(बालोरी छन्द) बालकविता– चित्त
–नन्दलाल आचार्य
मेरी सानी आएर सोध्न थालिन् सवाल
छक्क परेँ म अझ दिनु पर्दा जवाफ ।
मेरो माया पाएर हुर्की गयो बिरुवा
मेवा दिँदै दिएन बनेँ म त हरुवा ।
यस्तो सुनी गथासो परेँ म त सकस
आएपछि समय भनेँ दिन्छ बकस ।
काम गर्ने मान्छेले दाम कल्ले पाएन
यस्तो प्रश्न गरेको चित्त बुझ्दै बुझेन
बगैँचामा लगेर फलफूल देखाई
चित्त बुझ्यो उनको माली दाइ भेट्टाई ।
०००
२०८०–०४–१० सिद्धार्थटोल, उदयपुर ।
नन्दलाल आचार्य
जहडा, उदयपुरमा आमा भगवती आचार्य बुवा विष्णुप्रसाद आचार्यकाे सुपुत्रका रूपमा २०३० साल असार २८ गते नन्दलाल आचार्यकाे जन्म भएको हाे ।
उहाँ हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बस्नुहुन्छ ।
शिक्षा बी.ए., बी. एड., एम.एड. नेपाली रहेको छ ।
पहिलो रचना कविता कवि इन्द्रकोटा सर्वश्री दैनिकमा, २०५४ र लघुकथा फ्याकिएका वस्तुको मूल्य’ २०६५, शब्दाङ्कुर मासिक रहेको छ । बालसाहित्यमा फुटकर कविता, कथा, एकांकी प्रकाशित छन् । बालसाहित्य लेखन सुरुआत २०५२ सालमा (समयका नव रंग) बाल एकांकी लेखन र मञ्चन ।
प्रकाशित कृति:-
️युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटक÷एकाङ्की सङ्ग्रह, २०६७
️गरुराहा’ उपन्यास– २०७६
️पुण्य कार्कीको कथाकारिता समालोचना सङ्ग्रह २०७७
️एक हाते जीवन निबन्ध सङ्ग्रह२०२१प्रकाशनको लहरमा
️इच्छुक–बकपत्र निबन्ध सङ्ग्रह
️टुक्के दिदी र उखाने दाइ’ बालएकाङ्की सङ्ग्रह
️सुनपानी लघुकथा सङ्ग्रह
️समय शल्यक्रिया’ कथा सङ्ग्रहपुरस्कार र सम्मान:-
काठमाडौंबाट राष्ट्रव्यापी ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’ ।
‘द्वन्द्व निवारण तथा शान्ति निर्माणमा प्रत्यक्ष सहयोग पुग्ने’ लेख लेखेबापत
‘साक्षरता नेपाल’ स्तम्भमा सर्वोत्कृत लेख लेखेबापत शिक्षक मासिक पत्रिका
मदरसा आशिनियाँ दारुल उलुम राजविराज–२, चनौरा र विद्यालय अध्यक्ष आशिन मियाँद्वारा शिक्षा, साहित्य, कला तथा संस्कृतिमा उत्कृष्ट योगदान गरेवापत २०७० भाद्रमा सम्मान ।
रौता–९, मुर्कुची, उदयपुरमा अवस्थित शेर्पा समाज र संस्थाका अध्यक्ष तेजनारायण शेर्पा ‘रञ्जन’ द्वारा शिक्षा, साहित्य, कला तथा संस्कृतिमा उत्कृष्ट योगदान गरेवापत २०६९ चैत्रमा सम्मान ।
विश्व नेपाली साहित्य महासंघद्वाराद्वारा २०७२ मा साहित्यिक योगदान वापत सम्मान ।
बाह्रौँ अन्तर्राष्ट्रय मैथिली सम्मेलन मुम्मईद्वारा २०७२ सालमा ’मिथिलारत्न’ विभूषणद्वारा विभूषित ।
भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिद्वारा २०७१ सालमा गोल्ड मेडलसहित ‘प्रशस्तिपत्र’ द्वारा विभूषित ।
आजको शिक्षा’ साप्ताहिक, काठमाडौंबाट निरन्तर स्तम्भ लेखे वापत प्रशंसापत्र प्रदान ।
सुरभि साहित्य प्रतिष्ठान, काठमाडौँले आयोजना गरेको राष्ट्रिय कथा प्रतियोगिता–२०७६ मा ‘आजकी सीता’ कथाले प्रथम पुरस्कार प्राप्त गरेको ।
बाह्रखरी राष्ट्रिय कथा प्रतियोगिता–२०७७ मा उत्कृष्ट कथा छनौटमा ‘बँधुवा’ कथा पर्न सफल ।
लघुकथा समाज, प्रदेश–१ को लघुकथा प्रतियोगितामा प्रथम ।
आधुनिक लघुकथा प्रतियोगितामा एघारौँ हप्ताको उत्कृष्ट लघुकथा सिर्जना सम्मान–२०७९
शब्दांकुर कथा प्रतियोगिता २०८० दोस्रो ।
लघुकथा समाज कोशी प्रदेशको साप्ताहिक प्रतिस्पर्धामा उत्कृष्ट २०८० ।
साहित्यका बारेमा कार्य– ‘सत्यसंयन्त्र’, सत्यापन ‘बालसंसार’, ‘शिक्षा–दीक्षा’, ‘मूलबाटो’, ‘प्रयास’ को सम्पादन ।संलग्नता :-
‘जनमत’ र ‘शब्दाङ्कुर’ साहित्यिक मासिक पत्रिकाको आजीवन सदस्य ।
सगरमाथा साहित्य परिषद् र
विश्व नेपाली साहित्य महासंघको आजीवन सदस्य ।
सगरमाथा साहित्य परिषद्को कार्यसमितिको सचिव ।
विश्व नेपाली साहित्य महासंघको विश्व कार्य समिति (२०१६–२०१९) को केन्द्रीय सदस्य ।
उदयपुर साहित्य कला प्रतिष्ठान, संस्थापक सदस्य हुनुहुन्छ ।nandalalacharya@gmail.com
No comments:
Post a Comment