Sunday, June 18, 2023

नेपाली प्रश्नपत्रनमुना प्रश्न कक्षा ः १० विषय ः नेपाली पूर्णाङ्क ः ७५

नेपाली प्रश्नपत्रनमुना प्रश्न
कक्षा ः १० 
विषय ः नेपाली पूर्णाङ्क ः ७५ 
समय ः ३ घण्टा 
दिइएका सबै प्रश्न अनिवार्य छन् । 

१. समूह ‘क’ मा दिइएका शब्दको अर्थ समूह ‘ख’ बाट पहिचान गरी जोडा मिलाउनुहोस् ः (२) 

समूह ‘क’ समूह ‘ख’ 
लबज प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष 
व्यग्र खराब नतिजा 
इख अनुकरण, हाउभाउ 
आभा व्याकुल, विह्वल 
कुनै वस्तु आदिमा देखा पर्ने चमक 
बोली 
२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् ः (२) 

हामी बसोबास गर्दै आएको यस जगत्मा पनि नदी, वृक्ष, सूर्य, चन्द्र सबैले कसैलाई केही न केही दिई परोपकारी कार्य गरेर कर्तव्य पूरा गरेका छन् । नदीले जल दिएर, वृक्षले फलपूmल दिएर, सूर्यले ताप दिएर र चन्द्रमाले शीतलता दिएर आप्mनो कर्तव्य पूरा गरेका छन् । यसबाट कर्तव्यपालन प्राकृतिक, नैसर्गिक र महान् कुरा हो भन्ने पुष्टि हुन्छ । अधिकारको मोलतोल त कमजोरको झुन्डमा मात्र हुन्छ । 
(क) ‘संसार’ को पर्यायवाची शब्द ............... हो । 
(ख) ‘तुच्छ’को विपरीतार्थी शब्द ............... हो । 
(ग) ‘व्यक्ति वा वस्तुको जमात’ बुझाउने शब्द ............... हो । 
(घ) अनेकार्थी शब्द...............हो । 

३. दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ः (२) 

गङ्गाधर आँखामा राखे पनि नबिझाउने खालका मानिस थिए । उनी आपूm भलो त जगत् भलो भन्ने सोच राख्ने मानिस थिए । गाउँमा कसैले अन्याय ग¥यो भने वरिपरि दश गाउँका दुनियाँ उनैको ढोकामा फिराद गर्न आइपुग्थे । उनको शासनकालमा कसैले कसैलाई सताउन पाएन । 

४. (क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् ः (१) 

(क) (अ) सीतोष्ण (आ) शीतोश्ण (इ) शीतोष्ण (ई) शीतोस्ण 
(ख) (अ) बुलबुल (आ) बुलवुल (इ) वुलबुल (ई) वुलवुल 

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् ः (२) 

प्राचिन ऋषिमुनिले अनेकौँ सभ्यता संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योती संसार भर फिँजाए र मेरो देशको शिक्षालाई आलोकित पारे । 

५. दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस्् ः(३) 
बिहान नास्ता गरेर म कार्यालय निस्कन्थेँ । पकाउने काम पूर्णतया आमाका भागमा परेको थियो । म कार्यालयबाट फर्कँदा साँझ अबेर हुन्थ्यो । शरद् र शिशिरका छोटा दिनमा त रात नै पथ्र्यो 

६. दिइएका प्रश्नको उत्तर दिनुहोस् ः (२+२ = ४) 
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रव्रिmयासमेत देखाउनुहोस् ः 
आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान हुँदै आएको छ । यसलाई व्यापक र व्यावहारिक बनाउने उद्देश्यका साथ विभिन्न शैक्षिक संस्था स्थापना भएका छन् । त्यहाँ उपचार गर्न गाउँले र सहरिया मानिस आउँछन् । 

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रव्रिmयासमेत देखाउनुहोस् ः 
हामी सबै दाजु र भाइ, दिदी र बहिनी तथा आमाबुबा मिलेर आआप्mना घर तथा करेसाबारीको राम्रोसँग सरसफाइ गरेनौँ भने घरमा लामखुट्टे लाग्न सक्छ । लामखुट्टेको टोकाइबाट विभिन्न रोग लाग्न सक्छन् । यसको टोकाइबाट बच्न घरभित्र र घरबाहिर पानी जम्न 

