आइतबारे लघुकथा वार्ता कार्यक्रम-६५६ खेमराज+मनोहर पोखरेल+पूर्णप्रसाद ब्राह्मण+इन्दिरा गौतम+कृष्ण बजगाईँ
आइतबार– (लघुकथा वार्ता कार्यक्रम) संयोजक तथा प्रस्तोता– मनोहर पोखरेल+लघुकथाकारहरु ।। (मिति–२०८०–०४–०७, १४, २१, २८ श्रृङ्खला– ६४२, ६४९, ६५६ र ६६३) समय– ७ः३०–८ः३० बेलुकी ।।
+++
लघुकथा- थोक व्यापार -पूर्णप्रसाद ब्राह्मण
लघुकथा- दरका फोटा -इन्दिरा गौतम
लघुकथा- कागज -कृष्ण बजगाईँ
+++
उत्तर-
लघुकथा- थोक व्यापार -पूर्णप्रसाद ब्राह्मण
हुकुमी शासन गयो, तर त्यसको स्वाद कहाँ गएको छ र ? के मालिक के नोकर ?उनीहरूलाई अचेल यति नरमाइलो छ ।
अरूको अगाडि मालिकले खिसिक्क हाँसेर हेर्दा आफ्नो कत्रो धाक थियो । लुटको धन फुपुको श्राद्ध । अझ केही पाउको दिन त कुरै भएन ? च्वःच्वः अब ती दिन गए ? चिन्ताग्रस्त भएर यति विचार गरेपछि मदनले तुरुन्त एउटा विन्तिपत्र गुप्त तवरले मालिककहाा पठाए— अब हाम्रो चाकडीप्रथालाई दुनियाँले मन पराएन त यसलाई मिटाइ नै दिने कि रूपान्तरण गरिदिने ?
००००
विन्तिपत्रको जबाफ — विन्तिपत्रबाट खुसी भयौँ । हाम्रो सम्बन्ध पुरानै छ, तिमीले भने जस्तै रूपान्तरण गर्नुपर्यो । संघको जमाना छ, संगठन गर । आमचुनावमा काम देखाउन सक्यौ भने ..... । ढोकामा आइरहनु पर्दैन ।
००००
मदनले विशाल जनसमुहमा भाषण दिँदै भने— भाइ हो, निरङ्कुश राणाशाही खुनी पन्जाबाट मुक्त भयौँ । तर देशमा धेरै काम बाँकी छ । आउनुहोस् । सङ्गठित हुनुहोस् । .... इत्यादि ।
+++
४. तपाईँलाई मन परेको आफ्नो, समकक्षी वा अनुजको लघुकथा वाचन गर्नुहोस् । र, मन परेको कारण बताउनुहोस् ।
लघुकथा- कागज -कृष्ण बजगाईँ
(कागजको मन्त्री लघुकथासङ्ग्रहबाट)
— कगज बनाएर विदेश आएँ ।
— कगजी बिहे गरेर बस्ने चाँजोपाँजो मिलाएँ ।
— कागजकी स्वास्नी र म सँगै बस्छाँै भन्ने कुरा कागजमा मात्र सिमित थियो ।,
— कागजकी स्वास्नीको ब्वाईफ्रेन्ड भएको कुरा मलाई पहिले ने थाहा थियो ।
— कागजकी स्वास्नी गर्भवती भएको कुरा अलिक पछि मात्र थाहा पाएँ ।
— कागजकी स्वास्नीले छोरो पाई । कागजकी स्वास्नीको छोरो मेरो पनि छोरो भयो ।
— कागजकी स्वास्नीले छोरो पाएर ऊ खुसी भई । त्यसपछि म पनि खुसी हुन बाध्य भएँ ।
— कागजी छोरालाई पैसा पेलेर हुर्काएँ, पढाएँ ।
— कागजकी स्वास्नीले अचानक एकदिन मसँग निहुँ खोजी । अनि बिहे गरेको कागज धुजाधुजा पारेर च्याती ।
— कागजको पछि कुद्दा कुद्दा अचानक कागज भन्दा पनि च्याङ्लो भएर च्यातियो जिन्दगी । स्वदेश फर्किएर घरमा स्वास्नी र छोराछोरीलाई कसरी मुख देखाउनु ?
मृतकको कोठामा भेटिएको एउटा कागजमा उपरोक्त बेहोरा लेखिएको थियो ।
५. कुनै नारी हस्ताक्षरको मन परेको लघुकथा वाचन गर्नुहोस् र मन पर्नाको कारण बताउनुहोस् ।
उत्तर- लघुकथा- दरका फोटा -इन्दिरा गौतम
(उमङ्ग लघुकथासङ्ग्रहबाट)
वर्षदिनसम्म कुरेर बल्लतल्ल आउको आज दर खाने दिन एका बिहानै आमाले छोरीका जगल्टा छर्दै भनिन् — पोहोर सालदेखि राम्रा राम्रा परिकारका फोटाहरू खिच्दै जम्मा गर्दै राखेकी थिएँ, आज दर खाने दिन अपलोड गर्छु भनेर । सबै डिलिट गरिस् होइन ?
‘आइया—या, मरेँ । हजुर मीठोमठिो चैँ पकाउनु हुन्न । सधैँ पुराना फोटो मात्र हाल्नुहुन्छ । जहाँ पनि खाने कुरा देखेपछि फोटो चैँ खिचिहालनु हुन्छ । यसपाली चैँ केही नयाँ पकाउनु हुन्छ कि भनेर जानी बुझी डिलिट गरेकी ।’
+++
No comments:
Post a Comment