लघुकथा छलफल कार्यक्रम–६४१–श्रीप्रसाद पोखरेल-रमेन्द्र कोइराला-तिलक तारामी-नानि भारद्वज-गंगा खड्का-२०८०–०४–०६
शनिबार– (लघुकथा छलफल कार्यक्रम) आजका संयोजक तथा प्रस्तोता– श्रीप्रसाद पोखरेल, प्रशिक्षक रमेन्द्र कोइराला (मिति–२०८०–०४–०६ श्रृङ्खला–६४१) समय– ७ः३०–८ः३० बेलुकी ।
शनिबारे लघुकथा छलफलका लागि प्रश्न-
(बालविषयक लघुकथा लेखनको ऐतिहासिकता दर्शाउँदै यसको लेखन अवस्था, तरिका र भविष्य बारे अनुभव बताइदिन अनुरोध छ ।)
कृपया यस प्रश्नको जवाफ ३ लघुकथा विमर्शपश्चात् आओस् ।
+++ लघुकथाक्रम+++
१. लघुकथा : जाँचपास -तिलक तारामी "रेशाली"
२.लघुकथा : भ्रष्टिकरण -नानि भारद्वज
३. लघुकथा: जग्गा -गंगा खड्का
++++
(थप अतिरिक्त रचना संयोजकज्यूका तर्फबाट ।।)
+++
१. लघुकथा : जाँचपास
तिलक तारामी "रेशाली"
----------------------------------------
"खै त, मैले भनेको चिज ल्याइदिनु भो ? " चमेलीले जुठेलाई महिना दिन अघि फोनमा भनेको कुरा सम्झाई।
"एकजनाले एउटा भन्दा धेरै ल्याउन नपाउने रहेछ। त्यसैले मैले त ल्याउन सकिन पो ! " जुठेले विवशता दर्शायो।
जुठे वैदेशिक रोजगारबाट तीनवर्ष पछि घर फर्किएको थियो। चमेलीले एउटा स्मार्ट फोन मगाएकी थिई।
"जाबो एउटा मोबाइल त लुकाएर पनि ल्याउन सकिन्थ्यो भो। हजुरलाई मेरो माया भए पो त ! " चमेलीको मुहार एक्कासी मलिन देखियो।
"मेरो साथीले बहिनीको लागि भन्दै ल्याएको मोबाइल जफतै गरिदियो नि ! अहिले त त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपास निकै कडिकडाउ गरेको रहेछ। भैगो पीर नगर। यहीं किनिदिउँला नि ! " जुठेले वृत्तान्त सुनाउँदै आश्वासन दियो।
"जाँचपास कडा रे ! त्यसोभए एक क्वीन्टल सुन कसरी बाहिरियो त? " समाचार सुनिरहेकी चमेलीले प्रतिप्रश्न गरी।
बुटवल-११, रुपन्देही
४ साउन, २०८०
++++
२.लघुकथा : भ्रष्टिकरण
-नानि भारद्वज
"आफनै पौरखले खाएस् ,इमानलाई कहिल्यै नबेचेस् !"
हजुर्बाले दशैंमा टीका लाउँदा केटाकेटीलाई यसरी आशीष दिने गर्थे। समयसंगै उनीहरु बढे पढे।आ-आफ्नो योग्यता अनुसार विभिन्न क्षेत्रका आर्जनमा लागे।
राजधानीबाट स..र..र अत्याधुनिक सुबिधा भएको गाडी लिएर नाति आइपुग्यो ।
"के छ त बाबू तेरो खवर ?" हजुर्बाले चासो राखे।
"सबै राम्रै छ हजुर्बा !" भन्दै उसले आफ्नो उन्नतिको बेलिबिस्तार लायो।
नातिको ठाँटबाँट र जगजगी सुनेर खुसीले दंग पर्दै हजुर्बाले भने,
" केटाले ठूलै पुरुषार्थ गरेछ !"
विराटनगर,मोरङ्ग।
+++
३. लघुकथा: जग्गा
गंगा खड्का
" बा, हजुर र काका एउटै दाजुभाइ भएर नि काकाको कति धेरै खेत छ । हाम्रो चाहिँ खोइ त बा ?" आफ्नो छोराले धेरै अगाडिदेखि यही प्रश्न सोधिरहँदा मधुले एउटै जवाफ दिएर उसको मुख टालिदिन्थे ," बाबु हाम्रो पनि काकाको जत्तिकै थियो । "
छोराले आफ्नो भृकुटी खुम्चाउँदै सोध्थ्यो ," अनि खोइ त त्यतिका जग्गा ?"
" म तँलाई कुनै दिन बाटो पर्दा देखाइदिउँला । " उनी छोरालाई आशावादी बनाउँथे ।
एकदिन छोरालाई लिएर घुम्न जाँदा मधुले एउटा संरचनालाई औँलाउँदै भने," बाबु , तैँले हाम्रो जग्गा खोइ भनेको होइनस् ? उ: त्यही हो हाम्रो जग्गा !"
छोराले आश्चर्य मान्दै सोध्यो ," त्यो त हस्पिटल पो हो त बा ? कहाँ छ र जग्गा ?"
मधुले लाचार भएर ङिच्च हाँस्दै भने," दीर्घ रोगी मेरा बा आमा ,तेरी आमा र मेरो पटकपटक उपचार गर्न नसकेर बेचेको जग्गाको पैसा जति मैले त्यसै हस्पिटलमा बुझाएको हुँ बाबु !"
बूढानीलकण्ठ , काठमाडौँ
२०८०-४-४
+++++
Dhanraj giri
गल्ती हजार गर्दै जानेछ जिन्दगानी
कस्तो भएछ गल्ती राजा रहे न रानी
दाता अनेक गल्ती गर्ने उही विधाता
मान्छे रचेर गल्ती सारा गए निशानी
पाताल गर्छ लीला गोराहरू सुनामी
फौजी झरे सिपाही देखिन्छ मित्र दानी
नेताहरू अघाए गल्ती गरेर खाए
खल्ती भरेर जाने यस्तै परेछ बानी
वस्ताद कर्मचारी जाली बढी घुस्याहा
फोहोर मात्र साथी दिक्दार राजधानी !
+++
लघुकथा- झट्केलो छोरो
- लक्ष्मी रिजाल

.jpg)
.jpg)



.jpg)
.jpg)
No comments:
Post a Comment