सर्जक परिचय १. नाउँ, जन्म र जन्मस्थान– नन्दलाल आचार्य, २०३०–०३–२८, जहडा–लालसिसुवा, बेलका नगरपालिका, उदयपुर । २. आमा÷बाबु– भगवती÷विष्णुप्रसाद आचार्य ३. हालको बसोबास र राष्ट्रियता– स्थायी– बेलका नगरपालिका–२, गल्फडिया, सिद्धार्थटोल, उदयपुर । अस्थायी÷पत्राचारको लागि– श्री जनता मावि, गोलबजार–४, सिरहा । ४. शिक्षा– बी.ए., बी. एड., एम.एड. (नेपाली) ५. अध्ययन गरेका शिक्षण संस्था– श्री जनता मावि, पुरन्दह, उदयपुर । श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज, सप्तरी । श्री बीपी बहुमुखी क्याम्
Tuesday, September 21, 2021
लघुकथा– पारपाचुके –नन्दलाल आचार्य
लघुकथा– पारपाचुके
–नन्दलाल आचार्य
‘म नयाँ अपाङ्गलाई सजिलो हुने नयाँ जुत्ता हेराउनुस् त, साहुनी ? त्यो पनि एकदमै सस्तो । गुणस्तर मजस्तै बेकामे भए पनि चल्छ ।’
तिमीले सोधेको सवालको जवाफमा साहुनी बोलेकी थिइन्; ‘यो सपाङ्गको पसल हो । यस गौशालामा अपाङ्गका लागि जुत्ता बनाउने ठाउँ उत्ता तल्तिर पर्छ ।’
‘मान्छे म जे भए पनि जुत्ता चैँ सपाङ्ग नै चाहियो । म जन्मजात हैन; भरखरै प्यारालाइलिसको सिकार भएको हुँ ।’
तिम्रो उत्तरमा अलमलिएकी साहुनीलाई विश्वास दिलाउन एकै चोटि तिमीले मलाई न्यानो स्पर्श दिँदै भनेका थियौ; ‘मलाई यही चाहियो । मेरा गोडामा सुहाउने पुरानो डिजाइनको जुत्ता यही हो ।’
यसरी म सदाको लागि तिम्री भएकी थिएँ । मलाई लगाउनासाथ धोका दिने पुरानो जुत्ता त्यागेका थियौ । मैले पनि भरमग्दुर साथ दिएकी थिएँ । बदलामा तिमीबाट उस्तै प्रेम भेटेकी थिएँ ।
यसरी म २०७५ कार्तिक १० गतेदेखि केवल तिम्री मात्रै भएकी थिएँ । त्यसबेला तिमी भर्खरै जन्मेका पाडापाडीजस्तो बाङ्गा खुट्टा टेक्थ्यौ । लौराको सहाराबिना एक डेग पनि हिँड्ने आँट गर्दैनथ्यौ ।
त्यसै बेलादेखि तिमीले मलाई भएभरको मायाप्रिति लगाएका थियौ । पाँच सयमै मलाई आफ्नो बनाउन पाएकोमा मख्ख थियौ । सुरुआतमा म तिमीसँग खुशी थिइनँ । विस्तारै तिम्रो निश्चल प्रेमसामु पग्लिएँ र तिम्रो मोहजालमा फँस्न पुगेँ ।
म फाट्न लागेकी थिएँ । एकपटक तिम्री गृहमन्त्रीले गोलबजार नगरपालिकाको फोहर बोक्ने ट्रकमा फाल्दिन् । थाहा पाएर तिमीले हत्त न पत्त उठाएर ल्यायौ र बजार लगी मर्मत गरेर दुरुस्त पा¥यौ ।
अब म तिम्रो मर्निङ वाककी सहेली मात्रै रहेँ । साथ दिँदादिँदै सोलको पिँधमै प्वाल परेर बुढी औँला बाहिर जमिनमा पर्ने अवस्था आयो । तिमी शङ्कालु बन्दै थियौ । अर्को खुट्टामा समेत प्वाल परेछ । यद्यपि तिमी अझै मलाई प्रेम गर्न खोजिरहेछौ ।
कसैले तिमीलाई भन्न सक्छ; ‘फट्लाहा जुत्ता पिनैबाला मास्टर्वा बच्चा सभक कथी पढेतै । फटलाहा बाते सुनेतै ।’
फाटेको जुत्ता लगाउने शिक्षकले फाटेकै कुरा पढाउँछ भनेर कसैले खिसिटिउरी गरेको सुन्नु प¥यो भने मलाई जिउँदै मरेको दिन हुन्छ । तसर्थ भो प्रभु भो । मेरै कारण तिम्रो अपमान मलाई सह्य छैन । मलाई अब घृणा चाहियो । तिम्रो अतिशय प्रेमबाट मुक्ति चाहियो । तिमीबाट पारपाचुके चाहियो ।
२०७८–०६–०६ उदयपुर ।
Laxmi Rijal
Subscribe to:
Post Comments (Atom)
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
कवितामा रामविक्रम थापा र नन्दलाल आचार्य ( सवाल-जवाफ ) (सवाल कविता) 🔴 कविता- हाम्रो दिक्तेलको विकास ✍रामविक्रम थापा आउँथ्यो नि विकास उबे...
-
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
शुक्रबारे कथा विमर्श-५ अन्तर्गत स्रोतकथा र उत्तरकथा (२०८२ भदौ ६ शुक्रबार, रातको ७ बजे) शुक्रबारे कथा विमर्श-५ कार्यक्रमको विवरण (स्रोतकथा V...
No comments:
Post a Comment