शुक्रबारे लघुकथा प्रशिक्षण कार्यक्रम-६०४ (२०८०.०३.०१) संयोजक तथा प्रस्तोता- शारदा दहाल भण्डारी-गोपाल-सुनिता-गुरुदत्त ज्ञवाली
+++++
लघुकथा प्रतिष्ठानको २०८०.०३.०१ गते शुक्रबारको कार्यक्रम यस्तो छ–
१. कार्यक्रमको नाम– लघुकथा प्रशिक्षण
२. नियमित श्रृङ्खला– ६०५ (मिति २०८०.०३.०१)
३. कार्यक्रम संयोजक– शारदा दहाल भण्डारी
४. लघुकथा प्रशिक्षक–
५. सहजकर्ता– नन्दलाल आचार्य
६. व्यवस्थापक– मलन समूह (मनोहर पोखरेल, लक्ष्मी रिजाल, नन्दलाल आचार्य)
७. समय– ७ः३० बजे बेलुका । (खेमराज पोखरेल प्रशिक्षक भएको बेला समय ६ः३० बेलुका ।)
संयोजक शारदा दहालको छनोटमा परेका शुक्रबारे प्रशिक्षण लघुकथाक्रम
१.लघुकथा/ यस्तो पो विवेक ?!
-गोपाल प्रसाद थपलिया
विवेकका हजुरबा पंडित श्रीधर मुटुका बिरामी !उनको हेरचाह विवेकका बुबा जयराजले गर्दै आएका थिए ! महत्वपूर्ण कामको सिलसिलामा जयराजलाई पाँच दिनको लागि बाहिर जानु पर्ने भयो ! जयराजले छोरा विवेकलाई हजुरबाबुलाई हेरबिचार गर्ने जिम्मा लगाई उनी आफू कामको सिलसिलामा घरबाट बाहिरिए !
विवेवकी आमा विवेकलाई जन्मदिएको पाँच दिन पछि ढाँड दुख्ने बिरामीले आठ वर्ष सम्म थला परिन ! विवेककी आमाको रेखदेख र विवेकको सम्पूर्ण लालन पालन विवेकका हजुर बा पंडित श्रीधर र उनकी श्रीमती पार्वतीले गरे ! विवेक अलिकति विसंचो भयो भने पनि श्रीधर र उनको श्रीमती पार्बतीले जतिबेला पनि अस्पताल पुर्याइ हाल्थ्ये ! खास गरी विवेकलाई निमोनियाले सताई रहन्थ्यो ! यस्का लागि कैयौं रात पंडित श्रीधर र उनकी श्रीमती सुत्न समेत पाउँदैनथ्ये! आज त्यही विवेक चौविस वर्षको लक्का जवान भएको छ! उसका हजुर बाआमा अति नै असक्त र बुढाबुढी भएका छन् !
विवेकले रम्भालाई मन पराउँछ भन्ने कुरा उसका हजुर बाआमा लगायत सम्पूर्ण परिवारलाई थाहा छ ! विवेकका बुबाले उसलाई हजुरबाको सम्पूर्ण रेखदेखको जिम्मा दिए पनि दिएको एक पटक रम्भालाई भेट्न ऊ पुगिहाल्थ्यो ! यसै क्रममा हजुरबालाई बेथाले अतिनै च्यापेको थियो ! तुरून्तै अस्पताल लानु पर्ने स्थिति भयो ! यसै बेला रम्भाको कान्छी औंलामा चक्कुले काटेकोले रगत आएको छ भनेर रम्भाको फोन आयो ! विवेक जति सक्दो चाँडो रम्भालाई भेट्न पुग्यो ! आँप तस्दा रम्भाको कान्छी औंलामा चक्कुले अलिकति चोट लागेर रगत आएको रहेछ! विवेकले रम्भालाई तुरून्तै अस्पलात पुर्याई हाल्यो ! सघारण बान्डेज लगाएर अस्पतालबाट रम्भालाई उनका घर्मा पुर्याएर आफ्नो घरमा पुग्यो !ऊ घर पुग्दा उसका हजुरबाको निधन भैसकेको थियो ! सबैतिर रूवाबासी चलेको थियो !
विवेकको यो कुरा थाहा पाएका विवेकका काकाले विवेकतिर फर्केर भनि हाले —“भालुको मन खनिउँ माथि ! विवेकको मन रम्भा माथि!” विवेकलाई उसको हजुर बा मरोस कि हजुर आमा! के मतलब ! विवेक हराएको विवेक!”
२०८०/०२/ ३१ गते जेठ बुधबार विहान ८ बजे,काठमाडौ।
+++
२.लघुकथा : मालामाल
✍️सुनिता निरौला पौडेल
" नेपाल बसेर के गर्नु ? पढाइ भएर पनि राम्रो काम पाइन्न । म त जान्छु होला बिदेशतिर ।" दिक्क मान्दै साथीलाई भन्यो उसले ।
"आ..., के कुरा गर्छौ साथी, यहीँ नेपालमा बसेर राजनीति गर न । कस्तो मालामाल छ राजनीतिमा ! तिमी किन बिदेश जाने सोचाइमा छौ ? "उसले चकित पार्दै साथीलाई भन्यो । तर उसले भने बिदेश जाने निर्णय गर्यो ।
अलिक दिनपछि राम बिदेश गयो । यता श्याम भने राजनीतितिर लाग्यो । हेर्दाहेर्दै मन्त्री पनि भयो ,अकुत पैसा कमायो उसले । केही महिनापछि फोनबाट उनीहरुको कुराकानी भयो ।
"अरे राम, नेपाल आउन यार ! म तिमीलाई मन्त्री बनाईदिन्छु, मालामाल छ राजनीति गर्न जान्याे भने।"
"ओहो ! हो र भन्या ? त्यसो भए त म तुरुन्तै नेपालमै आउँछु । यहाँ घडीको सुईको भरमा काम गर्नुपर्छ। त्यहाँ बरु गफ लडाएरै पनि पैसा कमाइन्छ भने आइहालेँ म नेपाल ।"
दुबैजना साथी राजनीतिमा पसेर मन्त्री भएपछि उनीहरुलाई चिठ्ठा परे जस्तो भयो। आफ्नो -आफ्नो काममा व्यस्त भए उनीहरू।
एकदिन उनीहरुको भेटघाट भयो ।
"हो रहेछ श्याम ,आज तिमीले गर्दा म करोडौं धन कमाएँ । धन्य राजनीति र मन्त्री पद।" तर...."
