सुरेशकुमार पाण्डेको मंगलबारे लघुकथा छनोट-६५८ साउन-२३ प्रस्तोता-लक्ष्मी रिजाल, संयोजक-निरज कोइराला
+++
आजसम्मको विवरण (रोजाइ-छनोटका लघुकथाको)
------------------------------
१४. साहित्यकार दिपकुमार मंग्रातीको छनोटका पाँच लघुकथा २०८० साउन ३० गते, ६६५ भाग । संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन-मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
१३. साहित्यकार सुरेशकुमार पाण्डेको छनोटका पाँच लघुकथा २०८० साउन २३ गते, ६५८ भाग । संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन-मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
१२. साहित्यकार अन्जु शर्माको छनोटका पाँच लघुकथा २०८० साउन १६ । श्रृङ्खला–६५१) संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
११. साहित्यकार शान्ता तिम्सिनाको रोजाइका पाँच लघुकथा २०८० साउन ०९ । श्रृङ्खला–६४४) संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
१०. साहित्यकार रञ्जुश्री पराजुलीको रोजाइका पाँच लघुकथा २०८० साउन ०२ गते, ६३७ भाग । संयोजक- खगेन्द्र बस्याल, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
९) साहित्यकार निर्मला बरालको रोजाइका पाँच लघुकथा २०८० असार २६ गते, ६३० भाग । संयोजक- खगेन्द्र बस्याल, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
८) साहित्यकार कुञ्जदेवी उपाध्यायको रोजाइका पाँच लघुकथा २०८० असार १९ गते, ६२३ भाग । संयोजक- खगेन्द्र बस्याल, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
७) साहित्यकार शेषमणि आचार्यको रोजाइका पाँच लघुकथा २०८० असार १२ गते, ६१६ भाग । संयोजक- खगेन्द्र बस्याल, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
६) साहित्यकार अनुग्रह राना मगर पुष्पको रोजाइका पाँच लघुकथा २०८० असार ५ गते, ६०९ भाग । संयोजक- खगेन्द्र बस्याल, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
५) साहित्यकार नानी भारद्वजको रोजाइका पाँच लघुकथा २०८० जेठ ३० गते, भाग ६०२ ।
+++
४) साहित्यकार सुनिता निरौला पौडेलको रोजाइका पाँच लघुकथा २०८० जेठ २३ गते, भाग ५९५ ।
+++
३) साहित्यकार हिरनमयी आचार्य शर्माको रोजाइका पाँच लघुकथा २०८० जेठ १६ गते, भाग ५८८ ।
+++
२) लघुकथाकार लता केसीको रोजाइका पाँच लघुकथा २०८० जेठ ०९ गते, भाग ५८१ ।
+++
१) साहित्यकार लक्ष्मी रिजालको रोजाइका पाँच लघुकथा २०८० जेठ २ गते, भाग ५७४ ।
++++
(समय– रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।)
++++
(यो ढाँचामा पठाउन अनुरोध छ । ) मिति–२०८०.०२.२८
लघुकथाकार ------ ज्यू,
सर्जकको सक्रियता र स्रष्टाको सम्मान हेतु लघुकथा प्रतिष्ठानले आरम्भ गरेको रोजाइका पाँच लघुकथा तपसिलको परीधिमा रहेर पठाई लघुकथाको विकासमा प्रतिष्ठानले आरम्भ गरेको कदमलाई साथ र समर्थन दिन सादर अनुरोध छ ।
---ज्यूको रोजाइमा परेका पाँच लघुकथा र रोजाइमा पर्नुका कारणहरू–
१. रोजाइमा परेको पहिलो लघुकथा–................................
--- ज्यूको रोजाइमा पर्नुका कारणहरू–.......................
२. रोजाइमा परेको दोस्रो लघुकथा–................................
---रोजाइमा पर्नुका कारणहरू–.......................
३. रोजाइमा परेको तेस्रो लघुकथा–................................
----ज्यूको रोजाइमा पर्नुका कारणहरू–.......................
४. रोजाइमा परेको चौथो लघुकथा–................................
----रोजाइमा पर्नुका कारणहरू–.......................
५. रोजाइमा परेको पाँचौँ लघुकथा–................................
