सोमबारे लघुकथा प्रशिक्षण कार्यक्रममा मनोहर पोखरेल जन्मोत्सव विशेष
सोमबार- प्रशिक्षक/प्रस्तोता- डा. पुष्करराज भट्ट र सुनिता निरौला
। (लघुकथा प्रशिक्षण कार्यक्रम) समय- ७:३०-८:३० बेलुका । मिति २०८०.०५.०४, ११, १८ र २५) (श्रृङखला- ६७१, ६७८, ६८५ र ६९२)
+++
लघुकथाकार : मनोहर पोखरेल
राजविराज–६, सप्तरीमा पिता निर्वाणकुमार पोखरेल आमा मेनकादेवी पोखरेलका सुपुत्रका रूपमा भदौ ४ गते मनोहर पोखरेलको जन्म भएको हो । कानुनमा स्नातक गर्नुभएका पोखरेलको पेसा पत्रकार, अधिकारकर्मी, सामाजिक कार्यकर्ता, साहित्यकार रहेको छ ।
२०७८ भदौ ४ गते लेखिएको पहिलो लघुकथा पञ्च परमेश्वर शीर्षकमा रहेको छ । लघुकथाका क्षेत्रमा योगदान दिँदै आउनु भएका पोखरेल लघुकथा प्रतिष्ठानका संस्थापक व्यवस्थापक हुनुहुन्छ ।
राजविराज जेसीजको सन् २०१३ का सफल अध्यक्ष हुनुहुन्छ ।
उहाँ हाल पनि विभिन्न संस्थामा आबध्द रहेर सक्रिय हुनुहुन्छ ।
👍️ सगरमाथा साहित्य परिषद्को अध्यक्ष । २०७१ असोज ११ देखि हालसम्म
👍️ प्रगतिशील लेखक संघ, सप्तरी सदस्य ।
👍️प्रधान सम्पादक, सगरमाथा आवाज साप्ताहिक । २०४७ देखि हालसम्म
👍️कार्यकारी सम्पादक, आजको वातावरण दैनिक । २०५१ देखि हालसम्म
👍️अन्नपूर्ण पोस्ट् दैनिकमा सम्वाददाता २०१४ सेप्टेम्बर ६ देखि हालसम्म
👍️इन्सेक सप्तरी प्रतिनिधि २०६९ भदौ २८ देखि हालसम्म ।
👍️सप्तरी जिल्ला अदालतको सामाजिक कार्यकर्ता २०७३ सालदेखि हालसम्म
👍️जिल्ला बाल न्याय समितिको सदस्य २०७८ भदौ १८ गतेदेखि हालसम्म
👍️राजविराज नगरपालिकाद्वारा गठित लैङ्गिक हिंसा निवारण कोषको सञ्चालक सदस्य २०७८ साउन २४ गतेदेखि हालसम्म
👍️लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको अध्यक्षमा २०७२ असार १९ देखि २०७५ माघ १३ गतेसम्म रहनुभएका उहाँ हाल सदस्य हुनुहुन्छ ।
👍️नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि २०६१ देखि २०७५ सम्म रहनुभयो ।
👍️नेपाल पत्रकार महासंघ सप्तरीको २०७८ वैशाख ६ गतेदेखि हालसम्म सल्लाहकार
👍️नेपाल जेसीज २०२० सल्लाहकार
👍️सामुदायिक सेवा केन्द्रमा २०७५ मङ्सिर १४ गतेदेखि हालसम्म सल्लाहकार
👍️मेची महाकाली बुहारी संयुक्त आवाज सल्लाहकार
👍️महिला मानव अधिकार रक्षक सञ्जालको सल्लाहकार २०७८ वैशाख ११ गतेदेखि हालसम्म
👍️वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोष सदस्य २०७३ साउनदेखि हालसम्म
उहाँबाट सम्पादन
