शुक्रबारे लघुकथा छलफल कार्यक्रम–६६१ शारदा+खेमराज पोखरेल+नानि भारद्वज+शान्ता+राेशन पराजुली २०८०.०४.२६ गते
शुक्रबार– (लघुकथा छलफल कार्यक्रम) संयोजक तथा प्रस्तोता– शारदा दहाल+प्रशिक्षक- खेमराज पोखरेल (मिति–२०८०–०४–२६ श्रृङ्खला–६६१) समय– ६ः३०–७ः३० बेलुकी खेमराज सरसँग मात्र ।। अरु प्रशिक्षकसँग समय– ७ः३०–८ः३० बेलुकी नै कायम भएको व्यहोरा अनुरोध छ ।।
+++
१. मिति र भाग– २०८०.०४.२६ गते (६६१औँं भाग)
२. प्रस्तोता/विश्लेषक– शारदा दहाल+प्रशिक्षक- खेमराज पोखरेल
३. समाविष्ट सर्जक– नानि भारद्वज, शान्ता तिम्सिना, राेशन पराजुली
४. समय– बेलुकी ६ः३०–७ः३० बजे ।
+++
लघुकथाक्रम–
१. लघुकथा : इच्छा -नानि भारद्वज
२.लघुकथा :आशक्ति -शान्ता तिम्सिना
३. लघुकथा- वनफूल -राेशन पराजुली
धन्यवाद ।
+++
१. लघुकथा : इच्छा -नानि भारद्वज
"अब विज्ञान विषय पढेर डाक्टर बन्छिन् हाम्री छोरी", बुवाले भन्नुभयो ।
" यसलाई इञ्जिनियर बनाउनुपर्छ" , आमाले भन्नुभयो ।
" हिजोआज इञ्जिनियरले भन्दा डाक्टरले बढी कमाउछन् बुडी !" बुवाले आमाको कुरो काट्नुभो ।
त्यसैबेला मेरा मामा आइपुग्नु भो र भन्नुभयो ,
"होइन भाञ्जीलाई राजनीति शास्त्र पढाउनुपर्छ हिजोआज समाजमा नेता कै पल्ला भारी छ।"
" बुनुलाई त कलाकारिता पढाउनुपर्छ त्यस्मा नाम र दाम दुवै छ," मेरो दाजुले भन्यो।
मैले दश कक्षा उत्तीर्ण गरेपछि सबै आ-आफ्नै मन भाक्छन् तर मलाई कसैले पनि सोद्धैन। म घर परिवार भित्रै आफूलाई एक्ली महशुस गर्दैछु। मानौं मेरो सत्व नै अरुको अधिनमा छ।
एकछिनमा मेरा शिक्षक आउनुभयो र मेरो मन बुझ्ने प्रयास गर्नुभयो , " नानी तिमीलाई के पढ्ने मन छ ?"
" मलाई शिक्षा विषय लिएर पढ्ने मन छ सर!"
"शिक्षा पढेर को ठूलो मान्छे भाको छ ?" बुवाले झ्वाँक्किदै भन्नुभयो ।
मैले प्रतिवाद गर्ने हिम्मत जुटाउँदै भनें," ठूलो सानो त म जान्दिन बुवा ! मलाई एउटा असल शिक्षक भएर देशमा धेरै असल नागरिक बनाउने मन छ।"
विराटनगर , मोरङ्ग।
+++
२.लघुकथा :आशक्ति -शान्ता तिम्सिना
भक्तपुर (अपृल फुल स्पेसल )
मानिसहरुको भिड खचाखच थियो । एउटा लाइन पार गर्न लामै समय संघर्ष गर्नुपर्थ्यो। क्याम्पसका प्राचार्य पनि त्यही भिडमा देखिएका थिए । भिडले उनको नजरमा दिक्दारी पना देखिएको थियो।
निरास मुद्राको मुल्यांकन गर्दै छेउमै आएर उनले भनिन , "नमस्कार सर ! "उनी हेरेको हेरै
भए। सोचे , " यति राम्री केटी को होला ? " मुड क्षण मै फ्रेस भयो । उत्सुक हुँदै सोधे , मैले त चिनिन नि !"