दिनु हुँदैन । भ्mयाल र ढोकामा जाली राख्ने, झुलको प्रयोग गर्ने तथा लामा लामा बाहुला भएका कपडा लगाउने हो भने लामखुट्टेको टोकाइबाट केही मात्रामा बच्न सकिन्छ । 

७. दिइएको अनुच्छेदलाई अपूर्ण भविष्यत् कालमा परिवर्तन गर्नुहोस् ः (२) 
विनोद सबेरै उठ्छन् । उनी आप्mनो नित्यकर्म सकेर केहीबेर पत्रपत्रिका पढ्छन् । उनी आमालाई भान्छाको काममा सघाउँछन् ।उनी खाना खाएर समयमै विद्यालय जान्छन् । 

८. वmुनै एक प्रश्नको उत्तर दिनुहोस् ः (२) 
(क) सम्भावनार्थकका फरक फरक व्रिmयापद प्रयोग गरी चार वाक्यमा आफूले भविष्यमा गर्ने भ्रमणकाबारेमा वर्णन गर्नुहोस् । 
(ख) दिइएका प्रथम पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् ः 
म विद्यार्थी हुँ । मेरा धेरै साथी छन् । हामी विद्यालयमा विभिन्न विषय अध्ययन गर्छौँ । मलाई सामान्य ज्ञानतर्फ विशेष रुचि छ । 

९. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्यपरिवर्तन गर्नुहोस् ः (४) 
(क) दुई दिन घुमेपछि म घर फर्कन्छु । (वाक्य विश्लेषण) 
(ख) आपूm त देशका डाँडाकाँडा घुमिन्छ । (कर्तृवाच्य) 
(ग) तिमी कथा पढ्दै छौ । (प्रेरणार्थक) 
(घ) सबैले असल काम गर्नुपर्छ भनी गुरुले भन्नुभयो । (प्रत्यक्ष कथन) 

१०.दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ः (४) 
भाषा कुनै पनि देशको अमूल्य सम्पदा हो । एउटा भाषा लोप हुनु भनेको त्यो देशको एउटा सम्पदा नासिनु हो । त्यसैले आप्mनो देशको भाषिक सम्पदा जोगाउन राज्यले पनि पहल गर्नुपर्छ । विभिन्न मातृभाषाको प्रयोगबाट त्यस देशमा बहुसांस्कृतिक र बहुभाषिक सौन्दर्य भित्रिन्छ । भाषालाई जीवित बनाउन राज्यको पहल र उक्त भाषाका वक्तामा भाषाप्रतिको सचेतता र प्रयोग गर्ने इच्छाशक्ति आवश्यक हुन्छ । यसको आशय भाषा जीवन्त हुन सम्बन्धित वक्ता वा समुदायले आप्mनो मातृभाषा बोल्नै पर्छ भन्ने हो । यसरी हरेक व्यक्तिले आआप्mनो मातृभाषा बोल्दा मात्र त्यो भाषा बाँच्छ । हरेक मातृभाषा भाषी वक्ताहरूले अरू भाषाको प्रभावमा परेर आप्mनो भाषा बोल्न 
ऋगचचष्अगगिm म्भखभयिऊभलत ऋभलतचभ 
छाडे भने त्यो भाषा व्रmमशः हराउँदै जान्छ । त्यो भाषा लोप हुने खतरा रहन्छ । मातृभाषीले आप्mनो भाषा बोल्न छाडेर अर्को भाषा बोल्दै जाँदा संसारका धेरै भाषा लोप भएका छन् । यस्तो अवस्थामा भाषाको प्रयोग विस्तार, शब्दकोश तथा व्याकरण निर्माण गरेर सम्बन्धित मातृभाषालाई समृद्ध बनाउन सकिन्छ । 
प्रश्नहरू 
(क) ‘आप्mनो भाषा बोल्न छाडे भने त्यो भाषा व्रmमशः हराउँदै जान्छ ।’ यस वाक्यलाई अकरणमा बदल्नुहोस् । 
(ख) रेखाङ्कित ‘वक्तामा’ शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् । 
(ग) ‘हरेक व्यक्तिले आआप्mनो मातृभाषा बोल्दा त्यो भाषा बाँच्छ ।’ यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् । 
(घ) ‘वक्ता वा समुदायले आप्mनो मातृभाषा बोल्नै पर्छ ।’ यस वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् । 

