Friday, June 16, 2023

तीन बाजेका तीन लघुकथा-सुवेदी-चापागाईं-पाण्डे

तीन बाजेका तीन लघुकथा-सुवेदी-चापागाईं-पाण्डे



क्रम
१. लघुकथा:-"सापटी "  -पं ज्यो. तोयनाथ सुवेदी
२. लघुकथा -जादुको बाकस -योगप्रसाद उपाध्याय चापागाईं 
३.लघुकथा- छुवाछुत अन्मुलन -सुरेशकुमार पाण्डे

प्रस्तोता आफैँ चिन्नुस् ? कति जनाको स्वर हो ? पत्ता लगाउनु, पुरस्कार कुम्ल्याउनुस् ।


++++


 १. लघुकथा:-"सापटी "  -पं ज्यो. तोयनाथ सुवेदी
(ओखल्ढुङ्गा ) हाल: हेटौंडा -८ ,कमाने,मकवानपुर ।
"तिमीहरू जे-जे भए पनि उहीँ  हौ।" एक्कासी यमराजले मुख
खोले।
सबैले आ-आफ्ना  क्षेत्रमा  गरेका गल्ती  कुरा सम्झे। कसैले धार्मिक सापटीका गल्ती गरेका रहेछन् त कसैले सामाजिक।
कोही  राजनीतिक  सापटीका  गल्ती त  कोहि  साहित्यिक सापटीका गल्ती आदि ..आदि ।सापटीका गल्तीबाट कोही 
पन्छिने ठाउँ थिएन ।
साहित्यिक सापटीका गल्ती गर्नेहरू  हामी निष्कलङ्क र निशाकर भन्दा पनि पवित्र छौं।प्रकृति र कोही  कसैबाट प्रभावित नभइ आफैं सिर्जना गरेका हौं भन्दै अड्डि कस्दै थिए।
यमराजले गर्जिदै भने," त्यसो भए तिम्हेरू गर्भैदेखि परिपूर्ण
साहित्यकार भएर जन्मेका हौ त? होइन भने तिम्हेरूको कर्मको
लेखाजोखा म एकएक गर्छु दण्ड भोग्न तयार छौ?"
 होइन प्रभु! गल्ती भयो, हामी पनि सबैसबै क्षेत्रबाट केही न केही मुख्य कुरा सापटी लिइरहेका हुन्छौं ,थियौं र हुनेछौ पनि...।                       !!!समाप्त!!!!
+++
  · 
२. लघुकथा -जादुको बाकस -योगप्रसाद उपाध्याय चापागाईं 

सिंहदरबार नजिकै थियो शेख सुलतान करिमको पसल । उस्को पसलमा नपाउने भन्ने कुरा केहि थिएन । सियो देखि हातीसम्म, टोपी देखि जुत्तासम्म र बाँस बेतका देखि सुन र हिरामोतिका हारसम्म पाईन्थो । वरि परिका पसलेहरू ईर्ष्या गर्ने गर्थे । 
ग्राहकको हमेसै भिड भै रहन्थो । निर्वाचनको समय थियो । एक उम्मेदवारले निर्वाचनी सभाको तय गरे पछि शेख सुलतान करिमको पसलमा पुगे । 
"सुलतान करिम मलाई तिम्रो पसलमा भएको टोपी देखि जुत्तासम्म, भए जति सबै चिजबिज देऊ । किन कि मैले सभामा आउने सबैलाई एउटा एउटा सामान दिन पाउँ ।"
उन्को कुरा सुनेर सुलतानले नोकर सेरालाई बोलाए र भने  "सेरा, नेताजीलाई हाम्रो पसलको सबै सामान जादुई बाकसमा भरिदेउ ता कि नेताजीले सभामा सबैलाई सामान दिन सकुन ।"
"हाम्रो जादुको बाकस नै दियौं भने हाम्रो पसलमा जे माग्यो त्यहि सामान हामीले कहाँबाट दिने नि, साहु ?" सेराले एउटा ठुलो बाकस ल्यायो र च्यदरले छोपेर आफु पनि त्यहिँ गुम भयो ।
साहुले हेर्दा हेर्दै सेरा नामको त्यो नोकर केटा त नेशा नामकी केटीका रुपमा देखा परि ।
त्यो ढाकिएको बाकसको अच्चम शक्ति देखेर नेता डराए र भने - "सुलतान, मलाई एउटा टोपी मात्रै देऊ ।"
- गोठाटार, काठमाण्डौं । ७९ भदौ २६ गते आईतबार ।
+++

३.लघुकथा- छुवाछुत अन्मुलन -सुरेशकुमार पाण्डे
जेष्ठ एक्काइस गते जातिय छुवाछुत मुक्त दिवसको रूपमा कार्यक्रमको आयोजना गरेकाथियौं।
दलित,जनजाती लगायतका सबै जिम्मेदार व्यक्तित्वको उपस्थिती थियो।
सबैले आ आफ्ना बिचारहरू राख्दैथिए।
आजको वैज्ञानिक युगमा अर्थात आजको जमानामा पनि जातिय बिभेद गर्ने,छुवाछुत गर्ने दलित सँग भेदभावगर्ने व्यबहारको बिरोध र भण्डाफोर्ड गर्नुपर्छ!-चमनलालले जोडदिएर भने।
होइन् कसैले छोएको खाने नखाने भन्नेकुरा व्यक्तिगत बिषय हो।म उच्चजातकी महिँला हु।कसैले दिएको छोएको अहिले सम्म खाएकी छैन र खांदैनपनि! त्यो मेरो नैसंगिक अधिकार हो!-
एकजना विजय भएकी जनप्रतिनिधिले चमनलालको कुराको बिरोधगर्दै प्याच भनिन्।'
दाङ घोराही १८                      १५-०६-२०२३,
+++
























1 comment:

Anonymous said...

जय साहित्य जय लघुकथा । जय लघुकथा प्रतिष्ठान ।

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...