LikeReplyDelete Laxmi Rijal
मधेस आन्दोलनको चुरो कुरो
–अरुणकुमार साह ‘अनिल’ (जनयुद्धदेखि जेलसम्म कृतिबाट÷सम्पादक– राजेश विद्रोही/भाषा सम्पादन– नन्दलाल आचार्य)
२०६३ साल माघ ५ गतेको कुरा हो । यसले मेरो जीबनमै निरन्तर पीडा थोपर्ने गर्दछ । २०६२ असार ५ गते खोटाङ्गको आक्रमणमा परेर बाँचेको थिएँ । चितवनमा हामी जनमुक्ति सेना सहितको कार्यक्रम थियो । सप्तरीबाट अशोककुमार मंडल अमर र म पनि उक्त कार्यक्रममा सहभागी हुन चितवन जाने भयौँ ं। हामी दुबैजना वाइकमै प्रस्थान गर्ने तयारीमा थियाँै । अमर दाइसँग बाइक लिएर चितवनका लागि आउनुभयो । जाँदै गर्दा कल्याणपुर पुगेपछि अमर दाइकहाँ फोन आयो । चितवनका लागि मोरङ्गबाट आएको २ वटा बस र स्कारपियो सुनसरी कट्न लागेको थाहा भयो । मधेसमा फोरमले बन्द गरेकाले बससँगै आउन निर्देशन दियो । त्यसपश्चात् हामी कल्याणपुरबाट फर्केर रूपनी आयौँ । रूपनीमा फोरमको झण्डामुनि कयौँं दर्जन नेता कार्यकर्ताले आन्दोलन गर्दै बन्दको घोषणा गरेका थिए । पहिला माओवादी पार्टीमासँगै काम गरेका सुरेन्द्र साहले पनि फोरमले गरेको उक्त आन्दोलनको नेतृत्व गरेको थियो ।
२०६३ साल माघ १ गते सात दल र माओबादी बीचको सम्झौतामा अन्तरिम संविधान घोषणा भएको थियो । उक्त संबिधानमा संघीयता उल्लेख भएको थिएन । संघीयता हाम्रो पुरानै माग र मुद्दा थियो । तर संबिधानसभा निर्बाचनलाई प्रमुख बिषय बनाउँदा निर्वाचन तत्काल गराउन काँग्रेस एमालेको प्रपञ्चमा फँसी संघीयता बिनाकै अन्तरिम संविधान घोषणा गरेको थियो । संघीयता बिनाको संविधान नमान्ने भन्दै फोरमले माघ २ गते अन्तरिम संबिधान जलाए ।
अन्तरिम संविधान जलाएकोले उपेन्द्र यादव, निलम बर्मालगायत दर्जनाँै नेता कार्यकर्तालाई गिरप्तार गरी छाडेका थिए । फोरमको नेता कार्यकर्ता तथा खस पहाडिया अहंकारमा फँसेका मधेसी जनसमुदायले अन्तरिम संविधानको बिरोध स्वरूप आन्दोलनमा उत्रिएर माघ ५ गते बन्दको घोषणा गरेका थिए । यता हाम्रो पुरानो घोषित कार्यक्रम भएकोले हामी चितवन प्रस्थान गरेका थियाँैं ।
रूपनीमा बन्दको नेतृत्व गरेका मित्र सुरेन्द्र साहसँग एकक्षण छलफल बहस गरेपश्चात् वहाँहरूले बन्दकै बीच पनि हाम्रो रिजर्व गाडी जान दिन सहमत हुनुभयो । लगभग साढे ९ पौने १० बजेतिर हाम्रो गाडी आयो । हामी सहजताका साथ गाडी लिएर लहान प्रस्थान गर्याँै । बाटो काट्दै जाँदा लहानको आँखा अस्पताल चौकमा पनि केही मान्छेहरूले बन्द गराउने प्रयास गरेका थिए । तर मेरो चिनजानकै एकजना काउण्टरका दाइ भएकोले हाम्रो गाडी रोकेनन् । त्यसपश्चात् हामी लहानको मेंन चौकमा पुग्याँैं । लहान बजार आन्दोलनमै थियो । चौतर्फ टायर बलिरहेको थियो । चौकमा नाराबाजी गरेका युवाहरू हाम्रो बसहरू आउँदा झन आक्रोशित भएर नाराहरू घन्काउन लागेका थिए ।
अन्तरिम संविधान खारेज कर !
मधेस उपरके दमन बन्द कर !
पहाडिया साशक मुर्दाबाद !
मधेसी फोरम जिन्दावाद !
