Sunday, July 9, 2023

रञ्जुश्री पराजुलीको छनोटका पाँच लघुकथा २०८० साउन ०२ भाग ६३७ संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, तोयनाथ, दिव्य, सुरेश

१०. साहित्यकार रञ्जुश्री पराजुलीको रोजाइका पाँच लघुकथा २०८० साउन ०६ गते, ६३७ भाग ।संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
असार महिनाको हरेक मंगलबार (रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रम) प्रशिक्षक तथा संयोजक–  निरज कोइराला, सह–संयोजक तथा प्रस्तोता– लक्ष्मी रिजाल (मिति–  २०८० साउन ०२ । श्रृङ्खला–६३७) (समय– ७ः३० बेलुका)
+++
+++
सम्पूर्ण साहित्यप्रेमीहरूमा नमस्कार । अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रम । आजको प्रस्तोता म हुँ– लक्ष्मी रिजाल । कार्यक्रमको सहजीकरणमा नन्दलाल आचार्यले सघाउँदै आउनुभएको छ ।
यस कार्यक्रमको संयोजकमा निरज कोइराला रहनुभएको छ । व्यवस्थापकीय सक्रियतामा मनोहर पोखरेल र नन्दलाल आचार्य रहनुभएको छ । यस कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ ।
साहित्यकार रञ्जुश्री पराजुलीको रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा समाविष्ट लघुकथाक्रम यस्तो छ–
+++
लघुकथाक्रम-
१. लघुकथा- गरिबी  -पं. ज्यो. तोयनाथ सुवेदी 
२. लघुकथा- नयाँ पन –दिव्य गिरी 
३. लघुकथा– आइडिया  –कमला भट्टराई
 ४. लघुकथा- भात -सुरेशकुमार पाण्डे 
५. लघुकथा- जीउँदो सती प्रथा -रञ्जुश्री पराजुली

+++
१. लघुकथा- गरिबी  -पं. ज्यो. तोयनाथ सुवेदी 

(ओखल्ढुङ्गा) हाल:हेटौंडा -८,कमाने,मकवानपुर।
 "ए नानी ! के लुकाएकि ?" मैले प्रश्न गरें।
उनको बाहुलीबाट घडीले  टाउको छिराएर संसार चियाइरहेको 
थियोे ।उनले भनिन् ," के लुकाउनु त्यही  त हो नि,घण्टे  र मिनेटे टक्क अडिएका छन् ।"
  "किन लुकाएकी त?"
समय -असमयमा मान्छेले सोधिदिन्छन्-समय कतिबज्यो भनी ,
म घडी मिलाउँदै भन्छु,मेरोघडी त बन्द भएछ।"
"बन्द भएको घडी किन लगाएकी त? "  प्रश्न राखेँ।
" के गर्नु वाध्यता र विवशता कहाँ ढाक्न सकिन्छ र?"
त्यसैले सानो झ्यालबाट शिर निकालेर  संसार हेरे जस्तै हेरिरहन्छ फाटेका बाहुलीबाट..च्यातिएका खल्तिबाट..
गाँसेका चप्पलबाट...टाक्सिएका कायबाट ...अनि बिस्तारै
आगो निभेका चुलाहरूबाट .........!!!!!
                               २०८०/०१/०६ रोज ४ शुभम्
+++
साहित्यकार रञ्जुश्री पराजुलीलाई यो लघुकथा मन पर्नुको कारण उहाँले यसरी खुलाउनु भएको छ-
 गरिबको जीवनलाई लघुकथाकरले एउटी  केटीको नाडीमा बाँधेको  थामिएको घडिलाई गरिबीको प्रतिकको रुपमा लिएका छन् । धडी बाँधेर पनि किन लुकाएको भन्ने प्रश्नको उत्तरको रुपमा ती केटी गरिबको  बाद्यता र विवशता लुकाउन  नसके झैं त्यो नचल्ने गडि पनि  गरिबीभएको कारणले   बनाउँन नसक्नुको परिणाम  हो । लग्गुकथाको आयाम ठिक्ककी छ।शिर्षक  सुहाउँदो छ । समाजमा रहेको गरिबीलाई चिरफर गरेर देखाउँन यो लघुकथा सफल भएको छ।
+++