👤सप्तरी उद्योग वाणिज्य संघद्वारा २०७० पुस २७ गते प्रकाशित स्मारिका २०७० को सम्पादक
👤जनमत प्रकाशन बनेपा–७ काभ्रेद्वारा असोज २०७६ मा प्रकाशित जनमत साहित्यिक मासिक अङ्क २६४ को अतिथि सम्पादक रहनुभएको छ ।
साहित्यतर्फ पुरस्कार तथा सम्मान स्
🙏१२खरी मिडियाद्वारा उत्कृष्ठ कथा २०७८ बाट पुरस्कृत
🙏अनलाइन खुल्ला निबन्ध प्रतियोगितामा सबल नेपालद्वारा २०७५ मा नगदसहित प्रथम पुरस्कार ।
🙏आधारभूत तहका जनताको अधिकारका पक्षमा कलम चलाए र वकालत गरेवापत बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषद्वारा २०७६ मा नगदसहित मानवअधिकार पुरस्कार ।
🙏साहित्य पोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको तेइसौँ अङ्कमा विजयी ।
🙏मानवअधिकार प्रलेखनवापत नगदसहित इन्सेकद्वारा २०७० देखि हालसम्म चार पटा सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कार ।
।🙏लघुकथा समाज नेपाल प्रदेश १ बाट २०७९ भदौ १० गते नगदसहित सम्मान पत्र
🙏आधुनिक नेपाली लघुकथा फेसबुक पेजले सञ्चालन गरेको प्रतियोगितामा चौथो साता विजयी हुनुभएको छ ।
🙏लघुकथा समाज कोशी प्रदेशको प्रतियोगितामा उत्कृष्ठ लघुकथाबाट पुरस्कृत
🙏लघुकथालोक (भारत) पेजले सञ्चालन गरेको लघुकथा समारोह १४४ मा सर्वोत्कृष्ट लघुकथा सृजनाका लागि लघुकथा रत्न सम्मान (२०२३ अप्रिल १)
मनोहर पोखरेलको विभिन्न पत्रिकामा कथा, लघुकथा, कविता, लेख, निबन्ध, समालोचना प्रकाशित भएका छन् ।
साहित्यका अलावा विभिन्न क्षेत्रमा क्रियाशील पोखरेल दर्जनौ संघसंस्थाबाट सम्मानित हुनहुन्छ ।
हार्दिक धन्यवाद ।
+++
साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको तेइसाैँ अङ्कमा विजयी लघुकथा
१. लघुकथा– माताको दर्शन
–मनोहर पोखरेल
अचानक चक्कर लागेर पार्वती ड्याम्मै लडिन् । ओठ र खुट्टा कापिरहेका थिए । तलमाथि केही भयो भने, कल्पना मात्रले पनि म भयभित थिएँ ।
‘बूढो ज्यान म एक्लै के गरूँ !’ शहरमा जागिर गर्ने छोराबुहारीलाई खबर गर्दै लाचारी व्यक्त गरेको थिएँ ।
घर आउनुको सट्टा छोराले उल्टै धैर्यले काम लिनुपर्छ भनेर सम्झाएको थियो । पहिले पनि चक्कर लागेको र ठिक भएको स्मरण गराएको थियो । रक्तचापको औषधी नियमित खुवाउन र आराम गराउन सुझाव दिएर फोन काटेको थियो ।
कुरा सकिएकै थिएन । आफैँ फोन काटिएको जस्तो लाग्यो । पुनः फोन डायल गर्दै सोधेको थिएँ, ‘चाँडो घर आउन समय मिल्दैन, बाबु ?’