लहानको मेन चौकमा गाडी रोके पश्चात् अमर दाइ गरिव दास होटलको माथिल्लो तल्लामा रहेको पार्टी कार्यालयमा पुगे । यता बसभरि पहाडे समुदायका मात्रै योद्धाहरू रहेकाले म गाडीबाट ओर्लँे ।
गाडीबाट ओर्लेर मैले आग्रह गरेँ– हजुरहरूले अकस्मात् बन्द गर्नुभयो । हाम्रो पुरानै घोषित कार्यक्रम हो । हामीलाई जान दिनुस् । मैले सरलतापूर्वक आग्रह गर्दा पनि उनीहरू बुरुकबुरुक उफ्रिन्थे । त्यस आन्दोलनमै सहभागी भएका एउटा हात काटिएका धनेश्वर यादवलाई चिनँे । संकटकालमा लहान पार्टी कार्यालयमा हुँदा निर्मल बराल दाइसँग भेट हुँदा कहिलेकाहीँ धनेश्वरलाई पनि हिँड्थे उहाँसँग । त्यसै हिसाबले मैले धनेश्वरलाई जाम खोलाउन आग्रह गरिरहेको थिएँ ।
उता नाराबाजी गर्नेहरूले मैले भनेको कुराको कुनै वास्तै गरेन । म भनिरहेको थिएँ– सबैको आँखा खोल्ने र अधिकार दिलाउने माओवादी नै हो । यसको बिरोध गरेर के पाउँछौ ? देशलाई परिबर्तनको बाटोमा लाने त हामी हाँैं । सघीयता त हाम्रै नारा हो । हामीले त युद्धकालमै जनसरकारदेखि गणराज्यहरू घोषणा गरेका हाँैं ।
तर आन्दोलनकारीहरू सुनिरहेकै थिएन । यी सब पहाडियाके दलाल छियै (यिनीहरू सबै पहाडेका दलाल हुन्) भनिरहन्थँे । मलाई निकै रिस उठेपछि मैले पनि भनेँ– रगत (माओवादीले) हामीले बगाउने, गोली हामीले खाने अनि परिबर्तन हामी गर्न चाहन्छौँ भन्ने ?
मैले त्यसे मात्र के भनेको थिएँ जबसम्म यो पहाडियाको दलालहरू रहन्छ तबसम्म मधेशिले अधिकार पाउँदैन (जा तक यि पहाडियाके दलालसव रहतै ता तक मधेसी सब अधिकार नै पाब सक्तैन) भन्दै पछाडिबाटै मेरो टाउकोमा फट्ठाले हानियो । म त बेहोस भएँछु । त्यसपश्चात् पनि मलाई अन्धाधुन हान्दा प्रहरीले रिक्सामा बसाएर इप्रकामा लग्यो अरे । केही बेर पछि बल्ल होंसमा आएँ । होसमा आउँदा त म इप्रकामा थिएँ । मसँग रहेको झोला र भिडिओ क्यामेरा किन्न राखेको बीस रूपैया सबै गोल थियो । धन्न मेरो अर्को गोजीमा रहेको केही रकम बाँकी थियो जसले मलाई पछि काम दियो ।
यता म बेहोस हुने वित्तिक्कै बसमा रहेका जनमुक्ति सेनाका साथीहरू रोडमा आए अरे । लहानमै बस्दै गरेका सियाराम ठाकुर पनि आएर कराए अरे । हवाइ फायर गरे रे । त्यसै बीच भएको हतियार फायरले रमेश महतो ढल्यो अरे । यता आन्दोलनकारीहरू उग्र भएर बसमा रहेका जतिमाथि अन्धाधुन्द हातपात गर्न थाले रे । बसमा रहेका साथीहरू सबै फरार भयो । भेटिएका बसहरू अन्धाधुन्ध जलाइए । नेता सुरेन्द्र कार्की (राम कार्की) सवार स्कारपियो उम्किन सफल भई गाईघाट पुग्यो । यी सब कुरा म त होसमा आएपछि बल्ल थाहा पाएँ । होसमा आउँदा त म लहानको इप्रकाभित्र थिएँ । इप्रका भित्रै ल्याइएका सियाराम ठाकुरसँग त मेरो चिनजान पनि थिएन । वाहिर कडा आन्दोलनमा उत्रिएको भिड त इप्रका तोडेरै सियाराम ठाकुरलाई मार्न खोज्दैथ्यो । तर प्रहरीहरूलाई धन्यवाद दिनै पर्छ । त्यत्रो उग्र आन्दोलनकारीबाट जोगाएर त्यहाँको इन्सपेक्टरले हामीलाई आफ्नै भ्यानमा चढाएर धरान पु¥यायो । यता तत्कालीन सप्तरीका एस.पि.को भूमिका पनि अहम् थियो ।
राती लहानबाट हामीलाई धरान लाँदा प्रहरी भ्यानमै सिस्वारीका लक्ष्मी चौधरीलाई पनि सहयोगका निम्ति पठाएका थिए । यता म पुनः लहानमा शक्त घाइते भएको खबरले पार्टीका साथीहरू, आफन्तजन र शुभचिन्तक समर्थक स्तव्ध भएका थिए । राती अबेर धरान पुग्यौँ । रातको बसाइ धरानको इप्रकाभित्रै भयो ।
