रूपमा बिकास हुनुको साथै अपांग मैत्री
कार्यक्रम संन्चालन गर्दै उत्साह र परिवर्तनको संम्बाहकको रूपमा लिन थालियो ।
समाप्त । नरेश नेपाल
बगनासकाली -२ पोखरथोक माडी पाल्पा
******    ******      ********

१०. लघुकथा -दृष्टिकोण ✍️रामप्रसाद पन्थी
रेसुङ्गा न.पा. २ गुल्मी
हरिशरण सर उमेर हदका कारण सेवा निवृत्त भएपछि सरस्वती माध्यमिक विद्यालयमा विज्ञान विषयकाे पठनपाठन प्रभावित भयाे । विज्ञान विषयकाे पढाइ नभएकाे भनेर विद्यार्थी र अभिभावककाे गुनासाे बढ्दै जान थाल्याे । तत्कालकाे समस्या समाधान गर्न विद्यालयले अस्थायी करारबाट शिक्षक नियुक्तिका लागि विज्ञापन गर्याे । १५ दिने सूचनाकाे अन्तिम दिन मात्रै एकजना उम्मेदवारकाे दरखास्त पर्याे । दरखास्त दिने उम्मेदवार सुन्दरप्रकाश फरक क्षमता भएका व्यक्ति थिए । दृष्टिविहीन व्यक्तिको दरखास्त परेका कारण विद्यालय प्रशासन झस्कियाे । विभिन्न कारण जनाएर विद्यालयले पुन : विज्ञापन गर्याे । दाेस्राे पटक पनि सुन्दरप्रकाशकाे बाहेक अन्यकाे दरखास्त नपरेपछि शिक्षक छनाेटकाे प्रकृया अगाडि बढाइयाे । लिखित र अन्तर्वार्तामा खाेट लगाउने ठाउँ नभेटेपछि प्रयाेगात्मक कक्षा लिन लगाइयाे । विज्ञहरूले कमजोरी देखाउने छिद्र फेला पार्न सकेनन् । परिणाम सुन्दरप्रकाश शिक्षक पदमा छनाेट भए ।
सुन्दरप्रकाश शिक्षक पदमा छनाेट भएपछि केही शिक्षकले प्रधानाध्यापककाे खुलेरै विराेध गरे । ती शिक्षकहरूबाट उचालिएका चारपाँच जना अभिभावककाे डेलिकेसन नै आयाे । एकजना अभिभावकले कड्किएर प्रधानाध्यापकलाई झपार्न भ्याए - क्या हाे हेडसर ! तपाईंले हाम्रा बच्चाको भविष्यमाथि खेलबाड गर्ने ? कहि नपाएर दृष्टिविहीनलाई शिक्षक बनाउने हाे ?"
दाेस्राे अभिभावकले त्यसैमाथि थप्दै भने- कि त्याे मास्टरलाई निकाल्नुहाेस् हाेइन भने हामीहरू नै बच्चा निकाल्छाैं ।"
प्रधानाध्यापकले संयमित हुँदै भने-" हामीले स्थायी शिक्षकका लगि अनेक प्रयास गरेका हाैं । संभव भएन । उहाँ पनि प्रकृयाबाट आउनुभएकाे हाे । विषयवस्तुमा सक्षम पनि हुनुहुन्छ ।"
तेस्राे अभिभावकले उपहास गर्दै भने- "उहाँकाे सक्षमता दृष्टिविहीनताले पुष्टि गरिसक्याे । यस्ता मास्टरबाट बच्चाहरू कसरी पढाउने ?"
प्रधानाध्यापकले दृढतापूर्वक जवाफ दिए- मलाई मात्र १५ दिनकाे दिनुहाेस् । भनेजस्तो नभएमा उहाँलाई हटाउने जिम्मा मेराे भयाे ।"
केही उपाय नलागेपछि अभिभावकहरू पन्ध्र दिने अल्टिमेटम दिएर निस्किए ।
दिनहरू बित्दै गए । सुन्दरप्रकाश विद्यार्थीका लागि सबैभन्दा लाेकप्रिय शिक्षक बन्न पुगे । अतिरिक्त क्रियाकलापदेखि लिएर आइ. सी.टीमा समेत उनी निपूर्ण देखिए । उनकाे क्षमताबाट प्रभावित भएर विद्यालयले सहायक प्रधानाध्यापकमा समेत नियुक्त गर्याे । सुन्दरप्रकाशकाे बढ्दाे लाेकप्रियताबाट आत्तिएका केही शिक्षकहरू भने षड्यन्त्रको जालाे बुन्न संगठित रूपमा लाग्न थाले ।
लेखन मिति २०८० मंसिर ५
******    ******      ********

