विक्रम सम्बत २०८० भदौ महिनाको लघुकथा वाचन विमर्श कार्यक्रमको यस सटीक पुनर्ताजगी तालिममा लघुकथा प्रतिष्ठान परिवारलाई हार्दिक स्वागतका साथ नमस्कार छ ।
कार्यक्रमको सहजीकरणमा म कामना आचार्य र म नन्दलाल आचार्य उपस्थित छौँ । आज हामी आइतबारदेखि शनिबारसम्मका कुरा बताउँदै छौँ । अतिरिक्तमा १५ बुँदा समेत निष्कर्षमा समेट्दै छौँ ।
१. आइतबार– यस दिन ‘लघुकथा संवाद कार्यक्रम’ सञ्चालन हुन्छ । यस दिनका प्रस्तोता तथा संयोजक मनोहर पोखरेल र सह संयोजक एन्जेल निलु (मीना साह) हुनुहुन्छ ।
आइतबारको यस कार्यक्रममा सिकारु लघुकथाकार र मैथिली भाषी स्रष्टासँग सह संयोजकजीले कार्यक्रम सञ्चालन गर्नुहुन्छ । गम्भीर प्रकृतिका र अग्रज स्रष्टासँग संयोजकजीले कार्यक्रम संचालन गर्नुहुने छ । वा संयोजकजीले उचित ठहर गरेबमोजिम हुने छ । अन्य कुराका अतिरिक्त स्रष्टाकै मुखबाट जन्म मिति (नत्र जन्म दिवस), योग्यता, पहिलो लघुकथा, लघुकथाको बारे पहिलेको बुझाइ र अहिलेको बुझाइ बारे भन्न लगाउनुपर्छ । प्रस्तोताले स्रष्टाको सबै परिचय दिनुहुन्न । स्रष्टाले नै बोल्ने मौका पाउनुपर्छ ।
अनिवार्य रुपले सोध्नुपर्ने अर्को प्रश्न– लघुकथामा तपाईको आदर्श को हो र उहाँलाई किन आफ्नो आदर्श बनाउनुभयो ? अन्य कुरा निष्कर्ष शीर्षकमा हेर्नुहोला ।
२. सोमबार– यस दिन ‘लघुकथा प्रशिक्षण कार्यक्रम’ सञ्चालन हुनेछ । यस दिनका प्रस्तोता तथा संयोजक सुनिता निरौला र प्रशिक्षक डा. पुष्करराज भट्ट हुनुहुनेछ ।
सोमबारको यस कार्यक्रममा ४ थान लघुकथाका साथ संयोजक सुनिता निरौलाले कार्यक्रम संचालन गर्नुहुनेछ । प्रशिक्षकले तीन लघुकथाको विवेचना प्रस्तुत गर्नुहुनेछ । समय रहे चौथोमा प्रवेश गर्नुहुनेछ । नरहे तीन वटैमा सीमित हुनुहुनेछ । अन्य कुरा निष्कर्ष शीर्षकमा उल्लेख भए अनुसार हुनेछ । विस्तारमा हेर्नुहोला ।
३. मंगलबार– यस दिन ‘लघुकथा छनोट कार्यक्रम’ सञ्चालन हुन्छ । यस दिनका प्रस्तोता तथा संचालक खगेन्द्र बस्याल र निरज कोइराला हुनुहुन्छ । आपसी समझदारीका साथ दुबै जोडिनुपर्छ ।
मंगलबारको यस कार्यक्रममा २, २ गरी ४ थान लघुकथाका साथ प्रस्तोताहरुले आफूले छानेका लघुकथा वाचन गर्नुहुन्छ र अर्कोले विश्लेषण गर्नुहुन्छ । दुबै जना जोडिएर पालैपालो लघुकथा भन्ने र अर्कोबाट विमर्श सुन्ने काम हुन्छ । अन्य कुरा निष्कर्ष शीर्षकमा उल्लेख भए अनुसार हुनेछ । कृपया हेर्नुहोला र मनमा लागेका भावना ओकल्नुहोला ।
४. बुधबार– यस दिन ‘लघुकथा साक्षात्कार कार्यक्रम’ सञ्चालन हुन्छ । यस दिनका प्रस्तोता तथा प्रशिक्षक पूजन न्यौपाने र अम्बिका बास्तोला हुनुहुन्छ ।
बुधबारको यस कार्यक्रममा २, २ थान लघुकथाका साथ प्रस्तोताले कार्यक्रम संचालन गर्नुहुन्छ । नयाँ पाहुना साथीहरु जोडिएर लघुकथा वाचन गर्नुहुन्छ । कोही नआएर खाली रहेको अवस्थामा एउटाले वाचन र अर्कोले टिप्पणी गर्ने गर्नुपर्छ ।
कोही नजोडिए पनि ४ लघुकथा वाचन र टिप्पणी गर्ने कार्य गरे काम फत्ते भएको मानिने छ । अन्य कुरा निष्कर्ष शीर्षकमा उल्लेख भए अनुसार हुनेछ । अवश्य हेर्नुहोला र टिप्पणी दिनुहोला ।