----ज्यूको रोजाइमा पर्नुका कारणहरू–.......................
यसो गर्दा कम्तिमा पनि एउटा लघुकथा नारी/पुरुषका हुनु अनिवार्य छ । छनोट गर्दा हालसालै प्रतिष्ठानबाट लाइभ वाचन नभएको हुनुपर्छ । ढाँचा अनुरुपको लघुकथा मेसेन्जर वा तलको इमेलमा प्रेषण हुनुपर्नेछ ।
प्राप्त लघुकथा क्रमशः हरेक मंगलबार फेसबुक लाइभ वाचन र परिचर्चाका साथ सिङ्गारेर युटुभमा सुरक्षित राखिने छ । प्रतिष्ठानलाई सघाउने स्रष्टा महानुभावलाई सम्मानोपहारले विभूषित गरिने छ । साथै स्थायी प्रकृतिको रेकर्ड राखिने छ । प्राप्त सिर्जना वेभसाइडमा समेत राखिने छ । सहयोगको अपेक्षा राख्दै अहिलेलाई.....!
कार्यक्रम संयोजक- खगेन्द्र बस्याल/निरज कोइराला तथा प्रस्तोता– लक्ष्मी रिजाल
संस्थापक व्यवस्थापक लघुकथा प्रतिष्ठान । sstav20780703@gmail.com
nandalalacharya@gmail.com
+++ Plz do as possible.+++
(पुनश्चः नमस्कार, तपाईंलाई पनि कारणसहित पाँच लघुकथा रोजेर माथिको ढाँचामा पठाउन सक्नुहुने छ । हामी सम्मानजनक स्थान दिलाउने प्रयास गर्ने छौँ ।
प्रस्तोता- लक्ष्मी रिजाल, व्यवस्थापक- मनोहर पोखरेल, परिकल्पना- नन्दलाल आचार्य, संयोजक- खगेन्द्र बस्याल/निरज कोइराला)
+++
साहित्यकार सुरेशकुमार पाण्डेको छनोटका पाँच लघुकथा २०८० साउन २३ गते, ६५८ भागका संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, व्यवस्थापन- मनोहर पोखरेल, सहजकर्ता- नन्दलाल आचार्य, प्राविधिक सहयोग- गरिमा-गजल-गभर्नर र कामना आचार्य ।
(मिति–२०८०–०४–२३ श्रृङ्खला–६५८) समय– ७ः३०–८ः३० बेलुकी ।।
मंगलबार– (लघुकथा छनोट कार्यक्रम) सह-संयोजक तथा प्रस्तोता– लक्ष्मी रिजाल+संयोजक– निरज कोइराला (मिति–२०८०–०४–०२, ०९, १६, २३, ३० श्रृङ्खला–६३७, ६४४, ६५१, ६५८ र ६६५) समय– ७ः३०–८ः३० बेलुकी ।।
+++
नमस्कार सम्पूर्ण साहित्यप्रेमीहरूमा हार्दिक नमस्कार । अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक लघुकथा छनोट कार्यक्रम । आज मिति–२०८० साउन २३ गते लघुकगा प्रतिष्ठान, नेपालको नियमित वाचनविमर्श श्रृङ्खला नं. ६५८ हो । स्थापना मिति २०७८ कार्तिक ३ गतेदेखि नबिराई नियमित लघुकथा वाचनविमर्श कार्यक्रम भइरहेको छ ।
आजको प्रस्तोता म लक्ष्मी रिजाल यहाँहरु सामु साहित्यकार सुरेशकुमार पाण्डेले कारणसहित छनोट गरी पठाउनुभएको पाँच लघुकथा प्रस्तुत गर्न उपस्थित छु ।
यस कार्यक्रमको संयोजकमा निरज कोइराला हुनुहुन्छ । व्यवस्थापनको चाँजोपाँजो मनोहर पोखरेलले मिलाउँदै हुनुहुन्छ । सहजीकरणमा नन्दलाल आचार्यले सघाउँदै आउनुभएको छ । प्राविधिक सहयोगमा भने गरिमा, गजल, गभर्नर र कामना आचार्यले समय दिइरहनुभएको छ ।
यस कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ । अब म तमाम हाम्रा शुभेच्छुक लघुकथाप्रेमी मित्रहरुलाई साक्षी राखी कारणसहित पाँच लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु ।
+++
यस साता साहित्यकार सुरेश कुमार पाण्डेको छनोटमा पर्न सफल पाँच लघुकथाक्रम यस्तो छ-
१ डा.पुष्करराज भट्ट- महत्त्व
२ अञ्जु शर्मा- गौंथलीको घर
