इसपका नीतिकथा चौथो भाग ७६ सिंहको छाला ओढेको गधा ७७ शरीर र अंगहरूबीच झगडा यति भनेर शरीरका अंगहरूले हडताल गरे । अंगहरूले काम नगरेपछि पेटले खान पाएन । पहिले त पेट दुःखी भयो । तर पेटमा अन्न नपरेपछि अंगहरू र पूरै शरीर गल्यो । उनीहरू यति कमजोर भए कि कुनैले पनि काम गर्नसकेनन् । उनीहरूलाई आफ्नो मूर्खताप्रति पछुताउनु पर्यो । ७८ गँगाटो र फ्याउरो ७९ नाच्ने बाँदरहरू एक पल्ट दरबारमा बाँदरहरूको नाच भइरहेको बेलामा एक जना दरबारियालाई एउटा उटुँग्याइँ गर्न मन लाग्यो । उसले गोजीबाट एक मुठी भुटेको चना झिक्यो र नाचिरहेका बाँदरहरूको अगाडि चना छरिदियो । बाँदरहरूले चना देखेपछि नाच्न बिर्से । उनीहरूले दामी लुगा र मुकुण्डोको वास्तै नगरी भुइँको चना टिपेर खान थाले । चना टिप्ने मेसोमा उनीहरूबीच लुछाचुडी भयो । तिनले लाएका गहना र मुकुण्डोको बिजोग भयो । यसरी बाँदरको नाच दर्शकहरूको हाँसोमा टुंगियो । ८० कुकुर, भाले र फ्याउरो बिहान झिसमिसे भएपछि आफ्नो बानी अनुसार भाले बास्यो । ऊ ठूलो स्वरले धेरै पटक करायो । संयोगले एउटा फ्याउरोले भाले बासेको सुन्यो । उसले आज बिहानै मिठो खाजा खान पाइने भयो भन्ने विचार गर्दै भाले बसेको रुखनेर गयो । उसले भालेलाई भन्यो, "यस्तो मिठो स्वर भएको चरासँग सँगत गर्न पाए कस्तो बेस हुन्थ्यो ।" तर भालेलाई उसको कुरामाथि शंक लाग्यो । उसले भन्यो, "तपाईँलाई स्वागत छ । तर एउटा काम गर्नु हुन्छ कि ? रुखको फेँदमा टोडकोमा मेरो भरिया सुतेको छ । उसलाई उठाउनु भयो भने उसले ढोका खेल्ने छ अनि तपाइँ माथि मकहाँ आउनु होला ।" फ्याउरोले त्यसै गर्यो । ऊ रुखको टोडमा पुग्ने बित्तिकै कुकुर जाग्यो । कुकुरले फ्याउरोलाई च्याप्प समातेर टुक्राटुक्रा पारिदियो । ८१ बाज, बिरालो र बँदेल यस्तो तर्साउने कुरा सुनेर बाज रिसायो र चिन्तित पनि भयो । त्यसपछि बिरालो रुखको फेँदमा गयो र बँदेललाई भन्यो, "तिम्रा बालबच्चहरू खतरामा छन् । तिमी खानेकुरा खोज्न बाहिर गएको बेलामा यो रुखको टुप्पामा बसेको बाज तिम्रा बच्चामाथि जाइलाग्छ । यसरी बाज र बिरालोको बीचमा बैमनस्य फैलाएर बिरालो आफ्नो टोँडकोभित्र लुकेर बस्यो । रात परेपछि ऊ खानेकुरा खोज्न बाहिर जान्थ्यो । तर दिउँसो डराएको बहाना गरेर लुकेर बस्थ्यो । उता बाज बंदेलले रुख ढालेर चल्ला मार्ला भन्ने डरले दिनभरि गुँड नछाडी बस्थ्यो । अर्कोतिर बँदेल पनि बाजको डरले कतै जान छाड्यो । यसरी बाज र बँदेलको परिवार एकअर्कोको डरले खाना खोज्न पनि नगई बस्न थाल्यो । यसरी धेरै दिन भोकै बस्दा दुबै परिवारको अन्त्य भयो । बिरालोलाई भने भोज भयो । ८२ किसान र उसका छोराहरू बाबु मरेपछि छोराहरूले खन्ने औजार लिए र बारीको कुनाकाप्चा सबैतिर खनेर गाडेको धन खोजे । बारी सबै खन्दा पनि धन भेट्टिएन । तर एउटा फाइदा के भयो भने । गहिरोसँग बारी खनेकोले बारी निक्कै मलिलो भयो र त्यो सालको