२. लघुकथा- नयाँ पन –दिव्य गिरी 

माता ब्रह्मायणीदेवीबाट सप्ताह महायज्ञ सञ्चालन हुने सूचना गाउँमा पैmलियो । कोरोनाकालपछि यस्ता धार्मिक कार्यक्रम यदाकदा हुनथालेका थिए । त्यो सूचनाले गाउँलेहरूमा खुशी आयो ।
 सप्ताह सुरू भएको पहिलो दिन नै बासुदेव सप्ताहस्थलमा गए । त्यहाँको झकिझकाउ र वातावरण देखेर मख्ख परे । एकातिर भिडियो खिच्नेको भीड, अर्कोतिर भजन गायकहरूको टोली र बीच भागमा ब्रह्मायणीदेवीको आसन मञ्च थियो । बासुदेवले घरमा गएर आफ्नी पत्नी मधुरीमालाई सप्ताहस्थलको वर्णन सुनाए । बासुदेव जागिरमा जानुपर्ने भएकोले उनले मधुरीमा सातै दिनसम्म सप्ताह जान आदेश दिए । प्रख्यात ब्रह्मायणीदेवीको प्रवचन सुन्न टाढाटाढाबाट धेरै महिला र केही पुरुषहरूको पनि उल्लेख्य उपस्थिति थियो । सप्ताह धुमधामका साथ सप्पन्न भयो ।
 सप्ताहको अन्तिम दिन भक्तजनहरूलाई प्रसादहरू वितरण गरियो । मधुरिमा पनि एउटा प्लास्टिकको झोलामा अलिकति पूmल, अक्षता र दुई चार वटा केरा लिएर घर गइन् । 
 ‘कस्तो थियो त सप्ताह महाज्ञान यज्ञ ?’ बासुदेवले पूmल प्रसाद शिरमा लगाउँदै सोधे । 
 ‘रमाइलो निकै भयो । नाच, गान र भजनका साथै कृष्ण लिला पनि देखाइयो । उहिलेको जस्तो भागवत कथाको वर्णन चाहिँ धेरै नहुनेरहेछ ।’ मधुरिमाले भनिन् ।
 ‘उहिलेका जस्ता मान्छेहरू पनि छैनन् नि अहिले । समय परिवर्तनसँगै सप्ताहमा पनि त नयाँपन ल्याउनु प¥यो नि ।’
+++
साहित्यकार रञ्जुश्री पराजुलीलाई यो लघुकथा मन पर्नुको कारण उहाँले यसरी खुलाउनु भएको छ-
 आज विश्वमा धार्मिक  आध्यात्मिक जगतमा पनि  आधुनिकरण भएको उदारहण प्रस्तुत गर्ने यो लघुकथाले  सप्ताह आदि पाठ पुजा भएको ठाउँमा भागवत पुराणको वर्णन भन्दा बढी मण्डप झकिझकाउ पार्नुको साथै नाँच ,गाँन,भिडियो,सिनेमा खिच्ने तिर भक्तजनहरुको बढी झुकाउ भएको तथार्थ लाई यो लघुकथाले देखाउँदै त्यस तर्फ सुधारको संकेत गरेको छ। सरल भाषा शैलीमा रचिएको यो लघुकथाले यश बिधामा एउटा अर्को थुङ्गां फुल थपेको छ l 
+++