११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ः (४) 
बालबालिका शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुने हुँदा उनीहरूलाई विशेष स्याहार र सुविधाको आवश्यकता पर्छ । उनीहरूलाई संरक्षण र बाँच्नका लागि चाहिने आधारभूत कुराको व्यवस्था गर्नुपर्छ । उनीहरूलाई शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवा पु¥याउनुपर्छ ।यसका साथै खेल, मनोरञ्जन र आराम गर्न पनि दिनुपर्छ । उनीहरूलाई माया स्नेह दिनुपर्छ अनि हेला दुव्र्यवहार र शोषणबाट जोगाउनुपर्छ । शान्ति, समझदारी र सुरक्षापूर्ण वातावरणमा असल शिक्षा हासिल गर्दै स्वस्थ भएर आप्mनो बाल्यकाल बिताउन पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो । बालअधिकार भनेको बालबालिकालाई सामाजिक असुरक्षा, अशिक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनबाट संरक्षण प्रदान गर्दै तिनको बालापन सुनिश्चित गर्नु हो । बालबालिका स्वयम्ले आप्mना अधिकार लिन नसक्ने हुँदा उनीहरूको अधिकार संरक्षण गर्नु वयस्कहरूको दायित्व हो । सङ्क्षेपमा भन्नुपर्दा बालअधिकार भनेको बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकासको अधिकार र आप्mना बारेमा गरिने नीति निर्माण तथा सामाजिक गतिविधिमा सहभागी हुन पाउने अधिकारको समष्टिगत रूप हो । सोहीअनुसार बालअधिकारसम्बन्धी महासन्धि राष्ट्रराष्ट्रबिचको एक सम्झौतापत्र पनि हो । 
प्रश्नहरू 
(क) बालबालिकालाई किन विशेष सुविधा आवश्यक पर्छ ? 
(ख) बालअधिकार भनेको के हो ? 
(ग) बालबालिकाका नैसर्गिक अधिकार के के हुन् ? 
(घ) बालअधिकारको संरक्षण कसरी गर्न सकिन्छ ? 
ऋगचचष्अगगिm म्भखभयिऊभलत ऋभलतचभ 

१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः (४) 
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् ः 
नाम ः तारादेवी श्रेष्ठ 
जन्म ः वि.सं. २००२ माघ २ 
जन्मस्थान ः इन्द्रचोक, काठमाडौँ 
मातापिता ः राधा कार्की र कृष्णबहादुर कार्की 
शिक्षा ः इलाहावादबाट सङ्गीतमा विसारद प्राप्त गरेकी 
— सङ्गीतकार भैरवबहादुर थापाको सङ्गीतमा ‘तिम्रो एक नजरको सिकार हुँ’ गीत गाएर गायन यात्रा सुरु गरेकी 

— रेडियो नेपालमा गायिकाका रूपमा लामो समय काम गरेकी 
— थुप्रै कर्णप्रिय गीत गाएर नेपालीका मनमा बस्न सफल भएकी 
— राष्ट्रिय गौरव र जातीय स्वाभिमान बढाउने खालका गीत गाएकी 
— कालजयी गीत गाएका कारण जीवन सार्थक र अमर तुल्याएकी 
— छिन्नलता पुरस्कार, जगदम्बाश्री पुरस्कारबाट सम्मानित 
— वि.सं. २०६२ माघ ८ गते काठमाडौँमा निधन 


(ख) मानिस बलवान् कि प्रकृति बलवान् ? भन्ने शीर्षकको प्रकृति बलवान् भन्ने पक्षमा वादविवादको नमुना तयार पार्नुहोस् । 

१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः(४) 

(क) सार्वजनिक स्थलमा थुप्रिएको फोहोर समयमै व्यवस्थापन गर्न अनुरोध गर्दै आप्mनो वडाका वडाध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् । 
(ख) आप्mनो विद्यालयले आयोजना गरेको कुनै खेलकुद कार्यव्रmमको समाचार तयार पार्नुहोस् । 

१४. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् ः (२) 
नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले झरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्झँदा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । सरकारी कार्यालयबाट सेवाग्राहीले मुस्कानसहितको सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको ठहर्छ । यसरी एकअर्काले आआफ्नो स्थानबाट कर्तव्य निर्वाह गर्दा समाज सभ्य र व्यवस्थित हुन्छ । त्यसैले कर्तव्यपालन अधिकारप्राप्तिको लक्ष्यभन्दा विशिष्ट छ । 