असमर्थता जनाउँदै उसले भनेको थियो, ‘मनकामना मन्दिर जाँदैछौँ । गाडी र केबुलकारको टिकट बुक भइसकेको छ । दुई/चार दिन भित्रै घरै आइपुग्छौँ ।’ उसको बोली टुङ्गिनासाथ फोन कटेको थियो ।
पार्वतीको मुटुको धडकन बेलाबेलामा रोकिएजस्तो हुन्थ्यो । खुट्टाहरू सुन्निएका थिए । ओठ, जिब्रो र औँलाका टुप्पाहरू निला हुँदै गएका थिए । निकै आतेस भएर फेरि फोन लगाएँ ।
‘फूल र नैवेद्य बोकेर लामबद्ध उभिएका छौँ । माताको दर्शन गरी आमाको लागि आशीर्वाद माग्नेछौँ । बरोबर फोन गर्नुको साटो उहाँको हेरचाह गरे बेस हुन्थ्यो ।’ मैले यत्ति सुन्नासाथ फेरि फोन काटियो ।
तत्कालै आफ्नो घरबाट छोरी आई । आमाको अवस्था नियाली र थप उपचार गराउन सहर लगी । त्यहाँको उपचारले आमाको प्राणवायु फर्कियो । दिनानुदिन विसेक भयो । डाक्टरहरूले भोलिपल्ट डिस्चार्ज गर्ने भएका थिए ।
अघिल्लो दिन छोराबुहारी आएर आमाको खुट्टा मुसार्दै भनेका थिए, ‘साँचो मनबाट गरेको हाम्रो प्रार्थना देवी माताले सुन्नुभएछ ।’
२०७८ असोज १० गते राजविराज
+++
२. आधुनिक नेपाली लघुकथा प्रतियोगितामा चौथो हप्ताको विजयी लघुकथा
लघुकथा : अग्ली आमा
मनोहर पोखरेल
आज एकाविहानै अचानक घरमा आमा आउँदा मेरो मनमा लाग्यो, ‘दाजुको घरमा केही समस्या पो पर्यो कि आमालाई ।' श्रीमतीले कानेखुशी गरिन्, ‘फेरि के माग्न आइन्, छैन भन्नु है ।’
‘आमाले मुखै खोलेर मागेपछि छैन कसरी भन्नू ?’ मनमनै कुरा खेलिरहेको थियो । चुपचाप रहँदा श्रीमतीले जवाफ फर्काउलिन् र रडाको मच्चिएला भन्ने डर थियो मलाई । आमाले श्रीमतीे अगाडि रहुञ्जेल केही नबोले हुन्थ्यो भनेर मनमनै प्रार्थना गरिरहेको थिएँ । उता श्रीमती नेत्रसङ्केतमा भन्दै थिइन्, ‘आमाले पैसा माग्लिन् र दानी भएर देउलाऊ नि ।’
‘उता के हेर्छस्, यता सुन् ।’ आमाको आदेशात्मक स्वरले ध्यान खिचियो । आमासँग आँखा जुध्यो, सास पनि रोकियो एकछिन मेरो । ‘आमा के कसरी बसेकी छे तैँले सोधखोज पनि गरिनस् । ६ महिनासम्म भेट्न आइनस् ।’ आमाको गुनासोले म नाजवाफ भएँ ।
आमाले थप के भन्लिन् भनेर एकटक लगाएर सुनिरहेको थिएँ । सामाजिक सुरक्षा भत्तावापत एक वर्षको एकमुष्ठ पैसा निकालेको जानकारी दिँदै आमाले भनिन्, ‘लु पाँच हजार राख्, तेरो हातमा पैसा भएको भए तँ पक्कै भेट्न आउथिस् मकहाँ ।'
राजविराज ६, सप्तरी
मिति ०७९ असोज १७ गते
+++
३.लघुकथा समाज कोशी प्रदेशको प्रतियोगितामा उत्कृष्ठ लघुकथा
लघुकथा : हाकिम
-मनोहर पोखरेल
साना कुरामा समेत निहुँ खोज्ने श्रीराम आज सल्लाह गर्दै थिए, “सरकारी अधिकृत हो रे, नातागोतामा कसैको पनि हाकिम ज्वाइँ छैन्, हाम्रो त इज्जत नै आकासिन्छ ।”
फरक मत राख्न श्रीमती डराउँथिन् । माइत जान वा सम्बन्ध तोड्न धम्की दिइ हाल्ने स्वभावले उनी चुपचाप निहुरिन बाध्य हुन्थिन् ।
यत्तिकैमा हिम्मत जुटाउँदै छोरीले भनिन् “नाइँ गर्दिनँ अहिले बिहे । अझै पढ्न मन छ ।”
“भलो चिताएरै भन्दै छु छोरी । समयमै बिहे गर्नुपर्छ । उमेर ढल्के पछि जति पढे पनि केटा पाउन गाह्रो हुन्छ ।”
“जीवन साथी पाइयो भन्दैमा आफ्नो जीवन स्थगित गर्न त भएन नि बुवा ।”
छोरीलाई मनाउँदै श्रीरामले भने–“तिम्रो इच्छा जानेरै उता कुरा गरेको छु । नयाँ सोचका रहेछन् । पढने, नोकरी गर्ने अनुमति दिने भनेका छन् ।”
“पढन पनि उनीहरुको अनुमति लिनुपर्छ र !”
