Wednesday, May 31, 2023

बिहीबारे लघुकथा प्रशिक्षण कार्यक्रमको रूपरेखा- ७९० -पं. ज्यो. तोयनाथ सुवेदी (हेटौंडा )

बिहीबारे लघुकथा प्रशिक्षण कार्यक्रमको रूपरेखा -

१. लघुकथा श्रृङखला नम्बर- ७९०

२. मिति - २०८०/०२/१८ बिहीबार ।

३. समय- रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।

४. प्रस्तोता- पं. ज्यो. तोयनाथ सुवेदी (हेटौंडा )

५. लघुकथा प्रशिक्षक- पुण्य कार्की (गाईघाट )

लघुकथा सह-प्रशिक्षक- निरज कोइराला (इटहरी)

६. फेसबुक लाइभ र युटुभ च्यानलको लागि आधिकारिक स्थान - लघुकथा प्रतिष्ठान, नेपाल

७. संस्थापक/व्यवस्थापक- मलन समूह

+++मनोहर पोखरेल +++लक्ष्मी रिजाल+++ नन्दलाल आचार्य

लघुकथाक्रम---

१) लघुकथा :कठै मानवता -कुञ्जदेवी उपाध्याय

२} लघुकथाः उपाय -मित्र 'उराठी' गौतम

३) लघुकथा!- अन्तरघात -राेशन पराजुली!

४} अतिरिक्त लघुकथा - दशैंको भेजो

- धनसिंह बिश्व

++++

१) लघुकथा :कठै मानवता -कुञ्जदेवी उपाध्याय

घरदेखि करिबन बिश किलोमिटर को यात्रामा निस्के। छिट्टै पुग्ने बिचारले एउटा छुट्न लागेको बसमा चढेर हेर्दा कतै आसन खालि देखिन।ड्राइभर बस्ने पछिल्लो आसनमा जसै तसै घुसें।गाडि गुड्यो।

अलिकति पर पुग्दा एउटी महिला नानी बोकेर गाडी चढिन्।दैलाको छेवैमा बसेका धेरै भलाद्मी हरू उनलाई देख्ना साथ कोही फोनमा नम्बर मिलाएर बात गर्न लागे कोही नेटमा व्यस्त भए।उनको हालत तिर हेर्ने कसैको पनि समय भएन।म असमञ्जसमा परें। उनलाई बोलाएर आँफु बसेको आसनमा बस्न दिएं।

कसैको आवाज आयो नारीले नै बुझ्छन् नारीको दुःख।

कठै मानवता!

+++

२} लघुकथाः उपाय -मित्र 'उराठी' गौतम

अमरपुर गुल्मी हाल तिलोत्तमा न पा-२,रुपन्देही

"राम! राम!! झण्डै ज्यान गएको।कस्ता असती हुन् ?चाहिञ्जेलको भाँडो नचाहिँदाको ठाँडो भने झैँ गर्छन्।" अत्तालिँदै आक्रोश पोखिन् सम्झनाले।

"त्यही त भन्या।अलिकतिले ज्यान बच्यो नत्र .....।" नरेशले कारको स्टेयरिङ सम्हाल्दै बोले।

"दुध दिउन्जेल खान्छन्।तिहारमा गाई,गोरु पूजाको नाटक गर्छन्।यज्ञादि पूजापाठमा गाईकै गोबर, गहुँत र दुध चाहिने अनि अरु बेला चाहिँ घाँडो हुने।"सम्झनाको आक्रोश अझै थामिएन।

"सरकार पनि उस्तै छ।न त छाडा चौपाया व्यवस्थित गर्छ न त निर्यात गर्न दिन्छ।लुकिछिपी निर्यात गर्नेहरू तस्करीमा पक्राउ पर्छन् ।कमसेकम व्यवस्थित तरिकाले निर्यात गरे राष्ट्रिय आय त बढ्दो हो।यता गाईगोरुले सडकमा दुःख पाउने, उता दुर्घटनाको जोखिम हुने ।" नरेशले तितो ओकले।

"गाडीले हानेर महिनौँ सडकमा छट्पटिएको दर्दनाक अवस्था।रातमा छाडा पशुबाट खेतीबाली सत्यनास।लक्ष्मी भनी पुज्ने किसानले बालीनाली नष्ट पार्दा कुटीकुटी घाइते बनाउने।यस्तो देख्दा पनि सरकार किन मौन छ?" सम्झनाले करुणा भावसँगै सरकारप्रति असन्तुष्टि व्यक्त गरिन्।

"त्यसैले त अलि पहिले पश्चिमतिरको कुनचाहिँ पालिकाले हो सडकका गाईगोरु ट्रकमा हालेर लगि रातिमा भिरबाट गुल्टाइदिएको थियो रे !" नरेशले पुरानो घटना स्मरण गर्न खोजे।

"कस्तो निर्दयी दानव रहेछ?त्यस्तो जघन्य अपराध पनि गर्ने हो त?" सम्झनाको मुखबाट आगो निस्कन रोकिएन।

"यी छाडा चौपायालाई निकुञ्जहरूमा लगेर छाड्यो भने यिनलाई पनि खानाको समस्या हुने थिएन । किसानको खेती जोगिन्थ्यो । आकस्मिक दुर्घटना पनि हुने थिएन । बाघ,चितुवाजस्ता जङ्गली जनावरलाई जङ्गलमै आहार उपलब्ध हुनेहुनाले बस्तीमा पस्ने सम्भावना पनि कम हुने थियो । प्राकृतिक तरिकाले इकोसिस्टम पनि चल्ने।यो उपाय ठिक हुन्न त बाबा?" पछिल्लो सिटमा बसेर बुबाआमाको वार्तालाप सुनिरहेको सन्देशले समाधानको उपाय सुझायो।

+++

३) लघुकथा!- अन्तरघात"

राेशन पराजुली

तिमी एकछिन चुपलागेर बस हामी यहाँ केही सुझाव संकलन गर्दैछौ!

