१. लघुकथा श्रृङखला नम्बर- ७९८
२. मिति - २०८०/०२/२६ शुक्रबार ।
३. समय- रातको ठीक ६ः३०–७ः३० बजेसम्म ।
४. प्रस्तोता- शारदा दहाल भण्डारी
५. लघुकथा प्रशिक्षक- खेमराज पोखरेल
लघुकथा सह-प्रशिक्षक-
६. फेसबुक लाइभ र युटुभ च्यानलको लागि आधिकारिक स्थान - लघुकथा प्रतिष्ठान, नेपाल
७. संस्थापक/व्यवस्थापक- मलन समूह
+++मनोहर पोखरेल +++लक्ष्मी रिजाल+++ नन्दलाल आचार्य
लघुकथाक्रम---
१. लघुकथा-दान -निरज काेइराला
२. लघुकथाः व्यस्तता -मनीषकुमार शर्मा ‘समित’
३. लघुकथा : हे भगवान -शुक्रराज कुँवर
+++
१. लघुकथाः दान -निरज काेइराला
नवराज पण्डितले गरुढ पुराण सुरु गरेकाे आज पाँचाैँ दिन । पाँच दिनदेखि सैयाैँ बृद्ध ब्यक्तित्व बडाे ध्यानले सुन्दै थिए ।
पुराण सकिनासाथ हितानन्दले साेधिहाले, "पण्डित बाबु तपाईं अविवाहित कलिलाे पण्डित कथा चैँ राम्राेसँग भन्नु भयाे तर अरु पण्डितले जस्ताे दान दक्षिणामा जाेड दिनुभएन नि ?" नव पण्डितले जवाफ फर्काए, "दानकाे बिषयमा जजमानले महापात्रलाई दशांसकाे एकांशभन्दा कम मात्र दान गर्न पाउँछन् र महापात्रले प्राप्त दानकाे दशांस पूनः दान गर्नुपर्छ । खुसी दान महा कल्यान, कर लगाएर दान लिँदा ब्राह्मणलाई नै पाप लाग्छ ।"
"अनि यति दानकाे कुरा पनि पुराणमा गर्नुभएन त ?" सचिदानन्दले साेध्दै थिए । नवपण्ढितले भने, "म कुनै महापात्र हाेइन म दान लिन्न तर मैले मेराे पारिश्रमिक मात्र लिन्छु जसकाे कुरा भइसकेकाे छ ।" हितानन्दलाई झन खुल्दुली भएर साेधे,"पण्डित बाबु हामीले दान दिन चाहँदा चै कसलाई दिनु त ?"
पण्डितले भने, "जसलाई जे अभाव छ त्यसकाे दान दिनु । सित्तैमा पाए अलकत्रा खाने, भेटेँ भन्दैमा भैँसी दान लिने, मानव हाेइन ।" २०८०/०२/२२
+++
२. लघुकथाः व्यस्तता -मनीषकुमार शर्मा ‘समित’
“हैन भाइ सडक नियम थाहा छैन ? किन यसरी बिचबाट बाटो काटेको ?”
पचास मिटर अगाडि रहेको जेब्रा क्रसि्ङ्ग छाडेर बिचैबाट हत्तारिएर बाटो काटिरहेको बटुवालाई रोक्दै सोधेँ ।
“मलाई अलि हतार छ के दाइ ।” उसले हत्तारिँदै जवाफ दिएर गयो ।
व्यस्त सहरको फुर्सदिलो दिमागले सोच्न थाल्यो - ‘हुन त हो यो सहरमा सबै हतारोमा छन् । मै मात्र फुर्सदिलो रहेछु । अनाहकमा प्रश्न गरेर उसको समय खर्च मात्र गरेँ ।’
केही अगाडि माइकले भ्रष्टचार विरुद्धको चर्को भाषण ओकल्दै थियो । म पनि व्यस्तता देखाउन दर्जनौं मानिसहरूको भिडमा ठाडो घाँटी लगाउन थालेँ । म भन्दा अघिल्तिर हत्तारिएको अनुहार पनि ठाडो घाँटी लगाइरहेको थियो ।
“भाइ तिमी पनि यतै ? अघि त निकै हतारोमा थियौ त ?”
