श्री लघुकथाकार मित्रज्यू,
हजुरकाे लघुकथा वाचनका लागि अनुमति दिन र लाइभ वाचन कार्यक्रममा उपस्थित भएर अभिमत प्रकट गर्न निवेदन छ ।
मिति २०७८/०८/२६ गतेका दिन लघुकथा पाठ्य श्रव्य दृश्य प्रतिष्ठानमा ५४औं शृंखलाको साेमबार नियमित लघुकथा बाचन कार्यक्रम ।
बाचन हुने लघुकथाहरु-----
१. लघुकथा -: त्यसको बिहे हुदैन - दिनेश निरौला
२. लघुकथा : अब्यक्त प्रेम
प्रभादेवी पौडेल
३. कोषवल्लभ रेग्मी।
लघुकथा:-"छोरी"
४. लघुकथा- ढालाढाल
-नन्दलाल आचार्य
५. लघुकथा:- खुसी छौ नी?
-कृष्ण तिमिल्सिना
बाचक:- अमृता घिमिरे
समय:- बेलुका ७:५५
यश लिङ्कमा साेमबार बेलुका ७-५५ बजे पाल्नहुन निम्तो गर्दछौं ।
https://www.facebook.com/groups/604603164008890/?ref=share
साेमबार वाचक- अमृता घिमिरे
१. लघुकथा -: त्यसको बिहे हुदैन ।
दिनेश निरौला ,
बाख्रा जम्मा गर्दै गरेकी पुनितालाई उखुबारीबाट निक्लिएर रामेश्वरले हातपात गर्यो ।हातपात मात्र हैन चौध बर्षको कलिलो उमेरमा आफ्नै काकाको छोराबाट लुटिई पुनिता देवी ।
"आमा आज गोठालोमा रामेश्वरले मलाई नराम्रो गर्यो। मलाई रामेश्वरले लुट्यो" पुनिताले आमालाई सुनाई ।
"तँलाई बैंश चडेको नहुने नहुने कुरा खेलाउँछे रामेश्वर तेरो आफ्नो काकाको छोरा हो । यस्ता कुरा गर्दै हिँडे तँलाई कस्ले बिहे गर्छ " लखनी देबीले छोरीलाई चेतावनीको सैलिमा चुप रहन भनिन् ।
आफ्नै काकाको छोराबाट लुटिएर रुँदै आएकी पुनिताले आमाबाट त्यस्तो जवाफ पाए पछि आत्माहत्या गर्ने बिचार नगरेको हैन तर खै किन त्यसो गरिन ।
बाछो हराऊनु भन्दा चितुवा पल्किनुमा समस्या । समय कुसमय उस्को शरिरमा धावा बोल्दथ्यो रामेश्वर । चुपचाप सहिदिन्थी अभ्यस्त बनेको झै पुनिता देवी ।
चार बर्ष बिते यसरीनै । बल्ल एक दिन रामेश्वरको बुबाले आपत्तिजनक अबस्थामा फेला पारे । रातभर पारिवारीक कचहरी बस्यो घरमा ।
बिहानै छोरी लिएर आफ्नो माईती भारतको बस्मतिया तर्फ लागिन् लखनी देवी ।
यता रामेश्वर निर्धक्क आफ्ना दौतरी सँग भन्दै थियो । "पुनिता अब नेपाल फर्कन्न ।नेपालमा त त्यसको बिहे हुँदैन ।
२०७८।०८।२६
सुनसरी दुहबी
२. लघुकथा : अब्यक्त प्रेम
प्रभादेवी पौडेल
मैले कथा लेख्न छोडेको धेरै भएछ। सिक्ने क्रममा तिनै बजे उठेर कथा लेख्थें र चार बजे नै पोस्ट गर्थें। म अरुका कथा पढ्थें र त्यसैबाट अर्को कथा जन्मन्थ्यो। तर पछिल्ला दिनमा खै के मा अल्झिएँ थाहा छैन। एकदिन स्कुलमा संगै पढ्ने साथीले म्यासेज गर्यो -"प्रभा जी आज भोली त कथा आउॅन छोड्यो त ? मेरो बिहान कथा पढेर मात्र उठ्ने बानी थियो।" मैले उत्तर दिएँ, -"खै बिषय बस्तु पनि त्यति भेटेको छैन।" -"त्यसो भए म दिन्छु आज तपाइलाई बिषय बस्तु।"