बाली निक्कै सप्रेर उनीहरूले धेरै अन्न भित्र्याए । ८३ किसान र फ्याउरो ८४ दुइटी छोरीको बाबु जेठी छोरीको घरबाट फर्केको केही दिनपछि ऊ कुमालसँग बिहे गर्ने कान्छी छोरीको घरमा गयो । उसले छोरीसँग सँचोबिसँचो सोधेपछि छोरीले भनी, "मलाई सबै कुरा पुगेकै छ । मेरो एउटा मात्रै इच्छा छ । त्यो के भने पानी नपरे हुन्थ्यो । चर्को घाम लाग्यो भने हामीले बनाएका माटाका भाँडा राम्ररी सुक्ने थिए । अनि भाँडा बेचेर राम्रो आम्दानी हुने थियो ।" छोरीको कुरा सुनेर बाबु अलमल्ल पर्यो । उसले भन्यो, "जेठी माग्छे पानी, कान्छी माग्छे घाम । म एक्लो बूढो कतातिर जाम ?" ८५ मृगको पाठो र उसकी आमा "हो छोरा मसँग तिमीले भनेका सबै कुरा छन् तर एक्लो कुकुर भुकेको सुन्ने बित्तिकै मेरो होस उड्छ । म सकेसम्म जोडले भाग्न थाल्छु । डराएपछि कुनै पनि तर्कले काम गर्ने रहेनछ ।" ८६ लडाकू भाले र बाज एउटा बाज भालेहरूको लडाइँ हेर्दै आकाशमा उडिरहको थियो । उसले पर्खालमाथि सानसँग बासिरहको भालेमाथि हमला गर्यो र पंजामा गाँजेर आफ्नो गुँडतिर लग्यो । ८७ उपियाँ र साँढे साँढेले जवाफ दियो, "मलाई मानिसले माया गर्छ । दानापानी ख्वाउँछ । मेरो जिउ मुसार्छ । बेलाबेलामा काँध थपथपाएर स्याबासी दिन्छ । म मानिसप्रति अकृतज्ञ हुन चाहन्न ।" "यस्तो स्याबासीबाट मलाई बचाऊ ! मेरो जिउमा यसरी थपथपायो भनेत म एक चोटीमै खुत्रुक्कै हुन्छु ।" उपियाँले भन्यो । ८८ झिँगा र मह ८९ सिकारी र सर्प ९० फ्याउरो र चितुवा ९१ फ्याउरो र दाउरे सिकारीहरू टाढा गएपछि फ्याउरो छाप्रोबाट निस्क्यो र दाउरेसँग बोल्दै नबोली बनतिर जान लाग्यो । फ्याउरोको यस्तो चाल देखेर दाउरेले भन्यो, "तिमी कति अकृतज्ञ रहेछौ । तिम्रो ज्यान जोगाएकोमा धन्यावादसम्म नदिई जान लाज लाग्दैन ?" ९२ बोका र गोठालो बोकाको सिङ भाँच्चिएको देखेर मालिकले उसलाई सजाय गर्ला भनेर गोठालो डरायो । उसले बोकालाई सिङ भाँच्चिएको कुरा मालिकसँग नभन भनेर अनुरोध गर्यो । बोकाले जवाफ दियो, "मैले नभनेर के गर्ने मेरो सिङले भनिहल्छ । लुक्न नसक्ने कुरा किन लुकाउने ?" ९३ खरायो र सिकारी कुकुर ९४ खरायो र सिंह उसको कुरा सुनेर सिंहले भन्यो, "हेर खरायो, तिम्रा शब्दहरू सुन्नका लागि मिठा छन् । तर तिनमा हाम्राजस्ता दाँत र नंग्रा छैनन् ।" ९५ घोडा र घोडसवार केही समयपछि लडाइँ फेरि सुरु भयो । सिपाहीलाई फेरि लडाइँमा जानु पर्यो । उसले घोडामाथि फौजी साजबाज सहित काठी कस्यो । अनि ऊ घोडामाथि चढ्यो । तर उसलाई घोडाले धान्न सकेन । ऊ लोट्यो । बिचरो घोडाले भन्यो, "मालिक अब तपाईँ पैदल नै लडाइँमा जानुपर्छ । तपाइँले मलाई घोडाबाट गधा बनाइदिनु भयो । अब अचानक म कसरी फेरि घोडा बन्न सक्छु र !" ९६ कौवा र परेवा कौवा फर्केर आफ्नै बथानमा गयो । तर उसको रंगले गर्दा कौवाहरूले उसलाई आफ्नो बथानमा बस्न दिएनन् । यसरी दुइटा डुँगामा चढ्न खोज्दा न