मलाई देखेर उ फिस्स हाँस्यो र फेरि त्यो भिडमा कतै हरायो । लगत्तै दुई जवानहरूले मलाई च्याप्प समाए । के? किन? भनि प्रतिवाद गर्न नपाउँदै एक जवानले मोबाइलबाट सूचना दिइहाल्यो -
“जय नेपाल हजुर । हिजो हजुरको पाकेटमा कैची चलाउने मुख्य व्यक्ति त फेला पार्न सकिएन तर उसको पार्टनरलाई समाउन सफल भयौं ।”
मध्यपुर ठिमी, भक्तपुर
+++
३. लघुकथा : हे भगवान -शुक्रराज कुँवर
राज र नमिताले विवाह पश्चात पहिले आफ्नो 'करिअर' बनाउने भनेर बालबच्चा प्रति खासै ध्यान दिएनन् । पाँच छ वर्ष पछि जब रहर गरे ,उनीहरुको बच्चा भएन । शहर गएर दुबैले चिकित्सकिय परामर्श सहित स्वास्थ्य परीक्षण गराए ।
स्वास्थ्य परीक्षण रिपोर्टले नमितामा बाँझोपन रहेको पुष्टि
गर्यो ।नमितालाई यो कुरा कसरी सुनाउने ? राज बिलखबन्दमा थिए । एउटी नारी आमा बन्न नपाउँदाको पीडा कस्तो हुन्छ होला ? समाजले बाँझि आइमाई भनेर हेयको दृष्टिकोणले हेर्ला , यस्तो अवस्थामा नमिताको मनोदशा कस्तो होला ? यावत कुराले राजलाई अथाह पीडा दियो र उसले यथार्थता लुकाएर आफूमा दोष रहेको कुरा बतायो ।
दिनहरु बित्दै गए । सन्तान सुख आफ्नो भग्यमा नभएको भनेर दुवैले शुरुमा चित्त बुझाए तर बिस्तारै यस वियषलाई लिएर उनीहरु बिच खटपट र व्यवहारमा पनि रुखोपन आउन थाल्यो। वास्तविकता अर्कै थियो तर नमिताले एक दिन झर्कदै " नामर्दको स्वास्नी हुनु भन्दा त बरु मर्दको कमारी बन्नु जाती " भनेर प्याच्च भनिन् ।
आफूले असाध्य माया गरेको मान्छेको कटुवचनले राजको
मन नराम्रो गरि कुँडियो ।
कार्यालयको कामको सिलसिलामा राज शहरमा थिए ।
मन खिन्न थियो । साँझपख टहलिदै पार्क तिर घुम्न गए । पछाडिबाट कुनै नारी स्वरले 'राज' भनेर पुकार्यो । फर्केर हेरे , पूर्व प्रेमिका शर्मिला थिइन् ।
दुवै हर्ष विभोर भए । दुःख सुखको लामो कुराकानी भयो । कुरैकुरामा राजको मुटु हल्लिने गरि शर्मिलाले भनिन् - " राज मेरो बिहे हुँदा हाम्रो प्यारको निशानी मेरो पेटमा आइसकेको थियो । त्यो मलाई मात्र थाह थियो । बुवाले जबरजस्ती अर्कै केटा सङ्ग विवाह गराइ दिनु भयो । सायद भगवानलाई त्यो विवाह मान्य थिएन होला । बिहे भएको एक महिना नपुगदै म एकल भएँ ।
" उ त्यहाँ पर खेल्दै गरेको बच्चा छ नि , त्यो तिम्रै बच्चा हो राज ! मेरो जिउने आधार " ।
२०८०/०२/१९
धरान १० बभद्रपथ , सुनसरी ।
No comments:
Post a Comment