विक्रम सम्वत् २०८०.०३.०२ तथा इश्वी संवत् २०२३.०६.१७ गतेका दिन लघुकथा प्रतिष्ठानमा हुने लाईभ वाचन
१. कार्यक्रमको नाम:-लघुकथा प्रशिक्षण
२. नियमित श्रृङ्खला:-६०६
३. कार्यक्रम संयोजक तथा बाचक:-कृष्ण तिमिल्सिना"सानो बाबु"
४. लघुकथा प्रशिक्षक:-रमेन्द्र कोइराला
५. सहजकर्ता:-नन्दलाल आचार्य
६. व्यवस्थापक:-मलन समूह (मनोहर पोखरेल, लक्ष्मी रिजाल, नन्दलाल आचार्य)
७. समय:- ७ः३० बजे बेलुका
बाचन हुने लघुकथाहरु
१.योगप्रसाद उपाध्याय चापागाईं ज्यूको"विश्वास"
२.सुरेशकुमार पाण्डेज्यूको"लोभ"
३.प्रेम पुन मगरज्यूको"प्रश्नोत्तर"
४.ईश्वरीप्रसाद पोख्रेलज्यूको"चामलको सेतो भात"
+++
१. लघुकथा- विश्वास - योगप्रसाद उपाध्यय चापागाईं
गोठाटार काठमाण्डौं
"ट्वार्र, ट्वार्र !" मेयरसा'बलाई कप्तान सुकमानले खोजेर ल्याइदिएका भ्यागुता जोडीमा भाले करायो ।
"ए, राजै ! पानीका आहाल पोखरी मासेर टोपी खस्ने घर बनाएका छन् । बस्नलाई शितलो ठाउँ सुको छैन । हाम्रो जोडी बाँधिदिए भन्दैमा पानी बर्षाउन म चाहिँ राजी छैन है राजा !" पोथी ठुस्की र पर सरि ।
"उ त्यो देखिनौं ॽ"
"फोहोरमा चाहिँ बस्छु होलानी म ॽ" पोथी चर्की ।
"खोलामा पसौं न त । बगाउने पानी छैन क्यारे ।" भालेले अर्को उपाय प्रयास गर्यो ।
पोथीले छुनुमुनु गर्दै भनि- "खोलामा फोहोरा देखेनौं ? त्यो त झन विषालु डिटर्जन हो ।"
भाग्युताका भालेपोथी बिचमा चर्का चर्की पर्दै गयो । आहाल र शितलोको खोजीमा "ट्वार्र ट्वार्र" गरेको उनिहरूलाई थाहै भएन् ।
मेयरसा'ब चाहिँ भ्यागुताको बिहे पछि परेको पानीमा रुझ्दै नाच्न लागे । भोट जितेको भन्दा बडी खुसी अनुभूत भयो मेयरसा'बलाई ।
**
+++
२. लघुकथा-शीर्षक:लोभ -सुरेशकुमार पाण्डे
छोरा बिदेश गएको छ।बुहारी र नाती मात्रैछन्।तिनिहरूलाई यतै बोलाउ सँगै पकाउँला मिलेर खाउँला!- कुसुमले आफ्नी श्रीमती मैयासँग भने।'
आज घरमा खिर पाक्दै थियो एउटा डिब्बामा नातीलाई खिर राखेका थिए।
'बुढा! हजूरको कुरा त ठिक हो; तर बुहारी मतिको बानी गतिलो छैन्।मुखमुख लाग्छे बोलाएर कतै बोलाईफासो नहौस् नी!-मैयाले चेताउँछिन्।'
मैया तिमिलाई पनि सबै खराब देखिन्छन्।आफु ठिकभए सबै ठिकहुन्छन्।मलाई नातिको मायाँ लाग्छ, बिचरा माटोमै खेलेको देख्छु स्यारसुसार भएको पनि देख्ददैन! - कुसुमले निरासहुँदै भन्छन्।
त्यही त भनेको केही कामछैन एउटा बालखको स्यारसुसार नगर्नेले हाम्रो सेवागर्छे?-मैयाले प्रश्न गरिन।'
दुइजनाको छलफलपछि मैयाले बुहारीलाई आफुसँग डाक्छिन्।बुहारी मती पनि खुसी हुन्छिन्।
केही दिन राम्रै चल्छ। बुहारी अब हामी कति बाचौँला यस्तै तिम्रो स्यारसुसार पायौँभने अली उमेर बढ्छहोला।अब तिमि यतैबसी राख!-मतीले गरेको सेवाले प्रभाबित भएर कुसुमले भन्छन्।
मैले त सेवामात्रै त होला गर्ने!-मतिले निदार खुम्चाउँदै ठाड्ठाडै भनी।'
हाम्रो सेकपछि यो सम्पती तिम्रै त होनी बुहारी!-कुसुमले यताउता नियाल्दै भने।'
खै हजूरको मृत्युपछि कति दाबेदार आउँनेहुन?जिवित छँदै मेरो नाममा यो घरबार गर्दिनुहुँन्छ भने बल्ल बस्छु म त !-बुहारीले प्याच्च मुखखोली।'
दाङ घोराही १८
१६-०६-२०२३,
३. लघुकथा: प्रश्नोत्तर -प्रेम पुन मगर
"तिमीहरूको देश त पहिला हामीहरूको देशमा रहेछ नि !" उसको कुरा सुनेर उसले बिरोधाभाषामा उत्तेजित हुदै भन्यो-
"-होइन।"
"-हो ।
- "भन्यो कसले? "
उसको प्रश्नमा उसले समाचार देखाउदै भन्यो-
"यी हेर समाचारले भनेको छ।"
"भनिएका कुरा सबै सत्य हुदैनन् ।" उसले भिन्न तर्क राख्दा उसले थप्यो-
"अरुले भनेका कुरा सत्य होइनन् भन्छौ, तिमीले भनेको कुरा सत्य भएको प्रमाण के छ?"
