सर्जक परिचय १. नाउँ, जन्म र जन्मस्थान– नन्दलाल आचार्य, २०३०–०३–२८, जहडा–लालसिसुवा, बेलका नगरपालिका, उदयपुर । २. आमा÷बाबु– भगवती÷विष्णुप्रसाद आचार्य ३. हालको बसोबास र राष्ट्रियता– स्थायी– बेलका नगरपालिका–२, गल्फडिया, सिद्धार्थटोल, उदयपुर । अस्थायी÷पत्राचारको लागि– श्री जनता मावि, गोलबजार–४, सिरहा । ४. शिक्षा– बी.ए., बी. एड., एम.एड. (नेपाली) ५. अध्ययन गरेका शिक्षण संस्था– श्री जनता मावि, पुरन्दह, उदयपुर । श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज, सप्तरी । श्री बीपी बहुमुखी क्याम्
Wednesday, September 15, 2021
लघुकथा– शत्रुप्रेम -नन्दलाल आचार्य
लघुकथा– शत्रुप्रेम
-नन्दलाल आचार्य
‘केटी रै‘छेस् । प्राणदान भो । भागी हाल् ।’
विपक्षी बन्दुकधारीले भनेका कुरा सुनेर आश्चर्यमा परेकी थिएँ । दोहोरो भिडन्त थामिएको थियो । बमको आवाज र बारुदको गन्ध आउन बन्द भएको थियो । पाखाभरि विपक्षी बन्दुकधारी मात्रै थिए । मेरा माओवादी सहयोद्धाहरूको अत्तोपत्तो थिएन । म घाइते अवस्थामा मृत्युसँग जुध्दै थिएँ ।
हिँड्न खोजेँ । सकिनँ । छिटो भाग् भन्दै थियो । ऊ गम्भीर थियो ।
‘अहिले अरू साथी आए घाइते भन्दैनन् । तेरो सतित्व लुट्न सक्छन् । मरे छाड्दिन्छन् ।
बाँचिरहे गोली ठोकिदिन्छन् । भिडन्तमा मृत्यु भएको छापामार भेटियो भन्ने रिपोर्ट तयार
पार्छन् ।’
उसको कुराले मनमा आँधी चल्यो । विपक्षी बन्दुकधारीहरू घाइते र लास खोज्दै थिए । हिँड्न खोजेँ । घस्रेर अलिक अघि बढेँ । उनीहरूले नै प्रहार गरेको टुइन्च मोर्टारको छर्राले छिद्र बनाएको शरीर मरिकाटे घिस्याउन सकिनँ ।
‘चाँडो भाग् न भन्या । मेरो आँखासामु तेरो व्रmन्दन सुन्न सक्तिनँ भन्या ।’
उसको कुरोले मन पग्ल्यो । अघि बढ्न न्वारानदेखिको बल झिकेँ । हार खाएँ ।
तत्कालै भनेकी थिएँ, ‘दाजु्, म अघि बढ्न सक्तिनँ । तागत हरायो । तिम्रा साथीले नभेट्तै मलाई तात्तातो गोली खुवाऊ । म तिम्रो ऋणी हुन्छु ।’
‘तेरो व्रmन्दन सुन्न नसक्नेले तेरो मृत्यु कसरी हेर्न सक्छु । त्यो पनि आफ्नै हातले ।’
उसको कुरा सुनेर म मरेतुल्य भएकी थिएँ ।
‘उसो भए एउटा हतियार देऊ न त । म आफैँ काम तमाम गर्छु ।’
उसले टाउको हल्लाएर अस्वीकृत जनायो ।
मैले प्रश्न राखेँ, ‘मलाई किन जोगायौ ?’
‘तेरो साथीले मलाई र मेरा साथीले तँलाई बाँकी छाडेछन् भने अवश्य हाम्रो भेट हुने छ । त्यसैबेला सप्पै कुरा बताम्ला ।
उदयपुर, बेलका–२, सिद्धार्थटोल, गल्फडिया ।
(साभार– २०७७ माघ महिनाको शब्दाङ्कुर साहित्यिक मासिक पत्रिका ।)
Subscribe to:
Post Comments (Atom)
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
कवितामा रामविक्रम थापा र नन्दलाल आचार्य ( सवाल-जवाफ ) (सवाल कविता) 🔴 कविता- हाम्रो दिक्तेलको विकास ✍रामविक्रम थापा आउँथ्यो नि विकास उबे...
-
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
शुक्रबारे कथा विमर्श-५ अन्तर्गत स्रोतकथा र उत्तरकथा (२०८२ भदौ ६ शुक्रबार, रातको ७ बजे) शुक्रबारे कथा विमर्श-५ कार्यक्रमको विवरण (स्रोतकथा V...
No comments:
Post a Comment