सर्जक परिचय १. नाउँ, जन्म र जन्मस्थान– नन्दलाल आचार्य, २०३०–०३–२८, जहडा–लालसिसुवा, बेलका नगरपालिका, उदयपुर । २. आमा÷बाबु– भगवती÷विष्णुप्रसाद आचार्य ३. हालको बसोबास र राष्ट्रियता– स्थायी– बेलका नगरपालिका–२, गल्फडिया, सिद्धार्थटोल, उदयपुर । अस्थायी÷पत्राचारको लागि– श्री जनता मावि, गोलबजार–४, सिरहा । ४. शिक्षा– बी.ए., बी. एड., एम.एड. (नेपाली) ५. अध्ययन गरेका शिक्षण संस्था– श्री जनता मावि, पुरन्दह, उदयपुर । श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज, सप्तरी । श्री बीपी बहुमुखी क्याम्
Wednesday, May 31, 2023
लक्ष्मी रिजालका रोजाइका पाँच लघुकथा भाग १
सम्पूर्ण साहित्यप्रेमीहरूमा नमस्कार । अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रम । म हुँ– लक्ष्मी रिजाल । त्यसै गरी गजल आचार्य, प्रतिमा सिंह र कामना आचार्यहरु पनि मलाई सघाउन उपस्थित हुनुहुन्छ । आज २०८० जेठ ०२ गते हो । नियमित वाचनको भाग ७७४ मा अब क्रमशः पाँच थान लघुकथाहरू सुन्नुहोस् ।
रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा समाविष्ट लघुकथा क्रम यस्तो छ–
१. लघुकथा– अर्धनग्न –ममता मृदुल
२. लघुकथा – कुकुर ‘क’ –कृष्ण बजगाईं
३. लघुकथा – अनुत्तरित प्रश्न –मिसु श्रेष्ठ
४. लघुकथा– छोरी घर –इन्दिरा गौतम
५. लघुकथा– सेखी –जीवन दाहाल
अब म यी लघुकथा क्रमशः प्रस्तुत गर्ने अनुमति चाहन्छु । आजको वाचनमा परेको पहिलो लघुकथाको शीर्षक छ– अर्धनग्न । यस लघुकथाकी लघुकथाकार हुनुहुन्छ– ममता मृदुल । लघुकथा यसरी अघि बढेको छ–
“चारू म तिमीबिना बाँच्न सक्दिनँ । मैले तिमीलाई धेरै माया गर्छु ।”, छविले धेरैपटक चारूलाई भनेको थियो ।
चारूले मनमनै सोचिन्, “मलाई यति धेरै माया गरेको छ । म अरू के खोज्नु ? हुन्छ भनिदिन्छु । आखिर सँगै कलेज पढेका छौँ । पछि मिलेर केही गरौँला ।”
सात दिनसम्म भेट भएन । कसैलाई सोधिनन् । एकदिन कलेज जाँदा बाटोमा छविलाई देखिन् । परैबाट बोलाउन असजिलो लाग्यो । छवि भएको ठाउँमा गइन् । मुसुक्क मुस्कुराइन् । छविलाई केही भन्नुभन्दा पहिले नै कुरो बुझ्यो ।
प्रेम झ्याङगियो । चारूलाई पनि छविको व्यवहार मनपर्छ । व्यवहारिक लाग्छ । सोचेर खर्च गर्ने, जथाभावी नबोल्ने उसको सुन्दर सालीन व्यवहार छ ।
एक्कासी चारूलाई फुपूको छोरीको बिहेमा जानुपर्नेभयो । एक महिना फुपूको घरमा बसेर घर आइन् ।
हतारहतार छविलाई भेट्न डेरामा गइन् । छविको कोठामा एउटी महिला र तीन वर्षको बच्चा थियो । छवि डेरा सरेछन् । मनमनै सोचिन् ।
फर्किनै लागेकी थिइन् । पछाडिबाट ‘बेबी मलाई टाबेल देऊ न, कता गयौ ?’ भन्ने आवाज सुनेर उनले पछाडि फर्केर हेरिन् । छवि अर्धनग्न अवस्थामा चारूको पछाडि उभिइरहेको थियो ।
०००
मैले यो लघुकथा छनोटमा पार्नुको कारण यस्तो छ– ममता विशेषः आख्यान लेख्नुहुन्छ । सम्पादन र साहित्यिक संगठनमा आबद्ध हुनुहुन्छ । पछिल्लो समय उहाँ नारी स्रष्टा समाज र लघुकथा समाज, कोशी प्रदेशको तर्फबाट साहित्यमा सक्रिय हुनुहुन्छ ।
