दिपकुमार मंग्रातीको मंगलबारे लघुकथा छनोट-६६५ साउन-३० प्रस्तोता-लक्ष्मी रिजाल, संयोजक-निरज कोइराला
साहित्यकार दिपकुमार मंग्रातीको छनोटका पाँच लघुकथा २०८० साउन ३० गते, ६६५ भागका संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, व्यवस्थापन- मनोहर पोखरेल, सहजकर्ता- नन्दलाल आचार्य, प्राविधिक सहयोग- गरिमा-गजल-गभर्नर र कामना आचार्य ।
(मिति–२०८०–०४–३० श्रृङ्खला–६६५) समय– ७ः३०–८ः३० बेलुकी ।।
+++
आजसम्मको विवरण (रोजाइ-छनोटका लघुकथाको)
------------------------------
१४. साहित्यकार दिपकुमार मंग्रातीको छनोटका पाँच लघुकथा २०८० साउन ३० गते, ६६५ भाग । संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन-मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
१३. साहित्यकार सुरेशकुमार पाण्डेको छनोटका पाँच लघुकथा २०८० साउन २३ गते, ६५८ भाग । संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन-मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
१२. साहित्यकार अन्जु शर्माको छनोटका पाँच लघुकथा २०८० साउन १६ । श्रृङ्खला–६५१) संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
११. साहित्यकार शान्ता तिम्सिनाको रोजाइका पाँच लघुकथा २०८० साउन ०९ । श्रृङ्खला–६४४) संयोजक- निरज कोइराला, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
१०. साहित्यकार रञ्जुश्री पराजुलीको रोजाइका पाँच लघुकथा २०८० साउन ०२ गते, ६३७ भाग । संयोजक- खगेन्द्र बस्याल, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
९) साहित्यकार निर्मला बरालको रोजाइका पाँच लघुकथा २०८० असार २६ गते, ६३० भाग । संयोजक- खगेन्द्र बस्याल, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
८) साहित्यकार कुञ्जदेवी उपाध्यायको रोजाइका पाँच लघुकथा २०८० असार १९ गते, ६२३ भाग । संयोजक- खगेन्द्र बस्याल, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
७) साहित्यकार शेषमणि आचार्यको रोजाइका पाँच लघुकथा २०८० असार १२ गते, ६१६ भाग । संयोजक- खगेन्द्र बस्याल, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
६) साहित्यकार अनुग्रह राना मगर पुष्पको रोजाइका पाँच लघुकथा २०८० असार ५ गते, ६०९ भाग । संयोजक- खगेन्द्र बस्याल, प्रस्तोता- लक्ष्मी रिजाल, सहजकर्ता- नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल, प्रविधिमा गरिमा आचार्य ।
+++
५) साहित्यकार नानी भारद्वजको रोजाइका पाँच लघुकथा २०८० जेठ ३० गते, भाग ६०२ ।
+++
४) साहित्यकार सुनिता निरौला पौडेलको रोजाइका पाँच लघुकथा २०८० जेठ २३ गते, भाग ५९५ ।
+++
३) साहित्यकार हिरनमयी आचार्य शर्माको रोजाइका पाँच लघुकथा २०८० जेठ १६ गते, भाग ५८८ ।
+++
२) लघुकथाकार लता केसीको रोजाइका पाँच लघुकथा २०८० जेठ ०९ गते, भाग ५८१ ।
+++
१) साहित्यकार लक्ष्मी रिजालको रोजाइका पाँच लघुकथा २०८० जेठ २ गते, भाग ५७४ ।
++++
(समय– रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।)
++++
(यो ढाँचामा पठाउन अनुरोध छ । ) मिति–२०८०.०२.२८
लघुकथाकार ------ ज्यू,
सर्जकको सक्रियता र स्रष्टाको सम्मान हेतु लघुकथा प्रतिष्ठानले आरम्भ गरेको रोजाइका पाँच लघुकथा तपसिलको परीधिमा रहेर पठाई लघुकथाको विकासमा प्रतिष्ठानले आरम्भ गरेको कदमलाई साथ र समर्थन दिन सादर अनुरोध छ ।
---ज्यूको रोजाइमा परेका पाँच लघुकथा र रोजाइमा पर्नुका कारणहरू–
१. रोजाइमा परेको पहिलो लघुकथा–................................
--- ज्यूको रोजाइमा पर्नुका कारणहरू–.......................
२. रोजाइमा परेको दोस्रो लघुकथा–................................