३. लघुकथा– आइडिया  –कमला भट्टराई
 अब आलुतामा कसरी पकाउने होला, माइतमा हुँदा कहिल्यै पनि यस्तो काम गर्नु परेन । सासुले अराएको काम, नगरम् भने पनि भरे बुडो आएर खप्नुखानु गर्दैनन् । अब कसलाई सोध्ने होला ? सासुलाई सोधुम् भने ‘‘ढङ्ग नभएकी यस्ती अलच्छिनालाई कुनचाहीँ दिनमा भित्र्याउन पुगिछु’ भन्दै सत्तरी सराप गर्न थालिहाल्नुहुन्छ । अब के गर्नेहोला भनेर म सोचिरहेकी थिए । 
 त्यहीबेलामा मेरी साथी समयिकाको फोन आयो । उसको कुरा टुङ्गिन नपाउँदै मैले सोधिहाले– ‘ओई ! आलुतामा कसरी पकाउने ?’ खै मलाई त केही थाहा छैन यार, ऊबाट मेरो समस्या समाधान नहोलाजस्तो भयो । मैले हत्पत्ताउँदै भने– ‘कुनै उपाय सोच न यार, आज मेरो सासुले मलाई आलुतामा पकाउनु भन्नुभएको छ, नपकाए त मेरो के हाल होला ! ? उसले तुरुन्तै भनिहाली– ‘टाउको दुख्यो, एकछिन ढल्किन्छु, अलि सन्चो भएपछि उठेर पकाउँछु भनेर भान्सामै सुत ’ मैले त्यसै गरे । उसको सल्लाह मान्नुको मसँग अर्को कुनै विकल्प पनि त थिएन । एकछिनपछि सासु आउनुभयो र के भयो भन्दै सोध्नुभयो । मैलै सकि नसकि बोले झै गरेँ – ‘एक्कासी टाउको दुख्यो त्यसैले भान्सामै एकछिन आराम गर्नुपर्रयाे भनेर ढल्केकी आमा ।’
 मेरो कुरा सासुले पत्याउनुभयो वा भएन मलाई थाहा भएन तर, उहाँले‘‘ल ठिकै छ, बाबु आउनेबेला भयो खाना तयार पार्न ढिला हुन्छ ।’ भन्दै आलुतामा पकाउने तरखरमा लाग्नुभयो । मैला आँखा नझिम्क्याइकनै हेरीरहे र सासुले थाहा नपाइकन समयिकालाई म्यासेज पठाए– ‘ओइ ! तेरो आइडीया काम लाग्यो नि ।’ उसले विर्सेको भान गरी– ‘के आइडिया....! ?’ ऊ क्या त ! आलुतामा पकाउने । 
मितीः २०८० साल जेठ २६ गते शुक्रबार,
स्थानः सूर्यविनायक नगरपालिका वडा नम्बर– ८, चुनदेवी (भक्तपुर) । 
++++

साहित्यकार रञ्जुश्री पराजुलीलाई यो लघुकथा मन पर्नुको कारण उहाँले यसरी खुलाउनु भएको छ-

शिर्षक आइडिया सट्टा चतुर्याई जस्तो नेपाली राखेको भए मौलिकता थपिन्थ्यो । तैपनी यो लघुकथाले सान्त तरिकाले आफुले नजानेको पाककला सासू सङ्ग सिक्ने तरिका सिकाएको छ। युवा वर्गलाई सन्देश दिने यो कथा सुन्दर्छ।
+++