११. लघुकथा- भोजराज सर ✍️केशवराज आमोदी

'विद्यार्थी भाइ बहिनीहरू ! भोलि म विद्यालय आंउँदिन !
'किन होला सर ?
'जिल्ला सदरमुकामतिर जानु छ ।'
भोजराज सर पढाउन जति लोकप्रिय हुनुहुन्छ उति नै राजनीतिक सङ्गठनमा सक्रिय र चतुरो मानिनुहुन्छ । एकप्रकारले विद्यालयको शैक्षिक र भौतिक उन्नति उहाँकै मातहतबाट भइरहेकोले सदरमुकाम आउजाउ गरिरहनुहुन्छ । जिल्लाका पालिकाहरूमा प्रभाव रहेकाले उहाँको हाँकोडाँको ठुलै छ । उहाँ नारायणी अञ्चल अपाङ्ग समितिका अध्यक्षसमेत रहँदै आउनुभएको बुझिएको छ ।
'नमस्कार भोजराज सर !'
'नमस्ते जीतबहादुर जी !'
'धेरै वर्षपछि दर्शन दिनुभयो त !'
'सरसँग सानो काम परेर आएको हुँ अन्यथा नमान्नु होला '
'सर ! हजुर सवलाङ्ग सुगठित र सक्षम व्यक्ति हुनुहुन्छ । अपाङ्ग हुनुको प्रमाण-पत्र सम्बन्धित निकायबाट लिएपछि त यहाँले शिक्षा र राजनीतिको क्षेत्रमा त चमत्कारै गरिदिनु भयो नि ?'
'नैतिकपतन र भ्रष्टाचाका कुरा मसँग नगर्नुहोस् , खौंला पर्नुहोला नि !' हाबादारी कुरा गर्दै नहिंड्नुस् होइन भने भोलि नै अदालतमा मान ह्नानिको मुद्दा हालिदिनेछु , बुझ्नुभो के ?'
'सर ! अपाङ्गका लागि भनेर राज्यले दिएको सारा सुविधा उपभोग गर्ने अनि मेरो भतिजो वास्तविक अपाङ्ग भएर पनि सुविधाबाट वञ्चित हुनुपर्ने बाध्यता म पनि सहन सक्दिन ।
तपाईकै सिफारिसमा प्रमाण-पत्र नपाएको कुरो थाहा पाएर नै म यहाँ धाएको हुँ ।
तपाईलाई सल्लाह दिने व्यक्तिको र डाक्टरको भ्वाइस-रेकर्ड मसँग सुरक्षित छ । आवश्यक परे यसलाई म पनि कानुनी उपचारका लागि फाइल अगाडि बढाउँन सक्दछु ' भन्दै जीतबहादुर सर त्यहाँबाट अलगिनु भयो । भोजराज सर चाँहि खै किन ! थरथर काम्दै फोन डायल गर्न लाग्नुभयो ।
******    ******      ********

१२. लघुकथा- आत्मबल ✍️तुलसी पण्डित
भुन्टी आवाज आएतिर लम्की । उहाँ पुगेर उसले भित्र चिहाइ । भित्र पुतली रगतको आहालमा थिइ ।
"पुतली के भो तिमीलाई ?"
" हेर्नू न छोरो जन्मेको दुबै खुट्टा छोटा र बाङ्गा छन् ।"
" ल ल पिर न मान । रोएर सद्धे हुने होइन । सबै आफ्नै भागभोग हो ।"
भुन्टीको आश्वासनले उसलाई धैर्यता मिल्यो ।
केही समयपछि बाबाले भन्नु भयो ।
"बाबु डल्ले तिमी उमेरले ठूला भयौ । हामी छउन्जेल तिमीलाई हेरौंला । हामी गएपछि तिमीलाई बाँच्न गाह्रो पर्छ । अब केही गर्नु पर्छ । अब भन तिमी के गर्छौं ?"
" बाबा मैले हजुरले भनेको कुरा सोचि रहेको थिए । भगबानले मलाई खुट्टा सग्लै न दिए पनि अरु अङ्ग सग्लै दिनु भएको छ । म यस्तै हात र खुट्टाको भरमा फिलिल्लै दौडन सक्छु । जङ्गल नजिक छ । मलाई तीस वटा बाख्रा किनि दिनुहोस् । म बाख्रा पालन गर्छु ।" " बाबु तिम्रो राम्रो सोच रहेछ । म खोर बनाएर बाख्रा किनि दिन्छु ।"
डल्लेको कामको तारीफ चारैतिर फैलियो । धैरै अपाङ्ग विद्यालयका शिक्षकहरु विद्यार्थी सहित त्यहाँ आए । डल्लेको काम देखेर सबैले ताजुप माने । "के अपाइ्ग के सपाङ्ग भन्नु । दुबै खुट्टा टेक्दैन । हात खुट्टा टेक्दै सय बाख्रा पालेर आफ्नो घर गृहस्थी चलाएको छ । हामी किन सक्दैनौ आफ्नो जीवन पाल्न । विद्यालयहरुबाट आएका अपाङ्गहरुले सोचे ।
" दाइ खुट्टो सग्लो नहुदा पनि तपाईले यति धेरै बाख्रा पाल्नु भएको छ । जङ्गल आफै जानुहुन्छ बाख्रा लिएर । आफै दाना पानी घाँस दिने गर्नुहुन्छ । पत्याउन पनि गाह्रो । कसरी सम्भव भयो यो ?"
"हेर सबै भन्दा ठूलो कुरा आत्मबल र प्रेरणा हो । यी दुबै बलियो भएपछि कुनै अङ्ग कमजोर भएर फरक पार्दैन ।"
******    ******      ********