३. रमेन्द्र कोइराला- जन्मदिन
४ तिलक तारामी"रेशाली"-जाँचपास
५ अल्पविराम पोखरेली -यो त नेपाल हो
+++
अब म लघुकथा प्रतिष्ठानको मंगलबारे वाचनविमर्श कार्यक्रमका लागि साहित्यकार सुरेशकुमार पाण्डेले छनोट गरी पठाउनुभएको पहिलो लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु-
१. लघुकथा- महत्त्व -डा.पुष्करराज भट्ट
“हेर्नुस ! मैले साहित्यमा लागेर नाम कमाएँ केही दाम कमाएँ । मलाई सारा मानिसले सम्मान गर्छन्, आदर्श मान्छन् ।” उनी भन्दैै गए, म सुन्दैै गएँ ।
“साहित्यमा नलागेको भए के हुन्थ्यो होला ?” मैले पत्रकार जसरी प्रश्न सोधेँ ।
“साहित्यमा नलागेको भए म आफ्नै पेशा व्यवसायमा लागेर अवकाशको जीवन बाँचिरहको हुन्थेँ ।” उनी खुल्दै गए ।
“सम्मानको जीवन बाँच्नुभएको छ । तपाइँको सिर्जनाको मूल्य समाजले चिनेको छ ।” मैले प्रशंसा गर्दै भनेँ ।
“तर के गर्ने...........?” उहाँको अनुहारमा विषादका रेखाहरू देखिए ।
“के भयो सर ?” म आतंकित भएँ ।
“मेरो घरपरिवारलाई मेरो सामाजिक जीवनको प्रतिष्ठाको कुनै मूल्य थाहा छैन । मेरी श्रीमतीले धेरै पैसा कमाउन सकेन भनेर प्रताडित गरिरहन्छिन् । छोराले मैले पाएका सम्मानपत्र घरको भित्तामा झुण्डयाउन मानेको छैन ।” उनको स्वरमा पीडा बढदै गयो ।
“अनि यस बारेमा घरपरिवारसँग कुरा गर्नुभएन ?” मैले जिज्ञासा राखेँ ।
“कुरा गरेको थिएँ श्रीमतीसँग । यति महँगो भित्तामा तुच्छ प्रमाणपत्र झण्ड्याउने कुरा नगर्नुहोस् । घरका कसैलाई मन पर्दैन् भनिन् । म चुपचाप सुनिरहेँ ।” यति भनिरहँदा उनको आँखा रुमालले छोपिएको थियो ।
++++
साहित्यकार सुरेश कुमार पाण्डेले यस लघुकथालाई आफ्नो रोजाइमा पार्नुको कारण यसरी खुलाउनुभएको छ-
मन छुने केही शब्दहरू घरपरिवारलाई मेरो सामाजिक जीवनको प्रतिष्ठाको कुनै मूल्य थाहा छैन।मेरी श्रीमतीले धेरै पैसा अमाउन सकेन भनेर प्रताडित गरिरहन्छिन्।छोराले मैलेपाएका सम्मानपत्र घरको भित्तामा झुण्डयाउन मानेको छैन्।
जस्ता शब्दहरूले आम साहित्यकारको मन छुनु स्वाभाविक हो।कथाले गहन बिचारमाथी प्रकास पारेको छ।कथालाई अध्यायन गर्दा डाक्टर साहिवले अहिले लेखक साहित्यकारले पारिवारिक रूपमा समेत प्रताड्ना सहन बाध्य भयको देखाउँनुभयको छ।यो अहिलेका इमानदार साहित्यकारहरूले प्रयजसो झेल्दै आएको घटनामाथि आधारित छ।
+++
अब म लघुकथा प्रतिष्ठानको मंगलबारे वाचनविमर्श कार्यक्रमका लागि साहित्यकार सुरेशकुमार पाण्डेले छनोट गरी पठाउनुभएको अर्को लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु-
२. लघुकथा- गौंथलीको घर -अन्जु शर्मा
रातोपुल
राम कुमार थेबे निकै समजदार ब्यक्ति हुन।घर परिवार र समाजमा उनको निकै रबाफ पनि थियो ।एकताकाको कुरा न हो; गौंथली घर बनाउने क्रममा कसैको घर खोज्दै थियो ।परजीवी नभए पनि गौंथलीलाई घर बनाउन भने अरूको घर चाहिन्छ ।यसैक्रममा उसले राम कु.थेबेको घर रोज्यो।मिहिनेती चरो गौंथलीले गिलोमाटोबाट असाध्य राम्रो घर बनायो । घर बनाउनजेल राम कु.धेरै खुशी थियोे ।गौंथली बसेकाले नै घरमा लछ्छिन लागेकोमा उ गर्व गर्थ्यो।!!