५. बिहीबार– यस दिन ‘लघुकथा प्रशिक्षण कार्यक्रम’ सञ्चालन हुन्छ । यस दिनका प्रस्तोता तथा संयोजक पं.ज्यो. तोयनाथ निरौला र प्रशिक्षक पुण्य कार्की हुनुहुन्छ ।
बिहीबारको यस कार्यक्रममा ४ थान लघुकथाका साथ संयोजक पं.ज्यो. तोयनाथ निरौलाले कार्यक्रम संचालन गर्नुहुनेछ । प्रशिक्षकले तीन लघुकथाको विवेचना प्रस्तुत गर्नुहुनेछ । समय रहे चौथोमा प्रवेश गर्नुहुनेछ । नरहे तीन वटैमा सीमित हुनुहुनेछ । अन्य कुरा निष्कर्ष शीर्षकमा उल्लेख भए अनुसार हुनेछ । अबश्य हेर्नुहोला ।
६. शुक्रबार– यस दिन ‘लघुकथा प्रशिक्षण कार्यक्रम’ सञ्चालन हुनेछ । यस दिनका प्रस्तोता तथा संयोजक शारदा दहाल र प्रशिक्षक खेमराज पोखरेल हुनुहुनेछ ।
शुक्रबारको यस कार्यक्रममा ४ थान लघुकथाका साथ संयोजकले कार्यक्रम संचालन गर्नुहुनेछ । प्रशिक्षकले तीन लघुकथाको विवेचना प्रस्तुत गर्नुहुनेछ । समय रहे चौथोमा प्रवेश गर्नुहुनेछ । नरहे तीन वटैमा सीमित हुनुहुनेछ । अन्य कुरा निष्कर्ष शीर्षकमा उल्लेख भए अनुसार हुनेछ । हेर्नुहोला र सके जति अबलम्बन गर्नुहोला ।
७. शनिबार– यस दिन ‘लघुकथा प्रशिक्षण कार्यक्रम’ सञ्चालन हुनेछ । यस दिनका प्रस्तोता तथा संयोजक श्रीप्रसाद पोखरेल र प्रशिक्षक रमेन्द्र कोइराला हुनुहुनेछ ।
शनिबारको यस कार्यक्रममा ४ थान लघुकथाका साथ संयोजकले कार्यक्रम संचालन गर्नुहुनेछ । प्रशिक्षकले तीन लघुकथाको विवेचना प्रस्तुत गर्नुहुनेछ । समय रहे चौथोमा प्रवेश गर्नुहुनेछ । नरहे तीन वटैमा सीमित हुनुहुनेछ । अन्य कुरा निष्कर्ष शीर्षकमा उल्लेख भए अनुसार हुनेछ । हेर्नुहोला ।
निष्कर्ष– तलका बुँदालाई नै निष्कर्ष मान्दिनुहोला ।
१. कार्यक्रम सञ्चालन समय रातको ठीक ७ः३० हुने ।
२. कार्यक्रमको आरम्भ हाम्रो लघुकथा केन्द्रको लघुकथा गान वा अन्य धुन वा आफ्नै लघुकथा गान वा लघुकथा मुक्तकबाट गरिनुपर्ने ।
३. कार्यक्रममा बस्दा शिष्ट पोशाक र हँसिलो मुखमुद्रामा हुनुपर्ने ।
४. कार्यक्रममा अनावश्यक प्रसंगमा अल्झेर भिडियोलाई लम्बेदार बनाउन नहुने ।
५. स्वागत गर्दा एकै किसिमका शब्द बरोबर उच्चारण गर्न नहुने । देखेभेटे जति सबैको नाम सहर्ष उच्चारण गरेर एकै पटक एकमुस्ट स्वागत गर्ने । प्रत्येक नामसँगै जयगान गाउन जरुरी नहुने । पछिल्ला पिँढीले पनि हेर्नेसुन्ने भएकाले सतर्क भएर ठीक्क बोल्ने । अतिशयोक्तिपूर्ण उकास्ने र पछार्ने काम गर्न नहुने । कसैका लघुकथामा नकारात्मक कुरा भने रिसाउला कि भन्ने भय भए मौन हुने । सकारात्मक पाटो यस्तो छ भन्ने र नकारात्मक पाटो ठम्याउन पाठकलाई सुम्पने ।
६. टिप्पणी उपर टिप्पणी पढेर प्रोत्साहन नदिने । टिप्पणीको टिप्पणी प्रस्तोताले सम्बोधन गर्न नपर्ने, टिप्पणीकर्ताको सरोकारको विषण रहेको बुझ्ने । शान्त भएर तीतो कुरालाई पनि मीठो पाराले ओकल्ने ।
७. कार्यक्रमले सम्बोधन गर्न उचित ठानेका टिप्पणी मात्र सम्बोधन गर्ने । अनर्गल टिप्पणी पढेर आफ्नो ओठ र मुखलाई दुःख नदिने ।
८. हरेक कार्यक्रमको सुरुआत ढाँचा यस्तो हुनुपर्ने– धुन आदि बजेपछि विज्ञापनको ठाउँमा–
अनुरोध ! अनुरोध !! लघुकथा प्रतिष्ठानको एउटा भिन्नै अनुरोध !!!
