शनिबारे लघुकथा प्रशिक्षण कार्यक्रमको रूपरेखा -७९९ गोपाल, सुरेश, तुलसी. रेशाली, रमेन्द्र, सानोबाबु
१. लघुकथा श्रृङखला नम्बर- ७९९
२. मिति - २०८०/०२/२७ शनिबार ।
३. समय- रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।
४. प्रस्तोता- कृष्ण तिमिल्सिना सानोबाबु
५. लघुकथा प्रशिक्षक- रमेन्द्र कोइराला
लघुकथा सह-प्रशिक्षक-
६. फेसबुक लाइभ र युटुभ च्यानलको लागि आधिकारिक स्थान - लघुकथा प्रतिष्ठान, नेपाल
७. संस्थापक/व्यवस्थापक- मलन समूह
+++मनोहर पोखरेल +++लक्ष्मी रिजाल+++ नन्दलाल आचार्य
+++
७. शनिबार– रमेन्द्र कोइरालासँग कृष्ण तिमिल्सिना सानोबाबु (लघुकथा प्रशिक्षण) जेठ ०६,१३,२० र २७ गते भाग क्रमशः ७७८, ७८५, ७९२ र ७९९ (समय– रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।)
लघुकथाक्रम---
१. लघुकथा- लिला -गोपाल प्रसाद थपलिया
२. लघुकथा- बालहठ-सुरेशकुमार पाण्डे
३. लघुकथा : तलव --तुलसी पण्डित
४. Extra लघुकथा : त्रास -तिलक तारमी "रेशाली"
+++
१. लघुकथा- लिला —गोपाल प्रसाद थपलिया
“आजको दिन पनि बित्यो ! घरको काम सबै पूरा गर्नै सकिएन !”घर भित्रबाट सुवासिनी कराउँदै बाहिर निस्किइन।
“ आज के गर्न पाउनु भएन!” ठूलै स्वरले कराउँदै लिला सुवासिनीको घरतिर आउँदै थिइन।
“काम धेरै हुन्छ घरमा! भ्याइँदैन के गर्नु त लिला दिदी !” सुवासिनीले भनिन् ।
“ महिलाले पढोस् कि नपढोस् ! अफिस त छँदैछ! घरको काम सबै महिलाले गर्नै पर्छ के गर्नु ?सुवासिनी बहिनी!” लिलाले भनिन् !
“ फुर्सदिला र विवेकहिन केही महिलाहरू “महिला मुक्तिका बकम्फुर्से कुरा मात्र गर्छन” !ती सिन्को भाँच्दैनन् ! तिनै त हुन बिनाकाम नाम र दाम कमाउनेहरू ! लिला !दिदी !“
पहिले पहिले र कहिले कहिले ठीकै कुरा उठाए जस्तो लाग्थ्यो ! रेखीको पक्षमा बोलेको सुन्दा त अहिले त आफै मंचमा नै गएर तिनीहरूको भण्डाफोर गरौ जस्तो लाग्छ मलाई त,बहिनी!”
“त्यस्तो कुन कुरा हो र !? दिदी!”
“ तँपाईलाई रेखी र बर्जको मुद्दाको बिषयमा थाहा छैन ?बहिनी!
“त्यो त थाहा छ नि दिदी! त्यो त रेखी भन्ने केटी नै खतम् नि ! बर्षौ बर्ष बर्जसंग मोज गर्ने ! अनि पछि केमा चित्त बुझेन”मलाई बलत्कार गर्यो”भनेर मुद्दा हाल्ने हो त दिदी त्यसले!?
“अनि केही महिला नेत्री भन्नेहरू पनि कुनै कुरै नबुझि बर्जको बिरोध गरे !?माइक फुट्ने गरी कराए!
“पछि त मुद्दा फिर्ता लई नि त्यसले, कि होइन?, दिदी?!”
“हो नि,!बहिनी!
“आफै मन लाग्दी गर्ने ? आफ्नो स्वार्थ पूर्ती भएन भने “बलत्कार गर्यो”भन्ने ?!यस्ता महिलाहरूको कारणले गर्दा अन्यायमा परेका पीडित महिलाहररूले न्याय पाउन सकेका छैनन्,बहिनी!”
“ हो दिदी ! हो !जता पनि भ्रष्टहरू कै बिग्बिगी ! भूटानी शरणार्थीको नाममा नेपालीहरू बेच्ने को को रहेछन्?! ठूलैबडा महिलाहरूको पनि त हात रहेछ ! अरू कस्कस्को हात रहेछ त ?!” थाहा पाउनु भो नि ?! मान्छेका आशा र भरोसाहरू भताभुङ्ग पारिएका छन् ,देशैकै बेइज्जत हुने कामहरू यो देशका महान भनिएका पुरूष र महिलाहरूले मिलेरै गरेका छन् !रेखी पनि त्यस्तै हुन !यी सबै महिलाको नाममा कलंकहरू!”
“ सत्यको होइन गलतको जीत गराउन सत्तामा पुगेका मान्छेहरू आफै लागेका छन् त ! हामीले महिला भन्ने बितिक्कै तिनका पक्षमा लाग्ने होइन सत्य के हो त्यतातिर लाग्नु पर्छ! किन भने यहाँ “दूब्ला र निर्दोषहरू” माथि अन्याय भएको छ ! अपमान भएको छ ,बहिनी !”