४. लघुकथा- भात -सुरेशकुमार पाण्डे 
हाम्रो खेत थिएन र केही मैनाबाट भात खाएका थिएनौं।हाम्रो गाउंमा परायजसो मकैको खेती हुनेहुंदा हामिले मकैको आटो खान्थ्यो।
कहिलेकसो मेला पर्वमा भने घरमा भात पाक्थ्यो।
कहिले असो पाहुंना आयो भने आंमाले थोंत्रे बाकस "जो धंइसो लागेर कालो भएकोथियो।" बाट निकालेर "उस्लाई तामाको तसलामा भात पकाइदिनु हुन्थ्यो।पाहुंनाले खाएर बच्यो भनी हामिले चाख्थ्यो।
आंमा आज हामिलाई पनि भात पकाउंनुहोस् है ! - मैले आंमालाई विन्रम निवेदन गरें'
घरमा चामल छैन बाबु भोली पर्सि मैले बाजारबाट चामल ल्याउंछु त्यसपछि अवश्यपनि पकाइदिन्छु!- आंमाले मेरो सिरमा स्नेहपूर्वक हात फेर्दै भन्नुभयो।'
तर मलाई आंमाले टर्काएको जस्तै लाग्यो।
'नाइ ! हजूरले हामिलाई ढांट्नु हुन्छ।कालो बाकसमा चामल राख्नु भएको छ! - मैले आंमालाई जिद्ध गर्दै भने'
आंमा खिसिक्क मुस्कुराउंनुभयो! जा कुवाबाट यो सानो हत्तरमा पानी लिएर आइजा। म तिमिहरूलाई आज भात पकाईदिन्छु! -आमाले भन्नुभयो।'
म खुसिहुंदै पानी लिन दौडेर गएं र दौडिएरै फर्किएं।आंमाले थोंत्रे बाकसबाट एउटा सानु कुटुरा निक्लुभयो।तर त्यसमा चामल थिएन चामल चुनेको बिंयाहरू जम्मागरेर राखेको धान थियो।
त्यो देखेर बल्ल मलाई थाहाभयो आंमाले मलाई सहि भन्नुभएको रहिछ।
त्यो धानलाई सुपामा लोराले दलेर एकैछिनमा एकमाना चामल बनाउंनुभयो।अनि चोमे तसलामा भात पकाउंन डोसनु भयो।
हामी सबै भाई बहिनाहरूले त्यही पाक्नलागेको भातलाई नियाली रहेकाथियौं सबैको अनुहार उज्यालो थियो।
दाङ घोराही १८
१०-०६-२०२३
+++
साहित्यकार रञ्जुश्री पराजुलीलाई यो लघुकथा मन पर्नुको कारण उहाँले यसरी खुलाउनु भएको छ-
"चामलको भात खान दसैं  पर्खनु पर्ने"  भन्ने नेपाली उखानलाई चरितार्थ पार्ने यो भात शिर्षक को लघुकथा मार्मिक  बिषय बस्तु माथी रचिएको छ।पाहुना आएको बेला  पुरानो मैलो कालो बाकसमा जतन सङ्ग राकेको चामल तामाको तसलामा पकाएर खान दिएको  ,बाँकी  आफुहरुलाई पनि दिन्छिन्  कि भनेर साना केटाकेटी हेरी रहेको दृश्य  मार्मिक  छ ।उनिहरुले आटो खानु पर्दथ्यो ।एक दिन आमासङ्ग कराएर उनीहरुले भात खान पाउँने भए ।आमाले चामल केलाउँदा बिनेर निकालेर जम्मा पारेको करिव एक माना जती धानलाई चामे लौरोले दलेर चामल बनाएर सुपामा कुवाबाट पानी ल्याएर  भात पकाएको चित्रात्मक अभिव्यक्ति लघुकथामा  अतिनै मार्मिक छ ।पर्योग भएका झोरोवादी शब्दहरु जस्तै सुपाहा ,चामे, तसला,सन्दुक आदिले कथाको ग्रामिण परिवेशको झझल्को दिएका छन् ।
+++
५. लघुकथा- जीउँदो सती प्रथा -रञ्जुश्री पराजुली

 
लोग्नेको जुठो बारेर बसेकी सरलालाई भेटन म पशुपति  गएकी थिएँ।  उनको अवस्था देक्गेर स्तब्ध भएकी थिएँ  । म उनको जीवन्को पाना केलाउँन थाले । प्रगतिशील विचारकी । हिम्मतवाली । विद्रोही स्वभावकी।तर जन्मीन्  उनी पुरातनपन्थी परिवारमा । उच्चशिक्षा पढ्न सहर जान चाहन्थीन् ।  उनको बाबाले भन्नू भयो " कुल ,धर्म ,रितिरिवाज छोडेर पर्दैन सहर गएर पढ्न । गाउँमा छउँन्जेल पढाएँ ।अब चल्दो मिल्दो कुटुम्ब भेटे बिहे गर्नु पर्छ ।
उनले विद्रोह गरिन्  र भनिन् " बाबा हजुरले पैसा नदिए पनि आफैं  कमाएर पढ्छु ।पढ्न  त पढ्छु पढ्छु । पढ्छु ।
   उनी राजधानी तिर हानिइन् । संघर्षका पहाडहरु चढ्दा चढदै उनले एम ए पास गरिन् । तर उनलाई" छाडा," "उत्ताउली" भनेर कुरा काट्दथ्यो समाज । आमाको न्यास्रो लागेर घर जाँदा बाबा वास्ता गर्दैन थिए ।
उनले प्राध्यापनको जागिर पाईन् । सहकर्मी रमेश सङ्ग उनको माया बस्यो । उक्त केटो रमेश सरलाको स्वधर्मी,स्वजाती र कुलघरानाको नै भएकोले उनका बाबाले वाध्य भएर गोडा धोएर कन्यादान नै गरे । रमेश र सरलाको एउटा छोरो जन्मियो  ।परिवार सुख सङ्ग चल्दै थियो। एक दिन अकस्मात्  रमेश बिरामी  भएर जाँच्न जाँदा डाक्टरले " टाउकोमा गाँठो छ।शल्यक्रिया  गरेर झिकी हाल्नु पर्छ। सात देखि दस लाख सम्म लाग्छ " भने उनीहरु सङ्ग त्यति रकम थिएन।अनेक दुख गरेर खर्च जुटाएर शल्यक्रिया  गराए। तर सफल भएन । रमेशको मृत्यु  भयो ।
केही दिन पछि मैले उनलाई अफिसमा देखे ।उनले रातो पहिरन ,रातो चुरा र रारै टीका लगाएकी थिइन्  । मैले छक्क परेर हेरिरहँ।  उनले भनीन् " अचम्म लाग्यो दिदी ? के गरे,जीवन असरल्ल छ । मारिएर जाने सती प्रथा त एक पल्टमै सकिन्छ  जीउँदै असेर मारिरहने सतीप्रथा गाह्रो हुन्छ ।आखिर हामी सतीप्रथाको बिरोध गर्छौं  नि होइन र दिदी ?
  