१३. लघुकथा- दृष्टिकोण ✍️नानि भारद्वज

"तैले जमिन्दारकी छोरीको मुटु कसरी चोरिस् ?"
पञ्च प्रधानको अदालत चलिरहेको थियो। गाउँका मानिसहरु दुई मुटुको कहानी सुन्न र हेर्न भेला भएका थिए।
सोधेको प्रश्नको जवाफ न त केटोले दिइरहेको थियो न त केटीले । एकछिनमा प्रधानले सत्य ओकलाउन आफ्नो तरिका अपनाए। गाउँको न्याय व्यवस्था प्रधानको तलुवा चाट्थ्यो।
सुरुमा त केटोलाई निक्कै हप्काए तर उसले मुख खोलेन। अब प्रधानले थप्पडको वर्षा गरे। त्यसपछि केटोले मुख खोल्यो। "तपाइँको मुटु भए न जान्नुहुन्थ्यो मुटु कसरी चोरिन्छ भनेर !" प्रधानको रीसको पारो अझै माथि चढ्यो । अब चैं एउटा भाटोले बजाउन थाले।
केटोले पनि फेरि उही कुरा दोहो-याएको हुनाले प्रधानले सोधे :" तलाई कसरी थाह भो मेरो मुटु छ कि छैन भनेर जबकी तँ त जन्मदै दृष्टिबिहिन छस् ?
अब चैं केटीले पनि मुख खोली : "तपाइँको मुटु भको भए त तपाइँलाई थाह हुन्थ्यो कि मुटु चोर्न आँखा होइन मुटु नै चाहिन्छ!"
विराटनगर ,मोरङ्ग।
******    ******      ********

१४. लघुकथा- परिवर्तन ✍️धनसिंह बिश्व

एक दिनको राज्य स्तरीय अपाङ्गता स्वास्थ्य सम्मेलन चलिरहेको थियो। राज्यका बिभिन्न बिभागका विशेषज्ञ डाक्टरले अपाङ्गतालाई स्वास्थ्य जाँच पश्चात राहात र भत्ताको फारम भर्दै थिए।
सम्मेलनमा स्वास्थ्य जाँच सँगै सहयोगार्थ केही राहत वितरण पनि गरियो। अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य सेवा, शिक्षा, सामाजिक सहायता र रोजगारीसहित आधारभूत सेवा तथा अधिकारमा समान पहुँचको व्यवस्था गरेको अवगत गराइयो। अन्य सबै अपाङ्गतालाई मासिक भत्ता पनि उपलब्ध गराउने निर्णय गरियो।
अपाङ्गताका राज्य स्तरीय प्रमुख सभापति राम बहादुरले भन्नुभयो "अब हामी सबैले अपाङ्गतालाई 'दिब्यांग' भनेर सम्बोधन गरी सम्मान र माया गर्नुपर्छ। तिनीहरूको मनोसामाजिक अपाङ्गतालाई उचित ध्यान दिएर कुनै प्रकारको भेदभावहरु गर्नु पाईने छैन"।
स्वास्थ्य मन्त्रिले आफ्नो मन्तव्यमा अपाङ्गतालाई प्रोत्साहन गर्दै भन्नुभयो "हेर्नुहोस! आजका दिब्याङ्गता - स्टेफेन हौकिन, डोरोथी होड्किन्, हेलेन केलर जस्ता हुनुपर्दछ। अघी बढ्नुहोस् हामी सरकारबाट भरपूर सहयोग पुर्याउनु सधैं तत्पर रहनेछौं"। तालीको गुञ्जयमान भयो।
बिचबाट एउटी अपाङ्ग महिला दीपिकाले हात उठाउदै उठेर भनिन् "महासय! यो आडम्बरीको मुखुण्डो लगाउने नेताहरुले हाम्री आमालाई पनि हामी जस्तै अपाङ्ग बनाई सकेका छन। यिनीहरुलाई पनि कानुन लागू हुनुपर्छ। कतै हामी जस्तै हाम्री आमा पनि अकालमा मृत्यु हुनु नपरोस्"।
***** *****
गेजिङ प० सिक्किम
******    ******      ********

