२१०औ भानुजयन्तिको हार्दिक शुभकामना सहित लघुकथा प्रशिक्षण कार्यक्रम शारदा दहाल भण्डारी (मिति– २०८०–०३–२९ । श्रृङ्खला– ६३३) नन्दलाल आचार्य
असार महिनाको हरेक शुक्रबार (लघुकथा प्रशिक्षण कार्यक्रम) प्रशिक्षक– खेमराज पोखरेल, संयोजक तथा प्रस्तोता– शारदा दहाल भण्डारी (मिति– २०८०–०३–२९ । श्रृङ्खला– ६३३) (समय– ७ः३० बेलुका)
+++ ·
शुभकामना । शुभकामना ।। शुभकामना ।।।
--------------------------------------
बिशेषतः अंग्रेजी र थारु भाषासाहित्यमा पहिचान बनाउनुभएका हाम्रा सहकर्मी मित्र अभित चौधरीले थारु भाषामा अनुवादको कार्य समालेर हामीलाई सघाउनुभएको छ । उहाँका केही नेपाली भाषाका लघुकथा पुराना हवाई पत्रिकाहरुमा पाइएका छन् । असारे झरीको यस पावन अवसरमा (२९ असार) उहाँलाई जन्मोत्सवको कोटीकोटी शुभकामना ।
1) २१०औ भानुजयन्तिको हार्दिक शुभकामना सहित)
लघुकथा : बुझ्नु पर्ने कुरा
“ए माइली वधु! किन रिसायार उता फर्क्यौ? कुवामा पानी भर्दै गरेकी एक नारीलाई उनले भने।
“मलाइ हजुरको सोच मन पर्दैन, किन बोलन्या?”
“मेरा गुण चाहिँ बिर्सेऊ? मैले नेपालको एकीकरणमा ठुलो योगदान गर् याको छु।राम्रो कुरा पो सम्झिनु पर्छ”।
“नेपालको एकिकरण त पृथ्वीनारायणले पो गर् याका हुन्, झुक्याउँन खोज्न्याँ बाजे?”
“पृग्वीनारायणले बाइसे चौबिसे राज्यलाइ एक बनाइकन भौगोलिक एकिकरण गर् या।मैले नेपालीमा रामायण लेखिकन भाषिक एकिकरण गर् याको छु।”
“जे भया पनि स्वास्नी मान्छेलाइ नराम्रो भन्नु भयाको मकन मन पर्दैन।दोषी चाहिँ स्वास्नीमान्छे मात्र हुन्छन् र ‘वधुशिक्षा’ लेख्नुभयाको? ‘वरशिक्षा’ किन लेख्नु भयान त?लोग्नेमान्छे सबै गुणी र असल हुन्छन्?” माइली वधुले सोधिन्।
“भाषा साहित्यको सेवा यथासक्य गर् याको छु।तेसबेलाको देश, काल र परिस्थिति बुझ्न्या कोसिस गर। मकन दोष नदेऊ वधु!”घाँसीकुवालाई नमन गर्दै उनी बाटो लागे।
मिति २०८०।०३।२९
+++
2)सन्दर्भ- भानु जयन्ती
लघुकथा– घाँसे
–नन्दलाल आचार्य
‘ए है, ए है । तपाईं त्यही अचार्ज बाजे हैन ?’ खड्ग ठाडा मगरले सामान्य तर एक्कासी प्रश्न तेस्र्याउँदा चिन्न नसकेर बाजे अल्मलिए ।
‘मेरा कुराबाट पाठ सिकेर यी बाजेले संसारलाई प्रभावित पारे । कवितामार्फत नेपाली साहित्य आकाश चम्काए । सगरमाथा जत्रो नाम कमाए । अहिले आएर म नाथेलाई चटक्कै बिर्से ।’ खड्गले आफ्नै मनसँग गथासो पोखे । झिनो स्वर ओठबाट निक्लिहाल्यो । ध्वनिका रुपमा शब्दहरु बाजेका कानमा ठोक्किए ।
बाजेले बल्ल चिने र विगत सम्झँदै भने, ‘ए खड्ग दाइ पो । तपाईंको प्रेरणा म जन्मजन्मान्तरसम्म पनि भुल्न सक्तिनँ । तपाईंको उच्च मूल्यांकन गर्दै मैले कविता लेखेको छु । मेरा कविताको भगवान् नै तपाईंलाई ठानेको र मानेको छु ।’
‘मलाई त्यत्रो उचाइ दिनुभएकै हो त ?’ अविश्वासले खड्गले प्रश्न ठड्याए ।
खड्गको सवालको जवाफ फर्काउनुको साटो बाजेले आफ्नै मनोगन्थन ओकले; ‘म साक्षरले निरक्षरबाट महान् पाठ पढ्न सक्छु भने अचेलका मान्छे चाहिँ के गर्दा रहेछन् भनेर पृथ्वीलोक घुम्न निस्केको !’
