Tuesday, August 8, 2023

शनिबारे लघुकथा छलफल–६६२ श्रीप्रसाद+रमेन्द्र+ बिष्णु+तिलक रेशाली+टंकबहादुर-२०८० श्रावण २७ श्रृङ्खला–६६२

शनिबारे लघुकथा छलफल कार्यक्रम–६६२ श्रीप्रसाद पाेखरेल+रमेन्द्र काेइराला+ बिष्णु उप्रेती+तिलक तारामी "रेशाली"+टंकबहादुर अालेमगर-२०८० श्रावण २७ श्रृङ्खला–६६२

 
शनिबार– (लघुकथा छलफल कार्यक्रम) संयोजक तथा प्रस्तोता–श्रीप्रसाद पाेखरेल 
प्रशिक्षक- रमेन्द्र काेइराला (मिति–२०८० श्रावण २७ श्रृङ्खला–६६२) समय– ७ः३०–८ः३० 
+++

१. मिति र भाग– २०८० श्रावण २७ गते (६६२औँं भाग)
२. प्रस्तोता/विश्लेषक– श्रीप्रसाद पाेखरेल+रमेन्द्र काेइराला 
३. समाविष्ट सर्जक– बिष्णु उप्रेती+तिलक तारामी "रेशाली"+टंकबहादुर अालेमगर
४. समय–  बेलुकी  ७ः३०–८ः३० बजे । 
+++
लघुकथाक्रम–
१. लघुकथा- भाईरल -बिष्णु उप्रेती  
२.लघुकथा- परिश्रमको फल -तिलक तारामी "रेशाली" 
३. लघुकथा- सिकारी -टंकबहादुर अालेमगर

धन्यवाद ।
 ++++++

१. लघुकथा--भाईरल -बिष्णु उप्रेती 

ए ...बाबू,लौन याे मेराे माेबाईल समातेर एउटा राम्राे भिडियो खिचिदेउन। लु त बाबुु।" मैले मलामीका भिडमा एउटा युबकलाई भने।
उसले हास्दै हास्दै मेराे माेवाइल समातेर ,क्यामेरा खाेल्न थाल्यो ।
" ए ....पख पख । म लासका छेउमम गएर साेला समाउछु ,अनि चारैतिर अाउने गरि घुमाइ घमाइ खिचिदिनु है बाबू।"
उसले ,,मैले भनेकै तालमा भिडियो बनाउदै भन्याे --"हैन हजुर बा, याे बृद्धअबश्था , मलामी जाँदै गरेकाे बेला,हजुरलाई याे भिडियो किन चाईयाे त बा"?
"भरे मार्मिक गाना खाेजेर, टिकटक बनाएर पाेष्ट गर्न नी बाबू। लाईक र कमेन्टकाे त कुरै छाेडौ।भाईरलनै हुन्छ नी याे भिडियो त।।"
उसले माेवाईल बन्द गरेर फिर्ता दियाे।थपक्क गाेजीमा राखें।
बेलुका अन्य सबै काम सकेर ,भावुक गित सम्झिदै माेवाईल खाेल्छु त ---त्याहाँ त भिडियो खिचिएकाे थिएन। बरु यस्तो लेखिएकाे थियाे-- समबेदना, भावना,र मानवीयता हराएका बुढा। अलिकति लाज छैन। मलामिकाे रुवाबासिमा, सडकदुर्घटनामा,अागजनिमा, अरुको दुखर पिडामा भिडियो बनाएर भाईरल बन्नेपर्ने। तिमी भन्दा पापी अरु काे हाेला?
२०८०/०४/१० बिर्तामोड झापा
+++
२. लघुकथा : परिश्रमको फल -तिलक तारामी "रेशाली" 
--------------------------------------- 
असी वर्षीय कर्मबीर निकै हतारमा हुनुहुन्थ्यो। हँसिया र नाम्लो समातेर घरबाट निस्कन लाग्नुभाथ्यो। टुप्लुक्क रतन आइपुग्यो। अमेरिकाबाट उहाँको छोराले रतनको साथमा केही सामान पठाएको रहेछ।
"के गरेर समय कटाउनुहुन्छ त, बुबा ?" रतनले दिनचर्या जान्न खोज्यो।
"दुइटा गाई पालेको छु। घाँस काट्छु। भकारो सोहोर्छु । गाई दुहुन्छ। खेतबारी बाँझो राख्नु भएन। दिन यत्तिकै बितिहाल्छ नि, बाबू !" बुबाले भन्नुभयो।
"उमेर पनि धेरै भएछ। हजुरलाई त थुपुक्क बसेर खाए नि पुग्छ नि, बुबा !" रतन बोल्यो।
"पुग्न त पुग्छ नि, बाबू ! मेरो आफ्नै पेन्सन छ। अलिअलि बचत छ। विदेशबाट छोराले पनि बेलाबेलामा खर्च भनेर पठाइरहन्छ।" बुबाले भन्नुभयो।
"त्यसो भए किन यति धेरै दुख गर्नुभएको त, बुबा ?" उसले फेरि सोध्यो।
प्रतिउत्तरमा बुबाले भन्नुभयो, "यो उमेरसम्म पनि अस्पताल जानु परेको छैन् । अब पनि जान नपरोस् भनेर नि, बाबू !" 
बुटवल-११, रुपन्देही ७ कार्तिक, २०७९ 
+++
३. लघुकथा: सिकारी -टंकबहादुर अालेमगर