१५. दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् ः (३) 
परापूर्व कालदेखि यस पवित्र भूमिमा रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग हातेमालो गर्दै मेरो देशको शिक्षाले सुन्दर यात्रा गरेकै छ । नेपाली माटामा सुन फलाउन यसरी प्राचीन कालदेखि ज्ञानको खानी रहेको मेरो देशको शिक्षा आज आधुनिक वैज्ञानिक शिक्षा प्रदान गर्न आतुर छ । त्यसो त मेरो देशले आफूमा परापूर्व कालदेखि रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग एकैसाथ सहयात्रा गरेकै छ । नेपाली माटामा सुन फलाउने गरी व्यावसायिक र आधुनिक कृषि शिक्षा दिन मेरो देशको शिक्षामा अझैँ लगानी र पहुँच विस्तारमा जोड दिनुपर्छ । मुलुकका उत्पादनलाई विश्वबजारमा पस्कने गरी हाम्रा विद्यार्थी उत्पादनलाई संसारमा चिनाउन सक्षम हुने परिस्थिति पैदा गर्नु जरुरी छ । 
 
१६. दिइएका प्रश्नको उत्तर दिनुहोस् ः (४+४ = ८) 
(क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ः 
पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथेँ 
तराई भन्छ सिँचाइ पाए म सुन झुलाउँथे 
के छ र गाह्रो होस्टेमा हैँसे सबैले मिलाए 
सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए । 

प्रश्नहरू 
(अ) हामी कसरी देश विकास गर्न सक्छौँ ? 
(आ) माथिको कवितांशको मूल भाव लेख्नुहोस् । 

(ख) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ः 

लक्ष्मीप्रसाद देवकोटा ३४ वर्षको उमेरमा नेपाली भाषानुवाद परिषद्मा नेपाली पुस्तक लेखकका रूपमा जागिरे भए । यो जागिरे अवधि उनको लेखन यात्राको स्वर्णकाल रह्यो । यसै समयमा उनले उत्कृष्ट खालका महाकाव्य र खण्डकाव्यका साथै थुप्रै कविता, गीत, बालकविता, कथा, निबन्ध रचना गरे । देवकोटाको महासागरजस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ? मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि व्रmान्तिको आगो सल्कँदै थियो, त्यति वेला उनले पनि विद्रोहको बाटो समाते, उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनी घरपरिवार कसैलाई थाहा नदिई वनारसतर्पm प्रबासिए । त्यहाँबाट निस्कने युगवाणी पत्रिकामार्पmत निरङ्कुशताविरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके । 
प्रश्नहरू 
(अ) देवकोटाको जागिरे अवधिलाई किन स्वर्णकाल भनिएको हो ? 
(आ) निरङ्कुशताविरुद्धको आन्दोलनलाई देवकोटाले कसरी सहयोग गरे ? 

१७. नेपालमा आयुर्वेद चिकित्सा पद्धतिलाई व्यवस्थित एवम् लोकप्रिय बनाउन के के गर्नुपर्ला ?तर्क दिनुहोस् । (४) 
१८.कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् ः (४) 
(क) समर्पित भएका छन् जो सदा न्यायखातिर 
संसारमा उठेका छन् तिनैका विजयी शिर । 
(ख) दुवै छाक भोकै भएर भोकभोकै मर्नुपरे पनि आप्mनै गाउँमा मर्नु जाती । 
 
१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् ः(७) 

(क) दिइएको कथांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् ः 
कृष्ण रायले धेरैसँग सङ्गत गरेनन् तर जतिसँग सङ्गत गरे सबैलाई तिनीसँग बापवैरी साँध्ने कुनै न कुनै निहुँ दिए । कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो बैरी बनाउने साधन लुकिरहेको देखिन्छ । भोलिपल्ट यस घटनाको जाँच हुँदा पुलिसको इन्स्पेक्टरले तिनलाई सोध्यो, ‘तपाईँलाई कसैमाथि शङ्का छ ?’ कृष्ण रायले गम्भीर भएर उत्तर दिए, ‘रामे, केदार, युवक, गोविन्द पण्डित, कन्हैया मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली ... ।’ 