---रोजाइमा पर्नुका कारणहरू–.......................
३. रोजाइमा परेको तेस्रो लघुकथा–................................
----ज्यूको रोजाइमा पर्नुका कारणहरू–.......................
४. रोजाइमा परेको चौथो लघुकथा–................................
----रोजाइमा पर्नुका कारणहरू–.......................
५. रोजाइमा परेको पाँचौँ लघुकथा–................................
----ज्यूको रोजाइमा पर्नुका कारणहरू–.......................
यसो गर्दा कम्तिमा पनि एउटा लघुकथा नारी/पुरुषका हुनु अनिवार्य छ । छनोट गर्दा हालसालै प्रतिष्ठानबाट लाइभ वाचन नभएको हुनुपर्छ । ढाँचा अनुरुपको लघुकथा मेसेन्जर वा तलको इमेलमा प्रेषण हुनुपर्नेछ ।
प्राप्त लघुकथा क्रमशः हरेक मंगलबार फेसबुक लाइभ वाचन र परिचर्चाका साथ सिङ्गारेर युटुभमा सुरक्षित राखिने छ । प्रतिष्ठानलाई सघाउने स्रष्टा महानुभावलाई सम्मानोपहारले विभूषित गरिने छ । साथै स्थायी प्रकृतिको रेकर्ड राखिने छ । प्राप्त सिर्जना वेभसाइडमा समेत राखिने छ । सहयोगको अपेक्षा राख्दै अहिलेलाई.....!
कार्यक्रम संयोजक- खगेन्द्र बस्याल/निरज कोइराला तथा प्रस्तोता– लक्ष्मी रिजाल
संस्थापक व्यवस्थापक लघुकथा प्रतिष्ठान । sstav20780703@gmail.com
nandalalacharya@gmail.com
+++ Plz do as possible.+++
(पुनश्चः नमस्कार, तपाईंलाई पनि कारणसहित पाँच लघुकथा रोजेर माथिको ढाँचामा पठाउन सक्नुहुने छ । हामी सम्मानजनक स्थान दिलाउने प्रयास गर्ने छौँ ।
प्रस्तोता- लक्ष्मी रिजाल, व्यवस्थापक- मनोहर पोखरेल, परिकल्पना- नन्दलाल आचार्य, संयोजक- खगेन्द्र बस्याल/निरज कोइराला)
मंगलबार– (लघुकथा छनोट कार्यक्रम) सह-संयोजक तथा प्रस्तोता– लक्ष्मी रिजाल+संयोजक– निरज कोइराला (मिति–२०८०–०४–०२, ०९, १६, २३, ३० श्रृङ्खला–६३७, ६४४, ६५१, ६५८ र ६६५) समय– ७ः३०–८ः३० बेलुकी ।।
+++
नमस्कार सम्पूर्ण साहित्यप्रेमीहरूमा हार्दिक नमस्कार । अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक लघुकथा छनोट कार्यक्रम । आज मिति–२०८० साउन ३० गते लघुकथा प्रतिष्ठान, नेपालको नियमित वाचनविमर्श श्रृङ्खला नं. ६६५ हो । स्थापना मिति २०७८ कार्तिक ३ गतेदेखि नबिराई नियमित लघुकथा वाचनविमर्श कार्यक्रम भइरहेको छ ।
आजको प्रस्तोता म लक्ष्मी रिजाल यहाँहरु सामु साहित्यकार दिप कुमार मंग्रातीले कारणसहित छनोट गरी पठाउनुभएको पाँच लघुकथा प्रस्तुत गर्न उपस्थित छु ।
यस कार्यक्रमको संयोजकमा निरज कोइराला हुनुहुन्छ । व्यवस्थापनको चाँजोपाँजो मनोहर पोखरेलले मिलाउँदै हुनुहुन्छ । सहजीकरणमा नन्दलाल आचार्यले सघाउँदै आउनुभएको छ । प्राविधिक सहयोगमा भने गरिमा, गजल, गभर्नर र कामना आचार्यले समय दिइरहनुभएको छ ।
यस कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ । अब म तमाम हाम्रा शुभेच्छुक लघुकथाप्रेमी मित्रहरुलाई साक्षी राखी कारणसहित पाँच लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु ।
+++
यस साता साहित्यकार दिपकुमार मंग्रातीको छनोटमा पर्न सफल पाँच लघुकथाक्रम यस्तो छ-
१) लघुकथा- सही कुरा -उमानाथ दाहाल
२) लघुकथा- लौ बित्यास -मनीषकुमार शर्मा ’समित’
३) लघुकथा- जवाफ -प्रेम पुन मगर
४) बाल विषयक लघुकथा : विवसता -नानि भारद्वज
५) लघुकथा : अगति -शुक्रराज कुँवर
++++
अब म लघुकथा प्रतिष्ठानको मंगलबारे वाचनविमर्श कार्यक्रमका लागि साहित्यकार दिपकुमार मंग्रातीले छनोट गरी पठाउनुभएको लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु-
१) लघुकथा- सही कुरा -उमानाथ दाहाल
शिवसताक्षी नगर पालिका झापा
"नमस्कार" आँगनमा आईपुगेर वार्ड सचिवले विमलालाई अभिवादन गरे । विमलाले कुर्सी मिलाई दिई । उनी बसे र विवरण मागे ।
"खै विवरण दिन त खासै मन छैन तथापि नियम हो दिन्छु " । विमलाले जवाफ फर्काई ।
सचिवले आवश्यक सबै विवरण टिपे र फायलमा राख्तै भने "किन हो विवरण दिन मन छैन भन्दै हुनुहुन्थ्यो ?"
