बिहीबारे लघुकथा छलफल कार्यक्रम-पुण्य कार्की,रमेशमोहन,मधुसूदन,बालकृष्ण,राजकुमार,सुनिता निरौला
बिहीबार– लघुकथा छलफल कार्यक्रम, संयोजक तथा प्रस्तोता– सुनिता निरौला, प्रशिक्षक- पुण्य कार्की, मिति–२०८०–०४– १८ श्रृङ्खला– ६५३ समय– ७ः३०–८ः३० बेलुकी ।।
+++
लघुकथाक्रम
१. लघुकथा- व्याख्यान -रमेशमोहन अधिकारी
२. लघुकथा- नेपाली भाषा -मधुसूदन प्रसाद धिमिरे
३. लघुकथा - ग्रान्ड सेल -बालकृष्ण गजुरेल
४. लघुकथा- सेवा -राजकुमार कार्की
+++
१. लघुकथा- व्याख्यान -रमेशमोहन अधिकारी
शिक्षक कक्षा दसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा पढाउँदै थिए, “देवकोटा जातिवादका विरोधी थिए । आजकोे सभ्य युगमा मानिस मानिस बिच छोइछिटो गर्नु अति निन्दनीय कार्य हो । त्यसैले हामीले देवकोटाको ‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन’ भन्ने कुरा कहिल्यै बिर्सन हुँदैन । यसलाई राम्ररी मनन गर्नुपर्दछ । व्यवहारमा लागु गर्न पनि सक्नुपर्दछ अनि मात्र हामीले उहाँप्रति साँचो श्रद्धाञ्जली गरेको ठहरिने छ ।”
नेपाली पढाउने गुरुको यो व्याख्यान सुनिरहँदा सोही कक्षाको सुमन अस्ति भर्खरै तिर्खाले जति व्याकुल हुँदा पनि नेपाली गुरुले विश्वकर्मा सरले छुनुभएको बाल्टिनको पानी नखाई अलि परैको पँधेरामा पानी खान गएको सम्झेर व्यङ्ग्यपूर्ण मुस्कान छाडिरहेको थियो ।
लेखन ः २०४९ चैत्र २६ गते ।
+++
२. लघुकथा- नेपाली भाषा -मधुसूदन प्रसाद धिमिरे
छाेरालाइ राम्राे बाेर्डीङ्स्कु ल खाेजे जाेइटीङ्रेले।समयमा पैसा पनि कमाएकै थिए। उनले बिदेशमा राखेर प पढाउने साेच राखे।
आफू पनि सङ्गै गए छाेरालाइ राम्राे महङ्गाे स्कूल खाेजेर भर्ना गरे। वर्ष दिनकाे फि एकै पटक तिरिदिए। छाेराकाे विषेश खर्चका लागि मनग्गे पैसा पनि छाडे।
छाेराले मिहिनेत गरि पढयाे। नतिजा राम्राे आयाे। छाराेराे निकै बर्ष पछि धर आयाे। बाउ आमा सङ्ग कुरा गर्न अङ्ग्रेजिमा नै ग-याे। सबै खुशी भए।
जाेइटीङ्ग्रेकि आमा जेठाे छाराकाे मा वस्थिन। नातिकाे प्रगति हेर्न उनि पनि त्यहि आइन।अव हजुर आमाले नातिलाइ सुम्सुम्याउदै माया गरिन् ।आफना भावनाका कुरा साेधिन्। नातिले अङ्ग्रेजिमा जवाफ दियाे।
हजुर आमाले केहि बुझीनन्।
उन्ले छाेरालाइ भनिन् "- के पढाइस वावु छाेरालाइ ? हामि जस्ता पुराना वुढा पाका सङ्ग कुरा षर्न नै जानेन।
तेरा बाले बाह्रखरि कण्ठ पारेर भानुभक्तिय रामायण पढन सक्ने भाका थे। मेरा बाले पण्डीत हुन्छ ,याे केटाे भनेर मलाइ तेरा बा सङ्ग बिहाे गरि दिए।
हुन पनि तेरा बाले चार गाउ हल्लाएर इज्जत साथ पुराण भन्दै कयाैलाइ ढाेगाउथे।उनलेनै पण्डीत्याइ गरेर जाेडेकाे सम्पत्तिले तिमिहेरुलाइ अहिले सम्म आनन्द नै भएकाे छ। "-
