Monday, June 5, 2023

दशकमा चौथो पटक उत्कृष्ट प्रतिनिधि पुरस्कार मनोहर पोखरेललाई -नन्दलाल आचार्य


दशकमा चौथो पटक उत्कृष्ट प्रतिनिधि पुरस्कार मनोहर पोखरेललाई
-नन्दलाल आचार्य

लघुकथा प्रतिष्ठान, नेपालका व्यवस्थापक मनोहर पोखरेल यस दशकमा चौथो पटक उत्कृष्ट प्रतिनिधि पुरस्कारले पुरस्कृत हुनुभएको छ ।
 
कुशलतापूर्वक मानव अधिकार अनुगमन, प्रलेखन, प्रसार र पीडितको न्यायका लागि काम गरेवापत उत्कृष्ट प्रतिनिधिबाट २०८० जेठ २१ गते जनकपुरधाममा पोखरेल पुनः पुरस्कृत हुनुभएको हो । 

पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता इन्सेक अध्यक्ष डा. कुन्दन अर्याल, प्रमुख अतिथि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल हुनुहुन्थ्यो । अतिथिहरुमा मुख्य न्यायधिवक्ता, प्रजिअ, एसपी, इन्सेकका कोषाध्यक्ष, सूचना अधिकारी, मधेस प्रदेश कार्यालयका संयोजक, प्रलेख अधिकृत, सहायक अधिकृत, कानुन व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मीहरु लगायत दर्जनौंको समुपस्थिति थियो ।

यसअघि २०७० सालमा काठमाडौंमा, २०७४ सालमा पूर्वाञ्चलको विराटनगरमा र २०७५ सालमा मधेस प्रदेशको जनकपुरधाममा पुरस्कृत हुने सौभाग्य मिलेको बताउनुहुन्छ मनोहर पोखरेल ।

२०७६ सालदेखि सुरु भएको महिनाको उत्कृष्ट पुरस्कारमा चार पटक पुरस्कार प्राप्त गरिसकेका पोखरेल मानवअधिकारका समसामयिक विषय र आधारभूत तहका मानिसहरूको अधिकारका सवालमा कलमचलाउनुका साथै पीडितको न्याय प्राप्तिका लागि वकालत गर्दै आउनुभएको छ । 

कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पद र शक्तिमा हुनेहरुले पछाडि पारिएकाहरुलाई शक्तिशाली बनाउन ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समानता, स्वतन्त्रता, मर्यादा मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानव अधिकार प्रति सरोकारवाला गम्भीर हुनुपर्ने बताउनुभयो ।











“मधेश प्रदेशको मानवअधिकार अवस्था” विषयमा बोल्दै सभामुख मण्डलले सरकारी साधन स्रोतलाई सीमित व्यक्तिले कब्जा गरेमा विद्रोह हुने समेत जनाउनुभयो ।

शासन व्यवस्था फेरिएर गणतन्त्र आएपछि जनताले मानवअधिकारको आभाष गर्न पाएको भन्नु हुँदै मानवअधिकारको पूर्ण पालनाका लागि शिक्षामा जोड दिनुपर्ने थप्नुभयो । शिक्षामा जोड दिएमा युगान्तकारी परिवर्ततन हुनसक्ने वकालत गर्दै सभामुख मण्डलले अधिकारसँगै कर्तव्य निर्वाह गर्नेतर्फ समेत हामीले पहल गर्नुपर्नेमा कुरामा जोड दिनुभयो । कार्यक्रममा मधेश प्रदेशका मुख्यन्यायाधिबक्ता बिरेन्द्र ठाकुरले सामाजिक सुधारको सुचकांकलाई कायम राख्न मानवअधिकारको पूर्ण पालना जरुरी रहेको बताउनुभयो । उहाँले मानवअधिकार पालनाको अवस्थामाक्रमशः सुधार आएको र प्रदेशका कारागार, प्रहरी हिरासतहरुको अनुगमन गरेको चर्चा गर्नुभयो । धनुषाका प्रमुख जिल्लाअधिकारी काशीराज दाहालले मानवअधिकारको उल्लघंन नहुनेगरी स्थानीय प्रशासनले सजगभएर कामकाज गरिरहेको जिकिर गर्नुभयो ।

पुरस्कृत पोखरेल मानवअधिकारका क्षेत्रमा जुझारु व्यक्तित्व देखाएर उत्कृष्ट कार्यसम्पादन गरे वापत पुरस्कृत हुनुभएको हो । उहाँ समेत रहनुभएको लघुकथा प्रतिष्ठान, नेपालले दिनहुँ फेसबुक समूहमा लाइभ लघुकथा वाचन, विश्लेषण तथा प्रशिक्षणको कार्य गर्दै आएको छ । ती सबै कार्यक्रमको भिडियो युटुभमा भण्डारण गरी आउँदा पुस्ताका लागि समेत समुचित खुराक दिलाउने कार्य गर्दै आएको छ ।
मलन समूह अर्थात मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्यको विशेष सक्रियतामा कार्यक्रम हुने गर्दछ । हाल दर्जनौँ व्यक्तिले लघुकथा लेखन, वाचन, विमर्श तथा टिप्पणी गर्दै आउनुभएको छ ।

प्रतिष्ठानले सन्दर्भ नामक लघुकथा प्रधान अनलाइन डिजिटल पत्रिका समेत सञ्चालन गर्दै आएको छ । विभिन्न सन्दर्भमा सर्जकहरुलाई सम्मानोपहार प्रदान गर्दै सम्मान जनाउने गरेको छ । नेपाली लघुकथाको विकासमा प्रतिष्ठान सक्रिय अवस्थामा छ । स्थापना २०७८ साल कार्तिक ३ गतेदेखि नै हालसम्म ७९५ औँ श्रृंखला पार गरिसकेको छ । निकट भविष्यमै अर्थात कुशेऔँसीसम्मको समयसीमा दिई मातापिता सम्मान दिवसको अवसरमा जुनसुकै विषयमा कालजयी लघुकथा लेखन प्रतियोगिता सञ्चालन गरेको छ । हालसम्म अढाई दर्जन लघुकथा आएको र समयसीमाभित्र १५० को हाराहारीमा कालजयी लघुकथा आउने कुरा संस्थापक तथा व्यवस्थापक लक्ष्मी रिजाल बताउनुहुन्छ ।
यस अघि अपांग सन्दर्भ, सहिद सन्दर्भ, जातिय छुवाछुत उन्मुलन सन्दर्भ, नारी दिवस सन्दर्भमा प्रतियोगिता सञ्चालन भइसकेको छ ।  सन्दर्भ पत्रिका पनि तिनै सन्दर्भमा प्रकाशन भई ३० भन्दा अधिक मुलुकमा पुगिसकेको अवस्था छ । हाल तीन हजार सदस्य रहेको प्रतिष्ठानले आउँदो वार्षिकोत्सवसम्ममा पाँच हजार सदस्य संख्या पुर्याउने र गुणस्तरमा समेत आमूल परिवर्तन गर्ने गरी कार्य गर्दै आएको अर्का व्यवस्थापक अक्षान्त बताउनुहुन्छ ।
 





























































































No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...