विमला फिस्स हाँसी र बोली "यो विधवा भत्ता कति हुन्छ ?"
"महिनाको लगभग तीन हजारको छेउछाउ होला " सचिवले जवाफ दिए ।
"जावो महिनाको तीन हजार भन्दा पनि कम रकमले घर कसरी चल्छ ? आफ्नो खर्च, छोरा छोरीको खर्च " ।
"खै नियम यस्तै छ ।" सचिवले बुझाउन खोजे ।
"हैन , प्रसंग आएर मात्रै भनेकी हूँ । तपाईँ हामी त के पो गर्न सक्छौँ र ? नीति, नियम बनाउने ठाउँमा हुनेले गर्ने हो " ऊ एकछिन् रोकिई र बोली " उमेर ढल्केकालाई यो पनि ठिकै छ "। सचिव स्वीकृति सूचक टाउको हल्लाउँदै थिए उसले अरू थपी " हामी जस्ता उमेर भएकालाई काम दिनु पर्यो क्या काम । यहाँ श्रमशक्ति खेर गईरहेको छ किन सित्त्यैमा पैसा दिनु ? अवस्थाको वर्गीकरण हुनुपर्यो "
सचिवले समर्थन गर्दै भने "कुरो त सही हो ।"
++
साहित्यकार दिपकुमार मंग्रातीलाई यो लघुकथा मनपर्नुका कारण यस्तो छ- प्रस्तुत लघुकथा आकस्मिक सुरुवात भएको छ । विधुवाको विषयलाई यथार्थ रुपमा प्रस्तुत गरिएको छ । विषयवस्तुलाई गहन तरिकाले उठाइएको छ।
विश्लेषणात्मक व्याख्या गरिएको छ। जवान विधिवालाई भत्ताभन्दा पनि रोजगार उपलब्ध गराएर आत्मनिर्भर बनाउनतिर सरकारले ध्यान दिनुपर्छ भन्ने निचोडमा लघुकथा सकिएको हुनाले मैले यसलाई छानेको हुँ ।
+++
अब म लघुकथा प्रतिष्ठानको मंगलबारे वाचनविमर्श कार्यक्रमका लागि साहित्यकार दिपकुमार मंग्रातीले छनोट गरी पठाउनुभएको अर्को लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु-
२) लघुकथा- लौ बित्यास -मनीषकुमार शर्मा ’समित’
उसले उँ.. उँ.. गरेर बुढीको हात तान्न खोज्यो । बागमती नदीमा नुहाउन ठिक्क परेकी बुढीले आँखा तरीन् । उसले फेरि बुढीको बाटो छेक्न खोज्यो । बुढी झन ठूला आँखा पार्दै र उसलाई ठेल्दै बागमतीमा डुबुल्कि मारिन् । उसले पनि नजिकैको धारोमा स्नान गर्यो ।
स्नानपछि बुढी अलि च्याठ्ठिएर बोलिन् -
“किन पात्तेको बुढा ? के गर्न खोजेको तिमीले ? नुहाउनु अघि बोल्नु हुँदैन भन्ने थाहा छैन ?”