मट्याङ्ग्रे: सिकार म मार्छु ।
गुलेली : म नतन्किएर नठेले तँ मट्याङ्ग्रेकाे के स्थिति हुन्थ्याे । जय भन सिकार मार्ने त म हुँ ।
मट्याङ्ग्रे : लुन त तन्केर मात्रै देखा , कतिकाे मर्दा रहेछन् ढुकुर जुरेली ।
सिकारी : थुक्क मुले हाे । जीवन्त दिने म । बाँसकाे भाटाेलाई गुलेली बनाउँने म । माटाे मुछेर, सुकाएर, पाेलेर मट्याङ्ग्रो बनाउँने म । एउटा अाँखा चिम्लेर ताकेर चलाउँदा सिकार खसाउँने म, ठूलो बन्ने तिमीहरू ?
बनपाले : वन्य प्राणी मार्ने काेहाे ?
मान्छे: मट्याङ्ग्रे 
मट्याङ्ग्रे : हाेइन सर । मलाई गुलेलीले जबर्जस्ती ठेले पछि मात्रै म सिकारकाे प्राण लिन्छु ।
गुलेली : सिकारीले मलाई तानेर छाेड्छ । म अातिँदै मट्याङ्ग्रेलाई ठेली पठाउँछु । यसमा मेरो गल्ती छ जस्ताे लाग्दैन सर ।
बनपाले :(कड्केर) सिकार खानेचाहिँ काे नि ।
गुलेली र मट्याङ्ग्रेले सिकारी तिर इसारा गरे ।
सिकारी : मरेको सिकार खाँदा मेराे के गल्ती सर?
(बनपालेले सप्रमाण सहित सिकारीलाई पक्रेर बन कार्यालय तिर लाँदै गर्दा ) 
सिकारी : (देखाउँदै ) सर ! यी दुइटा कालिज , तीनाेटा तामे ढुकुर र एउटा जुरेली छन् लानाेस् मलाई छाेड्दिनाेस् । तपाईंले नछाेडे पनि हाकिमले छाेड्छन्नै, नेताका फाेन पुगे पछि अनि सिकार पनि खान्छन् । तपाईं फुस्रै ।
बनपालेलाई सिकारीकाे कुराे ठीक लाग्याे र सिकार माथि पाँचसय रुपैयाँ लिएर छाेड्दियाे । तर गुलेली र मट्याङ्ग्रो भने छाडेन ।
बिहानै सिकारीले खबर पढ्याे : स्थानीय बनमा चाेरी सिकार भइरहेकाे थाहा पाई रत्नबहादुर बनपाले द्वारा छापा हान्दा सिकारीले छाडेका एकथान गुलेली , दश थान मट्याङ्ग्रो र मृत एउटा भाले जुरेली भेट्न सफल भएकाे छ । र पर्सि निज बनपालेलाई पुरस्कृत गरिँदै छ ।
धन्यवाद 
-------
त्रियुगा नगरपालिका -११, संगमटाेल
उदयपुर
+++