प्रस्तुत “अर्धनग्न” लघुकथा चाहिँ प्रेम र घातको एक उत्कृष्ट कथा हो । लघुकथाकार ममताले यस कथामा मृदुल पारामा शीर्षक छनोट गर्नुभएको छ । घातको कथा हुँदाहुँदै पनि लघुकथाकारको कुसल कल्पना र शैलीले गर्दा कथा चोटिलो बनेको छ । त्यसैले मैले लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा यो लघुकथा रोजेकी हुँ । धन्यवाद ।
+++
आजको वाचनमा परेको दोस्रो लघुकथाको शीर्षक छ– कुकुर ‘क’ । यस लघुकथाका लघुकथाकार हुनुहुन्छ– कृष्ण बजगाईं । लघुकथा यसरी अघि बढेको छ–
प्राथमिक तहको वर्णमालाका अक्षरहरू आफूखुसी अर्थ्याएर पढाउन थालेपछि गन्जोगोलको स्थिति सिर्जना भयो । त्यसपछि पठनपाठनमा एकरूपता ल्याउन सरकारले सबै राजनीतिक पार्टीका शिक्षक र भाषाविद्हरूको बृहत् भेला आयोजना गर्याे ।
‘कपुरी ‘क’मा पुरानो सत्ताको धङधङी छ ।’ भेलाका सहभागी एक क्रान्तिकारी भाषाविद्ले कुरा उठाए ।
‘अबदेखि ‘क’बाट कम्युनिस्ट भनेर पढाउनु पर्दछ ।’ लेनिनकट दाह्री राखेका शिक्षकले भने ।
‘कम्युनिस्ट भन्दा काङ्ग्रेस पार्टी पहिला स्थापना भएको हो । ‘क’बाट काङ्ग्रेस भनेर पढाउनु पर्दछ ।’ बिपी कोइरालाको जस्तो चस्मा लगाएका अर्का भाषविद्ले तर्क राखे ।
एक जना कुर्ताधारीले ‘क’बाट कलम भनेर सिकाउनु पर्दछ भने ।
‘मिल्दैन, बिलकुलै मिल्दैन । कलम त्यो ‘.पार्टीको झन्डामा छ । कछुवा त्यो‘. पार्टीको चुनाव चिन्ह हो । कमल त्यो‘ नेताको नाम हो । कापी चुनाव चिन्ह लिएका ती‘. नेताले चुनाव जितेका छन् ।’ विभिन्न तर्क र विरोधले मर्यादा नाघेर होहल्लाको रूप लियो ।
लामो समयसम्म छलफल गर्दा पनि कुनै शब्दमा सहमति हुन सकिरहेको थिएन । अधिकांश प्रतिनिधिहरू विचरा ‘क’को नाममा उत्तेजित हुँदै थिए । केही प्रतिनिधिहरू मैले भनेकै हुनुपर्दछ भन्दै कुकुरजस्तै भुक्दै थिए ।
होहल्लाकै बिच माइन्युट गर्ने कर्मचारीले ‘क’बाट कुकुर पढाऔँ हजुर ! भनेर प्रस्ताव राखे । वास्तवमा कुकुर कसैको नाता पर्दैन थियो । कुकुर शब्दमा सबैले सहमति जनाए ।
०००
मैले यो लघुकथा छनोटमा पार्नुको कारण यस्तो छ– प्रस्तुत लघुकथा ” कुकुर क” कल्पनाभन्दा बाहिरको कथा हो । राजनीतिको उहीँ बासी किचलोलाई कृष्ण बजगाईंले कुकुर “क”बाट ताजगी बनाउनुभएको छ । कको गजबको अकल्पनीय व्याख्यासमेत गरिएको छ । यसले यत्रतत्र सर्वत्र झटारो हानेको छ । त्यसैले मैले लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा यो लघुकथा रोजेकी हुँ । धन्यवाद ।
+++
३. आजको वाचनमा परेको तेस्रो लघुकथाको शीर्षक छ– अनुत्तरित प्रश्न । यस लघुकथाकी लघुकथाकार हुनुहुन्छ– मिसु श्रेष्ठ । लघुकथा यसरी अघि बढेको छ–
“बाबु फाराम पूरा भर्न त सक्छौ नि ? ” बुबाको प्रश्नले एकपल्ट फेरि प्रश्नावली पढ्न बाध्य भएँ । विज्ञानमा ए प्लस ल्याएर भर्खरै बाह्र उत्तीर्ण मलाई यो प्रश्नावली सामान्य लाग्यो ।
“तपाईँको श्रीमतीको नाम ?”