प्रश्न 
(अ) कृष्ण रायका मनमा उत्पन्न मानसिक उतारचढावलाई ‘शत्रु’ कथाका आधारमा समीक्षा गर्नुहोस् । 

(ख) दिइएको निबन्धांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् ः 
हामी दुवै चाहन्छौँ, एउटा त्यस्तो दुनियाँ सिर्जना गरौँ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् । झुल्याएर फुल्याउने, लर्काएर पर्खाउने यस्तो जालेमाले परम्परा नहोस् तर समस्या त उही हो, जतिसुकै बलियोसँग चाहे पनि हाम्रो यो चाहना चाहनेबित्तिकै पूरा हुँदैन, पर्खनुपर्छ । त्यसैले त म लस्याङलुसुङ गरेर भए पनि घरी यता धाउँछु, घरी उता धाउँछु, घरी यता हुन्छु, घरी उता हुन्छु, जम्स्याङजुम्सुङ गरेर भए पनि पर्खिरहेछु र तपाईँलाई पनि भन्दै छु, पर्खनुदेखि पट्टाउनु पलायनवादिता हो । 
प्रश्न 
(अ) ‘पख्नोस्’ निबन्धमा नेपाली समाजका कस्ता पक्षमाथि व्यङ्ग्य गरिएको छ, समीक्षा गर्नुहोस् । 

२०. कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् ः(७) 
(क) मेरो कर्तव्य 
(ख) विद्युतीकरण र उद्योग 
(ग) जैविक विविधता 
 
उत्तरपुस्तिका परीक्षण कुञ्जिका 

प्रस्तुत परीक्षण कुञ्जिका उत्तरपुस्तिका परीक्षणका लागि मार्ग निर्देशन मात्र हो । उत्तरपुस्तिका परीक्षणका लागि यो कुञ्जिका मूल आधार भए पनि परीक्षकले उत्तरको स्तर हेरी विद्यार्थीले दिएको उत्तरमा मौलिकता भएमा विवेक पु¥याई अङ्क प्रदान गर्नुहोस् । 

१. शब्दार्थ ः दिइएका शब्दको सही जोडा मिलाएमा प्रतिशब्द ०.५ का दरले २ अङ्क प्रदान गर्नुहोस् ः 
लबज बोली 
व्यग्र व्याकुल, विह्वल 
इख प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष 
आभा कुनै वस्तु आदिमा देखा पर्ने चमक 

२. शब्दज्ञान ः कोष्ठकमा दिइएका शब्दमध्ये मिल्ने शब्द छानेर खाली ठाउँ भरी पूरा गरिएको शुद्ध वाक्यलाई ०.५ का दरले २ अङ्क प्रदान गर्नुहोस् । 
(क) ‘संसार’ को पर्यायवाची शब्द जगत् हो । 
(ख) ‘तुच्छ’को विपरीतार्थी शब्द महान् हो । 
(ग) ‘व्यक्ति वा वस्तुको जमात’ बुझाउने शब्द झुन्ड हो । 
(घ) अनेकार्थी शब्द ताप हो । 

३. वाक्यमा प्रयोग 
दिइएको अनुच्छेदबाट आफू भलो त जगत् भलो उखान र अन्याय तथा फिरादमध्ये कुनै एक पारिभाषिक शब्द पहिचान गरेर अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गरेको भए र वाक्यको बनोट र शुद्धता विचार गरी शुद्ध वाक्यका लागि एक अङ्कका दरले जम्मा २ अङ्क प्रदान गर्नुहोस् । वर्णविन्यासमा देखिएका अशुद्धिमा स्वविवेक प्रयोग गर्नुहोस् । 

४. शुद्धीकरण 
(क) सही शुद्ध शब्द चिनेर लेखेको अवस्थामा प्रतिशुद्ध शब्द ०.५ का दरले १ अङ्क दिनुहोस् । 
(अ) शीतोष्ण (आ) बुलबुल 

(ख) प्रतिअशुद्धि सच्याएबापत ०.५ का दरले २ अङ्क प्रदान गर्नुहोस् । 
उत्तर ः प्राचीन ऋषिमुनिले अनेकौँ सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिँजाए र मेरो देशको शिक्षालाई आलोकित पारे । 

५. शब्दवर्ग ः रेखाङ्कित शब्दको शब्दवर्ग छुट्याई शुद्धसँग लेखेमा प्रत्येकको ०.५ अङ्कका दरले ३ अङ्क प्रदान गर्नुहोस् । 

