सोमबारे लघुकथा छलफल कार्यक्रम-६५०–अम्बिका बास्तोला+डा. पुष्करराज भट्ट-खगेन्द्र-रमेन्द्र-कुञ्जदेवी (२०८०–०४–१५ श्रृङ्खला– ६५०)
सोमबार– (लघुकथा छलफल कार्यक्रम)सह-संयोजक तथा प्रस्तोता– अम्बिका बास्तोला+प्रशिक्षक- डा. पुष्करराज भट्ट (मिति–२०८०–०४–१५ श्रृङ्खला– ६५०) समय– ७ः३०–८ः३० बेलुकी ।।
+++
लघुकथाक्रम-
१. लघुकथा- रहर -खगेन्द्र बस्याल
२. लघुकथा- सुटिङ -रमेन्द्र कोइराला
३. लघुकथा: व्यथा -कुञ्जदेवी उपाध्याय
+++
(आजको छलफलको विषय-- पर्यालघुकथा के हो ? पर्यालघुकथा कसरी लेखिन्छ अर्थात् केकस्ता कुरामा ध्यान पुर्याउनुपर्छ ? यस प्रश्नको जवाफ कार्यक्रमको अन्त्यमा दिएर आभार तुल्याउन अनुरोध छ ।)
+++
१. लघुकथा- रहर -खगेन्द्र बस्याल
तपाईंले धेरै कमाइ सक्नु भयो ।धेरै बिषयमा स्नातकोत्तर गरिसक्नु भयो भन्दै धनाढ्य सरिताले सुनितालाई सल्लाह दिइन् अब त बिहे गर्न ढिलो गर्नु हुँदैन है।"
उनलेे जवाफ फर्काइन्" के को लागि बिहे गर्ने ?"
उनको भनाइ रह्यो मैले जस्तै थोरै छोराछोरी पाएर राम्रोसँग हुर्काउन ।"
सुनिताले मुस्कुराउँदै भनिन् " मलाई त धेरै छोराछोरीको अामा बन्ने रहर छ।"
उनलेे भनिन् " कतै गहिरो माया बसिसकेको भए त्यसलाई अब सार्वजनिक गर्ने कि।ढिलो भयो कसरी धेरैको आमा बन्न सकिन्छ त!"
सुनिताले भनिन् "आमा बन्न बिहे नै गर्नु पर्छ भन्ने छ त!"
उनलेे भनिन् " पढेलेखेकी तिमीलाई यसरी सढेका कुरा गर्न लाज लाग्दैन !"
सुनितले जवाफ फर्काइन् " सही कुरा भन्न के को लाज।हरेकले आफ्नोे रहर पुरा गर्न त पाउनु पर्छ नि।अनि मात्र जीवनमा शान्ति र कान्ति मिल्छ।"
उनको कौतुहलता चुलियो।यसैले सोधिन् " बिहे नगरी सन्तान पाएपछि समाजले तपाईंलाई कुन रुपमा हेर्ला,त्यसतर्फ सोच्नु भएको छ।"
सुनिताले ढुक्कसँग भनिन् " मलाई सम्मानका साथ हेर्नेमा म निर्धक्क छु।"
उनले भनिन् मलाई त बिश्वास छैन त्यो कुरामा।हाम्रो समाज कस्तो छ भन्नेमा तपाईंलाई हेक्का नभएको हो कि।
सुनिताले गम्भीरतापूर्वक भनिन् " मलाई धेरै असहाय अनाथ बालबालिकाहरुको अामा बन्ने रहर छ।शरीर पनि नबिग्रने जीवनमा बाँचेको अनुभूति पनि हुने । उनीहरुको लागि सक्कली आमा बनेर कोही न कोही उदाउनु परेन र!"
* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८० साउन २३
+++
२. लघुकथा- सुटिङ -रमेन्द्र कोइराला
इनरुवा-९, बबिया, सुनसरी
स्कुल हिंडेको रसिक फिल्मको सुटिङ देखेर त्यतै लाग्यो । हिट कलाकारहरूको उपस्थितिले भीड थामिनसक्नु थियो ।
हिरोइन नाउमा नदीबाट आउँदा बालकले बढार्ने सिनको तयारी हुँदै थियो । सुटिङ टिम बालक नभेटेर हैरान थिए ।
त्यतिखेरै निर्देशकले रसिकलाई देखेर भन्यो -"बाबू , फिल्मको सुटिङ गर्छौ ? ठूलो पर्दाको हो । "
सुनौलो अवसर पाएपनि अनकनाउँदै उसले भन्यो-" अंकल ! स्कुल जान ढिलो हुन्छ कि ? "
"ढिलो हुँदैन बाबू , एकैछिनमा भैहाल्छ । "
"हुन्छ, त्यसो भए । " ऊ बढार्न थाल्यो ।
तर तीन पल्ट ड्रोनबाट लिंदापनि सिन सकिएन । अब क्यामराबाट पनि लिनुपर्छ भनेकोले ऊसले डराउँदै भन्यो-" अंकल मलाई ढिलो हुन्छ । म जान्छु अब । "
निर्देशकले भन्यो-" आधी गरिसकिहाल्यौ । अब पाँचै मिनेटमा भै हाल्छ। बस न एकछिन ।"
रसिकलाई दोधार भयो । बसूँ स्कुल छुट्ने नबसूँ फिल्म हुस्ने । फेरि एकैछिन त भनेकोले काम गर्न थाल्यो ।
अचानक रसिकले हल्ला सुनेर टाउको माथि उठायो । माथि बुवा,आमा र शिक्षक रिसाएर उसैलाई हेर्दै थिए। अब मार्ने भए भनेर डरायो ।
आमाको हातमा कर्सी थियो । ऊ तल झरी र च्याप्पै हात समातेर कराई -"तँलाई फटाहा ! स्कुल छोडेर यसरी झाडु चलाउन लाज लाग्दैन ? "
" अब आधा मिनेट पनि लाग्दैन मम्मी । कृपया छोडिदिनु न ! "
"म केही जान्दिन । खुरुक्क हिंड् । भरे तेरा पिंडुला झारौंला ।" भन्दै बिचैबाट निकालेर ठेल्दै अगाडि बढाई ।
ऊ भने फिल्मको पर्दामा देखिने सपना चकनाचुर भएकोमा खिन्न भइरहेको थियो । ०८०/४/१०
+++
३. लघुकथा: व्यथा -कुञ्जदेवी उपाध्याय
आज पनि सुँघेर हेरीन सुजाताले ।छैन त्यो पसिनाको गन्ध! बिस्तारै हातले माथि देखि तल सम्म सुमसुम्याई त्यहीँ राखिन् त्यो सर्ट।
अतितका दिनहरू उनको वरिपरि घुम्न लागे।
आमा ,खान दिनुन भोक लाग्यो
यति बेला सम्म यो घाममा कता घुमी हिँडेको बाबु
जा नुहाएर आइज,हेर कस्तो गन्हाएको छ शरीर
पहिला खान दिनु
फटाफट नुहाएर खाना खान्छ छोरो ।
छेवैमा बसेर भविष्य केलाउछिन सुजाता
सात सागर तेह्र नदी पारी छोराको सर्ट दामी अत्तरले मग मग बास्ना आउँछ तर ,आमाको नाकमा त्यो पसिना र धुलो मात्र लागि रह्यो अन्तिम समय सम्म!
शिवसागर, असम
+++




No comments:
Post a Comment