५८ अाैँ शृङ्खला २०७८/०९/०१ बिहीबार बाचक- बालकृष्ण काफ्ले
कथाक्रम
१ लघुकथा- भोज----सत्या अधिकारी
२. लघुकथा- मेहनत-----गजल आचार्य
३. लघुकथा -: घृणा ----*मन्दिरा चापागाईं
४. लघु कथा----लाेभ*--- मधुसूदनप्रसाद घिमिरे
५. लघु कथा----आमाको सराप -- टङ्कबहादुर आलेमगर
६. लघुकथा: भाग्यकाे खेल - विनाेद नेपाल
१ लघुकथा- भोज
सत्या अधिकारी
किन हो कुन्नी? ठुलिआमाको परिवारसँग गाउँभरीका कोहिपनि आउजाउ र बोलचाल नगरेको धेरै दिन भएको थियो।
तर अचम्म , आज उहाँको आँगनमा न जग्गे थियो, न बाजागाजा, न दुलाहा दुलही न त कुनै पुजाआजा, ठूलो तामाको खंँड्कुलोमा मासुभात पाक्दै थियो। गाउँभरीका मान्छेहरु जम्मा भएका थिए।अनौठो लाग्यो मलाई, कोहि खुशी र दङ्ग पनि थिएनन् ।
गाउँलेहरु सबै खान बसेका थिए । ठुली आमा घरीघरी मेरो बालाई सोध्दै हुनुहुन्थ्यो " के थपौं हजुर? "
बा भने घोर्ले स्वरमा पुगेको सङ्केत गर्नुहुन्थ्यो। मैले पनि थपी थपी टन्न खाएँ।
खान त खाएँ तर मनमा भने हसिया जत्रो प्रश्नले घोचिरहेको थियो। आखिर यो भोज के को खुसीमा थियो? भनेर
दीनभर कसैलाई पनि सोधिन र भनेनन् पनि कसैले ।बेलुकी घरमा आएँ, बुवासँग सोध्न डर लागिरहेको थियो।डर लाग्दो हुनुहुन्थ्यो मेरो बुवा।गाउँभरीका दुखी गरीब हरुको सेवा गर्ने भएर होला, सबैले डराउँदै हात जोडी नमस्कार गर्थे उहाँलाई ।
भोलि बिहान आमासँग सोध्छु भन्दै ओछ्यानमा गएँ। बुवा, म र आमा भित्र सिकुवामा सुत्थयौं। म ओछ्यानमा पल्टेको मात्र थिंए ,बुवाले खुशी हुँदै एक मुठा पैसा आमालाई दिंदै भन्नूभयो "लाउ! यो राख, आज बल्ल तिर्यो बजीयाले छोराले गरेको उपद्रोको हर्जना। आजबाटै चलाईदिएँ त्यसको भातपानी। भोलि मालपोत जानुछ गैरीखेत पास गर्न।" यो कलिलो दिमाग छोराको उपद्रो,हर्जना , भातपानी र गैरीखेत सब्दहरुले झनै रन्थनियो।
२. लघुकथा- मेहनत
-गजल आचार्य
एउटा वनमा सिंह थियो । त्यसको डमरु चुलबुले थियो । सिंह खानेकुराको खोजीमा जङ्गलभरि चहार्थ्यो । डमरु बसिबसी खान्थ्यो । उसलाई खानेकुरा अभाव सिंहले नै पूरा गर्नुपर्थ्यो ।
सन्तान अल्छी र कामचोर भएकोमा सिंह चिन्तित थियो । एकदिन उसले भन्यो; 'हेर त अरूलाई धेरै परिश्रम मर्छन् । तँ भने बसैबसी खान खोज्छस् । म मरेपछि दु:ख पाउँछस् । काम गर्न थाल । सुख भेट्छस् ।'
सिंहको मुखमा ताला लाग्ने गरी डमरुले जवाफमा भनेको थियो; 'मेहनत गरेर त गधा गधा बनेको छ । बुद्धि लगाएरङ म सिंह भएको छु ।'
२०७८-०८-२७ उदयपुर ।
.Short story - Hard Work
- Gazal Acharya
There was a lion in a forest. His Damaru was fickle. The lion roamed the forest in search of food. Damaru used to eat without working . The lion had to make up for his lack of food.
