हाम्री ममतामयी आमा स्व. भगवती लम्साल आचार्य
आमाका बारेमा
सगरमाथा अञ्चलको खोटाङ जिल्ला, मुलाबारी गाउँमा विष्णुमाया र धनपति लम्सालकी सुपुत्री, विष्णुमाया र श्यामलाल लम्सालकी नातिनी तथा लक्ष्मीमाया र वसन्त लम्सालकी पनातिनीका रूपमा विक्रम संवत २००० बैशाख १९ आइतबार जन्म भई खोटाङ, दिक्तेल बजार निवासी विष्णुप्रसाद आचार्यसँग २०१० साल माघ १५ गते वैवाहिक जीवन आरम्भ गरेकी तथा भवानीशंकर र मनमायाकी छोराबुहारी, रविलाल र धनमायाकी नातिबुहारी, प्रतिमान र पुकी आचार्य, बुचे, शशिधर, मणिराम र यथानाम, रूपनारायण र रत्नमाया आचार्य, झुपी र हरिनन्द फुयल, जगमाया र तारानाथ घिमिरेकी भाइबुहारी÷भाउजू, दानबहादुर, नरबहादुर, गोविन्द, काजी, डल्ली, प्याकुली, वेदी पाण्डे, आप्पा, जयप्रसाद आचार्यकी कान्छी काकी, डिल्लीराम फुयल, काशिनाथ फुयल, धुम्मी फुयल आचार्य, शुशिला घिमिरेकी कान्छी माइजू हाम्री ममतामयी आमा स्व. भगवती लम्साल आचार्यको महापरिनिर्वाण २०७७ असोज ७ गते बुधबार बेलका नगरपालिका–२, गल्फडिया, उदयपुर स्थित आफ्नै निवासमा विहान १०ः३३ बजे भएको दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस शोकाकुल समयमा हामी शोकसन्तप्त परिवारजन तथा कुलकुटुम्बहरूमा समवेदना तथा सदाशयता प्रकट गर्नुहुने समस्त महानुभावहरूप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौँ !!!
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१। .
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर डर्दैन त्यो
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२। .
आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो ।३। .
जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो ।४। (कविशिरोमणि)
०००
१. ज्येष्ठ छोरा÷बुहारी– बासुदेव÷कृष्णमाया ढकाल आचार्य । नाति÷बुहारी– हरिप्रसाद÷मेनका घिमिरे आचार्य । पनानि÷पनातिनी– कामना, नमुना, हेमन आचार्य । ज्येष्ठ नातिनी÷ज्वाइँ– हिरा÷छबिलाल सिम्खडा । पनानि÷पनातिनी– स्वतिका, समीक्षा, योगेश सिम्खडा । कनिष्ठ नातिनी÷ज्वाइँ– चन्द्रवती÷केशव पौडेल । पनानिहरू– कुशल र निश्चल पौडेल ।
२. ज्येष्ठ छोरी÷ज्वाइँ– पवित्रा÷कृष्णप्रसाद भट्टराई । ज्येष्ठ नाति÷बुहारी– नगेन्द्र÷निर्मला ढुङ्गाना भट्टराई । पनानि÷पनातिनी– नितेश, निकिशा भट्टराई । माहिला नाति÷बुहारी– मदन÷अप्सरा ढकाल भट्टराई । पनातिनी रोशनी भट्टराई । साहिला नाति÷बुहारी– श्रीराज÷सर्मिला फुयल भट्टराई । कनिष्ठ नाति÷बुहारी– टेकनारायण÷निर्मला तिमल्सिना भट्टराई । पनाति– निमेष भट्टराई । ज्येष्ठ नातिनी÷ज्वाइँ– दुर्गा÷धर्मेन्द्र खनाल । पनानि– गणेश र प्रदीप खनाल । माहिली नातिनी÷ज्वाइँ– देवी÷श्याम पाण्डे । पनाति÷पनातिनी– उत्तम, मुना पाण्डे । कनिष्ठ नातिनी÷ज्वाइँ– अम्बिका÷कृष्ण कोइराला । पनाति÷पनातिनी– भावना र भुवन कोइराला ।
३. माहिली छोरी÷ज्वाइँ– भोजकुमारी÷ओमनाथ ढुङ्गाना । ज्येष्ठ नाति÷बुहारी– कृण्ण÷दुर्गा ढकाल ढुङ्गाना । पनाति– युवराज ढुङ्गाना । कनिष्ठ नाति÷बुहारी– विष्णु÷कमला सुवेदी ढुङ्गाना । पनाति– वासुदेव ढुङ्गाना । नातिनी÷ज्वाइँ– हरिमाया÷ऋषि सुवेदी । पनाति– कृष्ण सुवेदी ।
४. माहिला छोरा÷बुहारी– नन्दलाल र लक्ष्मी रिजाल आचार्य । नाति÷नातिनी– गरिमा, गजल, गभर्नर÷पीयूष आचार्य
५. साहिली छोरी÷ज्वाइँ– वेदमाया÷श्रीप्रसाद भट्टराई । नातिहरू– हरिप्रसाद, रोशन भट्टराई ।
६. साहिलो छोरो– उमेश आचार्य ।
७. कान्छी छोरी÷ज्वाइँ– डम्बरी÷गणेश धमला । नातिहरू– युनिक र युगल धमला ।
८. कनिष्ठ छोरा÷बुहारी– धनराज र शोभा रिमाल आचार्य । नाति÷नातिनी– सामना, साइमना, मार्शल आचार्य ।
एवं समस्त आचार्य बन्धुबान्धवहरू, बेलका नगरपालिका–२, मानेडाँडा उत्तर, गल्फडिया, उदयपुर ।
Laxmi Rijal
No comments:
Post a Comment