“के भन्नु नि ? बित्यासै पारिस् नि । लुतो फाल्ने दिनमा लुतो निम्ताउने भइस् । अब महिनाभरि कन्याएर बस् ।”
मध्यपुर ठिमी, भक्तपुर
+++
साहित्यकार दिपकुमार मंग्रातीलाई यो लघुकथा मनपर्नुका कारण यस्तो छ-
प्रस्तुत लघुकथा आकस्मिकरुपमा सुरुआत भएको छ । कथाले हिन्दु धर्मभित्रको अन्धविश्वास माथि तिब्र ब्यङ्ग गरेको छ। लुतो फाल्ने दिनमा फोहोर पानीमा नुहाएर झन लुतो ल्याएको प्रसंगमा कडा व्यंग्य र नाटकियरुपमा अन्त भएकोले मैले यसलाई छानेको हुँ ।
+++
अब म लघुकथा प्रतिष्ठानको मंगलबारे वाचनविमर्श कार्यक्रमका लागि साहित्यकार दिपकुमार मंग्रातीले छनोट गरी पठाउनुभएको अर्को लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु-
३) लघुकथा- जवाफ -प्रेम पुन मगर
"हाम्राे पेजले तिमीलाई धेरै सिकायो। साहित्यकार बनायो। हो कि होइन ?"
एक साहित्यिक पेजका संस्थापकले प्रेमबहादुरलाई संदेशमा सोधे।
"हजुर हो।" प्रेमबहादुरले सहमति जनाउँदै लेखे।
"यदि हो भने किन सक्रियता जनाउन छोड्यौ?" उनले अर्को प्रश्न गरे।
"क्षमाप्रार्थी छु महोदय ....।" प्रेमबहादुरले सोझोपना देखाउदै भने।
"अबदेखि पोस्ट भएका सामाग्री लाइक गर्नु , पढ्नु अनि सुहाउँदो सुझाव प्रतिक्रिया दिनु।" उनले अझै अकडाइसाथ भने।
"हुन्छ। तर तपाईंले त संस्थापक भएर पनि कहिले पनि किन सक्रियता जनाउनु हुदैन नि?"
प्रेमबहादुरले प्रतिप्रश्न गर्दा उनले भने-
"मलाई त निकै गाह्रो छ। हातमुख जोड्नै पर्यो।"
उनको संदेश पढेपछि प्रेमबहादुरले जवाफमा भने-
"के तपाईंले खाएर म नखाई बाँच्ने हो र?"
ढोरपाटन नगरपालिका ४ बागलुङ हाल पोखरा
++++++
साहित्यकार दिपकुमार मंग्रातीलाई यो लघुकथा मनपर्नुका कारण यस्तो छ-
प्रस्तुत लघुकथा आकस्मिक सुरुवात गरिएको छ। वास्तवमा धेरै एड्मिनहरु तथा संस्थापकहरु आफैं निष्क्रिय भैरहेको अवस्थालाई तीखो ब्यङ्ग्य गरिएको छ भने निस्कृय बसेका साहित्यकारहरुलाई पनि सक्रिय बन्न संदेश दिएकोले मैले यसलाई छानेको हुँ ।
+++
अब म लघुकथा प्रतिष्ठानको मंगलबारे वाचनविमर्श कार्यक्रमका लागि साहित्यकार दिपकुमार मंग्रातीले छनोट गरी पठाउनुभएको अर्को लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु-
४) बाल विषयक लघुकथा : विवसता -नानि भारद्वज
विद्यालयमा परीक्षाफल प्रकाशित भएपछि समीक्षा बैठक बस्यो । विद्यार्थीहरुको लब्धाङ्क अध्ययन गर्दै छलफल भयो।
" सविनाको नतिजा अचेल किन खस्केको छ साथी हो ?"भन्दै प्रधानध्यापकले शिक्षकहरुलाई प्रश्न गरे।
"कक्षा तीनसम्म सविना साह्रै मेहेनति र पढालु थिइन्। उनका अक्षर पनि साह्रै राम्रा थिए। सधैं समयमै स्कूल आउँथिन्। सरसफाई र अतिरिक्त
क्रियाकलापमा पनि अब्बल थिइन्। उनी सधैं विद्यालय कै मेघावी विद्यार्थीमा पर्थिन्।" , यसरी उनका विषयमा कक्षा शिक्षकले प्रतिवेदन प्रस्तुत गरे।
एक शिक्षिकाले पनि आफ्नो स्मरण सुनाइन्,