१५. लघुकथा- नेता भानुभक्त ✍️पीपी कोइराला
जानकीचोक धरान १३ सुनसरी

बसपार्कको पुर्व पट्टिबाट एउटा नेत्रहीन मानिस आउँदै गरेको देखेँ। मेरो जम्काभेट हुनासाथ उसले भनेको सुनेँ,
”हजुर मलाइ बाटो कटाइ दिनुहोस न ।”
मलाइ करुणा जाग्यो । म उसको हात समाउँदै जेब्राक्रसबाट बाटो कटाउँदै थिएँ।एक्कासी एउटा बस हुइँकिदै आयो । जेब्राक्रस मै हामी दुबैलाइ क्याच्च किच्नै आँटेको थियो कि भानुभक्तले हातैले बस रोकिदिए । अनि छेउमै गएर ड्राइभरलाई थर्काए ,
"जेब्राक्रसको नियम छैन, पापी ? यस्ता अपाङ्गको अलिकति पनि दयामाया लागेन ? झन्डै ज्यान लियौ नि होइन?”
त्यो ड्राइभर पनि रन्क्यो, ”तिमी को हौ मलाई यसरी हकार्ने ?"
“म भानुभक्त हुँ, आदिकवि?”
भानुभक्तले चिनाए।
ड्राइभरले चिच्याउदै ब्यङ्ग हान्यो,
”शालिकबाट उठेर यहाँ किन आको त ?”
भानुभक्तले तरबार उचाल्दै भने ।
"तिमिहरुको असक्षमता र मनपरि हँकाईले पुरै सिस्टम नै बिग्रेर धेरै निर्दोषहरु अपाङ्ग बनेका छन् । त्यसैले तिमीहरुलाई दण्ड दिन म अघि सरेको हुँ ।"
मेरो त आङ जिरिङ्ग गर्यो ।
"नेता भनेको यस्तो पो हुनुपर्छ" भन्दै उनलाई जुरुक्क बोक्न मन लागेर आयो । तर उनीतिर यसो फर्किएको त झसङ्गै ब्युँझिए, निन्द्राबाट ।
******    ******      ********

१६. लघुकथा: निर्णय ✍️प्रेम पुन मगर
ढोनपा ४ बागलुङ हाल पोखरा 
"यो निर्णय हामी कुनै हालतमा मान्दैनौँ।"
 विरोध सभाका अगुवाइले भनेपछि सबैले "हो" मा "हो " थपे। 
"यो हामीले गरेको निर्णय होइन । केन्द्रबाट नै लागू भएको निर्णय हो।" स्थानीय नेताले उनीहरूलाई  सम्झाए। 
 झन विद्रोह मच्चियो। 
उनले सम्झाउन खोजे।  "यतिखेर देशको आर्थिक अवस्था निकै कमजोर भएको छ। यो कुरा  तपाईंहरुलाई पनि थाहा नै छ। त्यसैले यस्तो निर्णय लिनु परेको हो। देशको हालत उकास्नको लागि  पनि तपाईंहरुले यो निर्णय मान्नै पर्छ।"
 उनीहरू सबै एउटै आवाजमा गर्जिए। 
"देशको हालत उकास्न भ्रष्टाचार नियन्त्रण र विकासमुखि नीति ल्याउने हो।, अपाङ्ग भत्ता घटाउने होइन।"
२५/७/२०८०
******    ******      ********