विश्वासले सागरमाथालाई भन्याे।

किन नवाेल्नु त मेराे छातीमा टेकेर मलाई बदनाम गर्नेहरु दैनिक भित्रिदैछन्।

एक छिन चुपलाग भन्या कत्ति गनगन गर्या गर्छौ।

झन सागरमाथालाई रिस उठ्याे उस्ले विश्वासलाई चाेट पुग्ने गरि गाली गर्न थाल्याे।

म सुृष्टिकाे सुन्दरता बाेकेर यस भुमिकाे गाथा तयार गर्ने माथि यस्ताे दाेहन किन?

बिधाताले यति राम्राे परिचय र परिभाषा दिनु भएकाे मेराे महिमालाई दैनिक लात किन?

मानव सभ्यतालाई जीवन मार्गकाे वस्तुचित्र तयार गर्न सिकाउने दानव प्रवित्ति किन?

दैनिक रुपमा मेराे सुन्दरतालाई कुरुपता बनाउन भित्राउने ति दैत्य चरित्रहरुलाई बन्द गर।

हावा ,पानी जीवन ,सभ्यता मै लाई यति सार्हाे दुर्गन्ध बनाउन दुस्चरित्रहरु बन्द गर।

म शान्ति भएर प्रयावरण वचाँउन चाहान्छु ।मलाई खुल्ला छाडिदेउ म स्वतन्त्र भएर गर्वले बाँच्न चाहान्छु।

मेराे अस्तित्वमाथि खेलवाण गर्न छाडिदेउ।

मैले समयकाे परिचय संगै परिवर्तनहरु दर्साउनु नपराेस । अनि भेट्ने छौ विनास अनि भाेग्ने छौ अन्त्य कस्ताे र चाख्ने छौ कति कति पीडा आभाष ।

सागरमाथाका आवेग सुनेर विश्वास रनभुल्ल भयाे ।

ओ हाे मैले त कस्ताे घात गरेछु भन्दै माथि माथि अदृष्यभावमा अन्तरमनमा मौनता साँध्न थाल्छ।

, बरगाछी,धरान

+++

४} अतिरिक्त लघुकथा - दशैंको भेजो

धनसिंह बिश्व।

धैरै बर्ष अघिको कुरा, म सानै थिएँ। बड़ा दशैंको रमझममा हामी केटाकेटीहरु उफ्रिन्दै खुसीले खेलीरहेका थियौं। हिजो सत्तमीको दिन देखी गाउँ घरभरी नै खसी, सुँगुर, राँगा डालेर भुत्ला र मासु पोलेको गन्धले गाउँ नै गनाउने भएको थियो। प्रत्येक साल हाम्रो घरमा पनि दशैंमा कुल देवताको पुजा गर्न भनी बोका डाल्ने गर्थे।

अष्टमीको दिन बिहानै देखिन् बुवा सारै फुर्तिलो देखिन्थे। पल्लो घरे अन्तरे काका ठूलो डबिनमा पानी तताउँदै थिए। हजुरबुवाले थान थपना बनाएर पुजा गर्नुभयो।

मलाई कता कता डर लागीरहेको थियो। सोंच्थे- हाम्रो त कस्तो देवता हो? देवताको नाम गरेर यसरी निर्दोष पशुको हत्य गर्नुपर्ने अनि दशैंमा मासु नै खानुपर्ने बहाना, अचम्म लाग्थ्यो।

ठुलो काकाले कत्ती लिएर आए। बिचरा! बोका मुखमा गाँस च्यापेर घरी घरी टाट्नोबाट हामीलाई हेर्दै कराई रहेथ्यो। - बाचाउ ..! बचाउ..!! भनेजस्तै लाग्थ्यो। मैले बुवालाई एक चोटी गएर भने -"यसलाई नकाटे हुन्न बा"? तर बुवाले मलाई पर पर जाउ भन्दै लखेटे पछि म त्यहाँ गइन्।

केहीबेर पछि खेलेर आउँदा बोका टाट्नोमा थिएन। पुजाको थान अगाडी बोकाको टाउको मात्र पातमा राखिएको थियो। काका र बुवा तराजुमा मासु जोख्दैथे। त्यो देखेर म पुरा रोए। मलाई मासु खानु पनि मन परेन।

मैले सोचे - यदि त्यो बोका मान्छे जाति जस्तो बोलेर प्रतिक्रिया जनाउनु थियो भने या म पनि तिमीहरु जस्तै ईश्वारले रचेको प्राणी हूँ मलाई नमार्नुहोस् भनेर भन्नुथ्यो भने दानव रुपी मान्छेले कतै छाडी दिन्थे कि? तर त्यहाँ मेरो के जोर चल्थ्यो र।

त्यो देखेर म पुरा रोए। मलाई मासु खानु पनि मन परेन। बुवाले खुवाउनु निकै जोड गर्नुभो तर यसरी कसैको हत्य गरेर भेट भर्नु भन्दा आजीवन साकाहारी बन्ने संकल्प गरें।

** ** **

गेजिङ प० सिक्किम।

+++

1 comment:

Anonymous said...

हार्दिक बधाई छ

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...