“छैन ।”
“किन र ? दुईवटा छोराछोरी छन् भनेको होइन र !”
“हो ।”
“अनि ?”
“यी छोराछोरी मेरा मात्रै हुन्, कसैका होइनन् ।”
“त्यस्तो नि हुन्छ र । कि पालिएका हुन् ?”
“के सम्बन्धविच्छेद भएको हो र ? ”
“तपाईंले भनेजस्तो केही होइन । यी नितान्त मेरा रगत हुन्, मेरै सन्तान हुन् । ” उसले आक्रोश ओकल्यो ।
“अनि नाम नै भन्न नहुने केही कारण छ र ? ” मैले बिस्तारै सोधेँ ।
“प्रश्नावलीमा कारण पनि खोजेको छ र ?”, लापरबाहीपूर्वक ऊ बोल्यो ।
“होइन, होइन ! छैन । तर, विवाहितको हकमा पत्नीको नाम अनिवार्य हो, जीवित होस् या मृत ।”, म हतास बोलेँ ।
“उसो भए अविवाहित लेख्नुस् ।” मलाई बाध्य पार्यो ।
‘सिद्धान्तका ठेलीभन्दा एक पाना जीवनको प्रश्नावली कैयौँ गुणा कठिन हुँदोरहेछ ।’ मनन् गर्दै बुबालाई सम्झिरहेँ ।
०००
मैले यो लघुकथा छनोटमा पार्नुको कारण यस्तो छ– प्रस्तुत लघुकथा “अनुत्तरित प्रश्न” मानवीय संवेदना समेटिएको छ । फारामका माध्यमबाट अनुत्तरित प्रश्नको सामना सबैको जीवनले गरिरहेको अनुभूत गरेर यस्तो चोटिलो लघुकथा मननीय छ । त्यसैले मैले लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा यो लघुकथा रोजेकी हुँ । धन्यवाद ।
०००
४. आजको वाचनमा परेको चौथो लघुकथाको शीर्षक छ– छोरी घर । यस लघुकथाकी लघुकथाकार हुनुहुन्छ– इन्दिरा गौतम । लघुकथा यसरी अघि बढेको छ–
विस्तारै विस्तारै जाडो बढ्दै थियो । रबिनकी आमाको खोकी पोहोर सालभन्दा पनि बढ्दै गयो । बुहारीलाई भने सासूको खोकीदेखि झर्को लाग्न थाल्यो । पोहोर साल पनि जाडोमा राताभरि खोकेर अशान्ति भएको थियो । राम्रो गरी सुत्न पाइनँ भनेर सधैँ बूढालाई किचकिच गरिन् । यसपालि चैँ बेलैमा बुद्धि निकाल्दै छिन् ।
एकदिन श्रीमान् नभएको मौका छोपेर सासूलाई भन्छिन् – ‘आमा, तपाईँको लागि छोराछोरी सबै उत्तिकै हुन्, यसो छोरीको घरमा गएको कहिले देख्दिनँ त ! तपाईँलाई जाने मन छ भने अफ्ठ्यारो नमानी भन्नुहोस् । नानीहरूको परीक्षा सकेपछि म लिन आइहाल्छु ।” सासूले केही भन्न नपाउँदै भोलिपल्ट बजारबाट स्वेटर र अन्य सरसामान दिँदै भन्छिन्, ‘छोरीलाई फोन गरेर भन्नु, म दुई चार दिनको लागि डुल्न आउँछु भनेर ।’
बेलुका छोराको छेउमा गएर आमा भन्छिन्, ‘मलाई सबै आफन्तसँग भेटघाट गर्ने मन थियो । छोरी, नाति–नातिना, भाइ, बुहारीलाई नदेखेको धेरै भयो । पुर्याइदिन्छस् कि ?”
छोराले भन्छन् – ‘ल, अहिले म तपाईंलाई लिएर जान्छु । हिजोको नयाँ स्वेटर, साडी सबै लगाउनु होस् ।’
आमा नयाँ कपडा झिकेर लगाउँछिन् । बुहारीको हर्षको सिमा रहेन । मनमनै खुसी हुँदै भन्छिन् – ‘यो बुद्धि चैँ मेरो ढिलै भए पनि सही आएको रैछ । रात परिसक्यो , मलाई भन्दा पनि छोरालाई चैँ आमा पन्साउन झन् हतार भएको रै”छ, भोलि बिहान जाँदा पनि हुने !”