१७. लघुकथा पौरख ✍️सविता भट्टराई 
जनकपुरधाम ।
"हजुर केही खान दिनुस् न!दुईदिन देखि केही खाएको छैन"मन्दिरको ढोका बाहिर एउटा आँखा न भएको भिखारी ले माग्दै थियो।
आउने जाने मानिस हरू कसैले दिन्थे।कसैले दिँदैनथे। ऊ  दिक्क भै सकेको थियो।
"अंकल!!ला लिनुहोस सयरुपियाँ र पेट भरि खानुस् है।"भिखारीले पछाडि फर्केर हेर्यो,एउटा ह्वील चेयर मा बसेर फूल बेच्दै गरेको बार वर्षको बालक भन्दै थियो"यहाँ त पाखुराले मागेर हैंन पौरख गरेर मात्र पेट भर्छ।"भिखारी छक्क पर्दै माग्ने कचौरा लुकाउँछ।
******    ******      ********

१८. लघुकथा- बिषालु बिचार ✍️सुरेशकुमार पाण्डे
 
के भयो ? हिना-? विरूले सोध्यो।
यता हेर्नोस् न ! -हिनाले देप्चिमाको दुध देखाउँदै भनिन् । त्यो दुधमा छिप्कली परेको थियो।
"ओहो! कसरी परेछ; यो त अत्यान्तै बिषालु हुन्छ।-विरूले जानकारी गराउँदै भन्यो। अब यो दुध केगरौँ ?-हिनाले नाक मुख बिगार्दै सोधी।
यो कतै नालामा फ्याँक यो कसैलाई नदिए।-विरूले भन्यो।
यसोगर्दा कसोहोला ?यो दुध नफ्याकौँ बरू बुढा बुढीलाई दिउँ त्यसैपनि उनिहरू सधैका बिमारी।
छिप्कली कत्ति बिषालु हुँदोरहिछ त्यो पनि जानकारी हुन्छ।- हिनाले विरूका बा आमा तिर इसारा गर्दै भनी।
केभनेको ? हँ ! बा नजिकै हुँनुहुन्छ सुनेको भए -वीरूले बिस्तारै भन्यो।
हजूरको बाको कानमा हेर्नुस् त मिसिन छैन्।उन्लाई जेभनेपनि सुन्दैनन्।
होइन मरे त ठिकैहोला अद्मोरा भएभने उपचार गराउँदा सम्पत्ती बेच्नुपर्छ।भैगो यो गलती नगरौँ।-विरूले हिनालाई सम्झौँदै भन्यो । बुढाले त्यो सबैकुरा सुनिरहेका थिए ।
दाङ घोराही १८
०३-१२-२०२३,(१७ मंसिर २०८०)
******    ******      ********

१९. लघुकथा- बाँच्ने इच्छा ✍️नारायण कोइराला
 
हास्यव्यङ्ग्य कार्यक्रम चलिरहेको थियो । भिडमा एउटी महिलालाई चिन्तित देखेँ । खुसुक्क कानमा गएर सोधेँ । सबै हाँसिरहेका छन् । हजुर मात्र किन दु:खी ? 
सबै कालको पर्खाइमा हाँसिरहेका छन् । मृत्युपछि कसैको अस्तित्व रहन्न । उनको जवाफको मसँग थप  कुनै जिज्ञासा थिएन । त्यसमाथि पनि अपाङ्ग महिला । धेरै बहस गर्न समेत सकिएन ।
कार्यक्रमबाट निस्कँदै गर्दा गएर कानमा एउटा वाक्य भनेर छोडेँ । वाक्यले काम गरेछ । उनकै कार्यक्रममा जाँदै छु । मृत्युपछि बाँच्ने इच्छा पूरा गर्न अपाङ्गले झेल्नुपर्ने समस्याको बारेमा पुस्तक लेखेर विमोचन गर्दै थिइन् ।
-नारायण कोइराला
   तानसेन, पाल्पा
******    ******      ********

