Tuesday, August 1, 2023

(सन्दर्भ- मेरो जन्मोत्सव) लघुकथा– आशीर्वाद – गरिमा आचार्य


(सन्दर्भ- मेरो जन्मोत्सव) 
लघुकथा– आशीर्वाद
– गरिमा आचार्य 

"खर्च गर्दागर्दै प्लान फेल भो मामू !" २५० रुपैयाँ फिर्ता दिँदै मलिन आवाजमा मैले भनेँ ।

"मागभन्दा बढता रुपैयाँ हात परेपछि प्लान फेल गर्ने तिम्रो पुरानै रोग हो नानी !" मामूले रोष मिश्रित स्वर निकाल्नुभयो ।

"अरु दिन जे भने पनि आजको दिन त नकराउनुस् ।" मैले पनि उस्तै स्वर निकाल्न खोजेँ ।

केही नम्र भएर उहाँले भन्नुभयो, "उसो भा हिसाब देखाऊ त ?"

"वरपरका भाइबहिनीलाई बाड्न ३७० रुपैयाँको चकलेट, मेरा साथीहरूलाई हातमा थम्याउन २३० को चोकोपन, तीनवटी सँगिनीका लागि १५० रुपैयाँको आइस्क्रिम ।" मैले फेहरिस्त सुनाएँ ।

मामू शान्त हुनुभयो । त्यही मौकामा मैले थपेँ; "महंगीले आकाश छोएपछि जतिसुकै कन्जुस्याइँ गर्दा पनि योजना फेल हुने रहेछ ।"

आफूलाई केही नराखी मैले साथीहरूका लागि  मात्रै रकम खर्च गरेको देखेर उहाँ पग्लनुभयो । बाँकी पैसो फिर्ता लिन रुचाउनुभएन । उल्टै मेरा गाला सुम्सुम्याउँदै भन्नुभयो; "यस धर्तीमा सर्वप्रथम मलाई आमाको दर्जा दिलाउने प्यारी छोरीलाई कोटीकोटी आशीर्वादका साथ जन्मोत्सवको शुभकामना !!!"

२०८०.०४.१६  
कक्षा- टि बार, श्री जनता प्राविधिक मावि, गोलबजार-४, सिरहा ।












































No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...