जब गौंथलीले बच्चा कोरल्यो तब राम कु.को अोच्छ्यान भरि चराको बिष्टा देखिन थाल्यो ।जतिसुकै सफागरेपनि फोहोर भैरहने।बचेराको चिरचिर अावाजले राम कुमारको निद्रा पनि बिग्रियो।चरालाई संझाएको थियोे तर कहाँ बुझ्छ र मान्छेको भाषा !!!राम कुमारले रिस थाम्न नसकि गुंड भत्काउने निर्णय गर्यो।अनि" राको" बालेर गौंथलीको घरमा झोस्यो।अागो दन्केर बल्न थाल्यो ।राम कुमार अागनमा ताली पिट्दै नाच्दै "भरे त गौंथली कहाँ बसौली"!!।घरमा अागो लागेको देखेर छिमेकी भेला भए ।
हैन ए रामे !किन नाचेको हँ? घरमा त अागो लागेको छ।रामे मुस्कुराउदै "अब मैले अोछ्यानमा बिष्टा गर्ने गौंथलीको घरमा अागो लगाएको छु।मेरो घरमा हैन।"छिमेकीहरू थु....थु ..रामे तेरो बुद्धि कता हरायो ।गौंथलीको नामले अाफ्नै घर खरानी बनाइस्।"गौंथली त परै जाअोस तँचाई कहाँ बस्छस्"?छिमेकीको कुराले रामे छाङ्गाबाट खसे झै भयो ।(तत्कालीन देशको राजनीति )
+++
साहित्यकार सुरेश कुमार पाण्डेले यस लघुकथालाई आफ्नो रोजाइमा पार्नुको कारण यसरी खुलाउनुभएको छ-
अञ्जु शर्माको कथाले दुईधारको प्रतिनिधित्व गरेको छ।गौंथलीले सुन्दर घर बनायो।यसबाट थुप्रै प्रेरणा मिल्छ।
आर्को तिर गौंथलीको कला देखेर प्रभाबित भएको व्याक्ती गौंथलीका बजेराहरूको विष्टले यती धेरै रिसाउँछ गौंथलीको घरमा आगो लगाउँनपुग्छ।तर उसले यो भुलिसकेको हुन्छ गौंथलीको घर आफ्नै घरमा बनेको छ।आगो आफ्नै घरमा लगाएर आगनमा रमाउँन पुग्छ।एउटा मुर्खको भुमिकामा आधारीत लघुकथाबाट राम्रो ज्ञान मिल्न सक्छ।
+++
अब म लघुकथा प्रतिष्ठानको मंगलबारे वाचनविमर्श कार्यक्रमका लागि साहित्यकार सुरेशकुमार पाण्डेले छनोट गरी पठाउनुभएको अर्को लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु-
३. लघुकथा- जन्मदिन -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया,सुनसरी
"हाम्रो संस्थाको उद्देश्य जन्मदिनमा आयातित संस्कृति केक काट्ने कार्यलाई निरुत्साहित गर्नु हो ।" साहित्यिक संस्थाका सदस्यले वक्तव्य दिए ।
अर्काले उपस्थित समुदायतिर हेर्दै भने -"हो, हामीले संस्थाका सदस्यहरूको जन्मदिन घरैमा गएर मनाउने परम्पराको शुरुवात गरेका छौँ । हामी उपहारको सट्टा शुभकामना दिन्छौं ।"
रितालाई बिचमा राखेर अबिर , खादा , माला लगाएर शोभायमान पारेका थिए संस्थाका मान्छेहरूले । कसैले रिताको व्यक्तित्वको वारेमा बोले भने कसैले कृतिको बारेमा ।