२०८०/०२/ २३ गते जेठ मगलबार,काठमाडौ। ।
+++
२. लघुकथा- बालहठ-सुरेशकुमार पाण्डे
बाबा म यो सिटमा बस्दैन मलाई खिड्कीको पासमा बस्न मनपर्छ-आठ वर्षिय छोरी नितीले जिद्धगर्दै भनी ।'
छोरी यो त हाम्रो नाममा बुक भइसकेको छ। अब त हामी यिनै सिटमा बस्नुपर्छ- ब्बरले छोरिलाई सम्झाउँने प्रयास गय्रो'
नाई म बस्दिन! म बस्दिन -नितीले धेरैजिद्ध गरेपछि ब्बर हैरान भयो र टिटी सँग सल्हा गर्छ।
'सर यदी कुनै सँग आपसमा अद्ली बद्ली गर्न सक्नुहुन्छ भने गर्नुस् हामिलाई कुनै एतराज हुनेछैन।तर अरू त अहिले कुनै उपाय छैन!- टिटीले सुझायो'
उनिहरू बाबा छोरी कटक जानुथियो छोरीको हातमा एउटा असमान्य फोडाथियो त्यो जचाउँनको लागी डाक्ट्र सँग अप्वाइंटमेंट लिएकाथिए।
छोरीको जिद्धबाट हारेर उनि बोगिहरूमा सोध्दै जांदा अली परको कोचमा बसेका दुइजनाले सिट बदल्न तैयार भए केही बोगिहरू छाडेर अलिपरका डिब्बामा बसे। एकछिन पछि कोरिमण्डल रेल भिषण दुर्घट्नाग्रस्त भयो बालसरायमा।
जुन डिब्बा उनिहरूले छाडेका थिए त्यो नराम्रैगरी क्षतिग्रस्थ भयको थियो।
यो घटनामा एक हजार भन्दा बढी घायल र २७५जनाको मृत्यु भएकोथियो।तर उनि बाबा छोरीहरू सकुसल थिए।
कहिले कसो बालहठले पनि ज्याँन जोगाउँदो रहिछ- 'ब्बरले मनैमन छोरिलाई धन्यवाद दियो।'
दाङ घोराही १८
०७-०६-२०२३
+++
३. लघुकथा : तलव -तुलसी पण्डित
्आमाको अनुहारमा एक्कासी खुशी छायो । अब केही हुन्छ । उनले खुशी हुँदै भनिन् । "बाबु तिम्रो तलब बढ्यो अरे । अब घरमा केही राहत हुने भयो । सबै जोरीपारी पनि जिल्लिएका छन् । कतिले विरोध गरेका छन् । जेहोस् विरोध गरे पनि के लाग्छ र । सरकारले गरेको निर्णय । बोले पछि बोल्यो बोल्यो । "
आमाको यस कुराले छोरोको अनुहारमा खासै चमक आएन ।उसले सिर्फ बोल्यो । "आमा केही दिनपछि थाहा पाउनु हुनेछ ।" आमा जिल्ल परिन् ।
समय बित्यो । छोराले बढेको तलव सहित पैसा आमालाई ल्याएर दियो । आमा सधै पाउने तलबमा दुई हजार बढी पाएर मख्ख परिन् । यो दुई हजार बढीले घर परिवारलाई कपडा ल्याई दिन्छु । आमा बजार पुग्नु भयो । सधै घरमा लाने गरेको सामान यथावत किन्नु भयो । साहुजीले बिल दिए ।
"हैन साहुजी मैले सधै लाने गरेको सामान यथाबत रुपमा किनेको छु । किन यो पन्ध्र सय बढी भयो ?"
"ल आमाले थाहा पाउनु भएको रहेनछ । कर्मचारीको तलब बढ्यो नि । "
+++
४. Extra लघुकथा : त्रास -तिलक तारमी "रेशाली"
"मलाई किन यहाँ ल्याएको ? " अनिताले सुन्दरसँग प्रश्न गरी।
"गहना किन्न नि ! लौ रोज, तिमीलाई जे जे मन पर्छ - त्यही त्यही ।" सुन्दरले तिलहरी, हार, नौगेडी, चुरी, झुम्कना ... इत्यादी सबै एक एक गर्दै देखायो।
सुन्दर एक धनाढ्य बाउको छोरो थियो। उसको र अनिताको बिहे हुँदै थियो। लगनगाँठोको दिन नजिकिदैं थियो। उसले अनितालाई एउटा सुन पसलमा लगेको थियो। उसले बेहुलीलाई सुनको गहनाले झकिझकाउ गराउन चाहन्थ्यो।
"मलाई कुनै गहना चाँहिदैन्।" अनिताले अनिच्छा व्यक्त गरी।
"के भनेकी तिमीले ? बिहेमा नलगाए कहिले लगाउने त ? समाजको अगाडी देखाउनु परेन ? मेरो इज्जतको सवाल छ।" सुन्दरले कर गर्यो।
"गहनाले त जीवन असुरक्षित हुन्छ नि ! के तिमी मेरो सुरक्षा चाँहदैनौ र ? " अनिताले मनको कुरा ओकेली।
बुटवल - ११, रुपन्देही
२२ जेठ, २०८०
++++
No comments:
Post a Comment