यताको न उताको भयो । ९७ बाँदर्नीको बच्चा बाँदरको बच्चाले पनि सौर्न्दर्य प्रतियोगितामा भाग लिएको देखेर सबै पशुहरू हाँसे । व्यंग्य गरे । तर बाँदर्नीले आफ्नो बच्चाको तरिफ गर्दै भनिन्, "आयोजकहरूले यसलाई पुरस्कार दिन्छ कि दिन्न म भन्न सक्तिन । तर मलाई के थाहा छ भने कम्तीमा पनि म उसकी आमाको दृष्टिमा यो बच्चा सबैभन्दा मायालाग्दो, सबैभन्दा सुन्दर र सबैभन्दा सुशील छ ।" ९८ चखेवा र उसका चल्लाहरू चखेवाको चल्लाले यो कुरा सुनेको थियो । उसले यो कुरा साँझ आफ्नी आमालाई सुनायो । किसानले गहुँ काटेपछि चखेवाको गुँड भत्कन्छ, अनि त्यसपछि कहाँ बस्ने भन्ने आसयले चल्लाले त्यो कुरा सुनाएको थियो । तर आमा चखेवीले भनी, "डराउनु पर्ने बेला अझै आइसकेको छैन । अरुको सहायताले काम गर्ने मानिसले बेलामा काम गर्नसक्तैन ।" केही दिनपछि फेरि किसान गहुँ हेर्न आयो । गहुँको बाला लत्रेर झर्न लागेको उसले देख्यो । उसले भन्यो, "अब त भएन । भोलि म आफै आएर गहुँ काट्छु ।" साँझ चारा खोजेर आउँदा चखेवीलाई उसका चल्लाहरूले किसानले भनेको कुरा सुनायो । चल्लाको कुरा सुनेर आमा चखेवीले भनी, "अब एक छिन पनि यहाँ बस्नु हुँदैन । पक्कै पनि किसानले भोलि बिहानै आएर गहुँ काट्न थाल्नेछ । जसले आफै काम गर्छु भन्छ उसले पक्कै पनि गर्छ ।" ९९ सिंह र बँदेल धेरै बेर लडेर दुबै जानवर थाकेपछि उनीहरूले आफ्नो वरिपरि हेरे । उनीहरूभन्दा केही पर स्याल, गिद्ध र ब्वाँसाहरू भोज खान पर्खेर बसेको उनीहरूले देखे । उनीहरूले अचानक लडाइँ रोके र मित्रताको हात मिलाउँदै भने, "स्याल र गिद्धको आहार बन्नुभन्दा त साथी बन्नु बेस ।" १०० सिंह र डल्फिन +++ |
सर्जक परिचय १. नाउँ, जन्म र जन्मस्थान– नन्दलाल आचार्य, २०३०–०३–२८, जहडा–लालसिसुवा, बेलका नगरपालिका, उदयपुर । २. आमा÷बाबु– भगवती÷विष्णुप्रसाद आचार्य ३. हालको बसोबास र राष्ट्रियता– स्थायी– बेलका नगरपालिका–२, गल्फडिया, सिद्धार्थटोल, उदयपुर । अस्थायी÷पत्राचारको लागि– श्री जनता मावि, गोलबजार–४, सिरहा । ४. शिक्षा– बी.ए., बी. एड., एम.एड. (नेपाली) ५. अध्ययन गरेका शिक्षण संस्था– श्री जनता मावि, पुरन्दह, उदयपुर । श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज, सप्तरी । श्री बीपी बहुमुखी क्याम्
Monday, June 5, 2023
इसपका नीतिकथा- चौथो भाग
Subscribe to:
Post Comments (Atom)
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
कवितामा रामविक्रम थापा र नन्दलाल आचार्य ( सवाल-जवाफ ) (सवाल कविता) 🔴 कविता- हाम्रो दिक्तेलको विकास ✍रामविक्रम थापा आउँथ्यो नि विकास उबे...
-
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
शुक्रबारे कथा विमर्श-५ अन्तर्गत स्रोतकथा र उत्तरकथा (२०८२ भदौ ६ शुक्रबार, रातको ७ बजे) शुक्रबारे कथा विमर्श-५ कार्यक्रमको विवरण (स्रोतकथा V...
No comments:
Post a Comment