असार महिनाको हरेक बिहीबार (लघुकथा प्रशिक्षण कार्यक्रम) प्रशिक्षक– पुण्य कार्की, संयोजक तथा प्रस्तोताद्वय– पं.ज्यो. तोयनाथ सुवेदी (मिति– २०८०–०३–०७ १४, २१, २८ ।। श्रृङ्खला– ६११, ६१८, ६२५, ६३२) (समय– ७ः३० बेलुका)
+++
बिहीबारे लघुकथा प्रशिक्षण-६११ (२०८०–०३–०७) तोयनाथ सुवेदी र पुण्य कार्की
+++++++++++++
लघुकथा प्रतिष्ठानको २०८०–०३–०७ गते बिहीबारको कार्यक्रम यस्तो छ–
१. कार्यक्रमको नाम– लघुकथा प्रशिक्षण
२. नियमित श्रृंखला– ६११
३. कार्यक्रम संयोजक– पं. ज्यो. तोयनाथ सुवेदी
४. लघुकथा प्रशिक्षक– पुण्य कार्की
५. सहजकर्ता– नन्दलाल आचार्य
६. व्यवस्थापक– मनोहर पोखरेल, लक्ष्मी रिजाल
७. समय– ७ः३० बजे बेलुका ।
+++
१. लघुकथा- टिकटक नौटङ्की -आचार्य प्रभा
२. लघुकथा- राेज -राेशन पराजुली
३. लघुकथा- सम्मान -घिमिरे दुर्गा
४. लघुकथा- गुरु दक्षिणा -चूडामणि नेपाल ‘अकिञ्चन’
+++
१. लघुकथा- टिकटक नौटङ्की -आचार्य प्रभा
-“होस् त्यो कुसुमलाई त नबोलाऔँ हाम्रो यो पार्टीमा बोरिङ हुन्छ।” कलाले अस्वीकार गरी।
-“के भो र ? कुसुम पनि मिजासिली छे, यसो उसो पनि सघाउँछे। ऊ पनि हाम्रै साथी हो।” रुपाले प्रश्न गरी।
-“हैन हुन्न, हामी यति दश जना ठिक्क छौँ। किन कुसुमलाई बोलाउनु ?” फेरि अस्मिताले पनि कलाको कुरामा सहमति जनाई।
कुसुमलाई यो पार्टीमा सहभागी नगराउने कुराले रुपा तिन छक्क परी। आखिर किन?के कारण होला ?कुसुमलाई बोलाउनलाई यिनीहरू विमति जनाउँदै छन्। उसले पनि हरेक कार्यक्रम,पार्टीमा उत्तिकै पैसा तिरेकी छ। हर कुरामा सहमति जनाएकी नै छ।
पार्टीमा सब भेला भए। खानापिना, म्युजिक सब तयार भएर कोही पिउन थाले। कोही नाच्न थाले। रमाइलो वातावरण सुरु भयो। कोही मिलेर गीतहरूमा टिकटक बनाउन थाले। मानौँ त्यो माहौल कुनै एक फिल्मको सुटिङ झैँ लाग्थ्यो। तर रुपालाई भने कुसुम छुट्दा खल्लो भयो। ऊ निरस देखिई। उसको निरसता देखेर मालाले सोधी। -“के भो रुपा ? तिमी आज यस्तो रमाइलो वातावरणमा पनि निरस देखिन्छ्यौ नि ? सन्चो छैन कि ?”
रुपाले निन्याउरो मुख लाउँदै भनी। -“सधैँ हामी कोही नछुटिने आज कुसुम छुटिई त्यसैले मलाई त नमिठो लाग्यो। आजको हाम्रो भेटघाट पार्टी। ”
-“त्यै कारणले तिमी अँध्यारी देखिएकी ? छि:त्यति जाबो कुराले पनि आफ्नो रमाइलो क्षण खलबल्याउने हो ?लाटी ! ऊ एउटी छुटेर के भो र ? हामी सबै छौँ। आऊ सबै टिकटक बनाउँदै छन् तिमी छुट्लाऊ। “मालाले रूपालाई तान्दै भनी।
-“होस् आज म ननाच्ने, मुढ छैन” रुपाले भनी।
-“अब अर्को पालिदेखि तिमी पनि छुट्ने भयौ हाम्रो समूहमा। कुसुम छुटेकी कारण पनि टिकटकमा नाच्न नजानेर हो। साथी समयअनुसार चल्नु पर्छ। आजकलको जमाना नै टिकटकको छ। टिकटक बनाउन, नाच्न नजान्नेको खैरियत छैन।”
मालाको कुराले रुपा अकमक्क परी र सोच्न थाली।” कुसुमलाई हटाइनुको कारण यही हो ? हे भगवान् ! यो दुनियाँमा अँटाउन पनि अब नौटङ्की गर्न जान्नु पर्ने भो।”
+++
२. लघुकथा- राेज -राेशन पराजुली
खाेज कि राेज?
"हैन"आमा खाेज हाे!
हातमा डायरी र कलम अनि गलामा क्यामेरा भिरेर उ उहाँ छेउ बस्याे।
तिम्राे पेशा पत्रकारीता हैन?
हाे आमा!
निष्पक्ष कि सस्थागत लेख्छौ?
म स्वतन्त्र पत्रकार हु आमा मैले इमान छाड्या छैन्।
तिमीमा स्वार्थ छ कि निश्वार्थ छ!
निश्वार्थ!
अनि म छेउ किन आयौ त?
हजुरले देखेकाे वेतिथिकाे आवाज उठाउन मात्र!