बिहेको लागि मरिहत्ते गर्दै श्रीरामले सम्झाउँदै थिए– “राम्रो ज्वाइँ पाइएको छ, हाम्रो रवाफै छुट्टै हुन्छ । तिम्रो जिन्दगी सप्रिन्छ । हाकिम्नी साहिबा पो हुन्छ्यौ त ।”
आमालाई पुलुक्क हेरिन र भनिन् – “बुवा मलाई आफ्नै पहिचान बनाउनु छ, हाकिम्नी साहिबा होइन, हाकिम बन्नु छ ।”
राजविराज-६ सप्तरी
२०७९ चैत २७ गते
+++
४. लघुकथा : चुक्ली
मनोहर पोखरेल
“सबैको जागिर पाँच बजे सकिन्छ, तिम्रो भने जहिल्यै रात पर्छ ।” तीन बिस नाघेकी रमा चिढिँदै बोलिन् ।
बुहारी घर आउन ढिला भएकाले उनी छटपटिएकी थिइन् ।
हस्याङफस्याङ गर्दै घर आएकी बुहारी सोझै भान्साभित्र पसिन् । “खोई, हाम्री भाउजूको ओभरटाइम भएर होला नि ।” माइत आएकी सानुले छेड हानिन् ।
भान्साबाटै बुहारीले सोधिन् “आज के पकाऊँ आमा ?” धेरै दिनपछि छोरी माइत आएकी थिइन् । छोरीलाई चौपट्टै मनपर्ने परिकार पकाउन निर्देश दिँदै रमाले भनिन्, “तरुवा, फूलौरा जे जे पकाए पनि सिन्की र तामा पकाउन भने नछाड्नू है ।”
बुहारीले बजारबाट पनीर ल्याएकी थिइन् । उनी रनभुल्लमा परिन् । माइतमा आमालाई फोन लगाइन् ।
फोन गरेको थाहा पाएर सानुले रमालाई पोल लगाइन्- “हामीसँग एक शब्द बोलिनन् भाउजू, उता भान्सामा पसेर माइतमा हाम्रो भए नभएको कुरा लगाउँदै छिन् ।”
रिसाउँदै भान्सा पुगेर रमाले सोधिन्, “के हो चाला, कसलाई के कुरा लगाउँदै हो महारानी ।”
हत्तपत्त फोन लुकाउँदै बुहारीले स्पष्ट पार्न खोजिन्- “केही होइन, आमासँग कुरा गरेको हो ।”
“त्यही भएर सोधेकी, चुक्ली पो केके लगायौ ?” रमा जङ्गिइन् ।
निकै केरकार गरेपछि अप्ठ्यारो मान्दै बुहारीले भएको कुरा बताइन्- “सिन्की र तामा पकाउन नजानेकीले आमालाई सोध्दै थिएँ ।”
राजविराज ६, सप्तरी
०७९ फागुन ९ गते
+++
सर्जक परिचय १. नाउँ, जन्म र जन्मस्थान– नन्दलाल आचार्य, २०३०–०३–२८, जहडा–लालसिसुवा, बेलका नगरपालिका, उदयपुर । २. आमा÷बाबु– भगवती÷विष्णुप्रसाद आचार्य ३. हालको बसोबास र राष्ट्रियता– स्थायी– बेलका नगरपालिका–२, गल्फडिया, सिद्धार्थटोल, उदयपुर । अस्थायी÷पत्राचारको लागि– श्री जनता मावि, गोलबजार–४, सिरहा । ४. शिक्षा– बी.ए., बी. एड., एम.एड. (नेपाली) ५. अध्ययन गरेका शिक्षण संस्था– श्री जनता मावि, पुरन्दह, उदयपुर । श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज, सप्तरी । श्री बीपी बहुमुखी क्याम्
Subscribe to:
Post Comments (Atom)
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
कवितामा रामविक्रम थापा र नन्दलाल आचार्य ( सवाल-जवाफ ) (सवाल कविता) 🔴 कविता- हाम्रो दिक्तेलको विकास ✍रामविक्रम थापा आउँथ्यो नि विकास उबे...
-
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
शुक्रबारे कथा विमर्श-५ अन्तर्गत स्रोतकथा र उत्तरकथा (२०८२ भदौ ६ शुक्रबार, रातको ७ बजे) शुक्रबारे कथा विमर्श-५ कार्यक्रमको विवरण (स्रोतकथा V...
No comments:
Post a Comment