" सविना कक्षा तीनमा पढ्दा एकदिन निक्कै खुसीहुँदै विद्यालय आइन्। कक्षामा सबै साथीहरू र गुरुआमालाई खुसीहुँदै चकलेट बाँडिन्। हन आज सविनाको जन्मदिन पनि होइन किन यति खुसी भएर चकलेट बाँड्दै छे ! भन्दै साथीहरु पनि खासखुस गर्नथाले ।चक्लेट बाँडेर उनले भनिन् , साथीहरु आज मेरी आमाले भाइ पाउनुभयो ।
कक्षामा ताली बज्यो।"
वास्तवमा उनको पढाइ केही वर्ष यता निक्कै खस्कदै गएको कुरो सबै शिक्षक शिक्षिकाहरुले स्विकार गरे। तर कारण भने पत्ता लागेन।
उनी पढाइ लगायत सबै क्रियाकलापमा कमजोर बन्दै गइरहेकी छिन्। अचेल उनी सधैं निन्याउरो मुख लाएर पछाडिको बेञ्चमा बस्छिन्। साथीहरुसंग पनि त्यति बोल्दिनन्।
प्रधानध्यापकले कक्षा छ मा गृहकार्य नगर्ने विद्यार्थीहरुलाई बोलाएर
उनीहरुका समस्या बुझ्नथाले। सबैले आ-आफ्ना समस्या बताए। समस्याहरु आ-आफ्नै खालका थिए। अर्थात बाल समस्याहरु नै थिए।तर सविना चैं उनको नजिकै गएर घुँकघुँक रुँदै भन्न थालिन् , "मलाई ममीले अब तैले पढ्नु पर्दैन,भाइलाई पढाउनुपर्छ भन्दै खाली भाइ हेर्न मात्रै लाउनुहुन्छ,अनि होमवर्क गर्नै भ्याउँदिन सर !"
बुधवार , १० आषाढ,२०७७/२४ जुन,२०२०,ललितपुर।
+++
साहित्यकार दिपकुमार मंग्रातीलाई यो लघुकथा मनपर्नुका कारण यस्तो छ-
प्रस्तुत लघुकथा आकस्मिक रुपमा नै सुरु भएको छ । यस कथामा छोरा र छोरिमा देखाइएको बिभेदलाई उठान गरिएको छ। भाइ जन्मेपछि पढ्न नदिएको कारण ले होमवर्क गर्न नभ्याएको र आफू पढाईमा कम्जोर भएको निस्कर्स सहित मार्मिक समापन गरिएकोले मैले यसलाई छानेको हुँ ।
+++
अब म लघुकथा प्रतिष्ठानको मंगलबारे वाचनविमर्श कार्यक्रमका लागि साहित्यकार दिपकुमार मंग्रातीले छनोट गरी पठाउनुभएको अर्को लघुकथा प्रस्तुत गर्न अनुमति चाहन्छु-
५) लघुकथा : अगति -शुक्रराज कुँवर
" छोरी ! म तेरो घर आउँदैछु "
" किन बुवा सन्चो भएन कि के हो ?"
"अँ ! हप्ता दिन देखि जरो आको आइ छ , छोरा बुहारीलाई जँचाइ देओ न भनेको यो बुढा कहिले मर्छ जत्तिकै गर्छन् । न राम्रो खान दिन्छन् न राम्रो लाउन दिन्छन् । म त मर्ने भएँ छोरी ।
"आउनु न त । तर दाजु भाउजूलाई सोधेर आउनु है ।"
" के सोधिरहनु पर्छ तिनेरलाई ? मेरै सम्पत्तिमा ढलीमली गरि रा छन् ।"
" होइन बुवा सल्लाह गरेर हिडेको राम्रो हुन्छ ।"
बयानब्बे वर्षिय वृद्ध बा भोली पल्ट छोरीको घर आइपुगे । छोरीले अस्पताल लगिन् । निमोनिया भएको रहेछ । समयमा उपचार पाएर तन्दुरुस्त भए । करिब छ महिना छोरीको घरमा बसेपछि एकदिन अचानक उनले " मलाई घर पुराइ देओ " भने ।
" किन र बुवा ! हामीले गरेको सेवामा कुनै कमी भयो र ? यतै बसे भै गयो नि ! उता छोराबुहारीले पनि राम्रो गर्दैनन् भन्नु हुन्छ । त्यस्तो के पर्यो र जान्छु भन्नुहुन्छ ? खुलस्त भन्नु न ।"
" हैन छोरी ! तिमीहरुले खुब सेवा गर्यौ। म बुढोको आशिर्वाद लाग्छ । बयानब्बे वर्षको भएँ । कुनबेला मरिने हो ठेगान हुन्न ।"