अब जे भाे भाे बुझिस् नेपालि वर्णमाला पढा र रामायण सिलाेक हालर पढन सक्ने वना। त्याे पछि उसैले नेपालि भाषाकाे महत्व वुझछ।
080/4/17
+++
३. लघुकथा - ग्रान्ड सेल -बालकृष्ण गजुरेल
प्रधानमन्त्रीको कार्यक्रमको समीक्षा अायो, "बिपन्न तथा प्रभावितलाई नि:शुल्क उपचार ।"
स्वास्थ्य मन्त्रीको कार्यक्रमको समीक्षा अायो, " बिपन्न तथा प्रभावितलाई निशुल्क उपचार ।"
काठमाडौ महानगर प्रमुखको समीक्षा अायो , "पीडितलाई निशुल्क उपचार ।"
म एउटा साहित्यिक कार्यक्रम सकेर पोखराबाट फर्केँ । नौबिसे अाउँदा कालो बिरालोले बाटो काट्यो । इट्टाभट्टा भन्दा माथि काठमाडौ तर्फ अोरालो परेको सडकमा बसले अोभर ट्याक गर्यो । हर्न बजाउदा सुनेन । स्पिड कम गर्दा डवल डिस्क यमाहा मोटर साईकल चिप्लियो । पाँच मिटर पर धर्सँदा हात तीन ठाउँमा भाँचियो ।
म ट्रमा सेन्टरमा भर्ना भएँ । वडा कार्यलयबाट सिफारिस बनाउन अाग्रह गरियो । सिफारिस बनाएँ । वेड नम्बर : ४२९ रह्यो । बालेनका पि ए लाई जानकारी गराएँ । प्रधानमन्त्री कार्यालय तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएँ । ट्रमा सेन्टर बाट खवर गयो, " भारी छुट १५,००० कम गरिएको छ । जसमा भर्ना शुल्क लिईएको छैन ।"
सबै हाल देखेपछि म तीन छक परेँ । साथीले भन्यो, " छुट छ रे नि त ! "
मैले भनेँ, " भारी छुट रहेछ । लुटको ग्रान्ड सेल जस्तो । केही छुट दिए जस्तो । नत्र ल्याव, अौषधी गरेर कसरी ५०,००० जान्छ? स्टिल्समा ३७,००० कसरी जान्छ? अस्पतालले ल्याव, अौषधी र अावास्यक समान नराखे के राख्छ ? "
+++
४. लघुकथा- सेवा -राज कुमार कार्की
"यो मान्छे किन यहाँ ?ओइ तँ कसको अनुमतिले आइस्?",भन्दै प्रहरी असहीले आलोकलाई झम्टियो।
"हजुर म पत्रकार काम बिशेषले नै आएको हूँ । ",आलोकले शिष्ट भाषामा उत्तर दियो।
अल्प ज्ञानी ,बर्दीको दम्भ देखाउने सहीले ,"तँ पत्रुकार तँलाई मुक्का सहितको सेवा टक्र्याइन्छ।",भन्दै मुक्का र बुट आलोकका शरीरमा बजार्यो।
काँक्रो चोरलाई मुडके सास्ती दिन नसक्ने त आलोक पनि थिएन।तर पनि पेशागत धर्म, धैर्य, सहनशिलताले गाँजिएको आलोक छलिँदै हात जोड्दै निर्घात कुटाइ सही रह्यो।
केही छुट्याउनेको सहयोगले बच्तै सिथिल भएर कुर्सीमा बस्यो।गोजीबाट मोबाइल झिकेर मिलायो।नाकबाट बघेको खुन सिँ ..सिँ ..गर्दै मिल्काउँछ।
परबाट रिसले चुर भएर असही आलोकतिर घुरेर हेर्दै थियो।फेरि झम्टिदै,"यत्रो गोदाइ खाएर पनि लाइभ प्रसारण गर्छ्स्।",भन्दै मोबाइल मिलकाइ दिन्छ।
" यो मेरो मुस्कान सहितको सेवा हो ।",भन्दै मुसुक्क हाँस्छ।समाप्त २०८०/४/१७/
कटारी -१,उदयपुर
+++
No comments:
Post a Comment