म ः सर्वनाम 
निस्कन्थेँ ः व्रिmयापद 
कार्यालयबाट ः व्रिmयाविशेषण÷व्रिmयायोगी 
र ः संयोजक 
छोटा ः विशेषण 
रात ः नाम 

६. (क) अनुच्छेदबाट दिइएका जस्तै उपसर्ग र प्रत्यय लागेर बनेका दुई दुई शब्द चिनेर बनोटसमेत देखाई शुद्धसँग लेखेको अवस्थामा प्रतिशब्द ०.५ का दरले २ अङ्क प्रदान गर्नुहोस् । उपसर्ग लागेका र प्रत्यय लागेका भनेर तोकेको भने हुनुपर्ने छ । 

उपसर्ग लागेका शब्द (कुनै दुई शब्द र तिनको बनोट देखाएको हुनुपर्ने) 

अध्ययन ः अधि + अयन 
अध्यापन ः अधि + आपन 
अनुसन्धान ः अनु + सन्धान 
व्यापक ः वि+ आपक 
उद्देश्य ः उत् + देश्य 
विभिन्न ः वि + भिन्न 

उपचार ः उप + चार 

प्रत्यय लागेका शब्द (कुनै दुई शब्द र तिनको बनोट देखाएको हुनुपर्ने) ः 
व्यावहारिक ः व्यवहार + इक 
शैक्षिक ः शिक्षा + इक 
गाउँले ः गाउँ + ले 
सहरिया ः सहर + इया 

(ख) अनुच्छेदबाट एउटा समस्त शब्द खोजी विग्रह गरेको र एउटा विग्रहित शब्द पहिचान गरी समस्त शब्द बनाएमा शुद्धसँग समास र विग्रह गरिएका शब्दलाई प्रतिशब्द ०.५ का दरले २ अङ्क प्रदान गर्नुहोस् । 

समस्त शब्द (कुनै एक)ः 
आमाबुबा ः आमा र बुबा 
घरबाहिर ः घरको बाहिर 
लामखुट्टे ः लामा खट्टा छन् जसका 

विग्रहित अवस्थाको शब्द ः (कुनै एक) 
दाजु र भाइ ः दाजुभाइ 
दिदी र बहिनी ः दिदीबहिनी 
भ्mयाल र ढोका ः भ्mयालढोका 
लामा लामा बाहुला भएको कपडा ः लामबाहुले 

द्वित्व भएर बनेका शब्द ः 
सरसफाइ ः सफाइ + सफाइ 
आआप्mनो ः आप्mनो + आप्mनो 

७. दिइएका वाक्यलाई निर्देशन गरेबमोजिम परिवर्तन गरेको अवस्थामा प्रतिवाक्य ०.५ का दरले २ अङ्क प्रदान गर्नुहोस् । 

विनोद सबेरै उठ्दै हुने छन् । उनी आप्mनो नित्यकर्म सकेर केहीबेर पत्रपत्रिका पढ्दै हुने छन् । उनी आमालाई भान्छाको काममा सघाउँदै हुने छन् । उनी खाना खाएर समयमै विद्यालय जाँदै हुने छन् । 

८. (क) भविष्यमा आफूले गर्ने भ्रमणका बारेमाचार वाक्यमा वर्णन गरेमा वर्णविन्यास तथा वाक्य गठनको अवस्था हेरेर प्रतिवाक्य ०.५ का दरले २ अङ्क प्रदान गर्नुहोस् । 

(ख) प्रथम पुरुष कर्तालाई तृतीय पुरुष (ऊ, उनी, उहाँ)मा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गरेको भए वर्णविन्यास तथा वाक्य गठनको अवस्था हेरेर प्रतिवाक्य ०.५ का दरले अङ्क प्रदान गर्नुहोस् । 
ऊ विद्यार्थी हो । उसका धेरै साथी छन् । उनीहरू विद्यालयमा विभिन्न विषय अध्ययन गर्छन् । उसलाई सामान्य ज्ञानतर्फ विशेष रुचि छ । 

९. वाक्य परिवर्तन ः कोष्ठकमा दिइएका सङ्केतका सहायताले वाक्य परिवर्तन गरिएका शुद्ध वाक्यलाई १ अङ्कका दरले ४ अङ्क प्रदान गर्नुहोस् । 