उसको प्रश्नमा ऊ छिनभर तिलमिलायो। पुनः सम्हालिएर बोल्यो-
"तिम्रै कुरा माने कि मेरो देश पहिला तिम्रो देशभित्र थियो। के कारणले कहिले अलग भयो बताउन सक्छौ?"
३२/२/२०८०
++++
४. चामलको सेतो भात ==============
- ईश्वरीप्रसाद पोख्रेल
हजुरआमा विगत सम्झँदै भन्छिन् : हेर नाति ,तेरो काकाले भन्थ्यो "आमा, अब दशैँ कहिले आउँछ ? " दशैँ सकिएको चार - छ दिनपछि छोराले सोध्थ्यो । " किन र ? अब एक वर्ष पछि " आमाले भन्थेँ । आटो, ढिंडो,सातु ,मकै ,कोदो , फापर, सिस्नो ... खाँदा वाक्क लाग्ने भएर । "चामलको सेतो नरम भात खान चाडपर्वै पर्खनु पर्ने ,पाहुना घरमा आइदिए हुन्थ्यो भन्नुपर्ने, बिरामी हुनपाए हुन्थ्यो भन्नुपर्ने ... त्यसैले सोधेको आमा!" तिम्रो काकाले भृकुटी खुम्च्याउँदै भन्थ्यो । "भात खान त धेरै खेत भएको धनी मानिसको कोखमा जन्मनु पर्ने, धेरै धन कमाएर खेत किन्नुपर्ने अथवा उ: तऽऽल मधेस जानुपर्ने हुन्छ बाबू " मैले छोराको कपाल मुसार्दै भन्थेँ । उसले सोच्यो अब अरू सम्भावना छैन तराई / मधेसतिरै झर्नुपर्ला । उकालीओराली गर्नुनपर्ने, अरुकहाँ दुख गरे कमाउन र भात पेटभरि खान त पाइएला । केही समयपछि बा,आमा,छोरा...सपरिवार पहाडतिर बेचेर, छोडेर भातकै पिर तथा मोहले मधेस झर्यौं । खुब मिहिनेत पनि गरियो , धन पनि कमाइयो । भात खुबसँग खाइयो भनौं । हाम्रोजस्तै - यस्तै सोचाइ राख्दै पहाडबाट प्रायः सबै घरका हुनेखानेभन्दा हुँदाखाने र अनेकौं समस्याले मधेस झरे खुब भात खाए घाम /गर्मी खाए । मधेस झरेका धेरैजसोलाई र म , तेरा काका र तेरा हजुरबा अहिले सुगर , प्रेसर ,युरिकएसिड ... रोग लागेर उही पहाडबाट, फापर , जौ, कोदो आटो,गुन्द्रुक , सिस्नो... मगाएर खान विवश छौँ हेर बाबू " न यस्तो गर्मी न लाम्खुट्टे त्यो पहाडी सौन्दर्य , शीतलता , मूलको धाराको चिसो पानी, आफ्नै बारीको ताजा,पोषिलो तरकारी ,फलफूल तथा अन्न यी सबै कुराले मधेस झर्नेलाई सरापेको हो ।अहिले त पहाडमा पनि मोटरबाटो खाने पानी ,बिजुली र मधेसको चामल पुगेको छ होला । नगएको धेरै भयो । जन्मेको त्यो गाउँ जाने रहर छ बाबु एक्लै सकिन्न , बुढी भइयो अब घरबाट बाहिर जान सकिँदैन । कसलाई गुहार्ने ? तर हेर त यहाँ ; हुकुमवासीले ओगटेको यो मधेसमा, घरैघरको जङ्गल , आकाशबाट पानी पर्दैन , आजको समयमा पनि लाइन/बिजुली छैन ,चिसो पानी आउन्न दुख छ ... देखि हालिस् " पसिना पुछ्दै हजुरआमाले पहाडबाट आएको .
++++
No comments:
Post a Comment