वि.सं. २०७८ साल कार्तिक ३ गते स्थापना भएर निरन्तर लघुकथा वाचन र विमर्श गरी (??) औँ शृङ्खलामा प्रवेश गरेको लघुकथा प्रतिष्ठान, नेपालले लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा ‘स्वस्तिका स्मृति लघुकथा सम्मान’ स्थापना गरेको छ । वर्षभरि गुणात्मक र संख्यात्मक हिसाव फुटकर लघुकथा लेखी संस्थागत र विधागत उन्नयनमा उत्कृष्ट कार्य गर्ने एक जना नारी हस्ताक्षरलाई नगदसहित उक्त सम्मान प्रदान गरिने छ । लघुकथा विधामा नारी सहभागिता अभिवृद्धि गर्ने यस महाअभियानमा आआफ्नो क्षेत्रबाट तत्परता देखाउन र प्रोत्साहन दिन सम्पूर्ण साहित्यानुरागी महानुभावहरुमा प्रतिष्ठान हार्दिक अनुरोध गर्दछ ।
०००
अब दिन विशेषको चर्चा गर्दै कार्यक्रमको आरम्भ गर्ने । शृङ्खला नं. पटकपटक ठाउँठाउँमा भन्ने । बेलाबेलामा हार्दिकता दर्शाउने । मन नपरेका कुरा बोल्नु छैन भने मौन रहने । त्यसलाई स्किप गर्ने ।
०००
९. संयोजकले छानेका लघुकथा ‘सन्दर्भ पत्रिका’ पृष्ठमा पोस्ट गर्ने र सूची मात्र संयोजक, प्रस्तोता म्यासेन्जर ग्रुपमा हाल्ने । सकेसम्म र सम्भव भएसम्म व्यवस्थापकबाट ओके गराएर र वाचित सूचीसँग रुजु गराएर नदोहोरिएको यकिन गरेर मात्र विश्लेषककहाँ पठाउने ।
१०. लघुकथा २४ घण्टापूर्व नै छानेर विश्लेषककहाँ पुगेको हुनुपर्ने र उहाँले पाए नपाएको यकिन गर्ने ।
११. आफ्नो कारणले कार्यक्रम अवरुद्ध हुनेभए भरसक ४८ घन्टा पूर्व नै जानकारी दिनुपर्ने ।
१२. एकापसमा सल्लाह वा खटपटका कुनै कुरा भए लिखित वा मौखिक रुपमा साझा ग्रुपमा राख्ने ।
१३. आफू विद्वतापूर्ण कार्यमा सरिक भएको अनुभूत गर्दै अरुलाई मित्रवत सल्लाह दिन कन्जुस्याइँ नगर्ने ।
\
१४. कम्तिमा साताको एउटा लघुकथा आफ्नो र अरुकोमा पोस्ट गर्ने । नभ्याए कम्तिमा प्रतिष्ठानका सात लघुकथामा टिप्पणी लेख्ने ।
१५. हामी काम त राम्रै गर्छौँ तर अरुका सिर्जना हेरेर पाठक मत राख्तैनौँ । यही हाम्रो ठूलो कमजोरी हो । हामी २०, २५ जनाले मात्रै पनि लघुकथामा लाइक ठोक्ने हो भने स्रष्टाको मन ढक्क फुल्ने कुरा सम्झने । बोल्दा तौलेर ठिक्क बोलौँ । मीठो बोलौँ । मनमा छाप राख्ने गरी बोलौँ । विश्लेषकको कुरामा आपत्ति राख्ने गरी विपरीत धारका कुरा प्रस्तोता भएर नराखौँ । आफैँले धेरै विश्लेषणका कुरा नभनेर विश्लेषकलाई नै समय दिऔँ र अधिकार सम्पन्न तुल्याऔँ । राम्रा लागेका अरुका कुरा अनुसरण गरौँ । नलागे समूहमा छलफलमा राखौँ ।
०००
(कृपया, माथि भनिएका कुनै कुरामा द्विविधा भए वा आपत्ति रहे व्यवस्थापकलाई त्यसमा पनि म नन्दलाल आचार्यलाई सुटुक्क भनिदिनुहोला वा समूहमा छलफलमा राखिदिनुहोला ।)
०००
No comments:
Post a Comment