त्यस दुर्घटनाले मधेस आन्दोलनको स्वरूप ग्रहण गर्यो । मेरै कारण मधेस आन्दोलन भएको र मेरो मोवाइल अफ भएकोले ठूलो आशंका उव्जिएको थियो । यता म प्रहरीको कब्जामा भएको हल्लाले निराशा पलाएको थियो । भोलिपल्टदेखि नै त्यहाँको इन्सपेक्टरले मलाई मोबाइल चलाउनदिए । मैले सत्यतथ्य खबर सार्बजनिक गरेँ । यता लहानमा रहेको रमेश महतोको शवलाई राखेर आन्दोलन गरिरहेकोले मातृका कमरेडको नेतृत्वमा शव उठाएर जलाएको खवर पाएँ । यता निरन्तर मधेस आन्दोलन चलिरहेको र हामीलाई के गर्लान् भन्ने डर घुसेको थियो । निकै दिनको आन्दोलनपश्चात् संबिधान संशोधन गरी संघीयतालगायत फोरमका मागहरू पुरा गर्ने सम्झौता भएपश्चात् आन्दोलन स्थगन भयो । त्यसपश्चात् त्यहाँ हामीले खाएको खानादेखि सबैको हिसाब गरी छाड्न तयार भयो । २०६३ माघको अन्तिम दिन हामीलाई सिरहा जिल्ला ल्याइयो । फागुन एक गते जनयुद्ध दिबसको दिन हाम्रो बसाइ सिरहाकै जिल्ला प्रहरीमा भयो ।
त्यसको भोलिपल्ट सिरहा जिल्लाको तत्कालिन सेक्रेट्री अजयशंकर नायक अभिनास आएर मलाई हिरासतबाट निकाले । सियाराम ठाकुरमाथि रमेश महतो हत्या आरोपको मुद्दा लागेकोले उहाँलाई छाड्ने त कुरै भएन ।
यसरी मधेस आन्दोलनको तत्कालीन कारणको एक्लो वृक्ष म हुँ । रमेश महतो ढल्नु अघि नै म ढलेको हुँ । अहिले पनि कसैका शङ्कालु आँखा मतिर तेर्सिएका छन् । तर रमेशभन्दा अघि म नै हुलमुलमा सहिद बनाइँदै थिएँ ।
यसप्रकार २०६२÷६३ को मधेस आन्दोलनको क्रममा म २६ दिन थुनामा परेँ । माघ ५ गते पार्टीको कार्यक्रममा सहभागी हुन चितवन जाँदै गर्दा लहानको सहिद चौकमा गाडीबाट ओर्लेर आन्दोलनकारीहरूलाई सम्झाउन खोज्दा मलार्ई पहडियाको दलाल भने । मैले पनि मुठ्ठीभरका मधेसीहरूकै कारण मधेसी जनताले मुक्ति पाउन नसकेको बताएको थिएँ । मेरा कुरालाई हावामा उडाएर आन्दोलनकारीहरूले ममाथि नै लाठीचार्ज गरेका थिए । म त्यहीँ मुर्छित भएपछि रमेश महतो मारिएका थिए ।
आन्दोलन भड्किन्छ कि भनेर, सीयाराम ठाकुर र मलार्ई रातारात लहान प्रहरीले उपचारको लागि धरानको विपी कोइराला अस्पताल लगेका थिए । त्यहाँको इलाका प्रहरी कार्यालयको निगरानीमा २४ दिन उपचार गराएर बसेको थिएँ । मधेस आन्दोलनको स्थिति साम्य भएपछि धरान इलाका प्रहरीले दुबै जनालाई लहानको प्रहरी कार्यालयको जिम्मा लगाएको थियो । त्यसपछि एकदिन लहान थानामा बसियो । अर्र्को िदन सिराहाको जिल्ला प्रहरी कार्यालयको थुनामा रात काटियो । त्यसपछि तत्कालीन सिरहा जिल्ला संयोजक अजयशंकर नायक अविनाशले आफ्नो जमानतमा छुटाएका थिए ।
२०७१ सालमा तत्कालीन खोकसर गाविसका छेदीलाल साह ताप्लेजुङको स्वास्थ्य चौकीमा सिनियर अहेबको रूपमा कार्यगत हुनुहुन्थ्यो । जिल्ला सदरमुकामबाट महिला स्वयंसेविकाको ९० हजार पोशाक भत्ता लिएर फर्किदै गर्दा उहाँको अपहरण भयो । एकमहिना पछि उहाँको हत्या भएको खबर आयो ।
सत्यतथ्य छानबिन गरी दोषीलाई कार्वाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै रूपनी बजारमा दर्जनौंँ खोकसरबासीलाई रोडमा उतारेंँ । महेन्द्र राजमार्ग अबरूद्ध गरेंँ । त्यसपछि प्रहरीले मलार्ई गिरफ्तार गरी राजविराज जिल्ला प्रहरी कार्यालयमा थुने । त्यो दिन पनि एक रात बसेंँ । भोलिपल्ट प्रहरीले हाम्रो माग सम्बोधन गर्ने भन्दै आन्दोलन नगर्ने सर्तमा छोडेका थिए ।
No comments:
Post a Comment