लघुकथा- अबको मेरो धर्म
- कामना आचार्य २०७८/०४/१८
म शिकारको खोजीमा चारचौरास भौतारिरहेको थिएँ । त्यत्तिकैमा मेरा आँखा सामु एक गर्भिणी मृग देखापर्यो । ऊ बच्चा जन्माउन ठिक्क तयार अवस्थामा थियो । बच्चाको दश प्रतिशत अङ्ग बाहिर देखापरिरहेको थियो ।
+++
मुख निठ्याउँदै झम्टनै लागेको बखत मेरा हातगोडा ठतक्क घले । बढिसकेका पन्जा
लत्रक्क पारेँ । मेरो भयङ्कर रूप थाहा पाएर ऊ आत्तिएर जोडतोडलै दौडदै सडक
किनारामा पुगेको थियो । ऊ सडक पार गर्ने दाउमा थियो । यसरी दौडदा बच्चाले पचास
प्रतिशत अङ्ग बाहिर निकालिसकेको थियो । शिकारका लागि हैन हेर्नका लागि म उसको
पछि लागेको थिएँ । अझ उसको स्याहार अरू कोही आए त्यसैलाई आफ्नो क्षुधा मेट्ने
माध्यम बनाउनै झिनो आशा मनमा छँदै थियो ।
+++
हेर्दोहेर्दै सडक पार गर्ने क्रममा बीचमै पुग्न लाग्दा पूर्णरूपेण स्वस्थ
बच्चा बाहिरियो । त्यसका दायाँबायाँ दुबैतिर निष्फिक्री यातायातका साधन
दगुरिरहेका थिए । उसका टाउका माथि मृगको बच्चा चोर्ने दाउमा पन्जा फैलाएको
विशाल कायाको चिल आकाशमा मडारिइरहेको थियो । अबुझ बच्चा जथाभाबी गोडा चाल्दै
थियो । कसैले ठक्कर दिएर चटनी बनाउला कि भन्ने ठूलो त्राहीमाम थियो । अनायासै
मेरो पन्जा बच्चो स्याहार्न पुगेछन् । मृगले सुइकुच्चा ठोकिसकेको थियो ।
रफ्तारमा एकतमासले दौडेका सारा साधन यत्रवत् रूपमा फ्रिज भएका थिए ।
+++
शुरुमा त बच्चो मबाट उम्कन खोज्यो । मैले नै दिइनँ । बिस्तारै अघि बढेँ र
बढाएँ । अब यसलाई आफ्ना डमरुसँगै हुर्काउने कि जङ्गलमै छाडिदिने ? मनमा कुरो
खेल्दै थियो ।
यसकी आमासँगै यो सुखी हुन्छ उसैका सामु पुर्याएर छाडिदिनु बेस रहन्छ भन्ने
निष्कर्षमा पुग्नै लाग्दा सामुन्नेमा रगतको आहाल देखापर्यो ।
+++
बच्चालाई पारि तारेपछि यसो फर्केर आहालतिर हेरेको त खै केले छोएर हो मेरा
आँखाको बाँध पनि एक्कासी फुटेर छताछुल्ल भइरह्यो । किनभने नजिकै उही आमा मृग
उत्तानो टाङ लगाइरहेको थियो ।
+++
सर्जक परिचय १. नाउँ, जन्म र जन्मस्थान– नन्दलाल आचार्य, २०३०–०३–२८, जहडा–लालसिसुवा, बेलका नगरपालिका, उदयपुर । २. आमा÷बाबु– भगवती÷विष्णुप्रसाद आचार्य ३. हालको बसोबास र राष्ट्रियता– स्थायी– बेलका नगरपालिका–२, गल्फडिया, सिद्धार्थटोल, उदयपुर । अस्थायी÷पत्राचारको लागि– श्री जनता मावि, गोलबजार–४, सिरहा । ४. शिक्षा– बी.ए., बी. एड., एम.एड. (नेपाली) ५. अध्ययन गरेका शिक्षण संस्था– श्री जनता मावि, पुरन्दह, उदयपुर । श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज, सप्तरी । श्री बीपी बहुमुखी क्याम्
Subscribe to:
Post Comments (Atom)
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
कवितामा रामविक्रम थापा र नन्दलाल आचार्य ( सवाल-जवाफ ) (सवाल कविता) 🔴 कविता- हाम्रो दिक्तेलको विकास ✍रामविक्रम थापा आउँथ्यो नि विकास उबे...
-
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
शुक्रबारे कथा विमर्श-५ अन्तर्गत स्रोतकथा र उत्तरकथा (२०८२ भदौ ६ शुक्रबार, रातको ७ बजे) शुक्रबारे कथा विमर्श-५ कार्यक्रमको विवरण (स्रोतकथा V...
1 comment:
Yo ho ni t lekha
Post a Comment