२०. लघुकथा- दृष्टिकोण  ✍️नानि भारद्वज

"तैले जमिन्दारकी छोरीको मुटु कसरी चोरिस् ?"
पञ्च प्रधानको अदालत चलिरहेको थियो। गाउँका मानिसहरु दुई मुटुको कहानी सुन्न र हेर्न भेला भएका थिए।
सोधेको प्रश्नको जवाफ न त केटोले दिइरहेको थियो न त केटीले । एकछिनमा प्रधानले सत्य ओकलाउन आफ्नो तरिका अपनाए। गाउँको न्याय व्यवस्था प्रधानको तलुवा चाट्थ्यो।
सुरुमा त केटोलाई निक्कै हप्काए तर उसले मुख खोलेन। अब प्रधानले थप्पडको वर्षा गरे। त्यसपछि केटोले मुख खोल्यो। "तपाइँको मुटु भए न जान्नुहुन्थ्यो मुटु कसरी चोरिन्छ भनेर !" प्रधानको रीसको पारो अझै माथि चढ्यो । अब चैं एउटा भाटोले बजाउन थाले।
केटोले पनि फेरि उही कुरा दोहो-याएको हुनाले प्रधानले सोधे :" तलाई कसरी थाह भो मेरो मुटु छ कि छैन भनेर जबकी तँ त जन्मदै दृष्टिबिहिन छस् ?
अब चैं केटीले पनि मुख खोली : "तपाइँको मुटु भको भए त तपाइँलाई थाह हुन्थ्यो कि मुटु चोर्न आँखा होइन मुटु नै चाहिन्छ!"
विराटनगर, मोरङ्ग
******    ******      ********
२१. लघुकथा- शक्ति ✍️बाँस्कोटा धनञ्जय  

नवज्ञान विद्यामन्दिरमा सात फुट अग्लो भित्र र बाहिर दुवैपट्टि लिप्सेर चिल्लो पारिएको  कम्पाउन्ड पर्खाल थियो । त्यसलाई नाघेर, चढेर जानु त अकल्पनीय नै थियो । 
अनुमतिबिना विद्याथी, शिक्षक कोही पनि बाहिर जान र भित्र आउन पाउँदैनथे ।  दश — चार त्यो पावन्दी हुन्थ्यो । विद्यालयका पाले पनि यति कडा थिए कि तालपरे विद्यार्थीलाई घुएत्रो हान्थे । 
‘कि त तिमीहरुका साँढे तह लगाओ, कि हामी आपैm तह लगाउँछौं । यी फलपूmल तिमेर्का लागि रोपिदिएको हो ?’, विद्यालयको नजिकै घर भएका चौहान बा विहान विद्यालय खुल्नासाथा कराउँदै आए । 
‘के भन्नुहुन्छ, बा ? कसलाई साँढे भन्नु भएको ? हामीले त गोरु पालेका छैनौं त यहाँ ?’, हेडसर उत्तर दिन थाले ।
‘तिमेर्का विद्यार्थी !’
‘अनि के गरे त हाम्रा विद्यार्थीले र यसरी कोकोहोलो मच्चाउनू यस्ता बृद्ध मान्छेले?’
‘आँपको सत्यनाश गरे नि !’
‘कतिखेर गरेछन् त ? विद्यालय समयभरि त कसैले पनि बाहिर निस्किन पाउँदैनन् । अब विहान बेलुकाको त हामी जिम्मेवार हुन सक्दैनौं ।’
‘तिमेर्कैले हो, हिजो सकुल लागेका बेलामा । बुहारीले देखेको  । खाए मात्रै त हो नि ! आधा भुईंमा ! सत्यानाश ! एउटा बोटै रित्तै ! के गर्ने हो गर्नू !’
‘हुन्छ, बा म तपाईंलाई भरे भेट्छु ।’
बा गएपछि हेडसरले सबै विद्यार्थीहरुलाई बाहिर चौरमा निकाले । एक एक गर्दै सोधे, ‘यो काम कसको हो, नढाँटी भन । नत्र म तिमीहरुका अभिभावक बोलाउँछु ।’ 
यसरी धेरैबेर केरकार गरेपछि उमेशले एउटा हात उठायो र भन्यो, ‘सर वाल नाघेर गएर मैले गरेको हो ।’ 
सबै शिक्षक — शिक्षिका, सबै विद्यार्थी र कथाकार पनि घोर अचम्ममा परे । एक हातको शक्ति थियो त्यो ! किनभने उमेशको एउटा हात सानैमा डाक्टरले काटेर प्mयाँकेका थिए । 
दमक, झापा
******    ******      ********
२२. लघुकथा- प्रतिभा ✍️उमानाथ दाहाल 
 शिवसताक्षी नगर पालिका दूधे झापा 
  " अब नतिजा घोषणा साथै पुरस्कार वितरणको पालो आएको छ" उद्घोषकले जानकारी दिए । सबै सहभागीको ध्यान आकर्षित भयो । आफु परिन्छ परिँदैन भन्ने चिन्तामा उनीहरूको मुटुको धड्कन बढ्यो  ।
 उद्घोषकले सान्त्वना स्थान प्राप्त गर्नेको नाम वाचन गरे र पुरस्कार ग्रहण गर्न बोलाए । एवम् क्रमले तृतीय,  द्वितीय हुदै प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीलाई बोलाइयो ।
  प्रथम हुने प्रतियोगी साथी लिएर पुरस्कार थाप्न आए ।
   यो  पुरस्कार वितरण हुदै गर्दा उद्घोषकले ब्याख्या गरे  " आज अत्यन्त मर्म स्पर्शी नतिजा हाम्रो अगाडि आएको छ । पाउले यस्तो राम्रो चित्र बनाउन सक्ने भाइ रामचन्द्रको अद्भुत प्रतिभालाई कार्यक्रम आयोजकको तर्फबाट सलाम गर्दछु " ।
२३. लघुकथा- असर ✍️लता के.सी.  
 तीनकुने, काठमाडौं 
उघोषकले भने, “आजका अन्तिम सहभागी मञ्चमा 
आउँदै हुनुहुन्छ, नवप्रतिभा रिना शर्मा !”
दर्शकदीर्घाबाट समर्थकहरूको कोलाहल मच्चियो । वातावरण तातेर उधुम  भयो । भर्खर सत्र वसन्त टेकेकी रिनाले छमछम नाचिरहँदा सबै लठ्ठ परिरहेका थिए ।
नाच्दै गर्दा उनी अचानक लडिन् ।  कोही बोक्न तम्सिए । कोही पानी छ्याप्न आए ।
कोही भने आआफ्नै अनुभवको खेती गर्न थाले, 
– भोकै थिइन् होला ।
– खुसी र भिडले उत्तेजित भइन् होला । 
– हिस्टेरिया होला आदि ।
एकछिनपछि उनी जसै बौरिइन  ,  सबैले एकै स्वरमा सोधे, “के भयो ?”
उनले लामो सास फेर्दै भनिन्, “खु्टा लुलो भएर लडेछु अनि केही थाहा भएन ।”
प्रश्न तेर्सियो, “पहिला पनि यस्तो भएको थियो र ?”
उनले निकै समय लिएर मुख खोलिन्, “बेला बेलामा हुने गर्छ । छोरी भनेर थाहा  पाएपछि आमाले गर्भ फ्याल्न धेरै औषधीहरू खाएकी थिइन् रे ! त्यसको असर हो ।”

