प्रतियाेगी तीन मुक्तक-
- कामना आचार्य
ठूलो दिल पत्ता लगाउन लोकमा पुग्नुपर्छ
मानिसको इमान जोख्न भोकमा पुग्नुपर्छ ।
आजकल त असली मुहार देख्नै गाह्रो हजुर
चोर र साधु छुट्याउन चोकमा पुग्नुपर्छ ।
+++
गरिखाने र हेरिबस्नेको जातमा केको फरक
शिशिरले झारेको र टिपेको पातमा केको फरक ?
गरिबलाई थिचोमिचो गर्न कसले दियो अधिकार
पीडा ओकल्ने मेरो निर्दोष बातमा केको फरक ?
+++
पकेट गरम छउँन्जेल म त हामी कहलिएँ
बैँस छउँन्जेल झन् संसारभरकै नामी कहलिएँ ।
अवैध सम्बन्धले पेट ढाडिँदै जाँदा अहिले भने
ऊ बाहुन रे म भने अपवित्र कामी कहलिएँ ।
1 comment:
good
Post a Comment