+++
लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा लघुकथा प्रतिष्ठानद्वारा लघुकथा सम्मानको स्थापना ।
लघुकथा लेखनमा महिलाहरुको सक्रियता बढाउने उद्देश्यले लघुकथा प्रतिष्ठान नेपालले लघुकथा सम्मानको स्थापना गरेको छ । फुटकर रुपमा संख्यात्मक र गुणात्मक लघुकथा लेखी लघुकथाको उन्नयनमा उत्कृष्ट कार्य गर्ने एक जना नवोदित महिला सर्जकलाई वर्षेनी उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका व्यवस्थापक मनोहर पोखरेलले बताए ।
लघुकथाको संस्थागत र विधागत समुन्नतिमा सघाउने विश्वास राख्दै उक्त सम्मानको नाम ‘स्वस्तिका स्मृति लघुकथा सम्मान’ राखिएको  प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालले वताइन् । उनले हरेक वर्ष लघुकथाकर्मी स्वस्तिका सिम्खडाको जन्मोत्सव बैशाख १६ गतेको उक्त सम्मान प्रदान गरिने जानकारीे दिइन् । उनले सम्मानका लागि अक्षयकोषको स्थापना गरेर संस्थागत गति दिने समेत जनाइन् ।
लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा उक्त पुरस्कार घोषणा गरिएको हो । स्वस्तिकाको देहवसान २०८० साउन २० गते भएको थियो । उनको जन्म भने २०६१ बैशाख १६ गते भएको हो । उनी जुझारु लघुकथा लेखक र लघुकथा वाचक रुपमा परिचित थिइन् । 
उनले लघुकथा प्रतिष्ठान नेपालको नियमित वाचन तथा विश्लेषण कार्यक्रममा दर्जनौँ श्रृङ्खला सञ्चालन गरिसकेकी छिन् । बि. एड. प्रथम वर्षमा समेत अध्ययनरत् स्वस्तिका ‘गर्दै र सिक्दै’ सिद्धान्तको पक्षधर थिइन् । घोडा चढ्दा लडियो भने सिकिन्छ र आँट भरिन्छ भन्दै उनी थप्थिन्– लड्ने डरले घोडा चढिएन भने काँतर भएको अनुभूतिले आफैँलाई भित्रभित्रै जलाउँछ र गलाउँछ ।
उनी सौम्य समाजको अनुहार ढाक्ने कालो पर्दा च्यात्न लघुकथा मार्फत् सहज हुने बताउँथिन् । पुरानो लेखन तौरतरिका र शैलीलाई सम्मान गर्दै आजका लघुकथाकर्मीले आफ्नो निजत्व झल्कने शैली बनाउनुपर्छ भन्थिन् । लघुकथा वाचनमा समेत शब्दशब्दमा, वाक्यवाक्यमा प्रस्तोताले ध्यान पुर्याउनुपर्ने ठान्थिन् ।
साहित्यमा र बोलाउने दुबैतिर उनको नाम स्वस्तिका सिम्खडा रहेको भए पनि नागरिकता र प्रमाणपत्रमा उनको नाम सोस्तिका सिम्खडा थियो । सिलाइबुनाइ, पाककला र होटल म्यानेजमेन्टमा तालिम प्राप्त उनी मान्छे धनको हैन मनको धनी हुनुपर्छ भन्थिन् ।
वाचन कलाका सम्बन्धमा उनको कथन थियो– लघुकथामा पात्रले कुन परिवेश र मनस्थितिमा कस्ता कुरा अभिव्यक्त गरिरहेको छ भन्ने कुरा प्रस्तोताको वाणीले त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । नव रसको आभास प्रस्तोताको वाणीमा आउनुपर्छ । स्रोताको ध्यानलाई प्रस्तोताको वाणीले खिच्नुपर्छ । प्रस्तोता वाणीमा त्यो जादु घुस्नुपर्छ जसको एकैछिन श्रवणले पनि कार्यक्रमको अन्तसम्म स्रोतालाई अड्याइरहने बनाउनुपर्छ । आफ्नो कला, गला र स्वर स्रोताले खोजीखोजी नियाल्ने बनाउन सकियो भने मात्र सफल प्रस्तोता कहलिन सकिन्छ ।
लघुकथाकर्मी स्वस्तिका सिम्खडाका दुई दर्जन अधिक लघुकथा फुटकर रुपमा प्रकाशित र प्रसारित छन् । उनको असामयिक निधनले सम्पूर्ण लघुकथा जगत् मर्माहत रहेको बताउँदै प्रतिष्ठानका अर्का व्यवस्थापक नन्दलाल आचार्य भन्नुहुन्छ– लघुकथाकर्मी स्वस्तिका सिम्खडाको मृतात्माले शान्ति पाओस्, सम्पूर्ण लघुकथाकर्मीको तर्फबाट सहकर्मीलाई एकमुस्ट रुपमा हार्दिक श्रद्धाञ्जली !!!
+++





















No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...