******    ******      ********
२४. लघुकथा- झुण्डिएको आकृति ✍️कोषवल्लभ रेग्मी 
पैंतालीसको भूकम्पले धेरै धनजनको क्षति भयो र हाम्रो गाउँ पनि चोखो रहेन।कतिका घर ढलेगँगै ज्यान पनि गयो।हाम्रो छिमेकी गोरे काकाको घर भत्किए सँगै माटोले पुरिएकी आठ बर्षकी छोरी बाहेक सबै भूकम्पका शिकार भए।
   यो दर्दनाक पीडा कसलाई सैह्य हुन्छ र?कालबाट बचेकी नावालिकाको स्वास्थ्योपचार पछि पालन पोषणको जिम्मा हाम्रो परिवारले लियो।पछि ऊ देब्रे खुट्टा खोच्याएर हिड्ने अपाङ्गझैं बनी।
  समकालीन भएकोले होला हामी एकअर्कामा खुब मिलेर खेल्ने र कामगर्ने गर्थ्यौ।
   ऊ घरको काम लगनशील भएर गर्थी।मलाई बा आमाले कुनै काम दिनुहुन्नथ्यो।तर उसलाईभने कामको जिम्मा ठुलै लगाइएको हुन्थ्यो।कहिले सानोतिनो काम बिग्रदा -"टुहुराको बुद्धि हुदैन भन्थे होरछ"-भन्दै बा आमा गालि दिनुहुन्थ्यो।ऊ भने केही केही नभनी आखाभरि आशुपारेर म तिर हेर्थी।
    समय चक्रले हामीलाई ठुलो बनाई सकेको रहेछ।ऊ बीस म एक्काइसमा प्रबेश गरेका थियौ।गाउँ र घरमा पनि हाम्रो हिमखिमको चर्चा चल्न थालेछ।एकदिन ऊ रछ्यानको काममा थि।मलाई बा आमा र काकाहरुले भान्सा कोठामा -"त्यो अपुतालीकी अपांग  छोरी फेरि तल्लो जातकी सँग तँ किन लम्पट हुन्छस?आजैदेखि त्यसलाई त्यागिनस भने तेरो यस घरमा बास हुनेछैन-"भन्दै चेतावनी दिए।
     भोलिपल्ट घरका र अरु मिलेर केही पर एउटा टाटीको झुप्रो तयार पारियो।ऊ उसका लुगाको पोको र २ मानाजति चामल बोकेर आशुका ढिक्का खसाल्दै -"हे आमा बा मलाई उही दिन किन लानुभएन?दया गरेर मलाई चाडै लिन आउनुुहोस!"-भन्दै त्यो झुप्रोमा प्रवेश गरेकी थिई।
   रातभर मलाई निन्द्रा परेन।सोचमग्न भइरहें।"समाज,परिवार कि ऊ?"आखिर जे होला मैले उसलई स्वीकार्ने निर्णय गरे र केही रुपैयाँ सहित लुगा लगाएर झिसमिसे बिहान उसको झुप्रो तिर लागें।
  "हँ!"म झसंगभएँ।दैलो उग्रेन आग्लो मारिएको थियो।मान्छे मुस्किलले छिर्ने झ्यालबाट भित्र हेर्दा मिर्मिरेको धमिलोमा एउटी नारी आकृति कतै भुईं छाडेर हल्ली रहेको जस्तै देखें।।
देउमाई न पा ७ इलाम।