कुनै पनि काम सोचेपछि गरिहाल्नुपर्छ भन्दै छोराले पालैपालो सबैसँग भिडियो कल लगाइदिए । आमा खुसी हुँदै फोनबाटै पालैपालो छोरीको घरमा, घरि माइत, घरि मावल पुगिन् । उनको हर्षको सिमा रहेन।
फोन राख्दै छोराले भने, ‘आमा अब लुगा खोल्नु । अचेलभरि घुम्ने डुल्ने भनेको यस्तै हो ।’
बुहारी हेरेको हेरै भइन् ।
०००
मैले यो लघुकथा छनोटमा पार्नुको कारण यस्तो छ– प्रस्तुत लघुकथा “छोरी घर” समसामयिक सामाजिक विषयवस्तुमा आधारित छ । यसले जेष्ठ नागरिकप्रति गरिने उपेक्षा देखाएको छ । अन्त्यले ३६० डिग्रीमा घुमेर प्रेम र सद्भावको वकालत पनि गरेको छ । यो लघुकथा बेजोड बनेको छ । त्यसैले मैले लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा यो लघुकथा रोजेकी हुँ । धन्यवाद ।
५. आजको वाचनमा परेको पाँचौँ तथा अन्तिम लघुकथाको शीर्षक छ– सेखी । यस लघुकथाका लघुकथाकार हुनुहुन्छ– जीवन दाहाल । लघुकथा यसरी अघि बढेको छ–
एउटी माछी पोखरीको निर्मल जलमा पौडदै थिई । त्यसैबेला छप्ल्याङ् गरेर आएको आवाजले उसको सातोपुत्लो झन्डै लग्यो ।
ऊ भागेर अलि पर गै, पानी अझ गहिरो भएका ठाउँमा र फनक्क पछिल्तिर फर्किएर हेरी । त्यसै पोखरीमा एउटा छेपारो हातखुट्टा फाल्दै ज्यान बचाउने ध्याउन्नमा रहेझैँ देखियो ।
छेपाराको अवस्था देखेर उसलाई दया पलायो अनि उद्धार गर्ने हेतुले हतार हतार गरेर छेपाराको छेउमा पुगी र हाँस्दै भनी– “ए मूर्ख ! मर्न पसेको पोखरीमा ?”
“भो ! भो ! फुर्ती नलगा, प्रत्येक हप्ता यही पोखरीको पानीमा पौडने गरेको ज्यान हो यो” – छेपाराले गजक्क परेरे पौँठा देखाउँदै जवाफ फर्कायो ।
छेपाराको बक्बक सुनेर पोखरी मुसुक्क हाँस्यो ।
०००
मैले यो लघुकथा छनोटमा पार्नुको कारण यस्तो छ– प्रस्तुत लघुकथा “सेखी” मा विषय उठान, आकस्मिकता, तीव्र वेग, स्वादिलो झड्का रहनुका साथै स्वैरकल्पनामा सजिएको छ । स्वैरकल्पनामा बुनिएको गजबको लघुकथा बनेको छ । माछी र छेपारोको विषय उठाइएको छ । यस मार्फत हामी मानिसको सेखी झारिएको छ । छेपाराको बक्बक सुनेर पोखरी मुसुक्क हाँस्यो भन्ने बीजवाक्यले कथाको उचाइ र गरिमामा अभिबृद्धि गरेको छ । त्यसैले मैले लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा यो लघुकथा रोजेकी हुँ । धन्यवाद ।
हवस् त । कार्यक्रम हेर्नसुन्न पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई एकमुष्ठ आभार व्यक्त गर्दै स्वागत गर्दछु । अबको बाँकी कार्यक्रममा सहजीकरण गजल आचार्य, प्रतिमा सिंह र नन्दलाल आचार्यले गर्नुहुनेछ । अब भने मलाई विदा दिनुस्, नमस्कार ।
०००
All re
ndra Koirala and 3 others
2
5
Like
- Like
- Reply
- Share
- 2w
View 1 reply
नन्दलाल आचार्य अ

All reactions:
5Manohar Pokharel, Ramendra Koirala and 3 others2
5
Like
Comment
Share
- Like
- Reply
- Share
- 2w
View 1 reply
Subscribe to:
Comments (Atom)
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya
सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...
-
कवितामा रामविक्रम थापा र नन्दलाल आचार्य ( सवाल-जवाफ ) (सवाल कविता) 🔴 कविता- हाम्रो दिक्तेलको विकास ✍रामविक्रम थापा आउँथ्यो नि विकास उबे...
-
शुक्रबारे कथा विमर्श-५ अन्तर्गत स्रोतकथा र उत्तरकथा (२०८२ भदौ ६ शुक्रबार, रातको ७ बजे) शुक्रबारे कथा विमर्श-५ कार्यक्रमको विवरण (स्रोतकथा V...