-"दुई साथी थिए। उनीहरु संगै पढ्ने खेल्ने र संगै स्कुल जाने गर्थे। उनीहरु बढ्दै गए । केटीको कुरा थाहा भएन तर केटो भने केटी प्रति आकर्षित हुँदै गयो। सपना बिपना जतिबेला पनि उसैलाई सम्झन्थ्यो तर भन्न सक्दैनथ्यो। दिनहरु बित्दै गयो केटो पढ्ने क्रममा बाहिर गयो। पढाइको ब्यस्थताले दूरी टाढा भयो । तर यता केटीको बिहे भयो केटो छाँगाबाट खसेझै भयो। आफुवाट टाढा भएपनि केटोले सँधै आफ्नो ठानीरह्यो।" ल लेख्नु यसरी मिलाएर। उस्को म्यासेज पढेर मैले भनें,-" म पनि थपुँ केहि कुरा?" -"हुन्छ थप्नुस्।"ऊ म्यासेजको पर्खाइमा थियो। मैले लेखें ,-"केटी पनि केटोलाई निक्कै मायाँ गर्थी तर ब्यक्त गर्न सक्तिनथि त्यसैले परिवारको मर्जीले बिहे भयो तर अझै पनि उत्तिकै माया गर्छे केटोलाई।" उस्ले तुरुन्तै उत्तर दियो, -"ओ एम जी ! सेम फिल यार।"
भरतपुर ९, चितवन
२०७८/८/२५
३. कोषवल्लभ रेग्मी।
लघुकथा:-"छोरी"
-----------------------------------------------------------------
नन्दमायाले आफ्नो जीवन कालमा धेरै दु:ख झेल्नुपर्यो।युवा अवश्थामै पतिको मृत्युभयो।त्यसको केही बर्षपछि एकमात्र छोराको मृत्युले त उनी बिव्हलनै भइन्।आँसुको धारा पिएर बाँचिन् नन्दमाया।तै पनि एउटी छोरी जानुकाको माया ममतामा झुण्डिएर छोरीको आशामा दिन काटिरहेकी थिइन्।
समय एकैनासले रहदैन।छोरी तरुनी भइसकिछ।एकदिन आमालाई थाहै नदिईकन सटके मेलाबाटै छोरी जानुकी कुनै केटा पक्रेर पोईला हिडिछे।आमा नन्दमायालाई पर्नु पीर पर्यो।"भनेको भए रामरी बिहे गर्दिने थिएँ नि...।"उनी भक्कानिएर रुन थालिन्।
एक्ली नन्दमायालाई उनका जेठाजुका छोराहरुले आफ्नै घर छेउमा सानो झुपडी बनाएर राखे।आफ्नै आमालाई जस्तैगरि हेरचाह गर्दैरहे।एकदिन नन्दमाया बिरामी परिन्।उनले काठमाडौंमा भएकी छोरीलाई बोलाई दिन भनिन्।भतिजाहरुले नराम्रो गरेका थिएनन्।धामी,झाँक्री,डाक्टर औषधि सबै गरेकै थिए।तै पनि आफ्नै कोखकी सन्तान हो।नन्दमायाको मनले मानेन।उनका भतिजाहरुले छोरी जानुकालाई बोलाईदिए।
**
छोरी जानुकाले आएको २/४दिन नबित्दै आमालाई लिएर जाने कुरा उठाइन्। "...हामीले आमा जस्तै गरेर पालेकाछौं।यहीं बस्दा नि हुन्छ ....।"दाजुभाइको कुरा जानुकाले सुन्नै मानिनन्।बरु उल्टै -"आमाको सम्पत्ति खान तम्सेका.."भनेर चौपट्टै गरिन्।
आखिर जानुकाले श्रीसम्पति सहित आमालाई लिएर काठमाडौं गइन।तर काठमाडौं लगेको ६महिना नबित्दै आमाको चिसोको कारण दमबढेर रातिनै मृत्युभएछ।बिहान अबेला मात्रै छोरीज्वाईंलाई आमाको यो अबश्था थाहा भयो।"अब के गर्ने हजुर?"जानुकीले कुरा कोट्याई।
"यस्तो जाडो छ म त कोरा बस्नसक्दिन है।"ज्वाईं ततर्कियो।
"...अब को बस्ने त।?।गाउँमा दाजुभाइसँग पनि नराम्रो गरेर आएँ।कोही मान्छे खोजेर राखौं पाइहालिन्छ कि।"
केही दिनपछि गाउँमा हल्ला आइपुग्यो -"नन्दमायाकी छोरीले शहरमा कुनै खेताला खोजेर आमाको "काजक्रिया"गराई रे....।"
**
दे न पा ७ इलाम।
४. लघुकथा- ढालाढाल
-नन्दलाल आचार्य
'एई तँ जे भन्दै छस्, पहिले नै मैलै भनिसकेको छु । हाम्रै मूलमन्त्र चोरेर हामीलाई उल्लू पार्न सक्तैनौ । हामी त्यही मन्त्र जपेर बहिरो सरकार झकझकाउन चितवन हिँडेका हौँ ! हामीलाई रोकेर आफ्नै खुट्टामा बन्चरो हान्ने काम नगर ।'
मेरो कुरा सुनेर उनीहरूको रगत उम्लेछ । बोलीले मलाई खिचडी रङको गुलाम भएको आभाष दिलाए । स्वार्थी र धाेकेबाजकाे पिछलग्गु ठाने ।