+++
साहित्यकार रञ्जुश्री पराजुलीलाई यो लघुकथा मन पर्नुको कारण उहाँले यसरी खुलाउनु भएको छ-

 विधवा युवती  आइमाईले  लोग्ने मरे पछि उस्को नाममा रातो चुरा ,धागो, रातो रङ्गका लुगा आदि लगाउन हुन्न भन्ने जुन अन्धविश्वास  हाम्रो समाजमा छ त्यो सरासर जीउँदो सतीप्रथा जस्तो कार्य हो । त्यस  सामाजिक  धारणा प्रती क्रान्तीगर्दै एक शिक्षित नारी जस्ले प्रेम बिबाह गरेकी थिइन्  ।उनका श्रीमान्  अल्पाअयुमा नै ब्रेन टिउमर भएर मर्छन्  ।श्रीमान् को मृत्यु पछि उनी रातै शृङार र परिधानमा सजिएर आफ्नो कार्यमा दत्त्चित्त हुन्छिन्   ।  यो कथाले विधवा युवतीहरुलाई प्रेमलाई र्ह्य्दय भित्र  अटल र अमर राख्नु पर्छ ।बाहिरी आडम्बर केही पनि गर्नु पर्दैन भन्ने  क्रान्तिकारी संन्देश  दिएको छ ।
+++

अन्त्यमा कार्यक्रम श्रवण गरेर र मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने अनि युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्ने सम्पूर्ण साहित्यप्रेमीहरुलाई हार्दिक धन्यवाद दिन्छु । अब यस कार्यक्रमका संयोजक निरज कोइराला र सहजकर्ता नन्दलाल आचार्य लघुकथा विमर्श कार्यक्रम सञ्चालन गर्न आउनुहुनेछ । अर्को पटकसम्मका लागि म विदा चाहन्छु । नमस्कार । धन्यवाद ।
+++++++++++++++++++++++++++++++++++++++++++++++ 






