म रुबिना , केहि दिन अगाडी मात्र बि बि ए पड्नको लागि क्याम्पसमा आउन थालेको बताइन् । । केही समयको कुराकनी पश्चात् छुट्टिएका थिए उनीहरु ।
बाटोभरी प्राचार्यको आँखामा घुमिरहेकी थिई ऊ । यति राम्री अप्सरालाई मेरी अर्धाङ्गिनी बनाउन पाए हुन्थ्यो भन्ने कल्पना गर्दा गर्दै कतिबेला घर पुगे पत्तै भएको थिएन उनलाई ।
क्याम्पसमा सधैं उनको मनले खोज्ने गर्थ्यो । देख्नासाथ एकदमै खुसी देखिन्थे , देख्न नपाए मुड नै खराब हुने गर्थ्यो उनको । एकोहोरो मायाँमा पागल बनिसकेका थिए उनी ।
सामाजिक संजालमा साथी बने
उनीहरु । मित्रता राम्रै भएको थियो । भेटघाट पनि बाक्लिन थालेको थियो उनीहरुको ।उनले भने सपनाकी रानी नै सोचिसकेका थिए ।
धेरै पटकको भेटमा उनले प्रेम प्रस्ताव राख्न खोजे पनि आँट गर्न सकेका थिएनन् तर पनि ढुक्क थिए ,उसले पनि मलाई मन पराएकी छ, भन्न नसकेर मात्र हो ।
शिक्षक आफुप्रती यति धेरै पागल भएको कुरा राम्ररी बुझेकी थिई उसले । प्रस्ट कुरा बताउन चाहेर पनि हिम्मत गरेकी थिईन तर सोचिरहेकी थिई ।
एक दिन नास्ता खान भनेर रेस्टुरेन्टमा बोलाएको थिए उसले । भेट्नासाथै केटीले भनी ,
" आई लभ यु"
यो सुन्नासाथ उनको गला अबरुद्ध भएको थियो ।
बिश्व युद्ध नै जितेको महसुस भएको थियो उनलाई ।
अनुहार पुरै रातो पिरो देखियो । खुसीले संसारै भुलेका थिए । बादल लागेको दिनमा घाम लागेर
झलमल्ल भए जस्तो महसुस भएको थियो उनलाई । एक्कासी "लभ यु टु" भन्दै अंगालो हाल्न खोजे तर केटी पछाडी सर्दै भनी ,
"ओहो सर ! आज अप्रिल फुल पो मनाको त ! मेरो स्पेसल ब्वाइफ्रेन्ड छ।"
+++
३. लघुकथा- वनफूल -राेशन पराजुली
समाजमा अब नौलाे परिवर्तनकाे परिकल्पना हुन थालेछ!
उसले घरभित्र गमलामा फूल सजाउँन परिवारलाई सुद्ध्यायाे
र आफु चाहिँ वन चाहार्न हिड्याे।
बुट्यान बाहेक केही देखेन। केहि वनरक्षक कैँची,कुटाे,काेदालाे,हसिँया,बन्चराे,खुर्पि,खुँडा र खुकिरी भिरेर यताउति गर्दै थिए।
उस्ले उनिहरुलाई प्रश्न गर्याे,"हजुरहरु पनि बनफूल खाेज्न हाे"?
" हैन"!
"आज वनमा कवाज खेल्ने दिन",भिडवाट लिडरकाे आवाज आयाे।
"हामी उहाँहरुलाई तालिम दिनका लागि हिडेका हौ"अर्का लिडरले भन्याे!
सबै पाेसाक नभएका तर टाेपी लगाएका गाउँ समाजका भद्रभलाद्मिहरु थिए।
"अब देखि वन उहाँहरुकाे जिम्मा हुनेछ"!
पहिलाे लिडरले स्पाेष्टि दियाे!
२२/०४/२०८०,बरगाछी,धरान!