अन्त्यमा अध्यक्षले भने -" हामीले जन्मदिनमा बत्ती निभाउनु हुँदैन । बत्ती निभाउनु भनेको अँध्यारो हो । हामीले अँध्यारो होइन उज्यालोतिर जानुपर्छ। त्यसैले निभाउनेलाई निरुत्साहित गर्नुपर्छ । त्यस्तै रक्सी,मासु,केक काट्ने फजुल खर्चको सट्टा व्यक्तिको वारेमा बोल्दा गाउँका मान्छेले पनि महत्व बुझ्छन् । "
कार्यक्रम सकेर साहित्यिक संस्थाका मान्छेहरू सडकमा पुग्न पनि पाएका थिएनन् जेठी छोरीले रितालाई तान्दै अर्को कोठातर्फ लगी ।
भित्र परिवारका सदस्यहरू मैनबत्ती बालेर केक काट्न तम्तयार भएर बसेका थिए । सबैले ऊतिर हेर्दै भने -" हैपी बर्थ डे टु यु .... । "
०८०/३/२५
+++
साहित्यकार सुरेश कुमार पाण्डेले यस लघुकथालाई आफ्नो रोजाइमा पार्नुको कारण यसरी खुलाउनुभएको छ-
आदरणिय रमेन्द्र कोइरालाजीको "जन्मदिन" कथाले अहिले जन्मदिनको नाउँमा समाजमा फैलिंदै गएको विक्रितीलाई चिरफार गरेको छ। खास गरेर दियो जलानु पर्नेमा मोम बत्तीलाई बुझाएर मनाइने जन्मदिन हाम्रो परमपरा भित्र पर्दैन भनेर समाजलाई सचेत पार्ने खालको लघुकथाले हामिसबैलाई प्ररेणा दिएको छ।
+++
अब म लघुकथा प्रतिष्ठानको मंगलबारे वाचनविमर्श कार्यक्रमका लागि साहित्यकार सुरेशकुमार पाण्डेले छनोट गरी पठाउनुभएको अर्को लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु-
४. लघुकथा : जाँचपास -तिलक तारामी "रेशाली"
----------------------------------------
"खै त, मैले भनेको चिज ल्याइदिनु भो ? " चमेलीले जुठेलाई महिना दिन अघि फोनमा भनेको कुरा सम्झाई।
"एकजनाले एउटा भन्दा धेरै ल्याउन नपाउने रहेछ। त्यसैले मैले त ल्याउन सकिन पो ! " जुठेले विवशता दर्शायो।
जुठे वैदेशिक रोजगारबाट तीनवर्ष पछि घर फर्किएको थियो। चमेलीले एउटा स्मार्ट फोन मगाएकी थिई।
"जाबो एउटा मोबाइल त लुकाएर पनि ल्याउन सकिन्थ्यो भो। हजुरलाई मेरो माया भए पो त ! " चमेलीको मुहार एक्कासी मलिन देखियो।
"मेरो साथीले बहिनीको लागि भन्दै ल्याएको मोबाइल जफतै गरिदियो नि ! अहिले त त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपास निकै कडिकडाउ गरेको रहेछ। भैगो पीर नगर। यहीं किनिदिउँला नि ! " जुठेले वृत्तान्त सुनाउँदै आश्वासन दियो।
"जाँचपास कडा रे ! त्यसोभए एक क्वीन्टल सुन कसरी बाहिरियो त? " समाचार सुनिरहेकी चमेलीले प्रतिप्रश्न गरी।
बुटवल-११, रुपन्देही
४ साउन, २०८०
---------------------------------------
साहित्यकार सुरेश कुमार पाण्डेले यस लघुकथालाई आफ्नो रोजाइमा पार्नुको कारण यसरी खुलाउनुभएको छ-