लघुकथा -- किसान 
      उमानाथ दाहाल 
 शिवसताक्षी नगर पालिका  झापा 
   भजन सकिएपछि पण्डितजीले व्यासासनबाट प्रवचन शुरु गरे । प्रवचनमा उनले अनुशासन,  मर्यादा,  कर्तव्य, आय आर्जनका विभिन्न  कर्महरूको बारेमा चर्चा गरे । उनी बोलिरहेकै बेला एकजना श्रोता  उठ्यो। पण्डितजीको ध्यान त्यता तर्फ तानियो । उनले सोधे " केही भन्न खोज्नु भएको हो कि ?"
 श्रोताले  एउटा प्रश्न राख्यो
" पण्डितजी ! कर्महरू अनेक छन् तर सबैभन्दा राम्रो कर्म चैँ कुन होला?"
  श्रोताको जिज्ञासा सुनेर पण्डितजी मुस्कुराए र भने " कति राम्रो प्रश्न राख्नु भयो सबैले ध्यान दिएर सुन्नुहोला । हामीले आय आर्जनका निम्ति गर्ने अनेक कर्महरू मध्ये सबै भन्दा उत्तम ,निश्छल र पवित्र कर्म किसानी कर्म हो " ।
 श्रोताले यताउति आँखा डुलायो र फेरि उठेर भन्यो" यस्तो घाम-पानी,  हिलो- धूलो, जाडो- गर्मी केही भन्न नपाउने दुःखी कर्म पनि कसरी उत्तम कर्म हुन्छ?"
 श्रोताको विचार सुनेर पण्डितजी हाँसे । उनले श्रोतालाई बुझाउँदै भने " मेरो प्यारो भाइ ! खै कुरा बुझेको ? हामी सबैको प्राणको आधार उत्पादन गर्ने किसानी कर्म उत्तम नभएर कुन चैँ उत्तम हुन्छ त ?"
 श्रोताबाट अर्को प्रश्न आएन । आजको निर्धारित प्रवचन सकियो । सबै आआफ्ना घर लागे । पण्डितजी पनि साइकल चढेर घर तर्फ हानिए।
  घर जाने क्रममा पण्डितजीले बाटाकै छेउमा खेतमा काम गरिरहेको  एउटा किसानलाई देखे । उनी साइकलबाट ओर्लिए । साइकल अड्याए र हात जोड्दै ति किसिनलाई भने " नमस्कार "
 आश्चर्यको नजरले ति किसानले पण्डितजीलाई हेरे,नमस्कार फर्काए  र भने " मैले त चिन्न सकिँन " 
 पण्डितजीले मिठो आवाजमा भने " तपाईं भगवान् हो । भगवान्ले सबैलाई चिन्नु हुन्न तर हामी चिन्छौँ " ।

1 comment:

लघुकथा प्रतिष्ठान said...

शीर्षक : भात -लघुकथा!
-सुरेशकुमार पाण्डे
हाम्रो खेत थिएन र केही मैनाबाट भात खाएका थिएनौं।हाम्रो गाउंमा परायजसो मकैको खेती हुनेहुंदा हामिले मकैको आटो खान्थ्यो।
कहिलेकसो मेला पर्वमा भने घरमा भात पाक्थ्यो।
कहिले असो पाहुंना आयो भने आंमाले थोंत्रे बाकस "जो धंइसो लागेर कालो भएकोथियो।" बाट निकालेर "उस्लाई तामाको तसलामा भात पकाइदिनु हुन्थ्यो।पाहुंनाले खाएर बच्यो भनी हामिले चाख्थ्यो।
आंमा आज हामिलाई पनि भात पकाउंनुहोस् है ! - मैले आंमालाई विन्रम निवेदन गरें'
घरमा चामल छैन बाबु भोली पर्सि मैले बाजारबाट चामल ल्याउंछु त्यसपछि अवश्यपनि पकाइदिन्छु!- आंमाले मेरो सिरमा स्नेहपूर्वक हात फेर्दै भन्नुभयो।'
तर मलाई आंमाले टर्काएको जस्तै लाग्यो।
'नाइ ! हजूरले हामिलाई ढांट्नु हुन्छ।कालो बाकसमा चामल राख्नु भएको छ! - मैले आंमालाई जिद्ध गर्दै भने'
आंमा खिसिक्क मुस्कुराउंनुभयो! जा कुवाबाट यो सानो हत्तरमा पानी लिएर आइजा। म तिमिहरूलाई आज भात पकाईदिन्छु! -आमाले भन्नुभयो।'
म खुसिहुंदै पानी लिन दौडेर गएं र दौडिएरै फर्किएं।आंमाले थोंत्रे बाकसबाट एउटा सानु कुटुरा निक्लुभयो।तर त्यसमा चामल थिएन चामल चुनेको बिंयाहरू जम्मागरेर राखेको धान थियो।
त्यो देखेर बल्ल मलाई थाहाभयो आंमाले मलाई सहि भन्नुभएको रहिछ।
त्यो धानलाई सुपामा लोराले दलेर एकैछिनमा एकमाना चामल बनाउंनुभयो।अनि चोमे तसलामा भात पकाउंन डोसनु भयो।
हामी सबै भाई बहिनाहरूले त्यही पाक्नलागेको भातलाई नियाली रहेकाथियौं सबैको अनुहार उज्यालो थियो।
दाङ घोराही १८
१०-०६-२०२३

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...