सोमबार– डा. पुष्करराज भट्टसँग श्रीप्रसाद पोखरेल र मीना साह (लघुकथा प्रशिक्षण) जेठ ०१,०८,१५,२२ र २९ गते भाग क्रमशः ७७३, ७८०, ७८७, ७९४ र ८०१ (समय– रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।)
+++
१. लघुकथा श्रृङखला नम्बर- ७९४
२. मिति - २०८०/०२/२२ सोमबार ।
३. समय- रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।
४. प्रस्तोता- श्रीप्रसाद पोखरेल र मीना साह
५. लघुकथा प्रशिक्षक- डा. पुष्करराज भट्ट
६. फेसबुक लाइभ र युटुभ च्यानलको लागि आधिकारिक स्थान - लघुकथा प्रतिष्ठान, नेपाल
७. संस्थापक/व्यवस्थापक- मलन समूह
+++ मनोहर पोखरेल +++ लक्ष्मी रिजाल +++ नन्दलाल आचार्य
लघुकथाक्रम---
१. लघुकथा- विभेद -अभित चौधरी
२. लघुकथा- संकल्प -अम्बिका खरेल उप्रेती
३. लघुकथा- छिमेकीको मन -अनुग्रह राना मगर 'पुष्प'
४. अतिरिक्त लघुकथा- चलाखी ✍️ बाबुकाजी सुवाल 'विकेश निराशी'
+++
१. लघुकथा- विभेद -अभित चौधरी
"हिजोअस्ति मसँग नजिक रहनुहुन्थ्याे; अचेल किन टेढिनुभएको?" चन्द्रेले प्रश्न साेध्यो । वीरेन्द्र नाजवाफ भयो ।
"मलाई तपाईंको दलान पनि टेक्न दिनुहुन्न । पहिले घरभित्र पस्न दिनुहन्थ्यो ।" उसले अर्को गुनासाको भारी ठड्यायो ।
यस पटक भने अहिले तिम्रो जातको ज्ञात हुन आएकोले भन्ने मन थियोे वीरेन्द्रलाई । तर
मुखले घुमाउरो कुरा ओकल्यो; "अचेल मुखले बोल्दै हिँडे कानुनले घाँटी अठ्याएउँछ भनेर ।"
(२०५९ फाल्गुनको 'बाडुली' हवाई पत्रिकाबाट साभार)
साविक- सीतापुर-१, सप्तरी ।
हाल-
संशोधन मिति- २०७९/१२/०६
+++
२. लघुकथा- संकल्प -अम्बिका खरेल उप्रेती
गोजीबाट एक खिल्ली निकाल्यो र केही भर्न थाल्यो रमेशले । सुजन रमेश पालैपालो धुँवाको सर्को लिदै फाल्दै आफ्नै दुनियाँमा मस्त थिए । केही मानिस आएर पोखरीको वरिपरि झार जङ्गल फाड्न थाले । केही छिनमै पोखरीलाई आकर्षक बनाए ।जिर्ण मन्दिरलाई रङ्गरोगन गरेर सुन्दर पारे । आहा ! कस्तो राम्रो सबैको मन तान्ने आकर्षक बन्यो । मानिसहरू दर्शनका लागि आउन थाले । देशविदेशमा प्रचार भयो । रङ्गेथानमा शिवको प्रकट , साक्षात भगवान्को दर्शन गर्नाले धनधान्यले सम्पन्न हुने कुरा फैलियो । एक कान दुई कान मैदान भने झैँ संसारबाट मानिसको लर्को लाग्यो ।फूलपातीको डङ्गुर थुप्रियो ।शिव लिङ्गमा दूधको बाढी बग्यो । भेटिका बक्सा भरियो ।सुरक्षाका लागि चौकीदार राखियो । पूजा आरतीका लागि पुजारी नियुक्ति भए ।ओम् नम शिवाय : एकान्त कुनामा गुन्जिन थाल्यो । व्यापारीले खुब व्यापार जमाए ।
ए हजुर , छिटो उठ्नुस् न मन्दिर जानु छ आज सोमबार हो ।
मनमा उत्साह लिएर रमेश बिउझियो । अगाडि सुजन पो अर्धचेत अबस्थामा छ ।वरिपरि नियाल्यो ।फोहोरको डङ्गुर , झाडी , लेउ लागेको पोखरी यत्रतत्र लठ्ठिएर युवायुवतीको समूह बेग्रल्ती छन् । हैट , सपना पो रहेछ ।एकैछिन भएपनि मिठो अनुभूति भयो ।मैले कुलतबाट मोडिनुपर्छ । स्वर्ग जताततै रहेछ नर्कमा डुब्नु हुँदैन । रमेश जुरुक्क उठ्यो , मनमा उत्साह बोकेर मन्दिरभित्र दर्शन गर्न अगाडि बढ्यो ।
म ?