******    ******      ********
२५. लघुकथा- भ्रम✍️कुञ्जदेवी उपाध्याय 
साँझ पर्नासाथ घरमा झगडा शुरू हुन्थ्यो नरेन्द्र भट्टराईको।
उनको भनाई थियो तिम्रो अपाङ्ग छोरी पढेर केही गर्छे भन्ने भ्रममा नबस ललिताको आमा। यस्ता अलछ्छिनी छोरी जीवन भरका बोझ हुन् 
टेवलमा किताब राखेर पढाई गरि रहेकी छोरी ललिता आफ्नै भाग्यलाई धिक्कार दिँदै चुपचाप पढाइ गरि रहन्छिन्।
आँखामा सपना बोकेर उनी एकोहोरो पढाई गर्छिन्। बुबाको तिरस्कार र आमाको ममता बाट प्रेरणाको स्रोत खोज्दै उनको पाइला चल्छ।
   एच एल सी को रिजल्ट आयो। सबैलाई छक्क पार्दै ललिता पहिलो स्थानमा उत्तीर्ण भएको खबर फैलियो।
पत्रकार घरमा आएर उनलाई धेरै प्रकारका प्रश्न सोध्न लागे , दुई हातको औँला नभएर पनि तिमीले कसरी यत्तिको रिजल्ट गर्न सक्षम भएउ ललिता?
ललिताको जबाफ थियो अपाङ्ग म शरिरको मात्र हूँ हजुर,मनको होइन।

******    ******      ********
२५. लघुकथा- सोच✍️बासुदेव तिमल्सिना
लालबन्दी, सर्लाही
“चिफ साहेब को हुनुहुन्छ” भन्दै एकजना लङ्गडो मानिस बैशाखी टेक्तै भित्र पस्यो । कोठामा भएका मानिसहरुले चिफ साहेबलाई देखाइदिए । त्यो मानिसले छोराको फिस नतिरेर छोराको परीक्षाको प्रवेश पत्र पाउन सकेको थिएन । उसले क्याम्पस चिफसँग बिन्ती गर्यो । उसकी श्रीमतीको तलब यो महिनाको अन्तमा आउँछ । अनि उसले फिस तिर्नेछ । 
क्याम्पस चिफले उसलाई सोधे, “तपाईं केही काम गर्नुहुन्न ?” 
लङ्गडाले भन्यो, “म जस्तो लङ्गडालाई कसले काम दिन्छ र ?” 
चिफ साहेबले भने, “तपाईंमा काम गर्ने सोच हुनुपर्यो काम सजिलै पाइन्छ । तपाईंभन्दा अझ अशक्तले समेत काम गरेर जीवन गुजारा गरेका छन् ।” 
लङ्गडाले भन्यो, “हजुरले त सजिलै भनिदिनु भो तर काम पाउन त्यति सजिलो छैन ।” 
चिफले भने, “खैर आ आफ्नो सोच हो । ल, मैले तपाईंको छोराको फिस १५ दिनको लागि पर्खिदिन्छु । अहिले तपाईं उसको प्रबेश पत्र लिएर जानोस् ।” 
त्यो मानिस यति कृतज्ञ भयो कि उसले चिफ साहेबको गोडामा ढोग्न भनेर गयो तर अफसोच बिचरा त्यति ठूलो पदको क्याम्पस चिफका दुबै गोडाहरु थिएनन् ।
******    ******      ********

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...