तिलक तिरामी "रेशाली"सरको लघुकथा "जाँचपास"अहिले भर्खरै घटेको घटनामा आधारित छ।एउटा बर्षौं विदेशमा बसेकाले आफ्नो परिवारको लागि एउटा मोबाइल लिएर आउँदा जफत गर्ने प्रसासनले एक कोइन्टल सुनलाई कसरी भित्रायो?यो कथाले आम नागरिकको मन छुन सक्छ।र प्रवाशीहरू सँग भयको बिभेदलाई समेत यसले अंकित गर्न सफल भयको छ।मेरो मनपनि यो कथाको अध्यायन गर्दा छोयो। कथा गज्जबको छ।
+++
अब म लघुकथा प्रतिष्ठानको मंगलबारे वाचनविमर्श कार्यक्रमका लागि साहित्यकार सुरेशकुमार पाण्डेले छनोट गरी पठाउनुभएको अर्को लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु-
५. लघुकथा- यो त नेपाल हो -अल्पविराम पोखरेली
एउटा साहित्यिक संस्थाले मलाई एउटा कार्यक्रमको निम्तो दियो तोकेको समयमा तोकिएको स्थान मा पुग्दा त्यहाँ कोही थिएनन् । केही वेरको पर्खाई पछि फाट्टफुट्ट आयोजक सहित साहित्यिक ब्यक्तित्वहरू देखिन थाले ।मैले मेरो मनमा गुम्सिएको भाव आयोजकलाई ब्यक्त गर्दै भने केहो अध्यक्ष ज्यू कार्यक्रमको समय ३ बजे धारिलो समय भन्ने ४ बज्दा पनि कुनै सुरसार छैन , यस्तो पनि हुन्छ?तोकिएको समय उपस्थित हुनेलाई सजाय ?
अध्यक्षले हाँस्दै भन्यो :: तपाई कहाँ हुनुहुन्छ?
मैले भने म नेपालमा छु
अध्यक्षले भन्यो : हो तपाईले ठीक भन्नु भो , तर तपाईको कुरा सुन्दा त तपाई * ? अं हो यो नेपालै हो , युरोप अमेरिका होईन ।
++++
साहित्यकार सुरेश कुमार पाण्डेले यस लघुकथालाई आफ्नो रोजाइमा पार्नुको कारण यसरी खुलाउनुभएको छ- अल्पविराम पोखरेली सरको "यो त नेपाल हो" कथाको सबल पक्ष भनेको र मुख्य उदेश्य भनेको समयको खयाल राख्न नसक्नुलाई नै हो।
अरू मूलुकहरूले समयको एकदम खयाल राख्न तर नेपालमा जुनसुकै कार्यक्रममा पनि समयमा कार्यक्रम हुन नस्क्नु अत्यान्तै दुखद बिषय हो।यो अहिले केही वर्ष देखि नेपाली फैसन जस्तै बनेको छ।सटिक रूपमा समयलाई लिएर लेखिएको कथाबाट समाजमा प्ररेणा मिल्ने छ।
निचोडमा सबैकथा बस्तु गहकिला र शान्द्रभिक छन्।मैले कथाको शमिक्षा होइन कथाले मेरो मन छोएका शब्दहरूलाई नै उचारण गरेको छु। धन्यवाद!
+++
अन्त्यमा कार्यक्रम श्रवण गरेर र बेलाबेलामा मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने सबै लघुकथाप्रेमी मित्रहरुमा एकमुस्ट धन्यवाद र आभार प्रकट गर्दछु । युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्ने सम्पूर्ण साहित्यप्रेमीहरुलाई हार्दिक धन्यवाद भन्दछु । अब यस कार्यक्रमका संयोजक निरज कोइराला सहजकर्ता नन्दलाल आचार्यका साथमा लघुकथा विमर्श कार्यक्रम सञ्चालन गर्न आउनुहुनेछ । तपाईंहरु उहाँहरुलाई स्वागत गर्न तम्तयार रहनुहोला । अर्को पटकसम्मका लागि म भने ओझल पर्न चाहन्छु । नमस्कार । धन्यवाद ।
.jpg)
.jpg)

No comments:
Post a Comment