बालकविता-- जन्मदिन मनाएँ
- गरिमा आचार्य
घुमिफिरी अाएछ एक वर्ष खाएछ
जन्मदिन मेराे रे उपहार पाएछ ।
दु:ख पाएँ भगाएँ सुख जति जाेगाएँ
यसै गरी मैले त जन्मदिन मनाएँ ।
बाबामामू दुबैले अाशीर्वाद दिएर
देखाउनु रे मैले ठूलाे मान्छे भएर ।
सुकार्यमा राजी त मनलाई गराएँ
ठूलाे साेच राखेर जन्मदिन मनाएँ ।
अग्रजकाे सम्मान अनुजकाे मायामा
रमाउने बानी हाेस् यसै गरी काममा ।
खुशियाली सम्झेर दुनियाँमा हराएँ
लेखपढ गरेर जन्मदिन मनाएँ ।
+++
2078/03/16
No comments:
Post a Comment