Thursday, August 10, 2023

लघुकथा– मोबाइल –नन्दलाल आचार्य

लघुकथा– मोबाइल
–नन्दलाल आचार्य

तँ आउनु अघिको कुरो–
आँखामा राखे पनि उहाँ बिझाउनुहुन्नथ्यो ।
सबैको रोग, भोक र शोकको ख्याल गर्नुहुन्थ्यो ।
सहयोगी र मिलापी भावना प्रचुर मात्रामा थियो ।
समाजमा उहाँ दिलदार नारी भनी कहलिनुहुन्यो ।       

तँ आए पछिको कुरो–
विस्तारै उहाँ आँखाको कसिंगर बन्नुभयो ।
रिस त नाकका टुप्पा नै बस्न थाल्यो ।
अल्मलिएर डढेको भात मात्र खुवाउन थाल्नुभयो ।
फूलले हान्दा पत्थरले हान्न थाल्नुभयो ।
 
मिति– २०८०.०४.२६ बेलका नगरपालिका– २, उदयपुर ।

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...