+++
(समाचार– कृपया केही भाषिक परिमार्जन गरी प्रशारण वा प्रकाशन गरिदिन अनुरोध छ । –नन्दलाल आचार्य)
लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा लघुकथा प्रतिष्ठानद्वारा लघुकथा सम्मानको स्थापना ।
लघुकथा लेखनमा महिलाहरुको सक्रियता बढाउने उद्देश्यले लघुकथा प्रतिष्ठान नेपालले लघुकथा सम्मानको स्थापना गरेको छ । फुटकर रुपमा संख्यात्मक र गुणात्मक लघुकथा लेखी लघुकथाको उन्नयनमा उत्कृष्ट कार्य गर्ने एक जना नवोदित महिला सर्जकलाई वर्षेनी उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका व्यवस्थापक मनोहर पोखरेलले बताए ।
लघुकथाको संस्थागत र विधागत समुन्नतिमा सघाउने विश्वास राख्दै उक्त सम्मानको नाम ‘स्वस्तिका स्मृति लघुकथा सम्मान’ राखिएको प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालले वताइन् । उनले हरेक वर्ष लघुकथाकर्मी स्वस्तिका सिम्खडाको जन्मोत्सव बैशाख १६ गतेको उक्त सम्मान प्रदान गरिने जानकारीे दिइन् । उनले सम्मानका लागि अक्षयकोषको स्थापना गरेर संस्थागत गति दिने समेत जनाइन् ।
लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा उक्त पुरस्कार घोषणा गरिएको हो । स्वस्तिकाको देहवसान २०८० साउन २० गते भएको थियो । उनको जन्म भने २०६१ बैशाख १६ गते भएको हो । उनी जुझारु लघुकथा लेखक र लघुकथा वाचक रुपमा परिचित थिइन् ।
उनले लघुकथा प्रतिष्ठान नेपालको नियमित वाचन तथा विश्लेषण कार्यक्रममा दर्जनौँ श्रृङ्खला सञ्चालन गरिसकेकी छिन् । बि. एड. प्रथम वर्षमा समेत अध्ययनरत् स्वस्तिका ‘गर्दै र सिक्दै’ सिद्धान्तको पक्षधर थिइन् । घोडा चढ्दा लडियो भने सिकिन्छ र आँट भरिन्छ भन्दै उनी थप्थिन्– लड्ने डरले घोडा चढिएन भने काँतर भएको अनुभूतिले आफैँलाई भित्रभित्रै जलाउँछ र गलाउँछ ।
उनी सौम्य समाजको अनुहार ढाक्ने कालो पर्दा च्यात्न लघुकथा मार्फत् सहज हुने बताउँथिन् । पुरानो लेखन तौरतरिका र शैलीलाई सम्मान गर्दै आजका लघुकथाकर्मीले आफ्नो निजत्व झल्कने शैली बनाउनुपर्छ भन्थिन् । लघुकथा वाचनमा समेत शब्दशब्दमा, वाक्यवाक्यमा प्रस्तोताले ध्यान पुर्याउनुपर्ने ठान्थिन् ।
साहित्यमा र बोलाउने दुबैतिर उनको नाम स्वस्तिका सिम्खडा रहेको भए पनि नागरिकता र प्रमाणपत्रमा उनको नाम सोस्तिका सिम्खडा थियो । सिलाइबुनाइ, पाककला र होटल म्यानेजमेन्टमा तालिम प्राप्त उनी मान्छे धनको हैन मनको धनी हुनुपर्छ भन्थिन् ।
वाचन कलाका सम्बन्धमा उनको कथन थियो– लघुकथामा पात्रले कुन परिवेश र मनस्थितिमा कस्ता कुरा अभिव्यक्त गरिरहेको छ भन्ने कुरा प्रस्तोताको वाणीले त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । नव रसको आभास प्रस्तोताको वाणीमा आउनुपर्छ । स्रोताको ध्यानलाई प्रस्तोताको वाणीले खिच्नुपर्छ । प्रस्तोता वाणीमा त्यो जादु घुस्नुपर्छ जसको एकैछिन श्रवणले पनि कार्यक्रमको अन्तसम्म स्रोतालाई अड्याइरहने बनाउनुपर्छ । आफ्नो कला, गला र स्वर स्रोताले खोजीखोजी नियाल्ने बनाउन सकियो भने मात्र सफल प्रस्तोता कहलिन सकिन्छ ।
लघुकथाकर्मी स्वस्तिका सिम्खडाका दुई दर्जन अधिक लघुकथा फुटकर रुपमा प्रकाशित र प्रसारित छन् । उनको असामयिक निधनले सम्पूर्ण लघुकथा जगत् मर्माहत रहेको बताउँदै प्रतिष्ठानका अर्का व्यवस्थापक नन्दलाल आचार्य भन्नुहुन्छ– लघुकथाकर्मी स्वस्तिका सिम्खडाको मृतात्माले शान्ति पाओस्, सम्पूर्ण लघुकथाकर्मीको तर्फबाट सहकर्मीलाई एकमुस्ट रुपमा हार्दिक श्रद्धाञ्जली !!!


No comments:
Post a Comment