The lion was worried that the child was lazy and lazy. One day he said; 'Look, others are working hard. You just try to eat. You suffer when I die. Start working You find happiness. '
Damaru replied, locking the lion's mouth; 'By working hard, a donkey has become a donkey. I have become a lion with wisdom. '
2078-08-27 Udayapur
३. लघुकथा -: घृणा
मन्दिरा चापागाईं
मिलेको शरीर लामोकेश ठिक्कको उचाई मास्कले ढाकिएर स्वप्निल आँखा र निधार मात्र देखिएको । बाटोमा धेरै पटक देखेको थियो शन्देशले उनीलाई । शान्त र गम्भीर स्वभाव सभ्य पहिरन देख्दा लाग्थ्यो ,एउटा सचेत फेसन डिजाइनर हुन् ।
एकापसमा परिचय भयो "खुशी जयसवाल "रहेछ उनको नाउँ ।
मिठो बोली , हरेक बिषयका गहन र तार्किक कुरा सुन्दा उमेरभन्दा धेरै परिपक्व भान हुने।
एकदुई पटकको बोलचालमै साथी भए उनीहरु ।
एकदिन यु एन पार्क नजिकै भेट भयो । एकछिन बसेरै गफ गरौंन शन्देशले आग्रह गर्यो । "वास्तवमा भगवानले फ्रेसमुडमा बनाएछ्न खुशी तिमीलाई । "
उनी भावुक बनिन् । मेरा बाबाअमाले औपचारिक शिक्षा नलिए पनि मलाई जहिल्यै अशल मान्छे बन्ने सपना देखाउनुभयो । पहिलेका दुई दाजुहरु बितेपछि म नै छोरा थिए वहाँहरुको ।"कोक्रो हल्लाउँने हातले बिश्व हल्लाउन सक्छन् ,मेहनत गरेर पढ" बाबाको यहि वाक्यलाई आदर्श मानें मैले । सबैले सर्बगुण सम्पन्न छ खुशी भन्दै मेरो तारिफ गर्थे । मलाई पनि ऎनाको अगाडि उभिँदा उमेरसङ्गै गालामा चढेको गुलावी लाली र आँखाको चन्चलताले झनै निखार थपेझैँ लाग्थ्यो ।
"पढाइ सकेर ईज्जतदार रास्ट्रसेवक बन्छु । मलाई के थाहा ? मेरै खुशी नाममा मात्र सिमित रहन्छ । कहिल्यै सोचिन भगवानले दिएको यहि रुप अभिसाप बन्ला भनेर । "
छोड्देउ यी सब किन यति भावुक ? " मास्क खोलन ।" शन्देशले अनुरोध गर्यो ।
यही भेट नै अन्तिम हुने त होईन ? ऊनी तर्किदै पीडा पोखिरहिन् ।
" महिला रास्ट्रपति भएको देशमा महिलाहरु नै कहिलेसम्म असुरक्षित रहनुपर्ने ? " लाखौं सपना कैद भएका उनका सुन्दर आँखा पीडा र आक्रोशले भरिए । "पुरुषहरुको खोक्रो अहंकारको निमित्त कहिलेसम्म एउटी युवतीले बलात्कार ,हत्या , एसिड आक्रमण र बेचबिखनको शिकार हुनुपर्ने ??"
जव मास्क खोलिन् ऊ तर्स्यो । प्रेमको अर्थ नै नबुझेकी म कसैको प्रस्ताव अस्वीकार गर्दा तेजाव आक्रमणमा परेँ । "
के अब पनि तिमी मलाई माया गर्छौ ??
