Thursday, June 15, 2023

बिहीबारे लघुकथा प्रशिक्षण-६०४ (२०८०.०२.३२) तोयनाथ सुवेदी र पुण्य कार्की-कुञ्जदेवी-नवराज-समित-जयदेश

बिहीबारे लघुकथा प्रशिक्षण-६०४ (२०८०.०२.३२) तोयनाथ सुवेदी र पुण्य कार्की-कुञ्जदेवी-नवराज-समित-जयदेश
+++++++++++++++++++++++++++++

लघुकथा प्रतिष्ठानको २०८०.०२.३२ गते बिहीबारको कार्यक्रम यस्तो छ–
१. कार्यक्रमको नाम– लघुकथा प्रशिक्षण
२. नियमित श्रृंखला– ६०४
३. कार्यक्रम संयोजक– पं. ज्यो. तोयनाथ सुवेदी
४. लघुकथा प्रशिक्षक– पुण्य कार्की
५. सहजकर्ता– नन्दलाल आचार्य
६. व्यवस्थापक– मनोहर पोखरेल, लक्ष्मी रिजाल
७. समय– ७ः३० बजे बेलुका ।
+++
१. लघुकथा :बर्तमान र भविष्य -कुञ्जदेवी उपाध्याय
२. लघुकथा : अव्यक्त -नवराज शर्मा
३. लघुकथा- देखौवा -मनीषकुमार शर्मा ‘समित’
४. लघुकथा- दुर्घटना क्षेत्र -जयदेश श्रेष्ठ
+++
१. लघुकथा- बर्तमान र भविष्य -कुञ्जदेवी उपाध्याय
दुई घर छिमेकी। मिठो बोल्ने आवत जावत चलि रहने । तर भित्र भित्र झगडा। कोई घरभित्रै बसेर डुक्रिने गर्छन् लग्यो,खोस्यो,लुट्यो। कौसीमा बसेर सुनि रहन्छिन् हजुर आमा।
ए काले,किन कह्राएका इनिहरू?
के भन्नु आमा,त्यो पल्लो घरका मान्छेले हाम्रो बारीको सिमाना ठेल्दै छ। ऊ धनी छ भन्दैमा त्यसो गर्न पाइन्छ र आमा!
आइज यता।सुन मेरो कुरो।
भन्नोस् न।सुनि हाल्छु नि
हामी गरिव भएको कारण जान्दछस काले ?के छैन हाम्रो!
यत्रो बन जंगल छ , पहाड , हिमाल छ तर एकता छैन।
हाम्रो मान्छे हामी चिन्दैनौ।
हामी कत्ति गरिव छौं भने आफ्नै देशमा जन्मेको बालकले पनि नागरिकता खोज्नु पर्छ।
जहीले सम्म नेपालीले नेपालीलाई चिन्दैनन् तहिलेसम्म हामी धनी हुने छैन।
मेन पावर जति खुरु खुरु अर्काको देशतिर धकेलेर केको उन्नति गर्नु!
कुरो त ठिकै हो आमा।तर यहाँका व्यवस्था यस्तै छ। कसरी परिवर्तन गर्ने?
आफ्नोलाई सम्मान गर्न सिकेर सबल हुनु पर्छ अब।नत्र चारैतिर बाट थिचिएर हामी हराउने छौँ बुझिस्।
+++
२. लघुकथा : अव्यक्त -नवराज शर्मा
" कसको माया लाग्छ ? मम्मीको कि बुबाको ? "
मिठाई पाउँदा उत्तर हुन्थ्यो ' बुबाको ' सकिएपछि जवाब हुन्थ्यो ' मम्मीको, ' अनि दुबै आमाबाबु खित्का छाडी हाँस्थे आनन्दको ।
बुढा, बुढी घाम ताप्दै छोरा, बुहारी र नातिको लीला हेरिरहेका थिए । बुढाले भने, " फूल छातीमा परेपनि थाप्लोमा झरेपनि आनन्द आउँछ । "
" फूल फल भै पोल्टामा परे आनन्द दिन्छ, पुर्पुरोमा बर्सिए पीडा । " भन्दै घरभित्र जान लागेकी बुढीको अनुहार हेर्दापनि बुढाले भेउ पाएनन्, बुढीको मुस्कानले " मोनालिसा " को मुस्कान जस्तो हर्ष पोखिरहेको थियो कि विषाद !
भक्तपुर
हाल भर्जिनिया, अमेरिका
+++
३. लघुकथा- देखौवा -मनीषकुमार शर्मा ‘समित’
उसले सामाजिक सञ्जालमा एउटा फर्सी, एउटा काँक्रो, दुई त्यान्द्रो बोडी, दुईवटा करेलाका तस्बिर राख्दै आफ्नो वस्तुस्थिति लेख्यो -
“आफ्नै कौसीमा फलाएको...... अर्गानिक सब्जी.... साँच्चै मेहनतको फल निकै मिठो हुन्छ ।”
निकै समयदेखि उसको क्रियाकलाप नियालेर बसेकी सानी छोरीले भनिन् -
“हाम्रो गाउँको बाँझो बारीमा पनि धेरै थरी तरकारी र फलफुल फलाएर यसरी नै तस्बिर राख्न पाए झन कति लाइक र कमेन्ट आउँथ्यो होला है बाबा ?”
मध्यपुर ठिमी, भक्तपुर
+++
४. लघुकथा- दुर्घटना क्षेत्र -जयदेश श्रेष्ठ
पन्ध्र मिनेट अगाडी मात्र एउटा बाइक सिधै बुलेरोमा झोसिएको दुर्घटना सामसुम नहुँदै उस्तै बिस बाइसको अर्को युवाको बाइक पनि एक्सिडेण्ट भयो । वरपरका मान्छेहरू भन्दै थिए । यो ठाउँ नै यस्तो हो । दिउसै किचकन्नी आउँछ भन्थे । सडक छेवैमा बोर्ड ठडिएको थियो । दुर्घटना क्षेत्र ! त्यसैको आडमा उभिएकी थिइन् । अर्धनग्न मसक्क मस्कने नगर वधू !
+++


































































































































No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...