उत्तर 
(क) म दुई दिन घुम्छु । म घर फर्कन्छु । 
(ख) म त देशका डाँडाकाँडा घुम्छु । 
(ग) शिक्षक तिमीलाई कथा पढाउँदै हुनुहुन्छ । 
(घ) गुरुले भन्नुभयो, “सबैले असल काम गर्नुपर्छ ।” 

१०. अनुच्छेद अध्ययन गरेर भाषिक संरचनासम्बन्धी सोधिएका प्रश्नको सही उत्तर दिएमा एउटा उत्तरको १ अङ्कका दरले ४ अङ्क प्रदान गर्नुहोस् । 

नमुना उत्तर 
(क) आप्mनो भाषा बोल्न छाडेनन् भने त्यो भाषा व्रmमशः हराउँदै जाँदैन । 
(ख) ‘वक्तामा’ ः अधिकरण कारक र सप्तमी विभक्ति 
(ग) उद्देश्य ः व्यक्तिले 
विधेय ः बाँच्छ 
(घ) वक्ता वा समुदायको मातृभाषा छ त्यसैले उनीहरूले बोल्नै पर्छ । 
११. बोध प्रश्नोत्तर (अदृष्टांश) 
अनुच्छेदबाट सोधिएका प्रश्नको मूल्याङ्कन गर्दा दिइएको अनुच्छेदमै आधारित भई प्रश्नअनुसार सही उत्तर लेखेको भए प्रत्येक सही उत्तरका लागि १ अङ्कका दरले जम्मा ४ अङ्क प्रदान गर्नुहोस् उत्तरको वाक्य गठन, भाषिक शुद्धता र वर्णविन्यास नमिलेको भए स्वविवेक प्रयोग गर्नुहोस् । 

१२. (क) जीवनी लेखन 
जीवनी लेखनको मूल्याङ्कनका लागि निम्नलिखित पक्षमा ध्यान दिनुहोस् ः 
(अ) विषयवस्तुको आदि, मध्य र अन्त्यको व्रmमिक संयोजन र शीर्षक ः १ 
(आ) विषयवस्तुको मौलिक प्रस्तुतीकरण शैली र वाक्य गठन ः २ 
(इ) भाषिक शुद्धता (वर्णविन्यास, लेख्य चिह्न तथा पदसङ्गति आदि) ः१ 

(ख) वादविवाद लेखन 
वादविवाद लेखनको मूल्याङ्कनका लागि निम्नलिखित पक्षमा ध्यान दिनुहोस् ः 
(अ) सम्बोधन, औपचारिकता एवम् विषय प्रवेश ः १ 
(आ) विषयवस्तुको विश्लेषण, तार्किकता तथा पुस्ट्याइँ र विपक्षीका तर्कको खण्डन ः २ 
(इ) वाक्य गठन एवम् भाषिक शुद्धता ः १ 

१३.(क) चिठी लेखन 
चिठी लेखनको मूल्याङ्कनका लागि निम्नलिखित पक्षमा ध्यान दिनुहोस् ः 
(अ) सम्बोधन, मिति, विषयसहित चिठीको आरम्भ, नाम, ठेगाना र खामको नमुना ः १ 
(आ) चिठीको मध्यभागमा सम्बन्धित विषयवस्तुको संयोजन र पुस्ट्याइँ ः २ 
(इ) वाक्य गठन तथा भाषिक शुद्धता (वर्णविन्यास, लेख्य चिह्न तथा पदसङ्गति आदि) ः १ 

(ख) समाचार लेखन 
समाचार लेखनको मूल्याङ्कनका लागि निम्नलिखित पक्षमा ध्यान दिनुहोस् ः 
(अ) समाचार लेखकको नाम(बाइ लाइन), मिति (डेट लाइन), समाचारको शीर्षक ः १ 
(आ) शीर्ष वाक्य, समाचार लेखनको शैली, घटनाव्रmमको संयोजन तथा प्रस्तुतीकरण ः २ 
 
(इ) वाक्य गठन तथा भाषिक शुद्धता (वर्णविन्यास, लेख्य चिह्न तथा पदसङ्गति आदि) ः १ 

१४. बुँदा टिपोट 
दिइएको गद्यांशका मुख्य मुख्य कुरा समेटी लेखिएका चारओटा बुँदाका लागि प्रतिबुँदा ०.५ का दरले २ (दुई) अङ्क प्रदान गर्नुहोस् । सामान्य भाषिक त्रुटिलाई स्वविवेक प्रयोग गर्नुहोस् । 