"मलाई त प्रेम र पुरुष शब्द देखिनै घृणा लाग्छ घृणा "।
,
४. लघु कथा----लाेभ
मधुसूदन प्रसाद घिमिरे
घरमा मिठाे चाेखाे खान दाउरे मान्दैन थ्याे ।पैसा बचाउनु पर्छ ।भाेलिलाइ चाहिन्छ भन्ने साेचमा उ थियाे । पहिला पहिला तिउन किन्ने कुरा अचम्ममा पर्थ्याृे।घर करेसा वारिमा जे फल्छ ।त्यहिले तिउन टारिन्थ्याे ।क्रमश तिउन किन्न बाध्य हुँदै गयाे उ
कहाँ सस्ताे साग छ त्यहि किन्थ्याे ।दाल तरकारि अचार त श्राद्धमा पाे खाने हाृे भन्थ्याे ।मान्छे नाम पनि दाउरे शरीर पनि सुकेकाे दाउराे जस्तै थियाे ।पानी खान मननै नगर्ने ।घरमा जसरि हुन्छ छाक टार्ने बिचार गर्थ्याृ।।पैसा नै नपुगेर चाहिँ हैन ।दाल भात तरकारि अचार खान मनग्गे पुग्ने उसकाे आय श्राेत पनि थ्याे ।उसले पुरानाे कुरा संझन्थ्याे जुन बेला तरकारि बजार घर वरिपरि थिएन ।करेसा वारिकाे भर पर्नु पर्थ्याे ।
दाउरे बिरामि प-याे ।जचाउन जानै मानेन।।पैसा खर्च हुन्छ जान्न म जचाउन भन्थ्याे।थला नै परे पछि घर परिवारले जचाउन लगे, डाक्टरले जाँचि हेरि भने, उहाँलाइ पानीकाे मात्रा ज्यादै कमि छ।सुप जुस र पानी प्रसस्त खुवाउनु पर्छ अनि मात्र ओखतिले छुन्छ । उनले दुई महिना तिउन टार्ने पैसा ले घर परिवारले एक बट्टा जूुस किनेर ल्याए ।उसले साेध्याे " याे भाँडाकाे कति पैसा नि बाबाु ।? घरमा सल्लाह भै सकेकाे थियाे, लागेकाे खर्च दाउरे बालाइ नभन्ने,है ।यदि सत्य खर्च बतायाे भने बाले ओखति खानु भन्दा पैला नै हर्ट एटेक्ट भए भन्ने सुन्नु पर्ला । सवैले मुखा मुख गरे खै कति पैसा प-याे थाहा नै छैन ।सवै मुखामुख गरे दाउरे बा मात्र पालै पालाे परिवारकाे मुखमा हेर्दै रहे ,वा काे जवाफ आएन ।
२०७८ मङ्सिर २९ मसान्त
६. लघुकथा: भाग्यकाे खेल
- विनाेद नेपाल
बहुप्रतिक्षित निर्वाचन सम्पन्न भयाे र परिणाम आयाे ।
परिणाम सुनेर सबै आश्चर्यमा परे ।
'यस्ताे परिणाम कसरी आयाे हँ ?' अब याे नै फुर्सदिलाहरुकाे छलफलकाे विषय बन्याे ।
कसैले भने 'षडयन्त्र ' ।
कसैले भने 'तालमेल '।
कसैले भने 'चलखेल '।
कसैले भने 'धाेखा '।
कसैले के र कसैले के अनुमान गरे ।
तर कसैले पनि सही कारण एकिन गर्न सकेनन् ।
यत्तिकैमा विजय जुलुस निस्क्यो ।
एक चतुर पत्रकार भिडमा पस्याे र अबिरजात्रा सहितकाे जुलुसकाे अग्रपङ्तिमा रहेका नेताजीलाई साेध्याे 'हजुरकाे कार्यशैली प्रति व्यापक असन्तुष्टि थियाे तर पनि यहाँ नै विजयी हुनुभयाे । चमत्कारै भयाे नि हजुर, बधाई छ यहाँलाई ।' भन्दिनुस् न याे विजयकाे प्रमुख कारण के हाेला ? कसैकाे साथ, सहयाेग वा कसैकाे खास भूमिका छ,कसैलाई अंसम्झन वा धन्यवाद दिन चाहनुहुन्छ कि ? '
नेताजीले भने-' देख्नुभएकै छ बिराेधीकै घेरामा छु म सधैं ।
'कसै न कसैकाे त सहयाेग हाेला नि ? समीकरण पनि बनाउनुभा'थ्याे क्यारे, हैन ? भन्दिनुस् न हजुर ' - पत्रकारले पछ्याउँदै भन्याे ।
'तपाईँलाई थाहै छ नि-' नेताजीले भने -'नजिकका नै बढ्ता बिराेधी छन् मेरा । ' 'यसैले कसैकाे सहयाेग हाेइन याे विजय मेराे भाग्यकाे खेल हाे , बुझ्नुभाे ?'
२०७८।०८।२८
( विभिन्न समूहमा एकसाथ पाेष्ट गरिएकाे)