Thursday, October 12, 2023

जेष्ठ नागरिक विषयक लघुकथा अभियानमा एघार लघुकथा उत्कृष्ट घोषित

जेष्ठ नागरिक विषयक लघुकथा अभियानमा एघार लघुकथा उत्कृष्ट घोषित

लघुकथा प्रतिष्ठान नेपालद्वारा गत असोज १४  गते  आह्वान गरेको जेष्ठ नागरिक विषयक लघुकथा अभियानमा सामेल भएका छ दर्जनमध्ये  तपसिलबमोजिमका लघुकथालाई उत्कृष्ट एघारको सूचीमा राखिएको छ ।

१. गुरुको रोजाइ शीर्षकको नारायण कोइरालाको लघुकथा
२. वृद्धावस्था शीर्षकको सुरेशकुमार पाण्डेको लघुकथा
३. प्रफुल्ल शीर्षकको तुलसी पण्डितको लघुकथा
४. जीवन जीउने सूत्र  शीर्षकको चिरञ्जिबी दाहालको लघुकथा
५. प्रस्ताव शीर्षकको शारदा दाहालको लघुकथा
६. आमाको स्मरण शीर्षकको अनु विज्ञातिको लघुकथा
७. खुसी  शीर्षकको प्रेम पुन मगरको लघुकथा
८. सहारा शीर्षकको कल्पना भण्डारीको लघुकथा
९. उपहार शीर्षकको टंकबहादुर आलेमगरको लघुकथा
१०. पुरस्कार शीर्षकको बाँस्कोटा धनन्जयको लघुकथा
११. सम्मान शीर्षकको शान्ता तिम्सिनाको लघुकथा

लघुकथा विधामा पहिलो विद्यावारिधि डा. पुष्करराज भट्टको संयोजकत्वमा उक्त निर्णय गरिएको हो । वर्तमान पुस्तामा समाजका जेष्ठ नागरिकलाई हेर्ने नजर र गरिने व्यवहारमा सकारात्मक रुपले आमूल परिवर्तन आओस् भन्ने ध्येयले लघुकथा साहित्य मार्फत जनचेतना छर्न खोजेको विचार सन्दर्भ पत्रिकाका प्रधान सम्पादक नन्दलाल आचार्यको छ । अभियानले साहित्यकारमा जेष्ठ नागरिकका मनोभावना बुझ्ने जाँगर चलेको बुझाइ प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालको छ ।
यही कार्तिक ३ गते प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा बुढ्यौली विषयक लघुकथा अभियान २०८० सञ्चालन गरिने र त्यसमा सामेल भएका लघुकथामध्ये एघार लघुकथालाई उत्कृष्ट दर्जा दिइने जानकारी दिँदै कार्यक्रम संयोजक मनोहर पोखरेल भन्छन्- त्यसमध्ये एक सर्वोत्कृष्टलाई १५ हजार नगदले पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । यस अभियानको निर्णयक संयोजकमा डा. राजेन्द्र विमल रहनुभएको छ । सहभागी हुन कार्तिक २ र ३ गते लघुकथा प्रतिष्ठानमा बुढ्यौली विषयक लघुकथा पोस्ट गर्नुपर्नेछ ।
०००















No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...