"के तर, स्पष्ट भन न राम "
गम्भीर हुँदै रामले जवाफ दिए । के याे धन सजिलै पचाउन सकिएला त श्याम ?"
भक्तपुर - राधे ,राधे निकोशेरा ।
२०८० - ०२ -१४ गते ।
+++
३. लघुकथा -पापी गाजल -गुरुदत्त ज्ञवाली
फेसबुक चलाउन अलिअलि जानेकी श्रीमती, उनलाई त्यति फुर्सद पनि हुन्न फेसबुक चलाएर बस्न ।
उनले आँखामा गाजल र समान्य मेकअप गरेको बसेको देखेपछि श्रीमान झनक्क भएका, त्यो दिनदेखि बाेलचाल नखुलेको एक हप्ता भएको थियो ।
उनी झन्केको साताैँ दिनमा श्रीमतीको जन्मदिन परेको रहेछ । उनले आकर्षक फोटो सहित शुभकामना दिए ।
त्यो शुभकामना संसारले देख्यो । फेसबुकमा शुभकामना दिए धेरैले । श्रीमतीले न त्यो शुभकामना देखिन् न त कसैले भने वा उनलाई बधाइ दिए । यतिसम्म त ठिकै होला भनाैँ । बोलचाल नभएको कारणले उनका श्रीमानले पनि भन्ने कुरै भएन ।
अहँ, बोलचाल पनि खुलेन त्यो दिनसम्म । न त श्रीमतीलाई आशिर्वाद दिने आँट आयो । पापी गाजल !
गुरुदत्त ज्ञवाली
तिलोत्तमा १, रुपन्देही
+++
४. अतिरिक्त- लघुकथा--नातिकाे बुद्धि
-विष्णु उप्रेती
नाति---" हजुरबा ,अब म बिबाह गर्नु पर्याे।यसाे केटीको खाेज खबरमा लागिदिनु पर्याे है।"
हजुरबा -----"हैन,पाेहेरनै मैले अब बिबाह गर्नुपर्छ।उमेर पुग्याे।जागिर पनि सुरुभयाे ,भन्दा त ,बडा बम्केर ,अाफैं लभ गरेर ल्याईन्छ। अानिबानी बुझेका।मनका सबै कुरा थाहा पाएका।अन्तरमन देखिनै मन परापर गरेर बिबाह गरिन्छ ,भनेकाे हैन?अाज फेरि के मुड अायाे? कि पत्याएनन् कसैले?"
नाति-----"नपत्याएकाे त काहाँ हाे र , हजुबा। याे बिचमा तीन जना संग प्रेम गरियाे।दुई जनाकाे सर्त सुन्दै,म अाफै पछि सरें।
एउटीले घरकाे म एउटा छाेराे, बाबू अामा र हजुरबा ,भन्ने बितिकै सम्पर्क बन्दगरी।अर्कीले याे जागिर छाेडेर अमेरिका जानैपर्ने सर्त राखी। अन्तमा एउटी राम्री केटी छानें ,उता सिन्धुली तिरकी।जात,धर्म रुप गुण शिक्षा सबै मिल्ने।सर्त पनि केही थिएन उसकाे।उसकी अामाले पनि नानी ,बाबू भन्दै चेपारे घस्न थालेकी थिई।अामा छाेरीकालागि दस अाठहजार खर्च पनि गरे मैले। अब चैं याे केटीकाे कुरा हजुर हरुलाई भन्छु भनेर साेच्दै थिएं, हिंजाे अचानक मेराे माेवाईलमा एउटा म्यासेज अायाे।
म्यासेजमा तेसै केटीलाई काखमा राखेर खिचेकाे फाेटाे सहित ,लेखिएकाे थियाे -- याे केटी मेरी भैसकेकी छ।ज्यानको माया भए,अाजैबाट सम्पर्क बन्दगरेर, अर्का बाटाे लाग।
हजुरबा ---" प्रेम बिबाह गर्दा फाईदै फाईदा देख्ने केटाकाे बल्ल बुद्धि फिरेछ।अब म एक से एक रामा,कुलघरानका ,ईज्जत्दार केटीकाे कुरा गर्छु। पछि नाई भन्न,अपजस लाउन पाँईदैन नी।
नाति----" हुन्छ ,हजुरबा हुन्छ तर , दाईजो दहेज चैं केकति दिन्छन् ,त्याे पनि फेदैमा राम्रो निर्क्याेल गर्नु पर्छ है हजुरबा ।
२०८०/०२/३१
बिर्तामोड झापा
+++
No comments:
Post a Comment