मैले पनि स्पष्ट भनेको थिएँ; 'गोरो र कालो रङको दोषारोपणले जनअधिकार मिल्दैन । रङ घोलेर एकै रङ भएर मैदानमा आओ । चितवन उल्टेर लहानमा स्यालुट गर्न आइपुग्छ ।'
मेरो ध्वनि हावामा बिलाउन नपाउँदै 'खिचडी रङको गुलामलाई धूलो चटाओ' भन्दै एक अज्ञात हुलले मलाई घेरिहाल्यो । पछाडिबाट बाँसको मुडचलले टाउकामा बजारियो । पीडाले म चिच्याएँ । गोलीको आवाज सुनेँ र तत्कालै म बेहोस भएँ ।
होस खुल्दा म अस्पतालको सट्टा प्रहरी हिरासतमा थुपारिएको थिएँ । प्रहरीलाई कारण सोधेँ । उसको जवाफले मलाई होसमा आएकोमा खेद लाग्यो । पुन: र पुन: बेहोसी भइरहन मन लाग्यो ।
प्रहरीले भनेको थियो; 'तँले गोली चलाइस् रे । तैँले आन्दोलनका योद्धा ढालिस् रे । तँलाई बाहिर पठाए टुक्राटुक्रा पार्छन् र सडकका भुसिया कुकुरलाई खुवाउँछन् रे ।'
नजिकै मसँगै झोक्रिएको सहकर्मी भन्दै थियो; 'अधिकार पछिको कुरा हो । पहिले ज्यान रहनुपर्छ । बिनाकारण ज्यान दिनु र लिनुको ओजन बराबरी हुन्छ ।'
मैले टाउको उठाएर उसतिर एकोहोरिन पुगेँ । उसका पछिल्ला शब्दले मनमा भूकम्प जान थाल्यो । अहिलेसम्म थामिएको छैन ।
उसको बोली थियो; 'यता तपाईँ ढल्नासाथ म बीचमा उभिएँ । जति जोरजुलुम गरे पनि ढलेकोलाई थप्न दिइनँ । उता एक निमुखो ढलेछ । त्यसैले तपाईँ र मलाई यहाँ कोचिएको हो ।'
२०७८-०८-२६ गोलबजार; सिरहा ।
जय गाेविन्दम् ।
५. लघुकथा:- खुसी छौ नी?
-कृष्ण तिमिल्सिना
कंचनरुप नगरपालिका सप्तरी
"मेरो खुसी चाहन्छौ भने छोडिदेऊ मलाई"
हिजो सम्म"तिमी नै मेरो खुसी हौ तिमी नै मेरो जिन्दगी हौ"भन्नेले एक्कासी एस्तो भनेको सुन्दा नरमाइलो भन्दा बढी रिस उठेको थियो मलाई।
तर उसको खुसीको लागि ५ वर्षको सम्बन्ध तोड्न तयार भए म।भन्नु धेरै थियो मनलाई तर मुखले भन्न सकेन त्यो बेला।
सोच्थे पछि उसका छोराछोरीले"मामु तपाईंलाई सबै भन्दा धेरै माया कसले गर्छ"भनेर सोध्दा मलाई सम्झेर गहभरी आशु पारी उसको श्रीमानको नाम लिन्छे भनेर।
आज केही वर्षपछि एक्कासी जम्काभेट भयो साथिको बिहेमा।
यो बिहेको लगन पनि कस्तो हो कसैले भन्न सक्दैन।कतिका कयौ वर्षका प्रेम सम्बन्ध तोड्ने त कति नयाँ सम्बन्ध जोड्ने।
आज साथिको बिहेको लगनमा भने उही पुरानो पहिलो प्रेमिका भेटें।
मलाई छोड्दा जस्ती थिई त्यस्तै रहिछे परिवर्तन भएछ त केवल उसको खाली सिउँदो र गलामा पोते।
ममा नी परिवर्तन त खासै आएको थिएन।एउटा सानो सरकारी जागीर खाएको थिए बस् त्यति हो।
एक्कासी त्यो जम्काभेटमा कहिलै सोध्न नसकेको प्रश्न मुखले सोध्यो"खुसी छौं नी?"
ऊ जवाफ नदिई तर्किएर गई मानौं म कुनै अन्जान हूँ।
मनमा कौतुहलता बढेर बुझ्न खोजें।केटिपक्षकी रहिछ केटीको साथी।
बुढा बिहे भएलगत्तै युरोप छिरेको र केही समयपछि उतै बस्ने केटीसंग बस्न थालेको हल्ला फैलिएको रहेछ।
मन न हो माया पलाई हाल्यो।बेकार सोधेछु"खुसी छौ नी"भनेर।
कृष्ण तिमिल्सिना
कंचनरुप नगरपालिका सप्तरी
No comments:
Post a Comment