शुक्रबार– (लघुकथा छलफल कार्यक्रम) संयोजक तथा प्रस्तोता– पं.ज्यो.तोयनाथ सुवेदी+प्रशिक्षक- खेमराज पोखरेल (मिति–२०८०–०४–१९ श्रृङ्खला– ६५४) समय– ६ः३०–७ः३० बेलुकी खेमराज सरसँग मात्र ।। अरु प्रशिक्षकसँग समय– ७ः३०–८ः३० बेलुकी नै कायम भएको व्यहोरा अनुरोध छ ।।
+++
लघुकथाक्रम
१. लघुकथा-चिन्ता -शिवकुमार रेग्मी
२. लघुकथा- सन्तान -कपिलकिशोर घिमिरे
३. लघुकथा- बर्वाद -एकल यात्री (दिनेश खत्री)
+++
१. लघुकथा-चिन्ता -शिवकुमार रेग्मी
गाउँको एक घरमा हरिभक्तको परिवार बस्दथे।परिवारमा श्रीमति मोनिका र छोरा हरिस थिए।
एक दिन हरिभक्तले मोनिका सँग भने, "मोनिका,हर दिन मेरो गोजी बाट पैसा हराईरहन्छ।कसले निकाल्छ होला"?
हजुरले कतै राखेर बिर्सनु भयो होला,राम्रो सँग हेर्नुस् त,मोनिकाले भनिन।
हरिभक्तले चिन्तित स्वरमा भने, " मोनिका मैले सधै पैसा गनेरै राख्छु।कहीँ तिमीले निकालेर मलाई बताउन बिर्सेकी त हैनौं?"
अब,मोनिका सोचमा पर्न थालिन कि गोजी बाट पैसा गयो कहाँ? उनले छोरा हरिसलाई बोलाएर सोधिन, "बाबू,तिमीले बुवाको गोजी बाट पैसा निकालेका त छैनौ"? हरिसले कुनै जवाफ नदिई चुपचाप बस्यो।कुनै जवाफ नदिएको कारण मोनिकाको शंका छोरा हरिस माथी लाग्यो।
छोराको यस्तो गलत हर्कत देखेर मोनिकाको कलेजा भित्र छिया-छिया पर्न गयो।एक्लो छोरोको बिग्रदो आदत सम्झिदै उनले साह्रै चिन्ता गर्न थालिन।
पोखराथोक,पाल्पा
++++
२. लघुकथा- सन्तान -कपिलकिशोर घिमिरे
दाङ्ग, हाल कैलाली
धेरै उपाय गरे पनि सन्तान नभएपछि झोक्राएर बसिरहेका राममानलाई एकदिन हरिले भने"काका सन्तान भएनन् भनेर झोक्राउनु भएको हिड्नु दुबैजना राम्रो डाक्टर चिनेको छु पक्कै बच्चा जन्मन्छ "
चेक जाँच गराए ,औषधि सेवनपछि नभन्दै गर्भ रह्यो , खुसी भित्रियो घरमा, समय पुगेपछि छोरा जन्मियो बुढेसकालमा ।
लालनपालन राम्रो भयो , हुर्किदै पढे पनि ,छोराले काम पाए दङ्ग परे बाबुआमा ।बिहे पनि धुमधामले गरिदिए छोराको।
छोराबुहारी शहर पसे ,बा आमा अशक्त भए ,हेरचाह गर्ने कोहि भएन,खबर गरे धेरै पटक बल्लतल्ल दुबैजना आए, लगेर छोडे बृद्धाश्रममा।
+++
३. लघुकथा- बर्वाद -एकल यात्री (दिनेश खत्री)
राम भए भरकाे समान लिएर सधैं बस्ने शहरबाट अर्काे शहरमा झुटी, झाम्टाे,कुम्लो कसेर बसाइँ सरेकाे थियाे । राम ठुलाे व्यापारी पनि थियाे । वरिपरिका मान्छे किन यत्राे समान लिएर सर्नु परेकाे हाेला। त्यस्तो राम्रो शहरबाट याे कुरुप शहरमा भन्दै थिएँ ।
कसैले हाेला नि आफ्नाे केही समस्या नभए किन सर्नु भन्दै थिएँ । राम परिवार सहित आफ्नाे समान मिलाई रहेकाे थियाे ।
"यत्राे सम्पत्ति रैछ" । पक्का केही भएकाे हुनु पर्छ। भन्दै शङ्का मानेर श्यामले साेध्याे "राम जि तपाईं सुन छाडेर किन पित्तल राेज्दै हुनुन्छ" ?
राम आत्तिदै भन्याे "हजुरले कसरी थाहा! पाउँनु भयाे" ?
२०८०/०४/१३ गते ।
मन्थली १३ रामेछाप ।
+++
.jpg)
.jpg)
No comments:
Post a Comment