Monday, August 2, 2021

प्रतियोगी लघुकथा : मुक्तके मास्टरको धर्म - गरिमा आचार्य बिहानको साढे दश बज्नासाथ उहाँ हाम्रो कक्षामा पस्नुभएछ । हामी आफ्नै सुर र तालमा थियौँ । "कक्षा दश के छ हाल गरेनौ राम्रो शान्त हुन नसक्दा पो भएनौ हाम्रो । कक्षा कक्षाजस्तो भए पढाइ हुन्छ आफ्ना कुरा आफैँ सुने बन्नेछौ काम्रो ।" उहाँको प्रेमपूर्ण धम्की मिश्रित आवाज सुनेर सतर्क बनेका थियौँ । उहाँ पाठ पढाउँदा मात्रै गद्यमा बोल्नुहुन्थ्यो । विषयवस्तु बाहिर चतुष्पदी मुक्तकमा मात्रै बोल्नुहुन्थ्यो । उहाँसँग नौनीजस्तो पग्लने र पत्थरजस्तो कडा हुने दुबै विशेषता विद्यमान थिए । उहाँको असली नाम हरिगोपाल उपाध्याय भए पनि मुक्तके गुरु भनिदिए दुई हात अग्लिनुहुन्थ्यो । यद्यपि हामीले उहाँको गोप्य उपनाम राखेका थियौँ- मुक्तके मास्टर । गल्ती फेला पारेपछि उहाँका सामु हामी रातभर रुझेको मुसोजस्तै बनेका थियौँ । त्यतिकैमा उहाँको मुखबाट फुत्केको थियो- "सुन्ने बेला सुन्नुपर्छ बोलेर हुन्न राम्रा कुरा मनमा राख फ्याकेर हुन्न । जिन्दगी नै उजाडिए हरियो पार्न रुख रोप्ने गर्नुपर्छ सुतेर हुन्न ।" हामीले उहाँका कुराको प्रतिकार गरेनौ । स्वीकार्दैमा आफ्नो भलो हुने ठान्यौँ । कुरैकुरामा उहाँले आफ्नो धर्मको लामो व्याख्यान दिनुभएको थियो । उहाँको मूल भनाइ यस्तो थियो- "यत्तिखेर म हुँ वृक्ष तिमी भोका छौ सत्ज्ञान पहिर्याउँछु तिमी नाङ्गा छौँ तिमी सधैँ अगस्ती हौँ हामी कुमार मेहनती बन्ने धर्म तिमी चोखा छौँ ।" हामीमा सुन्ने र गुन्ने धैर्य नामको बिरुवा ओइलाएको थियो । कर्तव्य भुलेर जीवनलाई हर्दम हँसिमजाक सम्झने भुल गर्दै थियौँ । उहाँका अमृत वाणीले हाम्रो चञ्चलपन होस र जोसमा रुपान्तरण भएको थियो । कक्षाबाट बाहिरिने बखत उहाँको कथन थियो- "यो धरती नै धर्मको जाँतो पिसिरहेको छ । यहाँका हरेक कुराले धर्म बिर्से अनिष्ट मात्रै देखापर्छ । जीवनको पाङरो धस्सिन्छ । हामी मानव भएकाले मानवीय सदगुणलाई व्यवहारमा ल्याउनु हाम्रो धर्म हो । बस् यत्ति नै सोच्नु र गर्नु काफी छ ।" २०७८/०४/१६

प्रतियोगी लघुकथा :

मुक्तके मास्टरको धर्म
- गरिमा आचार्य



बिहानको साढे दश बज्नासाथ उहाँ हाम्रो कक्षामा पस्नुभएछ । हामी आफ्नै सुर र तालमा थियौँ ।

"कक्षा दश के छ हाल गरेनौ राम्रो
शान्त हुन नसक्दा पो भएनौ हाम्रो ।
कक्षा कक्षाजस्तो भए पढाइ हुन्छ

आफ्ना कुरा आफैँ सुने बन्नेछौ काम्रो ।"
उहाँको प्रेमपूर्ण धम्की मिश्रित आवाज सुनेर सतर्क बनेका थियौँ । उहाँ पाठ पढाउँदा मात्रै गद्यमा बोल्नुहुन्थ्यो । विषयवस्तु बाहिर चतुष्पदी मुक्तकमा मात्रै बोल्नुहुन्थ्यो । उहाँसँग नौनीजस्तो पग्लने र पत्थरजस्तो कडा हुने दुबै विशेषता विद्यमान थिए । उहाँको असली नाम हरिगोपाल उपाध्याय भए पनि मुक्तके गुरु भनिदिए दुई हात अग्लिनुहुन्थ्यो । यद्यपि हामीले उहाँको गोप्य उपनाम राखेका थियौँ- मुक्तके मास्टर ।

गल्ती फेला पारेपछि उहाँका सामु हामी रातभर रुझेको मुसोजस्तै बनेका थियौँ । त्यतिकैमा उहाँको मुखबाट फुत्केको थियो-
"सुन्ने बेला सुन्नुपर्छ बोलेर हुन्न
राम्रा कुरा मनमा राख फ्याकेर हुन्न ।
जिन्दगी नै उजाडिए हरियो पार्न
रुख रोप्ने गर्नुपर्छ सुतेर हुन्न ।"

हामीले उहाँका कुराको प्रतिकार गरेनौ । स्वीकार्दैमा आफ्नो भलो हुने ठान्यौँ । कुरैकुरामा उहाँले आफ्नो धर्मको लामो व्याख्यान दिनुभएको थियो । उहाँको मूल भनाइ यस्तो थियो-
"यत्तिखेर म हुँ वृक्ष तिमी भोका छौ
सत्ज्ञान पहिर्याउँछु तिमी नाङ्गा छौँ
तिमी सधैँ अगस्ती हौँ हामी कुमार
मेहनती बन्ने धर्म तिमी चोखा छौँ ।"

हामीमा सुन्ने र गुन्ने धैर्य नामको बिरुवा ओइलाएको थियो । कर्तव्य भुलेर जीवनलाई हर्दम हँसिमजाक सम्झने भुल गर्दै थियौँ । उहाँका अमृत वाणीले हाम्रो चञ्चलपन होस र जोसमा रुपान्तरण भएको थियो ।

कक्षाबाट बाहिरिने बखत उहाँको कथन थियो- "यो धरती नै धर्मको जाँतो पिसिरहेको छ । यहाँका हरेक कुराले धर्म बिर्से अनिष्ट मात्रै देखापर्छ । जीवनको पाङरो धस्सिन्छ । हामी मानव भएकाले मानवीय सदगुणलाई व्यवहारमा ल्याउनु हाम्रो धर्म हो । बस् यत्ति नै सोच्नु र गर्नु काफी छ ।"

२०७८/०४/१६

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...