१५. सारांश लेखन 
दिइएको गद्यांशको मूलभाव समेटी लेखिएको सारांशलाई शुद्धता र वाक्य गठनसमेत विचार गरी ३ (तीन) अङ्क प्रदान गर्नुहोस् । सामान्य भाषिक त्रुटिलाई स्वविवेक प्रयोग गर्नुहोस् । 

१६. पाठगत बोध 
(क) सन्दर्भका रूपमा दिइएको कवितांश अध्ययन गरी दिइएका प्रश्नको ५÷६ वाक्यमा सही उत्तर लेखेको भए प्रत्येक प्रश्नको सही उत्तरका लागि २÷२ अङ्कका दरले ४ अङ्क प्रदान गर्नुहोस् । उत्तरको वाक्य गठन, भाषिक शुद्धता र वर्णविन्यास नमिलेको भए स्वविवेक प्रयोग गर्नुहोस् । 

(ख) सन्दर्भका रूपमा दिइएको निबन्धांश अध्ययन गरी दिइएका प्रश्नको ५÷६ वाक्यमा सही उत्तर लेखेको भए प्रत्येक प्रश्नको सही उत्तरका लागि २÷२ अङ्कका दरले ४ अङ्क प्रदान गर्नुहोस् । उत्तरको वाक्य गठन, भाषिक शुद्धता र वर्णविन्यासनमिलेको भए स्वविवेक प्रयोग गर्नुहोस् । 

१७. तार्किक उत्तर 
यस प्रश्नको उत्तर मूल्याङ्कनका लागि निम्नलिखित पक्षमा ध्यान दिनुहोस् ः 
(क) पाठगत सन्दर्भ र विषयवस्तु बोध १ 
(ख) सिर्जनशीलता, कल्पनाशीलता तथा विषयवस्तुको तार्किक पुस्ट्याइँ २ 
(ग) वाक्य गठन तथा भाषिक शुद्धता (वर्णविन्यास, लेख्य चिह्न तथा पदसङ्गति आदि) १ 

१८. व्याख्या 
(क) विषयवस्तु बोध र मौलिकता १ 
 
(ख) अर्थ विस्तार, पाठको विषयवस्तुसँग व्याख्येय अंशको तालमेल तथा निष्कर्ष २ 
(ग) वाक्य गठन तथा भाषिक शुद्धता (वर्णविन्यास, लेख्य चिह्न तथा पदसङ्गति) १ 

१९. सन्दर्भमा आधारित लामो उत्तरका लागि कथा÷कवितामध्ये कुनै एक र जीवनी÷निबन्ध÷एकाङ्कीमध्ये कुनै एक विधाबाट पाठगत अंश दिई प्रश्न सोधिने भएकाले दिइएको अंशलाई मूल आधार माने पनि समग्र पाठको विषयवस्तुमा आधारित भएर दिइएको उत्तरलाई विवेकपूर्ण ढङ्गले मूल्याङ्कन गर्नुपर्ने हुन्छ । तसर्थ, सन्दर्भमा आधारित लामो उत्तरको मूल्याङ्कनका लागि निम्न पक्षमा ध्यान दिनुहोस् ः 

(क) परिचय खण्ड (विधा, विषय प्रवेश) १ 
(ख) विषयवस्तुको ज्ञान, विश्लेषण र निष्कर्ष ३ 
(ग) प्रस्तुतीकरण शैली र मौलिकता २ 
(घ) वाक्य गठन, भाषिक शुद्धता (वर्णविन्यास, लेख्य चिह्न तथा पदसङ्गति) १ 

२०. निबन्ध लेखन 
निबन्ध लेखनको मूल्याङ्कनका लागि निम्न पक्षमा ध्यान दिनुहोस् ः 
(क) परिचय एवम् विषय प्रवेश १ 
(ख) विषयवस्तुको ज्ञान, आदि, मध्य र अन्त्यको व्रmमबद्ध संयोजन तथा निष्कर्ष ३ 
(ग) प्रस्तुतीकरण, मौलिकता २ 
 २०८० कक्षा १०

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...