मुख अमिलो पार्दै उनले खुलाए - " छोरीको घरमा मर्यो भने अगति परिन्छ भन्छन् ।"
+++
साहित्यकार दिपकुमार मंग्रातीलाई यो लघुकथा मनपर्नुका कारण यस्तो छ-
प्रस्तुत लघुकथा आकस्मिक सुरुआत भएको छ, घटनाक्रम्हरुले कथाको मध्यभाग उठाइएको छ। अन्धविश्वास माथिको चोटिलो ब्यङमा कथालाई आकस्मिक र मीठो समापन गरिएकोले मैले यसलाई छानेको हुँ ।
+++
अन्त्यमा कार्यक्रम श्रवण गरेर र बेलाबेलामा मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने सबै लघुकथाप्रेमी मित्रहरुमा एकमुस्ट धन्यवाद र आभार प्रकट गर्दछु । युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्ने सम्पूर्ण साहित्यप्रेमीहरुलाई हार्दिक धन्यवाद भन्दछु । अब यस कार्यक्रमका संयोजक निरज कोइराला सहजकर्ता नन्दलाल आचार्यका साथमा लघुकथा विमर्श कार्यक्रम सञ्चालन गर्न आउनुहुनेछ । तपाईंहरु उहाँहरुलाई स्वागत गर्न तम्तयार रहनुहोला । अर्को पटकसम्मका लागि म भने ओझल पर्न चाहन्छु । नमस्कार । धन्यवाद ।
परिचय-
नाम : दिप कुमार मंग्राती
जन्म : २०२४/११/३०
जन्म स्थान: खोटाङ्ग जिल्ला, कोपिलास्गडी गा बी स - ३, छिप्रुङ्ग गाउँ
पिता : स्व. धन्जुमान मंग्राती
माता: टिकामाया मंग्राती
स्थाई ठेगाना: बेल्बारी -४ , मोरङ्ग
हाल- बेलायत
लेखन बिधा : कथा, लघुकथा, आत्मकथा,लेख, निबन्ध, कबिता, मुक्तक, गीत
प्रकाशित किर्ती : लघुकथा संग्रह ( छोइछिटो २०७८ मा)
खेमराज पोख्रेल सर द्वारा सम्पादित "मदुस" लघुकथा संग्रहमा पहिलो लघुकथा "अछुत" प्रकासित । अन्य थुप्रै, संग्रहमा प्रकासित छन मेरो लघुकथा।
तेस्तै लामो कथा, कबिताहरु थुप्रै पत्रीका , म्यागेजिन, नागरिक अन्लाईन तथा अन्य अन्लाइन हरुमा छन । अब चाँडै लामो कथासंग्रह निकाल्ने तयारीमा
+++
२) लघुकथाको विषयमा मेरो धारणा:----
लघुकथा भनेको (लघु+कथा) अर्थात छोटो कथा, अझ खुलस्त भन्नू पर्दा एक दुई मिनेटमै पढेर सकिने खालको कथालाई लघुकथा भनेर बुज्नुपर्ने हुन्छ।
तर यदि उत्कृष्ट लघुकथाको बारेमा कुरा उठाउनु पर्दा, अहिले स्थापित हुँदै गरेको लघुकथाको सिधान्तभित्र रहेर सिर्जित भएको लघुकथा जहाँ शब्दहरुको सुन्दर बुनोट, होस,आकस्मिक सम्बाद, वा घटनाबाट उठाएर चरम उत्सर्गमा पुराएर चटक्कै छोडिएको होस, कथाले, देश ,समाजलाई एक किसिमको सकारात्मक सन्देश देवोस, सभय भाषामा घोचिलो, पेचिलो होस, जाती धर्म लिङ्गहरु कसैमाथी नग्न प्रहार नहोस, सकेसम्म थोरै शब्द प्रग्योग भएको होस । अनावस्यक धेरै व्याख्या हरु नहोस ।
तर मेरो आफ्नो बिचारमा चाहिँ यस्तै कथालाई मात्रै लघुकथा भनिनुपर्छ भन्ने चाही होइन की जस्तो लाग्छ। कहिले काहीं यस्तै खाले रायहरु सुन्न पाइन्छ तर मेरो रायमा चाहिँ सिधान्तले सृजनाको गला दबाउनु हुदैन भन्ने नै हो। तर यदि प्रतियोगितामा चाहिँ आयोजकहरुले केही नियमको परिधी तोक्न सक्नेछन।
+++

.jpg)
.jpg)
No comments:
Post a Comment