यकिन हुन खड्ग र बाजे दुबैले बस्तीतिर कान थापे । चारैतिर आफ्नै कविता गुन्जिरहेको सुनेर आपसमा मुखामुख गर्न थाले–
भर् जन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।
+++
3)(भानु जयन्तीको अवसरमा प्रस्तुत लघुकथा )
लघुकथा--काे घाँसी?
--------------------
बिष्णु उप्रेती
**********
" अाज किन ढिलाे अाईस् त छाेरा ,अपिसबाट?"
" अाज नेपालका अादि कवि भानुभक्तकाे जन्म जयन्ती रहेछ कि बुबा। भानुभक्तको शालिकमा गईयाे।दिनभरि भानुजयन्ती धुमधाम संग मनाईयाे।फूल, माला , अबिर खादा चडाईयाे। अनि ढिलाे भईहाल्याे नी बुबा।"
" ए....अरु केके गर्यौ त?"
"नारा जुलुस लाउदै भानुभक्तको फाेटाे बाेकेर सारा शहर परिक्रमा गरियाे।"
"नारा केके लायौ त?
"बुबा ,हामीले असार उनन्तीस गते ,सार्बजनिक बिदा गर। भानु जयन्ती मनाउन प्रसस्त बजेटकाे ब्यबस्था गर ,भन्ने नारा लगायौं।"
ए.... खुब राम्राे नारा रहेछ, चाहिए जस्ताे। खाजेकाे पनि यस्तै हाे !" छाेरा लु भन् त भानुभक्तले लेखेका कितावहरु के के हुन्?"
"त्याे त थाहा छैन?"
"ए ... । लु त , रामायणका दुई हरफ श्लोक गाएर सुना त छाेरा?
" यस्ता श्लोक त मलाई अाउदैन त। खाेई अाज यत्रो कार्यक्रममा कसैले गाएर सुनाएनन् पनि"।
" अनि घाँसीले के भने छ त ,छाेरा?"
काे घाँसी? खै कुनै घाँसीकाे कसैले कुरै गरेनन् त बुबा"
" स्याबास छाेरा ,राम्राेगरि भानु जयन्ती मनाएछौ।
२०८०/०३/२९
भानु जयन्ती २०८०
बिर्तामोड झापा।
+++
4)( अादिकवि भानुभक्त अाचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली )
लघुकथा: जयन्ती
बाेधराज प्याकुरेल
" के कार्यक्रम रहेछ ।" नेताज्यूले साेधे ।
" खै हजुर जसरी पनि पठाइदिनु भन्थे । त्यही कवितासविता भन्ने कार्यक्रम हाेला ।" पिएले जवाफ दियाे ।
" कविता सुन्न भनेपछि अाफूलाई दिक्क लागेर अाउँछ,भ्याउनु हुन्न रे भन्देऊ । दिउँसो मेराे महत्त्वपूर्ण बैठक पनि छ ।"
" हैन हजुर ती कवि त चुनावकाे बेला काम लाग्ने मान्छे हुन् । फेरि प्रमुख अतिथि भनेका छन्, छाेड्नु हुदैन, एकछिन गएर बाेलेर अाए भै हाल्यो ।" पिएले थप्याे ।
दर्पण साहित्य समाजकाे बैठकले लामाे छलफलपछि, कार्यक्रम गर्दा अार्थिक सहयाेग लिन सकिने व्यक्ति भनेर कार्यक्रममा जिल्लाका नाम चलेका नेतालाई प्रमुख अतिथिको रुपमा अामन्त्रण गर्ने निर्णय गरेकोे थियो ।
" लाै,प्रमुख अतिथि अाइसक्नु भयाे ! " मञ्च व्यवस्थापन गर्दै गरेका अायाेजक र उपस्थित सबैजना ताेकिएकाे ठिक समयमा नेताज्यूकाे अागमनले अाश्चर्य चकित भए ।