" पर्दैन बाबू",मेराे जीवन त यसै बर्बाद भयाे,
"याे राजनितिले"!
आमा !!
याे लङ्गडाे समाजले मेरा खसमलाई बृद्व अबस्थामा अनाहकमा मारे।
के उहाँ दक्ष र सक्षम शिक्षक हुनु कुनै गल्ति थियाे र?
उहाँकाे एकाेहाेराे निष्पक्षताले कुनै ठाउँ पाउन सकेन।
भाेली पल्ट बिपक्षकाे पत्रिकामा उहाकाे क्रन्दन छापिएकाे थियाे।
" दस बर्षे जनयुद्वमा निर्दाेष शिक्षककाे परिवारले न्याय नपाएकाे गुनासाे"!
०६/०३/२०८०,बरगाछी,धरान।
+++
३. लघुकथा- सम्मान -घिमिरे दुर्गा
सहरमा भब्य इन्जिनियरहरुको भेला तथा सम्मान कार्यक्रम थियो । उक्त कार्यक्रमको लागि देशका विभिन्न भागबाट प्रतिनिधिहरु सहभागी भएका थिए । राजनीति दलको कार्यकर्ताहरुले पनि उत्तिकै महत्त्व दिएका थिए । स्थानीय झाँकी सहित सहरको विभिन्न भाग परिक्रमा गरि कार्यक्रम स्थल तिर इन्जिनियरहरुको टोलि मोडिएको थियो । कार्यक्रम हल खचाखच भरिएको थियो । विभिन्न बक्ताहरुको सम्बोधन पछि सम्मान कार्यक्रम शुरूवात भयो । उद्घोषण गर्नेले सम्मानित ब्याक्तिको नाम लिइ हाले। सम्मानित ब्याक्ति मंचमा आएर बोल्न थाले ।" आज मलाई हजुरहरुले राष्ट्रभरीबाट सम्मान गर्नु भएको छ म असाध्य खुशी छु । हजुरहरुले अनुमति दिनुहुन्छ भने एक्जना विशिष्ट अतिथिलाई बोलाउन चाहन्छु "हो भक्त दाइ"। सबै मुखामुख गर्न थाले । भक्त दाइ त्यस संस्थाको सहयोगीको रूपमा काम गरि रहेका थिए । हातमा पानीको बोतल लिएका भक्त दाइ के गर्ने न गर्ने असमजस्यमा थिए । मंचबाट सम्मानित ब्याक्तिले आफ्नो माला गालाबाट झिकेर भक्त दाइलाई लगाइ दिए। भक्त दाइले अभिभावक रूपमा टुहुरो केटालाई हुर्काएका थिए जुन ब्याक्ति सम्मानित ब्याक्तिको रूपमा मंचमा आसिन थिए ।
रत्ननगर,१४ चितवन
+++
४. लघुकथा- गुरु दक्षिणा -चूडामणि नेपाल ‘अकिञ्चन’
‘एउटा वचन देओ मलाई दिन सक्छौ ?’ अश्रु मिश्रित नयनले विदाई समारोहमा गरुआमा गरिमा शर्मा अझै भावुक हुनुभयो । आज राष्द्रिय नमुना मा. वि. मा शोक परेजस्तै भएको थियो । कोही खुलेर बोल्न सकिरहेका थिएनन् । केही छात्राहरु त बेहोस भएका थिए ।
‘भन्नु न गुरुआमा’ थोरै संहालिदै एलिना बोलिन ।
‘सोच तिमी हामी छोरी, चेली, महिलाले अब घर बाहिर निस्केर दक्ष योग्य र प्राविधिक सीप आर्जन गर्ने र आफ्नै खुट्टामा उभिने समय हो यो । तिमीहरु क्षमतावान बन्नु पर्छ, हामीले केही बनी गरेर देखाउनु छ, हामी मासुको मात्र थुप्रो होइनौँ, जसले हामीलाई अगाडि पछाडि तल माथि दायाँ बायाँ सबैतिरबाट भोग्य मासु नै देखोस अनि वा ! वा ! भन्दै जिस्काओस, रमाओस र प्रयोग गरोस, अधर र अनुहारभरि लिप्स्टिक र क्रिम पाउडरले पुरिएको देखोस र मन पराओस । तिमीहरुले यी र यस्ता अवस्थाबाट माथि उठेर आफुभित्र ज्ञानको समुद्र भर्नु पर्छ, छोटा वस्त्र, अङ्ग प्रदर्शन, र दुईदिने माया प्रेम तिमीहरुका पहिचान होइनन् । यी कुराबाट टाढै रहनु । मैले तिमीहरुलाई धेरै सिकाएकी छु, अन्मिका यी शब्दहरु पूरा गर्नु मेरो गुरु दक्षिणा यही हो ।’ गुरुमाका आँखा रसाए, गलामा बोली अवरुद्ध भो ।
हर्न बजाउँदै विद्यालय तलतिरको बाटोमा बस रोकियो । छात्राहरुले रुँदै गुरुआमालाई बस चढाए । अवमात्र उनीहरुले नयाँ मिसलाई देखे फेरि उनीहरुको आँखा,श्रृङ्गारमा लतपतिएको अनुहार,अधर, गाजल, छाति, हिप आदिमा प¥यो उनीहरुले आँखा झुकाए । सरस्वती मिस थोरै संहालिनु भयो, तत्काल केटाहरु नयाँ मिसलाई घेर्न आई पुगे । उता बस गाडी तिब्र हर्न बजाउँदै उकालो छढ्दै थियो ।
विराटनगर १
+++

No comments:
Post a Comment