+++
३. लघुकथा- छिमेकीको मन -अनुग्रह राना मगर 'पुष्प'
"आम्मा... कति धेरै फलेको यो लौका चमेलिको करेसाबारिमा हेर्दै शुभद्राले भनिन्। एउटा दुईटा यसो हामिले नि पाए हुन्थ्यो ? फेरि प्रश्न तेर्साइन् ।"
"हुन्थ्यो नि के गर्नु जाँगर साँगर छैन? देख्ने त्यही अर्काको त होनि? चमेलिले प्वाक बोलिन् ।"
"लु भो यति साह्रो वचन खाइ खाइ त चाहिन्न ? हेरौंला नमरे बाँचे हामिले पनि फलाएर देखाम्ला भन्दै शुभद्रा बाटो लागिन्।"
"हैन के को गनगन हो तिमिहरु दुइको रिसाएर गइन् त तिनी , घर भित्र बाट निस्कदैँ श्रीमानले भन्यो। "
"के हुनु र .. हाम्रो झाङ्गको लौका देखेर माग्दै थिइन्।"
-अनि दिएयौ त?
- के को दिनु नि आफुले त नखाइ नखाइ बजार लगेर बेच्न भनेर राखेको।
"दिनु पर्थ्यो नि त ? छिमेकी हुन् । कहिले कहिँ हामीलाई पनि त काम लाग्थ्यो नि।"
"ए हो त्यसो भने जरैसित लगेर दिनु नि त भन्दै चमेली भित्र पसिन् ।"
पाँचखपन नपा - ६ संखुवासभा
+++
४. अतिरिक्त लघुकथा- चलाखी ✍️ बाबुकाजी सुवाल 'विकेश निराशी'
"घरधनीले भन्नुभएको एकहप्तासम्म ईंट्टा आउँदैन रे । आज सबै ईंट्टा सकियो, भोलिदेखि ज्यामीहरूलाई के काम दिने, बाजे ?" ज्यामी नाइकेले ठेकेदारले आदेश माग्यो ।
"ल ! बर्बाद भयो नि त ! ज्यामीलाई सित्तैमा ज्याला दिनुपर्ने भयो त । अब के काम गराउनुपर्ला त है ?" ठेकेदारं ज्यामी नाइकेसँग उल्टै सोध्यो ।
"हो नि बाजे, गधालाई भारी पुगेन भने बिग्रिन्छ । त्यही भएर सकेसम्म जोत्नुपर्छ ।" ज्यामी नाइकेले दुई हात हात माड्दै भन्यो ।
"त्यसोभए यसो गरौं न त, हिजो र आज लगाएको गारो भत्काऔं । अनि भोलि र पर्सिलाई काम पुगिहाल्छ । दुई दिनपछि पनि ईंट्टा आएन भने फेरि त्यसै गरौंला ।" ठेकेदारले बुद्धि निकाल्यो ।
"ओहो ! बाजे, गजबको आइडिया निकाल्नुभयो ...... ।" ज्यामी नाइकेले एकदमै उत्साहित भएर उफ्रूँला झैं गरेर भन्यो तर अकस्मात रोकिएर केही बिचार गरे जस्तो गरेर फेरि भन्यो, "तर ....... । सिमेन्ट र बालुवा त खेर जान्छ नि, होइन त बाजे ?"
"ह्या, घरधनी छँदैछ नि । हामीले किन टाउको दुखाउनु पर्यो र ?" ठेकेदारले निश्चिन्त भएर भन्यो ।
+++
ने.सं. ११४३ चौलागा पारु
बि.सं. २०७९ चैत्र २४ गते शुक्रबार ।
No comments:
Post a Comment