" तपाईंहरु,बाँकी कार्यक्रम गर्दै गर्नु हाेला,नेताज्यूलाई अलि हतार छ । उहाँ बाेलेर गइहाल्नु हुन्छ ।" अाैपचारिक कार्यक्रम सुरु गर्न केही समय लाग्ने अायाेजककाे अाग्रहलाई बेवास्ता गर्दै पिएले भन्याे ।
नेताज्यूले टेवलमा राखिएको फाेटाेमा माल्यर्पण गरे र लामाे भाषण गरेपछि अाफूलाई महत्त्वपूर्ण बैठकमा जानुपर्ने कुरा बताउँदै बिदा मागे।
"भानु जयन्तीको कार्यक्रममा अाफ्नाे अमूल्य समय दिएर पाल्नुभएकाेमा नेताज्यूलाई धन्यवाद ।" उद्घाेषकले धन्यवाद दिइरहँदा मञ्चबाट उत्रदैँ गरेका नेताज्यूले पिएतर्फ फर्कदै भने," ए साँच्चै यी भानुभक्त काे रहेछन् ,तैंले थाहा पाइस् ?"
खजुरा,बाँके ।
+++
5)नेपाली भाषा
लधु कथा
मधुसूदन प्रसाद धिमिरे
छाेरालाइ राम्राे बाेर्डीङ्स्कु ल खाेजे जाेइटीङ्रेले।समयमा पैसा पनि कमाएकै थिए। उनले बिदेशमा राखेर प पढाउने साेच राखे।
आफू पनि सङ्गै गए छाेरालाइ राम्राे महङ्गाे स्कूल खाेजेर भर्ना गरे। वर्ष दिनकाे फि एकै पटक तिरिदिए। छाेराकाे विषेश खर्चका लागि मनग्गे पैसा पनि छाडे।
छाेराले मिहिनेत गरि पढयाे। नतिजा राम्राे आयाे। छाराेराे निकै बर्ष पछि धर आयाे। बाउ आमा सङ्ग कुरा गर्न अङ्ग्रेजिमा नै ग-याे। सबै खुशी भए।
जाेइटीङ्ग्रेकि आमा जेठाे छाराकाे मा वस्थिन। नातिकाे प्रगति हेर्न उनि पनि त्यहि आइन।अव हजुर आमाले नातिलाइ सुम्सुम्याउदै माया गरिन् ।आफना भावनाका कुरा साेधिन्। नातिले अङ्ग्रेजिमा जवाफ दियाे।
हजुर आमाले केहि बुझीनन्।
उन्ले छाेरालाइ भनिन् "- के पढाइस वावु छाेरालाइ ? हामि जस्ता पुराना वुढा पाका सङ्ग कुरा षर्न नै जानेन।
तेरा बाले बाह्रखरि कण्ठ पारेर भानुभक्तिय रामायण पढन सक्ने भाका थे। मेरा बाले पण्डीत हुन्छ ,याे केटाे भनेर मलाइ तेरा बा सङ्ग बिहाे गरि दिए।
हुन पनि तेरा बाले चार गाउ हल्लाएर इज्जत साथ पुराण भन्दै कयाैलाइ ढाेगाउथे।उनलेनै पण्डीत्याइ गरेर जाेडेकाे सम्पत्तिले तिमिहेरुलाइ अहिले सम्म आनन्द नै भएकाे छ। "-
अब जे भाे भाे बुझिस् नेपालि वर्णमाला पढा र रामायण सिलाेक हालर पढन सक्ने वना। त्याे पछि उसैले नेपालि भाषाकाे महत्व वुझछ।,
2080/असार 29
भानु जयन्ति
+++
6)( अादिकवि भानुभक्त अाचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली )

7) नेपाली भाषा

8) लघुकता: प्रेरणा ! (भानुजयन्तीको२१०औँको अवसरमा)
-सुरेशकुमार पाण्डे
ठुलो चेप्टो ढुङ्गामाथी मस्त निन्द्रामा सुतेको युवा झसिङ्ग भएर ब्युंतिन्छ। उठेर यता उता नियाल्छ अलिपर एकजना घाँसीले घाँस काट्दै थियो। त्यो देखेर युवा भक्तलाई उस्कोबारेमा बुज्ने उत्सुक्ता जाग्छ!
'ए दाई!
यतिका घाँस काटेर केगर्छौ? - भक्तले युवालाई सोध्छन्।
म गरिब मान्छे यही मेरो पेसा हो।घाँसलाई बजारमा बेच्छु र जिविकोपार्जन गर्छु।अनि एउटा कुवा खनाउदैँछु।-घाँसिले भन्यो।'
कुवा' किन केकालागी?-भक्त आश्चार्य हुँदै सटिकमा सोधे!'
म गरिबलाई कसैले चिन्दैन। तर म मरिहाले पनि मलाई मानिसले सम्झिनेछन् र भन्नेछन यो कुवा एउटा घाँसिले खनाएको हो।मैले खनाएको कुवाले धेरैको तिर्खा मेट्ने छ-घाँसिले बडो विस्वासिलो भाव पोख्छ।'
घाँसिको त्यो कुराले युवाको मनभित्र छुन्छ।
यो एउटा गरिब व्यक्तिको बिचारमा कति दुरदर्शियता छ।
अनि म बिद्धान भएर पनि यत्तिकुरा बुझ्न नसकेको।उस्ले घाँसिको त्यो बिचारलाई आफ्नो प्ररेणाको श्रोत बनाउने निर्णय गर्छन् र त्यहाँ बाट आफ्नो गनतव्य तर्फ लाग्छन्।
आज तिनै युवा आदि कवि भानुभक्तको नामले प्रसिद्ध छन्।
दाङ घोराही १८
१४-०७-२०२३
+++
9)
लघुकथा : भानुभक्त
तुलसी पण्डित
बाबा भानुभक्त भनेका को हुन् ? आज उनको नाममा धेरै कार्यक्रमको आयोजना गरिएको रहेछ ।
"हेर भानुभक्त नेपालका एक प्रसिद्ध साहित्यकार हुन् । तिमीलाई थाहा छ भानुभक्तको कुन किताबले प्रसिद्धि पाएको छ ।" " थाहा छ बाबा । उनको प्रसिद्धि पाएको किताब रामायण हो । उनी नेपालका आदिकवि हुन् ।"
" हो तिमीले ठिक भन्यौ । भानुभक्तले सँस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा कविता बनाएँ । हो उनले नेपाली भाषालाई कविताको माध्यमबाट एकतामा उन्ने काम गरेँ । आज सबै उनले लेखेको किताब रामायण भाका हालेर गाउने गर्छन् । अनि तिमी कहाँ गएर आएको नि ?"
"आज भानुको सम्झनामा साहित्य कार्यक्रमको आयोजना गरिएको रहेछ । म त्यहीँ गएर आएको । धेरै कविहरु त्यहाँ जम्मा भएका थिएँ । सबैले अति राम्रा कविताहरु वाचन गरेका थिएँ । "
"के तिमीले पनि कविता वाचन गर्यौ त ?" गरे बाबा तर एक जना कविले मलाई ङिच्च पार्नु भयो ।" "के भन्नु भो बाबु तिमीलाई ?" "तिम्रो कविता भानुभक्त शैलीको रहेछ । के भनेको हो बाबा त्यो ?" "
"भानुभक्तले लेखेको कविताहरुमा हलन्तको प्रयोग बढी भएको छ । जून कवितामा भएको त्रुति आजकलका कविहरुले मान्दैनन् ।"
" भाषाको त्यति विकास न भएको बेला हो त्यो हैँ बाबा । सुरुमा त्यतिको लेख्नु पनि ठूलो उपलव्धि होनि ।"
+++
No comments:
Post a Comment